Wednesday, May 30, 2012

कृष्ण सेन 'इच्छुक'को १० औं स्मृति दिवस- डिल्ली मल्ल

सम्पादक शर्मा र साहित्यकार जैशी सम्मानित
दाङ,२०६९ जेठ १३ ।

प्रगतिवादी साहित्यकार एवम् पत्रकार महान् शहीद कृष्ण सेन 'इच्छुक'को कर्मथलो दाङमा उहााको नामबाट स्थापना गरिएको कृष्ण सेन 'इच्छुक' स्मृति पत्रकारिता पुरस्कार-२०६९ यस वर्ष नौलो जनउभार साप्ताहिकका सम्पादक तथा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य अजयदीप शर्मालाई प्रदान गरिएको छ । त्यसैगरी कृष्ण सेन 'इच्छुक' स्मृति साहित्यिक पुरस्कार-२०६९ प्रलेस दाङका अध्यक्ष साहित्यकार रामप्रसाद जैशीलाई प्रदान गरिएको छ । 'इच्छुक'को १० औं स्मृति दिवसका अवसरमा क्रान्तिकारी पत्रकार संघ दाङ र एकीकृत अखिल नेपाल जनसाास्कृतिक महासंघ दाङको संयुक्त आयोजनामा शनिबार घोराहीमा सम्पन्न कार्यक्रममा शर्मा र जैशीलाई सम्मान गरिएको हो । स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रीय सचिवालय सदस्य हिरामणि दुःखीले पुरस्कृत प्रतिभाहरुलाई सम्मान-पत्र प्रदान गर्नुभएको थियो । क्रान्तिकारी पत्रकार संघ नेपाल दाङले स्थापना गरेको इच्छुक स्मृति पत्रकारिता पुरस्कारको राशी १० हजार रुपैयाा र एकीकृत अखिल नेपाल जनसाास्कृतिक महासंघ दाङले स्थापना गरेको इच्छुक स्मृति साहित्यिक पुरस्कारको राशी नगद पााच हजार रुपैयाा रहेको छ । यसअघि कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मौसम रोका र हिरामणि दुःखी एवम् कृष्ण सेन इच्छुक स्मृति साहित्यिक पुरस्कारबाट साहित्यकार यज्ञबहादुर डाागी र टीकाराम उदासी पुरस्कृत भइसक्नुभएको छ । यसैबीच क्रान्तिकारी पत्रकार संघ दाङले यस वर्षदेखि पत्रकारिता गर्दागर्दै शहादत प्राप्त गर्नुहुने शहीद पत्रकारका परिवारजनलाई सम्मान गर्न थालेको छ । कार्यक्रममा पत्रकारिता गर्दागर्दै २०६१ बैशाख २९ गते शहादत प्राप्त गर्नुभएका पवननगर-३ दाङका पत्रकार हेमलाल काडेल -बसन्त शर्मा) का बुवा टंकप्रसाद कंडेललाई प्रमुख अतिथि दुःखीले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

संकटकालको बेला भूमिगतरुपमा सञ्चालित तत्कालीन रेडियो जनगणतन्त्र नेपालमा कार्यरत काडेलको आन्तरिक दुर्घटनामा परि २०६१ बैशाख २९ गते कपिलवस्तुमा शहादत भएको थियो । एकिकृत अखिल नेपाल जनसाास्कृतिक महासंघ दाङका अध्यक्ष प्रकाश पन्थीको अध्यक्षता, क्रान्तिकारी पत्रकार संघ नेपालका सचिवालय सदस्य हिरामणि दुःखीको प्रमुख आतिथ्य एवम् एकीकृत नेकपा माओवादी थारुवान राज्यसमितिका सचिवालय सदस्य हेमराज शर्मा 'डायमण्ड'को विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरुले इच्छुकले प्रगतिवादी साहित्यिक आन्दोलन र जनपक्षीय पत्रकारितामा पुर्‍याएको योगदानको चर्चा गर्दै कलमका सिपाही सेनको हत्या गर्ने अपराधीहरुलाई कानूनी कार्बाही गर्न मागसमेत गरे । स्मृति दिवसमा बोल्दै प्रमुख अतिथि हिरामणि दुःखीले इच्छुकको स्मृति दिवस मनाइरहादा उहााका अनुयायीहरुले उहााको त्याग, बलिदानलाई अनुशरण गर्न सक्ने कि नसक्ने निणर्ायक परीक्षा आएको बताउनुभयो । इच्छुकका सपना अझै पूरा नभएको भन्दै उहााले विचारमा दृढ तर व्यवहारमा निकै सरल व्यक्तित्वका धनी इच्छुकका अधूरा यात्राहरु पूरा गर्नुपर्ने दायित्व उहााका अनुयायीहरुको कााधमा आएको बताउनुभयो । इच्छुक साास्कृतिक प्रतिष्ठानका सदस्य समेत रहनुभएका दुःखीले काठमाण्डौंमा प्रतिष्ठानको पहलमा इच्छुक वाचनालय भवनको निर्माण भइरहेको र उहााको कर्मथलोको रुपमा रहेको दाङमा पनि केही स्मरणीय भौतिक निर्माणको काम गर्न पहल गरिरहेको बताउनुभयो । केही झन्झटिला कानूनी प्रक्रियाले गर्दा व्यवस्थितरुपमा काम गर्न नसकिएको उहााको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि एकीकृत माओवादी थारुवान राज्यसमितिका सचिवालय सदस्य डायमण्डले इच्छुकको वैचारिक राजनैतिकरुपमा दृढ, शब्द र कर्मको उचित संयोजन गर्न सक्ने र व्यवहारिक रुपमा निकै सरल व्यक्तित्वका धनी भएको बताउनुभयो । सो अवसरमा एकीकृत नेकपा माओवादी दाङका सह-इन्चार्ज सागरले अहिलेको भद्रगोल अवस्थामा पार्टीभित्रका सबै क्याडरहरुले इच्छुकको जस्तै सरल तर विचारमा कही कतै पनि नझुक्ने दृढ बन्न सक्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा पत्रकार सुशील गौतम र साहित्यकार शरद देवकोटाले इच्छुकको कृतित्व, व्यक्तित्व र बलिदानको चर्चा गर्नुभएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार गिरीराज शर्मा, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसी, प्रेस चौतारीका केन्द्रीय सदस्य सुदर्शन रिजाल, प्रेस युनियनका केन्द्रीय सदस्य सुदीप गौतम, नेपाल लेखक संघ दाङका उपाध्यक्ष डा. कृष्णराज डिसी, पत्रकार महिला मञ्च दाङकी अध्यक्ष सुशीला आचार्य, प्रलेस दाङका सदस्य टीका बस्नेत, राजमो दाङका सचिव रेशम विसीलगायतले इच्छुकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुरस्कृत व्यक्तित्वलाई बधाई दिनुभएको थियो । त्यस्तै पुरस्कृत प्रतिभा अजयदीप शर्मा र शहीद हेमलाल कंडेलको परिचय डिल्ली मल्ल र अर्का पुरस्कृत प्रतिभा रामप्रसाद जैशीको परिचय यज्ञबहादुर डाागीले गराउनुभएको थियो । सो अवसरमा साहित्यकार यज्ञबहादुर डाागी, सूर्यनाथ सापकोटा र रेशम विसीले इच्छुकप्रति समर्पित कविता वाचन गर्नुभएको थियो । क्रान्तिकारी पत्रकार संघ दाङका उपाध्यक्ष गणेश ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका अध्यक्ष हुमप्रसाद बस्यालले गर्नुभएको थियो भने सहभागीहरु सबैलाई एकीकृत अखिल नेपाल जनसाास्कृतिक महासंघका उपाध्यक्ष आस्था केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो

Saturday, May 26, 2012

जेठ १३ र इच्छुकको सम्झना - भिम कुमाखी

जेठ १३/०६९

जनवादी सास्कृतिक आन्दोलनका एक कहिल्यै पनि ननिभ्ने दियो कवि, साहित्यकार तथा पत्रकार आदरणीय बीर सहीद क.कृष्णसेन इच्छुक जसको साहदत भएको आज दस वर्ष वितेको छ । यो अवसरमा एकीकृत अखिल नेपाल जनसाास्कृतिक महासंघको आंगीक संगठन अखिल नेपाल जनकलाकार संघ अन्तरगतको केन्द्रीय टोली सामना परिवारको आयोजनामा दशौं इच्छुक स्मृति तथा साास्कृतिक वलिदान दिवस मनाएर महान साास्कृतिक सहीद क.कृष्णसेन इच्छुक प्रति सम्झना तथा उहाको सम्मानमा साचो प्रतिवद्धता जाहेर गरीएको छ । सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा एकीकृत अखिल नेपाल जनसाास्कृतिक महासंघका केन्द्रीय समितिका उपाध्यक्ष क.मातृका पोख्रेलले इच्छुक शब्द र कर्ममा प्रतिवद्ध योद्धा भएको कुरा व्यक्त गर्नु भयो । इच्छुकको साहित्य यात्रा तथा पत्रकारीता यात्रा मात्र होइन कुशल संगठक भएको कुरा उहाले इच्छुकको व्यवहारबाट पुष्टी भएको उल्लेख गर्नुभयो । पोख्रेलले यतिखेरको पार्टी अन्तर संघर्षको विषयलाई उजागर गर्दै हिजो इच्छुकको उछितो काट्दै हिड्नेहरु आज सहीद इच्छुकलाई बोकेर व्याज लुट्ने काम गरीरहेको र त्यसरी सहीदको सम्मान होइन अपमान हुने वताउनु भयो । इच्छुक दिवस तथा साास्कृतिक वलिदान दिवसको अवसरमा महान सहीद क.सेनको फोटोमा अविर आवरण तथा माल्यारपन गरीएको थियो । इच्छुकको स्मृति स्वरुप उहाकै रचनामा रहेका तिन कविता बाचन गरेर सुनाइएको थियो । त्यसका साथै भीम कुमाखी द्धारा इच्छुक र इच्छाहरु शिर्षकको कविता वाचन गरी सुनाइएको थियो भने क. भुमिकाबाट पनि इच्छुकलाई स्मरण गर्दै कविता बाचन गरीएको थियो । सो स्मृति सभामा अतिथि विष्णु भण्डारीले पनि बोल्नु भएको थियो । स्वार्थको राजनीतिमा लिप्त भएर सहीदको रगतमाथि नै भाग बण्डा गर्न खोज्ने गलत तत्वहरुको विरुद्ध जुझारु बन्न र पार्टी माथि मौलाएको अन्तर संघर्षको आवरणमा पार्टी फुटाउने कसरतलाई रोक्न सहि राजनैतिक कार्यदिशामा गोलवन्द भई कार्य योजना सफल पार्नु नै इच्छुक प्रतिको सााचो श्रद्धाहुने कुरा सभाअध्यक्षको सिटबाट सामना परिवार केन्द्रीय टोली संयोजक भीम कुमाखीले बताउनु भयो । सो कार्यक्रमको सञ्चालन परिवारका सदस्य सुवर्ण हमालले गर्नु भएको थियो ।