Monday, June 12, 2017

धर्म र नेपाली कम्युनिस्ट - अाहुति


ahuti_article

१. विषय प्रवेश
मानव जगतमा दुई विश्वदृष्टिकोण छन् । चेतना (प्रत्यय) लाई प्राथमिक मान्ने प्रत्ययवाद र पदार्थलाई प्राथमिक मान्ने भौतिकवाद । परिवर्तनको श्रोत पदार्थभन्दा बाहिर खोज्ने अतिभूतवाद र परिवर्तनको श्रोत पदार्थभित्र नै खोज्ने द्वन्द्ववाद । समष्टिमा अतिभूतवादी प्रत्ययवाद र द्वन्द्वात्मक भौतिकवाद । सबै धर्महरु मूल रूपमा अतिभूतवादी प्रत्ययवादको दार्शनिक मान्यताको जगमा उभिएका हुन्छन् । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आविष्कारसहित कम्युनिस्ट आन्दोलनको जन्मभन्दा पहिले भएका सबैप्रकारका राजनीतिक आन्दोलनहरुले विश्वदृष्टिकोणमा परिवर्तनको मुद्दा उठाएका थिएनन् । तर कम्युनिस्ट आन्दोलन एउटा यस्तो राजनीतिक आन्दोलनका रुपमा उपस्थित भयो जसले हजारौं मतहरुमा व्यक्त अधिभूतवादी प्रत्ययवादका विरुद्ध चुनौती दियो । यस अर्थमा कम्युनिस्ट आन्दोलन सारतत्वमा विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन बन्न पुग्यो । धर्म विश्व दृष्टिकोणसँग सम्बन्धित मुद्दा भएकाले कम्युनिस्ट आन्दोलन सबै धर्मको विरुद्धमा पनि स्वतः उभिन पुग्यो ।
वेदका रचनाकारहरु त्यसबेलाका महान् मानिसहरु थिए । ठाउँपिच्छे देवता जन्मिने परम्परालाई तोडेर मूर्ती पूजाको विरोध गर्ने गौतम बुद्ध, एक अल्लाहको धारण ल्याउने मोहम्मद अनि मालिकलाई मात्र ईश्वरको आशीर्वाद मिल्छ भन्ने मान्यताका विरुद्ध इश्वरको नजरमा सबै बराबर भन्ने इसामसिह वास्तवमा आफ्नो जमानाका महान् क्रान्तिकारीहरु नै थिए । मानव जातिको दुःखलाई कम गर्न धर्ती, हावा, पानी, अग्नि आदिलाई खुसी पार्न पूजा गर्ने प्राकृत धर्मीका प्रथम नायकहरु आफ्नो जमानाका महान् मानवसेवी नै थिए ।
इतिहासका सबै वर्गसंघर्ष, उत्पादनका लागि भएका संघर्ष र वैज्ञानिक प्रयोगको अनुभवको सार खिच्न सक्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दार्शनिक हतियारद्वारा सुसज्जित मानव जातिको अन्तिम शोषित तर क्रान्तिकारी वर्ग हुनुको नाताले सर्वहारा वर्गका अगाडि एकातिर आफूसहित सबै उत्पीडित वर्ग र समुदायलाई मुक्त गर्ने अभिभारा छ भने अर्कोतिर मानव जातिले आर्जन गरेका समस्त संस्कृतिले मानवजातिको लागि गरेको सेवा र हानीको मूल्याङकन गरी मानव जातिको सबै पुस्तालाई यथोचित न्याय गर्नुपर्ने, न्यायाधीशको भूमिका खेल्नुपर्ने अभिभारा पनि छ । यो दोस्रो अभिभारा पूरा गर्ने क्रममा कम्युनिस्टहरुले आफूलाई परम्परागत नास्तिकभन्दा पृथक् रुपमा प्रस्तुत गरे । कम्युनिस्टहरु दृढतापूर्वक धर्मको विरुद्धमा उभिए तर धर्महरुले आफ्नो शैसवकालमा वा अन्य बेला खेलेका क्रान्तिकारी भूमिकाहरुलाई पनि उचित मूल्याङ्नक गरी स्वीकार गरे । वेदका रचनाकारहरु त्यसबेलाका महान् मानिसहरु थिए । ठाउँपिच्छे देवता जन्मिने परम्परालाई तोडेर मूर्ती पूजाको विरोध गर्ने गौतम बुद्ध, एक अल्लाहको धारण ल्याउने मोहम्मद अनि मालिकलाई मात्र ईश्वरको आशीर्वाद मिल्छ भन्ने मान्यताका विरुद्ध इश्वरको नजरमा सबै बराबर भन्ने इसामसिह वास्तवमा आफ्नो जमानाका महान् क्रान्तिकारीहरु नै थिए । मानव जातिको दुःखलाई कम गर्न धर्ती, हावा, पानी, अग्नि आदिलाई खुसी पार्न पूजा गर्ने प्राकृत धर्मीका प्रथम नायकहरु आफ्नो जमानाका महान् मानवसेवी नै थिए ।
विश्वका सबैखालका क्रान्तिकारीहरु बीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्न परिरहेको छ
आफ्नो समयको सापेक्षित अज्ञानता, सृष्टि र जीवन–जगत्का नियमहरुको उत्तर खोज्ने प्रयत्न र मानवजातिमाथि आइरहने प्राकृतिक अनिष्टको प्रकोपबाट हुने पीडालाई राहत दिने सदिक्षाको जगमा नै मानिसले फरक फरक भूगोलमा फरक फरक प्रकार र नामका अलौकिक शक्ति वा ईश्वरलाई जन्म दिन पुग्यो । ईश्वर वास्तवमा अज्ञानी मानिसले आफ्नो दिमागभित्रबाट जन्माएको प्यारो सन्तान नै थियो । त्यो अज्ञानी मानवले आफ्नो त्यो सन्तानलाई यति धेरै प्रेम गर्यो कि आफैंले जन्माएको सन्तान ईश्वरको आफू सन्तान हुँ भनी स्वीकार गर्यो । यसरी आदीमकालमा ईश्वरको आविष्कार र शैशवकालीन धार्मिक मूल्यमान्यताहरु सारमा मानवजातिको सेवाकै लागि रचना गरिएका थिए तर वर्गसमाजको उत्पत्तिसँगै ती सबै दयालु अलौकिक शक्ति वा ईश्वर र मानव सेवा गर्ने मूल्य मान्यताहरु वर्गीय बन्न थाले र शोषकवर्गले ईश्वरलाई एवं धार्मिक मतलाई शोषित वर्गका विरुद्ध गतिलो हतियारका रुपमा प्रयोग गर्न सुरु गर्यो । त्यसै गरी शासक र शोषक वर्गले मुठ्याएको ईश्वर र धर्मसँग विद्रोह गरेर नयाँ ईश्वर र नयाँ धार्मिक मतहरु जन्मिने प्रक्रिया पनि लगातार चल्यो । त्यही क्रममा जन्मिएका हुन् बौद्ध मत, इस्लाम र इसाई मत आदि । ती मतहरुले तबसम्म विद्रोही र क्रान्तिकारी भूमिका खेले जबसम्म ती मतहरु शासक एवम् शोषकवर्गको कब्जामा परेनन् । यसरी के प्रष्ट देखिन्छ भने शासक एवम् शोषक वर्गको कब्जामा परेपछि सबै ईश्वर र सबै धर्महरु जनविरोधी बन्न पुगे । श्रमजीवी वर्गमाथि शोषण गर्ने गतिलो वैचारिक हतियार बन्न पुगे ।
शासक र शोषक वर्गले मुठ्याएको ईश्वर र धर्मसँग विद्रोह गरेर नयाँ ईश्वर र नयाँ धार्मिक मतहरु जन्मिने प्रक्रिया पनि लगातार चल्यो । त्यही क्रममा जन्मिएका हुन् बौद्ध मत, इस्लाम र इसाई मत आदि । ती मतहरुले तबसम्म विद्रोही र क्रान्तिकारी भूमिका खेले जबसम्म ती मतहरु शासक एवम् शोषकवर्गको कब्जामा परेनन् । यसरी के प्रष्ट देखिन्छ भने शासक एवम् शोषक वर्गको कब्जामा परेपछि सबै ईश्वर र सबै धर्महरु जनविरोधी बन्न पुगे । श्रमजीवी वर्गमाथि शोषण गर्ने गतिलो वैचारिक हतियार बन्न पुगे ।
आजको २१औं शताब्दीमा पनि विश्व साम्राज्यवादले धर्मलाई सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्तिलगायतका सबै प्रकारका आन्दोलनलाई रोक्ने हतियारका रुपमा प्रयोग गरिरहेको छ । विश्वका सबैखालका क्रान्तिकारीहरु बीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्न परिरहेको छ । यसप्रकारको स्थितिमा कम्युनिस्ट आन्दोलनले धर्मबारे निकालेका निष्कर्ष नेपालमा कसरी लागू भए र गर्ने भन्ने विषयमा छलफल चलाउनु निकै सान्दर्भिक र महत्वपूर्ण छ ।
२. नेपालमा धर्म
(क) नेपालमा धेरै अन्य विषयको जस्तै धर्मको इतिहास पनि आधिकारिक रुपमा पाइन्न । धर्मको इतिहासको अध्ययन गर्न विभिन्न ग्रन्थ, जातक, वंशावली, इतिहास र समाजशास्त्रका छरिएर रहेका पुस्तकहरुको सहारा लिनुपर्ने अवस्था छ । आजको नेपालको लुम्बिनीमा बौद्ध धर्मको जग बसालिएको यथार्थ प्रमाणित छ । बौद्ध मत वज्रयान, हीनयान, महायान आदिमा विकसित हुँदै गएपछि नेपालभित्रै फरक फरक बौद्ध मतभित्रकै सम्प्रदाय विकसित भएको देखिन्छ । त्यसमध्ये पनि तामाङ जातिले अभ्यास गर्दै आएको बौद्धमत नेपालबाट तिब्बत–चीन पुगेर थप नयाँ ढाँचामा ढालिएर फेरि नेपाल फर्किएको देखिन्छ । प्रकृतिपूजक हुँदै मुन्धुमसम्म विकसित किरात धर्मको उत्पत्ति हिमालयखण्ड अर्थात् आजको नेपालभित्र नै भएको कुरामा धेरैले विमति राख्दैनन् । मूलतः प्रकृति पूजकका रुपमा रहेका विभिन्न जनजातिका धार्मिक मतहरु पनि मूलतः नेपालभित्रै जन्मिएका भनी स्वीकार गर्न कुनै तथ्यले छेक्दैन । गौतम बुद्ध कालमै जन्मिएको मानिएको तथा गौतम बुद्ध र महावीरको बास एक पटक एक रात एकै स्थानमा भएको बौद्ध कथामा उल्लेख भएको कुरालाई हेर्दा जैन धर्म पनि नेपाल र हिन्दुस्तानको यसै सेरोफेरोमा जन्मिएको सजिलै मान्न सकिन्छ । यसरी के देखिन्छ भने नेपालभित्र र बौद्धकालदेखि जन्मिएका धार्मिक मतहरुमा वर्णव्यवस्था, जातपात, छुवाछुतजस्ता कुनै चीज थिएन, ती समतामूलक स्वभावका धार्मिक मतहरु थिए ।
(ख) नेपालको पश्चिम पहाडमा ई.सं.को पहिलो शताब्दीतिरै उत्तरबाट आइपुगेका मानिएका मतवाली खस मस्टो अर्थात् कुलदेवता पूजक थिए । उनीहरु हिन्दूधर्मी थिएनन् । जब १२औंदेखि १६औं शताब्दीका बीचमा भारतबाट पूर्ण विकसित हिन्दू धर्मसहित वैदिक आर्यहरु पश्चिमबाट नेपाल भूमिमा प्रवेश गर्न सुरु गरे, त्यसपछि नै पश्चिम नेपालमा हिन्दू धर्म आइपुगेको र मस्टोपूजक खसलाई पनि हिन्दूकरण गर्ने प्रक्रिया चलेको हो । तिनै पश्चिम नेपालबाट प्रवेश गरेका वैदिक आर्यहरुको राज्य विस्तार हुँदै गोरखासम्म पुगेको मानिन्छ । अर्कातिर नेपालको तराईखण्डमा भारतबाट हिन्दूधर्मीय मानिसहरु उत्तरतिर सर्दै आउने क्रममा आइपुगेको देखिन्छ । वागमती उपत्यकामा भने भारतको वैशालीबाट आएका हिन्दू धर्मीय लिच्छवीले इ.सं. २०० मा किराँत राज्यमाथि विजय पाएपछि नै हिन्दू धर्मको व्यवस्थित सुरुआत गरेको देखिन्छ । त्यसपछि सन् ८७९ मा भारतबाट आएका हिन्दू मल्लहरुले लिच्छवी शासनको अन्त्य गरेपछि हिन्दू परम्परालाई अझ नयाँ उचाइमा विकसित गर्दै लगेको प्रस्ट छ । वागमती उपत्यकाको विशेषतः नेवार जातिभित्र विभिन्न समुदाय कुन धर्मको नजिक  छ भनेर जान्न उसले पुरेत कुन धर्मको राख्छ भनी बुझ्नुपर्ने जटिलता छ किनभने बौद्ध, किराँत र हिन्दू अनुष्ठानहरु सबैजसोले गरिरहेको भेटिन्छ । नेपालमा इस्लामहरु दुई तरिकाले आइपुगेको देखिन्छ । एउटा भारतीय भूमिबाट इस्लाम धर्मीय समुदाय उत्तरतिर सर्ने क्रममा नेपालको तराईका विभिन्न भूभागसम्म आइपुगे, अर्को मल्ल कालमा चुरा–पोते आदि श्रृङ्गारका सामानको व्यापार गर्न कास्मिरबाट झिकाएर वागमती उपत्यकामा बसालियो, त्यसै गरी त्यही व्यापारका सिलसिलामा विभिन्न पहाडी वस्तीमा बस्न पुगे । यसबाहेक शिख धर्मीहरुचाहिँ सबैभन्दा पछि भारतबाट तराईका केही शहरमा र त्रिभुवन राजपथ खुलेपछि ड्राइभर पेसा गर्दै केही काठमाडौंमा आएर बस्न पुगे । इसाई धर्मचाहिँ मल्लकालमा नै आइपुगेको इसाइहरु बताउँछन् तर पृथ्वीनारायण शाहको शासन सुरु भएपछि उनीहरुलाई देशनिकाला गरिएको र नभाग्नेलाई फाँसी दिएको भन्ने भनाई इतिहासकारहरुले बताएका छन् । आजका इसाईधर्मीहरुचाहिँ दोस्रो विश्वयुद्धपछि अमेरिका, बेलायतजस्ता देशले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा काम गर्न भनी पठाएका विभिन्न मिसनहरुले चलाएका अभियानबाट प्रभावित भएर इसाई धर्म ग्रहण गरेका हुन् ।
(ग) असली हिन्दूस्तान बनाउने योजनाअनुसार पृथ्वीनारायण शाहले थालेको गोरखा राज्यको विस्तार अभियानको सफलतापछि बनेको नेपालमा हिन्दूधर्म स्वतः राजकीय धर्म बन्न पुग्यो र गैरहिन्दूलाई हिन्दूकरण गर्ने, हिन्दू धर्मका आधारमा नीतिनियम कानुन, आदेश फर्मान जारी हुने क्रम तीव्र पारियो । वर्णव्यवस्था मान्न र छुवाछूत गर्न गैरहिन्दूलाई पनि प्रशिक्षित गरियो । सिंगै नेपालमा शाह–राणा वंशको शासनकाल सुरु भएपछि पुरानो परम्परागत वर्गसंरचनालाई भत्काएर क्रमशः हिन्दूधर्मको वर्णव्यवस्थाअनुसारको तहगत संरचनामा आधारित वर्गीय समाज निर्माण गरियो । वास्तवमा नेपालमा वर्गीय समाज वर्णव्यवस्थाको तहअनुसार निर्माण हुनपुग्यो । जति तल्लो जात उति तल्लो वर्ग, जति माथिल्लो जात उति माथिल्लो वर्ग । संसारमा अन्त कतै नभएको केवल वर्णव्यवस्था भएको दक्षिण एसियामा मात्र भएको वर्गीय समाजको मोडल सिंगै नेपालमा पृथ्वीनारायण शाहको शासनकालपछि लागू गरिएको हो । यसर्थ, नेपालमा हिन्दू धर्मले, अरु धर्मले अरु समाजमा पार्ने नकारात्मक प्रभाव मात्र पारेको छैन, बरु यसले वर्गसमाज नै नयाँ ढंगले संरचना गरेको यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्नु जरुरी छ । जतिजति हिन्दू धर्मलाई लागू गरियो त्यतित्यति महिला उत्पीडन बढ्दै गयो, त्यतित्यति दलित उत्पीडन बढ्दै गयो । जनजाति माथि ‘नमासिन्या मतवाली’ भनेर दोस्रो दर्जाको रैती बनाउने काम हिन्दू उच्चजातीय मान्यताबाहेक अरु केही थिएन भन्ने प्रष्टै छ । यसरी आधुनिक नेपालसम्म आइपुग्दा नेपाल एकातिर थुप्रै धर्महरुको माखेसाङ्लोमा अल्झिएको र हिन्दू धर्मले अरु सबै धर्ममाथि दमन गरिरहेको समाजको रुपमा देखापर्यो ।
३. नेपाली कम्युनिस्ट आन्दोलन र धर्म
(क) धर्म र नेपाली कम्युनिस्ट नीति
कार्लमाक्र्सले एउटा महान् संश्लेषण गर्नुभएको थियो, ‘धर्म मानिसको लागि अफिम हो ।’ नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको नीति यही वाक्यका वरपर यहाँसम्म कि यो वाक्यको भित्री तहसम्म समेत पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ । नेपालमा धेरैजसो कम्युनिस्टले यो वाक्यको अर्थ कसरी बुझेका छन् भने अफिम लठ्याएर बेहोस बनाउने लागू औषध हो, त्यसैले यसलाई प्रयोग गर्न हुँदैन, धर्म पनि त्यस्तै लागू औषध हो । माक्र्सको अभिप्राय त्यो होइन । त्यतिबेला असाध्य रोग लागेकाको शारीरिक पीडा कम गर्न कुनै ‘पेन किलर’ औषधि बनेको थिएन, त्यसकारण त्यतिबेला त्यस्ता रोगीको पीडालाई भुल्याउन अफिम सेवन गराइन्थ्यो । यस अर्थमा माक्र्सको अभिप्राय के थियो भने पीडाग्रस्त मानिसलाई गलत तरिकाले नै भए पनि धर्मले अफिमले जसरी पीडाबाट छुटकारा दिने गरेको छ । माक्र्सले धर्मलाई गलत भन्नुभयो साथमा धर्मले नकारात्मक ढंगले पारेको सकारात्मक प्रभावको पनि शानदार ढंगले उजागर गर्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनले धर्मलाई गलत र यसको विरोध गर्नुपर्दछ भन्ने अत्यन्त सरलीकृत नीति मात्र अघि सारेको देखिन्छ । धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित विश्वदृष्टिकोण परिवर्तनको अभियानसँग गाँसेर यसबारे गम्भीर नीति अघि सारेको देखिँदैन । नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको अर्को नीति के थियो भने राज्य धर्मनिरपेक्ष हुनुपर्छ । ५० को दशकभन्दा अघिसम्म त कम्युनिस्ट आन्दोलन केवल धार्मिक स्वतन्त्रताको मात्र वकालत गथ्र्यो, त्यसपछि भने धर्मनिरपेक्षताको पक्षमा उभिन थाल्यो । हिन्दू धर्म नेपालमा शासक धर्म रहिआएकोले मुख्य प्रहारको निशाना हिन्दू धर्मले सिर्जना गरेका उत्पीडनलाई नै बनाउनु ठीक थियो तर यो द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माणको प्रश्नसँग सम्बन्धित भएकाले हिन्दूबाहेकका अन्य धर्मको जनविरोधी मानवविरोधी चरित्रमाथि पनि प्रहार गरिनुपर्दथ्यो । त्यसोचाहिँ हुन सकेन । केवल हिन्दू धर्म मात्रै गलत भए जस्तो, अरु धर्मप्रति भने उदारता अपनाएजस्तो कम्युनिस्ट आन्दोलनको नीति रह्यो, जुन त्रुटीपूर्ण छ ।

(ख) नेपाली कम्युनिस्टको व्यवहार र धर्म
नेपाली कम्युनिस्ट आन्दोलनमा रहेको धर्मबारे घनिभूत, व्यापक र दूरगामी रणनीतिको अभावका कारणले धर्मबारे नेपाली कम्युनिस्टको व्यवहार मूलतः ढोंगी र अवसरवादी प्रकारको रहन गएको छ । धर्मको विरोध वामपन्थी बालरोग जसरी चर्को रुपमा प्रकट हुने, त्यसपछि समयक्रमसँगै महादेवको तस्वीर कोठामा टाँस्नेस्तरमा एक सय असी डिग्री फन्को मार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा हुनु धर्मबारेको छिपछिपे बुझाइका आधारमा गरिएको विरोध बाहेक केही होइन । कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म कुनै न कुनै रुपमा जातपात कायम रहनु, महिलालाई दोस्रो दर्जाकै व्यवहार गरिनु अनि भाषण गर्दा धर्मको विरोध तर जनै लगाउन नछोड्नु, तामाङ नेता भए स्वयम्भूमै जलाउनु पर्ने, हिन्दू भए पशुपतिमै लाँदा राम्रो मान्नु, घरभित्र सबै धार्मिक अनुष्ठान तर बाहिर परिवारले मान्दैनन् भनी उम्किनु, भूमिगत होउन्जेल दशैंको विरोध तर खुला भएपछि सबैभन्दा ठूलो टीका उनकै निधारमा– यी र यस्ता प्रशस्त व्यवहारहरु छन् नेपाली कम्युनिस्टका जसले धर्मबारेको उनीहरुको उद्घोष वास्तवमा ढोंग पाखण्ड बाहेक अरु केही थिएन भन्ने प्रष्ट हुन्छ । करिब साढे ६ दशकको कम्युनिस्ट आन्दोलनमा पैदा भएका अत्यन्त थोरै नेता कार्यकर्तामात्र धर्मसँग सम्बन्ध विच्छेद गरेका पाइनु भनेको अँध्यारोमा टुकी अवश्य हो, तर झलमल उज्यालो भने हुँदै होइन ।
(ग) नेपाली कम्युनिस्ट र केही टिठलाग्दा गल्तीहरु
नेपाली कम्युनिस्टहरुले परम्परागत चाडपर्वलाई प्रगतिशील चेतना बाँड्न उपयोग गर्ने नीति लिँदै आए । तर चाडपर्व भने हिन्दू चाडपर्व मात्र रोजे, त्यो पनि आर्य खस चाडपर्व मात्र । मधेसी र जनजातिको चाडपर्वका बारेको कम ज्ञान किनभने लामो समयसम्म ठूला कम्युनिस्ट नेता आर्य खस उच्च जातका मात्र रहे अनि मधेसी र जनजाति ठूला नेता कार्यकर्ता नभएका कारणले मधेस र जनजातिका चाडपर्वलाई उपयोग गर्ने प्रस्ताव नै बन्न सकेन । परिणामतः कम्युनिस्ट पार्टीका समारोहहरु हिन्दू पहाडिया उच्च जातीय ढाँचामा ढालिए । कोही नेता चुनियो भने रातो टिका र फूलको माला प्रचलन नै बसालियो अनि मुसलमान र इसाई चुनियो भने पनि स्वाभावैले उसको मान्यता विपरीत माला र टिका लगाइयो । द्यौसी भैलोमा कम्युनिस्ट पार्टीले निर्णय गरेर ‘मह्पूजा’ गर्न जानुपर्ने नेवार युवती कायकर्तालाई रातभरि नचाइयो र ऊमाथि हिन्दू चाड लादियो, उसको आफ्नो चाड मान्न वञ्चित पारियो । लिंग पूजाको तीजसँग कुनै सरोकार नराख्ने  लिम्बू महिलालाई सभापति बनाएर ज्यापु महिलालाई नचाइयो । स्कुल क्याम्पसको लागि पैसा बटुल्ने नाममा पार्टीका नेताको संयोजकत्वमा हिन्दू पुराण वाचन कार्यक्रम आयोजना गरियो । अझ कम्युनिस्ट नेताले उद्घाटनसमेत गर्ने गरियो । यस्ता अनगिन्ती उदाहरणहरु छन् जसमा कम्युनिस्ट पार्टीमा लागेका गैरहिन्दूहरुलाई हिन्दू कर्ममा निर्णय गरेर लगाइयो, विडम्बना लगाइँदैछ । यहाँसम्म कि जनयुद्धमा युद्धविराम गर्दासमेत दशैंको निम्ति भनेर गरियो । यसरी गम्भीरतापूर्वक हेर्दा के देखिन्छ भने कम्युनिस्टहरु एकहदसम्म चाहे त्यो थोरै नै किन नहोस्, गैरहिन्दू माथि हिन्दूकरण लाद्ने औजार बन्न पुगे । वास्तवमा यथार्थ यही हो– कम्युनिस्ट पार्टी साँचो अर्थमा धर्मनिरपेक्ष समेत बन्न सकेन । यी इतिहासका टिठलाग्दा गल्तीहरु कम्युनिस्टले तुरुन्तै सच्याउन जरुरी छ । तर दुःखद् पक्ष यसतिर ध्यान धेरैको छैन ।
(घ) दर्श वर्षको जनयुद्ध र धर्म
तत्कालीन नेकपा (माओवादी) पार्टीले जनयुद्ध सुरु गर्नुभन्दा पहिलासम्म कम्युनिस्टको धर्मबारेको नीति या त ढोंग पाखण्डमा सीमित थियो या त केही योद्धाहरुको विशिष्ट व्यवहारमा सीमित थियो । तर जनयुद्धले धर्मद्वारा लादिएको तीनवटा गम्भीर नकारात्मक सामाजिक व्यवहारमाथि गम्भीर प्रहार ग¥यो । एक, गाईको पवित्रतामाथि प्रहार ग¥यो । जनयुद्धमा हाम्फालेका सबै हिन्दू समुदायबाट आएकाले (अपवाद पनि होलान्) गाईको मासु खाएर गाईको ईश्वरीय पवित्रतासम्बन्धी हिन्दू मान्यतालाई चुनौती दिए । अब नातासम्बन्ध जोड्दै जाने हो भने नेपालको कुनै पनि ब्राह्मण, क्षेत्री, सन्यासी परिवार, त्यसै स्तरका मधेसी समुदायका परिवार गाईसम्बन्धी आफ्नो मूल्यमा चोखो रहेका छैनन् । यथार्थ यही हो । नेपालमा जनजाति र दलितमाथि थोपरिएको यो अपवित्रताको साङ्लो जनयुद्धले कमसेकम बौद्धिकस्तरमा चकनाचुर पारिदिएको छ । गाई जनावर हो, धेरै दूध दिने जनावर त्यसलाई त्यही रुपमा मात्र बुझ्ने दृष्टिकोण बनाउन ढोका खोलिदिएको छ । दुई, जनयुद्धले दलितमाथिको जातपात छुवाछुत भेदभावका विरुद्ध ठूलै परिवर्तन ल्याएको छ । भेदभावलाई घटाउन र दलित जागरण ल्याउन त्यसले ऐतिहासिक भूमिका खेलेको छ । कहिल्यै हतियार बोक्न नपाएकालाई हतियारधारी बनाएर, छुवाछुत भेदभावलाई व्यवहारमा दण्डनीय बनाएर अनि दलितलाई नीतिनिर्माणमा नेतृत्व दिने प्रक्रियाको सुरुआत गरेर जनयुद्धले वर्णव्यवस्थाको ढाडमा धेरै पटक वज्र प्रहार गरेको छ । तीन, महिलालाई सशस्त्र बनाएर जनयुद्धले महिलामाथिको हिन्दू र अन्य सबै धर्मको उत्पीडनलाई गम्भीर चुनौती दिएको छ । निश्चित रुपमा जनयुद्धले धर्मसँग अभिन्न रुपमा सम्बन्धित यी विषयमा गम्भीर परिवर्तन ल्याएकै हो । तर ती परिवर्तन आमसमाजको सांस्कृतिक रुपान्तरणको रुपमा नभएर केवल जनयुद्धको बलमा भएका परिवर्तनको स्तरमा मात्र रहेकाले जनयुद्धको समाप्तिपछि ती उपलब्धी प्रतिगमनमा जाने गम्भीर खतरा उपस्थित भइसकेको छ । दलित र गैरदलितबीचको अन्तरजातीय विवाहमा भइरहेको सम्बन्ध विच्छेद त्यसको ज्वलन्त उदाहरण हुन् । त्यसकारण जनयुद्धले भत्काएका धार्मिक मूल्यमान्यतालाई पुनर्जीवित हुन नदिन र अग्रगामी बाटोमा अघि बढ्न कम्युनिस्ट क्रान्तिकारीहरुले ठोस योजना बनाउन तत्काल जरुरी छ ।
(ङ) नेपाली कम्युनिस्ट र धर्मनिरपेक्ष राज्य एवं गणतन्त्रको स्थापना
तमाम गल्ती कमजोरीका बावजुद नेपाली कम्युनिस्ट आन्दोलन– त्यसमा पनि विशेषतः जनयुद्ध र त्यसको जगमा विकसित वि.सं. २०६२/०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापित गरिछाड्यो । यो निकै ठूलो क्रान्तिकारी उपलब्धी हो । गणतन्त्रको अर्थ हो नेपालको शासकीय धर्म हिन्दूधर्मको राजकीय संरक्षण अन्त्य र धर्म निरपेक्षताको अर्थ हो धार्मिक स्वतन्त्रतासहित नास्तिक बन्ने नागरिकलाई वैधानिक अनुमति– निष्कर्षमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको प्रचारलाई वैधानिक स्वीकृति । यो उपलब्धीमाथि टेकेर नेपाली कम्युनिस्टले धेरै काम गर्न सक्ने स्थिति सिर्जना भएको छ । जरुरी छ, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा र सिंगै समाजको अधिभूतवादी प्रत्ययवादी विश्वदृष्टिकोण बदलेर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माण गर्ने अभियान सञ्चालनको गुरु योजना ! त्यो गुरुयोजना बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा नै नेपाली कम्युनिस्टको धर्मबारेको भविष्य निर्धारण हुनेछ ।
४. धर्मबारे नेपाली कम्युनिस्टको समस्या
(क) धर्मबारे नेपाली कम्युनिस्टको मूल समस्या भनेको दृष्टिकोणको समस्या नै हो । धर्मको सतही विरोध तर व्यवहारमा त्यसैसँग जोडिइरहने समस्या नै दृष्टिकोणको समस्या हो । धर्मका जराहरु के हुन् ? एक, विश्व दृष्टिकोणमा नै धर्मको सबैभन्दा ठूलो जरा छ । दुई, चाडपर्व र रीतिरिवाजमा दोस्रो जरा छ । र, तीन आचार व्यवहारमा तेस्रो जरा छ । यी तिनै क्षेत्रका जराका बारेमा संश्लेषण गरी त्यसविरुद्ध लड्दै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण बनाउने अभियानको मार्गचित्र बनाउन ठोस, व्यापक र दूरगामी दृष्टिकोण बनाउन नसक्नु मुख्य समस्या हो ।
(ख) धर्मको धार्मिक पर्व र धर्मबाट निर्देशित आचार व्यवहारका सम्बन्धमा कुन कुन विषयमा कुन तहको कम्युनिस्ट नेता÷कार्यकर्ताले के के गर्नैपर्ने ? आम पार्टी सदस्यता र समर्थकले के कर्म गर्नैपर्ने ? कुन कुन धर्मका नेता÷कार्यकताले त्यस धर्मसँग सम्बन्धित अनुष्ठान कसरी भौतिकवादी बनाउने ? र कुन परम्परागत रीतिलाई कसरी वैज्ञानिकीकरण गर्ने ? त्यसमा पनि कुन स्तरकाले कति गर्ने र जनस्तरमा के प्रस्ताव गर्ने ? जस्ता विषयमा कुनै नीति नहुनु नेपाली कम्युनिस्टको अर्को नीतिगत समस्या हो । नीति नै नभएपछि भौतिकवादी ढंगले अनुष्ठान गर्दा पनि ठीक, धार्मिक ढंगले अनुष्ठान गर्दा पनि ठीकको स्थिति जारी छ । यसबारेमा ठोस नीति अब बनाउनै पर्दछ । नत्र कम्युनिस्ट आन्दोलन विश्व दृष्टिकोण परिवर्तन गर्ने आन्दोलन नभई केवल राजनीतिक सत्ता परिवर्तनको आन्दोलनमा सीमित हुनेछ ।
(ग) व्यवहार जहिले पनि दृष्टिकोण र नीतिको अधिनस्थ हुन्छ । नेपाली कम्युनिस्टका व्यवहारमा देखापरेका ढोंग र पाखण्डीपन जति पनि छन् त्यो दृष्टिकोण र नीतिमा रहेको समस्याका कारणले उत्पन्न भएका हुन् । व्यवहार जिवन्त हुने र भौतिक जीवन चलायमान  सामाजिक अस्तित्वसँग जोडिएको हुनाले त्यो अत्यन्त कठिन त हुन्छ नै तर त्यो त हर युगमा हर क्रान्तिकारीले सामना गरेको कुरा हो । मुख्य कुरा दृष्टिकोण र नीति हो । दृष्टिकोण र नीति प्रष्ट हुने हो भने नेपालको अग्रगामी परिवर्तन चाहने जनमानसले धर्मको विरुद्ध निकै ठूलो अभियान चलाउने चित्र प्रष्ट देखिन्छ, किनकि परिवर्तनका खातिर जहिले पनि नेपाली जनताले चाहे त्यो कुनै पनि धर्म समुदायको होस्, वलिदान दिन पछि नपरेको दृष्टान्त हाम्रो सामू छ ।
५. निष्कर्ष : धर्मबारे नेपाली कम्युनिस्टको बाटो
सबै प्रकारका धार्मिक अन्धताविरुद्धको आन्दोलन वास्तवमा व्यापक अर्थमा भन्दा सांस्कृतिक रुपान्तरणको आन्दोलन हो । नेपाली समाज भर्खरै सामन्ती उत्पादन सम्बन्धबाट पुँजीवादी उत्पादन सम्बन्धतिर बामे सर्न आँटेको हुनाले अहिलेको सांस्कृतिक रुपान्तरणको मूल रणनीति जनवादी संस्कृतिको निर्माण हुन्छ, तर जनवादी संस्कृतिको निर्माणले धार्मिक अन्धताविरुद्ध पूरै सफलता प्राप्त गर्न सक्दैन, त्यसका निम्ति समाजवादी संस्कृतिको निर्माण जरुरी हुन्छ । तसर्थ, धार्मिक अन्धताविरुद्धको आन्दोलनको रणनीति निर्माण गर्दा नेपाली सांस्कृतिक आन्दोलनले जनवादी संस्कृतिको निर्माणको साथसाथै समाजवादी संस्कृतिको जग बसाल्ने दिशा तय गर्न जरुरी छ । यो मूल रणनीतिअन्तर्गत रही नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनले आफ्नो दूरगामी योजनासहित अघि बढ्नु आवश्यक छ ।
(क) नेपाली कम्युनिस्ट आन्दोलनले पचासको दशकपछि एउटा निष्कर्ष निकालेको छ– सर्वहारा सांस्कृतिक क्रान्तिलाई राजनीतिक क्रान्तिपछि होइन, आजैदेखि क्रान्तिको अभिन्न अंगको रुपमा सञ्चालन गरिनुपर्दछ । यो निकै ठूलो संश्लेषण हो तर व्यवहारमा लागू भएको भने मूल रुपमा छैन । यो संश्लेषणलाई कम्युनिस्ट आन्दोलनले योजनाबद्ध रुपमा लागू गर्न सुरु गर्नुपर्दछ ।
(ख) धार्मिक अन्धता र सबै प्रकारका रुढीको विरुद्धको सांस्कृतिक रुपान्तरणको आन्दोलन वास्तवमा विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन भएकाले पार्टीभित्र र बाहिर तत्कालीन, अल्पकालीन र दीर्घकालीन रणनीति तयार पारी योजनाबद्ध रुपमा सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिनुपर्दछ । सांस्कृतिक संघ–संगठनलाई केवल नाचगान वा साहित्य–कला सिर्जनामा मात्र सीमित पार्ने रोगबाट मुक्त भई त्यसलाई विश्वदृष्टिकोण परिवर्तनको महाअभियान सञ्चालन गर्ने संगठनका रुपमा विकसित गरिनुपर्दछ ।
(ग) धर्मनिरपेक्ष राज्यको प्राप्तिलाई रक्षा गरी त्यसको वैधानिक स्वीकृतिमाथि उभिएर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई वैधानिक सबै माध्यम प्रयोग गरी प्रचार गर्ने कार्यलाई व्यापक मात्रामा बढाइनुपर्दछ ।
(घ) नेपालमा रहेका सबै धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित तिनले इतिहासको खासकालमा खेलेका सकारात्मक भूमिका र अन्ततः तिनले खेल्ने मानवविरोधी, श्रमजीवी वर्गविरोधी भूमिकाका बारेमा स्पष्ट पार्ने गरी पार्टीभित्र व्यापक प्रशिक्षण, पुस्तक पुस्तिकाको प्रकाशन र सञ्चार माध्यमहरुमार्फत् प्रचारको योजना बनाई लागू गरिनुपर्दछ ।
(ङ) धार्मिक अन्धताविरोधी सांस्कृतिक आन्दोलनलाई रुपमा धर्मविरोधी आन्दोलन नभई नयाँ विश्वदृष्टिकोण निर्माणको आन्दोलनको रुपमा सञ्चालन गर्न कलाको भरपुर प्रयोग गरिनु आवश्यक छ ।
(च) धार्मिक सभा समारोह मार्फत् गरिने राजनीतिको डटेर भण्डाफोर गर्ने नीति लिइनुपर्दछ ।
(छ) धार्मिक अन्धताको विरोधी हुनुको मतलब कुनै आस्तिक व्यक्ति विशेषको विरोधी हुनु होइन । धार्मिक सम्प्रदाय वा व्यक्तिको आस्थाको सबैभन्दा बढी सम्मान पनि कम्युनिस्टहरुले नै गर्नुपर्दछ र गर्न सक्दछन् । वास्तवमा कुनै आस्तिक व्यक्ति वा सम्प्रदायलाई कम्युनिस्टले एउटा रोगीका रुपमा हेर्दछन् । रोगीलाई मारेर वा घाइते बनाएर रोग निको हुँदैन, उपचार गरेर मात्रै रोग निको हुन्छ । यही उपचारको विधि व्यवहारमा अपनाइनुपर्दछ ।
(ज) विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन दीर्घकालीन हो तर धार्मिक अन्धताको प्रत्यक्ष जरा भने चाडपर्व, प्रथा, परम्परा, अनुष्ठानहरुमा प्रकट हुने गरेका छन् । त्यसैले सबैभन्दा पहिले त्यहीँबाट धार्मिक अन्धतासँगको संघर्ष सुरु गरिनुपर्दछ ।
(झ) धार्मिक सभा समारोहमार्फत् गरिने राजनीतिको डटेर भण्डाफोर गर्ने नीति लिइनुपर्दछ ।
(ञ) धार्मिक अन्धताको विरोधी हुनुको मतलब कुनै आस्तिक व्यक्ति विशेषको विरोधी हुनु होइन । धार्मिक सम्प्रदाय वा व्यक्तिको आस्थाको सबैभन्दा बढी सम्मान पनि कम्युनिटहरुले नै गर्नुपर्दछ र गर्न सक्दछन् । वास्तवमा कुनै आस्तिक व्यक्ति वा सम्प्रदायलाई कम्युनिस्टले एउटा रोगीका रुपमा हेर्दछन् । रोगीलाई मारेर वा घाइते बनाएर रोग निको हुँदैन उपचार गरेर मात्रै रोग निको हुन्छ । यही उपचारको विधि व्यवहारमा अनाइनु पर्दछ ।
  • (ट) विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन दीर्घकालीन हो तर धार्मिक अन्धताको प्रत्यक्ष जरा भने चाडपर्व, प्रथा, परम्परा, अनुष्ठानहरुमा प्रकट हुने गरेका छन् त्यसैले सबैभन्दा पहिलो त्यहीँबाट धार्मिक अन्धतासँगको संघर्ष सुरु गरिनुपर्दछ ।
  • सबै चाडपर्व, अनुष्ठानहरुबाट धार्मिक क्रियाकलापलाई अलग्याइ तिनलाई केवल सांस्कृतिक रुपमा मात्र मनाउन सुरु गरिनुपर्दछ । दशैंबाट धार्मिक क्रियाकलाप अलग्याउने हो भने यो विशुद्ध पारिवारिक भेटघाट र खानपिनको सांस्कृतिक पर्वमा रुपान्तरण हुनेछ ।
  • सबै चाडपर्व अनुष्ठानलाई बोझिलोबाट सरलीकृत गर्न र खर्चिलोबाट किफायती बनाउन आमजनतालाई सघाउनुपर्दछ । एकैचोटी आमजनता विज्ञानलाई स्वीकार गर्न तयार नहुने अवस्थामा चाडपर्व अनुष्ठानलाई सरल र किफायती बनाउन तयार पार्दै वैज्ञानिकीकरण गर्न तयार पार्दै लाने नीति लिइनुपर्दछ । किरिया बस्न छाड्न नसक्नेलाई १३ दिनको सट्टा ५ दिनमा झार्न अनि घरखेत बेचेर घ्यावा गर्नेलाई चियापानसम्ममा झार्न सकियो भने त्यो पनि अन्ततः विज्ञानतिरकै यात्रा हुन्छ ।
  • सम्भव भएजति चाडपर्व अनुष्ठानलाई वैज्ञानिकीकरण गरिने अभियान चलाइरहनुपर्दछ ।
  • मानव जाति आफैंले लडेर स्थापित गरेका राजनीतिक सामाजिक दिनहरुलाई सांस्कृतिक पर्वको रुपमा मनाउन सुरु गर्नुपर्दछ । मे दिवस, ८ मार्च, जनयुद्ध दिवस, शहीद दिवस, गणतन्त्र दिवस आदिलाई कम्युनिस्टहरुले केवल राजनीतिक पर्व मात्र बनाए, त्यति पर्याप्त छैन तिनलाई सांस्कृतिक पर्वको रुप समेत दिन जरुरी छ । पाहुना दशैं वा ल्होछारमै डाक्ने, मे दिवसमा चाहिँ जुलुश मात्रै निकाल्ने गरेर आमजनताले तिनलाई आफ्नो भावना जोडिएको पर्व ठान्दैन । नयाँ पर्वहरुको जग बसाल्न तिनलाई खानपिनसँग जोड्नेतिर पनि कम्युनिस्टको ध्यान जान जरुरी छ । मानव जातिका पर्वहरु खानपिन, मनोरञ्जन र भावना साटासाटसँग जोडिएका छन्, त्यसैले त्यसलाई मानिसहरु आफ्नो ठान्छन् भन्ने तथ्यतिर गम्भीर ध्यान जानु आवश्यक छ ।
  • कम्युनिस्ट पार्टीले पार्टीका नेताले कुन कुन अनुष्ठानमा के गर्ने, कुन स्तरसम्मका कार्यकर्ताले के गर्ने, के नगर्ने, आमकार्यकर्ताले के गर्ने, के नगर्ने र आमजनतामा के लैजाने भन्ने स्पष्ट नीति बनाई लागू गर्नुपर्दछ ।
यसप्रकार धार्मिक अन्धताविरुद्धको सांस्कृतिक आन्दोलनलाई विश्वदृष्टिकोण परिवर्तनको आन्दोलनका रुपमा विकास गर्दा मात्र क्रमशः सफलता प्राप्त हुने विश्वास गर्न सकिन्छ । विश्वदृष्टिकोण परिवर्तनको लडाइँ मानव जातिले लड्नुपर्ने सबैभन्दा लामो र ठूलो लडाईं हो, त्यसकारण सर्वहारा वर्गले अन्तिम लडाईं कसरी जित्छ र कहिलेसम्ममा जित्छ भन्ने कुराले यस विषयमा पनि निर्णायक महत्व राख्दछ भन्ने कुरा स्वतः सिद्ध छ ।

२०६९ असोज ३

http://www.khabardabali.com बाट साभार 

अब कसलाई कारबाही गर्ने कमरेड ? -ऋषिराज बराल


new photo
ऋषिराज बराल

जनआस्था साप्ताहिकको फागुन ५ को अङ्कमा प्रकाशित ‘क्रान्ति, केको क्रान्ति, कस्तो क्रान्ति ?’ शीर्षकमा प्रकाशित ‘पाठकपत्र’ सित सम्बन्धित भएर उठेका टिप्पणीहरूका सन्दर्भमा मैले केही कुरा प्रस्ट पार्नु आवश्यक ठानेको छु । खासगरेर मेरो पुस्तक सत्ता र संस्कृति मा समाविष्ट ‘जनयुद्ध, सांस्कृतिक आन्दोलन र जनसांस्कृतिक सङ्घ’ तथा ‘सांस्कृतिक सेनासम्बन्धी माओवादी दृष्टिकोण’ मा यसबारे प्रस्ट पारेको हुँ तापनि अहिले आएर विषयसन्दर्भहरू नयाँ किसिमले उठेकाले यसबारे पुनः केही प्रस्ट पार्नु आवश्यक ठानेको छु ।

‘पाठकपत्र’ मा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ को विगतको सम्मेलनदेखिका कुराहरूका साथै त्यसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानसित सम्बद्ध मुद्दाहरू पनि उठाइएका छन् । यसो हेर्दा यी फरकफरक विषय भए पनि यी एकअर्कासित अन्तर्सम्बन्न्धित छन् । यी सबैको लामो व्याख्या यहाँ सम्भव नभए पनि यी सबै समस्याको जडचाहिँ ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलन हो भन्ने कुरा म प्रस्ट पार्न चाहन्छु । यो सबै सन्दर्भको प्रस्टताका लागि युद्धकालमा रोल्पामा पढ्न प्रतिबन्ध लगाइएको मेरो पुस्तक फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति +आगमन= प्रत्यागमन’ को सन्दर्भलाई पनि यहाँ ल्याउनुपर्ने हुन्छ ।
२०६३ असोजमा तय गरिएको ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनमा लागि केन्द्रीय संयोजकका नाताले मैले प्रतिवेदन तयार पारेँ । यसलाई लिएर सांस्कृतिक विभाग र आयोजक समितिको दुईतीन बैठक बस्यो । त्यतिबेर प्रचण्ड–बाबुराम घुमन्तु सिविरमा हुन्थे । भक्तपुर गेस्ट हाउसमा बसेको मिटिङमा मैले त्यतिबेला चर्चामा आएका तल उल्लेखित तीनवटा मुद्दामा बहसछलफल चलाएँ ।
१. जनार्दन शर्मा ‘प्रभाकर’ को उटपट्याङ चिन्तनको पछि लागेर ईश्वरचन्द्र ज्ञवाली र खासगरेर सेमभेकका केही साथीहरू जनमुक्ति सेनाका झैँ सांस्कृतिक क्षेत्रमा पनि कम्पनी, बटालियन, ब्रिगेड र डिभिजन बनाउने हठमा थिए । सांस्कृतिक सेना भनेको विचारको सेना हो, यो क्रान्तिकारी विचारबाट सङ्गठित हुन्छ, तर ब्रिगेड आदि हुँदैन, खास अभियानमा त्यसरी लामबद्ध हुन सकिए पनि जनसेनाका झैँ सांस्कृतिक पल्टनको स्थायी बटालियन र ब्रिगेड हुँदैन भन्ने मेरो भनाइ थियो र माओले पनि सांस्कृतिक सेना र जनमुक्ति सेनाको संरचना र कार्य एउटै हँदैन भनेको सन्दर्भ हाम्रा सामु थियो । तर ब्रिगेड र डिभिजन बनाउँदा मात्र क्रान्तिकारी होइन्छ भन्ने र माओभन्दा क्रान्तिकारी देखिने चस्का लागेकाहरू यसमा सहमत भएनन् । प्रचण्डले पनि यसैमा ताली बजाए । यसबारे मैले निरन्तर बहस चलाएँ ।
२.कुनै पनि कृतिको सौन्दर्यशास्त्रीय पक्ष हुन्छ, यसलाई सङ्ख्या अथवा प्राविधिक किसिमले डण्डा लगाएर ठीकबेठीक भनेर खारेज गर्न मिल्दैन भन्ने माक्र्सवादी मान्यता हो । फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति+आगमन=प्रत्यागमन’ का सन्दर्भमा उठेका विवादलाईमैले सौन्दर्यशास्त्रीय आधारमा बहस चलाऔँ, अंश होइन समग्रमा हेरौँ, भनेर तर्क गरेँ । यसबारेमा पार्टीको सिक्लेस बैठकमा एक किसिमको “समझदारी” पनि बनाइयो र यो समझदारीलाई सांस्कृतिक विभागको बैठकमार्फत पनि व्यवस्थित गरियो । तर यो मुद्दालाई सम्मेलनको सेरोफेरोमा प्रायोजित र निर्देशित रूपमा उछाल्ने काम गरियो ।
३. केही साथीहरू जनसांस्कृतिक सङ्घलाई महासङ्घमा लैजाने हठमा लागे । मैले भखैरै ‘शान्तिप्रक्रिया’ आएको र स्थिति कसरी अगाडि बढ्छ प्रस्ट नभएकाले महासङ्घलाई अवधारणाका रूपमा स्वीकार गरौँ, आवश्यकता अनुसार सङ्घभित्र विभाग बनाऔँ, महासङ्घमा जान हतार गर्दा वैचारिक तथा साङ्गठनिक अस्तव्यस्तता आउँनसक्छ भन्ने मेरो धारणा थियो ।
फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘‘प्रति +आगमन=प्रत्यागमन’ का बारेमा सिक्लेस बैठकमा निर्णय भइसकेकाले सांस्कृतिक विभागको बैठकमा यो विषय त्यति बहसको विषय भएन । मूल बहस सांस्कृतिक क्षेत्रमा बटालियन र ब्रिगेड बनाउने कुरामै रह्यो । प्रचण्ड–बाबुरामले पनि यस विषयमा गोलमटोल कुरा मात्र गरे । माइला लामा र ज्ञवाली ब्रिगेड र डिभिजनको रमाइलोमा थिए । त्यसपछि सबै कुरा सम्मेलनमा लगेर हल गर्ने भनियो । तर सम्मेलनमा वैचारिक बहसको सट्टा होहल्ला र गुन्डागर्दीले प्रभुत्व कायम गर्यो । खासगरेर आफूलाई आधारइलाकाका भन्न रुचाउने केही हुल्लडबाजहरूले ममाथि भौतिक रूपमै आक्रमण गर्ने प्रयास गरे । केही त जथाभावी लेख्नेलाई अब सांस्कृतिक सेनाले ठोक्छ भन्दै कुर्सी भाँचेर ममाथि आक्रमण गर्नथाले । भित्री निर्देशन आधारइलाकाका बडे कमरेडहरूको थियो भन्नेमा म प्रस्ट थिएँ । प्रमुख अतिथि भएर आएका देव गुरुङ्ले पनि आगोमा घिउ थप्ने काम गरे । कस्ता मान्छेलाई सांस्कृतिक मोर्चामा ल्याएइछ भन्ने लाग्यो । यस किसिमको भद्रगोलमा सांस्कृतिक मोर्चामा रहनुको औचित्य रहेन ।
सांस्कृतिक सम्मेलनमा देखिएको गुन्डागर्दीको यो समाचारलाई अन्य पत्रिकाका साथैजनआस्थाले पनि विशेष रुचिका साथ छापेको थियो । यो ‘सम्मेलन’ पछि मैले तयार पारेको र पार्टीको सांस्कृतिक विभागले पारित गरेको प्रतिवेदनमा पूरै परिवर्तन गरेर उल्टोपाल्टो पारिएछ । सबैभन्दा आपत्तिजनक कुरा इतिहासको तोडमरोड गरेर सारै विकृत ढङ्गले प्रस्तुत गरिएछ । यो जनसांस्कृतिक सङ्घको प्रतिवेदन नभएर विकृत दस्ताबेजमा परिणत भएको थियो । २०६० सालमा सांस्कृतिक मोर्चाको केन्द्रमा ल्याइएका ईश्वरचन्द्र ज्ञवालीले नेकपा ( एकताकेन्द) बनेपछि तीनवटा सांस्कृतिक मोर्चाको एकताद्वारा बनेको संयोजन समिति २०४७ मा आफू पनि रहेको भनेर प्रतिवेदनमा लेखेछन् र त्यस समयमा रहेका अन्य साथीहरूको नाम हटाएछन् । मैले यसलाई घोर आपत्तिजनक ठानेँ । कसैको इतिहास नै गायब पार्नु र आफ्नो नाम थप्नु घोर अनैतिक काम थियो ।
यो सन्दर्भपछि सांस्कृतिक मोर्चासित मेरा ५ ओटा विषयमा मतभेद रहेको कुरा प्रकाशमा ल्याएँ । पहिलेका तीनवटामा अरू दुईवटा थपिएका थिए : १. प्रतिवेदनमा ज्ञवालीले गरेको इतिहासको विकृतीकरण सच्याउनुपर्ने र उनीमाथि कारबाही गर्नुपर्ने र २. वैचारिक बहसको सट्टा सम्मेलनमा भएको गुण्डागर्दी गैरमार्क्सवादी कार्य थियो भन्ने निर्णय गर्दै त्यसो गर्नेहरूमाथि कारबाही गर्नुपर्ने ।
समयले मैले उठाएका कुराहरू सही साबित गरेको छ । अहिले वैचारिक तथा साङ्गठनिक दुवै दृष्टिले सांस्कृतिक आन्दोलन लथालिङ्ग र भताभुङ्ग भएको छ । त्यतिबेला गुण्डागर्दी गर्नेहरू कतिपय आन्दोलनबाट पलायन भएका छन् र कतिपय सिसिएम र पिबिएम भएर विभिन्न ‘माओवादी’ मा बाँडिएका छन् ।
दस बर्स हुनलागेछ । त्यसपछि एउटै पार्टी र जनयुद्धको कालको केन्द्रीय संयोजक भएर पनि अहिलेसम्म जनसांस्कृतिक सङ्घ (हाल महासङ्घ) को कुनै पनि कार्यक्रममा म सहभागी भएको छैन र माथि मैले अगाडि सारेका मुद्दाहरू समाधान नहोउन्जेलसम्म सहभागी हुने स्थिति पनि छैन । त्यतिबेला ‘शान्तिप्रक्रिया’ को रमझममा प्रचण्ड–बाबुरामका लागि सांस्कृतिक मोर्चाका समस्या त्यति महत्वका भएनन् । तर किरण कमरेड जेलबाट छुटेर आएपछि यस सन्दर्भमा उहाँबाट जेजस्तो भूमिकाको आशा र विश्वास गरेको थिएँ, त्यो हुन सकेन । उहाँकै इन्चार्जसिपमा विकृतिलाई अनुमोदन गरियो । विकृतिमाथि विकृति थपियो । सांस्कृतिक आन्दोलनका समस्या कसरी हल गर्ने र कसरी अघि बढ्ने भन्ने कुरामा किरण कमरेडसित अलिकति पनि विचारविमर्श हुनसकेन । यसमा उहाँको रुचि नै रहेको पाइँन । बरु त्यतिबेला मैले उठाएका प्रश्नहरूमा किरणभन्दा प्रचण्ड केही सकारात्मक, सहयोगात्मक र खुलस्त देखापरेको अनुभूत मलाई भएको थियो । एउटै पार्टीमा छँदा चीन जानुभन्दा अघि सायद २०६६ असोजमा प्रचण्ड–किरणले नयाँ बजार निवासमा मलाई बोलाएर छलफल चलाएका थिए । त्यहाँ पनि मैले उठाएका मुद्दाहरूको सन्दर्भमा किरण कमरेडभन्दा प्रचण्डमै मैले बढी प्रस्टता र खुलस्तता अनुभूत गरेको थिएँ ।
अब यताको १० वर्षको लेखाजोखा गर्नु आवश्यक छ । ज्ञवाली मात्र होइन । यी १० वर्षमा सांस्कृतिक आन्दोलनका समस्या समाधान गर्न, विकृतिहरू हटाउन र एकताबद्धका साथ सांस्कृतिक आन्दोलनलाई अघि बढाउन फ्याक्सन इचार्ज बनेकाहरूको भूमिका केकस्तो रह्यो त्यसको पनि समीक्षा हुनु जरुरी छ । ज्ञवालीद्वारा इतिहासलाई विकृत पारिएको र लाल सलाम फिल्मलगायतका घटनाहरूका भएका भ्रष्टाचारहरूलाई लिएर ‘महासङ्घ’ मा प्रश्न उठेपछि छानबिन आयोग बनेको कुरा चर्चामा आए पनि आफू त्यसमा नरहेकाले यसबारे विस्तृत रूपमा केही भन्न सक्ने स्थिति छैन ।
जहाँसम्म इच्छुक प्रतिष्ठानको कुरा छ । प्रतिष्ठान बनाउने निर्णय पार्टीको फुन्टिवाङ बैठकपछि रोल्पाको इरिवाङमा बसेको सांस्कृतिक मोर्चाको बैठकले गरेको थियो । भारतीय जेलबाट छुटेर आएपछि ठमेलको होटलस्थित प्रचण्ड क्याम्पमा कमरेड किरणको संयोजकत्वमा सुरुमा म र पाख्रिनको समिति बन्यो र पछि अरू नाम थपिँदै गएका हुन् । ज्ञवाली यहाँ पनि दुई वर्षपछि जोडिएका हुन् ।
अहिले इच्छुक प्रतिष्ठानमा पनि भ्रष्टाचारका कुरा आएका छन् । मलाई थाहा छ यससित पनि थुप्रै गुप्त अगुप्त पक्ष जोडिएछन् । महँगोमा आफ्नो जग्गा प्रतिष्ठानलाई बेच्नु, भाउ बढेको बेला त्यही जग्गा फेरि आफैँले पहिलेभन्दा सस्तोमा किन्नु र त्यो पैसा पनि प्रतिष्ठानको खातामा नराखी आफ्नै खातामा राख्नु जस्ता प्रश्नहरू उठेका छन् । यसो हो भने यो महाअपराध हो । पछिल्ला दिनमा प्रतिष्ठानको भवन ठेकेदार र रेखदेख गर्ने इन्जिनियरसित रिसोर्टहरूमा ज्ञवाली लगायतको टोलीले रमाइलो गरेको समाचार पनि आएका छन् । समयसन्दर्भमा यो सबै बाहिर आउँनेछ नै ।
कृष्ण सेन इच्छुकसित जोडिएको संवेदनशील विषय भएकाले समग्र पार्टी यसमा गम्भीर हुनु आवश्यक छ । सांस्कृतिक मोर्चा र आन्दोलनका समस्या हल गर्न इच्छाशक्ति नदेखाउनु, मोर्चा र प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारका सन्दर्भप्रति गम्भीर नहुनुले गजुरमा बसेकाहरू पनि प्रश्नभन्दा बाहिर हुनसक्तैनन् । नेताहरूका घरका तला थपिँदै जाने र तलका सांस्कृतिक कलाकर्मीहरू बेघरबार र भोकभोकै रहने स्थितिले ल्याउने परिणाम दुखद र भयावह पनि हुनसक्छ । भ्रष्टाचारका प्रमाणहरू सामुन्नेमा हुँदा पनि थाहा नपाएझैँ गर्नु भनेको सारतः त्यसको हिस्सा बन्नु हो । यस किसिमको निस्पृहताले दुर्घटना निम्त्याउँछ । यस यथार्थलाई बाल्कोनीमा बसेका सबैले बुझ्नु आवश्यक छ । विकृतिको थुप्रोमा रमाएर सुन्दरको कुरा गर्नुको अर्थ छैन । इच्छुकको सम्मान गर्दै नेपाल सरकारले दिएको पैसा कुनै व्यक्तिको घरका तला थप्न होइन । बडे कमरेडहरू ! अब कसको विरुद्ध लढ्ने हो—सरकारका विरुद्ध कि इच्छुकका नाममा घरका तला थप्नेहरू विरुद्ध ? समयले उत्तर मागेको छ । आगे ‘प्रभुको इच्छा’ ।
(यसबारे थप कुरा अब निरन्तर बाहिर ल्याउनेछु l)
०००

www.thenextfront.com बाट साभार 

प्रगतिशील विकल्प जरुरी छ - राम कार्की


पुँजीवादको मानवीय, मानवमैत्री र सिंगो प्राणीमैत्री विकल्प भनेको माक्र्सवाद मात्रै हो ।यसैले माक्र्सवादको अतीत छ, वर्तमान छ अनि भविष्य पनि छ ।
भ्रष्टाचारमुक्त, शोषण नभएको, काम गर्नेले श्रम र सिर्जनाको आनन्दमा रमाउन पाउने अर्थ व्यवस्था सम्भव छ । जहाँ अर्थतन्त्रले भेदभाव बढाउँदैन, जहाँ श्रमिकले व्यक्तिका रूपमा, मानवका रूपमा श्रम गर्दाको अनुभूति गर्न पाउँँछ र जहाँ भ्रष्ट आचरणलाई निरुत्साहित गरिन्छ, दुरुत्साहित गरिन्छ । यस्तो अर्थव्यवस्था सम्भव छ । सबै मानिसलाई समान देख्ने, यो जगत्मा भएका प्राणीहरूको अस्तित्वलाई स्वीकार गर्ने र संसार सबै जीवजन्तु–प्राणीको साझा घर हो भन्ने विचार समाजमा स्थापित हुन सम्भव छ । तर, त्यस्तो विचार, संस्कृति, समाज, अर्थतन्त्र तयार गर्न चाहिने मुख्य कुरा क्रान्तिकारी राजनीति हो । यस्तो क्रान्तिकारी राजनीतिलाई क्रान्तिकारी सिद्धान्त र दर्शनले जन्म दिन र अगाडि बढाउन सक्छ । त्यही दर्शन र सिद्धान्तलाई हामी माक्र्सवाद भन्छौँ । जबसम्म पुँजीवाद छ, समाजवादको औचित्य सकिँदैन । किनभने पुँजीवादको मानवीय, मानवमैत्री र सिंगो प्राणीमैत्री विकल्प भनेको माक्र्सवाद मात्रै हो । यसैले माक्र्सवादको अतीत छ, वर्तमान छ अनि भविष्य पनि छ । अतीतसँगै थुप्रै असफलताका कथा छन् । तर, ती असफलताका कथासँग वर्तमानले सिक्नुपर्ने प्रचुर सामग्री छन्, जसले हामीलाई भविष्यमा ती भुलबाट बचाउन सक्छ ।
नेपालमा विकास, प्रगति, यहाँको शिक्षा, स्वास्थ्य, कृषिमा सुधार ल्याउने कुरा, रोजगारी सिर्जना गर्ने कुराको मुख्य कडी राजनीति हो । यहाँ उत्साहित भएर केही नेताले नेपालमा राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक विकास गर्ने कुरा त गर्नुभयो, तर त्यो सही थिएन । राजनीतिको लगाम नलागेको अर्थतन्त्रको घोडाले कहीँ पनि पुर्‍याउँदैन । राजनीति र अर्थतन्त्र स्वाभाविक रूपमा अन्तरसम्बन्धित छन्, उनीहरू सँगै जानुपर्छ । सँगै जाने कुरा गर्दा राजनीति खुकुरीको धारतिरको भाग हो भने अर्थतन्त्र पछिल्लो भाग । पहिला धारले हानेपछि पछिल्लो भाग सँगै जान्छ । नेपालमा उत्पीडित वर्ग राजनीतिक नेतृत्व लिने ठाउँमा पुगेको छैन । केही दिन आफू प्रधानमन्त्री भएको, निजामती र ​प्रहरी प्रमुखहरू वरपर उभिएको, सेनाका अधिकारीले सलाम गरेको देखेर उत्पीडित वर्गको सत्ता आएछ भन्ने भ्रममा रहनु सपनामा घोडा चढेजस्तो हो । अहिले पनि ती उत्पीडित वर्गको पक्षमा नीतिहरू निर्माण हुन सक्ने परिस्थिति कायम हुन सकेको छैन । हेजेमोनी कायम हुन सक्ने राजनीतिक हैसियतमा उत्पीडित वर्ग पुगेको छैन । राजनीतिक क्रान्ति पूरा भइसक्यो भन्ने भ्रमबाट मुक्त हुनैपर्छ ।
लेनिनले विकास गरेको जनवादी केन्द्रीयतासम्बन्धी जुन संगठनात्मक सिद्धान्त छ, त्यो सिद्धान्त इतिहासको सन्दर्भ बुझ्नका लागि त काम त लाग्छ । तर, नेपालमा कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयतासम्बन्धी संगठनात्मक सिद्धान्त अपनाउँछौँ भनिरहनु जरुरी छैन । त्यो संगठनात्मक सिद्धान्त यहाँ जसरी लागू गर्न खोजिएको छ, त्यो पूर्णत: गलत छ । जनवाद र केन्द्रीयताको सन्तुुलन भएको देखिएको छैन । जनवाद त छँदै छैन, आज पनि छैन । अराजकता देख्छौँ, सिद्धान्त लागू भएको छैन । संविधानसभामार्फत संविधान बनाउने राजनीतिक कार्यदिशा हो भन्न थालेको धेरै भयो यहाँ । तर, कस्तो संविधान बनाउने भन्ने विषयमा कुनै कमिटीमा छलफल गराएको मलाई याद छैन । जब लाइन यही भएपछि जिल्ला, गाउँ, एरियामा कस्तो संविधान बनाउने, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीका बारेमा के कुरा राख्ने, केन्द्र र प्रदेशको अधिकारको बाँडफाँड कसरी गर्ने, स्थानीय तहलाई कसरी शक्तिशाली बनाउने, उत्पीडित समुदायलाई कसरी अधिकार सम्पन्न बनाउने भन्ने विषयमा कुनै पनि पार्टीले कुनै पनि कमिटीमा वा जनताको बीचमा छलफल गराएका छैनन् । बिबिसीको साझा सवालमा गराइने कोटीको छलफलसमेत प्रजातन्त्रवादी भनिने पार्टीहरूले गराउन नचाहनुले पार्टीहरूको स्थिति स्पष्ट हुन्छ । ओभरस्मार्ट केही नेताहरू यताउता दौडिन्छन्, भेट्छन्, कुरा गर्छन् । तर, मूल विषयमा कुरा गर्न चाहँदैनन् । पूर्णत: प्रजातान्त्रिक अभ्यास भएको छैन । त्यसैले अबको संगठन जनवादमा आधारित संगठन बनाउनुपर्छ । सामूहिक र जनवादी संगठन चाहिन्छ । जनताको नाममा कम्युनिस्ट पार्टीले, कम्युनिस्ट पार्टीको नाममा माथिको कमिटी र माथिल्लो कमिटीका नामका केही नेताका लागि मात्र भयो जनवाद । राजनीतिक स्वतन्त्रताको अभावमा समाजवाद निसास्सिएर मर्छ । यहाँ पनि निसास्सिएको छ । बचाउन नयाँ संगठनात्मक नीति चाहियो, यो सम्भव हुन्छ ।
राजनीतिक–वैचारिक पक्षसँग जोडिन्छ अर्थतन्त्र । अर्थतन्त्रको कुरामा विदेशी लगानी भित्र्याउने, ठुल्ठूला विद्युत् परियोजना बनाउने, बिजुली बेचेर नेपाल धनी हुने भन्ने खालको भ्रमपूर्ण प्रचारबाजीमा लाग्नुहुँदैन । नेपालको आफ्नै विकासको विशिष्ट रोडम्याप हुनुपर्‍यो । केवल वृद्धि विकास होइन, विकासको साइनो मानिससँग हुनुपर्‍यो, यहाँका बासिन्दासँग हुनुपर्‍यो । हामी भारत र चीनलाई जोडेर विकास गर्ने, पुल बन्ने कुरा गर्छौँ । यस्तो विकासको मोडल अपनाउन सक्दैनौँ । किनभने नेपालको आकार जनसंख्या तथा आर्थिक राजनीतिक अवस्थाले त्यो बाटोको स्वीकृति दिँदैन । यहाँको पर्यावरणमाथि विचार गर्दा विकासको त्यो बाटो आत्मघाती हुनेछ, हाम्रो हिमाल अति संवेदनशील छ । हिमालमा बाधा पुगे महाभारतमा पानी रहँदैन, महाभारतमा पानी नरहे चुरे बग्छ, चुरे बग्यो भने मधेस रहँदैन । यसरी आन्तरिक रूपमा साङ्लो जस्तै बाँधिएको छ ।
हाम्रो विकासको मोडल भनेको जनतासँग जोडिएको चाहिन्छ । हिमालमा चौँरीगोठ छन्, भेँडागोठ छन् । कठिन भए पनि त्यहाँका जनताले आफ्नो जीवन संस्कृति निर्माण गरेका छन् । त्यो जीवन संस्कृति नष्ट गर्नेतिर जानु हुँदैन, त्यसलाई कसरी सघाउन सकिन्छ भन्नेतिर विकल्प दिने हो । त्यहाँको दुग्ध उत्पादन विदेशी बजारमा पठाउने व्यवस्था गर्ने, उनीहरूका छोराछोरीलाई जीवन संस्कृति अगाडि बढाउने प्राविधिक शिक्षा दिने कलेजहरू खोल्ने, जीवन सजिलो बनाइदिनुपर्‍यो र हिमालको संस्कृति जोगाउनुपर्‍यो । त्यसलाई कम कष्ठकर बनाउँदै जाने हो । पहाडी ठाउँमा फापर, गहुँ रोप्न छाडियो, जमिन बन्जर राख्न त भएन । चुरे संरक्षण नारा र प्रचारबाजीभन्दा स्थानीय समुदायलाई विश्वासमा लिएर जोगाउनुपर्‍यो । तराईमा धेरै उत्पादन कसरी गर्ने भन्नेमा जोड दिनुपर्‍यो । यसरी जनतासँग जोडिएको विकास र त्यो विकाससँग जोडिएको राजनीति आजको आवश्यकता हो ।
त्यो माक्र्सवादले मात्र दिन सक्छ । हामीले माक्र्सवादी विचारद्वारा निर्देशित अर्थतन्त्रलाई अगाडि बढाउन सक्छौँ । नेपाल हेरेर नेपाल सुहाउँदो कुरा गर्ने हो । जस्तो शिक्षामा हामीले ५०–६० वर्ष नेपालको शिक्षा नीति गलत छ भनेर राजनीति गर्‍यौँ, जब हाम्रै मान्छे मन्त्री भए हाम्रो दिमाग खाली छ भन्ने देखियो । हामीसँग शिक्षाको न कुनै वैकल्पिक मोडल छ, न जीवन उपयोगी शिक्षा दिने अभियान छ, न त्यो चाहना छ । हाम्रा मान्छे मन्त्री भए, पञ्च र कांग्रेस मन्त्रीभन्दा फरक देखिएनन् । एउटा क्रान्तिकारी मन्त्रीले त्यहाँ पुग्ने कुरालाई अवसर प्राप्त भएको रूपमा लिनुहुन्न । उसले फरक ढंगले काम गर्ने र सोच्ने प्रमाणित गर्ने हो । उसले राम्रो काम गर्दा प्रचलित प्रणालीसँग ठोक्किएको हुनुपर्छ । त्यसले क्रान्तिको औचित्य साबित हुन्छ । हाम्रा मन्त्री कहीँ ठोकिएको देखिएन, सीधा–सीधा काम गरे ।
हाम्रो अर्थ, कृषि, शिक्षा नीतिमा समाजवादी विकल्प प्रस्तुत गर्नुपर्छ । त्यसका लागि सबैभन्दा ठूलो आधार हामी स्वच्छ हुनुपर्छ । हामीले ढोंग गर्ने होइन । मुलाको साग खाएर बाँच्छु भन्ने होइन । देशको जीवनमा परिवर्तन ल्याउन नसक्ने ‘स्टन्ट’ गर्न हुँदैन । ‘स्टन्ट’ गर्नेकै जमाना छ, उसैको प्रचार हुन्छ । ठीकठाक काम गर्नेलाई ठाउँ दिइँदैन । तर, हामीले ‘स्टन्ट’विरोधी संस्कृति अपनाउनुपर्छ । नैतिकता र सदाचारको पक्षमा बोल्नुपर्छ, सफा व्यवहार देखाउनुपर्छ । यही जमानामा पनि फिडेल क्यास्ट्रो अझै बाँचेका छन् । उनले अद्भूत कुरा गरेका होइनन्, पारदर्शी जीवनशैलीले गर्दा सानो क्युबामा बसेर अमेरिकी साम्राज्यवादको प्रतिरोध गरिरहे । ह्युगो चाबेजले आफ्नी श्रीमतीमा अलिकति सत्ताको दुरुपयोग गर्ने खालको लक्षण देखापरेपछि श्रीमती त्यागिदिए । उरुग्वेका पूर्वराष्ट्रपति पेपेको सादगीले सबैलाई कायल पारेको छ । यो भनेको अहिले पनि समाजवादी आन्दोलनमा आदर्शको अनिकाल छैन भन्ने हो । मुख्य कुरा सही मान्छेलाई सही ठाउँमा ल्याएर उभ्याउने, सही आदर्शलाई
पछ्याउने कुरा हो ।

कार्की एमाओवादी नेता तथा सभासद् हुन्

दशैँ र हाम्रा क्रान्तिकारी कामरेडहरू ! - डा. ऋषिराज बराल


एक हिसाबले अब दशैँ सकियो । द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्नेहरूले यस्ता चाडपर्वहरूलाई कसरी हेर्ने र बुझ्ने भन्ने बहस र छलफलहरू हिजोका दिनदेखि नै चलेका हुन् ।

पुर्वीय र पाश्चात्य समाजको चरित्र र मूल्यअनुसार चाडपर्वहरूको प्रकृति र मूल्य फरकफरक भएपनि प्रत्येक समाज, जातजाति र समुदायसित चाडपर्वहरू अभिन्न रूपमा गाँसिएका छन् । चाडपर्वहरूको सान्दर्भिकता, आवश्यकता, औचित्य निरपेक्ष छैन, समाजशास्त्रीय र द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा मानव इतिहास र उत्पादन इतिहासको अध्ययन गर्नु जरुरी छ

चाडपर्वहरू समाज विकास र मानवजीवनको क्रिया–प्रतिक्रियाको लामो सङ्घर्षका उपज हुन् । मान्छेले श्रम, सिर्जना र प्रकृतिसित गरेका सङ्घर्षहरूदेखि लिएर आफ्नो अस्तित्वका लागि गरेका हरेक सङ्घर्षहरू, त्यसमा पनि वर्गसङ्घर्षहरू र तीसित गाँसिएका घटना–परिणामहरू चाडपर्वसित गाँसिएका छन् । टोटेमवाददेखि मार्क्सवादसम्मको लामो इतिहासबाट चाडपर्वहरूको वैज्ञानिक अध्ययन र विश्लेषण गर्दा यी निकै रोचक र विविधताले भरिपूर्ण अनुभूत हुन्छन् । जुनसुकै जातजाति वा धर्मावलम्बीहरू किन नहोऊन्, चाडपर्वहरूका प्रमुख तीनवटा स्रोतहरू रहेका छन्—१.प्रकृति,२. श्रम–सामूहिकता र ३.राज्यसत्ता ।

राज्यसत्तासित गाँसिएका चाडपर्वहरू, समाज विकासका क्रममा भएका वर्गङ्घर्षहरू र पराजित र विजयी पक्षको मानसिकता, चाहना, स्वार्थ, अहम् र विजयोत्सव आदिसित गाँसिएका छन् । खास घटना–प्रसङ्गलाई लिएर गरिएको रमाइलो र विजयी वर्गको दम्भ प्रदर्शनको घटना क्रमिक रूपमा पछिपछि गएर सत्ताधारी वर्गको संस्कृति बनेर धार्मिक सारत्वत रूपान्तरित भई परम्परा, रीतिरिवाज, चालचलन, चाडपर्व र मेलाको रूपमा स्थापित भएका छन् । दास युग र सामन्ती युगको इतिहास र सत्ताचरित्रबाट मात्र पनि यो यथार्थ पुष्टि हुन आउँछ ।

राज्यसत्तामा जुन वर्गको प्रभुत्व छ,त्यसै वर्गको सांस्कृतिक वर्चस्व रहने वैज्ञानिक नियम हुनाले नेपाली समाजको सांस्कृतिक स्थिति र चाडपर्वहरूमा पनि सत्ता र संस्कृतिसम्बन्धी नीति र नियम लागू हुन्छ । सामन्तवादको आरम्भसँगै सामन्ती संस्कृति र चाडपर्वहरू स्थापित भए र तिनले स्थयित्व प्राप्त गर्दैगए । दशैँ, तिहार तीज, कृष्ण अष्टमीजस्ता चाडहरू मात्र होइन, रूख–झारपात समेतलाई धार्मिक आवरण ओढाइदिएर हिन्दू धर्म र संस्कृतिले गर्नु नगर्नु गरेको छ । अरू कुरा त परै जावोस् स्वास्थ्यसम्बन्धी जडीबुटीलाई समेत धार्मिक आवरणमा प्रस्तुत गरेर सामन्ती संस्कृतिले त्यसको महत्वलाई धार्मिक रूढिमा फेरिदिएको छ । अर्थात् कतिपय चाडपर्वहरू प्रकृति र श्रमसित जोडिएका भए पनि सामन्ती राज्यसत्ताले सम्पूर्ण चाडपर्वहरूलाई धार्मिक आवरणमार्फत सामन्ती सत्ता स्वार्थमा रूपान्तरण गरेको छ ।

दशैंको मात्र कुरा गर्दा यसलाई नेपाली मात्रको एकमात्र ठूलो चाड भनेर स्थापित गरिए पनि बहु धर्मावलम्बी र बहु सांस्कृतिक समाजमा यो सम्पूर्ण नेपालीको चाड हुनसकेको छैन ।दशैंसित विभिन्न सन्दर्भहरू गाँसिएका छन् । यसलाई आर्य र अनार्यसितको सङ्घर्षसित जोड्न सकिन्छ । काली, देवी, चण्डी आदिको भूमिका भएकाले यसलाई मातृसत्तात्मक अवस्थासित पनि जोड्न सकिन्छ । सामान्य रूपबाट हेर्दा दशैंको सम्बन्ध विजयी वर्ग र समुदायको विजयोत्सवसित गाँसिएको सन्दर्भका रूपमा देखापर्छ । विडम्बना त के छ भने, योसित राम–रावण युद्ध र रामको विजयसित जोडेर, शुभ र अशुभ, सुन्दर र कुरूपको व्याख्या गरिएको छ । यो व्याख्यामा वैज्ञानिकताको मात्रा रत्तिभर पनि छैन । यो व्याख्यामा सामन्ती आदर्शलार्इ सुन्दर, शिव र सत्यसित जोडिएको छ । योसित जोडिएको उत्पादन इतिहासको घतलाग्दो तथ्य प्रकाशमा ल्याउन पनि यसको ऐतिहासिक भौतिकवादी व्याख्या गर्नु आवश्यक छ ।

दशैंलाई समाजशास्त्रीय तथा ऐतिहासिक उत्पादनइतिहासको कोणबाट व्याख्या गर्न सकिन्छ । तर यसमा पनि धार्मिक सारत्वत्त प्रधान बनाई सामन्ती सत्तालाई जनसत्ताको रूपमा स्थापित गर्ने आधार बनाइएको छ । यसमा रामराज्य र रामआदर्शको आवरणभित्र विज्ञानविरोधी सामन्ती चिन्तनलाई स्थापित गरिएको छ । लामो अवधि ओगटेको दशैं आजको युगमा समय र श्रमका दृष्टिले पनि व्यावहारिक र वैज्ञानिक छैन । जसरी पनि दशैं मान्नुपर्ने बाध्यताले आर्थिक समस्या, सामाजिक–आर्थिक आडम्बरको प्रदर्शन र समयको बर्बादीका कारण पनि आजको असाध्यै व्यस्त समयमा दशैं उपयोगी र वैज्ञानिक छैन । अग्रजहरूबाट आर्शीवाद लिने र परिवारहरू भेटघाट गर्ने र रमाइलो गर्ने कुरालाई पनि आर्थिक पक्षले निर्धारित गर्छ । साथै आशीर्वाद कुनै पनि बेला लिन सकिन्छ । आर्शीवादका लागि दशैं नै पर्खनु आवश्यक छैन । जन्म दिन आशीर्वादका लागि सबैभन्दा उत्तम दिन हो । यहाँ आशीर्वाद प्रधान बनेको छैन, प्रधान पक्ष सामन्ती आदर्शको पालना र धार्मिक परम्परा र चलनको निर्वाह बनेको छ ।

समयको बर्बादीका साथै जनतालाई मनोवैज्ञानिक त्रास र धार्मिक पाखण्डपनमा कैद गरी सदैव अन्धकारमा राख्ने यस्ता चाडपर्वहरूको विस्थापन गरी जनताको सङ्घर्षसित गाँसिएका चाडपर्वहरूको स्थापना गर्नु, पुरानोका ठाउँमा नयाँको विकल्प दिनु चुनौतीपूर्ण तर आवश्यक र ऐतिहासिक कार्य हो । जनसामान्यलाई भौतिक र आत्मिक मनोरञ्जन दिन जीवननेपयोगी, वैज्ञानिक र जनगाथासित सम्बद्ध चाडपर्वहरूलाई स्थापित गर्नु आजको आवश्यकता हो । यी चाडपर्वहरूसित धार्मिक र मनोवैज्ञानिक पक्ष पनि गा“सिएको छ । समयको क्रममा स्वःस्फूर्त र सचेतन दुवै प्रक्रियामार्फत यिनमा परिष्कृतता आएको पनि छ । तर धार्मिक पाखण्ड र सामन्ती आडम्बरमा आधारित चाडपर्वहरूको सुधार र परिमार्जन मात्र पर्याप्त छैन । यिनलाई क्रमिक रूपबाट विस्थापित गर्दै लैजानु आवश्यक हुन्छ । पुरानोको ध्वंस र नया“को निर्माणले मात्र नयाँ संस्कृतिको स्थापना र स्थायित्वमा बल पुग्दछ । यस्ता शोषणमूलक सामन्ती संस्कृतिलाई पनि सामान्य, कम घातक, घातक र अति घातकमा विभाजन गरी विस्थापनको प्रक्रियालाई एकपछि अर्को गरे अभियान नै चलाएर अघि बढाउनु आवश्यक छ ।

सामन्ती सत्ताद्वारा संरक्षित संस्कृतिलाई विस्थापित गर्ने र नयाँ संस्कृतिलाई स्थापित गर्ने सन्दर्भमा चाडवाड र मेलापर्वसित सम्बद्ध केही विशिष्टताहरूमाथि ध्यान दिनु आवश्यक छ । क्षेत्रीय तथा जातजातिगत विशेषताहरू एकातिर छन् भने अर्कातिर केन्द्रीय राज्यसत्ता कब्जा गर्ने वर्गद्वारा लादिएर ‘राष्ट्रिय’ बनाइएका चाडपर्वहरू पनि हाम्रै समाजमा छन् । नयाँ संस्कृतिको प्रमुख लडाइं यही ‘राष्ट्रिय’ चाडपर्वलाई लाद्ने सामन्ती संस्कृतिसित छ र हुनुपर्दछ । चाडपर्व, आदि कुराहरू जातीय, क्षेत्रीय संवेदनशीलता र परिचयसित पनि गाँसिएका हुन्छन् । यो पनि एउटा जटिल पक्ष हो । त्यसैले पुरानोेको विस्थापन संगसंगै नयाँ विकल्पको प्रस्तुति पनि उत्तिकै आवश्यक हुन्छ ।


निधारभरिको टीका लगाएर फेसबुकमा राख्नुमा गौरव गर्छन् । यस्ता ‘कामरेडहरू’ स्वर्गको सपना देखाउने पाखण्डी धर्म गुरूहरूभन्दा खतरनाक हुन् । हाम्रा कमरेडहरूमा, श्रम, सङ्घर्ष, सङगठित शक्ति, क्रान्तिकारी आदर्शभन्दा धर्मगुरू र बाबाहरूमा विश्वास बढ्नथालेको छ ।

ऐतिहासिक र वैचारिक दुवै दुष्टिले के कुरा सत्य हो भने जुन अनुपातमा राजनीतिक परिवर्तन हुन्छ, सोही अनुपातमा सांस्कृतिक परिवर्तन हुँदैन, यसले केही समय लिन्छ । तर त्यस दिशातिर हामी गर्यौं कि गरेनौं ? हाम्रो प्रयास कस्तो रह्यो भन्ने कुरा चाहीं प्रधान हो । सामन्त वर्ग र दलाल पुंजीपति वर्गले त्यतातिर सोच्ने कुरा भएन, र संशोधनवादीहरूका लागि पनि यो चासो र आवश्यकताको विषय होइन । सोच्नुपर्ने क्रान्तिकारी माओवादीहरूले हो । इमानदारीपूर्वक भन्नुपर्दा यो पक्ष पनि त्यति उत्साहप्रद छैन । हाम्रा कामरेडहरू ठाडा चन्दनमा सजिएका हुन्छन् । हाम्रा कमरेडहरूको घरघरमा पाठपूजा र घण्टीहरू बिहानै बज्दछन् । मठमन्दिरको नजिक पुग्दा तिनीहरूको टाउको निहुरिन्छ र हात जोडिन्छ । सामन्ती धार्मिक अनुष्ठानमा हाम्रा उच्च तह र नेतुत्वमा रहेका महिला कमरेडहरू रङ्गीचङ्गी भएर नाचिरहेका हुन्छन् । हातमा वलि राजाको डोरो बाँधेर र कानमा जमरा सिउरेर हाम्रा वौद्धिक-सांस्कृतिक क्षेत्रका नेताहरू आमूल परिवर्तन र सांस्कृतिक रूपान्तरणको भाषण फलाक्छन् । सेतो लुगा भिरेर तेर दिनसम्म गरूड पुराण लगाउँछन् र बाहिर आएर त्यसैको धुवाँधार विरोध गर्छन् ।

दशैंमा हाम्रा साना-ठूला कमरेडहरू श्रीमतीलाई पछिपछि कुदाउँदै र बालबच्चा घिसार्दै निधारभरि राता टीकामा असिनपसिन भएर कुदेको देख्न पाइन्छ । खाओवादीहरूको त कुरै छाडौँ, आफूलाई संसारकै एक नम्बर क्रान्तिकारी भन्नेहरूका फेसबुक लगायतका सञ्जालहरू “नेपालीहरूको महान चाड विजया दशमीको पावन अवसरमा हार्दिक शुभकामना” ले भरिएको पढ्न पाइन्छ । घरभित्र निधारभरि टीका र कानभरि जमरा सिउरिन्छन् र बाहिर आएर पुछपाछ गरेर फोटो खिच्छन् क्रान्तिकारी देखाउन । कतिपय त निधारभरिको टीका लगाएर फेसबुकमा राख्नुमा गौरव गर्छन् । यस्ता ‘कामरेडहरू’ स्वर्गको सपना देखाउने पाखण्डी धर्म गुरूहरूभन्दा खतरनाक हुन् । हाम्रा कमरेडहरूमा, श्रम, सङ्घर्ष, सङगठित शक्ति, क्रान्तिकारी आदर्शभन्दा धर्मगुरू र बाबाहरूमा विश्वास बढ्न थालेको छ ।

हातमा वलि राजाको डोरो बाँधेर र कानमा जमरा सिउरेर हाम्रा वौद्धिक-सांस्कृतिक क्षेत्रका नेताहरू आमूल परिवर्तन र सांस्कृतिक रूपान्तरणको भाषण फलाक्छन् । सेतो लुगा भिरेर तेर दिनसम्म गरूड पुराण लगाउँछन् र बाहिर आएर त्यसैको धुवाँधार विरोध गर्छन् ।

एकातिर हामीले कम्युनिस्ट मेनिफेस्टो तयार भएदेखि यता वर्गसङ्घर्षद्वारा निर्माण गरेका र श्रम र चेतनासित विकसित भएर स्थापित भएका चाडपर्वहरू बिर्सिदै गएका छौं, तिनलाई औपचारिकतामा सीमित पारेका छौं, अर्कातिर रूग्ण र सामन्ती संस्कृतिलाई विस्थापित गर्नुको साटो त्यसैमा रमाउन थालेका छौं । हिजो हामीले महान् जनयुद्धका सन्दर्भमा निर्मित र जनसत्तासितै स्थापित हाम्रो बलिदानको इतिहाससित गाँसिएका चाडपर्वहरूलाई समेत आजभोलि बिर्सिसकेका छौं र सहरिया रमझममा रमाइरहेका छौं । हामी पुँजीवादी रमझममा मात्र होइन, र सामन्ती संस्कृतिको प्रचारप्रसार, पुराण वाचन र सप्ताह आदिमा अतिथिका रूपमा र फूलमालासहित मुसुमुसु हाँस्तै मञ्चमा आसिन हुनमा गर्व गर्नथालेका छौं । पुरानाको विस्थापनको स्थिति जटिल भए पनि यो एकदमै आवश्यक छ । श्रमचेतना, समतामूलक र वैज्ञानिक आधारसित जोडिएका चाडपर्वहरूको जनवादीकरण गर्नु र नयाँ चाडपर्वहरूको स्थापनाका आधारहरू निर्माण गर्दै जानु आजको आवश्यकता हो । यसका लागि वैचारिक र राजनीतिक सङ्घर्षलाई हरेक मोर्चामा तीव्र बनाउनु आवश्यक छ ।

नयाँ चाडपर्वहरूको स्थापना वर्गसङ्घर्षका बीचबाट हुन्छ । यसमा सचेतन प्रयासको भूमिकाले अहम् महत्व राख्दछ । राजतन्त्र ढल्यो । तर सामन्ती चिन्तन ढलेको छैन । वर्षौदेखि नेपाली समाजमा जरा गाडेर बसेको सामन्ती संस्कृति सितिमिति ढङ्गले ढल्नेवाला पनि छैन । त्यति मात्र नभएर सामन्ती-व्राम्हणवादी प्रवृत्ति विभिन्न पार्टीमा छ, पार्टीका नेताहरूमा छ, क्रान्तिकारी भनिएका तपाईँ-हामीभित्र छ । यसले लामो र दीर्घकालीन लडाइ“को बाटो खोज्दछ र रोज्दछ । यसलाई नयाँ राज्यसत्ता निर्माणको अभियानसित जोडेर लानु पर्दछ । प्रश्न चाडपर्वको विस्थापन र स्थापनाको होइन, प्रश्न चिन्तनको हो । तपाईँ-हाम्रो मनमस्तिष्कमा रहेका सामन्ती र रूग्ण चिन्तनविरुद्ध सङ्घर्ष गरेर नै हामी, हामीभित्रको सामन्ती-व्राम्हणवादी चिन्तन र संस्कृतिलाई परास्त गर्न सक्छौं । पहिले हामी आफैँभित्र र हाम्रै घरपरिवारभित्र वैचारिक शुद्धीकरण आवश्यक छ ।

हामीले आफैंभित्रको सामन्ती-व्राम्हणवादी संस्कृति नफालुन्जेलसम्म समाजमा रहेका गलत चाडपर्वहरूलाई विस्थापित र निषेध गर्न र नयाँ र वैज्ञानिक चाडपर्व स्थापित गर्न सक्षम हुन सक्तैनौं । फेसबुकका विजया दसमी भन्ने र निधारभरि टीका र जमरा लाउने कामरेडले भोलि जनताका बीच गएर कसरी सामन्ती संस्कार र संस्कृतिको विरोध गर्न सक्ला ! लडाइँ भित्र र बाहिर दुवै मोर्चामा तीव्र बनाउनु आवश्यक छ ।

नेपाली समाजमा विद्यमान चाडपर्व, तिनको चरित्रको विशलेषण र विस्थापनको कुरा गर्दा तिनमा निहित जटिलता र सम्बेदनशीलतामा पनि ध्यान दिनु आवश्यक छ । चाडपर्वहरूलाई वलपूर्वक विस्थापन गर्ने कार्यले नकारात्मक स्थिति पैदा हुन सक्ने भएकाले यसलाई वैचारिक चेतनाद्वारा मूलतः सांस्कृतिक रूपान्तरणको प्रक्रियासँगै लैजानु पर्दछ र यो कार्य सबैभन्दा सचेत वर्ग, समुदाय, व्यक्ति र नेताहरूबाट आरम्भ हुनु पर्दछ । । लादिएको संस्कृति अर्थहीन हुन्छ, जनता आफैं संस्कृतिको निर्माण र स्थापनामा लाग्नु पर्दछ । यहाँ चित्तप्रसन्नताले पनि ठूलो अर्थ राख्दछ । यसमा सचेतन प्रयासको ठूलो भूमिका हुन्छ भन्ने कुरा पनि बिर्सिनु हुँदैन ।

सामन्ती सोचाइ र संस्कृतिलाई टेवा पुर्याउने चाडपर्वहरूको विस्थापन गर्ने भनेको पुंजीवादी संस्कृति र चाडपर्वहरूलाई ठीक ठहर्यएर व्यवहारमा लागू गर्ने होइन भन्ने कुरामा पनि हामी त्यत्तिकै सचेत हुनु आवश्यक छ । यताका दिनमा पाश्चत्य पुँजीवादी सांस्कृतिक विकृतिको विस्तार जसरी भइरहेको, यो कम खतरनाक छैन । सामन्ती संस्कृतिको विरोधमा पाश्चात्य विकृत संस्कृति ठीक हो भनेर अभिमत दिन सकिँदैन र पाश्चात्य संस्कृतिको विरोध र “नेपाली संस्कृतिको जगेर्ना” का नाममा मोदी मार्काको हिन्दू फासिवाद र पाखण्डीपनलाई पनि सही मान्न सकिँदैन ।

यथार्थतः पुराना, विषाक्त र जनविरोधी चाडपर्वहरूको विस्थापन र नयाँ जनपक्षीय र वैज्ञानिक चाडपर्वहरूको स्थापनाको प्रयास आफैंमा वर्गसङ्घर्षको स्वरूप हो । यो समाजमा रहेका गलत प्रवृत्ति र सामन्ती संस्कृतिसित मात्र जुध्ने कुरा होइन, यो त तपाईँ—हाम्रै दिलदिमागमा रहेका सामन्ती सोचाइ र पाखण्डी चिन्तन र उपभोक्तावादका विरुद्ध लड्ने कुरा पनि हो । विडम्बनाको कुरा के भएको छ भने, गलत चिन्तन विरुद्ध आन्दोलनको अगुवाइ गर्नुपर्ने कमरेडहरू नै गलत सांस्कृतिक चिन्तन प्रवृत्तिलाई टेवा पुर्याउने कामकुराको प्रचार अभियन्ता बनिरहेका छन् ।

यस्तो बेला थप जटिलता पैदा हुन्छ । त्यसैले भित्र–बाहिर सङ्घर्षलाई नचर्काइकन सर्वहारावादी मानवतावादमा आधारित नयाँ संस्कृति र नयाँ चाडपर्वहरूको स्थापना सम्भव छैन । यसलाई राज्यसत्ता प्राप्तिको आन्दोलनसित जोडेर लैजानु पर्दछ र निरन्तर क्रान्तिको मूल्यद्वारा निर्देशित भई अगाडि बढ्नु पर्दछ । चाडपर्व र तिनका बारेमा बहस छलफल गर्दा यी सबै पाटा र पक्षलाई अगाडि राख्नु पर्दछ ।

http://www.imandarmedia.com बाट साभार 

प्रगतिवादी सांस्कृतिक आन्दोलनको कार्यदिशा - दिलीपकुमार श्रेष्ठ 'कोरस'

१. प्रारम्भिकी
प्रगतिवादी साँस्कृतिक आन्दोलनमा यतिबेला तीनखाले कार्यदिशा बहसमा छन्– एकीकृत क्रान्तिको कार्यदिशा, नौलो जनवादी क्रान्तिको कार्यदिशा र समाजवादी क्रान्तिको कार्यदिशा । हामी कार्यदिशाको बहस गर्दैछौं । कार्यदिशाको यो बहसमा प्रस्तुत भाषा-शैली सबैका लागि पाच्य नहुन सक्छ । यहाँहरु कतिपयलाई कपाल दुख्ने, पसीना छुट्ने, कामज्वरो आउने, रिंगटा र वाकवाकी लाग्ने, आँखा र कानबाट धुँवा छुट्नेजस्ता लक्षणहरु देखिन सक्छन् । कमजोर मुटु भएका साथीहरुलाई म सियाँल वा पङ्खामुनि बसेर प्रशस्त शुद्ध पानी पिउने सल्लाह दिन चाहन्छु ।
२. प्रगतिवादी आन्दोलन र कार्यदिशाको अर्थ
समाजका सबैखाले शोषण–उत्पीडन र अन्याय-अत्याचारको समूल नष्ट गरी साम्यवादी समाज र सँस्कृति स्थापना गर्ने उद्देश्यका साथ कला, साहित्य र सँस्कृतिका क्षेत्रमा चलाइने आन्दोलनलाई प्रगतिवादी साँस्कृतिक आन्दोलन भनिन्छ भने आन्दोलनको मूलबाटो वा राजमार्गलाई कार्यदिशा भनिन्छ । जीवन-जगत्लाई बुझ्ने र बदल्ने प्रक्रियामा आवश्यक विधि, संरचना, आचरण आदिको आधार भनेको नै कार्यदिशा हो । कार्यदिशाबिना कुनै पनि आन्दोलनले गति लिन सक्दैन । प्रगतिवादी आन्दोलनले सामन्तवाद, विस्तारवाद, साम्राज्यवादका अलावा सबैखाले गलत चिन्तन–प्रवृत्तिको जमेर बिरोध गर्छ र सर्वहारा अन्तर्राष्ट्रियतावादको खुलेर समर्थन वा पक्षपोषण गर्छ । मार्क्सवाद अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद यसको दार्शनिक आधारशिला हो ।
यो आन्दोलनमा चल्ने कार्यदिशाको बहस भनेको कम्युनिष्ट आन्दोलनमा चल्ने कार्यदिशाको बहस नै हो । कार्यदिशा भनेको कुनै व्यक्ति वा समूह–विशेषको इच्छा अनुसारको कागजी खेलौना होइन, पसीना पुछ्ने किरेमिरे जाले रुमाल होइन । यो विकासको नियमअनुसार आन्दोलनको आवश्यकताले तय गर्ने विषय हो । एंगेल्स लिखित ‘कलाको उत्पत्तिको प्रक्रियामा श्रमको भूमिका’ शीर्षकको लेखमा बाँदरबाट मनुष्य बन्ने प्रक्रियामा श्रमको भूमिकालाई औंल्याएको छ । प्रकृतिसँगको जीवन–मरणको लडाईंमा श्रममा सहभागी बनेर कार्यदिशाको सही बाटो अँगाल्ने प्राणी बाँदरबाट मान्छेमा रूपान्तरण भयो । र, साथसाथै राफाएलोको जस्तो चित्रकला, थोर्भल्डसेनको जस्तो मूर्तिकला र पागानिनीको जस्तो संगीतकला विकास भयो । तर, श्रमबाट विमुख बनेर कार्यदिशाको गलत राग अलाप्ने जन्तु बाँदरमै सीमित रह्यो । मानव इतिहासको सर्वमान्य सत्य यही हो । कार्यदिशाको यो बहसमा सहभागी बन्दा हामीलाई मान्छे बन्ने अवसर र बाँदर बन्ने चुनौति दुवै छ ।

दिलीप श्रेष्ठ
दिलीप श्रेष्ठ

कार्यदिशाका बारेमा मार्क्स, एंगेल्स, लेलिन, स्तालिन र माओका पालामा समेत निकै लामा-लामा बहसहरु भए । समाजवादी कार्यदिशा र जनवादी कार्यदिशाको बहसले ‘महाविवाद’ को उग्ररुप लिएर विश्व कम्युनिष्ट आन्दोलनमा पानी बाराबारको जस्तै स्थिति उत्पन्न भएको इतिहास हाम्रा सामु छ । कार्यदिशाको बहस प्रगतिवादी आन्दोलनमा कुनै नौलो, आश्चर्य र खेदको विषय होइन । तर, यो बहसको कथा भने साह्रै रोचक र घत लाग्दो छ । आन्दोलनमा घडीको सुइ जतिबेलासम्म सुल्टो दिशातिरको गतिमा हुन्छ, तबसम्म यो बहसले राजनीतिमा खासै महत्व पाउँदैन । परन्तु, जब गुट–उपगुटको जन्मसँगै आन्दोनमा विग्रह पैदा हुन्छ र घडीको सुइ उल्टो दिशातिर घुम्न थाल्छ, तब एकाएक चर्का–चर्का स्वरमा हल्लीखल्ली मच्चाउँदै कार्यदिशाका बाह्र–सत्ताइस पिर्के पिङ खडा गरिन्छ । फागुन सकिएर नयाँ वर्षको शुरुवात हुने पक्कापक्की भएपछि तिघ्रामा घिउतेल दलेर आन्दोलनमा प्रविष्ट भूसतिघ्रे–चैतेहरु दायाँबायाँ खामाको आड लगाएर पिङको बाहाँ ठेल्छन् । पिर्का–पिर्कामा कार्यदिशाको रमाइलो महोत्सव शुरु हुन्छ, झ्याङ्कुसी खेलिन्छ, व्यापारिक मनोरञ्जन लिइन्छ ।
यो बहस आजको आजै टुंगो लाग्ने विषय भने होइन । अल्बानियाली सैनिक प्रतिनिधि–मण्डलसँगको कुराकानीका क्रममा माओले भनेका छन्– ‘दुई वर्ग वा दुई कार्यदिशाबीचको छिनोफानो एक, दुई, तीन वा चारवटा साँस्कृतिक क्रान्तिले हुन सक्दैन ।’
३. मार्क्सवादका सार्वभौम सिद्धान्त र नेपाली समाजका विशेषताहरु
कार्यदिशालाई बुझ्नका लागि हामीले ध्यान दिनुपर्ने दुईटा विषय छन्- मार्क्सवादका सार्वभौम सिद्धान्त र वर्तमान नेपाली समाजको विशेषता । मार्क्सवादको जन्म मानवीय विकासको निरन्तरताको क्रममा भएको हो । मार्क्स–एंगेल्सभन्दा अघि पनि जीवन-जगतका विषयमा घगडान–घगडान विद्वानका घगडान–घगडान दार्शनिक व्याख्याहरु थिए । हेगेलको द्वन्द्ववाद थियो, फायरवाखको भौतिकवाद थियो । हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादमा रहेका आदर्शवादी त्रुटिहरुलाई सच्याएर नै मार्क्सवादको जन्म भएको हो । यसलाई पछि गएर रुसमा लेनिनले र चीनमा माओले थप समृद्ध तुल्याए । मार्क्सवादको अर्थ लेनिनवाद र माओवाद दुबै हो । मार्क्सवाद भनेको कुनै अकाट्य, स्थायी र अपरिवर्तनीय शास्त्र होइन । यो एउटा गतिशील समाज–विज्ञान हो, पथ–प्रर्दशक सिद्धान्त हो । यसले भौतिक संसारलाई प्रधान र परम विचारलाई सहायक मान्दछ । देश, काल परिस्थितिअनुसार फरक–फरक ढंगले यसको प्रयोग हुने गर्दछ । यो नै यसको सार्वभौम सिद्धान्त हो ।
कुनै एउटा जमाना थियो- सुनको गद्धीमा सुनको मुकुट र सुनकै राजदण्ड धारण गरेर राजा-महाराजाहरु देशको शासन चलाउँथे । अधिकांश मान्छे गाउँमा बस्थे, कृषिमा निर्भर थिए । सुखदुःखमा अनाज साटासाट गरेर खाँचो टारिन्थ्यो, पैसाको चलन उति थिएन । खरानी-पानीमा उमालेपछि रिठ्ठाले कपडा धोइन्थ्यो, पिनाले नुहाइन्थ्यो । बिजुली थिएन, उज्यालो र न्यानोका लागि आगो बालिन्थ्यो । आजको जस्तो विज्ञान–प्रविधि थिएन, सूचना–सञ्चारको सुविधा थिएन । मोटर बाटो थिएनन्, मोटर थिएनन् । हाम्रा पूर्वजहरु नून लिनका लागि डोको बोकेर ठोरी जान्थे र हप्तौं लगाएर घर फर्कन्थे । अब त्यो जमाना रहेन ।
पुराना जमानाका पुराना कुरा हाम्रै सन्तानका लागि समेत अपत्यारिलो विषय हुने गर्छ । समाजमा ठूलो फेरबदल आएको छ । नूनतेल लगायतका खाद्य–सामग्री घर–घरमा, ढोका–ढोकामा आइपुग्छन् । पूँजीबिना एक कदम चल्न सकिंदैन । कृषिप्रधान भनेको मुलुक लाहूरप्रधान हुन पुगेको छ । मान्छे डेरा र घरघडेरी खोज्दै शहरतिर ओइरिएका छन् । गाउँघर रित्तो र सून्यप्रायः छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, राज्यका विभिन्न निकायमा उत्पीडित वर्ग तथा समुदायको समानुपातिक समावेशीताजस्ता विशेषतासहितको नयाँ संविधान जारी भएको छ ।
सामन्तवादको औपचारिक रूपमा नै अन्त्य भएको छ, सामाजिक अन्तरविरोधहरु बदलिएका छन् र नेपाली समाजले पूँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । यहाँ ‘सामन्तवादको अवशेष बाँकी रहेकोले र साम्राज्यवादी हस्तक्षेप जारी रहेकोले मुलुकले पूँजीवादमा प्रवेश गरेको भन्ने कुरा सही होइन’ भन्ने तर्क पनि छ । यो तर्क आफैमा गलत तर्क हो । फ्रान्स राज्य क्रान्तिपछिको समाजमा पनि त सामन्तवादका अवशेष बाँकी नै थिए र आज विश्वका थुप्रै पूँजीवादी मुलुकहरुमा पनि साम्राज्यवादी हस्तक्षेप जारी छ । के अब ती मुलुकहरुलाई पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक भन्ने ? हामीले विचार र सिद्धान्तको कैदी बनेर वस्तुको व्याख्या गर्ने गैरमार्क्सवादी पद्धति होइन कि वस्तुको आधारमा विचार–सिद्धान्तको वकालत गर्ने मार्क्सवादी पद्धति अँगाल्नुपर्छ । नेपाल पूँजीवादी चरणमा प्रवेश गरेको कुरा ध्रुवसत्य हो । सत्यलाई नकार्न मिल्दैन ।
४. आन्दोलनको विचारधारात्मक तथा राजनीतिक कार्यदिशा
आजको विश्व परिवेश, विज्ञान–प्रविधि र सूचना–सञ्चार जगतमा भएका अभूतपूर्व विकासले पैदा गरेको भिन्न परिस्थिति र नेपाली समाजको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आएको फेरबदलले आन्दोलनको स्वरूप र कार्यदिशा समाजवादी मोडेलको हुने कुरा स्वतःसिद्ध छ । पुष्प कमल दाहाल ‘प्रचण्ड’ का अनुसार ‘श्रमजीवी वर्ग एवम् जनताको निर्णायक शक्तिद्वारा समाजवादी क्रान्ति सम्पन्न गर्नु नेपाली क्रान्तिको नयाँ ऐतिहासिक राजनीतिक कार्यदिशा हो ।’ (हेर्नोस्- २०७२ पौष ७ मा सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रस्ताव, पेज–७, दोस्रो अनुच्छेद) मार्क्स-एंगेल्सले ‘आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पूँजीवादी युग र समाजवादी युग’ गरी समाज विकासका ५ वटा चरण बताएका छन् । त्यसरी नै लेलिनले ‘निरङ्कुशताबाट बुर्जुवा जनवाद, बुर्जुवा जनवादबाट सर्वहारा जनवाद र सर्वहारा जनवादबाट नास्ति’ भनेका छन् । दुःखको विषय, हाम्रा केही सज्जन मित्रहरु भने सामन्तवाद अन्त्यपछिको चरण सामन्तवाद नै हुने अचम्मको अडान लिइरहेका छन् । ‘एकीकृत क्रान्तिको कार्यदिशा’ वा ‘नयाँ जनवादी क्रान्तिको कार्यदिशा’ को अडान भनेको साबुनको जमानामा ‘रिठ्ठाले कपडा धुन खोज्ने कार्यदिशा’ हो । यो भनेको ‘हाम्रा पुर्खाहरु नून लिन ठोरी जान्थे, हामी पनि ठोरी नै जान्छौं भनेर डोकोनाम्लो तयार गरेजस्तै हो । यो माओले भनेजस्तै ‘खुट्टाअनुसार जुत्ताको नापो निकाल्ने’ नभई ‘जुत्ताको नापो अनुसार खुट्टाको कुर्कच्चा तास्न खोज्ने’ प्रवृत्ति हो । आजको आन्दोलनको एकमात्र कार्यदिशा नेपाली खुट्टा अनुसारको समाजवादी– यथार्थवादी कार्यदिशा नै हो ।
पृथ्वी, चन्द्रमा, मंगल–ग्रहदेखि लिएर सम्पूर्ण आकाशीय पिण्डहरुको आन्द्राभूँडी केलाउन सक्छौं । तर, दुनियाँ बदल्नुपर्दा हाम्रो गोडाले आफूले टेकिरहेको धर्ती छोड्छ, हाम्रो सिँगान र पिसाब एकैसाथ चुहिन्छ- प्रमुख कारण यही हो ।
प्रगतिवादी साँस्कृतिक आन्दोलन कला–साहित्यका माध्यमबाट चलाइने विचारधारात्मक संघर्ष भएको कारण साधना तथा रचना–सिर्जना कर्मसँग सम्बन्धित विचारधारात्मक कार्यदिशाको अर्को महत्वपूर्ण पाटो पनि यहाँ छ । यसमा समेत गम्भीर बहस–छलफलको जरुरत छ । यो आन्दोलनमा हिंजो पनि र आज पनि बारम्बार जोडतोडका साथ उठ्ने गरेको एउटा प्रश्न छ- ‘हाम्रा रचना–सिर्जना वा कलाकृति हामीले अपेक्षा गरे मुताविक गुणस्तरीय हुन नसक्नु र बुर्जवा कला–साहित्यका तुलनामा सधैँ पछि पर्नुको गुदी कारण के हो ?’
आन्दोलनमा केही स्वघोषित गोर्की र लु श्युनहरु छन् । उनीहरु यो प्रश्नप्रति गम्भीर छैनन् । यसको कारण उनीहरु ‘समाजमा उपभोक्तावादको दवदवा रहेकोले’, ‘प्रकाशन तथा वितरण प्रणालीको सम्पूर्ण बजार दलाल–पूँजीपति वर्गको कब्जामा रहेकोले’ , ‘कला–साहित्यप्रतिको रुचिमा कमी आएकोले’ भनेजस्ता बाहिरी र सहायक कारणलाई नै प्रधान बनाएर वाहियात तर्क गर्छन् । यसको प्रमुख कारण बाहिर होइन, हामीभित्रै छ । हामीभित्र रहेको निषेधात्मक पद्धति, अध्ययन तथा लेखन शैलीमा रहेको अकर्मण्यता र विचारधारात्मक तथा साँस्कृतिक रूपान्तरणको समस्या नै यसको प्रमुख कारण हो ।
दुनियाँको व्याख्या गर्नुपर्दा, हामी नब्बे सालमा भुइँचालो जानुभन्दा अघिको धरहरा र तेन्जिङ शेर्पाले पाइला टेक्नुभन्दा अगाडिको सगरमाथा वर्णन गर्न सक्छौँ । पृथ्वी, चन्द्रमा, मंगल–ग्रहदेखि लिएर सम्पूर्ण आकाशीय पिण्डहरुको आन्द्राभूँडी केलाउन सक्छौं । तर, दुनियाँ बदल्नुपर्दा हाम्रो गोडाले आफूले टेकिरहेको धर्ती छोड्छ, हाम्रो सिँगान र पिसाब एकैसाथ चुहिन्छ- प्रमुख कारण यही हो । हामी आफूलाई स्वर्गलोकमुनिका अब्बल दर्जाको नागरिक सम्झन्छौँ, आफूलाई जे ठीक लाग्छ त्यही हुकुम चलाउँछौँ– असली कारण यही हो । एकपटक हामी सबैले आफूतिर फर्किएर प्रश्न गरौँ-
• हामी प्रगतिवादी आन्दोलनको अगुवाका रूपमा प्रस्तुत हुने गर्छौं । हामीद्वारा निर्मित वा अभिनित चलचित्र र प्रगतिवादबीच के कुनै साइनो छ ?
• प्रगतिवादको अर्थ लाग्ने गरी हामीले कति ओटा नाटक खेल्यौं ?
• नेपालको किराँतकालीन, लिच्छवीकालीन र मल्लकालीन कलाकृतिबाट आज दुनियाँ चकित छ । पुर्ख्यौली विरासतलाई धान्ने गरी चित्रकला, मूर्तिकला, वास्तुकला र ललितकलामा हाम्रो आजको अलग चिनारी खोइ कहाँ छ ?
• पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र त्यसको वरपरबाट हामी साहित्य–लेखनको पृष्ठभूमि शुरु गर्छौं र आफ्नो समयमा ल्याएर इतिहासको बीट मार्छौं । हामीले गणराज्यकालीन अलिखित साहित्यको खोजी कति गर्‍यौं ? कवितामा गोपाल प्रसाद रिमालद्वारा विकसित गद्य–शैलीलाई अपवादका रूपमा छोडिदिने हो भने साहित्यका क्षेत्रमा हामीले विकास गरेको शैली, विधा र विधि–विधान कुनै छ ? गोर्की र लु श्युनको साहित्यिक व्यक्तित्व झल्कने प्रकृतिका कृतिहरु खै कति छन् ?
• गीत–संगीतका क्षेत्रमा आज हामीले साधना, रचना–सिर्जना र प्रस्तुतिको जुन तरीका अपनाइरहेको छौं, यो कुन खाले तरीका हो ? यो तरीका कति सङ्गतिपूर्ण छ ? हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश । हिमालमा बस्ने शेर्पा, भोटे, थकाली, पहाडमा बस्ने गुरुङ, मगर, किराँत, राई, लिम्बू, कुमाल, दरै, बोटे, चेपाङ्ग, मधेश वा तराईमा बस्ने थारु र उपत्यकामा बस्ने नेवार लगायत आदिवासी जनजातिका आ–आफ्नै जातीय पहिचान सहितको मौलिक बाजागाजा र नाचगानको विशाल भण्डार छ । हाम्रो ध्यान यसखाले मौलिक बाजागाजा र नाँचगानको साधना गर्नेतर्फ किन जाँदैन ? अरु त अरु वर्ग–सङ्घर्षको मैदानबाट आएका हामी संगीतकर्मी समेत किन यस्तो अकर्मण्यतामा फस्यौँ ? हाम्रो गीत–संगीतको धार किन ‘न हाँस न बकुल्लाको चाल’ भएर गुज्रिरहेछ ।
• प्रश्न जतिपटक र जति ओटा गरे पनि यसको उत्तर एउटै निस्कन्छ – हाम्रो साधना नै विसङ्गतिपूर्ण छ । हामीले जनताबाट सिक्ने र जनतालाई दिने जनदिशाको हाम्रै आफ्नो तरीका अपनाएनौँ । हामी दुश्मनको तरीकाबाट दुश्मनसँग लड्न तम्सियौं, जसको परिणाम विचार सही हुँदाहुँदै पनि हाम्रो कला–साहित्य ओझेलमा पर्‍यो । अब हाम्रो दिशा नेपालको मौलिक र राष्ट्रिय कला, साहित्य तथा सँस्कृतिको खोज–अनुसन्धान गर्ने, हाम्रो अनुकूलतामा त्यसलाई समृद्ध तुल्याउनेतर्फ सोझिन जरुरी छ ।
आन्दोलनमा स्पष्ट रूपमा दुईटा वर्ग देखिएका छन् । एउटा वर्ग शहरका आलिशान महलमा खराब घरानियाँ शैलीको जीवन यापन गरिरहेका छन् भने अर्को वर्ग आन्दोलनभित्रै शरणार्थीजस्तो बन्न पुगेका छन् र पेट पालनका लागि खाडी मुलुकका उजाड मरुभूमिमा भौतारिरहेका छन् ।
५. विश्रान्ति
‘पूँजी’ को लेखन कार्य सकिएपछि ए.मेयरलाई लेखेको चिठीमा मार्क्सले भनेका छन् ‘यो पुस्तकका लागि मैले आफ्नो स्वास्थ्य, खुसी र परिवारको आहुति दिएको छु ।’
प्रगतिवादी आन्दोलन एउटा सुन्दर गीति–संग्रह हो । यसका लागि यहाँ हजारौंको संख्यामा जीवनको आहुति दिने सहिद छन्, दर्जनौं बेपत्ता छन्, सयौं घाइते छन् । बन्दीगृहभित्रका यातना–शिविरहरुमा चर्को यातना भोग्ने र बलात्कारको शिकार हुनेहरुको संख्याको कुनै गणना छैन । आन्दोलनमा उतार–चढावहरु हुनु र अन्तरामा व्यक्तिचारी भावहरु आउनु संगीतको स्वभाविक नियम नै हो । यसको अर्थ जसलाई जे उचीत लाग्छ, त्यो गर्ने छुट भने आन्दोलनमा हुँदैन । यतिबेला सर्वहारा वर्गको यो सुन्दर कृतिका केही पानाहरु उल्टोपाल्टो हो कि भन्ने अनुभूति हामी सबैले गरेको छौं । आन्दोलनमा स्पष्ट रूपमा दुईटा वर्ग देखिएका छन् । एउटा वर्ग शहरका आलिशान महलमा खराब घरानियाँ शैलीको जीवन यापन गरिरहेका छन् भने अर्को वर्ग आन्दोलनभित्रै शरणार्थीजस्तो बन्न पुगेका छन् र पेट पालनका लागि खाडी मुलुकका उजाड मरुभूमिमा भौतारिरहेका छन् । यहाँ संगठन, व्यक्तिगत आचरण र जीवनपद्धतिसँग सम्बन्धित थुप्रै पीडा, असन्तुष्टी र आक्रोशका स्वरहरू सुनिन्छन् ।
यो आन्दोलनमा हामीले स्तालिनको अधिभूतवादी गल्ती नदोहोर्‍याउने प्रण गरेको थियौँ । माओले गरेको ढिलाइ नगर्ने अठोटका साथ आफ्नो टाउकोमा आफैं आगो सल्काउने कवूल गरेका थियौं, आन्दोलनभित्र आन्दोलन गर्ने सङ्कल्प लिएका थियौं । तर, यहाँ कमजोरीहरू छन् र समय घर्कंदैछ भन्ने कुराको ख्याल गर्न जरुरी छ । लेनिनले भनेझैँ ‘सबैखाले गुटबन्दीको तत्काल विघटन’ हुनुपर्छ र ‘यो कुरा नमान्नेलाई बिना हिच्किचाहट निष्काशन’ गर्नुपर्छ । यहाँ पद–प्रतिष्ठाको माला पहिराएर संगठनको समस्या हल गर्ने जुनखाले विधिको प्रयोग भइरहेको छ, त्यो आन्दोलनका लागि अत्यन्त घातक छ ।
अन्त्यमा, हामीसँग माओकालीन महान्–सर्वहारा साँस्कृतिक क्रान्तिको अनुभवबाट शिक्षा लिने, दृढतापूर्वक त्यसलाई लागू गर्ने र त्यसलाई नयाँ अर्को उचाइमा उठाउने बाहेक अब अर्को कुनै बाटो छैन । यहाँ हरेक वर्ष र हरेक महिना आन्दोलनमा चिरा पर्ने गरी संगठन प्रमुखका लागि होडवाजी चल्छ । यहाँ हरेक हिउँद, हरेक वर्षा पिताको टाउको गिँडेर सत्तारोहणको दुस्वप्न देख्छन्, रजौटा मानदेवहरू । यहाँ हरेक विहान र हरेक साँझ मञ्चन हुन्छ पेङ् ते हुईको नेपाली संस्करण – ‘हाई जुईलाई पदच्यूत गरियो ।’
२०७३ श्रावण २५ मंगलबार
मनपाङ –६, बेलसोती, तनहुँ ।
http://www.sajhapost.com बाट साभार 

प्रतिक्रियावादी संस्कृति र जनवादी संस्कृति - हस्तबहादुर केसी

Hasta Bdr KC
२१ औं शताब्दिको डेढ दशको आजको युग साम्राज्यवाद र सर्वहाराक्रान्तिको भीषण संघर्षको युग हो । आजको युग विज्ञान र प्रविधिले युक्त युग पनि हो । आजको युग भूमण्डलीकृत साम्राज्यवादको युग हो । नेपालमा भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद सहित कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल, हस्तक्षेप एवं नवऔपनिवेशिक उत्पीडन तीव्ररुपमा बढ्दै गइरहेको छ । उनिहरुले नेपाली नयाँ जनवादी क्रान्तिलाई ध्वस्त पार्नका लागि महान जनयुद्धको उत्कर्षकाल देखि १२ बुँदे सहमति तथा विस्तृत शान्ति सम्झौता हुँदै अहिले सम्म आउँदा अनेकौ षड्यन्त्रमूलक गुरुयोजना तथा डिजाइन तयार पार्दै आएका छन् । ‘२०६२ मंसीर ७ गते भारतको नयाँ दिल्लीमा तत्कालिन सात संसदवादी राजनीतिक दलहरु र तत्कालिन विद्रोही नेकपा (माओवादी) बीच सम्पन्न १२ बुँदे सम्झदारी दोश्रो दिल्ली सम्झौता थियो । उनीहरुद्वारा नवसंशोधनवादीहरुलाई सरकारमा पुर्‍याई दिने र नेपालको नेतृत्वको प्रलोभन दिएर क्यान्टोन्मेन्ट भित्रका जनमुक्ति सेनालाई नेपाली सेनाद्वारा कब्जा गर्न, कण्टेनरमा राखिएका हतियारहरु प्रतिक्रियावादी सरकारलाई बुझाउन लगाउन, आफ्नै पार्टीको नेतृत्वमा सरकार भइरहेकै अवस्थामा संविधान सभाको विघटन गर्न लगाएर प्रधानन्याधिशको नेतृत्वमा निर्दलीय सरकार बनाई नेकपा – माओवादी र उसले नेतृत्व गर्दै आएको ३३ दलीय राजनीतिक मोर्चालाई निर्वाचनमा सहभागी बन्न नै नदिई अनेक तरिकाले जालझेल र षड्यन्त्र एवं तिकडमबाजी गरेर पाखा लगाउँदै गत २०७० मंसीर ४ गते कथित दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न गरिएको घोषणा गरिएको सर्वविदीतै छ ।
अहिले कथित दोश्रो, संविधान सभामा पश्चगामी तथा यथास्थितिवादी शक्तिको उपस्थिति दुई तिहाई भन्दा बढि भइसकेको छ । जनयुद्धकै प्रक्रिया अन्तरगत माओवादीले संविधानसभालाई नेपाली नयाँ जनवादी क्रान्तिकै कार्यदिशाकै रुपमा उपयोग गर्ने नीति लिएको थियो र त्यसै अनुरुप २०६४ चैत्र २८ गते सम्पन्न ऐतिहासिक संविधान सभाको निर्वाचनमा भाग पनि लियो । त्यस निर्वाचनबाट माओवादी मुलुककै सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा उपस्थित हुन पनि सफल भयो । यसकै बलले २४० वर्षे शाहवंसीय सामन्ती राजतन्त्रको अन्त्य गरि मुलुकलाई गणतन्त्रात्मक नेपालको रुपमा घोषणा गर्ने परिस्थितिको निर्माण भयो । तर अहिलेको यथास्थितिमा अब संविधानसभा स्पष्टै देखिने गरि माओवादी सहित सबै क्रान्तिकारी एवं आन्दोलनकारइी शक्तिहरुको हातबाट खोसिन पुगेको छ र यसलाई प्रतिक्रान्तिको रुपमा लिनु पर्दछ ।
ऐतिहासिक भौतिकवादका आधारमा हामीले वर्तमान नेपाली समाजको वर्तमान अवस्थाको चरित्र चित्रण गर्ने यसको व्याख्या र विश्लेषण गर्नुपर्ने हुन्छ । हामीले नेपालको भौगोलिक स्थितिलाई पनि जाती राख्नु पर्ने हुन्छ । नेपाल उत्तरतिर चीनको तीब्बत र अन्य तीनतिर भारतद्वारा घेरिएको, पूर्वबाट पश्चिम तर्फ धनुषाकारमा फैलिएको १,४७,१८१ वर्गकिलोमिटर क्षेत्रफल भएको, सर्वोच्च सगरमाथा सहित उच्च हिमालय श्रृंखला, महाभारत तथा चुरे पहाड श्रृंखला र समथर तराइको मैदानी भाग बनेको, नदीनाला तथा बनजंलले भरिएको एक सानो तर सुन्दर देश हो । यसका अतिरिक्र राजनीतिक आर्थिक र साँस्कृतिक रुपमा नेपालको आफ्नै विशिष्ट ऐतिहासिक परम्परा छ । राजनीतिक रुपमा नेपाली जनता सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोध र नयाँ जनवादको पक्षमा रहीआएका छन् । आर्थिक क्षेत्रमा नेपाली जनता अत्यन्तै परिश्रमी तथा स्वावलम्बी रहीआएका छन् । साथै नेपाल प्राकृतिक स्रोत साधनका दृष्टिले समृद्ध छन् । नेपाल जलश्रोतको क्षेत्रमा विश्वको दोश्रो धनी देश हो । र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुक पनि हो । अतः साँस्कृतिक रुपमा नेपाल विविधतामा आधारित छ र नेपाली संस्कृतिको आफ्नै मोलिक पहिचान समेत रहेको छ । तर सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको उत्पीडनमा पर्नुको कारण नेपाल राजनीतिक, आर्थिक तथा साँस्कृतिक रुपमा लामो समयदेखि पछाडि पर्दै आएको छ । यसले नेपालको मौलिक पहिचान, ओज, गरिमा र समृद्धिका लागि गम्भीर र आघात पुर्‍याउँदै आएको छ ।
नेपाल सैयौं वर्ष पहिलेदेखि स्वाधिन, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक थियो । तर नेपाल सन् १८१६ मा अंग्रेज – भारतसँग भएको राष्ट्रघाती, जनघाती सुगौली सन्धि पश्चात अर्ध औपनिवेशिक मुलुकमा बदलियो । कोतपर्व, भण्डारखाल पर्व र अलौपर्व हुँदै राणाशासनको स्थापनासँगै नेपाल अर्धसामन्ती बन्दै गयो । सन् १९४७ मा अंग्रेजहरु फारतबाट फिर्ता त भए तर पछि ब्रिटिश साम्राज्यवादको विरासतलाई सन् १९५० को असमान राष्ट्रघाती सन्धि मार्फत भारतीय विस्तारवादले आफ्नो हातमा लियो । त्यस पश्चात, व्यापार पारवहन, उद्योग, जलश्रोत, सैन्य सामाग्रीको आपूर्ति विदेश नीति आदि क्षेत्रमा भारतसँग अनेकौ असमान सन्धि सम्झौताहरु भए र नेपालको अर्धऔपनिवेशिक स्थिति अझै गम्भीर बन्दै गयो ।
वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । पार्टीले नेपाली क्रान्तिको कार्यभार सामन्तवाद, साम्राज्यवाद विस्तारवाद विरोधी जनवादी क्रान्तिको रुपमा परिभाषित गर्‍यो । त्यतिबेला नेपाली क्रान्ति चीनमा जुन नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो, त्यसै अनुरुप नोलमा पनि नयाँ जनवादी क्रान्तिको बारेमा आवश्यकता प्रकाश पारिएको थियो ।
वि.सं. २००७ सालमा राणा शासनको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भयो । संविधानसभा मार्फत नयाँ संविधान बनाई प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने सहमति गरियो । तर यो कुरालाई अस्वीकार गरि राजाद्वारा २०१५ सालमा संसदीय चुनाव गराइयो । अन्ततः निर्वाचित सरकारलाई अपहस्त गरि २०१६ साल पुस १ गते राजाद्वारा ‘कू’ गरियो र निरंकुश पञ्चायती शासन लागु गरियो । यसै प्रक्रिया सन् १९५३ मा रुसमा स्टालिनको निधन भयो । त्यस पश्चात पार्टी र सरकारको नेतृत्वमा खुश्चोभको आगमन भयो । ख्रश्चोभद्वारा सर्वहारावर्गको पार्टी तथा राज्यसत्ता र सशस्त्र संघर्षको विरोधमा सम्पूर्ण जनताको पार्टी तथा राज्यसत्ता र शान्तिपूर्ण संक्रमणको संशोधनवादी मान्यता पेश गरियो र त्यस पछि रुस संशोधनवादको दलदलमा फस्न पुग्यो । त्यस परिघटनाबाट नेपाल कम्युनिष्ट पार्टीको तेश्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम संसदवादी कार्यदिशा अवलम्बन गरियो । यसले नेपाली कम्युनिष्ट आन्दोलनभित्र स्थिति गंम्भीर बन्यो । क्रान्तिकारी कम्युनिष्टहरुले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम र संसदवादी कार्यनीतिका विरद्ध नयाँ जनवादी क्रान्तिको कार्यक्रम अवलम्बन गरे । त्यसपछि नेपाली कम्युनिष्ट आन्दोलन विभाजित भयो । तर कार्यक्रमका दृष्टिले आन्दोलनको मूलधारा नयाँ जनवादी क्रानितको पक्षमा रह्यो । यहाँनेर सबल पक्ष के रह्यो भने यो प्रक्रियामा पुष्पलाल पक्षीय धारा, झापा विद्रोही धारा र चौथो महाधिवेशनको धारा नयाँ जनवादको पक्षमा उभिए । झापा विद्रोही धाराले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि सशस्त्र संघर्षको थालनी समेत गर्‍यो । तर अन्ततः त्यसले पनि दक्षिणपन्थि संशोधनवादी दिशा अवलम्बन गर्न पुग्यो र अहिले एमालेको रुपमा दक्षिणपन्थि संशोधनवादमा पतन भएर यथास्थितिवादी एवं प्रतिक्रियावादी कित्तामा सोमल हुन पुग्यो । यसै प्रक्रियामा २०४६ सालमा नेपालमा ऐतिहासिक जनआन्दोलन भयो । यसले संवैधानिक राजतन्त्रलाई कायम गर्दै बहुदलीय व्यवस्था पुनःस्थापना गर्‍यो ।
यस स्थितिमा चौथो महाधिवेशन हुँदै एकता केन्द्रको रुपा विकसीत पार्टीको मूल क्रान्तिकारी धाराबाट २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को गठन भयो । अन्ततः यसै पार्टीद्वारा २०५२ फाल्गुन १ गते महान जनयुद्धको पहल गरियो । त्यो जनयुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरि समाजवाद तथा साम्यवादको दिशामा बढ्ने महान् उद्देश्यमा आधारित थियो । दश वर्षको यस प्रकारको जनयुद्धले रणनीतिक रक्षा र सन्तुलनको चरण पार गर्दै प्रत्याक्रमणको चरणमा प्रवेश गर्‍यो र त्यस पछि शान्ति प्रक्रियामा अगाडि बढ्यो । शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात दश वर्षको जनयुद्धको नेतृत्व गरेर आएको माओवादी धाराको मुख्य नेतृत्व पनि नवसंशोधनवादमा पतन हुन पुग्यो । त्यस पछि त्यस धारा भित्र क्रियाशील रहेका क्रान्तिकारीहरुले २०६९ असार २ गते बौद्धभेला गरि नयाँ ढंगको क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीको पुनगर्ठन गर्न पुगे ।
आज नेपाल नयाँ जनवादी क्रान्तिकै चरणमा छ । नेपाली जनसमुदाय सामन्तवाद तथा साम्राज्यवाद विसतारवादद्वारा लामो समयदेखि उत्पीडित रही आएको छ । मजदूत वर्ग, हरुवा, चरुवा, हली गोठाला, सहित ग्रामीण सर्वहारावर्ग, सहित निम्न पुँजीपति वर्ग एवं राष्ट्रिय पुँजीपती वर्ग नेपाली जनवादी क्रान्तिको प्रक्रियामा जनसमुदाय अन्तर गत पर्दछन् । मजदूर वर्ग नेपाली क्रान्तिको नेता हो । सुकुम्वासी, गरीव तथा निम्न मध्यम किसान नेपाली क्रान्तिका आधारभूत शक्ति हुन् । ढुलमुल चरित्र हुँदाहुँदै पनि धनि किसान तथा राष्ट्रिय पुँजीपती वर्ग नेपाली क्रान्तिको मित्र नै हुन् । दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त अर्थात् जमिन्दारवर्ग नेपाली क्रान्तिका जनसमुदायका सामन्तवाद तथा साम्राज्यवाद विस्तारवाद सितका आधारभूत तथा प्रधान सबै खाले अन्तरविरोधहरुको समाधान गर्दछ ।
नयाँ जनवादको राज्यप्रणाली सर्वहारावर्गको नेतृत्व र आम जनसमुदायको संयुक्त अधिनायकत्वमा आधारित हुन्छ । यस प्रकारको राज्यप्रणाली सामन्तवाद र साम्राज्यवाद । विस्तारवाद विरोधी रहेको छ । यो राज्य प्रणाली सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीपति वर्ग विरुद्ध परिलक्षित रहन्छ । नयाँ जनवादको शासन प्रणाली जनवादी केन्द्रियतामा आधारित हुन्छ । जनताको जनवादी अधिनायकत्व अन्तरगत नयाँ जनवादी राज्यसत्ता मजदूरवर्ग, हरुवा, चरुवा, हली, गोठाला सहित ग्रामीण सर्वहारावर्ग, किसान वर्ग, शिल्पकार, विभिन्न तहका निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गको संयुक्त राज्य सत्ता हो ।
आर्थिक पक्षको कुरा गर्दा नयाँ जनवादी क्रान्तिको आर्थिक कार्यक्रम कृषिको क्षेत्रमा सामन्ती भूस्वामित्व तथा सामन्तवादी उत्पादन सम्बन्धको अन्त्य गरि जमिन जोत्नेको नाराका आधारमा क्रान्तिकारी भूमिसुधार गर्ने मान्यतामा आधारित रहेको छ । यसमा मध्यम तहका किसानहरुका हकहीतको सुरक्षा गरिन्छ । नयाँ जनवादले कृषि क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक क्रान्तिको पक्षपोषण गर्दछ । उद्योग र वाणिज्य सहित समस्त वित्तीय क्षेत्रमा नयाँ जनवादले दलाल तथा नोकरशाही पुँजीवादी आर्थिक प्रभुत्वको अन्त्य र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकासको मान्यता अवलम्बन गर्दछ । यसले दलाल तथा नोकरशाही पुँजीको राष्ट्रियकरण गर्दछ । नयाँ जनवादले जनताका जनजीविकाका आधारभूत समस्याको समाधान गर्दछ ।
साँस्कृतिक क्षेत्रमा नेपाल अर्धसामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा बदलिय यता नेपाली संस्कृति पनि देशको यो अवस्थाबाट प्रभावित रही आएको छ । तदनुसार नेपाली संस्कृति दुइ भागमा विभाजित रहेको छ, ती हुन् प्रतिक्रियावादी संस्कृति र जनवादी संस्कृति । नेपाली प्रतिक्रियावादी संस्कृति सामन्तवादी र साम्राज्यवादी विचारहरुको मेलबाट बनेको छ । यो संस्कृति जनविरोधी, अराष्ट्रिय र अवैज्ञानिक रहेको छ । त्यसैगरी जनवादी संस्कृति नेपाली जनवादी परम्परा र सर्वहाारा अन्तर्राष्ट्रियतावादी मान्यताको मेलबाट बनेको छ । यो संस्कृति जनवादी, राष्ट्रिय तथा वैज्ञानिक रहेको छ । र यसले प्रतिक्रियावादी संस्कृतिको विरोध गर्दछ ।
नयाँ जनवादी क्रान्तिको कार्यक्रमले माथि उल्लेखित राजनीतिक, आर्थिक तथा साँस्कृतिक पक्षको समग्रतामा वैदेशीक सम्बन्ध, न्यायिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत गुणात्मक परिवर्तनको पक्षपोषण गर्दछ । यसले वैदेशिक क्षेत्रमा भारतसितका सबैखाले असमान सन्धि तथा सम्झौताहरको खारेज गरि नयाँ आधारमा नयाँ सम्बन्धको विकासमा जोड दिन्छ । यो जनवादी न्यायव्यवस्था, जनवादी शिक्षा प्रणाली र सामाजिक मुक्तिको पक्षमा रहेको छ ।
क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीको आवश्यकता पर्दछ । कम्युनिष्ट पार्टी जनवर्गीय मोर्चा, जातीय मोर्चा, संयुक्त मोर्चा लगायतका संगठनहरुले क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । संयुक्त मोर्चा अन्तरगत यस प्रकारका जनवर्गीय मोर्चा जातीय मोर्चाका साथै विभिन्न प्रकारका देशभक्त, जनवादी तथा वामपन्थि राजनीतिक दल वा शक्तिहरु पनि सामेल हुन सक्छन् । अहिले नेकपा – माओवादीको पहलकदमी पाँच मूलधारका माओवादीहरुको बीचमा जुन संयुक्त मोर्चा बनेको छ, यसलाई यही रुपमा लिनु पर्दछ । यी सबै संगठनहरु मध्ये कम्युनिष्ट पार्टीको भूमिका प्रमुख हुन्छ । आजको माथि भनिएझैं साम्राज्यवाद र सर्वहाराक्रान्तिको युग हो । आजको युगका माक्र्सवाद – लेनिनवाद – माओवादको सिद्धान्तद्वारा पथप्रदर्शित क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र क्रान्तिको नेतृत्व गर्न सक्छ । माओत्सेतुङ्गले नयाँ जनवादी क्रान्ति प्रक्रियामा कम्युनिष्ट पार्टी, जनमुक्ति सेना र संयुक्त मोर्चा जस्ता संगठनहरुलाई तीन जादुगरि हतियारको रुपमा प्रस्तुत गर्नुभएको थियो र यो कुरा नेपाली नयाँ जनवादी क्रान्तिका सन्दर्भमा पनि सत्य हो र महान दश वर्षे जनयुद्धहरुको प्रक्रियामा यो नीति कार्यान्वयन पनि गरिएको थियो ।
यहाँनेर बुझ्नै पर्ने कुरा के हो भने कम्युनिष्ट सर्वहारावर्गको राजनीतिक संगठन हो । नेपालमा नयाँ जनवादी क्रान्तिका लागि कम्युनिष्ट पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्दछ । नेपालमा अहिले दर्जनभन्दा कम्युनिष्ट पार्टीका नाममा धेरै संगठनहरु बनेका छन् तर ती सबै सच्चा कम्युनिष्ट पार्टी हुन सक्तैनन् । अहिलेको स्थितिमा नेपालको क्रान्तिकारी कम्युनिष्ट पार्टी भनेको नेकपा – माओवादी नै हो । सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी माक्र्सवादी – लेनिनवादी – माओवादी सिद्धान्त र कार्यशैलीमा आधारित हुन्छ । नयाँ ढंगका कम्युनिष्ट पार्टीको निर्माण दुइलाइन संघर्षका बीचबाट एकता संघर्ष र मूख्यतः रुपान्तरणको प्रक्रियाबाट हुन्छ । यही प्रक्रिया अन्तरगत नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गर्दै नयाँ ढंगको कम्युनिष्ट पार्टीका रुपमा दुइ वर्ष पहिले नेकपा – माओवादीको निर्माण हुन पुगेको हो ।
क्रान्तिका लागि जनमुक्ति सेना अनिवार्य रुपमा आवश्यक हुन्छ । महान दश वर्षे जनयुद्धको प्रक्रियामा जनमुक्ति सेनाको निर्माण भएको थियो र यसले नेपाली क्रान्तिलाई अगाडि बढाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । तर नवसंशोधनवादी समुहले यसलाई विघटन गराइदिएको अवस्था छ । यसका साथै क्रान्तिका लागि विभिन्न प्रकारका संयुक्त मोर्चाको निर्माण गर्न जरुरी हुन्छ । क्रान्तिमा हुने आरोह अवरोह सँगै संयुक्त मोर्चाका रुपहरुमा पनि परिवर्तन र विकास हुने गर्दछ । अहिले पाँच माओवादीका बीच निर्माण गरिएको संयुक्त मोर्चा पनि एक नयाँ प्रकारको मोर्चा हो । नयाँ जनवादी क्रान्तिको प्रक्रियामा कुनै बेला साम्राज्यवाद विरोधी र कुनै बेला सामन्तवाद – साम्राज्यवाद विरोधी र कुनै बेला सामन्तवाद – साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गरिन्छ । अहिले गरिएको संयुक्त मोर्चा सामन्तवाद साम्राज्यवाद विरोधी रहन गएको छ ।
नेपाली क्रान्तिको बाटोको कुरा गर्दा सर्वहारावर्गको नेतृत्वमा सम्पन्न गरिने क्रान्तिका बाटाहरु मूलतः दुई प्रकारका रहेका छन् – सशस्त्र विद्रोहको बाटो र दीर्घकालिन जनयुद्धको बाटो । हामीले बुझ्ने कुरा के हो भने जुन देशहरुमा पुँजीवादको विकास भइसकेको छ वा जुन देश अपेक्षाकृत रुपमा विकसित रहेको छन्, ती देशका लागि सशस्त्र विद्रोह नै क्रान्तिको बाटो हुन्छ । लेनिनका नेतृत्वमा रुसमा समाजवादी क्रान्ति यसरी नै सम्पन्न भएको थियो । अतः सशस्त्र विद्रोहको यो बाटो पहिलो शहरमा कब्जा गर्ने र त्यसपछि ग्रामीण क्षेत्रमा सत्ता लिने बाटो हो । जुन देश अर्धसामन्ती र अर्धऔपनिवेशिक वा नवऔपनिवेशिक अवस्थामा छन् ती देशहरुका लागि दीर्घकालिन जनयुद्धहरुको बाटो अवलम्बन गर्नुपर्ने हुन्छ । माओत्सेतुङको नेतृत्वमा चीनमा यसरी नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । दीर्घकालिन जनयुद्धको यो बाटो ग्रामीण क्षेत्रबाट शहरलाई घेर्ने बाटो हो । यहाँनेर हामीले बुझ्नु पर्ने कुरा के पनि हो भने यस प्रकारको जनयुद्ध तीन प्रकारको चरणहरु अर्थात् रणनीतिक रक्षा, रणनीतिक सन्तुलन रणनीतिक प्रत्याक्रमणका चरणहरुमा आधारित हुन्छ ।
नेपाल अहिले पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा रही आएको छ । यस देशमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । र क्रान्तिको बाटो पनि दीर्घकालिन जनयुद्धको बाटो नै हो तर नेकपा – माओवादीले भने जनयुद्धको जगमा जनविद्रोहलाई नेपाली जनवादी क्रान्तिको कार्यनीति तप गरेर अगाडि बढिरहेको छ र यस कार्यदिशालाई समृद्धशाली बनाउँदै लैजाने योजनामा छ ।
नेपाल अहिले प्रतिक्रान्ति र क्रान्तिको बीचबाट अगाडि बढिरहेको छ । दोश्रो संविधान सभा क्रान्तिकारी कम्युनिष्टहरुुको हातबाट खोसिएको छ र यसमा यथास्थितिवादी एव प्रतिक्रयावादीहरुको दुइ तिहाई भन्दा बढि बहुमत जुटी रहेको छ । उनिहरुले साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशक र ग्राण्डडिजाइनमा पश्चगामी संविधान घोषणा गरेर सम्पूर्ण क्रान्तिकारीहरुलाई सखाप पारेरै नेपाली नयाँ जनवादी क्रान्तिलाई नै समाप्त पार्न चाहन्छन् । यस परिस्थितिमा नेपाली क्रान्तिका पक्षधर शक्तिहरु परिवर्तनका पक्षधर शक्तिहरु एक जुट भएर अगाडि बढ्नु विकल्प छैन । यसले मात्रै नेपाली क्रान्तिका रक्षा गर्न सकिन्छ ।
http://nepaliheadlines.com बाट साभार