Friday, February 19, 2010

परिपत्र - २०६६ साल फाल्गुन २ गते

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
एकताको चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति
.........................


विषय ः परिपत्र


यही मिति ०६६ साल फागुन २ गते जनसांस्कृतिक महासङ्घको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठक इश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा बस्यो । बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरू जानकारी एवम् क्रियान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
१) बैठकको प्रारम्भमा सांस्कृतिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।
२) आर्थिक कोटा र पहलबारे
महासङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न गर्न आर्थिक पक्षलाई अध्यक्ष क.प्रचण्डको सुझाव बमोजिम व्यवस्थित गर्न सबै राज्य समितिलाई निश्चित कोटा तोक्ने र सो बमोजिम केन्द्रमा जम्मा गर्नुपर्ने निर्णय गरियो । यसअनुसार 'क' वर्गमा नेवाः राज्यहरूलाई रु.दुइ लाख, 'ख' वर्गका कोचिला, ताम्सालिङ, तमुवान, थारुवान राज्यहरूले रु एक लाख पचास हजार, 'ग' वर्गका अवध, मगराँत, मिथिला, भोजपुरा राज्य समितिहरूलाई रु. पचहत्तर हजार र 'घ' वर्गका भेरीकर्णाली, सेती-महाकाली, लिम्बुवान र किराँत राज्यलाई रु. तीस हजार कोटा अनिवार्य जम्मा गर्नुपर्ने निर्णय गरिएको छ । साथै, विभिन्न टिमहरू बनाई आर्थिक सहयोग जुटाउने निर्णय गरियो । जस बमोजिम इश्वरचन्द्र ज्ञवालीको नेतृत्वको मूल समितिले न्यूनतम पाँच लाख । शिवजी लामिछानेको नेतृत्वको टिमले एक लाख र मातृका पोखरेल तथा रमेश भट्टर्राईको नेतृत्वको टिमले पचास हजार अनिवार्य सहयोग उठाउनुपर्ने निर्णय गरियो । यसका साथै, माइला लामाको नेतृत्वमा साङ्गीतिक कर्न्र्सटको पहल गर्ने टिम निर्माण गर्ने निर्णय गरियो । त्यस्तै, महासङ्घअर्न्तर्गतका सबै आङ्गिक सङ्गठनले न्यूनतम रु. २५ हजारको कोटा बुझाउनुपर्ने निर्णय गरियो ।
३) सबै उपसमितिहरूको तत्काल बैठक बसी कार्यक्रमलाई तीव्रता दिने निर्णय गरियो ।
४) प्रचारप्रचासर समितिको बैठक बस्ने, पर्चा मस्यौदा गर्ने र नारा तय गर्ने जिम्मा रोषन जनकपुरीलाई दिइयो । साथै, पोस्टर तत्काल छपाउने निर्णय गरियो ।
५) कर्ीर्तिपुर स्मृति हलमा सम्मेलनका लागि स्थान तोक्ने र वसन्तपुरमा घोषणा कार्यक्रम गर्ने निर्णय गरियो ।
६) प्रवासको प्रतिनिधित्व राज्य समिति सरह गर्ने निर्णय गरियो ।
७) विभिन्न देशका भाइचारा सङ्गठनलाई पार्टीसँग सर्म्पर्क गरी सम्मेलनमा निम्तो गर्ने निर्णय गरियो ।
८) 'राष्ट्रियताको आन्दोलनमा चलचित्रकर्मीको भूमिका' विषयक एउटा गोष्ठी चलचित्रकर्मी सङ्घबाट पहल गर्ने निर्णय गरियो । त्यसको जिम्मा शिवजी लामिछानेलाई दिइएको छ ।
९) आर्थिक उठाउने कार्यका लागि क्षेत्रहरू तोक्ने, स्थानहरू र व्यक्तिहरू तोक्ने र टिमहरूलाई जिम्मा दिने निर्णय गरियो ।
अन्त्यमा, राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणका लागि सम्पन्न हुन गइरहेको एकताको चौथो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्न एवम् सङ्र्घर्ष को कार्ययोजनलाई आत्मसात् गर्दै अघि बढ्न निर्देशन दिंदै बैठकका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीद्वारा बैठकको समापन गरियो ।
क्रान्तिकारी अभिवादनसहित !

इश्वरचन्द्र ज्ञवाली
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ