Monday, September 1, 2014

"सामाजिक सञ्जाल र समाज" विषयमा संवाद कार्यक्रमको आयोजना

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिको आयोजनामा यही २०७१ साल भाद्र १६ गते काठमान्डूको अनामनगरमा "सामाजिक सञ्जाल र समाज " विषयमा संवाद कार्यक्रम सम्पन्न भयो । साहित्यकार एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका इन्चार्ज आहुतिले  सामाजिक सञ्जाललाई  जीवनमा कसरी उपयोगी बनाउने  भन्दै कार्यक्रमको आवश्यकताबारे प्रस्ट्याउनु भएपछि  साहित्यकार  एवं प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी , समाजशास्त्री सुरेश ढकाल, साहित्यकार झलक सुवेदी, लेखक राजेन्द्र महर्जन , साहित्यकार  गोपाल ठाकुर , लेखक एवं मजदूर नेता जय कार्की , कवि संगीतश्रोता, कवि राजु स्याङ्गतान,  सतिशराज मैनाली , देविका मिजार लगायतले सामाजिक सञ्जालले हाम्रो समाजलाई  पारेको प्रभावका बारेमा आ-आफ्ना धारणाहरू राख्नु भएको थियो।  उक्त कार्यक्रमको संचालन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक मातृका पोखरेलले गर्नु भएको थियो।