Wednesday, May 19, 2010

चौथो राष्ट्रिय सम्मेलनबाट पारित विधान

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलनबाट पारित विधान

प्रस्तावना :

मानिसलाई सभ्य र सुसंस्कृत बनाउने प्रक्रियालाई प्रचलित अर्थमा संस्कृति भन्ने गरिएको छ । मानवसमाजको विकासक्रममा वर्गविभाजन सुरु भएपछि आत्मिक संस्कृतिको अन्तर्वस्तु पनि वर्गीय हुनु स्वाभाविक थियो । परम्परागत सामन्ती सांस्कृतिक पृष्ठभूमि भएको हाम्रो समाज एकातिर धार्मिक रूढिवाद र अन्धविश्वासपूर्ण सोचाइले ग्रस्त छ भने अर्कोतिर विकृत पुँजीवादी, साम्राज्यवादी संस्कृतिको समेत बोलवाला बढ्दै गइरहेको छ । प्रतिक्रियावादी एवम् साम्राज्यवादी शक्तिहरू मानिसलाई भ्रष्ट र अनैतिक बनाउने सांस्कृतिक योजनाहरू क्रमशः अघि सारिरहेका छन् । यही सामन्ती, पुँजीवादी र साम्राज्यवादी संस्कृतिको प्रभुत्व र उत्पीडनले गर्दा राष्ट्रिय, जनवादी, वैज्ञानिक तथा जनजातीय मौलिक संस्कृतिक क्रमशः कमजोर बन्दै गइरहेको छ । यो अवस्थामा त्यो आक्रमणबाट सम्पूर्ण शोषित, पीडित जनताको संस्कृतिलाई बचाउन पनि उत्तिकै जरुरी छ । त्यसका लागि माकर््सवाद, लेनिनवाद, माओवाद र विचार सहितको वैज्ञानिक चिन्तनले युक्त शिक्षाको प्रचारप्रसार, प्रगतिवादी कलासाहित्यमा देखापरेका सङ्कीर्णता र दक्षिणपन्थी चिन्तनको विरुद्धमा महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिका शिक्षाहरूले सुसज्जित अभियानको खाँचो पनि टड्कारो बन्दै गइरहेको छ । आन्दोलनभित्र देखापरेका निराशा, अन्यौल, ढुलमुले र अवसरवादी प्रवृत्तिहरूसँग सङ्घर्ष गर्दै कलासाहित्यमा समाजवादी यथार्थवादी सौन्दर्यचिन्तनको प्रयोग र विस्तारमा जोड दिन पनि उत्तिकै जरुरी छ ।
जनवादी सांस्कृतिक आन्दोलनमा देखापरेका यी चुनौतीहरूसँग सङ्घर्ष गर्न सर्वप्रथम त समान विचार राख्ने सांस्कृतिक सङ्गठन एवम् छरिएर रहेका सांस्कृतिककर्मीहरूका बीचमा एकीकृत हुन जरुरी छ । यस सन्दर्भमा करिब एक वर्षअगाडि अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र प्रगतिशील सांस्कृतिक सङ्गठनको एकता र सांस्कृतिक सम्मीलनमार्फत सही विचार एवम् दृष्टिकोण बोकेका सांस्कृतिककर्मीहरूको प्रवेशले जनवादी सांस्कृतिक आन्दोलनले नयाँ उचाइ निर्माण गरेको छ ।
विगतको दसवर्षीय जनयुद्धले सामन्तवादी र साम्राज्यवादी संस्कृतिलाई कडा बज्रमुक्का प्रहार ग¥यो र शहरदेखि ग्रामीण इलाकासम्म बसोबास गरेको जनतासमक्ष जनवादी संस्कृतिको प्रचार र प्रसारमा प्रशस्त योगदान पु¥यायो । सामन्तवादका विरुद्धमा ०६२÷६३ को जनआन्दोलनको भूमिका धेरै महत्वपूर्ण छ । सामन्तवाद र साम्राज्यवादका विरुद्धमा युगौँदेखि लड्दै आएका नेपाली जनताहरूको सांस्कृतिक चेतनामा यी घटनाहरूले नयाँ आयाम थपेका छन् ।
स्वाभाविकै रूपमा वर्गीय समाजमा संस्कृति पनि वर्गीय हुन्छ । श्रमिकहरूको श्रमशक्तिको शोषण गरेर शोषकहरू आफ्नो स्वार्थअनुकुलको संस्कृति निर्माण गर्न चाहन्छन् भने शोषितहरू पनि शोषकवर्गका विरुद्धमा आफ्नै संस्कृतिको निर्माण गर्न चाहन्छन् । आफ्नो शोषणलाई दीर्घकालसम्म टिकाइराख्न शोषकवर्गले धर्म, दर्शन, गीत, सङ्गीत र साहित्यको निर्माण गरेका छन् । त्यसैमार्फत् उनीहरूले आफ्नो अनुकूलको संस्कृति निर्माण गर्छन् । तर शोषितवर्गले पनि आफ्नो अनुकूलको संस्कृति निर्माण गर्न माक्र्सवादी दर्शन, प्रगतिवादी साहित्य एवम् गीत–सङ्गीतको प्रचार तथा प्रसार गर्नु एउटै मात्र उपाय हो । सही विचारधाराले युक्त सङ्गठनले मात्र हाम्रो आवश्यकतालाई पूरा गर्न सक्ने छ । मुलुकमा विद्यमान रहेको सामन्ती सांस्कृतिक अवस्था र विस्तारित साम्राज्यवादी संस्कृतिको प्रतिकार गर्न प्रगतिवादी एवं जनपक्षीय संस्कृतिकर्मीहरूका बीचमा व्यवहारिक एकता कायम गर्दै अघि बढ्ने अभियानका साथ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलनबाट पारित गरि यो विधान लागु गरिएको छ ।

परिच्छेद – १
धारा – १
(क) सङ्गठनको नाम र प्रारम्भ ः
यस सङ्गठनको नाम एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रहनेछ र छोटकरीमो एअनेजसामहासङ्घ हुनेछ । अङ्ग्रेजीमा Unified All Nepal Peoples Cultural Federationर संक्षिप्तमा UANPCF हुनेछ । यो विधान यस सङ्गठनको एकताको चौथो राष्ट्रिय सम्मेलनले पारित गरेको मितिबाट लागू हुनेछ ।
(ख) सङ्गठनको छाप ः
माथि नेपालीमा र तल अङ्ग्रेजीमा सङ्गठनको नाम उल्लेख भएको, बीच भागमा स्थापना मिति २०३८ र समितिको नाम रहेको अण्डाकारको छाप यसको आधिकारिक छाप हुनेछ ।
(ग) सङ्गठनको झण्डा ः
सङ्गठनकोे झण्डा रातो पृष्ठभूमिसहितको २ः३ अनुपातमा आयताकारको हुनेछ । जसको बीचमा मादलमाथि खुलेको कलम दाहिनेतर्फ र कुची बायाँतर्फ क्रस पारी कलमकोे टुप्पामा बायाँ कुनामा पाँचकुने ताराअङ्कित सङ्केत चिन्ह भएको झण्डा सङ्गठनको झण्डा हुनेछ ।
धारा – २
व्याख्या ः–
(क) सङ्गठन भन्नाले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ््घ लाई बुझ्नुपर्दछ ।
(ख) विधान भन्नाले यस विधानलाई बुझिनेछ ।
(ग) नियम भन्नाले यसै विधानअन्तर्गत बनेका नीति, कार्यक्रम, योजना आचारसंहिता र नियमलाई बुझिनेछ ।
(घ) सदस्यता भन्नाले यसै सङ्गठनको साधारण सदस्यता बुझिनेछ ।
(ङ) संस्था, कार्यसमिति, क्षेत्रीय समन्वय समिति, राष्ट्रिय सम्मेलन, राज्य समिति, जिल्ला समिति भन्ने शब्दले यसै सङ्गठनसँग सम्बद्ध निकायलाई बुझिनेछ ।
परिच्छेद – २
धारा – ३
नीति तथा उद्देश्यहरू ः
(क) साम्राज्यवादी, विस्तारवादी र प्रभुत्ववादी संस्कृतिको विरोध गर्दै सामन्ती तथा पुँजीवादी संस्कृतिलाई समूल नष्ट गरी मौलिक, वैज्ञानिक, राष्ट्रिय र जनवादी संस्कृतिको स्थापना गर्नु ।
(ख) सबैखाले शोषण, दमन, चिथोमिचो, उपनिवेश र तानाशाही व्यवस्थाको विरुद्ध उठेका वर्गसङ्घर्ष, जनविद्रोह र राष्ट्रिय मुक्ति आन्दोलनहरूको समर्थन गर्ने तथा संशोधनवाद र नवसंशोधनवादको विरोध गर्ने साहित्यकलाको सिर्जना गर्नु ।
(ग) माक्र्सवाद, लेनिनवाद र माओवाद÷ विचारलाई अङ्गीकार गर्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिप्रति अटल आस्था राख्नु र जगाउनु ।
(घ) जनवादी साहित्य, क्रान्तिकारी गीत–सङ्गीत, चलचित्र, कला, नृत्य, चित्र र मुर्तिकलाको सिर्जना, संरक्षण, सम्वद्र्धन र पथपदर्शन गर्नु ।
(ङ) विविध जातीय, वर्गीय, क्षेत्रीय सांस्कृतिक विशेषतालाई समाजवादी यथार्थवादी मार्गदर्शनका आधारमा केन्द्रीकृत र एकीकृत गर्नु ।
(च) सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील वामपन्थी साहित्य, सङ्गीत, ललितकला, चलचित्र र संस्कृतिलाई गोलबन्द गर्दै आमूल परिवर्तनकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्नु ।
(छ) श्रमप्रति सम्मान, गहन जीवनबोध र आशावादिता, नैतिकता र इमानप्रतिको निष्ठा, क्रान्तिकारी चेतनाप्रति विश्वास गर्दै समाजवादी–यथार्थवादी कलासिर्जनाको विकास गर्नु ।
(ज) न्याय, समानता र मुक्तिका लागि गरिएका सङ्घर्षलाई बौद्धिक, भौतिक र आत्मिक जागरणको माध्यमबाट सहयोग गर्नु ।
(झ) सबैखाले पुराना, कुरूप, विकृत र विसङ्गत, धार्मिक अन्धविश्वासी, रूढीवादी रीति–परम्परा र मूल्यमान्यताको विरोध गर्दै छाडा, अश्लील, उपभोक्तावादी, उत्तर आधुनिकतावादी, विलासी, ठग संस्कृतिको अन्त्य गर्दै माक्र्सवादी सौन्दर्य चिन्तनको प्रचारप्रसार र विकास गर्दै जानु ।
(ञ) राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि देशभक्तिपूर्ण क्रान्तिकारी भावनाले ओतप्रोत साहित्यकला र संस्कृतिको सिर्जना गर्दै अन्तर्राष्ट्रियतावादी वर्गीय संस्कृतिको जगेर्ना र विकास गर्नु ।
(ट) सबै जाति, जनजातिका भाषा, कला, संस्कृति र साहित्यको संरक्षण, विकास गर्नु र तिनमाथि हुने भेदभाव, हस्तक्षेप र उत्पीडनको विरोध गर्नु ।
(ठ) जातीय, क्षेत्रीय, धार्मिक, विभेदको विरोध गर्दै दलित, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गगत समानताको अधिकारका लागि साहित्यकलाको माध्यमबाट वैचारिक सङ्घर्ष गर्नु ।
(ड) श्रमचोर, लुटेरा, भाग्यवादी, उपभोक्तवादी संस्कृतिका साथै एनजिओ–संस्कृतिको तीव्र विरोध गर्नु ।
(ढ) महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई समाजको क्रान्तिकारी सांस्कृतिक रूपान्तरणको आधार मान्दै त्यसको गतिलाई तेज पार्नु ।
(ण) समाजको क्रान्तिकारी रूपान्तरणका लागि आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन गर्न बोद्धिक र सचेतनामुलक अभियान जागृत गर्ने ।
(त) आम प्रगतिवादी सांस्कृतिक क्षेत्रमा एकताका निम्ति वस्तुगत तरिकाले पहलकदमी गर्दै साझा समझदारीको आधारमा स्थापित साझा सांस्कृतिक मोर्चाहरूलाई संरक्षण एवम् सम्वद्र्धन गर्नु ।
परिच्छेद – ३
धारा – ४
सङ्गठन परिचालनका मान्यताहरू ः–



(क) माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचार र चिन्तशैलीसँग सहमत सबै जात, वर्ग, लिङ्ग, क्षेत्र र जातीय कला–संस्कृतिप्रति समर्पित व्यक्तिहरू यसका सदस्य बन्न सक्नेछन् । धर्म, लिङ्ग, सम्प्रदाय, जाति र क्षेत्रका आधारमा सङ्गठनमा कुनै भेदभाव हुनेछैन ।
(ख) सङ्गठनको परिचालन जनवादी केन्द्रीयताका आधारमा हुनेछ । जसअनुसार व्यक्ति सङ्गठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्ला समितिहरू माथिल्ला समितिहरूको मातहतमा चल्नेछन् । सिङ्गो सङ्गठन केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहतमा रहनेछ ।
(ग) सङ्गठन सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको नीतिअनुसार चल्नेछ ।
(घ) सङ्गठनको कुनै पनि समितिको मातहतको समिति र सदस्यलाई कार्यक्रम, योजनाबारे जानकारीका लागि परिपत्र गुर्न आवश्यक रहनेछ । साथै नियमित अनुगमन, मूल्याङ्कनसमेत गुर्नपर्नेछ ।
(ङ) सङ्गठनात्मक पद्धतिअनुसार कुनै पनि सदस्यले आफ्ना मतहरू कमिटीमा दर्ज गर्न पाउनेछन् ।
(च) सङ्गठनको कुनै निकाय वा तहको सङ्ख्या निर्धारण सम्बन्धित समितिको भेला वा सम्मेलनले गर्नेछ ।
(छ) पदाधिकारीहरूको निर्वाचन र सचिवालयको गठन सम्बन्धित समितिले नै गर्नेछ र सम्बन्धित समितिको बढीमा एकतिहाई सङ्ख्या हुनेगरी सचिवालय गठन गर्न सकिनेछ ।
(ज) राष्ट्रिय सम्मलेनपूर्व केन्द्रीय समिति नै सङ्गठनको सर्वोच्च अङ्ग मानिनेछ ।
(झ) राष्ट्रिय सम्मेलन सङ्गठनको सर्वोच्च नेतृत्वदायी अङ्ग हुनेछ । यसले सङ्गठनको नीति तथा कार्यक्रम, कार्यदिशा तथा विधान तय गर्नुका सार्थ केन्द्रीय समितिको सदस्य र पदाधिकारीहरूको निर्वाचन गर्नेछ ।
परिच्छेद – ४
धारा – ५
सदस्यता ः–
(क) सङ्गठनको प्रस्तावना, नीति र विधानलाई निःशर्त स्वीकार गर्ने, कुनै पनि साहित्य, कला, संस्कृतिको विषयमा सिर्जनारत व्यक्ति यस सङ्गठनको सदस्य बन्न सक्नेछ ।
(ख) यस महासङ्घको प्रस्तावना र उद्देश्यप्रति निष्ठावान स्वतन्त्ररूपमा सिर्जनारत् व्यक्ति पनि महासङ्घका कुनै पदाधिकारीको सिफारिसमा सदस्य बन्न सक्नेछ ।
(ग) सबै सदस्यले प्रत्येक राष्ट्रिय सम्मेलनको अवसरमा अनिवार्य सदस्यता नविकरण गर्नुपर्नेछ । नयाँ सदस्यता जुनसुकै समयमा पनि लिन सकिनेछ । नयाँ सदस्यता लिनका लागि प्रवेश शुल्कवापत् रु.१० अनिवार्य बुझाउनुपर्नेछ । तीन वर्षको शुल्कवापत् वार्षिक रु.१० का दरले रु.३० बुझाई नविकरण गर्नुपर्नेछ । नयाँ सदस्यता लिनेले तीन वर्षको शुल्क र प्रवेश शुल्कसहित एकमुष्ठ रु.४० बुझाउनुपर्नेछ ।
(घ) गीत–सङ्गीत, साहित्य–कला, चलचित्र, अभिनयकला, ललितकला, मुर्तिकला, वास्तुकला, चित्रकला जस्ता कलाक्षेत्रमा क्रियाशील व्यक्तिलाई सदस्यता दिन सकिनेछ ।
(ङ) आवश्यकताअनुसार केन्द्रीय समिति, क्षेत्रीय समन्वय समिति, राज्य समिति र जिल्ला समितिहरूले सदस्यता वितरण गर्नेछन् । सम्बन्धित राज्य समितिले सदस्यता अनुमोदन गरी सदस्यताको विवरण केन्द्रिय समितिमा पठाए पछि मात्र सदस्यहरूको सदस्यता क्रियाशील हुनेछ ।


परिच्छेद – ५
धारा – ६
सदस्यको काम, कर्तव्य र अधिकार ः–
(क) सङ्गठनको नीति, विचार, कार्यक्रम र उद्देश्यहरू आम संस्कृतिकर्मीहरू बीचमा प्रचारप्रसार गर्नु, संगठित गर्नु, परिचालित र आन्दोलित गर्नु ।
(ख) देश, जनता र स्वतन्त्रताका पक्षमा निरन्तर सङ्घर्ष गर्नु ।
(ग) सङ्गठनको निर्णय, आदेश र अनुशासनको पालन गर्नु र अरुलाई गर्न लगाउनु ।
(घ) आफ्ना गल्ति–कमजोरीबारे आत्मालोचित हुँदै अरुको गल्ति–कमजोरीलाई सङ्गठनात्मक पद्धतिअनुरूप आलोचना गर्नु ।
(ङ) सङ्गठनले तर्जुमा गरेका कार्यक्रममा कुनै न कुनै रूपमा सहभागी बन्नु ।
(च) सङ्गठनभित्र देखापर्ने गलत विचार र प्रवृत्तिविरुद्ध सही विचार र कार्यक्रमको पक्षमा दृढ भएर उभिनु ।
(छ) सर्वहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तको दर्शन, विचार र आदर्शको आत्मसातीकरण गर्दै आम जनतामा सम्प्रेषित गर्नु ।
(ञ) जनसमुदायको अग्रगामी विचार र सङ्घर्षको नेतृत्व गर्दै प्रतिक्रियावादी सत्ताविरुद्ध सङ्घर्ष गर्नु ।

धारा –७
सदस्यका अधिकार ः–
(क) कुनै पनि तहको नेतृत्वदायी पदमा चुन्ने र चुनिने अधिकार ।
(ख) सङ्गठनको सम्मेलन, भेला, वैठकमा भाग लिने र निर्णयमा सहभागी बन्ने अधिकार ।
(ग) निर्णय प्रक्रियामा चित्त नबुझेमा आफ्नो वा माथिल्लो कमिटीमा मत दर्ज गर्ने अधिकार ।
(घ) राष्ट्रिय सम्मेलनमा आफ्ना मतहरू राख्न पाउने अधिकार ।
धारा – ८
सदस्यताका खारेजी ः–
(क) साधारण सदस्यसम्बन्धी नियमपालना नगरेमा ।
(ख) नैतिकपतन, आचरणहीन, भ्रष्ट र मर्यादाहीन भएमा ।
(ग) मस्तिष्क विकृत भएमा ।
(घ) सङ्गठनका विरुद्ध गतिविधि गरेमा, सङ्गठनप्रति नै अनास्था फैलाएमा, गुटबन्दी गरेमा ।
(ङ) गोपनीयता भङ्ग गरेमा र सङ्गठनको निर्णयलाई अवज्ञा गरेमा ।
(च) राजीनामा स्वीकृत भएमा ।
(छ) सङ्गठनात्मक रूपले अयोग्य ठहरियमा ।
(ज) वैचारिक आदर्श र मूल्यबाट पतन भएमा
(झ) मृत्यु भएमा ।
सदस्यता खारेज हुनेछ ।
परिच्छेद – ६
धारा – ९
सङ्गठनात्मक स्वरूप
राष्ट्रिय सम्मेलन ः–
(क) सङ्गठनको सर्वोच्च निकाय राष्ट्रिय सम्मेलन हुनेछ ।
(ख) सामान्यतया प्रत्येक ३÷३ वर्षमा राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ ।
(ग) राष्ट्रिय सम्मेलनले कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र विधानलाई छलफलद्वारा परिमार्जन संशोधन गरी पारित गर्ने, केन्द्रीय समितिको निर्वाचन गर्ने, सङ्घको नीति कार्यक्रम निर्धारण गर्ने, भावी कार्यक्रम तर्जुमा गर्ने, भावी कार्यक्रमको लागि अनुमानित आयव्ययको लेखाजोखा गर्ने काम गर्नेछ ।
(घ) राष्ट्रिय सम्मेलनले राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वको प्रस्ताव पारित गर्ने, कार्य समितिलाई नीतिगत दिशाबोध गराउने र आवश्यकताअनुसार लेखापरिक्षकको नियुक्त गर्ने कार्य गर्नेछ ।
(ङ) राष्ट्रिय सम्मेलनले राष्ट्रिय महत्वका निर्णयहरू गर्ने, केन्द्रीय समितिका कामकाजको मूल्याङ्कन तथा जाँचबुझ गर्ने कार्य गर्नेछ ।
(च) सङ्गठनका सबै तल्ला निकायहरूले पनि यसै मापदण्डको अनुकरण गर्नेछन् ।
(छ) समितिहरूमा कुनै पनि विषयमा विवाद परेमा बहुमतद्वारा त्यसको टुङ्गो लगाइनेछ । नीति, कार्यक्रम बारेको विवाद राष्ट्रिय सम्मेलनले टुङ्गो लगाउनेछ ।
धारा –१०
केन्द्रीय समिति
(क) राष्ट्रिय सम्मेलनले समग्र कार्य संचालनका लागि अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –३, कोषाध्यक्ष –१ र ६४ जना सदस्य रहेको कुल ७५ जनाको केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
(ख) केन्द्रीय समितिले समान विचार र कार्यदिशा भएका सांस्कृतिक सङ्गठनहरूसँग एकता भएमा, सांस्कृतिक व्यक्तित्वहरू सङ्गठनमा प्रवेश गरेमा वा अन्य विषेश परिस्थिती आईपरेका अवस्थामा सङ्ख्यामा वा पदीय जिम्मेवारीमा हेरफेर वा थपघट गर्न पनि सक्नेछ ।
(ग) केन्द्रीय समितिले महासङ्घको आचारसंहिता, नियम–विनियम, अनुसूची र परिशिष्टहरूको निर्धारण गर्न सक्नेछ ।
(घ) केन्द्रीय समितिले मातहतका सबै निकाय तथा आङ्गीक सङ्गठनहरूलाई नीतिगत नेतृत्व प्रदान गर्नेछ ।
(ङ) राष्ट्रिय सम्मेलनमा महासङ्घको सबै तहका निकायहरूबाट उचित प्रतिनिधित्व गराउन केन्द्रीय समितिले वैज्ञानिक मापदण्डका आधारमा प्रतिनिधिहरू छनौट गर्नेछ ।
(च) सबै निकायहरूले केन्द्रीय समितिसित नियमितरूपमा समस्या, प्रगति र योजनाका बारेमा रिपोर्टिङ गर्नेछन् तथा आवश्यक प्रशिक्षणको माग गर्न सक्नेछन् ।
(छ) केन्द्रीय समितिले ४÷४ महिनामा नियमित बैठक बसी कार्ययोजनाको प्रगति समीक्षा गर्नेछ । तर विशेष अवस्थामा बैठकलाई अघि वा पछि सार्न सकिनेछ ।
(ज) केन्द्रीय समिति राष्ट्रिय सम्मेलनप्रति उत्तरदायी हुनेछ ।
धारा – ११
केन्द्रीय समिति सचिवालय तथा केन्द्रीय कार्यालय सम्बन्धि व्यवस्था
(क) केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको एक तिहाइ सङ्ख्या भएको केन्द्रीय पदाधिकारी एवम् आङ्गीक सङ्गठनहरूको समेत प्रतिनिधित्व रहने गरी एक केन्द्रीय सचिवालय गठन गरिनेछ ।
(ख) केन्द्रीय समितिको बैठक नबसेको समयमा सम्पूर्ण कार्यसञ्चालन एवम् निर्णयहरू केन्द्रीय सचिवालयले गर्नेछ ।
(ग) केन्द्रीय सचिवालयले सम्पूर्ण कार्य सञ्चालन एवम् निर्णयहरू केन्द्रीय समितिप्रति जवाफदेही हुनेगरी गर्नुपर्नेछ ।
(घ) सचिवालयमार्फत् भएका महत्वपूर्ण निर्णयहरूलाई केन्द्रीय समितिको पूर्ण बैठकबाट अनुमोदन गराउनुपर्नेछ ।
(ङ) केन्द्रीय समितिको बैठकले आफ्ना अधिकारहरू केन्द्रीय सचिवालयलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(च) केन्द्रीय पदाधिकारीहरु सहित बरिष्ठ सदस्यहरु समावेश गरि १५ जना सम्मको एक कार्यालयको गठन गरिने छ ।
(छ) केन्द्रीय समिति वा सचिवालयले गरेका निर्णयहरु कार्यालयले क्रियान्वयन गर्ने छ ।
(ज¬¬) सचिवालयलाई आप्नो अधिकारहरु कार्यालयलाई प्रत्यायोजन गर्न पनि सक्नेछ ।

धारा – १२
आङ्गीक सङ्गठनसम्बन्धी व्यवस्था ः–
(क) नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक रहेको र संस्कृतिको बहुविधागत अवस्थालाई सम्बोधन गर्न सङ्गठन महासङ्घीय स्वरूपको रहनेछ ।
(ख) गीत–सङ्गीत, लोककला र नाट्यकला क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल जनकलाकार सङ्घ रहनेछ ।
जनकलाकार सङ्ले संयोजन र संचालन गर्ने गरि लोक कलाकर्मिहरुको एक संगठन अखिल नेपाल लोक कलाकर्मि मञ्चको गठन गरिने छ ।
(ग) भाषा, साहित्य एवम् लेखकीय क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल लेखक सङ्घ रहनेछ ।
(घ) चित्र, मूर्ति, वास्तु, लोककला, मिथिलाकला, थारुकला एवम् थाङ्का, पौभा कला क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल ललितकला सङ्घ रहनेछ ।
(ङ) श्रव्यदृश्य, अभिनय, एवम् चलिचित्रसँग सम्बन्धित एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल चलचित्रकर्मी सङ्घ रहनेछ ।
(च) उपर्युक्त सबै आङ्गीक सङ्गठनहरूलाई केन्द्रीयरूपमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ को केन्द्रीय समितिले परिचालन गर्नेछ ।
(छ) सबै आङ्गीक सङ्गठनहरूले राज्य, जिल्ला एवम् स्थानीय तहहरूमा समिति गठन एवम् विस्तार गर्न सक्नेछन् ।
(ज) महासङ्घको केन्द्रीय समितिले आवश्यक ठानेमा आङ्गीक सङ्गठनहरूको गठन एवम् विघटन गर्न सक्नेछ तर राज्य समितिहरुले आङ्गीक संगठनहरुको विघटन र पुर्नगठन गर्नु परेमा सम्बन्धीत आङ्गीक संगठनहरुको केन्द्र संग परामर्श लिनु पर्ने छ ।
(झ) आङ्ीगक संगठनहरुले महासंघको प्रस्तावना, नीति, उद्देश्य र कार्यक्रम प्रति समर्पित रही विधागत विशेषता सहितको संगठनात्मक स्वरुपको आधारमा स्वायत्त भूमिका निर्वाह गर्न सक्ने छन् ।
(ञ) आङ्ीगक संगठन भित्र आवश्यकता अनुसार विधागत विभाग वा शाखाहरु बनाउन सकिने छ ।
(ट) महासंघले आवश्यकता अनुसार आङ्गिक संगठनहरुको विभागीय प्रमुख वा इन्चार्ज तोक्ने छ ।
(ठ) महासंघले आंङ्गिक संगठनहरुको कार्यलाई संयोजन तथा व्यवस्थित गर्ने महासंघका पदाधिकारीहरुको नेतृत्वमा आङ्गिक संगठनका आवश्यक पदाधिकारी वा वरिष्ठ सदस्यहरुलाई समावेश गर्ने गरि विभाग वा फ्रयाक्सनको गठन गर्नेछ ।


धारा – १३
सल्लाहकार समिति ः
(क) महासङ्घले साहित्य, सङ्गीत, नाट्य, ललितकला, चलचित्र आदि क्षेत्रका वरिष्ठ व्यक्तिहरू सम्मिलित एक सल्लाहकार समितिको गठन गर्नेछ ।
(ख) सल्लाहकार समितिको सङ्ख्या आवश्यकता अनुसारकोे हुनेछ ।
(ग) महासङ्घले सल्लाहकार समितिको संयोजक तोक्नेछ ।
(घ) सल्लाहकार समितिका संयोजकले प्रत्येक ६÷६ महिनामा सल्लाहकार समितिको बैठक राखी केन्द्रीय समितिलाई उपयुक्त राय सल्लाह दिनेछन् । आवश्यकता अनुसार सल्लाहकार समितिका सदस्यहरुले अन्य समयमा पनि राय सल्लाह दिन सक्ने छन् ।
(ङ) केन्द्रीय समितिको पूर्ण बैठकमा सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरू आमन्त्रित सदस्यका रूपमा सहभागी हुन सक्नेछन् ।
(च) सल्लाहकार समितिका संयोजक महासङ्घको सचिवालयको बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुन सक्ने छन् ।
धारा – १४
साङ्गीतिक परिवार ः–
(क) अखिल नेपाल जनकलाकार संघको नेतृत्व र सञ्चालनमा एक केन्द्रीय साङ्गीतिक टोली सामना परिवार रहेनछ ।
(ख) राज्य समिति एवम् जिल्ला समितिअन्तर्गत विभिन्न परिवारहरू क्रियाशील रहनेछन् ।
धारा – १५
अन्य समितिहरू ः
(क) राज्य समितिः– राज्यस्तरमा राज्य समितिको गठन हुनेछ । राज्यअन्तर्गतका जिल्लाहरूको प्रतिनिधित्व गराई भेला वा सम्मेलनमार्फत् राज्य समिति बनाइने छ । राज्य समिति केन्द्रीय समितिपछिको कार्यकारी समिति हुनेछ । राज्य समितिहरुलाई व्यवस्थित एवं अनुगमन गर्न महासंघले पदाधिकारी वा वरिष्ठ सदस्यहरु मध्येबाट ईन्चार्ज तोक्नेछ ।
(ख) जिल्ला समिति ः– जिल्लास्तरमा जिल्ला समितिको निर्माण हुनेछ ।
(ग) अन्य समितिहरूः– आवश्यकताअनुसार इलाका समिति, निर्वाचनक्षेत्र समिति, एरिया एवम् टोल समितिहरूको गठन गर्न सकिनेछ ।
(घ) तल्ला निकायहरूको गठन कुनै माथिल्ला तहका सदस्यको उपस्थितिमा भेला या सम्मेलनद्वारा हुनेछ ।
(ङ) सबै पदाधिकारी, समिति, परिवारहरूले तोकेबमोजिम काम, कर्तव्य र अधिकारको निर्वाह गर्नेछन् । प्रत्येक तल्ला समितिहरू माथिल्लो निकायप्रति उत्तरदायी हुनेछन् ।
(च) मातहतका निकायहरूमा पदाधिकारीहरुको संख्या वा सदस्यहरुको सङ्ख्या सम्बन्धित तहको भेला वा सम्मेलनले तोकेबमोजिम हुनेछ ।
(ज) लोकसंस्कृतिलाई जनवादीकरण गर्दै समाज रूपान्तरणको अभियानमा लामबद्ध गर्न विविध जातीय, भाषिक, सांस्कृतिक समूहहरू गाउँ, टोल वा एरिया स्तरसम्म बनाउन सकिनेछ ।
(झ) मातहतका समितिहरुले पनि सल्लाहकारहरुको व्यवस्था गर्न सक्नेछन् ।
(ञ) सम्पूर्ण मातहतका समितिहरुको कार्यकाल ३÷३ बर्षको हुने छ ।


परिच्छेद – ७
धारा – १६
पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार
अध्यक्ष ः–
क) बैठकमा अध्यक्षता गर्ने, बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने ।
(ख) सबै सदस्यहरूको कामको रेखदेख, निरीक्षण तथा अनुगमन गर्ने ।
(ग) बैठक बोलाउने, संस्थाको तर्फबाट अध्यक्षता गर्ने, संस्थाप्रमुखको रूपमा भूमिका निर्वाह गर्ने ।
(घ) सम्मेलनले निर्धारण गरेका योजना कार्यान्वयन गर्ने र गराउने, मातहतका समितिलाई निर्देशन दिने, आफ्नो जिम्मेवारी बहन गर्ने र मत बराबरीको स्थितिमा निर्णायक मतको प्रयोग गर्ने ।
(ङ) संगठनात्मक नेतृत्व गर्ने ।

उपाध्यक्ष ः–
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षको अनुपस्थितिमा निजको काम गर्ने ।
(ग) अध्यक्षबाट प्रत्यायोजन भएका काम कारवाही गर्ने ।
(घ) संस्थाको कार्यप्रगतिलाई निरीक्षण, लेखाजोखा र निर्देशन गर्ने ।
(ङ) आवश्यकता अनुसार कार्यविभाजन भएको कार्यहरु गर्ने ।
महासचिव ः–
(क) अध्यक्षको सल्लाह र परामर्शमा बैठक बोलाउने ।
(ख) सङ्गठनको सङ्गठनात्मक कार्ययोजना र प्रतिवेदन पेश गर्ने ।
(ग) विभागीय कामको संयोजन, अनुगमन गर्र्ने, केन्द्रीय समितिको दैनिक कार्य सञ्चालन गर्ने ।
(घ) कार्यसमितिका सम्पूर्ण निर्णयहरू सम्प्रेषण गर्ने, सूचना, सञ्चार, अभिलेख, कार्यालयीय काम गर्ने । चल, अचल सम्पत्तिको संरक्षण गर्ने ।
(ङ) महासङ्घका समिति र परिवारबीच संयोजन गर्ने, अध्यक्षलाई परामर्स दिने, अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने, आदेश निर्देशनको पालना गर्ने–गराउने, सङ्गठनको हितअनुरूपको काम गर्ने–गराउने, सबै गतिविधिको लेखाजोखा राख्ने कार्य गर्ने ।
सचिव ः–
(क) सचिवले महासचिवको अनुपस्थितिमा निजले गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने ।
(ख) महासचिवबाट प्रत्यायोजन भएका काम गर्ने, तोकिएको काम, कर्तव्य पूरा गर्ने र महासचिवले गर्ने काममा सहयोग गर्ने ।
(ग) केन्द्रीय समितिबाहेक तल्ला समितिहरूका भने सचिवलाई सहयोग गर्नेगरी सहसचिव रहने व्यवस्था गर्न सकिनेछ ।
कोषाध्यक्ष ः–
(क) कोषाध्यक्षले आम्दानी र खर्चको अभिलेख राख्ने ।
(ख) सङ्गठनको आर्थिक योजना तयार गर्ने ।
(ग) तल्ला निकायहरूको आर्थिक पर्यवेक्षण र लेखापरिक्षण गर्ने ।
(घ) सङ्गठनको आर्थिक कार्य सञ्चालन गर्ने, आर्थिक प्रतिवेदन तयार गर्ने, सङ्गठनको हित र स्वार्थमा निरन्तर काम गर्ने ।
केन्द्रीय सदस्य ः–
केन्द्रीय सदस्यहरूले कार्यसमितिले निर्णय गरिदिएको जिम्मा, काम, कर्तव्य, विचार, नीति, योजना तथा सङ्गठनको आदर्श एवं हित हुने गरी कार्य गर्ने ।
परिच्छेद – ८
धारा – १७
निर्वाचन व्यवस्था ः–
सामान्यता ऐन नियमले तोकेबमोजिम सबै समितिहरूको निर्वाचन हुनेछ ।
परिच्छेद – ९
धारा – १८
विधान संशोधन ः–
राष्ट्रिय सम्मेलनको दुई तिहाई बहुमतले आवश्यक परेमा विधान संशोधन गर्न सक्नेछ । तर प्रस्तावना र उद्देश्यको मूल आशयमा फरक पार्ने गरी कुनै काम गरिने छैन ।
परिच्छेद – १०
धारा – १९
आर्थिक व्यवस्था ः–
(क) मातहतका समतिले सदस्यता शुल्क, लेबी, प्रकाशन शुल्क, विशेष आर्थिक कोटा माथिल्लो कमिटिलाई बुझाउनुपर्नेछ ।
(ख) सदस्यता शुल्क, नविकरण शुल्क, साङ्गठनिक श्रोत परिचालन गरी भएको आय, अन्य आर्थिक सहयोग, प्रकाशन विक्रीको मूल्य, सांस्कृतिक कार्यक्रमबाट भएको आय नै यसको आर्थिक स्रोत मानिनेछ ।
(ग) सबै समितिहरूले वर्षको एकपटक अनिवार्य लेखा परिक्षण गराउनुपर्नेछ ।
(घ) अध्यक्ष, महासचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा कोष परिचालन गरिनेछ । अध्यक्ष र महासचिव मध्ये कुनै एक सहित कोषाध्यक्षको अनिवार्य हस्ताक्षर रहने गरि खाता संचालन गरिने छ ।
परिच्छेद – ११
धारा – २०
नियम–विनियम ः–
केन्द्रीय समितिलाई नै आवश्यक नियम–विनियम बनाउने अधिकार रहनेछ । तर मूल विचार नीति, योजना र आदर्श स्खलित हुने गरी कुनै नियम–विनियम बनाइने छैन ।
परिच्छेद – १२
धारा – २१
अधिकार प्रत्यायोजन ः–
आवश्कताअनुरूप मुख्य पदाधिकारीको अधिकार अन्य व्यक्तिमा प्रत्यायोजन हुन सक्नेछ ।
परिच्छेद – १३
धारा – २२
विशेष व्यवस्था ः–
यस विधानले हल नगरेका समस्याहरूको लागि विशेष भेलाको आयोजना गर्न सकिनेछ । । भेलाका लागि प्रतिनिधित्वको मापदण्ड केन्द्रीय समितिले निर्धारण गरेअनुसार हुनेछ ।
परिच्छेद – १४
धारा – २३
भाइचारा सम्बन्ध ः–
समान विचारमा आधारित अन्य मुलुकका सांस्कृतिक सङ्घ, सङ्गठनहरूसँग भाइचारा सम्बन्ध रहने छ ।
परिच्छेद – १५
धारा – २४
केन्द्रीय कार्यालय ः–
यस सङ्गठनको केन्द्रीय कार्यालय काठमाडौँमा रहनेछ । केन्द्रीय कार्यालय सञ्चालनका लागि कार्यालय सचिवको नियुक्ति वा अन्य व्यवस्था केन्द्रीय कार्यालयले तय गरेअनुसार हुनेछ ।


===============================================
===============================================

अखिल नेपाल ललितकला सङ्घको विधान


प्रस्तावनाः

नेपालमा ललितकलाको विकास, प्रगति र संरक्षण एकातिर परम्परागत शैलीमा सीमित भैइरहेको  र अर्कातिर आधुनिक फेशन वा एउटा औपचारिकता साथै व्यतिmवादिता मै अल्झिदैं बल्झिदैं आएको छ । यस अवस्थालाई वैज्ञानिक सोच विचार र नया“ युगानूकुल समाजमा सांस्कृतिक रुपान्तरण अर्थात आमूल परिवर्तनार्थ ललितकलामा पनि विशेष प्रगतिवादी संस्थागत संरचना गरी रणनीतिक कार्ययोजनासहितका कार्यक्रम संचालन गर्न अति आवश्यक छ । यसैले  माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओ विचारधारालाई सैद्धान्तिक एवम् वैचारिक आदर्श मान्नु, ललितकला (चित्र तथा मूर्ति)लाई सामाजिक चेतनाको विशिष्ट रूपमा स्वीकार गर्नु, सामन्तवादी, साम्राज्यवादी, बिस्तारवादी, पू“जीवादी लगायत सबै किसिमका शोषण, दमन, उत्पीडन, दोहन, अन्याय र अत्याचारबाट नेपाली जनतालाई मुक्ति दिने उद्देश्यमा प्रतिबद्ध रहनु सिर्जनाकर्ममा संलग्न प्रगतिवादी कलाकारहरुको दायित्व हो । यस्तो सिर्जनाले जनभावनालाई उद्देलित गरी चेतनालाई झङ्कृत, परिष्कृत र विकसित गराउनमा मद्दत गर्दछ । यही विचारमा दृढतापूर्वक उभिई जनसमुदायको मुक्ति आकांक्षा र संघर्षलाई कलामा प्रतिबिम्बन गर्ने र आमूल परिवर्तनका लागि वर्गसंघर्षमा लाग्न प्रेरित गर्ने, जनताको नेतृत्वदायी भूमिकालाई स्वीकार गर्ने कलाकारहरूको छुट्टै सङ्गठन आवश्यक भएकोले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठनको रूपमा अखिल नेपाल ललितकला सङ्घ गठन भएको हो । यसलाई समुचित तथा संस्थागत ढंगले परिचालन गर्नका निम्ति यो विधान प्रस्तावित गरिएको छ ।
परिच्छेद १
धारा १
क) सङ्गठनको नाम र प्रारम्भ
यो सङ्गठनको नाम अखिल नेपाल ललितकला सङ्घ रहनेछ र सङ्क्षेपमा अनेलकसङ्घ हुनेछ । अङ्ग्रेजीमा ब्िि ल्भउब िँष्लभ ब्चत ब्ककयअष्बतष्यल ९ ब्ल्ँब्ब्०  हुने छ । यो विधान राष्ट्रिय सम्मेलनले पारित गरेको मिति देखि लागु हुनेछ ।
ख) सङ्गठनको छाप
माथि नेपाली र तल अङ्ग्रेजीमा सङ्गठनको नाम उल्लेख भएको, बीच भागमा लोगो, बाया“ नेपाली, दाया“ अङ्ग्रेजीमा स्थापना मिति र तल सम्वन्धित समितिको नाम रहेको, अण्डाकारको छाप यसको आधिकारिक छाप हुनेछ ।
ग) झन्डा
सङ्गठनको झन्डा रातो पृष्ठभूमि सहितको २ः३ अनुपातमा आयातकारको हुनेछ । जसको बीचमा गोलाकार भित्र ब्रुसको टुप्पो माथि चम्किलो तारा हुनेछ ।

धारा २
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा ः
क) सङ्गठन भन्नाले अखिल नेपाल ललितकला सङ्घलाई बुझ्नुपर्नेछ ।
ख) विधान भन्नाले यसै विधानलाई बुझ्नुपर्नेछ ।
ग) नियम भन्नाले यसै विधानअन्र्तगत बनेका विनियिम, नीति, आचारसंहितालाई बुझ्नुपर्नेछ ।
घ) सदस्यता भन्नाले यसै सङ्गठनको साधारण सदस्यता बुझ्नुपर्नेछ ।
ङ) कार्यसमिति, समन्वय समिति, राष्ट्रिय सम्मेलन, केन्द्रीय समिति तथा सल्लाहकार समिति भन्ने शब्दले यसै सङ्गठनस“ग सम्बद्ध निकाय भनी बुझ्नु पर्नेछ ।
च) यो सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठन हुनेछ । त्यसमा सङ्घका तर्फबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष मध्येबाट प्रतिनिधित्व हुनेछ ।

परिच्छेद २
धारा ३ नीति तथा उद्देश्य
क) सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील र वामपन्थी कला संस्कृतिलाई गोलबन्द गर्ने आमूल परिवर्तनकारी सांस्कृतिक आन्दोलनको नेतृत्वदायी भूमिकामा सक्रिय रहनु,
ख) प्रगतिवादी÷समाजवादी यथार्थवादी चित्र तथा मूर्तिकलाको सिर्जना, संरक्षण र सम्वद्र्धन गर्नु, कला र कलाकारको सुरक्षा एवम् सीपगत विकास, तथा उचित प्रचार प्रसार र व्यवस्थापन, 
ग) विविध जातीय, भाषिक, क्षेत्रीय र वर्गीय सांस्कृतिक विशेषता र शैलीमा आधारित कलालाई अग्रगामी विचार शृङ्खलाको मार्गदर्शनका आधारमा केन्द्रीकृत, एकीकृत र सम्बोधन गर्नु,
घ) राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि देशभक्तिपूर्ण परिवर्तनकारी राष्ट्रिय भावनाले ओतप्रोत कलाको सिर्जना गरी अन्तर्राष्ट्रियतास्तरसम्म पु¥याई त्यसको जगेर्ना र विकास गर्नु,
ङ) आर्थिक, सामाजिक÷राजनीतिक परिवर्तनका लागि ललितकलामार्फत संचेतनामूलक अभियान सञ्चालन  गरी सामाजिक रूपान्तरणमा टेवा पु¥याउनु,
च) ललितकला क्षेत्रका विभिन्न विधा (समसामयिक, परम्परागत(पौभा,थाङ्काचित्र÷मूर्ति), लोककला (थारु, मिथिला, अवधी तथा अन्य जात जातिका चित्र÷मूर्तिकला), उपयोगिकला (व्यग्ंयचित्रकला÷दृष्टान्तकला÷डिजाइन आदि) कलालेखन र अनुसन्धान आदिलाई उचित संवोधन गर्दै सम्बन्धित निकायमार्फत कार्य सम्पन्न गर्ने÷गराउने,
छ) वैज्ञानिक एवम् नया परिवर्तनलाई स्वीकार गर्ने राष्ट्रिय ललितकला नीति बनाउन राज्यस“ग पहल गर्ने,
ज) माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओ विचारधारालाई अङ्गीकार गर्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिप्रति अटल आस्था राख्नु र गति प्रदान गर्नु,
परिच्छेद ३
धारा ४
सङ्गठन परिचालनका मान्यताहरू
क) मालेमावादी दर्शन, विचार र चिन्तन शैलीस“ग सहमत सबै जात, वर्ग, लिङ्ग, क्षेत्र र जातीय कलाप्रति समर्पित व्यक्तिहरू यसका सदस्य बन्न सक्ने छन् । धर्म, लिङ्ग, सम्प्रदाय, जाति र क्षेत्रका आधारमा सङ्गठनमा कुनै भेदभाव हुनेछैन ।
ख) सङ्गठनको परिचालन जनवादी केन्द्रीयतामा आधारित हुनेछ । जसअनुसार ब्यक्ति सङ्गठनको मातहातमा, अल्पमत बहुमतको मातहातमा, तल्ला समितिहरू माथिल्ला समितिहरूको मातहातमा चल्नेछन् । सिङ्गो सङ्गठन केन्द्रीय समिति र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहातमा रहनेछ ।
ग) सङ्गठन सामुहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको नीति अनुसार चल्नेछ ।
घ) सङ्गठनको कुनै पनि समितिले मातहातका समिति र सदस्यलाई कार्यक्रम, योजनाबारे जानकारीका लागि परिपत्र गर्नु आवश्यक रहनेछ । साथै नियमित अनुगमन र मूल्याकङ्नसमेत गर्नुपर्नेछ । मातहातका सबै समितिले आफ्नो कामको रिपोर्ट माथिल्लो निकायमा पठाउनुपर्नेछ ।
ङ) सङ्गठनात्मक पद्धतिअनुसार कुनै पनि सदस्यले आफ्ना मतहरू कमिटीमा दर्ज गर्न पाउनेछन् । सङ्गठनको कुनै निकाय वा तहको सङ्ख्या निर्धारण सम्बन्धित समितिको भेला वा सम्मेलनले गर्नेछ ।
छ) पदाधिकारीहरूको निर्वाचन र सचिवालयको गठन सम्बन्धित समितिले नै गर्नेछ र समितिको बढीमा एक तिहाइ सङ्ख्या हुने सचिवालय गठन गर्न सकिनेछ ।
ज) राष्ट्रिय सम्मेलनपूर्व केन्द्रीय तर्दर्थ समिति नै सङ्गठनको सर्वोच्च अङ्ग मानिनेछ ।
झ) राष्ट्रिय सम्मेलन सङ्गठनको सर्वोच्च नेतृत्वदायी अङ्ग हुनेछ । यसले सङ्गठनको नीति तथा कार्यक्रम, कार्यदिशा तथा विधान पारित गर्नुका साथै केन्द्रीय समितिको निर्वाचन गर्ने र निर्वाचितहरूको कार्यविभाजन समेत अनुमोदन गर्नेछ ।
ञ) तोकिएको समयमा राष्ट्रिय सम्मेलन हुन नसक्ने भए राष्ट्रिय भेला वा सङ्गठनको बिस्तारित बैठक बसी आवश्यक योजना तर्जुमा गर्न सकिनेछ ।                      
परिच्छेद ४
धारा ५         
सदस्यता
क) सङ्गठनको प्रस्तावना, नीति र उद्देश्यलाई निःशर्त स्वीकार गर्ने कुनैपनि चित्र तथा मूर्तिसंग सम्बन्धित कलाकार यस सङ्गठनको सदस्य वन्न सक्नेछ ।
ख) अखिल नेपाल ललितकला सङ्घको सदस्यता प्राप्त गर्न महासङ्घ वा अखिल नेपाल ललितकला सङ्घको कुनै एक पदाधिकारीको सिफारिस आवश्यक हुनेछ । 
ग) सदस्यले नियमित रूपमा बार्षिक सदस्यता शुल्क अनिवार्य बुझाउनुपर्नेछ । सदस्यता शुल्क रु १० रहनेछ । 
घ) साधारण सदस्यको समयावधि साधारणतया एक कार्यकालका लागि हुनेछ । त्यसपछि तोकिएको शुल्क तिरी सदस्यता नवीकरण गर्नुपर्नेछ ।
 ङ) आवश्यकताअनुसार केन्द्रीय समिति तथा राज्यसमितिका सदस्यहरूले सदस्यता वितरण गर्न सक्नेछन् तर सोको जानकारी केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ ।
परिच्छेद ५
धारा ६      
सदस्यको काम, कर्तव्य र अधिकार
क) सङ्गठनको नीति, विचार, कार्यक्रम र उद्देश्य आमललितकलाकर्मीहरू बीचमा प्रचार–प्रसार गर्नु, सङ्गठित गर्नु, परिचालन र आन्दोलित गर्नु
ख) देश, जनता, न्याय स्वतन्त्रता र मुक्तिका पक्षमा निरन्तर सङ्घर्ष गर्नु,
ग) सङ्गठनको निर्णय, निर्देशन र अनुशासन पालन गर्नु र अरुलाई गर्न लगाउनु,
घ) आफ्ना गल्ती कमजोरीबारे आत्मालोचित हुदै अरुको गल्ती कमजोरीलाई सङ्गठनात्मक पद्धतिअनुरूप आलोचना गर्नु,
ङ) सङ्गठनभित्र देखापर्ने गलत विचार र प्रवृत्तिविरुद्ध सही विचार र कार्यक्रमको पक्षमा दृढ भएर उभिनु,
च) निरन्तर क्रान्तिको सिद्धान्तको दर्शन, विचार र आर्दशको आत्मासातीकरण गर्दै आमजनतामा ललितकलाको माध्यमबाट सम्प्रेषित गर्नु,
धारा ७       
सदस्यका अधिकार
क) कुनै पनि तहको नेतृत्वदायी पदमा चुन्ने र चुनिने अधिकार
ख) सङ्गठनको सम्मेलन, भेला, गोष्ठि, कार्यशाला, प्रतियोगितात्मक कार्यक्रम लगायत बैठकमा भाग लिने र निर्णयमा सहभागी बन्ने अधिकार,
ग) निर्णय प्रक्रियामा चित्त नबुझेमा आफ्नो वा माथिल्लो कमिटीमा मत दर्ज गर्ने अधिकार
घ) राष्ट्रिय सम्मेलनमा आफ्ना मतहरू राख्न पाउने अधिकार
धारा ८   
सदस्यताको खारेजी
क) साधारण सदस्यसम्बन्धी नियमपालना नगरेमा,
ख) नैतिकपतन, आचारणहीन, भ्रष्ट र मर्यादाहीन भएमा,
ग) मस्तिष्क विकृत भएमा,
घ) मृत्यु भएमा,
ङ) घुसपैठिया र एजेन्ट ठहरिएमा,
च) सङ्गठनका विरुद्ध गतिविधि गरेमा, सङ्गठनप्रति नै अनास्था फैलाएमा, गुटबन्दी गरेमा वा गोपनीयता भङ्ग गरेमा र सङ्गठनको  निर्णयलाई अवज्ञा गरेमा,
छ) राजिनामा स्वीकृत भएमा,
ज) सङ्गठनात्मक रूपले अयोग्य ठहरिएमा,
झ) वैचारिक आदर्श र मूल्यबाट पतन भएमा सदस्यता खारेज हुनेछ ।
परिच्छेद ६
धारा ९
सङ्गठनात्मक स्वरूप
क) सङ्गठनको सर्वोच्च रूप राष्ट्रिय सम्मेलन हुनेछ । सामान्यतया प्रत्येक ३÷३ वर्षमा राष्ट्रिय सम्मेलन गरिनेछ । विशेष अवस्थामा यो अवधि अघि वा पछि पनि हुन सक्नेछ ।
ख) केन्द्रीय समिति मातहत राज्य समिति, जिल्ला समिति, एरिया समिति र एकाइ समितिहरू रहनेछन् ।
ग) विभिन्न जनवर्गीय सङ्गठन, मोर्चा, जनमुक्ति सेना, र अन्य आवश्यक ठाउँहरुमा पनि यसको विभाग गठन गर्न सकिनेछ ।
घ) केन्द्रीय समितिको नेतृत्व र सञ्चालनमा एक केन्द्रीय कमाण्ड (अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष मध्येबाट पा“चजना) रहनेछ ।
ङ) सबै कलाकारहरूलाई सङ्गठनात्मक संरचनामा आबद्ध गर्न सम्भव भएसम्म राज्य, जिल्ला, एरियामा शाखाहरु गठन गर्न सकिनेछ ।
च) विधागत रुपमा आवश्यक सल्लाहकार समिति, उपसमिति, आयोग तथा अन्य समितिहरु आवश्यकता अनुसार गठन गर्न सकिने छ ।
छ) विशेष परिस्थितिमा महासङ्घस“ग समन्वय गर्नका लागि अध्यक्ष, महासचिव, कोषाध्यक्षको तीन सदस्यीय नेतृत्व टोली रहनेछ र त्यसले गरेको निर्णय सचिवालयले अनुमोदन गर्नेछ ।
ज) कुनै पनि तहका कलाकारहरु सङ्घप्रति उत्तरदायी हुनेछन् ।
झ) प्रत्येक समितिले ३÷३ महिनामा नियमित बैठक बसी कार्ययोजनाको प्रगति समीक्षा गर्नेछन् । तर, विशेष अवस्थामा बैठकलाई अघि वा पछि सार्न सकिनेछ ।
ञ) तल्ला निकाय÷शाखाहरूको गठन माथिल्लो तहको पदाधिकारीको उपस्थितिमा भेला वा सम्मेलनद्वारा  हुनेछ ।
ट) केन्द्र्रीय समितिले मातहतका सबै निकायहरूलाई वैचारिक, सङ्गठनात्मक र नीतिगत नेतृत्व प्रदान गर्नेछ ।
ठ) केन्द्रीय समितिले सङ्घको आचारसंहिता, नियम विनियम, अनुसूची र परिशिष्टहरू निर्धारण गरी सम्मेलनद्वारा पारित गराई लागु गर्नेछ ।
ड) राष्ट्रिय सम्मेलनमा सबै शाखाका कलाकारबाट उचित प्रतिनिधित्व गराउन केन्द्रीय समितिले बैज्ञानिक र व्यवहारिक मापदण्डका आधारमा आवश्यकता अनुसार पचास प्रतिशत छनँैट तथा पचास प्रतिशत   चुनावबाट छान्नेछ ।
ढ) सङ्घको समग्र कार्य संचालनका लागि पदाधिकारीसहित २३ जनासम्मको एक केन्द्रीय समिति हुनेछ । सो समितिमा अध्यक्ष, उपाध्यक्ष (बढीमा तीन जनासम्म), महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरू रहनेछन् । केन्द्रीय समितिको समयावधि ३ बर्षको हुनेछ । राज्य र जिल्ला शाखाका कार्यावधि भने २ बर्षको हुनेछ ।
ण) सबै पदाधिकारी र समितिले सङ्घको विधानले तोकेबमोजिम काम, कर्तव्य र अधिकारको निर्वाह गर्नेछन् । प्रत्येक तल्ला समितिहरू माथिल्लो निकायप्रति उत्तरदायी हुनेछन् । केन्द्रीय समिति राष्ट्रिय सम्मेलनप्रति उत्तरदायी हुनेछ ।
त) समितिमा कुनै पनि कारणले पदरिक्त हुन गएमा केन्द्रीय समितिले तल्लो निकायबाट वा साधारण सदस्यहरूबाट पदपूर्ति गर्न सक्नेछ ।
थ) तल्ला निकायहरूको सदस्य सङ्ख्या सम्बन्धित तहको भेला वा सम्मेलनले तोके बमोजिम हुनेछ ।

परिच्छेद ७
धारा १०
राष्ट्रिय सम्मेलन
क) सामान्यतः प्रत्येक ३ बर्षमा राष्ट्रिय सम्मेलन हुनेछ । तर विशेष अवस्थामा केन्द्रीय समिति  राज्य र जिल्लाका शाखा समितिका दुइ तिहाइ सदस्य सङ्ख्याले सम्मेलनको माग गरेमा राष्ट्रिय भेला बोलाई ६ महिना भित्र अर्को विशेष सम्मेलन गर्न सकिनेछ ।
ख) राष्ट्रिय सम्मेलनले कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन छलफलद्वारा परिमार्जन, संशोधन गरी पारित गर्ने, केन्द्रीय समितिको निर्वाचन गर्ने, सङ्घको नीति कार्यक्रम निर्धारण गर्ने, भावी कार्यक्रमका लागि अनुमानित आय–व्ययको लेखाजोखा गर्ने काम गर्नेछ ।
ग) राष्ट्रिय सम्मेलनले राष्ट्रिय महत्वका निर्णयहरू गर्ने, केन्द्रीय समितिका कामकाजको मूल्याकंन तथा जा“चवुझ गर्ने, केन्द्रीय पदाधिकारीहरूले पदीय जिम्मेवारी पालना गरे नगरेको मूल्याङ्कन गर्ने कार्य गर्नेछ ।
घ) राष्ट्रिय सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रिय महŒवको प्रस्ताव पारित गर्ने, कार्यसमितिलाई नीतिगत दिशाबोध गराउने र आवश्यकता अनुसार लेखा परीक्षकको नियुक्ति गर्ने कार्य गर्नेछ ।
ङ) सङ्गठनका सबै तल्ला शाखाहरूका सम्मेलनले पनि यसै मापदण्डको अनुकरण गर्नेछन् ।
च) समितिहरूमा कुनै विषयमा विवाद परेमा सामान्यतया बहुमतद्वारा त्यसको टुंगो लगाइनेछ । नीति र कार्यक्रम बारेको विवाद राष्ट्रिय सम्मेलनले टुंगो लगाउनेछ तर सिद्धान्त र विचारको विवादमा भने बहुमतको विधि लागु   हुनेछैन । यस सम्बन्धमा महासङ्घले निर्णय गर्नेछ ।
परिच्छेद ८
धारा ११
पदाधिकारीको काम, कर्तव्य र अधिकार
अध्यक्ष
क) बैठकको अध्यक्षता गर्ने, बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने
ख) सबै सदस्यहरूको कामको रेखदेख, निर्देशन,निरीक्षण तथा अनुगमन गर्ने
ग) बैठक बोलाउने, संस्थाको तर्फबाट अध्यक्षता गर्ने, संस्था प्रमुखको रूपमा भूमिका निर्वाह गर्ने,
घ) सम्मेलनले निर्धारण गरेका योजना कार्यान्वयन गर्ने र गराउने, मातहतका समितिलाई निर्देशन दिने, आफ्नो जिम्मेवारी बहन गर्ने र मत बराबरीको स्थितिमा निर्णायक मतको प्रयोग गर्ने कार्य अध्यक्षले गर्नेछ ।
ङ) आवश्यकता अनुसार रु.५०००÷–(पा“चहजार)सम्म खर्च स्वविवेकले गर्न पाउने तर त्यसको अनुमोदन के.स.स.बैठकद्वारा गराउनुपर्नेछ ।
उपाध्यक्ष
क) अध्यक्षलाई सहयोग गर्ने
ख) अध्यक्षको अनुपस्थितिमा निजको काम गर्ने
ग) अध्यक्षबाट प्रत्यायोजन भएका कामकार्वाही गर्ने
घ) संस्थाको कार्यप्रगतिको निरीक्षण, लेखाजोखा र निर्देशन गर्ने
ङ) अध्यक्षको निर्देशनमा आर्थिक अधिकार प्रत्यायोजित हुने ।
महासचिव
क) अध्यक्षको सल्लाह र परामर्शमा बैठक बोलाउने,
ख) सङ्गठनको सङ्गठनात्मक कार्ययोजना र प्रतिवेदन पेश गर्ने
ग) विभागीय कामको संयोजन, अनुगमन तथा सङ्गठनात्मक नेतृत्व गर्ने
घ) कार्यसमितिका सम्पूर्ण निर्णयहरू सम्प्रेषण गर्ने, सूचना संचार अभिलेख, कार्यालयीय काम गनर्,े
ङ) सङ्घका समिति बीच संयोजन गर्ने, अध्यक्षलाई परामर्श दिने, अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने, निर्देशनको पालना गर्ने गराउने, सङ्गठनको हितअनुरूपको काम गर्ने गराउने, सबै गतिविधिको लेखाजोखा राख्ने कार्य गर्ने,
च) के.स.को बैठकमा अनुमोदन हुने गरी बढीमा रु.४०००÷(चार हजार) सम्म स्वविवेकले खर्च गर्न पाउने ।
सचिव
क) सचिवले महासचिवको अनुपस्थितिमा निजले गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने,
ख) महासचिवबाट प्रत्यायोजन भएका काम गर्ने, तोकिएको काम, कर्तव्य पूरा गर्ने र महासचिवले गर्ने काममा सहयोग गर्ने,
ग) केन्द्रीय समिति बाहेक तल्ला समितिहरूमा भने सचिवलाई सहयोग गर्ने गरी सह–सचिव रहने व्यवस्था गर्न सकिनेछ ।
घ) महासचिवबाट आर्थिक अधिकार पनि प्रत्यायोजित हुने ।
कोषाध्यक्ष
क) कोषाध्यक्षले आम्दानी र खर्चको अभिलेख राख्ने,
ख) सङ्गठनको आर्थिक योजना तयार गर्ने
ग) तल्ला निकायहरूको आर्थिक पर्यवेक्षण र लेखा परिक्षण गर्ने
घ) सङ्गठनको कार्य संचालन गर्ने, आर्थिक प्रतिवेदन तयार गर्ने, सङ्गठनको हित र स्वार्थमा निरन्तर कार्य गर्ने
ङ) के.स.को बैठकमा अनुमोदन हुने गरी बढीमा रु.४०००÷(चार हजार) सम्म स्वविवेकले खर्च गर्न पाउने ।
केन्द्रीय सदस्य
केन्द्रीय सदस्यहरूले कार्यसमितिले निर्णय गरी दिएको जिम्मा, काम, कर्तव्य, सङ्गठनको हित र स्वार्थअनुकुल हुनेगरी पूरा गर्नेछन् ।
परिच्छेद ९
धारा १२           
निर्वाचन व्यवस्था
सामान्यतः ऐन नियमले तोके बमोजिम सबै समितिहरूको निर्वाचन हुनेछ ।
परिच्छेद १०
धारा १३           
विधान संशोधन
राष्ट्रिय सम्मेलनले दुइतिहाइ बहुमतको आधारमा आवश्यक परेमा विधान संशोधन गर्न सक्नेछ । तर प्रस्तावना र उद्देश्यको मूल आशयमा फरक पर्ने गरी कुनै पनि काम गरिनेछैन ।
परिच्छेद ११
धारा १४          
आर्थिक व्यवस्था
क) मातहातका समितिले सदस्यता शुल्क, लेवी, प्रकाशन तथा कला प्रदर्शनी शुल्क, विशेष आर्थिक कोटा माथिल्लो समितिलाई बुझाउनु पर्नेछ ।
ख) सदस्यता शुल्क, नवीकरण शुल्क, लेवी, सांगठानिक श्रोत परिचालन गरी भएको आय, सहकारी संचालनबाट भएको आय, आर्थिक÷भौतिक सहयोग, प्रकाशन बिक्रीको मूल्य, कला प्रदर्शनीबाट भएको आय नै यसको आर्थिक श्रोत मानिने छ ।
ग) सबै समितिहरूले बर्षको एक पटक अनिवार्य लेखा परीक्षण गराउनुपर्नेछ ।
परिच्छेद १२
धारा १५          
नियम विनियम
केन्द्रीय समितिलाई नै आवश्यक नियम विनियम बनाउने अधिकार रहनेछ । तर मूल विचार नीति र आदर्श स्खलित हुने गरी कुनै पनि नियम विनियम बनाइने छैन ।
परिच्छेद १३
धारा १६       
अधिकार प्रत्यायोजन
आवश्यकता अनुरूप मुख्य पदाधिकारीहरूको अधिकार अन्य व्यक्तिमा प्रत्यायोजन हुन सक्नेछ ।
परिच्छेद १४
धारा १७       
विशेष व्यवस्था
यस विधानले हल नगरेका समस्याहरू समाधानका लागि विशेष सम्मेलनको आयोजना गर्न सक्ने विशेष व्यवस्था रहनेछ । तर यो प्रक्रिया जनवादी केन्द्रीयता अनुसार हुनेछ ।

परिच्छेद १५
धारा १८         
विविध
समान विचारमा आधारित अन्य मुलुकका ललितकलासँग सम्बन्धित सङ्घ, सङ्गठनहरू, कलाकारस“ग भाइचारा सम्बन्ध रहनेछ ।
अनुसूचि १
झण्डाको नमूना       अनुसूचि २

          छापको नमूना
         



अनुसूचि ३
साधारण सदस्यताको नमूना


अनुसूचि ४
सपथग्रहणको नमूना

म...............................................माक्र्सवाद—लेनिनवाद–माओवाद/ माओविचारको पथप्रदर्शक सिद्धान्त र परिवर्तनप्रति प्रतिवद्ध भई महान् सहिदहरुको सपना साकार पार्न जस्तो सुकै त्याग र वलिदान गर्न पनि पछि नहट्ने प्रतिवद्धता जाहेर गर्दै गौरवशाली संगठन अखिल नेपाल ललितकला सङ्घको मूल प्रस्तावना र उद्देश्यप्रति दृढ रहनेछु ।
मालेमावाद÷माओ विचारधारा ! जिन्दावाद !
वीर सहिदः– लालसलाम !!
अखिल नेपाल ललितकला सङ्घः– जिन्दावाद !!

समाप्त

(मंसीर, २०६६) 



 

No comments:

Post a Comment