Tuesday, March 19, 2013

एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघको झण्डा

सांस्कृतिक प्रतिरोध दिवस २०६९ चैत्र ५ गते

 काठमाडौं, २०६९ चैत ५ । एकीकृत नेकपा माओवादी सम्बद्ध एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघले आज प्रतिरोध दिवस मनायो। विक्रम संवत् २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घरमा सुतिरहेका ७ जना कलाकारहरुलाई प्रहरीले गोली हानी हत्या गरेको दिनको सम्झनामा एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघले हरेक बर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउने गरेको छ । कार्यक्रमको प्रमूख अतिथी  ए ने क पा (माओवादी) का वरिस्ठ केन्द्रिय सदस्य कृष्ण बहादुर महरा हुनुहुन्थ्यो भने विशेस अतिथी ए. ने. क. पा. (माओवादी) का वरिस्ठ केन्द्रिय सदस्य द्वय अग्नी सापकोटा र आहुती हुनुहुन्थ्यो । कार्यक्रम एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ, केन्द्रीय समितिका संयोजक मातृका पोखरेलको सभापतित्वमा  सम्पन्न भएको थियो। 

 अनेकोटमा २०६९ चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउने क्रममा .......

===================================================================
===================================================================

एनेकपा (माओवादी) को जनसांस्कृतिक महासंघको निमन्त्रणामा सोमबार काभ्रेको अनेकोट पुगियो । कमरेड शैलीमा आलु–काउलीको झोलिलो तरकारी र साँधेको गुन्द्रुकसँग एक थाल भात बजाइयो । लाइन लागेर आफ्नो थाल आफैँले माझियो । अनेकोट त्यही ठाउँ हो जहाँको दाहाल टोलमा माओवादी संस्कृति टोलीका सात कलाकार भित्र रहेको अवस्थामा बाहिरबाट प्रहरीले ताल्चा लगाएर घरमा आगो लगाए । आगोबाट बच्न निस्केका च्याङ्बा लामा, शारदा सापकोटालगायत सात कलाकारलाई गोली ठोकेर मारिदिए । त्यो घर अहिले भग्नावशेषमात्र छ । डेढ वर्षपछि सँगै जोडिएको घरका मालिक अर्जुन दाहाललाई सोही घटनाको सुराक गरेको आरोपमा माओवादीले मा¥यो । आँखामा असीम वैधव्यको वेदना झल्काउँदै उनकी पत्नी कालिकाले भनिन्, ‘मेरा जहानलाई बोल्नेसमेत मौका नदिई मझेरीमै गोली ठोकर मारे । कुरै नबुझी यसरी मान्छे मार्न पाइन्छ ?’ भिडन्तबाहेकका घटनाको छानबिन हुनैपर्छ । भविष्यमा बन्ने सत्य निरुपण आयोगले यी दुवै घटनामा गम्भीर ध्यान दिनु जरुरी छ ।
 
 आफ्नो  फेसबूकवालमा अभय श्रेष्ठको टिप्पणी  
 ============================================================
 ============================================================

एमाओवादीले आज साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै

janasanskritik

काठमाडौं,चैत ५ । एकीकृत नेकपा माओवादीले आज साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै छ । तत्कालीन नेकपा माओवादीका ७ जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेको दिनको स्मरणमा हरेक बर्ष चैत ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरिन्छ । २०५५ साल चैत ५ गते अनेकोटको एक घरमा बसिरहेकोबेला कलाकारहरु च्याम्बा लामा, निर्मला देवकोटा, गुम्बासीं तामाङ, मञ्जु कुवर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामालाई सुरक्षाकर्मीहरुले निर्ममतापूर्वक हत्या गरेका थिए । सोही दिनको स्मरणमा आज दिउँसो १ बजे काभ्रेको अनेकोटमा साँस्कृतिक कार्यक्रम तथा सहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको सामना परिवारका संयोजक भीम कुमाखीले जानकारी दिनुभयो ।

http://nayakhabar.com/?p=35506

=====================================================================
=====================================================================

घोराही, ३ चैत (युस)– एकीकृत अखिल नेपाल जनसांंस्कृतिक महासंघ दाङले चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउने भएको छ ।
२०५५ चैत ५ गते काभ्रेको अनेकोटमा हत्या गरिएका सांस्कृतिककर्मीहरुको सम्मानमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सो दिन ३ बजे घोराहीको तुलसीपुरचोकमा सांस्कृतिक प्रस्तुतिका साथै कवि गोष्ठी गरिने महासंघका यज्ञबहादुर डागीले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थितिका लागि उहाले सबैलाई आग्रह गर्नुभएको छ ।

http://nayayougbodh.com

===============================================================
===============================================================

काठमाडौं, चैत ५ । एकीकृत नेकपा माओवादी सम्बद्ध एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघले आज प्रतिरोध दिवस मनाउँदै छ । काभ्रेको अनेकोटमा आज विभिन्न कार्यक्रम गरी प्रतिरोध दिवस मनाउन लागिएको हो । कार्यक्रममा कवि गोष्ठी, साहित्यिक छलफल हुने जानकारी बताईएको छ । विक्रम संवत् २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घरमा सुतिरहेका ६ जना कलाकारहरुलाई प्रहरीले गोली हानी हत्या गरेको दिनको सम्झनामा माओवादीले हरेक बर्ष प्रतिरोध दिवस मनाउने गरिन्छ ।
 
http://nepaleverestnews.com/nep/?p=17640

=========================================================
=========================================================