Monday, September 19, 2016

प्रेस विज्ञप्ति




Saturday, September 10, 2016

सांस्कृतिक महासंघको कार्यवाहक अध्यक्षमा कवि शर्मा

जनसांस्कृतिक महासंघको एकता सम्मेलन भदौ ३० मा


 सीता शर्मा




एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको कार्यवाहक अध्यक्षमा कवि सीता शर्मा चयन भएकी छिन्। महासंघको पदाधिकारी बैठकले उपाध्यक्ष शर्मालाई कार्यवाहक अध्यक्ष चुनेको हो।
यसअघि तत्कालीन अध्यक्ष गणेश भण्डारीले नैतिकताका आधारमा दिएको राजीनामा बैठकले स्वीकृत गरेको महास‌ंघका महासचिव सरल सहयात्रीले बताए।

जनसांस्कृतिक महासंघको एकता सम्मेलन भदौ ३० मा

यसैबीच एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ र अखिल नेपाल जनसांस्कृतिक महासंघबीच एकता हुने भएको छ।
भदौ ३० गते काठमाडौंमा दुई महासंघ लगायत अन्य सांस्कृतिक संगठनसम्बद्ध संस्कृतिकर्मीबीच पनि एकता हुने बताइएको छ।
‘समाजवादी सांस्कृतिक आन्दोलनप्रति प्रतिबद्ध संस्कृतिकर्मीहरु सम्बद्ध संगठनहरुबीच एकता हुन लागेको हो,’ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव सहयात्रीले भने, ‘हामीले एकता भेला काठमाडौंमा गर्ने निर्णय गरेका छौँ।’
महासचिव सहयात्रीले महासंघसँगै अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल ललितकला संघ, अखिल नेपाल चलचित्रकर्मी संघ र अखिल नेपाल नाट्यकर्मी संघको पनि एकता हुने बताए।

http://nepalkhabar.com बाट साभार 
प्रकाशत २५ भदौ २०७३, शनिवार

गणेश भण्डारीद्वारा अध्यक्ष पदबाट राजिनामा


२०७३ वैशाख २४ र २५ गते काठमाडौंमा सम्पन्न भएको एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित गणेश भण्डारीले सो पदबाट राजिनामा दिएका छन् ।

सांस्कृतिक विचलन देखिएकाे राजधानीको एउटा घटनामा माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल र बलराम तिमिल्सिनाको  दुई सदस्यीय छानबिन समितिले भण्डारीमा सांस्कृतिक विचलन देखिएकाे भन्दै पार्टीमा कारवाहीकाे लागि सिफारिस गरेको थियो । अध्यक्ष  गणेश भण्डारीले  नैतिकताका आधारमा दिएको राजीनामा बैठकले स्वीकृत गरेको महास‌ंघका महासचिव सरल सहयात्रीले बताए।

खबर स्रोत
http://nepalkhabar.com




सन्दर्भित  समाचार 
-----------------------