Thursday, October 8, 2015

भारतीय नाकाबन्दीको बिरुद्धमा



Sunday, October 4, 2015

भारतीय हस्तक्षेप बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियान-३

भारतीय हस्तक्षेपको बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियानको तेश्रो कार्यक्रम आज २०७२ साल असोज १७ गते काठमान्डू रत्नपार्कको शान्तिबाटिकामा आयोजना गरियो । भारतीय हस्तक्षेपको बिरुद्धमा कविहरुले ब्यानरमा कविता लेखेर भारतले लगाएको नाकाबन्दीको बिरुद्धमा आ-आफ्ना सिर्जना मार्फत बिरोध गरे। एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ लगायत चार साँस्कृतिक संगठनको संयुक्त मोर्चा "भारतीय हस्तक्षेपको बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियान" को आयोजनामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन बैध्य 'चैतन्य' प्रमुख अतिथि हुनुहुन्थ्यो । सोही कार्यक्रममा अर्का वरिष्ठ साहित्यकार दिनानाथ शर्मा विशिष्ठ अतिथि रहनुभएको थियो । प्रमुख अतिथि र विशिष्ठ अतिथिले व्यानरमा कविता लेखेर कार्यक्रमको आरम्भ गर्नुभएको थियो । अभियानका संयोजक कवि मणि थापा, ईश्वरचन्द्र ज्ञवाली , डा. जगदीशचन्द्र भण्डारी ,अविनाश श्रेष्ठ , मातृका पोखरेल , बलराम तिमिल्सिना , सरिता तिवारी ,  हिरामणि दुखी , कृष्ण प्रसाई , उमानाथ रिजाल, चेतनाथ धमला , उमा मिश्र आदिले सेतो व्यानरमा कविता लेखेर भारतीय हस्तक्षेपको बिरोध जनाएका थिए । उक्त कार्यक्रममा कविहरु मातृका पोखरेल, बलराम तिमिल्सिना, चेतनाथ धमलाले भारतीय हस्तक्षेपको बिरुद्धमा कविताहरु प्रस्तुत गरेका थिए। । बलराम तिमिल्सिनाले संचालन गर्नु भएको उक्त कार्यक्रममा बाटो हिड्ने यात्रुहरुले कविता लेखेर कार्यक्रमको पक्षमा एक्यबद्धता जनाएका थिए ।