Tuesday, July 31, 2012

झन्डा


Monday, July 30, 2012

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको परिपत्र २०६९-०४-१२


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ



क.अध्यक्ष / संयोजक

..................राज्य समिति  ..................................... ...................................................संघ

विषय :- परिपत्रबारे ।

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको चौथो पूर्ण बैठक यहि २०६९ साल साउन १० र ११ गते एकीकृत नेकपा (माओवादी) को केन्दिय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्यो । महासङ्घका कार्यबाहक अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा सांस्कृतिक फ्राक्सन इञ्चार्ज क.निनु चापागाईको उपस्थिति थियो । बैठकको दोस्रो दिन अर्थात साउन ११ गते एकीकृत नेकपा (माओवादी) का अध्यक्ष क.प्रचण्ड उपस्थित भई सांस्कृतिक मोर्चाको ऐतिहासिक भुमिकाको बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । सो दिनको बैठकमा एकीकृत नेकपा (माओवादी) महाधिवेशन आयोजक समितिका वरिष्ठ सदस्य क. लीलामणि पोखरेलको पनि उपस्थिति रहेको थियो । सो बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न गराउन यो परिपत्र जारी गरीएको छ ।

१. बैठकको आरम्भमा नेपाली समाजको रुपान्तरणका लागि वलिदान दिने महान सहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गरीयो ।

२. केन्द्रीय समितिलाई विघटन गरी पाचौं राष्ट्रिय सम्मेलन तयारी समितिमा रुपान्तरण गर्न राखिएको प्रस्तावलाई बैठकले सर्व सम्मतीले अनुमोदन गर्यों । बैठकले का.बा.अध्यक्ष मातृका पोखेरेललाई पाचौं राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजक चयन  गर्यों   ।

३. सम्पूर्ण राज्य समितिका प्रतिनिधि, सम्पूर्ण आङ्गिक संगठनका प्रतिनिधि एवं विभिन्न केन्द्रीय परिवारका प्रतिनिधिहरुबाट संगठन र परिवारका गतिविधि अनि वर्तमान अवस्थावारे रिपोर्ट प्रस्तुत गरीयो ।

४. रिपोर्टमा उठेका प्रश्न र जिज्ञासालाई ध्यान दिदै सांस्कृतिक  फ्राक्सन इञ्चार्ज क.निनु चापागाई, संयोजक मातृका पोखरेल र कार्यालय सदस्यद्वय बलराम तिमल्सिना र गणेश भण्डारीले संस्लेषण सहीतको मन्तव्य राख्नु भयो ।

५. संगठनवारे :-

क.    बैठकले १५१ सदस्यीय पाचौं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्न राखिएको प्रस्तावलाई अनुमोदन गर्यो  ।

ख.    बैठकले राज्य समिति, आङ्गिक संगठन, विशिष्ट सांस्कृतिक ब्यक्तित्व एवं एकता प्रक्रियाबाट सहभागी हुनुभएका ७६ जना सांस्कृतिक कर्मीहरुलाई आयोजक समितिमा थप ग-यो । बाँकी ८ सदस्यहरु थप गर्ने अधिकार कार्यालयलाई  दिने निर्णय  भएको छ ।


पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिको नामावली यस प्रकार छ :-

मातृका पोखरेल              - संयोजक
बलराम तिमिल्सिना       - कार्यालय सदस्य
गणेश भण्डारी                 - कार्यालय सदस्य

अन्य सदस्यहरु

रमेशप्रसाद भट्टराईशिवजी लामिछाने, देवेन्द्र थुम्केली, तुलाराज गिरी, विशाल तामाङ्, वसन्त बान्तवा, सुशील क्षेत्री, सुमन देवकोटा, प्रदिप देवान, विष्णुभण्डारी, शङ्कर देवकोटा, भीम कुमाखी, भोगीराज चाम्लिङ्ग, इन्द्र रेग्मी,पोषराज पौडेल, नरेश पौडेल, हरिदेव ठाकुर, नारदमणि हार्तम्छाली, दशरथ चौधरी, प्रकाश पन्थी, केपी पाठक, रामनाथ यादव, अञ्जु खालिङ, राजु लामा, लक्ष्मी गुरुङ्ग, नरेन्द्र श्रेष्ठ, उत्तम डङ्गोल, शरद लिम्बु, केशव महर्जन, लक्ष्मण शेष, मायादेवी बोहोरा, प्रकाश राई, मुक्ति शर्मा, जेहाङ किराँती, दीपा सापकोटा, मिथिला फुयाँल, मानबहादुर दोङ, युवराज लामा, विजय बस्नेत, शम्भु  राई, चेतन सापकोटा, प्रगति महरा, तोप्के तितुङ्ग, वदन शर्मा, राकेश किराती, विमल पौडेल, राजन बम, दिलिप महर्जन, प्रमोद धिताल, मणिचन्द्र कडेल, रेम थापा, धिरेन्द्र प्रेमर्षी, वीरप्रसाद भन्सारी, डाक्टर किरात, संगीत स्रोता, डम्बर रोकाया, उषा मगर, दल बहादुर घर्ती, धर्मराज न्यौपाने, हिसन समाल, कुस्मिता दर्लामी, लालसिंह परियार, राजु नेउपाने, जयफुल्ला हसन, पर्वत वि. क, भरत वि.क.,    गणेश कञ्चन भारती, पृथ्वीबहादुर सिंह, पाल्साङमो लामा, कुलमान बुढा, गेमी रोक्का मगर, कर्ण बानियाँ, सुवर्ण हमाल, मनिष पि.एम., साहस राई, जीवन सलाम, गंगा महर्जन, इन्द्र विसंखे, राजन दोङ, सुष्मा श्रेष्ठ, सुरेखा श्रेष्ठ, राजु लामिछाने, सत्या पहाडी, चिना मगराती, जे.वी टुहुरे, हरीगोविन्द लुइँटेल, रामचन्द्र भट्टराई, सुधा त्रिपाठी, माधव ढुङगेल, पञ्चकुमारी परियार, यज्ञराज प्रसाई, नवीन लामा, सरगम थपलिया, भूपाल राई, मोहन तिमिल्सिना, भानु भण्डारी,  अविराम बटाला, दानबहादुर परियार, मनोहर परियार, विरु लामा, शान्ता आचार्य, बिन्दु जि.सी., रुपकुमार राई, ईश्वर जोशी, कृष्ण पौडेल, गौरव किराती, निमार्ण किराती, संयम, राम विकेश, मुन्ना ठाकु्र,  डा. कृष्णराज अधिकारी, वसन्त बराकोटी, राजेन्द्र पौडेल, कृष्ण उदासी, आस्था के.सी., गणेश कार्की, अर्जुन वियोगी, थारु चौधरी, सावित्री थामी, कुसुम लाल, कमल मण्डल, सुरेश यादव, राम नेपाल, विमला फुयाल, असल लिम्बू, नवीन तिम्सिना, नीलकण्ठ गुमी, भवानी पौडेल, लेख बहादुर सुवेदी, केशर कालिकोटे, दीप शक्ति, प्रमिला तामाङ, चन्द्र तितुङ, विना शर्मा, विनम राई, किशोर अनुराग, निरज ढकाल,  दिपेश थापा मगर, न्युसन राई र हिरण्य प्रताप सागामी 
   
ग.    बैठकले संयोजक मातृका पोखरेल र सदस्यद्वय बलराम तिमल्सिना र गणेश भण्डारी रहेको एक              कार्यालयगठन गरेको  छ । बैठकले आवश्यक निर्णयहरु गर्ने सम्पूर्ण अधिकार कार्यालयलाई दिएको छ ।


घ.    राज्य समितिका संयोजकहरु तोकिएको छ । जो निम्न अनुसार छ।


* लिम्बुवान राज्य             –शरद लिम्वु
* कोचिला राज्य                –मोहन तिमिल्सिना
* किराँत राज्य                 –वसन्त बान्तवा
* तामसालिङ राज्य           –विशाल तामाङ
* नेवाः राज्य                    –राजु स्यानताङ
* तमुवान राज्य               –मणिचन्द्र कंडेल
* मगरात राज्य                –कुलमान वुढा
* भेरी कर्णाली राज्य        –तुलराज गिरी
* थारुवान राज्य               –नरेश पौडेल
*  सेती महाकाली राज्य     –लालसिंह परिवार
*  अवध राज्य                  –रामचन्द्र भट्टराई
*  मिथिला राज्य                –हरिदेव ठाकुर
*  भोजपुरा राज्य               –राम विकेश

६. सम्मेलनबारे:-

क.   एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको पाचौं राष्ट्रिय सम्मेलन २०६९ मंसिर १५, १६, १७     र          १८  गते     पोखरामा गर्ने निर्णय गरिएको छ ।
ख.    आङ्गिक संगठनहरुले कात्र्तिक मसान्तभित्र सम्मेलन गरी सक्नु पर्ने छ ।
ग.    महासंघको राज्य सम्मेलन असोज महिनाभित्र गरी सक्नु पर्ने छ ।

७. उप–समितिहरुको गठन

    पाँचौं राष्ट्रिय सम्मेलन सफलपार्न निम्न लिखित उप–समितिहरु गठन गरीएको छ ।

क. विधान / प्रतिवेधन उप–समिति

मातृका पोखरेलको संयोजकत्वमा बलराम तिमिल्सिना, गणेश भण्डारी, रमेश भट्टराई, शिवजी लामीछाने, भीम कुमाखी, प्रदीप देवान, देवेन्द्र थुम्केली र लक्ष्मी गुरुङ सदस्य रहेको विधान / प्रतिवेदन उप–समिति गठन गरीएको छ ।

ख. ब्यवस्थापन उप–समिति

वलराम तिमल्सिना संयोजक रहेको शिवजी लामीछाने, विष्णु भण्डारी, प्रकाश पन्थी लगायत तमुवान राज्य समितिका सम्पूर्ण सदस्यहरु रहने र अन्य पछी थप गर्ने गरी एक ब्यवस्थापन उप–समिति गठन गरिएको छ । यो उपसमितिमा राज्य समितिका सम्पूर्ण संयोजकहरु सदस्य रहने छन । आवश्यक अन्य सदस्यहरु कार्यालयले पछि थप गर्ने छ ।

ग. आर्थिक उप–समिति
गणेश भण्डारी संयोजक रहेको एक आर्थिक उप–समिति गठन गरीएको छ । जसमा भीम कुमाखी, राजन वम, प्रदीप देवान लगायत राज्यका संयोजकहरु रहने निर्णय गरीएको छ । आवश्यक अन्य सदस्यहरु कार्यालयले पछि थप गर्ने छ ।

घ. प्रचार / प्रसार उप–समिति
रमेश भट्टराईको संयोजकत्वमा देवेन्द्र थुम्केली, संगीत स्रोता, माधव ढुङ्गेल, नरेन्द्र श्रेष्ठ, दीपा सापकोटा, प्रमोद धिताल, चेतन सापकोटा र इन्द्र रेग्मी रहने गरी प्रचार÷प्रसार उप–समितिगठन गरिएको छ । आवश्यक अन्य सदस्यहरु कार्यालयले पछि थप गर्ने छ ।



८. सम्मेलन प्रतिनिधि कोटाबारे

क. पाचौं राष्ट्रिय सम्मेलनका लागी निम्न अनुसार प्रतिनिधि संख्या तय गरीएको छ ।

*  राज्य महासंघका सम्पूर्ण पदाधिकारी एवं कार्यसमितिका सदस्यहरु ।
*  आङ्गिक संगठनका सम्पूर्ण केन्द्रीय सदस्यहरु ।
* जिल्ला महासंघले निर्णय गरी पठाएका दुई जना प्रतिनिधि ।
*  केन्द्रीय सांस्कृतिक परिवारका सम्पूर्ण सदस्यहरु ।
*  राज्यका आङ्गिक संगठन र परिवारबाट पाँच जना ।
*  केन्द्रीय कार्यालयबाट मनोनित ६० (साठी) जना ।

ख.  सवै प्रतिनिधिहरुले मेष तथा प्रवेश शुल्क बापत रु.५००।– पाँच सय वुझाउनु पर्ने छ ।
. सम्पूर्ण प्रतिनिधिहरुले आउने जाने ब्यवस्था आफू  स्वयमले वा सम्वन्धित राज्य समितिले गर्नु पर्ने छ ।

९. सम्मेलनको नारा

  पाँचौ राष्ट्रिय सम्मेलनका लागी तय गरिएको मुल नारा यस प्रकार छ:-

  सामन्तवाद, साम्राज्यवाद र विर्सजनवादका विरुद्ध हाम्रो आन्दोलन !
  एकता र  साँस्कृतिक रुपान्तरणका  लागि  पाँचौ राष्ट्रिय  सम्मेलन !!

१०. विविध 

   केन्द्रीय सदस्य क.उषा मगरलाई मगरात राज्यबाट थारुवान राज्यमा कार्यक्षेत्र तोकिएको छ ।

१२ साउन २०६९








मातृका पोखरेल
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ
पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति

==================================================================
==================================================================
==================================================================
==================================================================

Tuesday, July 3, 2012

अखिल नेपाल लेखक सङ्घको प्रेस विज्ञप्ति २०६९-०३-१६


अखिल नेपाल लेखक सङ्घको  प्रेस विज्ञप्ति   २०६९-०३-१६ 


 प्रेस विज्ञप्ति

नेपाल कम्युनिस्ट आन्दोलनको अग्रदस्ता र नेपाली जनताको क्रान्ति र मुक्तिको अगुवा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) मा भिन्न विचार समूहका नाममा अराजक गतिविधि गरिरहेको क. किरणकले नेतृत्व गर्नु भएको विचार समूहले अन्ततः पार्टीबाट चोइटिएर कथित नयाँ पार्टीका नाममा नेकपा— माआवादीको गठन गरेको छ । क. किरणद्वारा नेतृत्व गरिएको उक्त समूह सुरुदेखि नै पार्टी अनुशासन अस्वीकार गर्ने, एकतामा भाँजो हाल्ने तथा कथित नोट अफ डिसेन्टका नाममा पार्टी नेतृत्वलाई हरेक पलमा असहयोग गर्दै आएको थियो । अन्त्यमा २०६९ साल असार ५ गतेको कथित राष्ट्यि भेलाले नयाँ पार्टी गठनका नाममा  पार्टी एकता र नेपाली जनता तथा क्रान्तिका लागि गद्दारी गर्दै अलग समूह निर्माण गर्न पुगेको छ । उक्त समूहको यस निर्णयले नेपाली मुक्तिकामी जनता र  क्रान्तिकारीहरुलाई निराश तुल्याएको छ भने देश विदेशका प्रतिक्रियावादी , संशोधनवादी तथा अवसरवादीहरुलाई खुसी पारेको छ । पार्टी एकताका लागि  संस्थापनले देखाएको लचिलोपनलाई समेत लत्याएर गरिएको यो काम निन्दनीय त छँदैछ यसले नेपाली क्रान्ति र मुक्तिको सपनालाई पनि पर धकेल्न काम गरेको छ । अखिल नेपाल लेखक सङघ यस कामको निन्दा गर्दछ र पार्टी एकताका लागि गोलबन्द भई अघि बढ्न सम्पूर्ण  क्रान्तिकारी लेखक तथा बौद्धिक वर्गमा अनुरोध गर्दछ । फुट र अराजकतावादी गतिविधिका भ्रममा नपरी नेपाली प्रगतिवादी बौद्धिक विचारधारा र एकताको निर्माण गरेर मात्र क्रान्तिका बाँकी कार्यभार पुरा हुने कुरा मनन् गर्न समेत सबैमा अपिल गर्दछ ।
 नेपालको कम्युनिस्ट आन्दोलन आज  अत्यन्त जटिल अवस्थामा छ । कथित क्रान्तिकारी नारा दिने तर राष्ट्यि र अन्तरराष्ट्यि परिस्थितिको ख्याल नगर्नु वाम लपm्फजी बाहेक केही होइन भने आज क. किरणले नेतृत्व गरेको समूह यही वाम अराजकतावादमा फँसेको छ । फुटलाई रोजेर वाम आन्दोलन तथा प्रगतिवादी सांस्कृतिक आन्दोलनलाई समेत विखण्डित पार्ने काम हाम्रा लागि स्वीकार्य छैन भने हाम्रो आस्था र भरोसा पनि एकीकृत माओवादीमा रहेको छ र यसले नै नेपालको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न सक्छ भन्ने कुरामा हाम्रो अटुट विश्वास समेत छ । यस्तो अवस्थामा फुटवाद र गुटवादमा लागेका हाम्रा केही मित्रहरु भ्रमवश गुटवाद र फुटवादको भ्रमजालमा अल्मलन पुग्नुभएको छ । यस अवसरमा ती मित्रहरुलाई पनि सिंगो लेसक संघमा आबद्ध हुन अपिल गर्दछौँ । लेखकहरुको ठूलो सङ्ख्या एकताको लागि समर्पित छ भने केही मित्रहरु मात्र फुटतिर लागि भ्रमको खेती गरि रहनु भएको छ। बहुमत सदस्य र अधिकांश केन्द्रीय सदस्य एकताका लागि कार्यरत हुनु हुन्छ लेखक साहित्यकारलाई भ्रम दिएर फुट र गुटको खेती गर्नेहरुका विरोधमा पनि हुनु हुन्छ । त्यसैले फुटवाद र गुटवादको विरोध गर्दै लेखकहरुको एकढिक्का एकता कायम गरौँ र नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनलाई अघि बढाउने कार्यमा समर्पित हुने सहिदहरु  कृष्णसेन इच्छुक, घनश्याम ढकाल, चुनु गुरुङ लगायतले देखाएको बाटोमा दृढतापूर्वक अघि बढौँ । क्रान्ति लहड वा आवेगको विषय नभएर आवश्यकताको विषय हो । जनताको मुक्तिको अभियान सकिएको छैन । पार्टीलाई सिध्याएर होइन बचाएर नै यो काम पूरा गर्न सकिने भएकाले सम्पूर्ण स्रष्टाहरुलाई पार्टीका विचार र आस्थामा दृढतापूर्वक उभिन  हार्दिक अनुरोध गर्दछौँ ।

                                                                                          रमेश प्रसाद भट्टराई
                                                                                          कार्यवाहक अध्यक्ष
                                           अखिल नेपाल लेखक संघ

====================================================================

====================================================================

अखिल नेपाल लेखक सङ्घको परिपत्र ०६७ पुस २४

केन्द्रीय समिति

श्री.................................।                                              
.......................................

विषयः– परिपत्र गरिएको बारे ।

अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिको पदाधिकारीहरुको बैठक यही ०६७ पुस २३ गतेका दिन सङ्घका अध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा बस्यो । उक्त बैठकले लिएका महत्वपूर्ण निर्णयहरूको जानकारी एवम् कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।

१) जनयुद्ध र जनआन्दोलनका महान् सहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरियो ।

२) सङ्घको राष्ट्रिय सम्मेलन यही माघ १५ र १६ मा गर्ने तयारी भएकोमा देशको राजनीतिक घटनाक्रमलाई मध्यनजरगरी पार्टी केन्द्रले आगामी जेठ मसान्तसम्मका लागि स्थगित गर्न निर्देशन दिएकाले अर्को सूचना नआएसम्मका लागि सम्मेलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

३) आन्दोलनलाई सहयोग पुग्नेगरी राज्यस्तरमा समसामयिक विषयमा विचार गोष्ठी तथा विधागत प्रशिक्षणहरु सन्चालन गर्ने ।

४) केन्द्रीय समितिबाट थालिएका अन्य कामहरुलाई निरन्तरता दिने ।

५) सङ्गठन सुद्रिढिकरण र विस्तार गर्ने ।

क्रान्तिकारी अभिवादन सहित

घनश्याम ढकाल
अध्यक्ष
अखिल नेपाल लेखक सङ्घ
केन्द्रीय समिति

==================================================================
==================================================================


अखिल नेपाल लेखक सङ्घको परिपत्र  ०६७ मङ्सिर २७

अखिल नेपाल लेखक सङ्घ
केन्द्रीय समिति

विषय :- परिपत्र
अध्यक्ष :- संयोजक,

... ... ... ... ... राज्य समिति ।

यही मङ्सिर २५ गतेका दिन अखिल नेपाल लेखक सङ्घको पूर्ण बैठक सङ्घका अध्यक्ष घनश्याम ढकालको अध्यक्षता र एकीकृत नेकपा माओवादीका पिविएम क.निनु चापागार्इं, महासङ्घ अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली को विशेष उपस्थितिमा बसी निम्न निर्णय लिएको छ । जानकारी एवम् दृढतापूर्वक क्रियान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
१. सर्वप्रथम बैठक आरम्भपश्चात् महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. बैठकमा महासचिव हिरामणि दुःखीले एजेण्डा प्रस्तुत गरेपछि बैठकलाई रिपोर्टिङको क्रमबाट अघि बढाइयो । रिपोर्टमा राज्य र जिल्लाहरूमा साहित्यिक गतिविधि सन्तोषजनक रहेको, कतिपय जिल्ला र राज्यमा पार्टी कमिटिसँग तालमेल मिलाउन अप्ठ्यारो भएको, आङ्गिक सङ्गठन र जबसहरू सापेक्षित स्वायत्त हुन नपाउँदा काम गर्न गाह«ो भएको निश्कर्ष रह्यो । तथापि पार्टीले सञ्चालन गरेका आन्दोलनहरूमा उल्लेख्य भूमिका निर्वाह गरेको, देशव्यापी सङ्गठनको आधार राम्रो बनेको निश्कर्ष रह्यो ।
३. यस अघि सङ्घको कार्यालय तथा सचिवालयबाट गरिएका सबै निर्णयहरूलाई अनुमोदन गरियो ।
४. सङ्घको कार्यकाल समाप्त भएको र बदलिँदो राजनीतिक परिवेशका सन्दर्भमा सङ्गठनलाई अझ व्यवस्थित, सङ्गठित र सङ्घर्षशील बनाउनुपर्ने आवश्यकता अनुरूप दोस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरियो । साथै यो केन्द्रीय समिति यथावत् रूपमा दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा बदल्ने निर्णय गरियो ।
५. सम्मेलनका कार्यक्रम निम्नानुसार रहेका छन् ।
क) सम्मेलन आगामी माग १५ र १६ गते काठमाडौंमा गर्ने ।
ख) राज्य र जिल्ला सम्मेलनहरू आवश्यक भएका क्षेत्रमा पुस महिनाभरि गरिसक्ने । अन्य ठाउँमा बैठक बसी सम्मेलनको कार्यक्रम अघि बढाउने ।
ग) सम्मेलनको नारा ः
राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणको लागि हाम्रो आन्दोलन !
जनताको न्यायपूर्ण विद्रोहको पक्षमा दोस्रो राष्ट्रिय सम्मेलन !!
घ) प्रतिनिधित्व
ष्। राज्यसमिति सदस्यहरू सबै,
ष्ष्। जिल्ला समिति भएका स्थानमा जिल्ला अध्यक्ष र सचिव वा संयोजकसहित सम्पूर्ण सदस्य सङ्ख्याको एकचौथाई प्रतिनिधि रहने । त्यसो गर्दा जिल्लामा सदस्यता वितरणको स्पष्ट बिबरण पेश गर्नुपर्नेछ ।
ष्ष्ष्। सम्मेलन प्रवेश शुल्क प्रति व्यक्ति रु.१५०÷–
ष्ख। नविकरण शुल्क रु.७५ र सदस्यता शुल्क विधान बमोजिम रहनेछ ।
सम्मेलनमा बस्ने, खाने व्यवस्था प्रतिनिधि स्वयम्ले गर्नुपर्नेछ ।
ङ) विभिन्न समितिहरू
ष्। प्रतिवेदन तथा विधान मस्यौदा समिति
संयोजक– घनश्याम ढकाल
सदस्यहरू– जगदीशचन्द्र भण्डारी, आर.पि. तिमिल्सिना, रमेश भट्टराई, हिरामणि दुःखी, भोगीराम चापालिङ ।
ष्ष्। व्यवस्थपन समिति
संयोजक– हिरामणि दुःखी
सदस्य ः खेम थपलिया, केशव सिलवाल, मित्रलाल पंज्ञनी, तिलक चामलिङ, मनोहर लामिछाने ।
ष्ष्ष्। आर्थिक समिति
संयोजक ः रमेशप्रसाद भट्टराई
सदस्य ः मनोहर लामिछाने, प्रभात साप्कोटा, विन्दा मैनाली, विष्णु भण्डारी, तेजविलास अधिकारी, सीता शर्मा, आर.सी. न्यौपाने, सत्य पहाडी, छायादत्त न्यौपाने ।
ष्ख। प्रचारप्रसार समिति
संयोजक ः भोगीराज चामलिङ
सदस्य ः खेम थपलिया, अशोक सुवेदी, राजकुमार कुँवर, धीरेन्द्र पे्रमार्षी, सङ्गीत श्रोता
ख। आर्थिक प्रस्तावमा, पदाधिकारीहरूले न्यूनतम ५–५ हजार चन्दा उठाउनु पर्नेछ भने प्रत्येक केन्द्रीय सदस्यहरूले न्यूनतम २ हजार चन्दा उठाउनु पर्नेछ ।
खष्। वितरण गरिएका सदस्यता तथा सहयोग रसीदको अर्धकट्टी सम्मेलन अगावै केन्द्रीय कार्यालयमा हिसाबसहित केन्द्रीय सदस्यहरूले बुझाउनु पर्नेछ । साथै सदस्यता र सहयोगबाट उठेको रकमको ६० प्रतिशत केन्द्रमा बुझाउनु पर्नेछ ।
अन्तमा, भावी जनविद्रोहको वातावरण निर्माण गर्न लेखक एवम् साहित्यकर्मीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न अग्रपङक्तिमा रहने प्रतिबद्धतासहित बैठक समापन गरियो ।


क्रान्तिकारी अभिवादनसहित
०६७ मङ्सिर २७
हिरामणि दुःखी
महासचिव

Monday, July 2, 2012

अखिल नेपाल जनकलाकार संघको प्रेस विज्ञाप्ती 2069-03-19


अखिल नेपाल जनकलाकार संघको प्रेस विज्ञाप्ती  2069-03-19

प्रेस विज्ञाप्ती   

यतिखेर एकीकृत नेकपा (माओवादी) पार्टीभित्रको जिवन्त वैचारीक अन्तर संषर्घको नाम दिदै एकथरी कथित क्रान्तिकारीहरु रुपमा जनपक्षीय तर सारमा जनतालाई घात गर्ने राजीनिमा लिप्त भई फुटको अवस्थासम्म पुगेको कुरा दिनको घाम झै छर्लङ्ग भएको असार गते देखि एकीकृत नेकपा (माओवादी) बाट सम्वन्ध विच्छेदको घोषणा गर्दे पार्टीभित्रका केहि गलत विचार राख्नेहरु मोहन वैद्यकिरणको नेतृत्वमा अलग स्थानमा पुगेका छन् जसले नेकपामाओवादी नाम दिएर नेपाली जनता, सहीद तथा वेपत्ता परीवार, घाइते तथा अपाड्डहरु आम पार्टीका कार्यकतामा भाग बण्डाको राजनीति गर्दै आमरुपमा भ्रम सिर्जना गर्ने अभियानमा लागी परेका छन् नेपाली जनताको विगत दश बर्षको न्यायपूर्ण जनयुद्ध जनआन्दोलनबा प्राप्त भएको शान्तिप्रक्रिया अनि यसबाट नेपाली जनताको चाहाना अनुरुपको नयाँ संविधान निर्माणका लागि चालीएका कदम माथि कुठराघात गर्ने काम पार्टी भित्रै जन्मीएको जडशुत्रीय संशोधनवादबाट भईरहेको बदलिदो राजनैतिक परिवेश अनुरुम ठोस रानैतिक परिवेशका साथ पार्टी, विचार कार्यदिशा विकसीत भईरहेको अवस्थामा जनताको अधिकार सम्पन्न व्यवस्था निर्माण गर्ने यात्रालाई गन्तव्यसम्म पु¥याउनुको साटो निरन्तर क्रान्ति जनविद्रोहको कथित नाम जपेर वाम लप्फाजीको मुकुण्डो प्रदर्शन गरीरहेको कुरा स्पष्ट उदाड्डो भएको
                पार्टी भित्र देखा परेको अन्तर संघर्ष नामको यो फुटवादी रवैयाले सांस्कृतिक क्षेत्रलाई पनि प्रत्यक्षरुपमा प्रभाव पारेको एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघमा सम्पूर्ण बर्चस्व भनेर कुर्लीदै आम जनमानसमा पार्न थालीएको गलत भ्रमपूर्ण कुप्रचार नकाम सिद्ध भएको यसका साथै महासंघका अन्य आंगीक संगठनहरु अखिल नेपाल लेखक संघ, अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल ललितकला संघ अखिल नेपाल जनकालाकार संघमा पनि फुटवादी चिन्तन प्रवृति विरुद्धको संकल्प बलियो रहेको पुष्टी भएको सांस्कृतिक क्षेत्रको एक महत्वपूर्ण क्षेत्र सांगीतिक क्षेत्रलाई नेतृत्व गर्ने महासंघको आंगीक संगठन अखिल नेपाल जनकलाकार संघमा पनि टुटफुटको  राजनीति गर्नेहरुले केही भ्रामकरुपमा प्रभाव पार्न खोजिरहेका छन् २०६५ सालमा भएको अखिल नेपाल जनकलाकार संघको प्रथम राष्ट्रिय सम्मेलन मार्फत एक सदस्य पछी थप्ने गरी ६३ सदस्सीय केन्द्रीय समिति निर्वाचित भएको थियो यतिखेर फुटवादीहरुबाट अखिल नेपाल जनकलाकार संघका सम्पूर्ण केन्द्रीय सदस्यहरु आफुतिर रहेको कथित  प्रचारवाजी गरीएको जसमध्ये ६० प्रतिशत केन्द्रीय कार्य समिति सवैजसो राज्य समितिका सदस्यहरु पार्टीको मुल पक्षसंग केन्द्रीत भई फुटवादी कतिथ चरम क्रान्तिकारी नामका लप्फाजीहरुको विरुद्धमा केन्द्रीत भएका छन् यो संवेदनशिल राजनैतिक  परिवेशमा जनताको पत्यक्ष भावनासंग पार्टीको वास्तविक योजनामा केन्द्रीकृत भई निरन्तर देश जनता प्रति समर्पित संस्कृतिकर्मीहरु संगीत क्षेत्रमा क्रियाशिल जनकलाकारहरु फुट परस्तहरुको भ्रममा नपरी एकतावद्ध भएको कुरा यस विज्ञप्ती मार्फत स्पष्ट गरीन्छ साथै आम जनसुमादाय तथा पार्टी कार्यकर्ताहरुमा फुटपरस्तहरुको भ्रममा नपर्न पनि हार्दिक अपिल गरिन्छ महान सर्वहारा सांस्कृतिक क्रान्तिको मूल्य मान्यता तथा निरन्तर क्रान्तिको उद्देश्यमा केन्द्रित हुनुपर्ने कुरा यो परिस्थितिको प्रधान मुद्दा हो एकीकृत नेकपा (माओवादी) को मुल राजनैतिक कार्यदिशा अखिल नेपाल जनकलाकार संघको संगठनात्मक नीति तथा कार्य योजनामा निरन्तर क्रियाशिल भई फुटको राजनीतिमा लागेर जनतावाट अलग हुन खोज्ने सांस्कृतिक कर्मीहरुलाई पनि एकतावद्ध भई निरन्तर जनताको पक्षमा क्रियाशील रहन यस विज्ञप्ती मार्फत अपिल गरीन्छ

..................
भीम कुमाखी
कार्यवाहक अध्यक्ष
अखिल नेपाल जनकलाकार संघ, केन्द्रीय समिति

Sunday, July 1, 2012

अखिल नेपाल ललितकला संघ

 अखिल नेपाल ललितकला संघ केन्द्रीय समितिको  प्रेस विज्ञप्ति - 2069-03-18


अखिल नेपाल ललितकला संघ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको आंगिक संगठन हो । हाम्रो गौरवशाली पार्टी एनेकपा (माओवादी) मा गत एक वर्षदेखि चल्दै आएको अन्तर्संघर्षमा पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा कथित क्रान्तिकारी विचार–समूहका नाममा पार्टीको आधिकारिक लाइन र संगठनका विरुद्ध ‘पार्टीभित्र पार्टी, योजनाभित्र योजना र संगठनभित्र संगठन’ भन्दै अत्यन्त अस्वस्थ अन्तर्संघर्षलाई अगाडि बढाइयो । यसै सन्दर्भमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको नेतृत्व तहमा रहेका केही कमरेडहरूले पार्टी मूल नेतृत्वप्रति लक्षित गर्दै अत्यन्त भद्दा र अश्लील गालीगलौज गर्दै आएको कुरा हामी सबैलाई थाहै छ । पार्टी एकतालाई अन्तिम क्षणसम्म बचाईराख्न पार्टीको संस्थापन पक्ष तथा पार्टी अध्यक्ष क. प्रचण्डले अत्यन्त धैर्यपूर्वक देखाएको सदाशयता र परिआए पार्टी अध्यक्षसमेत त्याग गर्ने घोषणालाई पूरै लत्याई यही वैद्य गुटले असारको पहिलो साता कथित राष्ट्रिय भेला भन्दै हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)बाट सम्बन्ध विच्छेद गरेको घोषणा गरेकाले हाम्रो संगठन अखिल नेपाल ललितकला संघ यस्तो फुटपरस्त गतिविधिको घोर निन्दा एवम् भ्रत्सना गर्दछ ।
हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी)ले लिएको कार्यनीतिप्रति अखिल नेपाल ललितकला संघ पूर्ण विश्वास व्यक्त गर्दछ र पार्टीको नेतृत्व पंक्ति, त्यसमा पनि अध्यक्ष क. प्रचण्डप्रति पूर्ण आस्था र विश्वास व्यक्त गर्दछ । हाम्रो संगठन अखिल नेपाल ललितकला संघका सत्प्रतिशत केन्द्रीय समिति सदस्यहरू मूलपार्टी वा संस्थापन पक्षमा रहेको बेहोरा अवगत गराउ“दै सम्पूर्ण ललितकलाकर्मीहरूलाई फुटपरस्त गतिविधिका कुनै पनि भ्रममा नपरी एकीकृत नेकपा (माओवादी) स“ग एकताबद्ध हुन अपिल गर्दछु ।

देवेन्द्र थुम्केली
अध्यक्ष
अखिल नेपाल ललितकला संघ
केन्द्रीय समिति

मिति  :- 2069-03-18

अखिल नेपाल चलचित्रकर्मी संघको प्रेस विज्ञप्ति -२०६९–०३–१७




अखिल नेपाल चलचित्रकर्मी संघको प्रेस विज्ञप्ति -२०६९–०३–१७


हाम्रो संगठन अखिल नेपाल चलचित्रकर्मी संघ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको आंगिक संगठन हो । हाम्रो गौरवशाली पार्टी एनेकपा (माओवादी) मा गत एक वर्षदेखि चल्दै आएको अन्तर्संघर्षमा पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा कथित क्रान्तिकारी विचार–समूहका नाममा पार्टीको आधिकारिक लाइन र संगठनका विरुद्ध ‘पार्टीभित्र पार्टी, योजनाभित्र योजना र संगठनभित्र संगठन’ भन्दै अत्यन्त अस्वस्थ अन्तर्संघर्षलाई अगाडि बढाइयो । यसै सन्दर्भमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको नेतृत्व तहमा रहेका केही कमरेडहरूले पार्टी नेतृत्व र त्यसमा पनि खासगरी अध्यक्ष क. प्रचण्डलगायतका कमरेडहरूप्रति लक्षित गर्दै अत्यन्त भद्दा र अश्लील गालीगलौज गर्दै आएको कुरा हामी सबैलाई थाहै छ । पार्टी एकतालाई बचाईराख्न पार्टीको संस्थापन पक्ष तथा पार्टी अध्यक्ष क. प्रचण्डले अत्यन्त धैर्यपूर्वक देखाएको सदाशयता र परिआए पार्टी अध्यक्षसमेत त्याग गर्ने घोषणालाई पूरै लत्याई यही वैद्य गुटले असारको पहिलो साता कथित राष्ट्रिय भेला भन्दै हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)बाट सम्बन्ध विच्छेद गरेको घोषणा गरेकाले हाम्रो संगठन अखिल नेपाल चलचित्रकर्मी संघ यस्तो फुटपरस्त गतिविधिको घोर निन्दा एवम् भ्रत्सना गर्दछ ।
हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी)ले लिएको कार्यनीतिप्रति अखिल नेपाल चलचित्रकर्मी संघ पूर्ण विश्वास व्यक्त गर्दछ र पार्टीको नेतृत्व पंक्ति, त्यसमा पनि अध्यक्ष क. प्रचण्डप्रति पूर्ण आस्था र विश्वास व्यक्त गर्दछ । हाम्रो संगठन अखिल नेपाल चलचित्रकर्मी संघमा रहेको ४५ जनाको केन्द्रीय समितिमा ४४ जना सदस्यहरू मूलपार्टी वा संस्थापन पक्षमा रहेको बेहोरा अवगत गराउ“दै सम्पूर्ण चलचित्रकर्मीहरूलाई फुटपरस्त गतिविधिको कुनै पनि भ्रममा नपरी एकीकृत नेकपा (माओवादी) स“ग एकताबद्ध हुन अपिल गर्दछु ।


शिवजी लामिछाने
अध्यक्ष
अखिल नेपाल चलचित्रकर्मी संघ
केन्द्रीय समिति

मिति  २०६९–०३–१७