Wednesday, October 8, 2014

महोत्तरीमा "झोलामा पुस्तक अभियान"

एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघको आयोजनामा केही समय अघि सुरु भएको "झोलामा पुस्तक अभियान" काठमान्डू , चितवन  हुदै महोत्तरीको बर्दिबास पुगेको छ ।  महोत्तरी बर्दिबासका उत्साही साहित्यकारहरूको अगुवाईमा भएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकार बिरु बलम्पाकीले गर्नु भएको थियो।  साहित्यकारद्वय मदन प्रभात र इन्द्रराज लामाले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मातृका पोखरेल प्रमूख अतिथि हुनुहुन्थ्यो।  कार्यक्रमका विशेष अतिथिमा प्राज्ञ रमेश रंजन झा र वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल हुनुहुन्थ्यो।  वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको ओजपूर्ण मन्तव्य उपस्थीत श्रोताहरू मन छुन सफल थियो।  

हामी साथीहरुबीच आपसी भेटघाटमा औपचरिकताको लागि प्राय सञ्चै हुनुहुन्छ ? खाना खानु भयो ?? चिया खानु भयो ??? भन्ने जस्ता प्रश्न गर्ने गर्छौं । त्यस्ता प्रश्नसँगै अब हामी सबैले आपसी भेटघाटमा अर्को एउटा प्रश्न थपौं– अचेल कुन पुस्तक पढ्दै हुनुहुन्छ ? तपाईंको झोलामा कुन पुस्तक छ ?? कस्तो रहेछ त्यो कृति ??? महोत्तरीको बर्दिबासमा आज अखिल नेपाल लेखक संघ महोत्तरी जिल्ला समितिले आयोजना गरेको साहित्यिक गोष्ठीमा बोल्ने बरिष्ठ साहित्यकारहरुले यस्तै यस्तै आग्रह गरे । विषेश गरी राजनीतिक दलका केन्द्रीय स्तरका नेताहरुमा पढ्ने बानी छुट्दा राजनीतिमा विकृति वढेको उनीहरुको निष्कर्ष थियो ।