Sunday, April 2, 2017

इन्द्रेणी साँस्कृतिक समाजको २९ अाैँ वार्षिकोत्सब सम्पन्न ।

इन्द्रेणी साँस्कृतिक समाजले आफ्नो २९ अाैँ वार्षिकोत्सब  सहिदहरुको सम्मानमा  श्रद्धान्जली स्वरुप  साँस्कृतिक कार्यक्रम गरेर सम्पन्न  गरेको छ । २०७३ साल चैत २० गते किर्तिपुरमा इसासले समाजका अध्यक्ष वीर प्रसाद भन्सारीको सभापतित्वमा सम्पन्न गरेको उक्त कार्यक्रमको प्रमुख अतिथी माननीय सांसद श्याम श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा पूर्व राज्यमन्त्री दिलिप महर्जन, माओवादी केन्द्रका नेता शम्भु महर्जन लगायत नेताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो । कविहरु राजभाई जकमी, मातृका पोखरेल लगायतले कविता बाचन गर्नुभएको उक्त कार्यक्रममा बिभिन्न सांस्कृतिक समूहहरुले गीत प्रस्तुत गरेका थिए । 




=======================================================