Sunday, January 3, 2010

एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घको झन्डा

२०६६ साल पौष १८ गते सम्पन्न एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको पूर्ण बैठकको परिपत्र


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समिति
..................................समिति ।

विषयः– परिपत्र

यही २०६६ साल पौष १८ गते एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको पूर्ण बैठक समितिका संयोजक ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा बस्यो । बैठकले लिएका महत्वपूर्ण निर्णयहरु जानकारी एवम् क्रियान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
१. बैठकको प्रारम्भमा महान् सांस्कृतिक आन्दोलनको क्रममा सहादत प्राप्त गनुहुने कृष्णसेन इच्छुक, चुनु गुरुङ, मस्त विष्ट, रोहित कोइराला, पुष्पराज चौधरी, हर्षबहादुर शाहीलगायतका १६० भन्दा बढी सांस्कृतिक सहिदहरु एवम् महान् जनयुद्ध र जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. महासङ्घका संयोजक ईश्वरचन्द्र ज्ञवालीले तेस्रो राष्ट्रिय सम्मेलन यता भएका गरेका कामहरुको संक्षिप्त मूल्याकंनसहित एकताको चौथो राष्ट्रिय सम्मेलनको कार्ययोजनासहितको सांस्कृतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनउपर केन्द्रीय समितिका सदस्यहरुले व्यापक छलफल गरी आवश्यक परिमार्जनसहित प्रतिवेदन पारित गरियो ।
३.एकता राष्ट्रिय भेलाद्वारा निर्वाचित पुरानो कार्यसमिति परिवर्तन गरी दुई पछि थप्ने गरी ७५ सदस्यीय एकताको चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सर्वसम्मतले निर्माण गरियो । केन्द्रीय समितिको पुरानो कार्यालयका सम्पूर्ण सदस्यहरु, पार्टीको योजनामा अन्य काममा खटिएका बाहेकाका सचिवालय सदस्यहरु, सबै राज्यसमितिका संयोजकहरु, पार्टी केन्द्रले सिफारिस गरेका केही सांस्कृतिककर्मीहरु, आ¨िक संगठनका पदाधिकारीहरु(जो महासङ्घका केन्द्रीय सदस्य रहेका छन्) र दलित महिला, उत्पीडित क्षेत्र, जाति र सांस्कृतिक सम्मिलनबाट समाहित प्रतिनिधित्वको मापदण्डका आधारमा सम्मेलन आयोजक समिति निर्माण गरियो । जसअनुसार संयोजक ईश्वरचन्द्र ज्ञवाली, सहसंयोजक मातृका पोख्रेल, सदस्यहरु माइला लामा, बलराम तिमिल्सिना, गणेश भण्डारी, हिरामणी दुःखी, रोशन जनकपुरी, मोहलाल चन्द, घनश्याम ढकाल, विजय साङपाङ राई, बदन शर्मा, सुमन देवकोटा, सीता आचार्य, मीनबहादुर सोव, इन्द्रबहादुर थिङ, आदर्श राई, मोहित श्रेष्ठ, राजकुमार कुँवर, दानसिंह वि.क., इन्द्र वि.क., सुशिला थापा, इन्द्र देवकोटा, ज्योति चौधरी, डम्मर रोकाया, खेम थपलिया, विष्णु भण्डारी, शिवजी लामिछाने, रमेशप्रसाद भट्टराई, डा. जगदीशचन्द्र भण्डारी, विशाल तामाङ, टेकबहादुर बलम्पाकी, भोगिराज चाम्लिङ, बीरप्रसाद भन्सारी, रेम थापा, उत्तम डंगोल, इन्द्र रेग्मी, सुशील क्षेत्री, भिम कुमाखी, उत्तरकुमार राई, बसन्त वान्तवा, देवेन्द्र थुम्केली, भरत लामा, उभार पुन, विमल पौडेल, के.पी.पाठक, दलबहादुर घर्ति, श्रीष श्रेष्ठ, दशरथ चौधरी, हरिदेव ठाकुर, रामनाथ यादव, देवेश्वरलाल मुन्ना, जयकिशन जयफुल्लाहसन, सुष्मा वि.क., भुपेन्द्र वि.क., कर्णबहादुर परियार, नरेन्द्र श्रेष्ठ, छिरिङ लामा, शरद लिम्बु, विक्रान्त वली, मित्रलाल पंज्ञानी, निर्माण साङपाङ, प्रदीप देवान, आर.सी.न्यौपाने, नरेश पौडेल, जे.वि. टुहुरे, डा.ऋषिराज बराल, पोषराज पौडेल, नारदमणी हार्तम्छाली, अन्जु किराँती, मिथिला फुयाँल, लक्ष्मी गुरुङ, तुलाराज गिरी, मोदनाथ मरहट्टा रहनु भएको छ ।
४. सम्मेलन
क) चौथो राष्ट्रिय सम्मेलन २०६६ साल चैत्र २ गते काठमाण्डौमा उद्घाटन गरी चैत्र ५ को सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भ पारी समापन गर्ने निर्णय गरियो ।
ख) सम्मेलनलाई ऐतिहासिक एवम् भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न ५ उपसमितिहरु गठन गरियो । जसअनुसारः–
I व्यवस्थापन उपसमिति
संयोजक बलराम तिमिल्सिना, सदस्यहरु विजय राई, सिता आचार्य, भोगिराज चाम्लिङ, खेम थपलिया, छिरिङ लामा, विष्णु भण्डारी, इन्द्रबहादुर थिङ, इन्द्र देवकोटा, प्रदीप देवान, श्रीष श्रेष्ठ, आर.सी. न्यौपाने ।
IIआर्थिक उपसमिति
संयोजक ईश्वरचन्द्र ज्ञवाली, सदस्यहरु मातृका पोखरेल, रमेशप्रसाद भट्टराई, मित्रलाल पंज्ञानी, इन्द्र रेग्मी, शिबजी लामिछाने, आर.सी.न्यौपाने, मोदनाथ मरहठ्ठा, विमल पौडेल र सबै राज्य समितिका संयोजकहरु ।
III प्रचार प्रसार उपसमिति
संयोजक रोशन जनकपुरी, सदस्यहरु हिरामणी दुःखी, खेम थपलिया, भोगिराज चाम्लिङ, नरेन्द्र श्रेष्ठ, देवेन्द्र थुम्केली, नारदमणी हार्तम्छाली, पोषराज पौडेल, मोदनाथ मरहठ्ठा, के.पी. पाठक सबै राज्यसमितिका संयोजकहरु ।
IV विधान तथा प्रतिवेदन मस्यौदा उपसमिति
संयोजक ईश्वरचन्द्र ज्ञवाली, सदस्यहरु मातृका पोख्रेल, माइला लामा, हिरामणी दुःखी, घनश्याम ढकाल, डा.ऋषिराज बराल, डा.जगदीशचन्द्र भण्डारी, रमेशप्रसाद भट्टराई,
V संगठनात्मक प्रस्ताव उपसमिति
संयोजक गणेश भण्डारी, सदस्यहरु घनश्याम ढकाल, मोहलाल चन्द, जे.वि.टुहुरे, एम.वि.सर्वहारा,बदन शर्मा, टेकबहादुर बलम्पाकी ।
ग) राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्वको मापदण्ड निम्नानुसार ठोस गरिएको छ ।
I. आयोजक समितिमा नपरेका निर्वतमान केन्द्रीय सदस्यहरु
II. महासङ्घका राज्यसमितिका सबै सदस्यहरु ।
III. महासङ्घअन्र्तगत रहेका सबै आंगिक संगठनका केन्द्रीय समितिका सबै सदस्यहरु ।
IV. महासङ्घको जिल्ला समितिले चुनेर पठाएका दुई जना सदस्यहरु ।
V. सामना परिवारका सदस्यहरु ।
VI.केन्द्रबाट मनोनय गरिएका अधिकतम् ५० जना ।

घ) पर्यवेक्षका लागि निम्नानुसारको निर्णय लिइएको छ ।
I. प्रत्येक विग्रेड एक जना सदस्य ।
II. व्यवस्थापन राज्यसमितिका परिवारका सदस्यहरु ।
III. अन्य जनवर्गीय संगठनका सांस्कृतिक विभागका तोकिएका दुई दुई जना सदस्यहरु ।

ङ) सम्मेलनको मूलनारा यसप्रकार रहेको छ

‘राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणका लागि हाम्रो आन्दोलन ।
जनताको न्यायपूर्ण विद्रोहको पक्षमा एकताको चौथो राष्ट्रिय सम्मेलन ।।

च) एकता राष्ट्रिय सम्मेलनको संगठनात्मक तयारीका लागि वि.सं. ०६६ माघ महिनाभित्र महासङ्घको जिल्ला सम्मेलन, ०६६ फागुन २० गतेभित्र राज्यसम्मेलन गर्ने निर्णय गरिएको छ । साथै, ०६६ बैशाख यता भएका जिल्ला सम्मेलनका लागि पुनः सम्मेलन गर्नु नपर्ने निर्णय गरिएको छ ।
५. विविध
क) महासङ्घ केन्द्रीय सदस्य दीपा सापकोटाको निलम्वन फुकुवा गरिएको छ ।
ख) महासङ्घ केन्द्रीय सदस्य क. आदर्श राइको किराँत राज्यमा सरुवा गरिएको छ ।
ग) केन्द्रीय सांगितिक टोली सामाना परिलाई चलचित्र निर्माणका लागि केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
घ) केन्द्रीय सचिवालय सदस्य क.माइला लामाको गिति क्यासेट प्रकाशन गर्ने कार्यलाई अनुमोदन गरिएको छ ।
अन्त्यमा राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणका लागि आन्दोलनात्मक ढंगले सम्पन्न हुन गइरहेको एकताको चौथो राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्नका खातिर राजनीतिक, बैचारिक, संगठनात्मक एवम् संघर्षको कार्ययोजनालाई आत्मसात् गर्दै अघि बढन् सम्मेलन आयोजक समितिलाई निर्देशन दिंदै बैठकका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीद्धारा बैठकको समापन गरियो ।
क्रान्तिकारी अभिवादन सहित

ईश्वरचन्द्र ज्ञवाली
अध्यक्ष
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समिति

२०६६ साल पुष १८ गते केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत सांस्कृतिक प्रतिवेदन

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत सांस्कृतिक प्रतिवेदन

प्रमुख अतिथिज्यु
संगठनका सम्पूर्ण कार्यालय, सचिवालय र के.स.का साथीहरू

लामो समयपछि बस्न लागेको बैठकमा हार्दिक स्वागत गर्दछु ।

सर्वप्रथम न्यायपूर्ण समनताको संसार र नयाँ जनवादी संस्कृति स्थापनार्थ सांस्कृतिक मोर्चाबाट जीवन बलिदान गर्ने कृष्णसेन इच्छुक, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरु¨, शारदा श्रेष्ठ, रोहित कोइराला, हर्षबहादुर मल्ल, पुष्पराज चौधरी, एकबहादुर वि.क., शिव श्रेष्ठ, डी.वी. थापा, डीवी लामालगायतका अनेकोट, भावाङ , डुंगाला , जुफाल, विनायक, आदि घटनाक्रममा सहादत प्राप्त गर्नुहुने १६० भन्दा बढी अमर सांस्कृतिक सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान अर्पण गर्दछु ।

कमरेडहरू
०६३ भाद्र ५ गते सम्पन्न हाम्रो गौरवशाली संगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनदेखि यहाँसम्म आउँदा सांस्कृतिक आन्दोलनले धेरै लामो बाटो पार गरिसकेको र धेरै घुम्ती, मोड, आरोह–अवरोह, प्राप्ति–कमजोरीबाट गुज्रिएको सबैलाई अवगत नै छ । आज लामो समयपछि संगठनको पूर्ण बैठक बस्दैछ । यस अवधिमा हामीले गरेकका काम र गतिविधिले पारेका प्रभाव र सीमाहरूका बारेमा समीक्षा, मूल्याकंन गर्ने, कमजोरीबाट पाठ सिक्ने र नयाँ कार्यदिशाका बारेमा छलफल र निष्कर्षमा पुग्दै आगामी आन्दोलनका कार्यभार तय गर्ने कुरामा यो बैठक केन्द्रित हुने विश्वास मैले लिएको छु ।
शान्ति प्रक्रियाका यी साढेतीन बर्षमा राजनीतिमा अनेक उतरचढाव आएका छन् । वर्तमानसम्म आइपुग्दा राष्ट्रिय स्वाधीनतामाथि कालोवादल, स्वाभिमानमाथि हस्तक्षेप, स्वतन्त्रतामाथि उत्पीडन, जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि कुठाराघात, यथास्थितिर्फ पलायन, दलाली गद्दारी र दासताको प्रदर्शन, राष्ट्रिय आत्मसमर्पणवादी कठपुतली सत्ता निर्माण, नागरिक सर्वोच्चताको अपहरण र सैनिक सत्ताको प्रभाव, शान्ति प्रक्रियामाथि षड्यन्त्र, नयाँ जनसम्बिधान बन्न नदिने र संविधानसभा विघटन गर्ने कुटिल चाल, प्रतिगामी दलाल, यथास्थितिवादी, राष्ट्रिय आत्मसमर्पणवादी गद्दार, कठपुतली र राष्ट्रघातीबीचको संयुक्त यान्त्रिक गठबन्धन र अग्रगामी शक्तिलाई एक्ल्याउने, घेराउ गर्ने, समाप्त पार्ने कुटिल योजनाका विविध जालझेल, षड्यन्त्र र भित्री ‘नेटवर्क’का बीच यतिखेर राष्ट्रिय राजनीतिको दाउपेंच चलिरहेको छ । स्वाभिमानी, देशभक्त, गणतन्त्रवादी, प्रगतिशील, अग्रगामी, क्रान्तिकारी शक्तिको एकातिर र यसको विपरीत धाराका शक्तिहरूको अर्कोतिर बढिरहेको धुव्रीकरणले स्थितिलाई वारपारको मुठभेडमा पु¥याउने सम्भावना पनि बढेको छ । विद्रोही क्रान्तिकारीहरूलाई कुनामा पारेर च्याँप्ने गुरुयोजना विदेशी मालिकहरूका निर्देशनमा देशीय प्रतिक्रियावादी शक्तिले बुनिरहेकामा कुनै शंका छैन । देशलाई फेरि गृहयुद्धतिर धकेल्ने घोर दक्षिणपन्थी प्रतिक्रान्तिकारीहरूको सपना पूरा गराउनमा विस्तारवादी साम्राज्यवादी शक्तिकेन्द्रले पनि धाप दिइरहेको र देशभित्र प्रत्यक्ष हस्तक्षेप गरिरहेको पनि स्पष्ट छ । यसस्थितिमा हामीले लिने बाटो र दिशा स्पष्ट हुनु र त्यसको प्रतिरोध बढाउनु पर्ने आवश्यकता टड्कारो छ । जसको लागि पार्टीले लिएको विद्रोहको तयारीको प्रक्रियामा अघि बढ्नु पर्ने ऐतिहासिक दायित्व हाम्रो पनि काँधमा आएको छ । अबको इतिहास जनताको आमविद्रोहको बाटोबाट अघि बढ्ने र अर्धऔपेनिवेशिक र अर्धसामन्ती समाजको समूल अन्त्य गरी त्यसको ठाउँमा राष्ट्रिय, स्वाधीन, जनवादी, मौलिक र बैज्ञानिक नयाँ संस्कृतिले समृद्ध समाज स्थापना गरेर निर्माण हुनेछ भन्ने कुरामा द्धिविधा छैन । वस्तुतः सामन्तवादको सांस्कृतिक सत्ता अझैँ जीवित छ र त्यसलाई विस्तारवादी शक्तिले पौन फुकिरहेको छ । हामीले यसका विरुद्ध विद्रोहको नयाँ ध्वजा उठाएर मात्रै ठीकसँग प्रतिरोधको अभिभारा पूरा गर्न सक्छौ भन्ने कुरा अहिलेको राष्ट्रिय परिस्थितिले देखाएको छ ।
साम्राज्यवादी र विस्तारवादी शक्तिका बीच यतिखेर नेपालको राजनीतिक स्थितिका सन्दर्भमा आन्तरिक सामाञ्जस्य भइरहेको देखिन्छ । यद्यपि साम्राज्यवादीहरूबीच आन्तरिक अन्तरविरोध कायम छ र त्यो झन् चर्किदै छ । आफ्नो स्वार्थको निम्ति उत्पीडित राष्ट्रहरूमाथि प्रभुत्व लाद्ने र त्यहाँका प्राकृतिक सम्पदा, साधन–स्रोत हडप्ने एवम् आर्थिक, सैनिक, सांस्कृतिक नियन्त्रण कायम गर्ने कुरामा देखिएको साम्राज्यवादी शक्तिहरूको होडवाजीले नेपाललाई पनि प्रभावित पारेको छ । फेरि पनि आर्थिक मन्दीको प्रभावबाट रन्थनिएर बौरिदै गरेको साम्राज्यवाद नेपालमा क्रान्तिकारी शक्तिलाई हावी हुन नदिन र मुलुकमा कठपुतली, गद्दार र आत्मसमर्पणवादीहरूकै सरकार कायम राख्न गठजोड गरिरहेको छ । उनीहरू शान्ति प्रक्रियामै हस्तक्षेप गर्दै संविधानसभा विघटन गराई राष्ट्रपतिलाई शिखण्डीका रुपमा अगाडि उभ्याएर सैनिक हस्तक्षेप चलाउने र माओवादीलाई दमन गर्ने र सके समाप्त पार्ने नसके साइजमा ल्याउने र आफ्नो नियन्त्रणमा राख्ने प्रक्रियाको तानाबाना बुनिरहेका छन् । ओवामा प्रशासन पनि उसको अन्र्तराष्ट्रिय आर्थिक, राजनीतिक र सैनिक असफल नीतिलाई खासै कुनै तात्विक परिवर्तन नगरी सामान्य सुधारकै शैलीमा विश्वलाई आँखामा धुलो हाल्ने प्रक्रियामै अघि बढिरहेकोले चीन विरुद्ध भारतसित सहकार्य गर्दै अघि बढ्ने खेलमा लागेको स्पष्ट देखिन्छ । यसले नेपालको राजनीतिलाई पनि प्रभाव पारिरहेको छ । जसका कारण उनीहरू माओवादीलाई सत्तामा जान नदिने, एक्ल्याउने, धम्क्याउने, घेर्ने र निस्तेज पार्ने दाउमा यहाँका प्रतिक्रियावादी सबै शक्तिहरूलाई एउटै धु्रवमा उँभ्याएर उपयोग गरिरहेका छन् । यतिखेरको राजनीतिक गतिरोध बस्तुतः देशभक्त, गणतन्त्रवादी र अग्रगमनका पक्षधर तथा साम्राज्यवादपरस्त शक्तिका बीचको टक्करको परिणाम हो । यो लडाइ वस्तुतः देशप्रेम र राष्टघातका बीचको लडाइं पनि हो ।
चीन र भारत दुवै आफ्नो स्वार्थ सिद्ध गर्न यी दुई धुव्रका शक्तिमध्ये कसलाई आफ्नो पक्षमा पार्ने भन्ने द्धन्द्धमा छन् । फलतः हामीलाई घरी धम्क्याउने, घरी घुक्र्याउने, घरी फकाउने, घरी प्रशंसा गर्ने शैलीमा देखिएका छन् । तापनि साम्राज्यवाद र विस्तारवाद कहिल्यै र कहिं पनि सर्वहारावर्गको पक्षमा हुने प्रश्नै आउँदैन । त्यसकारण अहिलेको राजनीतिक द्धन्द्ध भनेको साम्राज्यवाद र विस्तारवादसँगको द्धन्द्ध पनि हो । यो द्धन्द्धमा सर्वहारावर्गले नजिते यो मुलुकको स्वाधीनता समाप्त हुने खतरा नजिकिंदै जानेछ र देश सिक्किमीकरणतर्फ अघि बढ्नेछ । सर्वहारावर्गले दलाल, यथास्थितिवादी आत्मसमर्पणवादी, प्रतिक्रियावादी शक्तिलाई पराजित नगर्ने हो भने हाम्रो स्वाभिमान गुम्ने खतरा भिडं्किदै आएको मान्नुपर्छ । यस परिवेशमा यतिखेर स्वाभिमानको झन्डा उठाउँदै हामी विद्रोहद्धारा प्रतिरोध गर्न अघि बढ्न आवश्यक हुन पुगेको छ । यस्तो राष्टिय अन्तराष्टिय परिस्थितिका बीच सांस्कृतिक आन्दोलन पनि यस्तै खाले दुई धुव्रको टक्करबाट अघि बढिरहेछ ।
तेस्रो राष्टिय सम्मेलनदेखि आजसम्मका संगठनका कामकारवाही र गतिविधिलाई फर्केर हेर्दा यो सापेक्षरुपमा सफलतापूर्वक अघि बढिरहेको छ । सङ्घर्षका काम कारवाहीमा निरन्तर सक्रियता, विभिन्न योजनाहरूको कार्यान्वयन, प्रकाशन, संगठन निर्माण, आंगिक संगठनहरूका सम्मेलन र नेतृत्व चयन, सांगीतिक–सांस्कृतिक अभियान, फिल्म निर्माण, गोष्ठी, प्रशिक्षण, राजनीतिक बैचारिक हस्तक्षेप, गीति क्यासेटहरू र कृति प्रकाशन, भिडियो सिडी प्रकाशन, सांस्कृतिक कार्यक्रम, कलाकारलाई विधागत प्रशिक्षण, आन्दोलनमा भूमिका आदि कामकारवाहीमार्फत् सांस्कृतिक आन्दोलन आगाडि बढेको छ । विभिन्न आंगिक संगठन निर्माणले तत्तत् क्षेत्रमा एकातिर हस्तक्षेप भएको छ भने अर्कातिर महासङ्घीय अवधारणालाई मूर्तरुप प्रदान गरेको छ । सङ्घर्षका कार्यक्रमहरूले सुन्दरी प्रतियोगिताविरुद्ध, पुजारीप्रकरणविरुद्ध, संगीतका समस्या समाधानार्थ, राष्ट्रघात र वैदेशिक हस्तक्षेपविरुद्ध, सामन्ती संस्कृति र शोषणमूलक परिपाटीको अन्त्यका लागि विरोध जुलुस, विरोध सभा, गोष्ठी, अन्तरक्रिया, चक्काजाम, धर्ना, घेराउ, प्रतिरोध आदिबाट गुणात्मक हस्तक्षेप गरेभने हाम्रो सांस्कृतिक आन्दोलनको दिशा र नीतिगत स्पष्टताका कारण विभिन्न क्षेत्रबाट कवि, कलाकार, चलचित्रकर्मी, साहित्यकार, लेखक, संगीतकर्मीहरू धुव्रीकृत हुँदै यही धारमा समाहित भएका छन् । फलतः यो धार नै मूलधार बन्न पुगेको छ । हामीले निर्माण गरेको महासङ्घीय संरचनाले विरोधी शक्तिलाई पनि त्यस्तै संरचनातर्फ लाग्न बाध्य बनाएको छ । ललितकलाका क्षेत्रमा भएका प्रदर्शनहरूले यस क्षेत्रमा राम्रो प्रभाव जमाएको छ । देशव्यापी रुपमा केन्द्रीय सामना टोलीले कैयौँ पटक चलाएका अभियान, राज्य परिवारले चलाएका स्थानीय अभियान, सांस्कृतिक कार्यक्रम, सडक सास्कृतिक सभा आदिबाट राष्ट्रियताको जागरण पैदा गर्न, बैचारिक प्रभाव छर्न, सांस्कृतिक क्षेत्रका समस्या र विकृतिलाई उजागर गर्न र समाधानका लागि दवाव सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको छ । राजनीतिक आन्दोलनमा पार्टीका कार्यक्रमसहित नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा हामीले निभाएको सक्रिय भूमिकाले सांस्कृतिक मोर्चाको अस्तित्व स्थापित गर्न सफल भएको छ । गोष्ठी, प्रशिक्षण, अन्तरक्रिया र छलफलका साथै विविध पत्रिका, कृति प्रकाशनले बैचारिक हस्तक्षेप तीव्र बनेको छ । कलाकारका समस्या समाधान र कलाकारकै रुपमा संगठनमा निरन्तरताका सन्दर्भमा गरिएको पहलले पनि त्यस क्षेत्रको निराशा, कुन्ठा, हीनता र उपेक्षा बोधलाई धेरै हदसम्म कम गरेको छ । सबै आंगिक संगठनका भेला र सम्मेलन केन्द्रीय रुपमा सम्पन्न गरी नेतृत्व चयनले ती क्षेत्रमा पनि राम्रा गतिविधि र हस्तक्षेप पुगेका छन् । कतिपय विधागत प्रशिक्षणहरूले विधा मूल्य, मान्यता स्वरुपको जानकारीलाई अगाडि बढाएको छ । प्रायः सबै क्षेत्रमा र ठाउँमा संगठन निर्माण भइसकेको छ र कतै कतै संगठन निर्माण प्रक्रिया चालू छ । यसरी तेस्रो सम्मेलनदेखि आजसम्म जनसांस्कृतिक आन्दोलनको मूलधारको नेतृत्व महासङ्घ र सो अन्र्तगतका संगठनले गरिरहेको स्पष्ट छ ।
सांस्कृतिक आन्दोलनमा हामीले गर्नुपर्ने सङ्घर्ष नयाँ जनवादी संस्कृति निर्माण नहुँदासम्म निरन्तर जारी रहन्छ । मूलतः अहिले सांस्कृतिक आन्दोलनभित्र ४ किसिमका धार र प्रवृत्तिहरू देखिएका छन् । पहिलो सामन्ती सांस्कृतिक धार आज पनि प्रतिक्रियावादी प्रतिक्रान्तिकारी धारका रुपमा क्रियाशील छ । दोस्रो, यथास्थितिवादी, सुधारवादी धार रहेको छ जसको नेतृत्व दलाल र आत्मसर्पणवादीहरूले गरिरहेका छन् । तेस्रो वामपन्थी संशोधनवादी धार पनि क्रमशः त्यही धारमा पतन हुँदै गइरहेको छ । यसले दोस्रो धारसँग गठबन्धन गरी प्रगतिवादी धारमाथि आक्रमण गरिरहेको र प्रतिक्रियावादी चरित्र ग्रहण गरिरहेको छ । चौथो जनसांस्कृतिक आन्दोलनको मूलधार प्रगतिवादी धार हो जसको नेतृत्व महासङ्घले गरेको छ । आजको सन्दर्भमा प्रतिगामी, यथास्थितिवादी संशोधनवादी तीनै प्रवृत्तिहरूको संयुक्त गठबन्धनबाट बनेको संयुक्त धार प्रगतिवादी सांस्कृतिककर्मीहरूको मुख्य शत्रु बनेर उभिएको छ । हामीले त्यसका विरुद्ध सशक्त प्रहार केन्द्रित गर्नु जरुरी छ । यसैसाथ साम्राज्यवाद र विस्तारवाद पनि प्रगतिवादी आन्दोलनमाथि दमन गर्न लागि परेको छ । साम्राज्यवादविरुद्ध पनि हाम्रो प्रहार केन्द्रित गर्नै पर्छ । यसरी हेर्दा अहिले नेपाली सांस्कृतिक आन्दोलनमा प्रतिगमन र यथास्थितिवादी, सुधारवादी र संशोधनवादी, देशद्रोही र दलाल प्रवृत्ति जनताको विरुद्ध छ भन्ने स्पष्ट हुन्छ ।
गत सांस्कृतिक आन्दोलनका सीमा र कमजोरीबारे पनि हामीले ध्यान दिनुपर्छ । तिनबाट पाठ सिक्दै र सच्याउँदै लगेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हाम्रो मूल गन्तव्य नयाँ जनवादी संस्कृतिको स्थापना हो । आज पनि हाम्रो सांस्कृतिक आन्दोलनभित्र हिजोकै सामन्ती सत्ताको संस्कृतिले प्रभावित गरिरहेको छ । सांस्कृतिक रुपमा अझ पनि तात्विक परिवर्तन आएको छैन भन्ने कुरा हामी स्वीकार्छौ । त्यसैकारण त्यसको प्रभाव हामीभित्र पनि कुनै न कुनै रुपमा विद्यमान छ । व्यक्तिवादी अवसरवाद, मनोगतवाद, निराशा, कुन्ठा तथा संर्कीणता, आत्मकेन्द्रीयता, महत्वाकांक्षा र बौद्धिक दम्भ, गुटीय मानसिकता आदि पवृत्तिहरूका आंशिक प्रभाव हामी सबैमा कुनै न कुनै रुपमा देखा परेका छन् । खुला वातावरणसित तालमेलहुने नाममा आदर्श र नैतिकमूल्यलाई समेत विर्सने प्रवृत्ति पनि बढ्दै गएको छ । निष्ठा र मूल्यको संस्कृतिभन्दा अवसर, प्रलोभन, आर्थिक उदारता, र कता कता वर्गीय विचलनको समेत स्थिति देखिनु दुःखद छ । यसका साथै तल संगठन निर्माण परिचालन र लगावमा पनि कमी, प्रतिवद्धता र समर्पणमा पनि हिजोभन्दा भिन्न स्थिति, समर्पित, प्रतिवद्ध, बैचारिक र निष्ठावान् नेतृत्वको समूहका मात्रा र संख्याविस्तारको स्थितिसँग पनि हामी सचेत बन्नु पर्छ । केन्द्रीय योजना निर्माणसँगै कार्यशैली र कार्यान्वयनमा एकताभाव नदेखिएको भन्ने प्रश्नमा पनि आंशिक सत्यता नभएको होइन । मूलतः आपसी सहयोग, हार्दिकता, एकत्वभाव, जनवाद र केन्द्रीयताको ठीकसँग तालमेल नभएको स्थितिमा त्यस्तो हुनु अस्वाभाविक छैन । बीचको समयमा देखा परेका निराशा र खिन्नताले पनि त्यसमा प्रभाव पारेको स्पष्ट छ । जनसांस्कृतिक आन्दोलनलाई अझ सशक्त र उँचाइबाट उठाउन उपरोक्त कमी र सीमाहरूमाथि विजय हासिल गर्नै पर्छ । वस्तुतः प्रतिवद्ध, समर्पित, निष्ठावान्, क्रान्तिकारी, सांस्कृतिक नेतृत्व र योजना कार्यान्वयनमा सम्पूर्ण टीमको एकताभाव पैदा हुन सकेमा जनवादी सांस्कृतिक आन्दोलनको भावी बाटो उज्यालो छ ।
हाम्रो भावी कार्यनीति र कार्यदिशा पनि राजनीतिक आन्दोलनको नीति र दिशासँगै जोडिएको छ । सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनभन्दा छुट्टै र पूर्ण स्वायत्त हुनै सक्दैन । कारण सांस्कृतिक आन्दोलन पनि फरक अर्थमा राजनीतिक उद्देश्य प्राप्तिकै लागि हुन्छ । कला, साहित्य, संगीत, अभिनय आदि सबै राजनीतिकै सहयोगी र अभिन्न अंग हुन् । त्यसकारण हाम्रो भावी कार्यदिशा पनि राजनीतिक प्रक्रियासंग जोडिएको छ । फेरि पनि यसको आफ्नै स्वतन्त्र अस्तित्व पनि हुन्छ । नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता, गणतान्त्रिक संस्कृति, नयाँ पुजीवादी समाज र जनताको संविधान निर्माण गर्ने प्रक्रियामा समर्पित हुंदै त्यसमार्फत् अग्रगामी आमूल सांस्कृतिक रुपान्तरणलाई संस्थागत गर्ने कुरामा हामीले दृढतापूर्वक सङ्घर्ष संचालन गर्नैपर्छ । आज देखिएको राजनीतिक गतिरोधका पछाडि माथि उल्लेख भए झैं दुई धुव्र र वर्गको अन्तरविरोधले नै काम गरेको छ । देशी विदेशी प्रतिक्रियावादी, दलाल र नोकरशाही तत्वहरूको गठबन्धन देशभक्त, क्रान्तिकारीमाथि फेरि दमन लाद्ने र गृहयुद्ध निम्त्याउने षड्यन्त्रमा लागेको स्पष्टै छ । लोकतन्त्र र शान्तिप्रक्रियाको खोल ओढेर त्यसकै आडमा सर्वहारावर्गको सम्पूर्ण दुश्मन शक्ति मुक्तिकामी जनताप्रति फेरि दमन, हत्या, हिंसा र आतंक लाद्ने षड्यन्त्रमा लागेको छ । विदेशी मालिकहरूको नीति, निर्देशन र आदेश मान्न सधैँ नतमस्तक रहने त्यो शक्तिले सर्वहारावर्गका मित्रशक्ति, देशभक्त र क्रान्तिकारीहरूलाई एक्लो, कुनो र घेराउमा पारेर समाप्त पार्ने सपना बुन्दै सैनिक दमनको समेत तयारीमा जुटेको र हतियार गोली गठ्ठा, तालिम, प्रशिक्षण, भर्तीमा समेत अनमिनको आचारसंहितालाई समेत उल्लंघन गर्दै अघि बढिरहेको स्पष्ट छ । माओवदीलाई साइजमा ल्याउने भन्दै विस्तारवादको प्रत्यक्ष आदेशमा यस्तो षड्यन्त्र र योजना बुनिरहेको पनि देखिएको छ । तसर्थ अबको हाम्रो कार्यभार यसका विरुद्ध देशभक्ति, राष्ट्रियता, स्वाभिमान, आत्मनिर्भरता, वास्तविक गणतन्त्र स्थापना, नयाँ संस्कृतिको निर्माण, शान्ति र संविधानको सुनिश्चितता, सामन्ती संस्कृतिको अन्त्य र जनताको गणतान्त्रिक संस्कृति स्थापनाको सन्देश बोकेर जनताका बीच पुग्ने, जगाउने र सङ्घर्षमा सामेल गराउने तथा अन्तिम विद्रोहका निम्ति अघि बढाउने योजनाका साथ ठोस कार्ययोजना बनाइ अघि बढ्नु हो । हामीलाई साइजमा ल्याउने सपना बोकेका देश र जनाताका दुश्मनलाई विद्रोहद्वारा ठीक साइजमा ल्याएर नै हाम्रो लक्ष्य प्राप्त गर्न सकिन्छ । विद्रोहको शक्ति जनता हो र जनताको शक्ति संगठन हो । संगठनको शक्ति स्पष्ट विचार र विचारको शक्ति नैतिकता, इमान्दारिता, त्याग र समर्पण हो । संगठन निर्माण गर्ने, विचार पु¥याउने र त्यसलाई शक्तिमा बदल्ने कार्यले मात्र विद्रोह सम्भव छ । त्यसको लागि संगठनको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न गरी नयाँ गति, उर्जा र एकता भाव स्थापित गर्न अहिले सम्मेलनमा जानु आवश्यक छ ।
निष्कर्षमा शान्ति प्रक्रियामा आएपछि हामीमा देखा परेका सबैखाले विचलन, विसंगति र विकृतिविरुद्ध जुध्दै फेरि नयाँ सांगठनिक जीवन पैदा गर्न आवश्यक छ । जतिसुकै शक्तिशाली भएपनि जनता र देशका दुश्मनहरू जनतासँग हार्नेछन् र जनताले विजय हासिल गरेरै छाड्नेछन् । नयाँ जनसंस्कृति निर्माणको बाटो चुनौतीपूर्ण, कठीन जरुर छ तर असम्भव छैन । क्रान्तिकारी अभिवादनसहित ।



ईश्वरचन्द्र ज्ञवाली
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रिय समिति

२०६५ माघ २३ गते सम्पन्न अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ तथा प्रगतिशील साँस्कृतिक सङ्गठन नेपालको संयुक्त अधिवेशन बाट निर्वाचित केन्द्रीय समिति

एकीकृत अखिल नेपाल जनसास्कृतिक महासङ्घ
केन्द्रीय समिति
पदाधिकारी तथा फोन नम्बर

१. ईश्वरचन्द्र ज्ञवाली संयोजक ९८४१५५०५३५
२. मातृका पोखरेल सह–संयोजक ९८४१२८१७०५
३. माइला लामा कार्यालय सदस्य ९८५१०१९७८३
४. वलराम तिमिल्सिना ,, ९८४१९९१४६७
५. गणेश भण्डारी ,, ९८४१५५२०८०
६. रोषण जनकपुरी ,, ९७४४००१२३५
७. हिरामणी दुःखी ,, ९७४१०७१५८६
८. मोहलाल चन्द ,, ९७४११७७४९३
९. इन्द्रबहादुर थिङ ,, ९८४१९०४८३४
१०. वदन शर्मा ,, ९८४१४०३३७७
११. सुमन देवकोटा ,, ९८४४०३१८३७
१२. सिता आचार्य ,, ९८४१४१८७७८
१३. मिनबहादुर सोव ,, ९७४१०७२६६५
१४. घनश्याम ढकाल ,, ९८४९०७५५०४
१५. विजय राई ,, ९८५२०२३२८४
१६. सन्ध्या नेपाल सचिवालय सदस्य ९७४१००३०१९
१७. आदर्श राई ,, ९८४१७४२३११
१८. मोहित श्रेष्ठ ,, ९८४९०३७६७७
१९. मञ्जु वम ,, ९८४१५८८३७५
२०. दानसिं वि.क. ,, ९७४८००३२२७
२१. राजकुमार कुव“र ,, ९८४८०२५२५६
२२. इन्द्रबहादुर वि.क. ,, ९८४९१५२४१५
२३. सुशिला थापा ,, ९८४६०४०१३३
२४. इन्द्र देवकोटा ,, ९८५४०२३७८४
२५. ज्योति चौधरी ,, ९८४१९४२१८९
२६. राजन वम ,, ९८४१५३९५५४
२७. डम्बर रोकाय ,, ९७४१०८१६०८
२८. खेम थपलिया ,, ९८५१०६६२७०
२९. विष्णु भण्डारी ,, ९८४१२५०२६६
३०. शीवजी लामिछाने ,, ९८५१०८५०८१
३१. रमेश भट्टराई ,, ९८४१४४१८८०
३२. जगदिसचन्द्र भण्डारी ,, ९८४१३३६९९३
३३. विशाल तामा∙ ,, ९८४१८४३६०७
३४. टेकबहादुर वलम्पाकी ,, ९८४११५४६७१
३५. लेकाली खड्का ,, ९८४७८२१९८३
३६. भोगिराज चाम्लिङ ,, ९८४१४७४९४५
३७. बीरप्रशाद अन्सारी ,, ९८४१३०२२७७
३८. इस्माली ,, ९८४१८४९०८५
३९. रेम थापा ,, ९८४१५३११२०
४०. निरज राई ,, ९८४१८६०९८५
४१. उत्तम डंगोल ,, ९८४१२०९६२७
४२. इन्द्र रेग्मी ,, ९८४५०५५२९२
४३. राम विकेश
४४. भीम कुमाखी सदस्यहरु ९८५११११६४८
४५. लक्ष्मी गुरु∙ ,, ९८४१७३४१९१
४६. नरेश पौडेल ,, ९८४८०९८२३२
४७. प्रदिप देवान ,, ९८४१४९१६४५
४८. उभार पुन ,, ९७४६००३३२४
४९. आशा नेपाली ,, ९७४१०१४१७४
५०. कर्णबहादुर परियार ,, ९८४११८१०६६
५१. झन्कार मगर ,, ९८४१९०११२९
५२. सुशील क्षेत्री ,, ९८५७८२०३९६
५३. सुशील सिंह ठकुरी ,, ९८४१७४२३२८
५४. असल पाख्रीन ,, ९८४१७४२३०९
५५. अविराम वटाला ,,
५६. भुपेन्द्र वि.क. ,, ९७४९५०३५०९
५७. पृथ्वीबहादुर सिंह ,,
५८. वसन्त बान्तवा ,, ९८४२१५६१२२
५९. खड्ग विवश वास्पाने ,,
६०. विगुल थामी ,, ९७४१०७९३९४
६१. सामाना तामाङ ,,
६२. राजु लामा ,, ९८४१५०४०९८
६३. अञ्जु खालि∙ ,, ९८४२१०६०६१
६४. जेहाङ किरा“ती ,,
६५. अजय तामाङ ,,
६६. टेकम वा“ठा ,, ९८४१०५८१९४
६७. दलबहादुर घर्ति ,, ९७४१०८८२७०
६८. तर्कबहादुर नेपाली ,, ९७४११६१९०८
६९. कुश्मा महरा ,, ं९८४९०८२३०७
७०. प्रतिक ईभ्छुक शर्मा ,, ९७४८५०२१३१
७१. तारानाथ शर्मा ,, ९७४१११८२४८
७२. प्रकास पन्थी ,, ९८४७८२१४००
७३. शुष्मा श्रेष्ठ ,, ९८४१५२९८६२
७४. भरत लामा ,, ९७४११७८०६४
७५. देवेन्द्र थुम्केली ,, ९८४१४७५१५५
७६. वर्षाद चौधरी ,,
७७. शक्ति वि.क. ,,
७८. छिरीङ लामा ,, ९८४१५४१५४१
७९. शम्भु श्रेष्ठ ,,
८०. शरद लिम्वु ,,
८१. गंगामुक्ति पुन ,, ९७४८५०५२६२
८२. दशरथ चौधरी ,,
८३. पर्वत वि.क. ,, ९७४११४५८९६
८४. पुजा किरा“ती ,,
८५. ईस्वर जोसी ,, ९८४१३४४२४५
८६. मित्रलाल पंज्ञानी ,, ९८४१५९२६७८
८७. सुधा त्रिपाठी ,, ९८४१५५०२०१
८८. विमल पौडेल ,, ९८४१५२३७१०
८९. के पि पाठक ,, ९८५१०३१३८३
९०. हिसन समाल ,, ९८४१४१४१६०
९१. जितेन राई ,,
९२. ताराकान्त पाण्डेय ,, ०१२३६२७५७
९३. गोपिन्द्र पौडेल ,, ९७४१०५४२१३
९४. मञ्जु वम ,, ९७४१०७६५६२
९५. तुलाराम गिरी ,,
९६. विक्रान्त ,,
९७. न्यूसन राई ,,
९८. थामप्रसाद साङपाङ ,,
९९. उत्तमकुमार राई ,,
१००. सुजन किरा“ती ,,
१०१. प्रभात के.सि. ,,
१०२. महेश मास्के ,, ९८५१०१४४२७
१०३. रुद्र सुस्लिङ ,, ९८४४०३१६८१
१०४. स∙ीत श्रोता ,, ९८४९००२३४०
१०५. दिलिप महर्जन ,, ९८४१२३६५८१
१०६. मिथिला फु“याल ,, ९७४१०७८११९
१०७. मोती पाख्रीन ,,
१०८. नरेन्द्र श्रेष्ठ ,,
१०९. हेम राई ,, ९७४१०९३३२५
११०. प्रमोद धिताल ,, ९८४७८२६४१७
१११. तिलक चाम्लीङ ,, ९८४१५७२७९०
११२. राजन दोङ ,, ९८४११३२६५६
११३. शैलेुस प्रधान ,, ९८४१३८४४८९
११४. इन्द्रराज लामा ,, ०३३६९१४७९
११५. हरिदेव ठाकुर ,, ९८०४७२६५९०
११६. नोप्चे तितुङ ,,
११७. चन्द्र वाईबा ,,
११८. पञ्चकुमारी परियार ,, ९८४४०८८२६८
११९. अमृता सिंह लामा ,, ९८४१७९१२२०
१२०. कुवेर सिंह लामा ,, ९८०३२२८१३३
१२१. पाल्देन लामा ,,
१२२. जीवन उदासी ,,
१२३. खड्ग चौधरी ,,
१२४. रामनाथ यादव ,,
१२५. देवेश्वरलाल मुन्ना ,,
१२६. पोषराज पौडेल ,, ९८४५०३२२७५
१२७. दयानन्द सदा ,,
१२८. दिनेश दुलाल ,, ९७४१०८८७६५
१२९. धिरेन्द्र प्रेमहर्षि ,, ९८४१२८०७३३
१३०. शुष्मा वि.क. ,,
१३१. जयफुल्ला हसन ,, ९८४७२८९८८७
१३२. गरिमा मगर ,,
१३३. कृष्ण पौडेल ,, ९८४१७६०४१३
१३४. शरद पौडेल ,, ०१४३६२४७६
१३५. केशव महर्जन ,, ९८५१०७००७८
१३६. आर.सी. न्यौपाने ,, ९८५१०१९०८१ (कार्यालय सचिव)

२०६५माघ २३ मा सम्पन्न संयुक्त अधिवेशनमा प्रस्तुत साँस्कृतिक प्रतिवेदन

अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ तथा प्रगतिशील साँस्कृतिक सङ्गठन नेपालको संयुक्त अधिवेशनमा प्रस्तुत साँस्कृतिक प्रतिवेदन

यो ऐतिहासिक संयुक्त अधिवेशनमा उपस्थित अतिथि आमन्त्रित
तथा प्रतिनिधि साथीहरु, क्रान्तिकारी अभिवादन
र्सवप्रथम महान् जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनमा जीवनको कोटा चुक्ता गर्दै युगपरिवर्तनका लागि आफ्नो अमूल्य जीवन वलिदान गर्ने महान् सा“स्कृतिक योद्धा कृष्णसेन 'इच्छुक' लगायत सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली सहित लालसलाम अर्पण गर्दछु साथै यस प्रसङ्गमा हजारौं बेपत्ता साथीहरु र घाइते योद्धाहरुको स्मरण गर्दछु ।

पृष्ठभूमि

२०३८ सालमा स्थापित भई विभिन्न आरोह-अवरोह, टुट-फुट, समस्या-चुनौती पार गर्दै नेपाली जनवादी साँस्कृतिक आन्दोलन आज धु्रवीकरणको ऐतिहासिक प्रक्रियामा यो एकीकृत सा“स्कृतिक आन्दोलनको मोर्चा निर्माणको प्रक्रियामा जुट्न आइपुगेमा छौं । दुई साँस्कृतिक मोर्चाहरुको यो अधिवेशन नेकपा-माओवादी) र नेकपा-एकताकेन्द्र-मसाल)का भ्रातृसङ्गठनहरु अखिल नेपाल जनसा“स्कृतिक महासङ्घ तथा प्रगतिशील सा“स्कृतिक सङ्गठन नेपालको संयुक्त अधिवेशन हो । विगतका केही वैचारिक असहमतिहरु, केही फरक प्रवृत्तिहरु र केही कार्यनीतिक भिन्नताहरुका बावजुद आधारभूत रुपमा मार्क्सवाद-लेनिनवाद-माओवाद/विचारधाराको विश्व दृष्टिकोण र वैचारिक आलोकलाई आत्मसात् गर्दै अहिले विद्यमान राज्यव्यवस्थाको जगमा टेकेर फेरि अर्को महान् जनव्रि्रोहको प्रक्रियामा सामेल हुन र नया“ जनवादी राज्यव्यवस्था स्थापित गर्ने सङ्र्घष्ाको प्रक्रियालाई निरन्तरता दिन आज एकीकृत अखिल नेपाल जनसा“स्कृतिक महासङ्घ निर्माणको प्रक्रियामा जुटेका छौं र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अभिभारा र नेतृत्व पूरा गर्ने अठोट पनि गरिरहेका छौं । दशवर्षो महान् जनयुद्ध र उन्नाईस दिने ऐतिहासिक जनआन्दोलनको संयुक्त सङ्र्घर्षबाट सामन्ती राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ तापनि अझै र्सवहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना भइसकेको छैन र क्रान्ति पूर्णतः सम्पन्न भएको पनि छैन । हजारौं सहिदहरु र बेपत्ताहरुको सिङ्गो सपना अझै पूरा हुन बा“की नै छ । आज पनि साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको संयुक्त गठजोडमा नेपालको स्वाधीनता र र्सार्वभौम सत्तामाथिको हस्तक्षेप, अतिक्रमण र प्रभुत्व यथावत् छ र राष्ट्रियता सङ्कटमा छ । नेपाली जनताको जनतन्त्र र जनजीविकाका समस्याहरु प्नि समाधान भइसकेका छैनन् । सत्ताच्युत सामन्ती शक्ति, दलाल-नोकरशाह पु“जीपति वर्ग र राष्ट्रिय आत्मर्समर्पणवादी र यथास्थितिवादी शक्तिहरुले जनताको नया“ सत्ता स्थापित हुन नदिन अझ बढी शक्तिका साथ षड्यन्त्र र अपराध गरिरहेका छन् । व्रि्रोहीको नेतृत्वमा सरकार सञ्चालन भइरहे पनि सत्तामा अझै पुरानै वर्गको प्रभुत्व कायमै छ । यस अवस्थामा नया“ जनसम्बिधान निर्माणको प्रक्रिया पूरा हुन सकेको छैन र जनताको सङघीय गणतन्त्र स्थापना पनि हुन बाँकी नै छ । साथै प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिले त्यो पूरा हुन नदिन षड्यन्त्र गरिरहेका छन् । त्यसो भएमा जनवादी राज्यव्यवस्था स्थापित गर्न अर्को व्रि्रोह अनिवार्य छ भन्ने मान्यताका साथ दशवर्षो महान् त्याग, वलिदान र सङर्घष्ा तथा त्यसकै जगमा उन्नाईस दिने जनान्दोलनका ऐतिहासिक उपलब्धिहरुको संरक्षण गर्दै अन्तिम व्रि्रोहको तयारीका लागि जनसा“स्कृतिक आन्दोलनलाई एकीकृत र धु्रवीकृत गर्न सहमत भएर नै हामी आज यो एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घमा एकताबद्ध हुन पुगेका छौं । यो संयुक्त अधिवेशनको औचित्य, महत्व र मूल्य यही हो भन्ने म ठान्दछु ।
यहा“सम्म आइपुग्दा यो जनसा“कृतिक आन्दोलन सहर र गाउ“मा फरक-फरक ढङ्गले प्रवाहित हुँदै आयो । एकातिर जनयुद्धमा प्रत्यक्ष रुपले सहभागी हु“दै सा“स्कृतिककर्मीहरुले निरङ्कुश सामन्ती राज्य परिपाटी विरुद्ध अपरेसनहरु, सङ्कटकाल, भीडन्त, जम्काभेट, पक्राउ, यातना, दमन, रेर्डकर्नर सूचना, टाउकाको मूल्य हु“दै वलिदानको मूल्य चुक्ता गरे भने अर्कातिर सङ्कटकाल, पक्राउ, यातना, दमन, त्रासदी र आतङ्कका वीच पनि सङ्र्घर्षलाई जारी राखे । दुबैको उद्देश्य सामन्ती निरङ्कुश सत्ताको अन्त्य र त्यसको ठाउँमा नयाँ जनवादी व्यवस्थाको स्थापना थियो । युद्ध, सङ्र्घष र आन्दोलनको यो फ्युजन प्रक्रियामा प्रत्यक्ष र परोक्ष्य रुपमा गाउँ र सहरमा एकसाथ दुइटा उपरोक्त सङ्गठनले साँस्कृतिक आन्दोलन जारी राखे । जसको परिणाम त्यो सङ्र्घर्षको गाउ“बाट सामन्ती, जमिन्दारी, मुखिया स“स्कृति तथा अनेक खाले पुराना शोषण, उत्पीडन, अन्याय, अत्याचार हटाउन महत्वपूर्ण भूमिका रह्यो भने सहरमा त्यस्तै खाले विकृति र विसङ्गतिहरु हटाउन ठूलो भूमिका पुग्यो ।
यस प्रक्रियामा प्रगतिशील साँस्कृतिक सङ्गठन नेपालले सहरमा वैधानिक-अवैधानिक सङ्र्घर्षमा विशेष भूमिका खेल्यो भने अखिल नेपाल जनसा“स्कृतिक महासङ्घले मुख्यतः अवैधानिक सङ्र्घर्षमा ग्रामीण क्षेत्रमा विशेष भूमिका खेलेको तथ्यलाई सबैले स्वीकार्न आवश्यक छ । गत चार वर्षेखिको शान्ति प्रक्रियापछि यी दर्ुइ सङ्गठनका दार्शनिक-सैद्धान्तिक आधारभूत मूल्यको समानताका कारण हुँदै गएको साँस्कृतिक, वैचारिक, छलफल र सामीप्यताको परिणाम नै अहिले हुन लागेको यो एकीकरणको प्रक्रिया हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ । यो एकीकरणले तत्काल जनताको गण्तन्त्र स्थपित गर्ने आन्दोलनलाई अघि बढाउन, व्रि्रोहको तयारी गर्न र राष्ट्रियता र स्वाभिमान रक्षाको लडाइ“लाई सशक्त पार्न र पुरानो सामन्ती पुँजीवादी सँस्कृतिलाई अन्त्य गरी नयाँ जनताको गणतान्त्रिक सँस्कृति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह हुनेछ भन्ने हामीलाई लागेको छ । साथै यसै प्रक्रियामा अन्य वाम क्रान्तिकारी सा“स्कृतिक समूहका वीचको धु्रवीकरणको प्रक्रियालाई उत्प्रेरणा प्राप्त हुनेछ भन्ने आशा पनि लिएका छौं ।
वर्तमान परिस्थिति ः
वर्तमान वस्तुगत परिस्थितिलाई दुई कोणबाट हेर्न जरुरी छ । अन्तराष्ट्रिय रुपमा यतिखेर साम्राज्यवाद-आर्थिक मन्दी, इराक-अफगानिस्तान युद्ध, व्यापारिक तथा वित्तीय सङ्कट, बेरोजगारी र अराजकता एवं आतङ्कवादको नाममा भएका गतिविधिको भुमरीमा फस्दै गएको छ । संसारमाथि एकछत्र हैकम र लुट तथा पुजीमा एकाधिकार र केन्द्रीकरण कायम एवम् साना राष्ट्रहरुको स्वाधीनतामथि हस्तक्षेप गरेकै कारण विश्व जनमत त्यसको विरुद्धमा देखिएको छ । साना तथा कमजोर राष्ट्रको गरिबी, अभाव, र दूरवस्था तथा ठूला, सम्पन्न, विकसित शक्तिशाली राष्ट्रको चुलिंदो आर्थिक समृद्धि र त्यसको लागि तिनले चलाएको विश्व शोषणको प्रक्रिया तथा हस्तक्षेप, प्रभुत्व र अतिक्रमणका कारण त्यो दूरी बढ्दै गएको र त्यसविरुद्ध प्रतिरोध सङर्घष्ाहरु जन्मिदै गएका पनि छन् । साम्राज्यवादी अमेरिकको विद्यमान परराष्ट्र नीति, आर्थिक नीति, व्यापाकि नीति, सैन्य नीति र राजनैतिमा 'प्रजातान्त्रिक' दादागिरी क्रमशः असफल र बदनाम हुँदै गएको छ । सँगसँगै साम्राज्यवादी शक्तिसम्पन्न राष्ट्रहरुकै वीचमा पनि अन्तरविरोधहरु चर्किंदै छन् र फुट र तिक्तता बढ्दै जान थालेका छन् । साम्राज्यवादको यो विश्वप्रभत्व र दादागिरी कायम गर्ने चाहना र उत्पीडित जनता तथा राष्ट्रहरुको मुक्तिको चाहनाले नया“ ढङ्गले र्सवहारा क्रान्तिको विस्फोटको सम्भावनालाई उजागर गरिरहेछ । वर्तमान यो पु“जीवादी सङ्कटले समाजवादी विश्व व्यवस्थालाई फेरि एकपटक सत्य पुष्टि गरेको छ ।
नेपालको सर्न्दर्भमा विस्तारवादी भारतले गरेका ज्यादती, उत्पीडन, अतिक्रमण, हस्तक्षेप, दादागिरी, विकासमा अवरोध, राष्ट्रिय स्रोत-साधनमाथि गिद्धेदृष्टि, सा“स्कृतिक हस्तक्षेप र अनेक अपराधिक समूहलाई पृष्टपोषणले उसप्रति जनताको घृणा, रोष, प्रतिरोधको भाव बढ्दै गएको छ । यसले राष्ट्रिय मुक्तियुद्धको वातावरण सिर्जना गदै पनि लगेको छ । यसरी वर्तमान अन्तराष्ट्रिय परिस्थिति साम्राज्यवाद विरुद्ध जनताको प्रतिरोध तथा मुक्तिसंघर्ष एवम् राष्ट्रिय मुक्ति आन्दोलनको मूल अन्तरविरोधका वीच उभिएको छ । साम्राज्यवाद र र्सवहारा मुक्तिको प्रश्न प्रखर र जटिल बन्दै गएको छ । भारतीय विस्तारवाद विरुद्ध नेपाली जनताको प्रतिरोध तीव्र हुँदै प्रधान शत्रुतामा फेरिने सम्भावना बढेको छ । साँस्कृतिक अर्थमा साम्राज्यवादको सा“स्कृतिक भूमण्डलीकरणको प्रतिनिधि विचार-उत्तरआधुनिकतावाद र त्यसबाट पोषित साँस्कृतिक हस्तक्षेप विरुद्धको सङ्र्घर्ष मुख्य बन्न पुगेको छ । साम्राज्यवादले फैलाएको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक भूमण्डलीकरण र सञ्चार आतङ्कस“ग जुधेर नै हामी र्सवहारा स“स्कृतिको जगेर्ना गर्न सम्भव छ ।
राष्ट्रिय रुपमा हेर्दा हाम्रो मुलुक यतिखेर सङ्गीन मोडमा उभिएको छ । सामन्ती राजतन्त्रको समाप्ति र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भए पनि शान्ति प्रक्रृयाका करिब चार वर्षा पुरानो सत्ता र राज्य व्यवस्थाको संरचनामा तात्विक परिवर्तन हुन सकेको छैन सत्ताको नेतृत्वमा क्रान्तिकारी व्रि्रोही शक्ति रहेको भए पनि सरकारको खिचडी चरित्र विद्यमान छ । यो कुन वर्गको सत्ता हो भन्ने छिनो-फानो भइसकेको छैन । यद्यपि नेतृत्व क्रान्तिकारीको छ तापनि जनताका समस्या समाधान भइरहेका छैनन् कारण परिवर्तनको अनुभूति जनतालाई दिने कुरामा सामन्ती पुरानो सँस्कारसहितका यथास्थितिवादी प्रतिक्रियावादी शक्तिहरुले सरकार विरुद्ध अवरोध सिर्जना गर्ने, घेराउ गर्ने, कुनै काम सफलतापूर्वक गर्न नदिने र असफल बनाउने षड्यन्त्र गरिरहेका छन् । त्यसका पछाडि वैदेशिक शक्ति केन्द्रहरुले पनि सहयोग गरिरहेछन् । राजनैतिक रुपमा सामन्ती सत्ता समाप्त भएको भनिए पनि सा“स्कृतिक रुपमा त्यो यथावत् हालीमुहाली गरिरहेछ । राज्य संयन्त्रहरु पुरानै छन् र तिनमा सामन्तीभूत यथावत् राज गर्दै छ । राज्य संयन्त्रमा पनर्संरचना हुन सकेको छैन । दलाल नोकरशाही यथास्थितिवादी आत्मर्समर्पणवादी तत्व र शक्तिहरु तथा साम्राज्यवादी विस्तारवादीहरुको गठजोड एवम् पुराना मण्डले सामन्ती शक्तिहरुका वीच अघोषित मोर्चावन्दी कायम भइरहेको छ । आजपनि मुलुक अर्धसामन्ती र अर्ध औपनिवेशिक स्थितिमा नै छ । संशोधनवादी सुधारवादी शक्ति सत्तामा सामेल हुँदाहुँदै पनि विपक्षीको जस्तै भूमिका निर्वाह गरिरहेको छ भने फुटकर दलहरुको भूमिका पनि नकारात्मक छ । गणतन्त्र कुन वर्गको बनाउने भन्ने प्रश्न र सम्बिधान कुन वर्गको हितमा तयार गर्ने भन्ने प्रश्न अहिलेको जटिल प्रश्न हो । जसको उत्तर आउन बा“की छ । वैदेशिक हस्तक्षेपले राष्ट्रियविखण्डनको खतरा एवम् स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षाको प्रश्न पनि जटिल बन्दैछ । भ्रष्टाचार महँगी, अभाव बेरोजगारी अराजकता, असुरक्षा आदि पनि जटिल बन्दै गएका छन् । यसरी राष्ट्रियता जनतन्त्र र जनजीविकाका जनताका समस्या पनि उस्तै दुःखदायी बनेका छन् । यसैकारण अहिलेको अन्तरविरोध दुइ रुपमा स्पष्ट अघि आएको छ । एउटा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेपको दबदबा विरुद्ध राष्ट्रिय स्वाभिमानको लागि जनताको हस्तक्षेप, अर्को दलाल नोकरशाही पु“जीवादी प्रतिक्रियावादी वर्ग, सामन्ती प्रतिक्रियावादी यथास्थितिवादी शक्तिहरु र राष्ट्रिय आत्मर्समर्पणवादी देशघाती शक्तिका विरुद्ध आमूल परिवर्तन चाहने देशभक्त जनतान्त्रिक क्रान्तिकारी शक्तिको वीचमा रहेको अन्तरविरोध मुख्य बनेर आएको छ । सा“स्कृतिक रुपमा यही स“स्कृति जनवादीका स“स्कृतिका विरुद्ध उ“भिएको छ । तर्सथ यतिखेर यथास्थितिवादी र क्रान्तिकारी वीचको टक्कर प्रधान बनेर आएको छ भने विस्तारवाद र नेपाली जनता वीचको टक्कर पनि हस्तक्षेपको वर्तमान सर्न्दर्भमा प्रधान बन्नसक्ने सम्भावना बढेको छ । साम्राज्यवादी-विस्तारवादी सँस्कृति विरुद्ध मौलिक स“स्कृति, सामन्ती दलाल नोकरशाही प्रतिक्रियावादी सँस्कृति विरुद्ध जनवादी स“स्कृतिको सङ्र्घर्षलाई अघि बढाएर मात्रै हामी सा“स्कृतिककर्मीले इतिहासको दायित्व र युगको आवश्यकता पूरा गर्न सक्छौं र मात्रै राष्ट्रिय मौलिक जनवादी स“स्कृतिको स्थापना गर्न सक्छौ ।
प्रवृत्तिगत विश्लेषण ः
नेपाली सा“स्कृतिक परिवर्तनको आन्दोलनमा विभिन्न खाले प्रवृत्तिहरु रहेका छन् । सामन्ती प्रतिक्रियावादी यथास्थितिवादी शक्तिले जनताको जनवादी स“स्कृति निर्माणको प्रश्नमा शत्रुतापर्ूण्ा ढङ्गले अवरोध र प्रतिकार गर्दै आइरहेको छ । विद्यमान रुढ, पुरातन, विकृत, कुरुप, जनविरोधी स“स्कृतिलाई यथावत् राखेर मात्र उनीहरु आफ्नो जीवन र भविष्य सुरक्षित रहने ठान्ने हुनाले आमूल परिवर्तनकारी र्सवहारा स“स्कृतिका विरुद्ध उभिनु उनीहरुको बाध्यता हो । सुधारवादी, संशोधनवादी र समन्वयवादी स“स्कृति अर्को जनविरोधी स“स्कृति हो । वर्ग-सङघर्ष, वर्ग-सत्ता र वर्ग नेतृत्वका विरुद्ध सन्तुलन, समन्वय र शान्तिपूर्ण रुपान्तरणको धारलाई रुचाउने ढुलमुले, विचौले, क्रान्तिकारी रुपान्तरण विरोधी सँस्कृतिको यो रुपले नेपालमा र्सवहारा सँस्कृतिलाई अस्वीकार गर्छ । अर्को सामन्तवादी स“स्कृतिलाई यथावत् चालु राख्न चाहने प्रतिगामी सँस्कृतिले पनि पछाडिबाट आफ्नो सत्ता पुनर्स्थापित गराउने षड्यन्त्र र कुटिलचाल जारी राखेको छ । त्यस्तै अर्को क्रान्तिकारी सङ्र्घर्षका कुरा दोचारेर क्रान्तिकारी सँस्कृतिकै विरुद्ध उभिने प्रवृत्ति पनि साँस्कृतिक आन्दोलनमा रहेका छन् । यी सबै प्रवृत्ति विरुद्ध सङ्र्घर्ष गर्दै नयाँ मौलिक, राष्ट्रिय, जनतान्त्रिक स“स्कृति स्थापना गर्न अघि बढ्नु नै हाम्रो मूल लक्ष्य हुनु जरुरी छ । क्रान्तिकारी र्सवहारा सँस्कृतिको स्थापना र्सवहारा स“ास्कृतिक क्रान्तिको धारालाई पक्रिंदै निरन्तर क्रान्तिको प्रक्रियाबाट अघि बढेर मात्र सम्भव छ । नया“ सस्कृति यही निरन्तर क्रान्तिको धारामा अघि बढ्नेछ । यसै प्रसङ्मा क्रान्तिकारी सा“स्कृतिक आन्दोलनलाई अघि बढाउन जनताको सङ्घीय गणतन्त्र स्थापनामा शान्तिपूर्ण पहल गर्दा अवरोध सिर्जना हुन्छ भने विद्रोहको बाटो समात्नु अनिवार्य बन्नेछ । जसको लागि यस उद्देश्यसित सहमत हुने विभिन्न शक्ति र प्रवृत्तिभित्रका देशभक्त, प्रगतिशील जनतान्त्रिक शक्तिहरुको धु्रवीकरण पनि आवश्यक हुन्छ । राष्ट्रिय जनवादी मौलिक स“स्कृतिको स्थापनाका लागि व्रि्रोहशील व्यापक जनसमुदायलाई सुसंगठित गरेर नै व्रि्रोह सम्भव छ । व्रि्रोह केही उत्साहित क्रान्तिकारी पङ्क्तिले मात्र गर्नु पनि सम्भव छैन । त्यसैले नै विभिन्न पक्ष र शक्तिभित्र रहेका वास्तविक देशभक्त गणतान्त्रिक र प्रगतिशील पक्षहरुलाई समेट्दै संयुक्त मोर्चा कायम गर्नु पनि आजको आवश्यकता हो । त्यसको निम्ति हामीभित्रका सङ्कीर्णता, जडता, कुण्ठा, अस्वस्थ प्रतिस्पर्धा जस्ता कुरालाई त्याग गर्नु जरुरी छ । आफूले व्यवहारमा र्सवहारा स“स्कृति लागु गरेर देखाउन नसक्नेले सिङगो र्सवहारा सा“स्कृतिक आन्दोलनको नेतृत्व र अभिभारा पूरा गर्न सक्दैन भन्ने तथ्यलाई पनि मनन गर्नु आवश्यक छ ।
समस्या सम्भावना र चुनौती ः
क) वैचारिक समस्याः शान्ति प्रक्रियामा आएपछि सङ्ठनमा देखा परेका समस्याहरुमा वैचारिक समस्या महत्वपूर्ण समस्या हो । दक्षिणपन्थी सुधारवाद, विर्सजनवाद, निराशा, पलायन, कतै अहम् कतै छिचरोपन, निम्न-पुँजिवादी निस्कृयता, सङ्कीर्णता, गुटीय मानसिकता, मनोगतता, व्यक्तिवाद, महत्वाकाङ्क्षा, कार्यशैलीमा गैरर्-र्सवहारा प्रवृत्ति, पद-प्रतिष्ठा-पैसाको भोक, कतै वैभवशाली जीवन र आर्थिक दुरुपयोग कतै अभाव, वर्ग-व्रि्रमको सिर्जना, कतै विचलन, अराजकता र अनुशासनहीनता, फेरि केही पु“जीवादी उपभोक्तावादी प्रभाव, र्सवहारा ससङ्कीर्णतास्कृति छोड्दै जाने समस्या जस्ता समस्या छन् । अर्कातिर नीति, कार्यक्रम र योजनाका अभावले गर्दा पनि अकर्मण्यता देखिएको छ ।
ख) साङ्गठनिक समस्याः सङ्गठन चुस्त-दुरुस्त नहुनु, भएका सङ्गठनको व्यवस्थित परिचालनको अभाव, तल्लो तहसम्म सङ्गठन निर्माण हुन नसक्नु, भएका पनि बेवारिसे जस्तो बन्नु, साहित्यकार र कलाकारवीच उपयुक्त सम्बन्ध स्थापित नहुनु, निस्त्रिmयता र शिथिलता देखिनु, विगतको जस्तो उर्जा र गतिशीलताको अभाव देखिनु जस्ता समस्या विद्यमान रहेका छन् । मोर्चाबाट भूगोलतर्फजान उत्प्रेरित हुने र मोर्चामा भविष्य नदेख्ने समस्या पनि देखिन थालेका छन् ।
ग) आर्थिक समस्याःः यो समस्याले जताततै पिरोलेको छ । पूर्णकालीन कार्यकर्ता, कार्यालय सञ्चालन खर्च, कलाकार परिवारहरुको भरणपोषणको समस्या ठूलो समस्या बनेर तर्ेर्सिएको छ । नया“ परिवेश अनुसार फेरिन नसक्ने र परिस्थिति अनुसार चल्न नसक्ने, सन्तुलित खर्च मिलाउन नसक्ने समस्या अर्को जटिल समस्या हो । आर्थिक वितरणमा केन्द्रीकरणगरी सन्तुलित वितरण, स्रोतको खोजी र सही ढङ्गकले तयसको परिचालनको समस्याले पनि यस्तो अवस्था सिर्जना हुनमा भूमिका खेलेको छ ।
घ) प्रकाशनको समस्याः लआर्थिक अभावकै कारण र राजनैतिक गतिविधिको चापका कारण थुप्रै प्रकाशनका काम थाती रहनु, नया“स“स्कृति निस्कन नसक्नु, कलम, वेदना आदि नियमित तथा व्यवस्थित हुन नसक्नु, क्षेत्रीय प्रकाशनहरु बन्द हुनु आदि प्रकाशनका समस्या हुन् । प्रकाशनको उचित वितरणको अभाव र सशुल्क वितरण नहुनुले पनि समस्या पारेको छ । त्यस्तै सङ्ठनभित्र पनि पर्ूण्ाकालीन र अल्पकालीन कार्यकर्ता वीच क्रमशः अन्तरविरोधको समस्या पनि बढ्दै जान थालेको छ ।
फेरि पनि सङ्गठनात्मक काम, वैचारिक काम, सङ्र्घष्ाका काम, अभियानका काम, प्रचार-प्रसारका काम, वितरणका कामहरुमा आर्थिक व्यवस्थापन मिलाई योजनाबद्ध ढङ्गले लिएर जाने हो भने तिनको समाधान भएर जानेछ । यी सबै विषयमा भएका गरेका उपलब्धिबारे यहा“ समयाभावका कारण चर्चा सम्भव भएन । ती उपलब्धिहरुबारे पछि एकता राष्ट्रिय सम्मेलनको सर्न्दर्भमा वितृत चर्चा गरिनेछ ।
शान्ति प्रक्रियापछि देखिएका उपरोक्त समस्याहरु हु“दाहु“दै पनि सम्भावना भने नभएको होइन । केन्द्रमा आङ्गिक सङ्गठन निर्माण भएका छन् तिनलाई तलसम्म लैजाने सम्भावना प्रसस्त छ । त्यस्ता आङ्गिक सङ्गठनमा अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकमी सङ्घ, अखिल नेपाल लोककलाकर्मी सङ्घ पर्दछन् । निराशा कुण्ठा र निष्त्रिmयतालाई तोड्दै पार्टर्ीी तय गरेको कार्यनीति र योजना बमोजिम हरेक क्षेत्रमा पुनर्जीवन र ताजगी पैदा गर्न र जनव्रि्रोहको प्रक्रियालाई कार्यरुप दिन यो सा“स्कृतिक क्षेत्रको ठूलो भूमिका छ । आम जनमानसको हृदयमा व्रि्रोहको आगो अझै निभि सकेको छैन । अझैक्रान्ति र मुक्तिको बाटो पूरा भएको छैन । आम कार्यकर्तामा त्याग वलिदानको भाव समाप्त भएको छैन । अझै पनि सबै जसो कार्यकर्तामा क्रान्ति पूरा भइ नसकेको र क्रान्ति पूरा गर्नु पर्छ भन्ने भाव जीवित छ । यस परिवेशमा जनसा“स्कृतिककर्मीले जनयुद्ध शुरु हुनुभन्दा पर्ूव जस्तै आगामी जनव्रि्रोह पर्ूव पनि सम्पूर्ण जनमानसमा नया“ सन्देश र विचार प्रवाह गर्न, व्रि्रोहको प्रचार-प्रसार गर्न र जनसमुदायलाई जागृत, उद्वोधित र परिचालित गर्न आफ्नो साहित्य र कलालाई गीत-सङगीत-नृत्य र अभिनयलाई अधिकतम उपयोग गर्नु आवश्यक छ ।
यसै गरी सा“स्कृतिक क्षेत्रमा अझै प्रशस्त चुनौतीहरु पनि छन् । पुरानो सामन्ती पु“जीवादी शोषणको साँस्कृतिक संरचना ध्वंश भइनसकेको र आज पनि साँस्कृतिक क्षेत्रमा प्रतिगामी सँस्कार र प्रवृत्तिले शासन गरिहेको र सा“स्कृतिक सत्ता ठालू, शोषक, जु“गामुठे सामन्तवर्गकै हातमा रहेकोले तिनले नयाँ स“स्कृति निर्माण गर्नेहरु विरुद्ध सम्पूर्ण बल प्रयोग गर्ने प्रयास गर्ने कुरा निश्चित छ र साथै हामी भित्रकै दक्षिणपन्थी, सुधारवादी, विर्सजनवादी, अवसरवादी प्रवृत्तिका साथै वाम सङकीर्णतावादी प्रवृत्तिले उपरोक्त सम्भावनालाई तुहाउने प्रयत्न पनि गरिरहनेछन् । यी दुबै चुनौतीको सामना गरेर मात्र हामी लक्ष्यमा पुग्न सक्छौं । हारेर, थाकेर, भागेर होइन ।
हाम्रो कार्य नीति र दिशा ः
अबको साँस्कृतिक आन्दोलनले सबैखाले पुराना प्रवृत्तिलाई समाप्त पार्न र नया“ स्थापित गर्न विभिन्न योजना नीति र कार्यक्रम तय गर्नु पर्छ त्यसको निम्ति निम्न कुरालाई निर्देशित सूत्र मान्नु आवश्यक छ ।
· पुरानो सत्तालाई समूल अन्त्य गरी जनताको गणतान्त्रिक नया“ सत्ता स्थापित गर्न नयाँ ढङ्गले जनव्रि्रोहको तयारी गर्ने ।
· सशस्त्र जनयुद्ध र जनान्दोलनको मूल्य महत्व र प्रभावलाई समायोजन गर्दै आशा र जीवनको सञ्चार गर्ने तथा नया“ क्षितिजको अभिरेखाङ्कन गर्ने ।
· विदेशी हस्तक्षेप र प्रभुत्वबाट मुलुकलाई मुक्त गर्न राष्ट्रियता, स्वभिमान र आत्मनिर्भरताको भाव पैदा गर्ने र राष्ट्रघात तथा राष्ट्रिय विखण्डनकारी षड्यन्त्रको भण्डाफोर गर्दै देशभक्त प्रगतिशील गणतान्त्रिक शक्तिलाई एकताबद्ध पारेर त्यस्ता षडयन्त्र असफल बनाउने ।
· मालेमावाद/विचारधाराको आलोकमा अझ दृढ, प्रतिबद्ध र निष्ठावान् हुँदै आमूल परिवर्तनको दिशा समात्ने ।
· सामन्त, दलाल, नोकरशाह, पु“जीपति, जमिन्दार वर्ग विरुद्धको सङ्र्घर्ष तीव्र बनाउने र यथास्थितिवादी प्रतिक्रियावादी राष्ट्रिय-आत्मर्समर्पणवादी चरित्रहरुलाई जनतासामु नाङ्गेझार पार्न तिनका विरुद्धसा“स्कृतिक सङ्र्घर्ष तीव्र बनाउने ।
· वर्तमानसम्मका प्राप्त उपलब्धिमा टेकेर नयाँ उपलब्धि प्राप्त गर्न दृढ निष्ठा विश्वास र वीरताका साथ अघि बढ्ने ।
· साँस्कृतिक रुपान्तरणलाई जोड दिंदै रुपान्तरण मुख्य हो भन्ने कुरा आत्मसात् गर्ने ।
यिनै कुराहरुलाई हृदयङ्गम गरेर अबको साँस्कृतिक आन्दोलनले आफ्नो निर्दिष्ट गन्तव्य र अभीष्ट प्राप्त गर्न सक्नेछ ।
निष्कर्षः
कमरेडहरु, अखिल नेपाल जनसा“स्कृतिक महासङघ र प्रगतिशील सा“स्कृतिक सङ्गठन नेपालको एकता, नया“ नेपालको परिकल्पनालाई मुर्त गर्न र जनताको वास्तविक सत्ता कायम गर्न, आम जनव्रि्रोह प्रक्रियामा व्यापक जनसमुदायलाई सङ्गठित, एकताबद्ध र सङघर्षर्मा समाहित गरेर अघि बढ्नका लागि भएको एकता हो भन्ने बुझ्न, आवश्यक छ । एकतापछि बनेको एकीकृत अखिल नेपाल जनसा“स्कृतिक महासङघ, मालेमावाद/विचारधाराको आलोकलाई आत्मसात् गर्नें सङ्गठन भएकोले यसले साम्राज्यवाद विस्तारवाद र घरेलु यथास्थितिवादी प्रतिक्रियावाद विरुद्ध प्रहार केन्द्रित गर्दै दलाल नोकरशाह र सामन्तवर्गको प्रतिनिधि शक्तिलाई जनताको मुख्य दुश्मनका रुपमा तारो बनाउन अघि बढ्नेछ । विचारलाई ठीक ढङ्गले पक्रेर त्यसलाई विज्ञान र कलामा उतार्नाले मात्रै त्यो पूरा हुन सक्छ । क्रान्तिको बाटो बाङ्गो-टिङगो हुन्छ । कहिले अघि कहिले पछि, कहिले दायाँ कहिले बायाँ, कहिले निरन्तरता कहिले क्रमभङग र छलाङ् लाउ“दै हामी नगली, नथाकी, नहारी अघि बढनै पर्छ । सङर्ष वलिदान, साहस वीरता विना हामी र्सवहारावर्गले आफ्नो गन्तव्य प्राप्त गर्न सक्दैनौं । निराशा, हीनता, पलायन होइन आशा, उत्साह र प्रतिबद्धतालाई आत्मसात् गर्दै यो र्सवहारा सा“स्कृतिक क्रान्तिको मूलधार बन्दै गएको हाम्रो सा“स्कृतिक सङगठनलाई सबैखाले गलत प्रवृत्तिबाट बचाउदै दार्शनिक, वैचारिक, व्यवहारिक र वैज्ञानिक प्रयोगको समायोजनका साथ अघि बढाउन सङ्कल्प गरौं । जतिसुकै समस्या र चुनौती आइपरे पनि अन्ततः जनताको सा“स्कृतिक आन्दोलनको विजय सुनिश्चित छ । हाम्रा अगाडि अ“ध्यारो संसार मात्र होइन देदीप्यमान उज्यालो र्स्वर्ग पनि छ । देशी-विदेशी प्रतिक्रियावादी शक्तिले जनताको सङघीय गणतन्त्र स्थापनाको उद्देश्य पूरा हुन दिएनन् भने फेरि विद्रोह मात्रै विकल्प बाँकी रहनेछ । धन्यवाद।

२०६५, माघ २३
इश्वरचन्द्र ज्ञवाली
संयोजक

अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ र प्रंगतिशील साँस्कृतिक संगठनको एकता अधिबेसनमा मातृका पोखरेल द्वारा प्रस्तावित र पारीत अन्तरिम विधान

एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घको अन्तरिम विधान
प्रस्तावना

मानिसलाई सभ्य र सुसंस्कृत बनाउने प्रकृयालाई प्रचलित अर्थमा संस्कृति भन्ने गरिएको छ । मानव समाजको विकास क्रममा वर्ग विभाजन सुरु भएपछि आत्मिक संस्कृतिको अर्न्तर्वस्तु पनि वर्गीय हुनु स्वभाविक थियो । परम्परागत सामन्ती सांस्कृतिक पृष्ठभूमि भएको हाम्रो समाज एकातिर धार्मिक रुढिबाद र अन्धविश्वासपूर्ण सोचाइहरुले ग्रस्त छ भने अर्कोतिर विकृत पुँजीवादी साम्राज्यवादी सँस्कृतिको समेत बोलवाला बढदै गइरहेको छ । प्रतिकृयावादी एवं साम्राज्यवादीहरु मानिसहरुलाई भ्रष्ट र अनैतिक बनाउने, साँस्कृतिक योजनाहरु क्रमसः अघि सारिरहेका छन् । यो अवस्थामा त्यो आक्रमणबाट सम्पूर्ण शोषित पीडित जनताहरुलाई बचाउन पनि उत्तिकै जरुरी छ । त्यसका लागि वैज्ञानिक चिन्तनले युक्त मार्क्सवादी शिक्षाको प्रचार प्रसार प्रगतिवादी कला साहित्यमा देखा परेको संकीर्णता र दक्षिणपन्थी चिन्तनको विरुद्धमा महान र्सवहारा साँस्कृतिक क्रान्तिका शिक्षाहरुले सुसज्जित अभियानको खाँचो पनि टड्कारो बन्दै गइरहेको छ । आन्दोलनभित्र देखा परेका निरासा, अन्यौल, ढुलमुले र अवसरवादी प्रवृतीहरुसँग संर्घष्ा गर्दै कला, साहित्यमा समाजवादी यर्थाथवादी सौर्न्दर्य चिन्तनको प्रयोग र विस्तारमा जोड दिन पनि उत्तिकै जरुरी छ ।
विगतको दस वषर्ीय जनयुद्धले सामन्तवादी र साम्राज्यवादी संस्कृतिका जराहरुलाई राम्रैसँग मक्काइदियो र शहरदेखि ग्रामिण इलाकासम्म बसोवास गरेका जनताहरु समक्ष जनवादी संस्कृतिको प्रचार र प्रसारमा मनग्ये योगदान पुर्‍यायो । त्यसैगरी सामन्तवादको विरुद्धमा ०६२।६३ को जनआन्दोलनले कडा बज्र मुक्का प्रहार गर्‍यो । सामन्तवाद र साम्राज्यवादका विरुद्धमा युगौदेखि लड्दै आएका नेपाली जनताहरुको साँस्कृतिक चेतनामा यी घटनाहरुले नयाँ आयाम थपेका छन् ।
स्वभाविकै रुपमा वर्गीय समाजमा संस्कृति पनि वर्गीय हुन्छ । श्रमिकहरुको श्रमशक्तिको शोषण गरेर शोषकहरु आफ्नो स्वार्थ अनुकुलको संस्कृतिको निर्माण गर्न चाहन्छन् भने शोषितहरु पनि शोषक वर्गको विरुद्धमा आफ्नै संस्कृतिको निर्माण गर्न चाहन्छन् । आफ्नो शोषणलाई दीर्घकालसम्म टिकाइ राख्न शोषक वर्गले धर्म, दर्शन, गीत संगीत र साहित्यको निर्माण गरेका छन् । त्यसै मार्फ उनीहरुले आफ्नो अनुकूलको संस्कृति निर्माण गर्छन् । तर शोषित वर्गले पनि आफ्नो अनुकुलको संस्कृति निर्माण गर्न मार्क्सवादी दर्शन प्रगतिवादी साहित्य एवं गीत संगीतको प्रचार तथा प्रसार गर्नु एउटै मात्र उपाय हो । सही विचारधाराले युक्त संगठनले मात्र हाम्रो आवश्यकतालाई पुरा गर्न सक्नेछ ।
यही कुरालाई ध्यानमा राखी जनवादी सांस्कृतिक आन्दोलनमा क्रियाशील दुइवटा संगठनहरु अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ र प्रंगतिशील साँस्कृतिक संगठनको एकता गरी एकीकृत आखिल नेपाल जनसाँस्कृतिक महासङ्घको गठन गरिएको छ ।
यस संगठनको नीति तथा कार्यदिशा अनुरुप साँस्कृतिक गतिविधि सञ्चालन गर्न यो अन्तरिम विधान जारी गरिएको छ ।

परिच्छेद - १

धारा-१
क) संगठनको नाम र प्रारम्भ
यस संगठनको नाम एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रहनेछ र छोटकरीमा एकीकृत अनेजसामहासङ्घ हुनेछ । अंगे्रजीमा Unified All Nepal Peoples Cultural Federation र संक्षिप्तमा UANPCF हुनेछ । यो विधान आगामी एकता राष्ट्रिय सम्मेलनसम्मका लागि संयुक्त अधिवेशन सम्पन्न भएको मिति देखि अन्तरीम विधानका रुपमा लागु हुनेछ ।
ख) संगठनको छाप
माथि नेपालीमा र तल अङग्रेजीमा संगठनको नाम उल्लेख भएको, बीच भागमा स्थापना मिति र समितिको नाम रहेको, अण्डाकारको छाप यसको आधिकारिक छाप हुनेछ ।
ग) झण्डा
संगठनको झण्डा रातो पृष्ठभूमि सहितको २ः३ अनुपातमा आयताकार हुनेछ । जसको बीचमा मादलमाथि खुलेको कलम दाहिनेतर्फर कुची बायाँ तर्फक्रसपारी कलमको टुप्पामा वायाँ कुनामा पाँचकुने तारा आङ्िकत सङ्केत चिन्ह भएको झण्डा संगठनको झण्डा हुनेछ ।

धारा - २
व्याख्या
क) संगठन भन्नाले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घलाई बुझ्नुपर्छ ।
ख) विधान भन्नाले यसै विधानलाई बुझिनेछ ।
ग) नियम भन्नाले यसै विधान अर्न्तर्गत बनेका नीति, कार्यक्रम, योजना, आचारसंहिता र नियमलाई बुझिनेछ ।
घ) सदस्यता भन्नाले यसै सङ्गठनको साधारण सदस्यता बुझिनेछ ।
ङ) संस्था, कार्यसमिति समन्वय समिति राष्ट्रिय सम्मेलन, केन्द्रीय समिति भन्ने शब्दले यसै संगठनसँग सम्बद्ध निकायलाई बुझिनेछ ।

परिच्छेद - २
धारा - ३
नीति तथा उद्देश्यहरु
क) साम्राज्यवादी, विस्तारवादी र प्रभुत्ववादी संस्कृतिको विरोध गर्दै सामन्ती तथा पुँजीवादी संस्कृतिलाई समूल नष्ट गरी मौलिक, वैज्ञानिक, राष्ट्रिय र जनवादी संस्कृतिको स्थापना गर्नु ।
ख) सबै खाले शोषण, दमन, थिचोमिचो, उपनिवेश र तानाशाही व्यवस्थाका विरुद्ध उठेका वर्गसंर्घष, जनविद्रोह र राष्ट्रियमुक्ति आन्दोलनहरुको र्समर्थन गर्ने तथा संशोधनवाद र नवसंशोधनवादको विरोध गर्ने साहित्य कलाको सिर्जना गर्नु ।
ग) मार्क्सवाद-लेनिनवाद-माओवाद र माओ विचारलाई अङ्गीकार गर्दै महान् र्सवहारा सांस्कृतिक क्रान्तिप्रति अटल आस्था राख्नु र जगाउनु ।
घ) जनवादी साहित्य, क्रान्तिकारी गीत-सङ्गीत, कला, नृत्य, चित्र र मुर्तिकलाको सिर्जना, संरक्षण, सर्म्बर्द्धन र पथप्रदर्शन गर्नु ।
ङ) विविध जातीय, वर्गीय, क्षेत्रीय सांस्कृतिक विशेषतालाई समाजवादी यर्थाथवादी मार्गदर्शनका आधारमा केन्द्रीकृत र एकीकृत गर्नु ।
च) सम्पुर्ण देशभक्त, जनवादी, प्रगतिशील, वामपन्थी साहित्य, सङ्गीत, ललितकला, र संस्कृतिलाई गोलबन्द गर्दै आमूल परिवर्तनकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्नु ।
छ) श्रमप्रति सम्मान, गहन जीवनवोध र आशावादिता, नैतिकता र इमानप्रतिको निष्ठा, क्रान्तिकारी चेतनाप्रति विश्वास गर्दै समाजवादी-यर्थाथवादी कलासिर्जनाको विकास गर्नु ।
ज) न्याय, समानता र मुक्तिका लागि गरिएका सङ्र्घष्ालाई, बौद्धिक, भौतिक र आत्मिक जागरणको माध्यमबाट सहयोग गर्नु ।
झ) सबैखाले पुराना, कुरुप, विकृत र विसङ्गत, धार्मिक अन्धविश्वासी, रुढिवादी रीति-परम्परा र मूल्य मान्यताको विरोध गर्दै छाडा , अश्लील, उपभोक्तावादी विलासी, ठग संस्कृतिको अन्त्य गर्दै मार्क्सवादी सौर्न्दर्य चिन्तनको प्रचार-प्रसार र विकास गर्दै जानु ।
ञ) राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाको लागि देशक्तिपर्ूण्ा क्रान्तिकारी राष्ट्रिय भावनाले ओतप्रोत साहित्यकला र संस्कृतिको सिर्जना गर्दै अर्न्तराष्ट्रियतावादी वर्गीय संस्कृतिको जर्गेना र विकास गर्नु ।
ट) सबै जाति, जनजातिका भाषा, कला, संस्कृति र साहित्यको संरक्षण र विकास गर्नु, तिनमाथि हुने भेदभाव, हस्तक्षेप र उत्पीडिन विरोध गर्नु ।
ठ) जातीय, क्षेत्रीय, धार्मिक विभेदको विरोध गर्दै दलित, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गगत समानताको अधिकारका लागि साहित्य-कलाको माध्यमबाट बैचारिक सङ्घर्ष गर्नु ।
ड) श्रमचोर, लुटेरा, भाग्यवादी, उपभोक्तावादी, संस्कृतिका साथै एनजीओ संस्कृतिको तीव्र विरोध गर्नु ।
ढ) महान् र्सवहारा सांस्कृतिक क्रान्तिलाई समाजको क्रान्तिकारी सांस्कृतिक रुपान्तरणको आधार मान्दै त्यसको गतिलाई तेज पार्नु ।
त) समाजको क्रान्तिकारी रुपान्तरणका लागि आर्थिक, सामाजिक, राजनैतिक परिवर्तन गर्न बौद्धिक र सचेतनामूलक अभियान जागृत गर्नु ।

परिच्छेद - ३
धारा - ४
संगठनको परिचालनका मान्यताहरु
क) मार्क्सवाद-लेनिनवाद-माओवाद/माओ विचार र चिन्तनशैलीसँग सहमत सबै जात, वर्ग, लिङ्ग, क्षेत्र र जातिय कला-संस्कृत्रि्रति समर्पित व्यक्तिहरु यसका सदस्य बन्न सक्नेछन् । धर्म, लिङ्ग, सम्प्रदाय, जाति र क्षेत्रका आधारमा संगठनमा कुनै भेदभाव हुने छैन ।
ख) संगठनको परिचालन जनवादी केन्द्रीयताका आधारमा हुनेछ । जसअनुसार व्यक्ति संगठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्ला समितिहरु माथिल्ला समितिहरुको मातहतमा चल्नेछन् । सिंगो संगठन केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहतमा रहनेछ ।
ग) संगठन सामूहिक निर्णय व्यक्तिगत उत्तरदायित्वको नीति अनुसार चल्नेछ ।
घ) संगठनको कुनै पनि समितिको मातहतको समिति र सदस्यलाई कार्यक्रम, योजनाबारे जानकारीका लागि परिपत्र गर्नु आवश्यक रहनेछ । साथै नियमित अनुगमन मूल्याङ्कन समेत गर्नुपर्नेछ ।
ङ) संगठनत्मक पद्धति अनुसार कुनै पनि सदस्यले आफ्ना मतहरु कमिटीमा दर्ज गर्न पाउनेछन् ।
च) संगठनको कुनै निकाय वा तहको सङख्या निर्धारण सम्बन्धित समितिको भेला वा सम्मेलनलेे गर्नेछ ।
छ) पदाधिकारीहरुको निर्वाचन र सचिवालयको गठन सम्बन्धित समितिले नै गर्नेछ र सम्बन्धित समितिको बढीमा एकतिहाइ सङ्ख्या हुने गरी सचिवालय गठन गर्न सकिनेछ ।
ज) राष्ट्रिय सम्मलेनपर्ूव केन्द्रीय समिति नै सङ्गठनको सर्वोच्च अङ्ग मानिनेछ ।
झ) राष्ट्रिय सम्मेलन संगठनको सर्वोच्च नेतृत्वदायी अंग हुनेछ । यसले संगठनको नीति तथा कार्यक्रम, कार्यदिशा तथा विधान तय गर्नुका साथै केन्द्रीय समितिको निर्वाचन गर्ने र निर्वाचितहरुको कार्यविभाजन समेत गर्नेछ ।

परिच्छेद - ४
धारा-५
सदस्यता
क) संगठनको प्रस्तावना, नीति र विधानलाई निर्ःशर्त स्वीकार गर्ने, कुनै पनि साहित्य, कला, संस्कृतिको विषयमा सिर्जनारत व्यक्ति यस संगठनको सदस्य बन्न सक्नेछ ।
ख) यस सङ्घको प्रस्तावना र उद्देश्यप्रति निष्ठावान् स्वतन्त्र रुपमा सिर्जनारत व्यक्ति पनि महासंघका कुनै पदाधिकारीको सिफारिसमा सदस्य बन्न सक्नेछ ।
ग) सदस्यले नियमित रुपमा वाषिर्क सदस्यता शुल्क अनिवार्य बुझाउनुपर्नेछ । सदस्यताको शुल्क रु. ५।- रहनेछ ।
घ) गीत-सङ्गीत, साहित्य-कलाका अतिरिक्त -अभिनयकला, ललितकला, मुर्तिकला, बास्तुकला, चित्रकला) जस्ता कलाक्षेत्रमा क्रियाशील व्यक्तिलाई सदस्यता दिन सकिनेछ ।
ङ) साधारण सदस्यको समयावधि साधारणतया दुई वर्षो हुनेछ । त्यसपछि तोकिएको शुल्क तिरी सदस्यता नवीकरण गर्नु पर्नेछ ।
च) आवश्यकता अनुसार केन्द्रीय समिति, क्षेत्रीय समिति, राज्य समितिका सदस्यहरुले सदस्यता वितरण गर्न सक्नेछन् । तर सो जानकारी केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ ।
परिच्छेछ -५
धारा - ६
सदस्यको काम, कर्तव्य र अधिकार
क) संगठनको नीति, विचार, कार्यक्रम र उद्देश्यहरु आम संस्कृतिकर्मीहरुबीचमा प्रचारप्रसार गर्नु, संगठित गर्नु, परिचालित र आन्दोलित गर्नु ।
ख) देश, जनता र स्वतन्त्रताको पक्षमा निरन्तर सङ्र्घष्ा गर्नु ।
ग) संगठनको निर्ण्र्ाा आदेश र अनुशासनको पालना गर्नु र अरुलाई गर्न लगाउनु ।
घ) आफ्ना गल्ती-कमजोरीबारे आत्मालोचित हुदै अरुको गल्ती-कमजोरीलाई संगठनात्मक पद्धति अनुरुप आलोचना गर्नु ।
ङ) संगठनले तर्जुमा गरेको कार्यक्रममा कुनै न कुनै रुपमा सहभागी बन्नु ।
चं) संगठनभित्र देखा पर्ने गलत विचार र प्रवृत्तिविरुद्ध सही विचार र कार्यक्रमको पक्षमा दृढ भएर उभिनु ।
छ) र् र्सवहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तको दर्शन, विचार र आदर्शको आत्मसातीकरण गर्दै आमजनतामा सम्प्रेषित गर्नु ।
ज) जनसमुदायको अग्रगामी विचार र संर्घषको नेतृत्व गर्दै प्रतिक्रियावादी सत्ताविरुद्ध संर्घष गर्नु ।

धारा - ७
सदस्यका अधिकार
क) कुनै पनि तहको नेतृत्वदायी पदमा चुन्ने र चुनिने अधिकार,
ख) संगठनको सम्मेलन, भेला, बैठकमा भाग लिने र निर्णयमा सहभागी बन्ने अधिकार,,
ग) निर्णयप्रक्रियामा चित्त नबुझेमा आफ्नो वा माथिल्लो कमिटीमा मत दर्ज गर्ने अधिकार,
घ) राष्ट्रिय सम्मेलनमा आफ्ना मतहरु राख्न पाउने अधिकार ।

धारा - ८
सदस्यताको खारेजी
क) साधारण सदस्य सम्बन्धी नियमपालना नगरेमा ।
ख) नैतिकपतन, आचरणहीन, भ्रष्ट र मर्यादाहीन भएमा ।
ग) मस्तिष्क विकृत भएमा ।
घ) मृत्यु भएमा ।
ङ) संगठनका विरुद्ध गतिविधी गरेमा, संगठनप्रति नै अनास्था फैलाएमा, गुटबन्दी गरेमा ।
च) गोपनीयता भङ्ग गरेमा र संगठनको निर्णयलाई अवज्ञा गरेमा ।
छ) राजीनामा स्वीकृत भएमा ।
ज) संगठननात्मक रुपले अयोग्य ठहरिएमा ।
झ) वैचारिक आदर्श र मूल्यबाट पतन भएमा ।
सदस्यता खारेज हुनेछ ।



परिच्छेद - ६
धारा - ९
संगठनात्मक स्वरुप
नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक अवस्थालाई सम्बोधन गर्न संगठनको महासंघीय स्वरुप रहनेछ । महासंघ अन्तरगत निम्न आङ्गिक संगठनहरु रहनेछन् ।
क) गीत-सङ्गीत र कलाको एक संगठन रहनेछ । जसको नाम अखिल नेपाल जनकलाकार संघ रहनेछ ।
ख) साहित्य, संस्कृति र लेखकीय क्षेत्रको एउटा संगठन रहनेछ । जसको नाम, अखिल नेपाल लेखक संघ रहनेछ ।
ग) चित्र, मुर्ति, वास्तु, मिथिलाकला र थाङ्का सम्बन्धी एउटा ललितकला संगठन रहनेछ । जसको नाम अखिल नेपाल ललितकला संघ रहनेछ ।
घ) श्रव्य दृष्य, अभिनय, नाट्यकला एवम् चलचित्रसँग सम्बन्धित एउटा संगठन रहनेछ । जसको नाम अखिल नेपाल चलचित्र कर्मी संघ रहनेछ ।
ङ) लोक कला, गीत संगीतसँग सम्बन्धित एउटा संगठन रहनेछ । जसको नाम अखिल नेपाल लोककला कर्मी सङ्घ रहनेछ ।
च) भाषाशास्त्र, समाजशास्त्र, संस्कृति लाई समेटने गरी एउटा सगठन निर्माण गरिनेछ । जसको नाम, सो संगठनको राष्ट्रिय सम्मेलनले टुंगो लगाउनेछ ।
छ) उपर्युक्त सबै आङ्गिक संगठनहरुलाई केन्द्रीयरुपमा एकिकृत अनेजसांमहासंघको केन्द्रीय समितिले परिचालन गर्नेछ ।
ज) महासंघको समग्र कार्य सञ्चालनका लागि हालको समिति अन्तरिम रहने भएकाले संयोजक र सह-संयोजक मात्र रहने गरी १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ । साथै उक्त समितिको एकतिहाई संख्या रहेको सचिवालय र सचिवालयको एकतिहाई संख्या रहेको कार्यालय गठन गरिनेछ ।
झ) संगठनको र्सवाेच्च रुप राष्ट्रिय सम्मेलन हुनेछ । सामान्यतया प्रत्येक ३/३ वर्षा राष्ट्रिय सम्मेलन गरिनेछ । तर अन्तरीम अवस्थामा एक वर्षभित्र राष्ट्रिय सम्मेलन गरीसक्नु पर्नेछ ।
ञ) केन्द्रीय समिति मातहत आवश्यकता अनुरुप क्षेत्रीय समन्वय समिति, राज्य समिति, जिल्ला समिति, एरिया र इकाइ सिमितिहरु निर्माण गर्न सकिनेछ ।
ट) केन्द्रीय समितिको नेतृत्व र सञ्चालनमा एक केन्द्रीय सांगीतिक टोली सामना परिवार रहनेछ ।
ठ) राज्य, समिति तथा जिल्ला समितिहरु अर्न्तर्गत विभिन्न परिवारहरु क्रियाशील रहन सक्नेछन् ।
ङ) साहित्यकला क्षेत्रका वरिष्ठ व्यक्तिहरु सम्मिलित महासंघले एक सल्लाहकार समिति निर्माण गर्न सक्नेछ ।
ढ) प्रत्येक समितिले ४/४ महिनामा नियमित बैठक बसी कार्ययोजनाको प्रगति समीक्षा गर्नेछन् । तर विशेष अवस्थामा बैठकलाई अघि वा पछि र्सार्न सकिनेछ ।
ण) सबै निकायहरुले केन्द्रीय समितिसित नियमित रुपमा समस्या, प्रगति र योजनाका बारेमा रिपोर्टिङ गर्नेछन् तथा आवश्यक प्रशिक्षणको माग गर्न सक्नेछन् ।
त) तल्ला निकायहरुको गठन कुनै माथिल्ला तहका सदस्यको उपस्थितीमा भेला या सम्मेलनद्वारा हुनेछ ।
थ) केन्द्रीय समितिले मातहतका सबै निकायहरुलाई वैचारिक, संगठनात्मक र नीतिगत नेतृत्व प्रदान गर्नेछ ।,
द) केन्द्रीय समितिले महासंघको आचारसंहिता, नियम-विनियम, अनुसूचि र परिशिष्टहरु निर्धारण गरी सम्मलेनद्वारा पारित गर्राई लागू गर्नेछ ।
ध) राष्ट्रिय सम्मेलनमा महासंघको सबै तहका निकायहरुबाट उचित प्रतिनिधित्व गराउन केन्द्रीय समितिले वैज्ञानिक मापदण्डका आधारमा प्रतिनिधिहरु छनौट गर्नेछ ।
न) सबै पदाधिकारी, समिति, परिवाहरुले तोकेबमोजिम काम, कर्तव्य र अधिकारको निर्वाह गर्नेछन् । प्रत्येक तल्ला समितिहरु माथिल्लो निकायप्रति उत्तरदायी हुनेछन् । केन्द्रीय समिति सम्मेलनप्रति उत्तरदायी हुनेछ ।
प) तल्ला निकायहरुको सदस्य संख्या सम्बन्धित तहको भेला वा सम्मेलनले तोके बमोजिम हुनेछ ।
फ) लोकसंस्कृतिलाई जनवादीकरण गर्दै समाज रुपान्तरणको अभियानमा लामबद्ध गर्न विविध जातीय, भाषीय, सांस्कृतिक समूहरु गाउँ, टोल वा एरियास्तरसम्म बनाउन सकिनेछ ।

परिच्छेद - ७
धारा - १०
राष्ट्रिय सम्मेलन
क) सामान्यतः प्रत्येक ३ वर्षा राष्ट्रिय सम्मेलन गरिनेछ । तर यो समिति दर्ुइ अलग अस्तित्व रहेका संगठनहरुको बीच एकता अधिवेशनबाट निर्माण भएकाले आगामी एक वर्षभित्र एकता राष्ट्रिय सम्मेलन गरी सक्नु पर्नेछ ।
ख) राष्ट्रिय सम्मेलनले कार्यप्रगति, प्रतिवेदन, आर्थिक प्रतिवेदन, राजनैतिक प्रतिवेदन छलफलद्वारा परिमार्जन, संशोधन गरी पारित गर्ने, केन्द्रीय समितिको निर्वाचन गर्ने, संघको नीति कार्यक्रम निर्धारण गर्ने, भावी कार्यक्रम तर्जुमा गर्ने, भावी कार्यक्रमको लागि अनुमानित आय-व्ययको लेखाजोखा गर्ने काम गर्नेछ ।
ग) राष्ट्रिय सम्मेलनले राष्ट्रिय-अन्तरराष्ट्रिय महत्वको प्रस्ताव पारित गर्न, कार्यसमितिलाई नीतिगत दिशाबोध गराउने र आवश्यकता अनुसार लेखापरीक्षकको नियुक्ती गर्ने कार्य गर्नेछ ।
घ) राष्ट्रिय सम्मलेनले राष्ट्रिय महत्वका निर्णयहरु गर्ने, केन्द्रीय समितिका कामकाजको मूल्यांकन तथा जाचबुझ गर्ने कार्य गर्नेछ ।
ङ) संगठनका सबै तल्ला निकायहरुले पनि यसै मापदण्डको अनुकरण गर्नेछन् ।
च) समितिहरुमा कुनै पनि विषयमा विवाद परेमा बहुमतद्वारा त्यसको टुंगो लगाइनेछ । नीति र कार्यक्रम बारेको विवाद राष्ट्रिय सम्मेलनले टुंगो लगाउनेछ ।

परिच्छेद -८
धारा - ११
पदाधिकारीको काम, कर्तव्य र अधिकार
संयोजक
क) बैठकको अध्यक्षता गर्ने, बैठकमा राजनैतिक प्रस्ताव पेश गर्ने,
ख) सबै सदस्यहरुको कामबारे रेखदेख, निरीक्षण तथा अनुगमन गर्ने,
ग) बैठक बोलाउने, संस्थाको तर्फाट अध्यक्षता गर्ने, संस्था प्रमुखको रुपमा भूमिका निर्वाह गर्ने,
घ) सम्मेलनले निर्धारण गरेका योजना कार्यान्वयन गर्ने र गराउने, मातहतका समितिलाई निर्देशन दिने, आफ्नो जिम्मेवारी वहन गर्ने र मत बराबरीको स्थितीमा निर्णायक मतको प्रयोग गर्ने कार्य संयोजकले गर्नेछ ।
ङ) संगठनको संगठनात्मक कार्ययोजना र प्रतिवेदन पेश गर्ने,
च) विभागीय कामको संयोजन, अनुगमन तथा संगठनात्मक नेतृत्व गर्ने,
छ) कार्यसमितिका सम्पुर्ण निर्णयहरु सम्प्रेषण गर्ने, सूचना-सञ्चार, अभिलेख, कार्यालयीय काम गर्ने,
ज) महासंघको समिति र परिवारहरुबीच संयोजन गर्ने, संगठनको हितअनुरुपको काम गर्ने गराउने, सबै गतिविधिको लेखाजोखा राख्ने कार्य गर्ने,
झ) महासंघको आम्दानी र खर्चको अभिलेख राख्ने,
ञ) संगठनको आर्थिक योजना तयार गर्ने,
ट) तल्ला निकायहरुको आर्थिक पर्यवेक्षण र लेखापरिक्षण गर्ने,
ठ) संगठनको कार्य सञ्चालन गर्ने, आर्थिक प्रतिवेदन तयार गर्ने, संगठनका हित र स्वार्थका लागि निरन्तर काम गर्ने,

सह-संयोजक
क) संयोजकलाई सहयोग गर्ने,
ख) संयोजकको अनुपस्थितिमा निजको काम गर्ने,
ग) संयोजकबाट प्रत्यायोजन भएका कामकारवाही गर्ने,
घ) संस्थाको कार्यप्रगतिलाई निरीक्षण, लेखाजोखा र निर्देशन गर्ने,

केन्द्रीय सदस्य
केन्द्रीय सदस्यहरुले कार्यसमितिले निर्णय गरी दिएको जिम्मा, काम, कर्तव्य, संगठनको हित र स्वार्थअनुकूल हुने गरी पूरा गर्नेछन् ।

परिच्छेद - ९
धारा - १२
आर्थिक व्यवस्था
क) मातहतमा समितिले सदस्यता शुल्क, लेबी, प्रकाशन शुल्क, विशेष आर्थिक कोटा, माथिल्लो समितिलाई बुझाउनुपर्नेछ ।
ख) सदस्यता शुल्क, नवीकरण शुल्क, सांगठनिक स्रोत परिचालन गरी भएको आय, अन्य आर्थिक, सहयोग, प्रकाशन व्रि्रीको मूल्य, सांस्कृतिक कार्यक्रमबाट भएको आय नै यसको आर्थिक स्रोत मानिनेछ ।
ग) सबै समितिहरुले वर्षो एकपटक अनिवार्य लेखापरिक्षण गराउनु पर्नेछ ।

परिच्छेद- १०
धारा - १३
नियम विनियम
केन्द्रीय समितिलाई नै आवश्यक नियम विनियम बनाउने अधिकार रहनेछ । तर मूल, विचार, नीति, योजना र आर्दश स्खलित हुने गरी कुनै नियम-विनियम बनाउने छैन ।

परिच्छेद-११
धारा - १४
अधिकार प्रत्योजन
आवश्यकता अनुरुप मुख्य पदाधिकारीहरुले आफ्नो अधिकार अन्य सदस्यहरुमा प्रत्यायोजन गर्न सक्नेछन् ।

परिच्छेद - १२
धारा - १५
विविध
समान विचारमा आधारित अन्य मुलुकका सांस्कृतिक संघ, संगठनहरुसँग भाइचारा सम्बन्ध रहनेछ ।



================================================================
================================================================

प्रगतिशील  सांस्कृतिक  संगठन,नेपाल का केही परिपत्रहरू



============================================================






प्रगतिशील सांस्कृतिक संगठन, नेपालको 

प्रथम राष्ट्रिय भेला (२०६३, मंसिर ७) मा महासचिब मातृका पोखरेलद्वारा प्रस्तुत र पारित विधान


प्रस्तावना
 वर्गीय समाजमा आत्मिक संस्कृतिको अन्तर्वस्तु वर्गीय हुनु स्वाभाविक हो । त्यसकारण, हाम्रो जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजमा एकातिर धार्मिक रूढिवाद, अन्धविश्वासपूर्ण सोचाइ, स्वर्ग–नर्क, भाग्यवाद, पुनर्जन्मवाद, अवतारवाद, जातिभेद, लिङ्गभेद, छुवाछूत, स्तुतिवाद, श्रमचोरी, हैकमवाद जस्ता सामन्ती उत्पीडनलाई सघोट गर्ने संस्कृतिको उपस्थिति छ भने अर्कोतर्फ छाडा र विकृत पूँजीवादी–साम्राज्यवादी संस्कृतिको समेत जोडतोडले प्रचार–प्रसार भैरहेको छ । वास्तवमा यी दुवैखाले संस्कृतिले जनमानसलाई भ्रष्ट र पङ्गु बनाउन खोजिरहेको आजको वास्तविकता हो । यस स्थितिमा प्रतिक्रियावादको यस आक्रमणबाट सारा शोषित–पीडित जनतालाई आफनो रक्षा स्वयं गर्न जागरुक बनाउनु अति जरुरी छ भने, प्रगतिशील संस्कृतिको निर्माण गरी आम जनतालाई स्वस्थ र वैज्ञानिक प्रगतिवादी सांस्कृतिक धरातलमा छिटोभन्दा छिटो र बढीभन्दा बढी पु¥याई तिनमा दृढ मनोबल समेतको जर्गेना गर्नु अत्यन्त जरुरी भैसकेको छ ।
 प्रगतिवादी कला–साहित्यको नाममा देखापर्ने संकीर्णतावादी, उग्र वामपन्थी र कलाको वर्गचरित्रलाई नै नकार्ने घु“डाटेकुवा दक्षिणपन्थी दुवैखाले अतिवादी सोच एवं प्रवृत्तिहरूबाट मुक्त र महान् सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाहरूले सुसज्जित सांस्कृतिक अभियान आजको टड्कारो खा“चो हो । यसर्थ, क्रियाशीलता र विस्तारमा जोड दिनका लागि वर्तमानमा प्रगतिवादी संस्कृतिकर्मीहरूले आफू संगठित र एकीकृत हुनु सर्वप्रथम आवश्यक हुन्छ । यही एकीकरण अनि क्रियाशीलता र विस्तारद्वारा नेपाली प्रगतिवादी सांस्कृतिक क्षेत्रलाई आजको खा“चोअनुरूप वैचारिक र क्रियात्मक नेतृत्व प्रदान गर्नसक्ने क्षमताको विकास समेत गरी कला–साहित्यमा समाजवादी यथार्थवादी सौन्दर्यचिन्तन एवं रचनाविधिको प्रयोग र विस्तारमा जोड दिन जरुरी छ ।
 वर्तमानमा प्रगतिवादी सांस्कृतिक क्षेत्रमा निराशा, अन्योल र हीनताभाव बढ्दै गैरहेको छ भने अर्कातिर विभिन्न अवसरवादी प्रवृत्तिहरू पनि देखापर्दै गएका छन् । एकातिर निराशा, अन्योल र हीनताभाव र अर्कातिर अवसरवादजनित ढुलमुले प्रवृत्तिहरूबाट नेपाली प्रगतिवादी संस्कृतिलाई जोगाउनु जरुरी छ ।
 ०४६ सालपछिको राजनीतिक परिवर्तनलाई उपयोग गर्दै अघि बढ्न र मुलुकमा विस्तारित भैरहेको साम्राज्यवादी संस्कृतिको प्रतिकार गर्नका लागि विभिन्न जनपक्षीय संस्कृतिकर्मीहरूका बीच व्यावहारिक एकता कायम गर्नु, देशभक्तिपूर्ण एवं आत्मगौरवको भावना विकसित गर्नु पनि अत्यन्त जरुरी भएको छ ।
 यही परिप्रेक्ष्यमा यिनै कुराहरूलाई ध्यानमा राखी प्रगतिशील सांस्कृतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका इन्द्रेणी सांस्कृतिक समाज नेपाल र रक्तिम सांस्कृतिक अभियानलाई एकीकरण गरी प्रगतिशील सांस्कृतिक संगठन, नेपालको गठन गरिएको छ र निरन्तरताको खा“चो अनुभव गरिएको छ ।
 यस संगठनको नीति, कार्यदिशाअनुरूप सांस्कृतिक गतिविधि सञ्चालन गर्न यो अन्तरिम विधान जारी गरिएको छ ।

धारा १
नाम
 यस संगठनको नाम प्रगतिशील सांस्कृतिक संगठन, नेपाल हुनेछ । छोटकरीमा यसलाई प्रसास भनिनेछ । अंग्रेजीमा यसलाई एचयनचभककष्खभ ऋगतिगचब िब्ककयअष्बतष्यल, ल्भउब िभनिनेछ । छोटकरीमा यसलाई एऋब्ल् भन्न सकिनेछ ।
धारा २
झन्डा
 रातो आयताकार पृष्ठभूमिमा माथिल्लो देब्रे कुनामा बा“सुरीलाई आधार बनाई कलम र कुचीले त्रिकोण बनाएको झण्डा प्रसासको झण्डा हुनेछ ।
धारा ३
छाप
 माथि प्रगतिशील सांस्कृतिक संगठन, नेपाल लेखिएको अण्डाकार छापको बीचमा झण्डाको लोगो र २०५९ तथा तलपट्टि समितिको नाम लेखिनेछ ।
धारा ४
उद्देश्यहरू
(क)  वर्तमान अवस्थामा समाजमा नया“ जनवादी, राष्ट्रिय संस्कृतिको निर्माण गर्दै अन्ततोगत्वा समतामुखी संस्कृतिको उच्चतम आदर्श प्रत्येक व्यक्तिका सिर्जनात्मक क्षमताहरूको सर्वतोमुखी, सामञ्जस्यतापूर्ण र मुक्त विकास प्रसासको अन्तिम लक्ष्य हो । उक्त आदर्शप्राप्तिलाई आ�नो सांस्कृतिक अभियानको लक्ष्य बनाई क्रियाशील रहने क्रममा बाधाको रूपमा तेर्सिएका सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद एवं प्रभुत्ववादको विरोध र भण्डाफोर गर्ने, सामन्तवादी एवं छाडा, विकृत, हीनताभाव तथा अमानवीयतालाई बढाउने साम्राज्यवादी सांस्कृतिक आक्रमणबाट जनतालाई सजग बनाउने ।
(ख)  महान् सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाहरूलाई सिर्जनात्मक रूपमा लागू गर्दै प्रगतिवादी सांस्कृतिक चेतनालाई विस्तार गरी सांस्कृतिक आन्दोलन अघि बढाउने ।
(ग)  संस्कृतिकर्मीहरूलाई संगठित गरी तिनको वैैचारिक स्तर एवं कलात्मक स्तर उकास्न प्रयत्नशील रहने ।
(घ)  यस विधानमा उल्लेखित विचारस“ग विचार मिल्ने तर अलग–अलग सांस्कृतिक संगठन अथवा परिवार बनाई क्रियाशील रहेका वा व्यक्तिगत रूपमा छुट्टै रहेका संस्कृतिकर्मीहरूलाई एकै झण्डामुनि गोलबन्द गर्न प्रयत्न गर्ने ।
(ङ)  राष्ट्रियता र जनतन्त्रको अल्पकालीन उद्देश्यका पक्षमा उभिएका स्वतन्त्र सांस्कृतिक मोर्चाहरूस“ग समन्वय कायम गरी क्रियाशील रहने ।
(च)  भाषा, जाति र धर्मका क्षेत्रमा प्रतिक्रियावादीहरूले लादिरहेको कुनै भाषा, जाति वा धर्मलाई विशेषाधिकार दिई अरू भाषा, जाति वा धर्ममाथि लादिएको दमनपूर्ण र उपेक्षापूर्ण असमान नीतिको विरोध गर्दै भाषिक एवं जातीय समानता र धर्मनिरपेक्षताको संस्कृति निर्माण एवं विकास गर्न जोड दिने ।
(छ)  देशका मौलिक लोककलाहरूको र शास्त्रीयकलाहरूको परिष्कार, संरक्षण र सम्बद्र्धन गर्ने र तिनलाई जनहितअनुकूल बनाउने ।  
(ज)  राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रका जनवादी साहित्य र संस्कृतिको प्रचार–प्रसारका लागि रचनात्मक कार्यक्रमको आयोजना गर्ने ।
(झ)  देशभक्तिपूर्ण प्रगतिशील कला–साहित्यका क्षेत्रका संलग्न व्यक्ति वा संस्थाहरूको पेशागत हकहितका लागि संघर्ष गर्ने ।
(ञ) समाजमा विद्यमान छुवाछूत प्रथा, जातीय विभेद र उत्पीडनको विरोध गर्दै जातीय समानता विकसित गर्ने साहित्य, कला र संस्कृतिको विकासमा जोड दिने ।
(ट) समाजको पितृसत्तात्मक स्वरूप र लैड्डिक भेदभावको विरोध गर्दै लैड्डिक समानता कायम गर्ने कला, साहित्य र संस्कृतिको विकासमा जोड दिने ।
धारा ५
सदस्यता
 यस विधानलाई मान्ने कलाकार, साहित्यकार वा अन्य क्षेत्रमा काम गर्ने संस्कृतिकर्मीहरू यस संगठनका साधारण सदस्य हुन सक्नेछन् । साधारण सदस्यले प्रवेश शुल्क रु. ५।– तिर्नुपर्नेछ र प्रत्येक वर्ष रु. ५।– तिरी सदस्यता नवीकरण गर्नुपर्नेछ । सदस्यता केन्द्रीय समितिले वा केन्द्रीय समितिले तोकेको संस्था वा प्रतिनिधिले वितरण गर्न सक्नेछ ।
धारा ६
सदस्यता रद्द हुने स्थितिहरू
(क)  विधान विपरीत काम गरेमा त्यस्ता व्यक्तिहरूको साधारण सदस्यता रद्द गरिनेछ । यसको ठहर सम्बन्धित एकाई वा समिति वा विभागले गर्नेछ, तर यसको अनुमोदन माथिल्लो समितिबाट लिनुपर्नेछ ।
(ख)  विनासूचना तीन पटकसम्म आफू रहेको समिति, विभाग वा एकाईको बैठकमा अनुपस्थित भएमा, त्यस्ता व्यक्तिलाई सम्बन्धित समिति, विभाग वा एकाईबाट स्पष्टीकरण मागिनेछ । तर त्यसबाट समिति, विभाग वा एकाई सन्तुष्ट हुन नसकेमा निजलाई सम्बन्धित समितिको सदस्यबाट निलम्बन गर्न वा हटाउन सकिनेछ ।
धारा ७
परिवारहरू
 प्रसासमा आवश्यकताअनुसार विभिन्न परिवारहरू निर्माण हुन सक्नेछन् । यस्ता परिवारहरू सम्बन्धित समितिका मातहत रहनेछन् ।
धारा ८
(क) संगठनको सिद्धान्त र ढा“चा
१.  जनवादी केन्द्रीयताका आधारमा सबै समितिहरू सञ्चालित हुनेछन्, जसअनुसार सम्पूर्ण सदस्य सम्बन्धित समितिको मातहत, तल्लो समिति माथिल्लो समितिको मातहत, सबै समिति वा एकाईहरू केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहत रहनेछ ।
२.  तल्लो समितिले आफूभन्दा माथिको समितिमा तीन महिनामा नियमित रूपले आ�नो क्रियाकलापको विवरण पठाउनु पर्नेछ ।
३.  केन्द्रीय तदर्थ समितिले मूल विधानका अधीनमा रही नियमहरू र उपनियमहरू बनाउन सक्नेछ ।
(ख) संगठनात्मक स्वरूप
केन्द्रीय स्समिति
(क)  संगठनको सर्वोच्च अड्ड राष्ट्रिय सम्मेलन हुनेछ । राष्ट्रिय सम्मेलन तीन वर्षमा एकपटक हुनेछ । सम्मेलनभन्दा पहिले आवश्यकताअनुसार राष्ट्रिय भेलाहरू बोलाउन सकिनेछ ।
(ख)  राष्ट्रिय सम्मेलनले केन्द्रीय समितिको निर्माण गर्नेछ । राष्ट्रिय सम्मेलनले निर्धारण गरेको नीतिमा रही समितिले अर्को सम्मेलनसम्मको लागि काम गर्न सक्नेछ ।
(ग)  केन्द्रीय समितिबाट केन्द्रीय पदाधिकारी तथा सचिवालयको निर्माण हुनेछ ।
(घ)  केन्द्रीय समितिको सचिवालय ः केन्द्रीय समितिको कुल सदस्य संख्याका बढीमा एक तिहाई सदस्य संख्याको पदाधिकारी र सदस्यहरू भएको एक केन्द्रीय सचिवालय हुनेछ । केन्द्रीय तदर्थ समितिप्रति जवाफदेही भई सो समितिको बैठक नबसेको बेला यसले कार्य गर्नेछ ।
स्थानीय स्वरूप
राष्ट्रिय परिषद्
 राष्ट्रिय सम्मेलन वा भेलाले राष्ट्रिय परिषद्को पनि निर्माण गर्नेछ । राष्ट्रिय परिषद्को संख्या केन्द्रीय समिति र थप २५ जनासहित ४१ जनाको रहनेछ ।
क्षेत्रीय समन्वय समिति
 केन्द्रीय तदर्थ समितिले आवश्यकताअनुसार क्षेत्रीय समन्वय समिति बनाउन सक्नेछ । त्यसको सीमानिर्धारण केन्द्रले तोकेअनुसार हुनेछ । त्यसको काम, कर्तव्य, अधिकारबारे केन्द्रले तोकेअनुसार निर्धारण हुनेछ ।
जिल्ला समिति
१.  जिल्लामा कम्तीमा पा“च जनासम्मको समिति बनाउन सकिनेछ । सम्मेलन हुन नसकेका जिल्लाहरूमा जिल्ला संगठन वा सम्मेलन तयारी समिति बनाउन सकिनेछ । यसको अनुमोदन केन्द्रबाट लिनुपर्नेछ ।
२.  जिल्ला सम्मेलन दुई वर्षमा एक पटक हुनेछ ।
३.  जिल्ला सम्मेलन गर्नका लागि कम्तीमा पन्ध्र जना साधारण सदस्यहरू हुनुपर्नेछ ।
एरिया समिति
 जिल्लाले तोकेको सीमाभित्र एकाईका प्रतिनिधिहरूको भेलाबाट एरिया समिति गठन हुनेछ ।
एकाई समिति
 संगठनको प्रारम्भिक समिति एकाई समिति हुनेछ । कुल संख्याको एक तिहाई सदस्य संख्याले राष्ट्रिय सम्मेलनको माग गर्न सक्नेछन् र त्यसरी एक तिहार्ई सदस्यहरूले माग गरेको छ महिनासम्म पनि केन्द्रीय सम्मेलन गर्ने प्रक्रिया सुरु नगरेमा दुई तिहाई सदस्यहरू तथा प्रसासको संगठन भएका अधिकांश जिल्लाहरूले स्वयं पहल गरेर सम्मेलनको आव्हान गर्न सक्नेछन् । 
धारा ९
पदाधिकारीहरू
(क)  केन्द्रीय तदर्थ समितिमा ः केन्द्रीय समिति २१ जनाको रहनेछ र त्यसमा अध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १ र १६ जना सदस्यहरू रहनेछन् ।
(ख)  केन्द्रभन्दा तलका समितिमा ः (१) अध्यक्ष, (२) सचिव, (३) कोषाध्यक्ष र सदस्यहरू रहन सक्नेछन् ।
(ग)  आवश्यकता परेमा उपाध्यक्ष र सहसचिव पनि राख्न सकिनेछ ।
(घ)  केन्द्र र जिल्लामा आवश्यकताअनुसार सम्बन्धित समितिबाटै सचिवालयको गठन गर्न सकिनेछ ।
धारा १०
केन्द्रीय सल्लाहकार समिति
 प्रसासलाई क्रियाशील, वस्तुनिष्ठ र दृढ बनाइराख्नका निम्ति यसलाई निरन्तर आवश्यक परामर्श दिनका निम्ति केन्द्रीय समितिले आवश्यक संख्यामा केन्द्रीय सल्लाहकारहरूको मनोनयन गर्न सक्नेछ । केन्द्रीय सल्लाहकारको रूपमा प्रसासको साधारण सदस्य नरहेका विधानको मर्मस“ग सहमत जनपक्षीय सांस्कृतिक व्यक्ति लिन सकिनेछ । केन्द्रीय सल्लाहकार समितिको बैठक केन्द्रीय समितिले तोकेको समयमा वा केन्द्रीय सल्लाहकार समितिका कम्तीमा २५ प्रतिशत सदस्यहरूले चाहेको समयमा हुनेछ ।
धारा ११
काम, कर्तव्य र अधिकार
(क) अध्यक्ष
१. बैठकको अध्यक्षता गर्ने ।
२.  समितिका पदाधिकारी र सदस्यका कामको रेखदेख गर्ने, निरीक्षण र निर्देशन गर्ने ।
३.  समितिमा बराबर मत भएमा निर्णायक मत दिने ।
(ख) उपाध्यक्ष
१. अध्यक्षलाई आवश्यक सहयोग पु¥याउने ।
२. अध्यक्षको अनुपस्थितिमा अध्यक्षका सम्पूर्ण कामहरू गर्ने । 
(ग) महासचिव
१.  अध्यक्षको सल्लाह लिई बैठक बोलाउने ।
२.  समितिका कागजपत्रको संरक्षण, सम्बद्र्धन गर्दै दैनिक कार्य सञ्चालन गर्ने ।
३.  अध्यक्षलाई आवश्यक सल्लाह दिने ।
(घ) सचिव
१. महासचिवलाई आवश्यक सहयोग पु¥याउने ।
२. महासचिवको अनुपस्थितिमा महासचिवका सम्पूर्ण कामहरू गर्ने । 
(ङ) कोषाध्यक्ष
१.  आम्दानीको खर्चको लेखा राख्ने ।
२.  अध्यक्षको निर्देशनमा बजेट तयार गरी बैठकमा पेश गर्ने ।
३.  आर्थिक योजना र कार्यक्रमहरू बनाएर पेश गर्ने । 
(च) सदस्यहरू
१.  आ�नो क्षेत्रको नेतृत्व सम्हाल्ने ।
२. पदाधिकारीको काममा सहयोग गर्ने ।
(छ) कार्यालय इन्चार्ज
१.  अध्यक्ष र महासचिवको निर्देशनमा कार्यालयको तर्फबाट सम्पर्क, पत्राचार अन्य आवश्यक कार्य गर्ने ।
२.  कार्यालयका नाममा प्राप्त सूचना रिपोर्ट आदिको रेकर्ड फाइल तयार गरी बैठकमा प्रस्तुत गर्ने ।
३.  कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने ।

धारा १२
विभागहरू
 आवश्यकताअनुसार कला, साहित्य र नाट्यविधा निश्चित गरी त्यस प्रकारका विभागहरू खोल्न सकिनेछ ।
(क) प्रसास केन्द्रीय साहित्य विभाग
 केन्द्रीय तदर्थ समितिको कुनै एक सदस्यलाई संयोजक तोकी आवश्यक ठानेको संख्यामा साहित्यिक व्यक्तिहरू समावेश गरी एक केन्द्रीय साहित्य विभागको निर्माण गर्न सकिनेछ ।
(ख) प्रसास केन्द्रीय कला विभाग
 केन्द्रीय तदर्थ समितिले केन्द्रीय तदर्थ समितिको कुनै एक सदस्यलाई संयोजक तोकी कलाका विविध क्षेत्रस“ग सम्बन्धित आवश्यक ठानेका व्यक्तिहरू समावेश गरी केन्द्रीय कला विभागको निर्माण गर्न सक्नेछ ।
(ग) ललितकलाका अन्य विधाका विभागहरू पनि केन्द्रीय समितिले आवश्यकताअनुसार गठन गर्न सक्नेछ ।
धारा १३
अनुशानसन
 प्रसासको घोषित नीति र कार्यक्रमको विरुद्ध जाने वा त्यस्तै अन्य अनुशासनविहीन गतिविधिमा संलग्न सदस्य र अन्तर्गतका समिति वा परिवारका विरुद्ध समितिले निम्नअनुसार कार्बाही गर्न सक्नेछ ः
१.  आवश्यकता र औचित्य हेरी सम्झाउने, बुझाउने ।
२.  मित्रतापूर्ण आलोचना गर्ने ।
३.  स्पष्टीकरण माग्ने ।
४.  चेतावनी दिने ।
५.  निश्चित अवधिको लागि निलम्बन गर्ने ।
६.  पदबाट हटाउने ।
७.  सदस्यताबाट निष्काशित गर्ने ।
८.  अन्तर्गतका समिति, परिवार वा सदस्यलाई स्थिति हेरी निलम्बन वा विघटन गर्ने, तर यसको अनुमोदन माथिल्लो समितिबाट लिनुपर्नेछ ।
९. आर्थिक दुरुपयोग वा हिनामिना गरेमा, अनुशासनको पालना नगरेमा ।
९. यसरी निलम्बन वा विघटन गरिएका समिति वा परिवारहरूले केन्द्रमा उजुरी दिन सक्नेछन् । 
धारा १४
आर्थिक प्रणाली
(क)  प्रगतिशील सांस्कृतिक संगठनको मूल आर्थिक स्र्रोत– प्रवेश शुल्क, सदस्यता शुल्क, प्रशिक्षण शुल्क, समर्थक शुभचिन्तकबाट आएको सहयोग र विभिन्न कार्यक्रमबाट आउने रकम हुनेछ ।
(ख)  विशेष कार्यको लागि माथिल्लो समितिले तल्लो समितिलाई कोटा तोक्न सक्नेछ ।
(ग)  सबै तहको कोषको जिम्मा कोषाध्यक्षको हुनेछ ।
(घ)  यस विधानअन्तर्गत रहेर आर्थिक उपनियम बनाउने अधिकार केन्द्रीय समितिलाई हुनेछ ।
(ङ)  सम्मेलन वा भेला गरी नया“ समिति बनेमा पुरानो समितिले नया“ समितिलाई आ�नो समितिको आय–व्यय रिपोर्ट हस्तान्तरण गर्नुपर्नेछ ।
(छ) समितिको खाता सञ्चालन गर्नु अनिवार्य हुनेछ र त्यो खाता अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालित हुनेछ ।
(छ)  आय–व्ययको जा“च वर्षको एक पटक केन्द्रीय तदर्थ समितिले तोकेको लेखापरीक्षकद्वारा ‘लेखापरीक्षण’ गर्नुपर्नेछ ।
धारा १५
प्रवास
 प्रवासमा पनि प्रसासको शाखा खोल्न सकिनेछ । यसको व्यवस्थापन र सञ्चालनका लागि आवश्यक नियमहरू केन्द्रीय समितिले बनाउनेछ ।
धारा १६
कार्यालय
 केन्द्र, क्षेत्र, जिल्ला र प्रवासमा सम्बन्धित समितिले तोकेको ठाउ“मा कार्यालय राख्न सकिनेछ ।
धारा १७
 यो विधान पास भएको मितिदेखि लागू हुनेछ ।   
   

प्रगतिशील सांस्कृतिक सङ्गठन, नेपालको
प्रथम राष्ट्रिय भेला (२०६३ मङ्सिर ७) मा
 अध्यक्ष निनु चापागाईंद्वारा
 प्रस्तुत साङ्गठनिक प्रतिवेदन

प्रतिनिधि तथा आयोजक मित्रहरू  ⁄
हार्दिक अभिवादन ।
     हामी प्रगतिशील सांस्कृतिक सङ्गठनको इतिहासको विशिष्ट अवस्थामा अहिले यहा“ भेला भएका छौं । देशको वर्तमान स्थितिले एकातिर नेपालका सबै प्रगतिशील सांस्कृतिककर्मीहरूसामु एकजुट भएर मृत्युशय्यामा लम्पसार परेको सामन्तवादको गढ, शाही राजतन्त्रलाई कहिल्यै नब्यु“तिनेगरी परास्त गर्न लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानमा क्रियाशील हुनुपर्ने माग गरिरहेको छ भने अर्कातिर चार वर्षअघि मात्र एकीकृत भएका हामी आफैं भने विभाजनकारीहरूको षड्यन्त्रको परिणामस्वरूप छिन्नभिन्न अवस्थामा आइपुगेका छौं । विभाजनकारीहरूको षड्यन्त्रलाई चिरेर एकजुट हु“दै सङ्गठनलाई पुनर्संयोजित गर्दै दरिलो बनाउनु र आउ“दो वर्षको जेठ महिनामा हुने संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक गणतन्त्रलाई विजयी बनाउन सबै प्रगतिवादी संस्कृतिकर्मी र लोकतान्त्रिक गणतन्त्रमा विश्वास राख्ने अन्य संस्कृतिकर्मीको वृहद् गणतान्त्रिक मोर्चा गठन गरी देशव्यापी अभियानमा जुट्नु आजको हाम्रो पहिलो कर्तव्य हुन पुगेको छ । यस भेलामा उपस्थित सबै प्रतिनिधि साथीहरूले यसलाई आत्मसात् गर्नु हुनेछ र  यस कार्यभारलाई पूरा गर्न सही कदम चाल्नु हुनेछ भन्ने विश्वास मैले दिएको छु । 
     २९ भदौ २०५९ का दिन इन्द्रेणी सांस्कृतिक समाज, नेपाल र रक्तिम सांस्कृतिक अभियान एउटै सङ्गठनमा एकीकृत भएपछि प्रगतिशील सांस्कृतिक सङ्गठन, नेपालको निर्माण भएको थियो । त्यतिखेर नेपालमा छरिएर रहेका प्रगतिशील सांस्कृतिक सङगठनहरूलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने महान् उद्देश्य लिएर यसको गठन भएको थियो । तर विडम्बना भन्नुपर्छ एकीकरणको प्रारम्भदेखि नै यसमा आबद्ध विखण्डनवादी केही मानिस र नेतृत्वले सङ्गठनको उक्त उद्देश्यका विपरीत एकीकृत अभियानलाई दरिलो बन्न नदिन प्रयत्न गरे र सङ्गठनले व्यवस्थित रूपले आफ्नो सापेक्षित स्वायत्तताको उपयोग समेत गर्न पाएन । सङ्गठनको केन्द्रिय नेतृत्व निर्माण हुनासाथ प्रगतिशील सांस्कृतिक सङ्गठनले आफ्ना मातहत रहेका स्थानीय सङ्गठनहरूलाई एकीकृत पार्नका लागि केन्द्रिय तदर्थ समितिका पदाधिकारी एवम् सदस्यहरूलाई जिम्मेवारी दिएको थियो । तर यसरी सङगठनलाई एकीकृत पार्ने अभिभारा पाएका व्यक्तिहरूलाई वर्षाैंसम्म पनि सम्बन्धित क्षेत्रमा प्रवेश गर्ने अवसरसम्म दिइएन । कहिले परिस्थिति अनुकूल नभएको बहाना बनाएर, कहिले केही पछि वातावरण मिलाउ“ला भन्ने आश्वासन दिएर यस्तो गरियो भने कतै जिम्मेवारी लिएका सदस्यहरूलाई जानकारी समेत नदिई जिल्लामा तत्काल आवश्यकता भएको निहु“ बनाई सङगठन पुनर्निर्माण गर्ने कार्य गरियो । प्रायः यस्तो काम सङ्गठनको उपाध्यक्ष निकट रहेका जिम्मेवार व्यक्तिहरूबाट नै भयो । सङ्गठनलाई एकीकृत भावधारामा लैजान नदिने प्रयासको यो पहिलो अभिव्यक्ति थियो ।
    अन्तरिम विधानको धारा १२ ले केन्द्रिय रूपमा साहित्य विभाग र कला विभागको गठन गर्ने प्रावधान राखेको छ । तर कला विभागका प्रमुखले आफ्नो मातहतमा विभाग गठन मात्र नगरेका होइनन् कि साहित्य विभागको गठनमा पनि अनेकौं बखेडा झिकेर बाधा व्यवधान खडा गरिरहे । फलतः विभागहरू गठन हुन सकेनन् र संगठनका गतिविधिलाई राम्ररी परिचालित गर्न सकिएन ।
    यो क्रम त्यतिमा मात्र सीमित रहेको होइन । सङ्गठननिर्माण भएदेखि नै पटक पटक केन्द्रिय कार्यक्रम गर्ने निर्णय गर्नुका अतिरिक्त मिति किटान गर्ने काम पनि केन्द्रिय तदर्थ समितिले गरेको हो । यो कार्यक्रम सम्पादन गर्नका निम्ति गीतसङ्गीतको क्षेत्रका भएकाले उपाध्यक्ष र कलाविभागप्रमुखको भूमिका महŒवपूर्ण हुनु स्वाभाविक थियो । तर निर्धारित कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्नुको साटो उनले यसलाई असफल बनाउने विभिन्न बहानाबाजी गरिरहे र प्रगतिशील सांस्कृतिक सङ्गठनभन्दा अघि आफू प्रमुख रहेको इन्द्रेणी–रक्तिम परिवारबाट कार्यक्रम गर्ने योजनालाई क्रियान्वयन गर्ने भूमिका खेलिरहे । फलतः केन्द्रिय रूपमा कार्यक्रम गर्ने केन्द्रिय समितिको निर्णय कहिल्यै लागू हुन सकेन ।
     यहा“सम्म आइपुग्दा उपाध्यक्ष मिहिन पाराले भिन्न मतमा रहेका अध्यक्षलाई असफल बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयत्नमा छन् भन्ने बोध हुन थालिसकेको थियो । यसभन्दा अघिका उनका अभिव्यक्ति महासचिव बनेका आफ्नै पक्षका साथीका विरुद्ध भएजस्तो देखिएको कारणले उनको असहयोग र बहानाबाजी भएको लागेको थियो । समूहगत भावनाबाट ग्रस्त उनको क्रियाकलापलाई समयमै चिन्न नसक्नुमा पनि हाम्रो कमजोरी व्यक्त भएको मलाई लाग्दछ । 
   यसबीच पहिले इन्द्रेणी सांस्कृतिक समाजमा आबद्ध रहेका केही जिम्मेवार व्यक्तिको भूमिका पनि सङ्गठनको क्रियाशीलतामाथि जोड दिनुको सट्टा त्यस्ता विघटनकारी तŒवहरूस“ग सा“ठगा“ठ गर्ने र आफ्नो अवसरवादी आकाङ्क्षापूर्ति गर्ने किसिमको हुन थाल्यो । अर्कातिर अन्य एकाध व्यक्तिले चाहि“ व्यक्तिगत किसिमले सङ्गठनका अध्यक्षको अनर्गल र असड्डत विरोध गर्ने क्रियाकलापलाई अघि बढाउन थाले । फलतः त्यस्ता विघटनकारी तŒवस“ग गर्न सकिने अन्तर्सङ्द्धर्षले पनि सही दिशा लिन सकेन । अझ भनौं निर्णयप्रक्रियामा अल्पमतमा पर्नुभन्दा बैठक नै नबस्नु बेस भन्ने गलत चिन्तनको प्रभावमा पनि परियो । यसका लागि म आफैं पनि कतिपय अवस्थामा दोषको भागी बन्नुपर्दछ भन्ने मेरो सोच रहेको छ ।
    यही परिप्रेक्ष्यमा इन्द्रेणी रक्तिम परिवारलाई सञ्चालन गर्ने अभिभारा पाएका मातृ सङ्गठनका प्रमुखले आफ्नो राजनीतिक स्वार्थअनुकूल त्यसलाई सञ्चालन गर्ने प्रक्रियाको थालनी गरे । ‘आवाज’ गीति नाटकको मञ्चनमा यो तीव्र रूपमा अभिव्यक्त भएको हामी सबैलाई थाहा नै छ ।   
    यो नाटक इन्द्रेणी रक्तिम सांस्कृतिक परिवारले काठमाडौंमा प्रदर्शन गर्न लागेको सांस्कृतिक कार्यक्रममा प्रदर्शन गर्ने उद्देश्यले नै तयार पार्न खोजिएको थियो । रिकर्डिड्ड हुनुुअगावै उक्त प्रदर्शनका लागि उपयुक्त सामग्रीहरूको चयन गर्न निर्माण गरिएको चयन समितिले यसको अन्तर्वस्तुमा परिमार्जन गरेपछि मात्र प्रदर्शनयोग्य हुने सुझाउ दिए तापनि यसका रचनाकारले त्यो सुझाउलाई मानेनन् । इन्द्रेणी रक्तिम सांस्कृतिक परिवारलाई प्रत्यक्ष संचालन एवम् नियन्त्रण गर्ने निकायसामु त्यसलाई प्रेषित गर्नका लागि उनले एकोहोरो आग्रह गरिरहे । उक्त निकायले समेत त्यसलाई प्रदर्शनयोग्य नमानेको कारणले त्यो काठमाडौंको प्रज्ञा भवनमा भएको  कार्यक्रममा सामेल गरिएन । तर प्रदर्शनयोग्य नमानिएको त्यस नाटकलाई हामीलाई थाहै नदिई लुकाएर रिकर्डिड्ड गर्ने, रिहर्सल गर्ने, काम गरियो र ‘हा“क’ साप्ताहिकको सहयोगको लागि भनेर लगत्तै बुटवल लगायत मोफसलका विभिन्न ठाउ“मा प्रदर्शन गरियो । सङ्गठनलाई फुटाउने प्रयत्नको यो ज्वलन्त उदाहरण थियो ।
   ‘जवाफ’ लघु गीति नाटकले शाही सेनाद्वारा देशमा भैरहेको जनतामाथिको बर्बर व्यवहार र ‘माओवादीहरू’बाट भएको ज्यादतीको चित्रण गर्ने प्रयत्न गर्नुका साथै ती दुवै पक्षका ‘बन्दुक’का विरुद्ध संयुक्त आवाज उठाउन आम जनतास“ग आह्वान गरेको थियो । नाटकले राज्यसत्ताद्वारा भैरहेको ज्यादतीलाई र ‘माओवादी’द्वारा गरिएका जनतामाथिका दुव्र्यवहारलाई समान स्तरमा मात्र राखेको छैन ‘माओवादी’बाट जनतामाथि भएको दुव्र्यवहारका कारणले नै गाउ“मा सेनाले प्रवेश गरेको हो र गाउ“लेहरूमाथिको सेनाको ज्यादती माओवादी दुव्र्यवहारको परिणाम मात्र हो भन्ने गलत दृष्टिकोण समेत प्रस्तुत गरेको थियो । नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक अवस्थाका लागि यहा“को राज्यसत्ता मूलतः जिम्मेवार छ र यही कारणले नै माओवादी सशस्त्र द्वन्द्वको जन्म भएको हो भन्ने तथ्यलाई स्वीकार गर्नेहरूका लागि ‘जवाफ’ नाटक यथार्थसंगत र तथ्यपूर्ण हुनै सक्तैन । यसको अर्काे कमजोरी के थियो भने जुन राजनीतिक शक्तिको राजनीति, नीति एवम् निर्णयहरूको प्रचारप्रसार गर्ने अभिप्रायले इन्द्रेणी–रक्तिम सांस्कृतिक टोलीको निर्माण भएको थियो, त्यस शक्तिको सशस्त्र द्वन्द सम्बन्धी दृष्टिकोणलाई,  द्वन्द्वको कारण  र  समाधानसम्बन्धी प्रस्ट अभिमतलाई पनि मूर्त रूपमा यस नाटकले अघि सारेको छैन । नाटकले द्वन्द्वका विरुद्ध आवाज उठाउन अमूर्त आह्वान गरेको थियो तापनि त्यसको निकासका बारेमा कुनै संकेत गरेको थिएन । मित्रशक्ति मानेको माओवादीको ज्यादतीलाई राज्यसत्ताको स्तरमा प्रस्तुत गर्ने चिन्तन इन्द्रेणी–रक्तिम सांस्कृतिक परिवारलाई निर्देशित गर्ने राजनीतिक शक्तिको विपक्षमा मात्र होइन स्वयम् त्यसका नेताले गर्ने गरेका व्याख्या–विश्लेषणकै विरोधमा समेत थियो । त्यसैले पनि काठमाडौंमा भएको सांस्कृतिक कार्यक्रममा प्रदर्शन अयोग्य मानिएको थियो यसलाई ।
     यही राजनीतिक अराजकता र अनुशासनहीनताले पहिलो पटक हाम्रो सङगठनलाई विभाजित गर्ने काम गरेको छ । त्यो शक्ति पहिलेकै आफ्नो पुरानो नाममा सञ्चालित हुन थालेको छ र यसले आफ्नो गुटगत अभिप्रायलाई प्रस्ट पारेको छ । अन्तरिम सरकार, संविधानसभाको निर्वाचन र गणतन्त्रको दिशामा नेपाललाई लिएर जानुपर्ने राजनीतिक अडानका विरुद्ध यथास्थितिको पक्षपोषण गर्ने राजनीतिको समर्थक भएकै कारणले यसले तात्कालिक संकटको समाधान संविधानसभा हो भन्ने कार्यनीतिको निरन्तर विरोध, पहिले संयुक्त आन्दोलनको पिछलग्गु बन्ने, आन्दोलनले संविधानसभाको नारामा गति लिन थालेपछि संयुक्त आन्दोलनको विरोध गर्ने, एकल आन्दोलन प्रधान हो भनेर संयुक्त आन्दोलनबाट बाहिरिन प्रयत्न गर्ने, राजाको निरङ्कुशतामाथि प्रहार केन्द्रित गर्दै विद्रोही शक्तिसहित प्रतिगमनविरोधी सबै शक्तिलाई गोलबन्द गर्दै आन्दोलनलाई अघि बढाउने नीतिका विपरीत विद्रोही र प्रतिगमनका दुवैका विरुद्ध आन्दोलन गर्ने र व्यवहारमा विद्रोहीका विरुद्ध प्रहार गर्ने नीति अपनाउने र सङ्गठनले यी सबै क्रियाकलापका विरुद्ध सही नीति अवलम्बन गर्न थालेपछि यो शक्तिले सङ्गठनबाट बहिर्गमन गर्ने काम गर्यो । यो यसको यथास्थितिवादी दक्षिणपन्थी अवसरवादी राजनीतिकै परिणाम थियो । माघ १९ गतेपछि आन्दोलन गर्ने कुराको विरोध गर्दै पर्ख र हेरको नीति अघिसार्ने, नेतृत्वको एउटा पंक्तिलाई समेत सङ्घर्षमा जान नदिने, र अप्रत्यक्ष रूपमा आन्दोलनको विरोधमा रहने, वैचारिक अस्पष्टतामा रुमलिएको अर्काे निम्नपू“जीवादी अवसरवादी गुटले पनि हाम्रो सङ्गठनलाई फुटाउने कार्य गरेको छ । केन्द्रिय समिति र स्थानीय सङ्गठनमा अति न्यून समर्थन प्राप्त यस गुटले दुस्साहस गरेर हाम्रो सङ्गठनको नाममा लिएर आफ्नो गतिविधि सञ्चालन गर्न थालेको छ । वैचारिक अस्पष्टता, राजनीतिक औचित्यहीनता र नेतृत्वविहीनता भएको यस गुटको परिणाम विसर्जन वा आत्मसमर्पण हुने कुरा प्रस्ट छ । यसरी हामीमाथि विभाजनकारी तŒवहरूले जबर्जस्ती फुट थोपरेका छन् र  आफूहरू यसबाट अलग्गिदै गएका छन् । व्यवहारले सङ्गठनको वास्तविक उत्तराधिकार हामीलाई सुम्पेको छ र यसको रक्षा गर्दै यसलाई अघि बढाउने जिम्मेवारी हामीले पूरा गर्नु परेको छ ।
प्रतिनिधि मित्रहरू ⁄
     माथि उल्लेख गरिएको प्रतिकूलताका बीचमा पनि हामीले केही उल्लेखनीय भूमिका निर्वाह भने नगरेका होइनौं । राजा ज्ञानेन्द्रले आफ्नो हातमा प्रत्यक्ष शासन लिएपछिको स्थितिमा प्रतिगमनका विरुद्ध संस्कृतिकर्मीहरूको संयुक्त सङघर्ष समितिको निर्माण गर्ने र संस्कृतिको क्षेत्रमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना गराउनमा हाम्रो विशिष्ट योगदान रहेको छ । त्यसैगरी ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’को निर्माणमा र त्यसको क्रियाकलापको नेतृत्वगर्नमा पनि हाम्रो उल्लेखनीय भूमिका रहेको छ । त्यसैगरी प्रगतिवादी शिविरको संयुक्त मोर्चाको रूपमा क्रियाशील रहेको ‘प्रगतिशील लेखक सङ्घ, नेपाल’को नेतृत्वदायी कार्यमा हाम्रो विशिष्ट योगदान रहेको छ । पूर्वाञ्चलमा क्षेत्रीय समन्वय समिति अन्तर्गत सांस्कृतिक रूपान्तरणसम्बन्धी जनचेतना विस्तार गर्न, राज्यको पुनर्संरचनासम्बन्धमा गोष्ठी आयोजना गर्न, गणतान्त्रिक सांस्कृतिक अभियान सञ्चालन गर्नमा, चितवनमा सबैलाई समेट्ने गरी घरदैलो कार्यक्रम सञ्चालन गर्नमा यसले उल्लेखनीय भूमिका निर्वाह गरेको छ । यसरी नै विभिन्न क्षेत्रका स्थानीय निकायले पनि आआफ्ना तहमा केही न केही क्रियाशीलता देखाएकै छन् । तथापि हामीले स्वीकार्नै पर्दछ कि केन्द्रीय तहबाट साङ्गठनिक गतिविधि सञ्चालन गर्न, सबै क्षेत्रका सङ्गठनस“ग जीवन्त सम्बन्ध स्थापित गर्न, तिनलाई समयमै निर्देशन दिन हामीले पर्याप्त काम गर्न सकेका छैनौं । यसका लागि अध्यक्षको हैसियतले म आफ्नो जिम्मेवारी स्वीकार्दछु र भित्री मनदेखि नै आत्मालोचना गर्दछु । यद्यपि विभाजनकारीहरूका गतिविधिबाट पुगेको र पुग्नसक्ने व्यवधानलाई कसरी हल गर्ने भन्ने सवालमा छलफल गर्नका लागि हामीले राष्ट्रिय तहमा नै भेला गर्ने र आफ्नै किसिमले अघि बढ्ने निर्णय यस बीचमा नगरेका होइनौं । तर कतिपय खास कारणहरूले त्यो कार्यलाई हामीले ठोस रूपमा क्रियान्वयन भने गर्न सकेनौं ।
    हामी अहिले नया“ रूपबाट केन्द्रीय सङ्गठन निर्माण गर्न र नया“ रूपबाट सङ्गठनलाई एकीकृत गर्न भेला भएका छौं । तत्काल राष्ट्रिय परिषद् गठन गर्ने, केन्द्रिय तदर्थ समिति निर्माण गर्ने र त्यसको पहलकदमीमा सकेसम्म चा“डो देशका सम्भव भएका ठाउ“मा तल्ला समितिहरू निर्माण गर्ने काम गर्नुका साथै आफ्नै पहलकदमीमा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गरी संविधानसभाको निर्वाचनको माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पहलकदमी गर्नु, त्यसलाई सहयोग पुर्याउने सामग्री निर्माण गरी जनताबीच पुर्याउने र सङ्घर्षकै रूपमा त्यसलाई विस्तार गर्नुलाई हामीले तत्कालको कार्य बनाउनु आवश्यक छ ।
मित्रहरू ⁄
    संस्कृति मानिसलाई सभ्य र सुसंस्कृत बनाउने महŒवपूर्ण साधन हो । मानिसका अवशेषका रूपमा रहेका पाशविक प्रवृत्तिलाई निमिट्यान्न पारी मानिसलाई सामाजिक, समुन्नत र चौतर्फी रूपबाट सृजनात्मक क्षमताहरूले सम्पन्न बनाउनु नै सांस्कृतिक आन्दोलनको अन्तिम उद्देश्य हो । यसलाई हामीले मुक्त र पूर्ण मानिसको निर्माण भन्ने गरेका छौं । यसका लागि आवश्यकता र बाध्यतामा बा“च्नुपर्ने स्थितिलाई अन्त्य गर्नु र स्वतन्त्रताको परिस्थिति निर्माण गर्नु आवश्यक हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक स्वतन्त्रताको परिस्थिति निर्माण गर्न मानवद्वारा मानवमाथि हुने शोषण–उत्पीडनको समाप्ति अपरिहार्य हुन्छ । यही कारण हामीले समाजवादी र साम्यवादी समाजको स्थापना र त्यस किसिमको संस्कृतिको निर्माणलाई नै अन्तिम लक्ष्य बनाउ“दै आएका छौं । तर अहिलेको नेपालको अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजव्यवस्थाको अन्तको माध्यमबाट मात्र हामी उक्त दिशामा अघि बढ्न सक्ने छौं । हाम्रो अहिलेको परिस्थितिमा नया“ जनवादी संस्कृतिनिर्माण गर्ने बाटोबाट अघि बढेर मात्र हामी त्यस ठाउ“मा पुग्न सक्तछौं । हामी सबैलाई अवगत भएकै विषय हो नया“ जनवादी संस्कृति सर्वहारा वर्गको नेतृत्वमा निर्माण हुने आम नेपाली जनसमुदायको सामन्तवाद–साम्राज्यवादविरोधी संस्कृति हो । धर्म, अन्धविश्वास, रूढिबुढीमा टिकेको, पितृसत्तालाई बढावा दिने, जातीयतावादी, छुवाछूतवादी, विभेदकारी, लोकतन्त्रविरोधी, आध्यात्मवादी सामन्ती संस्कृतिको विरोध नया“ जनवादी संस्कृतिको पहिलो काम हो । यसले देशप्रेम, राष्ट्रियता र भौतिकतालाई प्रश्रय दिंदै वैज्ञानिकता, जनपक्षीयता र वर्गीयतालाई सबैभन्दा बढी महŒव दिने गर्दछ । उपभोक्तावाद, पशुवृत्ति, यौन, हिंसा, अमानवीयता र अपराध वृत्तिलाई प्रश्रय दिने साम्राज्यवादी संस्कृति र शोषण–उत्पीडनको विरोध गर्नुका साथै समाजवादी चिन्तनलाई समर्थन गर्नु यसको अपरिहार्य काम हो । आजको लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा क्रियाशील हुने सन्दर्भमा पनि हामीले उक्त विचार र कार्यलाई निरन्तर प्राथमिकता दिइनै रहनुपर्दछ । स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको भावनामा लोकतान्त्रिक गणतन्त्रमा हामी एकसाथ अघि बढे पनि लोकतान्त्रिक गणतन्त्र स्वयम्मा वर्गीय रूपमा शोषक वर्गीय शासन हो र यसले पनि सामाजिक विभेदको कारण निजी स्वामित्व र सम्पत्तिलाई संरक्षण गर्ने हुनाले यसका विरुद्ध पनि हामीले लामो अवधिसम्म निरन्तर सङ्घर्ष गर्नुपर्ने आवश्यकतालाई हामीले बिर्सनु हु“दैन । सर्वहाराआन्दोलनलाई सङ्गठित गर्नका लागि अरू व्यवस्थाभन्दा यो केही खुकुलो र सहयोगी हुने भएकाले नै हामी यसको पक्षमा रहेका हौं । संविधानसभाको निर्वाचनबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने अभियानमा लाग्दा हामीले यसबारेमा जनताबीच सही सोच फैलाउन पनि पछि पर्नु हु“दैन ।
 धन्यवाद ⁄