Wednesday, September 30, 2015

भारतीय हस्तक्षेप बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियान-१

मिति २०७२ साल असोज १३ गते रत्नपार्कको शान्तिवाटिकामा कविहरुले भारतले लगाएको नाकाबन्दीको बिरुद्धमा आ-आफ्ना कविता मार्फत भारतीय हस्तक्षेपको प्रतिरोधको आह्वान गरे। एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ लगायत चार साँस्कृतिक संगठनको संयुक्त मोर्चा "भारतीय हस्तक्षेपको बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियान" को आयोजनामा  आयोजित कार्यक्रममा भारतीय हस्तक्षेपको बिरुद्धमा  अभियानका संयोजक मणि थापाको मन्तव्य पश्चात कविहरु इश्वरचन्द्र ज्ञवाली , डा. जगदीशचन्द्र ज्ञवाली , मित्रलाल पंज्ञानी , बलराम तिमिल्सिना , केशव शिलवाल , राजु स्याङ्गतान,  पुण्य गौतम, गौरी दाहाल , आर. सी. नेउपाने , मुक्तान थेवा , केवल विनाबी , खोमा तरामु मगर, रामचन्द्र हुमागाईले कविता बाचन गर्नु भएको थियो। उक्त  कार्यक्रममा गायक धनु ग्याङमीले गीत प्रस्तुत गर्नु भएको थियो ।  राजु स्याङ्गतानले संचालन गर्नु भएको उक्त कार्यक्रममा इश्वरचन्द्र ज्ञवालीले  धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको थियो। धन्यवाद मन्तव्य पश्चात कार्यक्रमको समापन गरिएको  थियो। 

आगामी कार्यक्रम यही २०७२ असोज १५ गते ४ बजे पाटनको मंगलबजारमा आयोजना हुने जानकारी आयोजकहरुले उक्त कार्यक्रममा गराएका थिए। 





(कार्यक्रममा मन्तव्य राख्नुहुँदै अभियानका संयोजक मणि थापा )

























































पत्रपत्रिका / अनलाइनबाट 

======================

भारतीय नाकाबन्दी र सरकारी लाचारीविरुद्ध सडक कविता

असोज १४, काठमाडौं । अघोषित रुपमा भारतले गरिरहेको आर्थिक नाकाबन्दीको विरोधमा वामपन्थी संस्कृतिकर्मीहरूले सडक कविता अभियान सुरु गरेका छन् । अभियानको पहिलो दिन राजधानीको शान्ति वाटिकामा बुधबार विभिन्न कविहरूले भारतीय सत्ताको प्रभुत्वका विरुद्धमा कविता वाचन गरेका हुन् ।
साम्राज्यवादी हस्तक्षेविरोधी कविता पढ्दै कवि मित्रलाल पंज्ञानी । तस्विर : केवल बिनाबी ।
साम्राज्यवादी हस्तक्षेविरोधी कविता पढ्दै कवि मित्रलाल पंज्ञानी । तस्विर : केवल बिनाबी ।
‘भारतले नेपालमाथि गरिरहेको नाकाबन्दीको प्रतिरोध गर्नका लागि हामीले भारतीय शासक वर्गले प्रचारप्रसार गर्ने सांस्कृतिक उत्पादनलाई नेपालमा बहिष्कार गर्नुपर्छ भन्ने अभियान चलाउन खोजेको हौँ’, कवि, संगीतकार तथा अभियानका संयोजक मणि थापाले बताए ।
‘भारतीय हस्तक्षेपविरुद्ध कविताका स्वरहरू’ नाम दिइएको अभियानमा भारतीय नाकाबन्दीका विरुद्धमा कविहरूले राष्ट्रिय भावना र देशप्रेमका कविता सुनाएका थिए । कविहरू र्इश्वरचन्द्र ज्ञवाली, डा। जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, बलराम तिमिल्सिना, केशव शिलवाल, पुण्य गौतम, गौरी दाहाल, राजु स्याङ्गतान, आरसी नेउपाने, मुक्तान थेवा, केवल विनाबी, खोमा तरामु मगर, रामचन्द्र हुमागाईले कविता बाचन गरेका थिए ।
भारतीय हस्तक्षेपको विरोध सँगसँगै जनताका दैनिक जीवनका समस्याप्रति असंवेदनशील बनेको सरकारी लाचारीविरुद्ध पनि यो कविता अभियान रहेको कवि केशव सिलवालले बताए । भारतीय हस्तक्षेपको बिरुद्ध स्रष्टाहरूको अभियानका संयोजक मणि थापाको मन्तव्यबाट सुरुभएको कार्यक्रममा ईश्वरचन्द्र ज्ञवालीले धन्यवाद ज्ञापन र कवि राजु स्याङ्गतानको उद्घोषण, गरेका थिए ।
नेपालको माओवादी आन्दोलनसँग वैचारिक निकटता राख्ने जनसांस्कृतिक संगठनहरूले निर्माण गरेको ‘भारतीय हस्तक्षेपको विरुद्ध सांस्कृतिककर्मीहरूको संयुक्त अभियान’ नामको मोर्चाले कार्यक्रम आयोजना गरेको थियो । मोर्चामा एमाओवादीसम्बद्ध एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, नेकपा–माओवादीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ, नेकपा माओवादीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ र क्रान्तिकारी कम्युनिस्ट पार्टीसम्बद्ध क्रान्तिकारी सांस्कृतिक संघ रहेका छन् ।
अर्को कार्यक्रम आउँदो असोज १५ गते ४ बजे पाटनको मंगलबजारमा हुने एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक मातृका पोखरेलले मूल्याङ्कन अनलाइनलाई बताए ।


http://emulyankan.com बाट साभार 



====================================================
====================================================


चार साँस्कृतिक संगठनको संयुक्त बक्तव्य