मिति २०७२ माघ ११
श्री अध्यक्ष / संयोजक
........................ ........................ ........................
........................ ........................ ........................
सङ्घ र समिति
विषय :- परिपत्र
यही मिति २०७२ साल माघ ०९ गते एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिको छैटौं पूर्ण बैठक संयोजक मातृका पोखरेलको अध्यक्षतामा काठमाण्डुको कोटेस्वर पेरिसडाँडामा बस्यो । बैठकमा सांस्कृतिक मोर्चाका इन्चार्ज कमरेड आहुतिको बिशेष उपस्थिति रहेको थियो। बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरू जानकारी एवम् क्रियान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
१) बैठकको प्रारम्भमा सांस्कृतिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।
२) वैठकमा केन्द्रीय समितिको तर्फबाट संयोजक मातृका पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नु भए पछि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा प्रस्तुत गर्नुभयो।
३) आगामी पाँचौ राष्ट्रिय सम्मेलनबाट अनुमोदन गर्ने गरी संगठनात्मक संरचना लगायत केही महत्वपूर्ण विषयमा बिधान परिमार्जन गर्नु पर्ने भएकोले सचिवालय सदस्य कमरेड बलराम तिमिल्सिनाले पेश गर्नु भएको बिधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भयो।
४) एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलन आगामी २०७३ साल बैशाख २३ र २४ गते काठमाण्डुमा आयोजना गर्ने निर्णय गरिएको छ।
५) २०७३ साल बैशाखको पहिलो हप्ताभित्र प्रदेश समितिको भेला र सम्मेलन सम्पन्न गर्ने र बैशाखको दोश्रो हप्ताभित्र आङ्गिक संगठनहरुको भेला र सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ।
६) प्रदेश समिति गठन गरिएको छ। जस अनुसार -
प्रदेश नं इन्चार्ज संयोजक
१ मुक्ति शर्मा राकेश किराती
२ हिसन समाल हरिदेव ठाकुर
३ खुसिराम पाख्रिन राजु स्याङ्तान
४ शिवजी लामिछाने मनोहरी तिमिल्सिना
५ विष्णु भण्डारी आस्था केसी
६ गणेश भण्डारी भीम कुमाखी
७ बलराम तिमल्सिना मंजु बम
प्रदेश समितिमा इन्चार्ज र संयोजकसहित सो प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु, सो प्रदेश अन्तर्गत रहेका महासंघका जिल्ला समितिका अधक्षहरु, सो प्रदेशका आंगिक संगठनका प्रमुखहरु र प्रदेश समितिको बैठकले मनोनयन गरेका २५% सदस्यहरु रहनेछन।
७) पाँचौ राष्ट्रिय सम्मेलनभित्र एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको मुखपत्र “नयाँ संस्कृति“ प्रकाशन गर्ने निर्णय गरिएको छ । उक्त मुखपत्र सम्पादनकालागि महासङ्घको संयोजक मातृका पोखरेल प्रधानसम्पादक रहने र सङ्गीत श्रोता, माधव ढुंगेल, भानु भण्डारी, डा. कृष्णराज अधिकारी र आस्था केसी सम्पादक रहने निर्णय गरिएको छ।
८) आङ्गिक संगठन र प्रदेश समिति र जिल्ला समिति र प्रशाखा समितिको गठन, सम्मेलन एवम् भेलालाई व्यवस्थित गर्न यथाशीघ्र कार्य्विधि बनाएर पठाइने छ ।
पाँचौ राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्न र वैठकबाट भएका निर्णयहरुलाई आत्मसात् गर्दै अघि बढ्न निर्देशन दिंदै बैठकका अध्यक्ष मातृका पोखरेलद्वारा बैठकको समापन गरियो ।
क्रान्तिकारी अभिवादनसहित !
=========================================
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलनका लागि पारित कार्यबिधि — २०७२
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको २०७२ साल माघ ९ गते काठमाण्डौमा बसेको केन्द्रीय समितिको छैठौ पूर्ण वैठकले २०७३ साल बैशाख २४ र २५ गते पाँचौ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । संगठनका प्रदेश सम्मेलन, जिल्ला लगायत सबै तहका सम्मेलन, आङ्गिक संगठनका सबै तहका सम्मेलन, सदस्यता नवीकरण र वितरण, सम्मेलनमा प्रतिनिधिको व्यवस्थाबारे आवश्यक सम्पूर्ण विधि र प्रक्रियाको लागि यो कार्य्विधि तयार पारी जारी गरिएको छ ।
पाँचौ राष्ट्रिय सम्मेलनका लागि सम्पन्न गर्नुपर्ने कार्यहरु ,
(१) सदस्यता नवीकरण र वितरण
((२) प्रदेश समिति र प्रदेश सम्मेलन
(३) जिल्ला समिति र जिल्ला सम्मेलन
(४) आङ्गिक संगठनसम्बन्धी व्यबस्था
(५ ) राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि व्यवस्था
(६ ) केन्द्रीय समितिको गठनस्
(६) मेस शूल्क र प्रवेश शूल्क बारे
(१) सदस्यता नविकरण र वितरण
(क) महासंघको सम्मेलनमा सहभागी हुन कुनै पनि आङ्गिक संगठनको सदस्य बन्न अनिवार्य हुनेछ ।
(ख) आङ्गिक संगठनको केन्द्रले तोकेबमोजिम शूल्क बुझाई सदस्यता नवीकरण वा प्राप्त गर्न सकिनेछ ।
(ग) महासंघअन्तर्गतका आङ्गिक संगठनका सदस्यहरु स्वतः महासंघका सदस्य हुनेछन् ।
(२) प्रदेश समिति र प्रदेश सम्मेलन
(क ) केन्द्रीय समिति पछिको कार्यकारी निकाय प्रदेश समिति हुनेछ।
(ख) प्रदेश समितिमा सम्बन्धित प्रदेशमा भएका महासंघका केन्द्रीय सदस्यहरु,सम्बन्धित प्रदेशका जिल्ला समितिका अध्यक्षहरु, सम्बन्धित प्रदेशका आङ्गिक संगठनका अध्यक्षहरु र प्रदेश समितिले मनोनयन गरेका २५%सदस्यहरु रहनेछन् ।
(ग) महासंघले प्रदेश समितिको इञ्चार्ज र संयोजक चयन गर्नेछ ।
(घ) महासंघसम्बद्ध आङ्गिक संगठनहरुको बिधान वा निर्णय अनुसार तिनका प्रदेश समिति, जिल्ला समिति र अन्य तहका समितिहरु रहनेछन् । र तिनका व्यबस्था अनुसार सम्बन्धित तहका तदर्थ समिति गठन, भेला सम्मेलनहरु गरि सम्बन्धित तहका समिति गठन र ति आङ्गिक संगठनका माथिल्लो स्तरका सम्मेलनमा प्रतिनिधि चयन हुनेछन्।
(ङ) प्रदेश तदर्थ समिति गठन भएको दुइ महिनाभित्र कम्तीमा दुइ वटा आंगिक संगठनका प्रदेश स्तरीय समिति गठन गरिसक्नुपर्नेछ। त्यो नभएमा महासंघको प्रदेश समिति अमान्य ठहरिनेछ।
(च) प्रदेश स्तरीय आंगिक संगठनका सम्पूर्ण सदस्यहरु प्रदेश महासंघले तोके बमोजिम महासंघका जिल्ला सम्मेलन वा भेलाबाट चुनिएर आएका प्रतिनिधि र मनोनित प्रतिनिधि प्रदेश सम्मेलनका प्रतिनिधि हुनेछन। महासंघको प्रदेश समितिले आवश्यक संख्यामा सम्मेलनका पर्यवेक्षक चयन गर्ने नीति बनाउन सक्नेछ।
(छ) प्रदेश समितिको सम्मेलनबाट प्रदेश समिति र राष्ट्रिय सम्मेलनको प्रतिनिधिर पर्यबेक्षक निर्वा्चित हुनेछन। प्रदेश समितिमा अध्यक्ष ( १, उपाध्यक्ष ( ( आंगिक संगठनका अध्यक्षहरु ( ), सचिव ( १ , सह(सचिव ( १ र कोषाध्यक्ष ( १ सहित निर्वाचित प्रदेश समिति १५ देखि २५ जना सम्मको हुनेछ। तीन भन्दा बढी आङ्गिक संगठन भएको प्रदेशमा २१ देखि ३१ सदश्यीय समिति बनाउन सकिने छ। सम्मेलन वा भेलाले प्रदेश समिति र समितिले पदाधिकारी चयन गर्नेछ।
(ज) प्रदेश स्तरको महासंघको समिति बनाउँदा सम्बन्धित तहको आङ्गिक संगठन नभएका क्षेत्रमा व्यक्ति संस्कृतिकर्मीलाई पनि महासंघको समितिमा समावेश गर्न ध्यान दिनुपर्नेछ।
(३) जिल्ला समिति र जिल्ला सम्मेलन
(क) प्रदेश समिति पछिको कार्यकारी निकाय जिल्ला समिति हुनेछ।
(ख) महासंघसँग हाल आवद्ध पाँचवटा आङ्गिक संगठनहरुमध्ये कम्तीमा कुनै दुईवटा संगठनको जिल्ला तदर्थ समिति वा जिल्ला समिति भएको अवस्थामा महासंघको जिल्ला तदर्थ समिति वा जिल्ला समिति गठन गर्न सकिनेछ ।
(ग) आङ्गिक संगठनका जिल्ला समितिका सम्पूर्ण सदस्यहरु महासंघको जिल्ला सम्मेलनका स्वतः प्रतिनिधि हुनेछन् । अरु प्रतिनिधि पर्यवेक्षकको हकमा महासंघको जिल्ला समितिले तोके अनुसार हुनेछ ।
(घ) जिल्ला समितिका सदस्यहरुको छनोट सहमतीमा गरिनेछ । यदि सहमती बन्न नसके निर्वाचनद्वारा टुङ्गो लगाइनेछ ।
(ङ) निर्वा्चित जिल्ला समितिले पदाधिकारीको चयन गर्नुपर्नेछ ।
(च) जिल्ला समितिमा अध्यक्ष— १, उपाध्यक्ष —आङ्गिक संगठनका अध्यक्षहरु , सचिव —१, सह—सचिव १, कोषाध्यक्ष —१ सहित न्यूनतम ११ देखि २१ जनासम्म सदस्य रहनेछन् ।
(छ) न्यूनतम तीन वटा आङ्गिक संगठन भएका जिल्लामा १५ देखि २१ जनासम्मको जिल्ला समिति गठन गर्न सकिनेछ ।
(ज ) तीन भन्दा बढी आङ्गिक संगठनसम्म भएका जिल्लामा २१ देखि ३१ जनासम्मको जिल्ला समिति गठन गर्न सकिनेछ ।
(झ ) जिल्ला सम्मेलनद्वारा जिल्ला समिति गठन गर्दा आङ्गिक संगठनका अध्यक्षहरु जिल्ला समितिको स्वतः उपाध्यक्ष हुनेछन र आङ्गिक संगठनका पदाधिकारीहरु स्वतः जिल्ला समितिका सदस्य हुनेछन ।
(ट) जिल्ला स्तरको महासंघको समिति बनाउँदा सम्बन्धित तहको आङ्गिक संगठन नभएका क्षेत्रका व्यक्ति संस्कृतिकर्मीलाई पनि महासंघको समितिमा समावेश गर्न ध्यान दिनुपर्नेछ।
(४) आङ्गिक संगठनसम्बन्धी व्यबस्था
(।) अखिल नेपाल लेखक संघको –
प्रदेश समिति,जिल्ला समिति र प्रशाखा समितिमा अध्यक्ष, उपाध्यक्ष , सचिव, सह—सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ११ देखि २१ जनासम्म सदस्य रहनेछन् ।
(।।) अखिल नेपाल नाटयकर्मी संघको –
प्रदेश समिति,जिल्ला समिति र प्रशाखा समितिमामा अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ७ देखि ११ जनासम्म सदस्य रहनेछन् । अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित ५ जनासम्मको प्रशाखा समिति बनाउन सकिने छ ।
(।।।) अखिल नेपाल चलचित्रकर्मी संघको –
प्रदेश समिति,जिल्ला शाखा र प्रशाखा समितिमामा अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ५ देखि ९ जनासम्म सदस्य रहनेछन् ।
(IV ) अखिल नेपाल ललितकला संघको –
प्रदेश समिति, जिल्ला शाखा र प्रशाखा समितिमा मा अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ३ देखि ११ जनासम्म सदस्य रहनेछन् ।
(V ) अखिल नेपाल जनकलाकार संघको –
प्रदेश समिति, जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष , सचिव, सह—सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ७ देखि १५ जनासम्म सदस्य रहनेछन् ।
(५ ) राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि व्यवस्था बारे ।
राष्ट्रिय सम्मेलनमा निम्न प्रतिनिधि सहभागी हुनेछन्
(क) महासंघको पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सम्पूर्ण सदस्यहरु,
(ख) सबै आङ्गिक संगठनका केन्द्रीय समितिका सदस्यहरु,
(ग) सम्मेलन वा भेलाहुने प्रदेशबाट ५ जना महिला (अनिवार्य) सहित २५ जना जिल्ला सम्मेलनद्वारा निर्वाचित गरी पठाइएका प्रतिनिधि,
(घ) सम्पूर्ण प्रतिनिधि संख्याको ५ प्रतिशत केन्द्रले मनोनयन गरेका प्रतिनिधिहरु ।
(ङ) महासंघको प्रदेश समिति नभएका प्रदेशबाट केन्द्रले र जिल्ला समिति नभएका तर आङ्गिक कुनै एक संगठन भएका जिल्लाबाट प्रदेश समितिले राष्ट्रिय वा प्रदेश सम्मेलनमा प्रतिनिधि र पर्यबेक्षकका बारेमा निर्णय गरी चयन गर्ने बिधि तोक्नेछन्।
(६ ) केन्द्रीय समितिको गठन ।
(क) महासंघको केन्द्रीय सदस्यको उम्मेदवार बन्नको निम्ति आङ्गिक संगठनको केन्द्रीय समितिमा एक कार्यकाल काम गरिसकेको हुनुपर्नेछ ।
(ख) महासंघको पदाधिकारीको उमेदवार हुनुको निम्ति महासंघको केन्द्रीय समितिमा रहेर एक कार्यकाल काम गरिसकेको हुनुपर्नेछ ।
(ग) केन्द्रीय समितिको निर्माण सहमतीको आधारमा हुनेछ । सो सम्भव नभएमा निर्वाचनद्वारा टुङ्गो लगाइनेछ ।
(घ) केन्द्रीय समितिको स्वरुप र संख्या राष्ट्रिय सम्मेलनले पारित गरेको विधानका आधारमा हुनेछ ।
(ङ) निर्वाचित केन्द्रीय समितिले पदाधिकारीहरुको चयन गर्नेछ ।
(७) मेस शूल्क र प्रवेश शूल्क बारे ।
(क) सम्मेलनमा सहभागी हुने सम्पूर्ण आयोजक समितिका सदस्यहरु र प्रतिनिधिहरुले अनिवार्य रुपमा मेष शूल्क र प्रवेश शूल्क बुझाउनु पर्नेछ ।
— मेस शूल्क रु. ५००।००
— प्रवेश शूल्क रु. २००।००
जम्मा रु. ७००।००
===================================================
===================================================
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलनबाट पारितभै महासङ्घको छैठौं पूर्ण बैठक द्वारा परिमार्जन गरिएको बिधान -
प्रस्तावना :
मानिसलाई सभ्य र सुसंस्कृत बनाउने प्रक्रियालाई प्रचलित अर्थमा संस्कृति भन्ने गरिएको छ । मानवसमाजको विकासक्रममा वर्गविभाजन सुरु भएपछि आत्मिक संस्कृतिको अन्तर्वस्तु पनि वर्गीय हुनु स्वाभाविक थियो । परम्परागत सामन्ती सांस्कृतिक पृष्ठभूमि भएको हाम्रो समाज एकातिर धार्मिक रूढिवाद र अन्धविश्वासपूर्ण सोचाइले ग्रस्त छ भने अर्कोतिर विकृत पुँजीवादी, साम्राज्यवादी संस्कृतिको समेत बोलवाला बढ्दै गइरहेको छ । प्रतिक्रियावादी एवम् साम्राज्यवादी शक्तिहरू मानिसलाई भ्रष्ट र अनैतिक बनाउने सांस्कृतिक योजनाहरू क्रमशः अघि सारिरहेका छन् । यही सामन्ती, पुँजीवादी र साम्राज्यवादी संस्कृतिको प्रभुत्व र उत्पीडनले गर्दा राष्ट्रिय, जनवादी, वैज्ञानिक तथा जनजातीय मौलिक संस्कृतिक क्रमशः कमजोर बन्दै गइरहेको छ । यो अवस्थामा त्यो आक्रमणबाट सम्पूर्ण शोषित, पीडित जनताको संस्कृतिलाई बचाउन पनि उत्तिकै जरुरी छ । त्यसका लागि मार्क्सवाद , लेनिनवाद, र माओवाद सहितको वैज्ञानिक चिन्तनले युक्त शिक्षाको प्रचारप्रसार, प्रगतिवादी कलासाहित्यमा देखापरेका सङ्कीर्णता र दक्षिणपन्थी चिन्तनको विरुद्धमा महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिका शिक्षाहरूले सुसज्जित अभियानको खाँचो पनि टड्कारो बन्दै गइरहेको छ । आन्दोलनभित्र देखापरेका निराशा, अन्यौल, ढुलमुले र अवसरवादी प्रवृत्तिहरूसँग सङ्घर्ष गर्दै कलासाहित्यमा समाजवादी यथार्थवादी सौन्दर्यचिन्तनको प्रयोग र विस्तारमा जोड दिन पनि उत्तिकै जरुरी छ ।
जनवादी सांस्कृतिक आन्दोलनमा देखापरेका यी चुनौतीहरूसँग सङ्घर्ष गर्न सर्वप्रथम त समान विचार राख्ने सांस्कृतिक सङ्गठन एवम् छरिएर रहेका सांस्कृतिककर्मीहरूका बीचमा एकीकृत हुन जरुरी छ । यस सन्दर्भमा करिब एक वर्षअगाडि अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र प्रगतिशील सांस्कृतिक सङ्गठनको एकता र सांस्कृतिक सम्मीलनमार्फत सही विचार एवम् दृष्टिकोण बोकेका सांस्कृतिककर्मीहरूको प्रवेशले जनवादी सांस्कृतिक आन्दोलनले नयाँ उचाइ निर्माण गरेको छ ।
विगतको दसवर्षीय जनयुद्धले सामन्तवादी र साम्राज्यवादी संस्कृतिलाई कडा बज्रमुक्का प्रहार ग¥यो र शहरदेखि ग्रामीण इलाकासम्म बसोबास गरेको जनतासमक्ष जनवादी संस्कृतिको प्रचार र प्रसारमा प्रशस्त योगदान पु¥यायो । सामन्तवादका विरुद्धमा ०६२/६३ को जनआन्दोलनको भूमिका धेरै महत्वपूर्ण छ । सामन्तवाद र साम्राज्यवादका विरुद्धमा युगौँदेखि लड्दै आएका नेपाली जनताहरूको सांस्कृतिक चेतनामा यी घटनाहरूले नयाँ आयाम थपेका छन् ।
स्वाभाविकै रूपमा वर्गीय समाजमा संस्कृति पनि वर्गीय हुन्छ । श्रमिकहरूको श्रमशक्तिको शोषण गरेर शोषकहरू आफ्नो स्वार्थअनुकुलको संस्कृति निर्माण गर्न चाहन्छन् भने शोषितहरू पनि शोषकवर्गका विरुद्धमा आफ्नै संस्कृतिको निर्माण गर्न चाहन्छन् । आफ्नो शोषणलाई दीर्घकालसम्म टिकाइराख्न शोषकवर्गले धर्म, दर्शन, गीत, सङ्गीत र साहित्यको निर्माण गरेका छन् । त्यसैमार्फत् उनीहरूले आफ्नो अनुकूलको संस्कृति निर्माण गर्छन् । तर शोषितवर्गले पनि आफ्नो अनुकूलको संस्कृति निर्माण गर्न माक्र्सवादी दर्शन, प्रगतिवादी साहित्य एवम् गीत–सङ्गीतको प्रचार तथा प्रसार गर्नु एउटै मात्र उपाय हो । सही विचारधाराले युक्त सङ्गठनले मात्र हाम्रो आवश्यकतालाई पूरा गर्न सक्ने छ । मुलुकमा विद्यमान रहेको सामन्ती सांस्कृतिक अवस्था र विस्तारित साम्राज्यवादी संस्कृतिको प्रतिकार गर्न प्रगतिवादी एवं जनपक्षीय संस्कृतिकर्मीहरूका बीचमा व्यवहारिक एकता कायम गर्दै अघि बढ्ने अभियानका साथ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलनबाट पारित गरि यो विधान लागु गरिएको छ ।
परिच्छेद – १
धारा – १
(क) सङ्गठनको नाम र प्रारम्भ ः
यस सङ्गठनको नाम एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रहनेछ र छोटकरीमो एअनेजसामहासङ्घ हुनेछ । अङ्ग्रेजीमा Unified All Nepal Peoples Cultural Federationर संक्षिप्तमा UANPCF हुनेछ । यो विधान यस सङ्गठनको एकताको चौथो राष्ट्रिय सम्मेलनले पारित गरेको मितिबाट लागू हुनेछ ।
(ख) सङ्गठनको छाप :
माथि नेपालीमा र तल अङ्ग्रेजीमा सङ्गठनको नाम उल्लेख भएको, बीच भागमा स्थापना मिति २०३८ र समितिको नाम रहेको अण्डाकारको छाप यसको आधिकारिक छाप हुनेछ ।
(ग) सङ्गठनको झण्डा :
सङ्गठनकोे झण्डा रातो पृष्ठभूमिसहितको २ः३ अनुपातमा आयताकारको हुनेछ । जसको बीचमा मादलमाथि खुलेको कलम दाहिनेतर्फ र कुची बायाँतर्फ क्रस पारी कलमकोे टुप्पामा बायाँ कुनामा पाँचकुने ताराअङ्कित सङ्केत चिन्ह भएको झण्डा सङ्गठनको झण्डा हुनेछ ।
धारा – २
व्याख्या :
(क) सङ्गठन भन्नाले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ््घ लाई बुझ्नुपर्दछ ।
(ख) विधान भन्नाले यस विधानलाई बुझिनेछ ।
(ग) नियम भन्नाले यसै विधानअन्तर्गत बनेका नीति, कार्यक्रम, योजना आचारसंहिता र नियमलाई बुझिनेछ ।
(घ) सदस्यता भन्नाले यसै सङ्गठनको साधारण सदस्यता बुझिनेछ ।
(ङ) संस्था, कार्यसमिति, क्षेत्रीय समन्वय समिति, राष्ट्रिय सम्मेलन, प्रदेश समिति, जिल्ला समिति भन्ने शब्दले यसै सङ्गठनसँग सम्बद्ध निकायलाई बुझिनेछ ।
परिच्छेद – २
धारा – ३
नीति तथा उद्देश्यहरू :
(क) साम्राज्यवादी, विस्तारवादी र प्रभुत्ववादी संस्कृतिको विरोध गर्दै सामन्ती तथा पुँजीवादी संस्कृतिलाई समूल नष्ट गरी मौलिक, वैज्ञानिक, समाजवादी संस्कृतिमा मूलध्यान केन्द्रित गर्दै सामन्तवाद बिरोधी जनवादी संस्कृतिको निर्माणमा प्रयत्न गर्नु ।
(ख) सबैखाले शोषण, दमन, चिथोमिचो, उपनिवेश र तानाशाही व्यवस्थाको विरुद्ध उठेका वर्गसङ्घर्ष, जनविद्रोह र राष्ट्रिय मुक्ति आन्दोलनहरूको समर्थन गर्ने तथा संशोधनवाद र नवसंशोधनवादको विरोध गर्ने साहित्यकलाको सिर्जना गर्नु ।
(ग) माक्र्सवाद, लेनिनवाद र माओवादलाई अङ्गीकार गर्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिप्रति अटल आस्था राख्नु र जगाउनु ।
(घ) जनवादी साहित्य, क्रान्तिकारी गीत–सङ्गीत, चलचित्र, कला, नृत्य, चित्र र मुर्तिकलाको सिर्जना, संरक्षण, सम्वद्र्धन र पथपदर्शन गर्नु ।
(ङ) विविध जातीय, वर्गीय, क्षेत्रीय सांस्कृतिक विशेषतालाई समाजवादी यथार्थवादी मार्गदर्शनका आधारमा केन्द्रीकृत र एकीकृत गर्नु ।
(च) सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील वामपन्थी साहित्य, सङ्गीत, ललितकला, चलचित्र र संस्कृतिलाई गोलबन्द गर्दै आमूल परिवर्तनकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्नु ।
(छ) श्रमप्रति सम्मान, गहन जीवनबोध र आशावादिता, नैतिकता र इमानप्रतिको निष्ठा, क्रान्तिकारी चेतनाप्रति विश्वास गर्दै समाजवादी–यथार्थवादी कलासिर्जनाको विकास गर्नु ।
(ज) न्याय, समानता र मुक्तिका लागि गरिएका सङ्घर्षलाई बौद्धिक, भौतिक र आत्मिक जागरणको माध्यमबाट सहयोग गर्नु ।
(झ) सबैखाले पुराना, कुरूप, विकृत र विसङ्गत, धार्मिक अन्धविश्वासी, रूढीवादी रीति–परम्परा र मूल्यमान्यताको विरोध गर्दै छाडा, अश्लील, उपभोक्तावादी, उत्तर आधुनिकतावादी, विलासी, ठग संस्कृतिको अन्त्य गर्दै माक्र्सवादी सौन्दर्य चिन्तनको प्रचारप्रसार र विकास गर्दै जानु ।
(ञ) राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि देशभक्तिपूर्ण क्रान्तिकारी भावनाले ओतप्रोत साहित्यकला र संस्कृतिको सिर्जना गर्दै अन्तर्राष्ट्रियतावादी वर्गीय संस्कृतिको जगेर्ना र विकास गर्नु ।
(ट) सबै जाति, जनजातिका भाषा, कला, संस्कृति र साहित्यको संरक्षण, विकास गर्नु र तिनमाथि हुने भेदभाव, हस्तक्षेप र उत्पीडनको विरोध गर्नु ।
(ठ) जातीय, क्षेत्रीय, धार्मिक, विभेदको विरोध गर्दै दलित, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गगत समानताको अधिकारका लागि साहित्यकलाको माध्यमबाट वैचारिक सङ्घर्ष गर्नु ।
(ड) श्रमचोर, लुटेरा, भाग्यवादी, उपभोक्तवादी संस्कृतिका साथै एनजिओ–संस्कृतिको तीव्र विरोध गर्नु ।
(ढ) महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई समाजको क्रान्तिकारी सांस्कृतिक रूपान्तरणको आधार मान्दै त्यसको गतिलाई तेज पार्नु ।
(ण) समाजको क्रान्तिकारी रूपान्तरणका लागि आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन गर्न बोद्धिक र सचेतनामुलक अभियान जागृत गर्ने ।
(त) आम प्रगतिवादी सांस्कृतिक क्षेत्रमा एकताका निम्ति वस्तुगत तरिकाले पहलकदमी गर्दै साझा समझदारीको आधारमा स्थापित साझा सांस्कृतिक मोर्चाहरूलाई संरक्षण एवम् सम्वद्र्धन गर्नु ।
परिच्छेद – ३
धारा – ४
सङ्गठन परिचालनका मान्यताहरू :
(क) माक्र्सवाद–लेनिनवाद–माओवाद र चिन्तशैलीसँग सहमत सबै जात, वर्ग, लिङ्ग, क्षेत्र र जातीय कला–संस्कृतिप्रति समर्पित व्यक्तिहरू यसका सदस्य बन्न सक्नेछन् । धर्म, लिङ्ग, सम्प्रदाय, जाति र क्षेत्रका आधारमा सङ्गठनमा कुनै भेदभाव हुनेछैन ।
(ख) सङ्गठनको परिचालन जनवादी केन्द्रीयताका आधारमा हुनेछ । जसअनुसार व्यक्ति सङ्गठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्ला समितिहरू माथिल्ला समितिहरूको मातहतमा चल्नेछन् । सिङ्गो सङ्गठन केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहतमा रहनेछ ।
(ग) सङ्गठन सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको नीतिअनुसार चल्नेछ ।
(घ) सङ्गठनको कुनै पनि समितिको मातहतको समिति र सदस्यलाई कार्यक्रम, योजनाबारे जानकारीका लागि परिपत्र गुर्न आवश्यक रहनेछ । साथै नियमित अनुगमन, मूल्याङ्कनसमेत गुर्नपर्नेछ ।
(ङ) सङ्गठनात्मक पद्धतिअनुसार कुनै पनि सदस्यले आफ्ना मतहरू कमिटीमा दर्ज गर्न पाउनेछन् ।
(च) सङ्गठनको कुनै निकाय वा तहको सङ्ख्या निर्धारण सम्बन्धित समितिको भेला वा सम्मेलनले गर्नेछ ।
(छ) पदाधिकारीहरूको निर्वाचन र सचिवालयको गठन सम्बन्धित समितिले नै गर्नेछ र सम्बन्धित समितिको बढीमा एकतिहाई सङ्ख्या हुनेगरी सचिवालय गठन गर्न सकिनेछ ।
(ज) राष्ट्रिय सम्मलेनपूर्व केन्द्रीय समिति नै सङ्गठनको सर्वोच्च अङ्ग मानिनेछ ।
(झ) राष्ट्रिय सम्मेलन सङ्गठनको सर्वोच्च नेतृत्वदायी अङ्ग हुनेछ । यसले सङ्गठनको नीति तथा कार्यक्रम, कार्यदिशा तथा विधान तय गर्नुका सार्थ केन्द्रीय समितिको सदस्य र पदाधिकारीहरूको निर्वाचन गर्नेछ ।
परिच्छेद – ४
धारा – ५
सदस्यता :
(क) सङ्गठनको प्रस्तावना, नीति र विधानलाई निःशर्त स्वीकार गर्ने, कुनै पनि साहित्य, कला, संस्कृतिको विषयमा सिर्जनारत व्यक्ति यस सङ्गठनको सदस्य बन्न सक्नेछ ।
(ख) यस महासङ्घको प्रस्तावना र उद्देश्यप्रति निष्ठावान स्वतन्त्ररूपमा सिर्जनारत् व्यक्ति पनि महासङ्घका कुनै पदाधिकारीको सिफारिसमा सदस्य बन्न सक्नेछ ।
(ग) सबै सदस्यले प्रत्येक राष्ट्रिय सम्मेलनको अवसरमा अनिवार्य सदस्यता नविकरण गर्नुपर्नेछ । नयाँ सदस्यता जुनसुकै समयमा पनि लिन सकिनेछ । नयाँ सदस्यता लिनका लागि प्रवेश शुल्कवापत् रु.१० अनिवार्य बुझाउनुपर्नेछ । तीन वर्षको शुल्कवापत् वार्षिक रु.१० का दरले रु.३० बुझाई नविकरण गर्नुपर्नेछ । नयाँ सदस्यता लिनेले तीन वर्षको शुल्क र प्रवेश शुल्कसहित एकमुष्ठ रु.४० बुझाउनुपर्नेछ ।
(घ) गीत–सङ्गीत, साहित्य–कला, चलचित्र, अभिनयकला, ललितकला, मुर्तिकला, वास्तुकला, चित्रकला जस्ता कलाक्षेत्रमा क्रियाशील व्यक्तिलाई सदस्यता दिन सकिनेछ ।
(ङ) आवश्यकताअनुसार केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिहरूले सदस्यता वितरण गर्नेछन् । सम्बन्धित प्रदेश समिति समितिले सदस्यता अनुमोदन गरी सदस्यताको विवरण केन्द्रिय समितिमा पठाए पछि मात्र सदस्यहरूको सदस्यता क्रियाशील हुनेछ ।
परिच्छेद – ५
धारा – ६
सदस्यको काम, कर्तव्य र अधिकार :
(क) सङ्गठनको नीति, विचार, कार्यक्रम र उद्देश्यहरू आम संस्कृतिकर्मीहरू बीचमा प्रचारप्रसार गर्नु, संगठित गर्नु, परिचालित र आन्दोलित गर्नु ।
(ख) देश, जनता र स्वतन्त्रताका पक्षमा निरन्तर सङ्घर्ष गर्नु ।
(ग) सङ्गठनको निर्णय, आदेश र अनुशासनको पालन गर्नु र अरुलाई गर्न लगाउनु ।
(घ) आफ्ना गल्ति–कमजोरीबारे आत्मालोचित हुँदै अरुको गल्ति–कमजोरीलाई सङ्गठनात्मक पद्धतिअनुरूप आलोचना गर्नु ।
(ङ) सङ्गठनले तर्जुमा गरेका कार्यक्रममा कुनै न कुनै रूपमा सहभागी बन्नु ।
(च) सङ्गठनभित्र देखापर्ने गलत विचार र प्रवृत्तिविरुद्ध सही विचार र कार्यक्रमको पक्षमा दृढ भएर उभिनु ।
(छ) सर्वहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तको दर्शन, विचार र आदर्शको आत्मसातीकरण गर्दै आम जनतामा सम्प्रेषित गर्नु ।
(ञ) जनसमुदायको अग्रगामी विचार र सङ्घर्षको नेतृत्व गर्दै प्रतिक्रियावादी सत्ताविरुद्ध सङ्घर्ष गर्नु ।
धारा –७
सदस्यका अधिकार :
(क) कुनै पनि तहको नेतृत्वदायी पदमा चुन्ने र चुनिने अधिकार ।
(ख) सङ्गठनको सम्मेलन, भेला, वैठकमा भाग लिने र निर्णयमा सहभागी बन्ने अधिकार ।
(ग) निर्णय प्रक्रियामा चित्त नबुझेमा आफ्नो वा माथिल्लो कमिटीमा मत दर्ज गर्ने अधिकार ।
(घ) राष्ट्रिय सम्मेलनमा आफ्ना मतहरू राख्न पाउने अधिकार ।
धारा – ८
सदस्यताका खारेजी :
(क) साधारण सदस्यसम्बन्धी नियमपालना नगरेमा ।
(ख) नैतिकपतन, आचरणहीन, भ्रष्ट र मर्यादाहीन भएमा ।
(ग) मस्तिष्क विकृत भएमा ।
(घ) सङ्गठनका विरुद्ध गतिविधि गरेमा, सङ्गठनप्रति नै अनास्था फैलाएमा, गुटबन्दी गरेमा ।
(ङ) गोपनीयता भङ्ग गरेमा र सङ्गठनको निर्णयलाई अवज्ञा गरेमा ।
(च) राजीनामा स्वीकृत भएमा ।
(छ) सङ्गठनात्मक रूपले अयोग्य ठहरियमा ।
(ज) वैचारिक आदर्श र मूल्यबाट पतन भएमा
(झ) मृत्यु भएमा ।
सदस्यता खारेज हुनेछ ।
परिच्छेद – ६
धारा – ९
सङ्गठनात्मक स्वरूप
राष्ट्रिय सम्मेलन :
(क) सङ्गठनको सर्वोच्च निकाय राष्ट्रिय सम्मेलन हुनेछ ।
(ख) सामान्यतया प्रत्येक ३÷३ वर्षमा राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ ।
(ग) राष्ट्रिय सम्मेलनले कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र विधानलाई छलफलद्वारा परिमार्जन संशोधन गरी पारित गर्ने, केन्द्रीय समितिको निर्वाचन गर्ने, सङ्घको नीति कार्यक्रम निर्धारण गर्ने, भावी कार्यक्रम तर्जुमा गर्ने, भावी कार्यक्रमको लागि अनुमानित आयव्ययको लेखाजोखा गर्ने काम गर्नेछ ।
(घ) राष्ट्रिय सम्मेलनले राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वको प्रस्ताव पारित गर्ने, कार्य समितिलाई नीतिगत दिशाबोध गराउने र आवश्यकताअनुसार लेखापरिक्षकको नियुक्त गर्ने कार्य गर्नेछ ।
(ङ) राष्ट्रिय सम्मेलनले राष्ट्रिय महत्वका निर्णयहरू गर्ने, केन्द्रीय समितिका कामकाजको मूल्याङ्कन तथा जाँचबुझ गर्ने कार्य गर्नेछ ।
(च) सङ्गठनका सबै तल्ला निकायहरूले पनि यसै मापदण्डको अनुकरण गर्नेछन् ।
(छ) समितिहरूमा कुनै पनि विषयमा विवाद परेमा बहुमतद्वारा त्यसको टुङ्गो लगाइनेछ । नीति, कार्यक्रम बारेको विवाद राष्ट्रिय सम्मेलनले टुङ्गो लगाउनेछ ।
धारा –१०
केन्द्रीय समिति
(क) राष्ट्रिय सम्मेलनले समग्र कार्य संचालनका लागि अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –३, कोषाध्यक्ष –१ र ६४ जना सदस्य रहेको कुल ७५ जनाको केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
(ख) केन्द्रीय समितिले समान विचार र कार्यदिशा भएका सांस्कृतिक सङ्गठनहरूसँग एकता भएमा, सांस्कृतिक व्यक्तित्वहरू सङ्गठनमा प्रवेश गरेमा वा अन्य विषेश परिस्थिती आईपरेका अवस्थामा सङ्ख्यामा वा पदीय जिम्मेवारीमा हेरफेर वा थपघट गर्न पनि सक्नेछ ।
(ग) केन्द्रीय समितिले महासङ्घको आचारसंहिता, नियम–विनियम, अनुसूची र परिशिष्टहरूको निर्धारण गर्न सक्नेछ ।
(घ) केन्द्रीय समितिले मातहतका सबै निकाय तथा आङ्गीक सङ्गठनहरूलाई नीतिगत नेतृत्व प्रदान गर्नेछ ।
(ङ) राष्ट्रिय सम्मेलनमा महासङ्घको सबै तहका निकायहरूबाट उचित प्रतिनिधित्व गराउन केन्द्रीय समितिले वैज्ञानिक मापदण्डका आधारमा प्रतिनिधिहरू छनौट गर्नेछ ।
(च) सबै निकायहरूले केन्द्रीय समितिसित नियमितरूपमा समस्या, प्रगति र योजनाका बारेमा रिपोर्टिङ गर्नेछन् तथा आवश्यक प्रशिक्षणको माग गर्न सक्नेछन् ।
(छ) केन्द्रीय समितिले ४÷४ महिनामा नियमित बैठक बसी कार्ययोजनाको प्रगति समीक्षा गर्नेछ । तर विशेष अवस्थामा बैठकलाई अघि वा पछि सार्न सकिनेछ ।
(ज) केन्द्रीय समिति राष्ट्रिय सम्मेलनप्रति उत्तरदायी हुनेछ ।
धारा – ११
केन्द्रीय समिति सचिवालय तथा केन्द्रीय कार्यालय सम्बन्धि व्यवस्था
(क) केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको एक तिहाइ सङ्ख्या भएको केन्द्रीय पदाधिकारी एवम् आङ्गीक सङ्गठनहरूको समेत प्रतिनिधित्व रहने गरी एक केन्द्रीय सचिवालय गठन गरिनेछ ।
(ख) केन्द्रीय समितिको बैठक नबसेको समयमा सम्पूर्ण कार्यसञ्चालन एवम् निर्णयहरू केन्द्रीय सचिवालयले गर्नेछ ।
(ग) केन्द्रीय सचिवालयले सम्पूर्ण कार्य सञ्चालन एवम् निर्णयहरू केन्द्रीय समितिप्रति जवाफदेही हुनेगरी गर्नुपर्नेछ ।
(घ) सचिवालयमार्फत् भएका महत्वपूर्ण निर्णयहरूलाई केन्द्रीय समितिको पूर्ण बैठकबाट अनुमोदन गराउनुपर्नेछ ।
(ङ) केन्द्रीय समितिको बैठकले आफ्ना अधिकारहरू केन्द्रीय सचिवालयलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(च) केन्द्रीय पदाधिकारीहरु सहित बरिष्ठ सदस्यहरु समावेश गरि १५ जना सम्मको एक कार्यालयको गठन गरिने छ ।
(छ) केन्द्रीय समिति वा सचिवालयले गरेका निर्णयहरु कार्यालयले क्रियान्वयन गर्ने छ ।
(ज¬¬) सचिवालयलाई आप्नो अधिकारहरु कार्यालयलाई प्रत्यायोजन गर्न पनि सक्नेछ ।
धारा – १२
आङ्गीक सङ्गठनसम्बन्धी व्यवस्था ः–
(क) नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक रहेको र संस्कृतिको बहुविधागत अवस्थालाई सम्बोधन गर्न सङ्गठन महासङ्घीय स्वरूपको रहनेछ ।
(ख) गीत–सङ्गीत, लोककला र नाट्यकला क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल जनकलाकार सङ्घ रहनेछ ।
जनकलाकार सङ्ले संयोजन र संचालन गर्ने गरि लोक कलाकर्मिहरुको एक संगठन अखिल नेपाल लोक कलाकर्मि मञ्चको गठन गरिने छ ।
(ग) भाषा, साहित्य एवम् लेखकीय क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल लेखक सङ्घ रहनेछ ।
(घ) चित्र, मूर्ति, वास्तु, लोककला, मिथिलाकला, थारुकला एवम् थाङ्का, पौभा कला क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल ललितकला सङ्घ रहनेछ ।
(ङ) श्रव्यदृश्य, अभिनय, एवम् चलिचित्रसँग सम्बन्धित एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल चलचित्रकर्मी सङ्घ रहनेछ ।
(च) उपर्युक्त सबै आङ्गीक सङ्गठनहरूलाई केन्द्रीयरूपमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ को केन्द्रीय समितिले परिचालन गर्नेछ ।
(छ) सबै आङ्गीक सङ्गठनहरूले प्रदेश , जिल्ला एवम् स्थानीय तहहरूमा समिति गठन एवम् विस्तार गर्न सक्नेछन् ।
(ज) महासङ्घको केन्द्रीय समितिले आवश्यक ठानेमा आङ्गीक सङ्गठनहरूको गठन एवम् विघटन गर्न सक्नेछ तर प्रदेश समितिहरुले आङ्गीक संगठनहरुको विघटन र पुर्नगठन गर्नु परेमा सम्बन्धीत आङ्गीक संगठनहरुको केन्द्र संग परामर्श लिनु पर्ने छ ।
(झ) आङ्गिक संगठनहरुले महासंघको प्रस्तावना, नीति, उद्देश्य र कार्यक्रम प्रति समर्पित रही विधागत विशेषता सहितको संगठनात्मक स्वरुपको आधारमा स्वायत्त भूमिका निर्वाह गर्न सक्ने छन् ।
(ञ) आङ्गिक संगठन भित्र आवश्यकता अनुसार विधागत विभाग वा शाखाहरु बनाउन सकिने छ ।
(ट) महासंघले आवश्यकता अनुसार आङ्गिक संगठनहरुको विभागीय प्रमुख वा इन्चार्ज तोक्ने छ ।
(ठ) महासंघले आंङ्गिक संगठनहरुको कार्यलाई संयोजन तथा व्यवस्थित गर्ने महासंघका पदाधिकारीहरुको नेतृत्वमा आङ्गिक संगठनका आवश्यक पदाधिकारी वा वरिष्ठ सदस्यहरुलाई समावेश गर्ने गरि विभाग वा फ्रयाक्सनको गठन गर्नेछ ।
धारा – १३
सल्लाहकार समिति :
(क) महासङ्घले साहित्य, सङ्गीत, नाट्य, ललितकला, चलचित्र आदि क्षेत्रका वरिष्ठ व्यक्तिहरू सम्मिलित एक सल्लाहकार समितिको गठन गर्नेछ ।
(ख) सल्लाहकार समितिको सङ्ख्या आवश्यकता अनुसारकोे हुनेछ ।
(ग) महासङ्घले सल्लाहकार समितिको संयोजक तोक्नेछ ।
(घ) सल्लाहकार समितिका संयोजकले प्रत्येक ६÷६ महिनामा सल्लाहकार समितिको बैठक राखी केन्द्रीय समितिलाई उपयुक्त राय सल्लाह दिनेछन् । आवश्यकता अनुसार सल्लाहकार समितिका सदस्यहरुले अन्य समयमा पनि राय सल्लाह दिन सक्ने छन् ।
(ङ) केन्द्रीय समितिको पूर्ण बैठकमा सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरू आमन्त्रित सदस्यका रूपमा सहभागी हुन सक्नेछन् ।
(च) सल्लाहकार समितिका संयोजक महासङ्घको सचिवालयको बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुन सक्ने छन् ।
धारा – १४
साङ्गीतिक परिवार ः–
(क) अखिल नेपाल जनकलाकार संघको नेतृत्व र सञ्चालनमा एक केन्द्रीय साङ्गीतिक टोली रहनसक्ने छ।
(ख) राज्य समिति एवम् जिल्ला समितिअन्तर्गत विभिन्न परिवारहरू क्रियाशील रहन सक्नेछन् ।
धारा – १५
अन्य समितिहरू :
(क) प्रदेश समिति :– प्रदेशस्तरमा प्रदेश समितिको गठन हुनेछ । प्रदेशअन्तर्गतका जिल्लाहरूको प्रतिनिधित्व गराई भेला वा सम्मेलनमार्फत् राज्य समिति बनाइने छ । प्रदेश समिति केन्द्रीय समितिपछिको कार्यकारी समिति हुनेछ । प्रदेश समितिहरुलाई व्यवस्थित एवं अनुगमन गर्न महासंघले केन्द्रीय सदस्यहरु मध्येबाट ईन्चार्ज र संयोजक तोक्नेछ ।
(ख) जिल्ला समिति :– जिल्लास्तरमा जिल्ला समितिको निर्माण हुनेछ ।
(ग) अन्य समितिहरूः– आवश्यकताअनुसार इलाका समिति, निर्वाचनक्षेत्र समिति, एरिया एवम् टोल समितिहरूको गठन गर्न सकिनेछ ।
(घ) तल्ला निकायहरूको गठन कुनै माथिल्ला तहका सदस्यको उपस्थितिमा भेला या सम्मेलनद्वारा हुनेछ ।
(ङ) सबै पदाधिकारी, समिति, परिवारहरूले तोकेबमोजिम काम, कर्तव्य र अधिकारको निर्वाह गर्नेछन् । प्रत्येक तल्ला समितिहरू माथिल्लो निकायप्रति उत्तरदायी हुनेछन् ।
(च) मातहतका निकायहरूमा पदाधिकारीहरुको संख्या वा सदस्यहरुको सङ्ख्या सम्बन्धित तहको भेला वा सम्मेलनले तोकेबमोजिम हुनेछ ।
(ज) लोकसंस्कृतिलाई जनवादीकरण गर्दै समाज रूपान्तरणको अभियानमा लामबद्ध गर्न विविध जातीय, भाषिक, सांस्कृतिक समूहहरू गाउँ, टोल वा एरिया स्तरसम्म बनाउन सकिनेछ ।
(झ) मातहतका समितिहरुले पनि सल्लाहकारहरुको व्यवस्था गर्न सक्नेछन् ।
(ञ) सम्पूर्ण मातहतका समितिहरुको कार्यकाल ३÷३ बर्षको हुने छ ।
परिच्छेद – ७
धारा – १६
पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार
अध्यक्ष :
क) बैठकमा अध्यक्षता गर्ने, बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने ।
(ख) सबै सदस्यहरूको कामको रेखदेख, निरीक्षण तथा अनुगमन गर्ने ।
(ग) बैठक बोलाउने, संस्थाको तर्फबाट अध्यक्षता गर्ने, संस्थाप्रमुखको रूपमा भूमिका निर्वाह गर्ने ।
(घ) सम्मेलनले निर्धारण गरेका योजना कार्यान्वयन गर्ने र गराउने, मातहतका समितिलाई निर्देशन दिने, आफ्नो जिम्मेवारी बहन गर्ने र मत बराबरीको स्थितिमा निर्णायक मतको प्रयोग गर्ने ।
(ङ) संगठनात्मक नेतृत्व गर्ने ।
उपाध्यक्ष :
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षको अनुपस्थितिमा निजको काम गर्ने ।
(ग) अध्यक्षबाट प्रत्यायोजन भएका काम कारवाही गर्ने ।
(घ) संस्थाको कार्यप्रगतिलाई निरीक्षण, लेखाजोखा र निर्देशन गर्ने ।
(ङ) आवश्यकता अनुसार कार्यविभाजन भएको कार्यहरु गर्ने ।
महासचिव ः–
(क) अध्यक्षको सल्लाह र परामर्शमा बैठक बोलाउने ।
(ख) सङ्गठनको सङ्गठनात्मक कार्ययोजना र प्रतिवेदन पेश गर्ने ।
(ग) विभागीय कामको संयोजन, अनुगमन गर्र्ने, केन्द्रीय समितिको दैनिक कार्य सञ्चालन गर्ने ।
(घ) कार्यसमितिका सम्पूर्ण निर्णयहरू सम्प्रेषण गर्ने, सूचना, सञ्चार, अभिलेख, कार्यालयीय काम गर्ने । चल, अचल सम्पत्तिको संरक्षण गर्ने ।
(ङ) महासङ्घका समिति र परिवारबीच संयोजन गर्ने, अध्यक्षलाई परामर्स दिने, अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने, आदेश निर्देशनको पालना गर्ने–गराउने, सङ्गठनको हितअनुरूपको काम गर्ने–गराउने, सबै गतिविधिको लेखाजोखा राख्ने कार्य गर्ने ।
सचिव ः–
(क) सचिवले महासचिवको अनुपस्थितिमा निजले गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने ।
(ख) महासचिवबाट प्रत्यायोजन भएका काम गर्ने, तोकिएको काम, कर्तव्य पूरा गर्ने र महासचिवले गर्ने काममा सहयोग गर्ने ।
(ग) केन्द्रीय समितिबाहेक तल्ला समितिहरूका भने सचिवलाई सहयोग गर्नेगरी सहसचिव रहने व्यवस्था गर्न सकिनेछ ।
कोषाध्यक्ष :
(क) कोषाध्यक्षले आम्दानी र खर्चको अभिलेख राख्ने ।
(ख) सङ्गठनको आर्थिक योजना तयार गर्ने ।
(ग) तल्ला निकायहरूको आर्थिक पर्यवेक्षण र लेखापरिक्षण गर्ने ।
(घ) सङ्गठनको आर्थिक कार्य सञ्चालन गर्ने, आर्थिक प्रतिवेदन तयार गर्ने, सङ्गठनको हित र स्वार्थमा निरन्तर काम गर्ने ।
केन्द्रीय सदस्य ः–
केन्द्रीय सदस्यहरूले कार्यसमितिले निर्णय गरिदिएको जिम्मा, काम, कर्तव्य, विचार, नीति, योजना तथा सङ्गठनको आदर्श एवं हित हुने गरी कार्य गर्ने ।
परिच्छेद – ८
धारा – १७
निर्वाचन व्यवस्था ः–
सामान्यता ऐन नियमले तोकेबमोजिम सबै समितिहरूको निर्वाचन हुनेछ ।
परिच्छेद – ९
धारा – १८
विधान संशोधन :
राष्ट्रिय सम्मेलनको दुई तिहाई बहुमतले आवश्यक परेमा विधान संशोधन गर्न सक्नेछ । तर प्रस्तावना र उद्देश्यको मूल आशयमा फरक पार्ने गरी कुनै काम गरिने छैन ।
परिच्छेद – १०
धारा – १९
आर्थिक व्यवस्था :
(क) मातहतका समतिले सदस्यता शुल्क, लेबी, प्रकाशन शुल्क, विशेष आर्थिक कोटा माथिल्लो कमिटिलाई बुझाउनुपर्नेछ ।
(ख) सदस्यता शुल्क, नविकरण शुल्क, साङ्गठनिक श्रोत परिचालन गरी भएको आय, अन्य आर्थिक सहयोग, प्रकाशन विक्रीको मूल्य, सांस्कृतिक कार्यक्रमबाट भएको आय नै यसको आर्थिक स्रोत मानिनेछ ।
(ग) सबै समितिहरूले वर्षको एकपटक अनिवार्य लेखा परिक्षण गराउनुपर्नेछ ।
(घ) अध्यक्ष, महासचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा कोष परिचालन गरिनेछ । अध्यक्ष र महासचिव मध्ये कुनै एक सहित कोषाध्यक्षको अनिवार्य हस्ताक्षर रहने गरि खाता संचालन गरिने छ ।
परिच्छेद – ११
धारा – २०
नियम–विनियम :
केन्द्रीय समितिलाई नै आवश्यक नियम–विनियम बनाउने अधिकार रहनेछ । तर मूल विचार नीति, योजना र आदर्श स्खलित हुने गरी कुनै नियम–विनियम बनाइने छैन ।
परिच्छेद – १२
धारा – २१
अधिकार प्रत्यायोजन :
आवश्कताअनुरूप मुख्य पदाधिकारीको अधिकार अन्य व्यक्तिमा प्रत्यायोजन हुन सक्नेछ ।
परिच्छेद – १३
धारा – २२
विशेष व्यवस्था :
यस विधानले हल नगरेका समस्याहरूको लागि विशेष भेलाको आयोजना गर्न सकिनेछ । । भेलाका लागि प्रतिनिधित्वको मापदण्ड केन्द्रीय समितिले निर्धारण गरेअनुसार हुनेछ ।
परिच्छेद – १४
धारा – २३
भाइचारा सम्बन्ध :
समान विचारमा आधारित अन्य मुलुकका सांस्कृतिक सङ्घ, सङ्गठनहरूसँग भाइचारा सम्बन्ध रहने छ ।
परिच्छेद – १५
धारा – २४
केन्द्रीय कार्यालय :
यस सङ्गठनको केन्द्रीय कार्यालय काठमाडौँमा रहनेछ । केन्द्रीय कार्यालय सञ्चालनका लागि कार्यालय सचिवको नियुक्ति वा अन्य व्यवस्था केन्द्रीय कार्यालयले तय गरेअनुसार हुनेछ ।
===========================================
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको
छैठौं पूर्ण बैठक (२०७२ असोज ९ ) मा संयोजक मातृका पोखरेलद्वारा प्रस्तुत एवम् पारित प्रतिवेदन
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको यस पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिको छैठौं पूर्ण बैठकमा उपस्थित एकीकृत नेकपा (माओवादी) का … … ……… …… ……. ……… , एकीकृत नेकपा (माओवादी) पोलिटब्युरो सदस्य एवम् सांस्कृतिक फ्य्राक्सन इन्चार्ज कमरेड आहुति, महासङ्घको सचिवालय एवम् केन्द्रीय समितिका साथीहरु ।
लामो अन्तरालपछि बस्न लागेको पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिको यस छैठौं पूर्णबैठकमा म तपाईंहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।
सर्वप्रथम न्यायपूर्ण समानताको संसार निर्माण गर्न सांस्कृतिक मोर्चाबाट जीवन वलिदान गर्ने कृष्ण सेन, ‘इच्छुक’, घनश्याम ढकाल, मस्त विष्ट, च्याङ्बा लामा, चुनु गुरुङ, शारदा श्रेष्ठ, रोहित कोइराला, हर्षबहादुर मल्ल, पुष्पराज चौधरी, एकबहादुर वि.क., शिव श्रेष्ठ, डिवी थापालगायत अनेकोट, भावाङ, डुंगाला, जुफाल, विनायक आदि घटनाहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सांस्कृतिक सहिदहरुप्रति श्रद्धान्जली र सम्मान अर्पण गर्न चाहन्छु ।
संस्कृतिले मानिसलाई सभ्य र सुसंस्कृत बनाउछ भन्ने मान्यता र विश्वास बोकेर हामीले संगठित रुपमा सांस्कृतिक आन्दोलन चलाउने कोशिश गरिरहेका छौं । मानिसभित्र अवशेषको रुपमा बाँकी रहेको पाशविक प्रबृत्तिलाई निमिट्यान्न पार्ने र मानिसलाई सामाजिक रुपमा समुन्नत एवम् सिर्जनात्मक क्षमताले सम्पन्न बनाउनु हाम्रो आन्दोलनको पहिले उद्धेश्य हो । मान्छेद्वारा मान्छेमाथि शोषण गर्ने परिपाटीको अन्त्य विना हामीले निर्माण गर्न खोजेको संस्कृतिको स्थापना कदापि सम्भव छैन । हामी सांस्कृतिक क्षेत्रबाट त्यही सुन्दर सपना साकार बनाउन लागिपरेका सांस्कृतिककर्मीहरु हौँ । हाम्रो सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ त्यही सुन्दर सपनालाई साकार बनाउन हिंडेका सांस्कृतिककर्मीहरुलाई नेतृत्व प्रदान गर्ने अग्रणी संस्था हो ।
साथीहरु,
हामी यतिबेला जटिल र संवेदनशील राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थितिबाट गुज्रिरहेका छौं । नेपाली जनताको ठुलो त्याग र बलिदानबाट गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता अधिकारहरु स्थापित भएका छन्। तर, हामीले प्राप्त गरेका यी अधिकारहरु कसरी खोस्न सकिन्छ भनेर अझै पनि अँध्यारो कुनामा बसेर देशीविदेशी प्रतिक्रियावादीहरु योजना बुनिरहेका छन्। भरखरैमात्र हामीले भारतीय विस्तारवादले नेपाल सम्बन्धी कस्तो दृष्टिकोण र धारणा राख्दोरहेछ भन्ने कुरा छर्लंङ्गै देख्यौं । हाम्रा परिवर्तनका प्रत्येक पाइलाहरुमा भारतीय विस्तारवादले उठाउने बिषालु फँडाप्रति सचेत हुन सकिएन भने हाम्रो अभियान प्रभावकारी बन्न पक्कै पनि सजिलो छैन। नेपाली जनताका बहुमत प्रतिनिधिद्वारा जारी गरिएको संबिधान माथि भारतीय विस्तारवादले जुन प्रकारको गतिबिधि देखायो, हाम्रा अघिल्तिर तेर्सिएको सामान्य चुनौतीको रुपमा मात्र हामीले यसलाई बुझ्नुहुँदैन ।
नेपाली जनताको धेरै ठुलो त्याग र बलिदानद्वारा दोश्रो संबिधानसभा मार्फत संबिधान बनेको छ। विगतमा नेपाली जनताको त्याग र बलिदानको दाँजोमा हामीलाई थोरैमात्र अधिकार प्राप्त भएको छ। आफूले खोजेको र चाहेको अधिकार नलिइकन प्राप्त अधिकार पनि लिन्न भन्दै गुमाउनुभन्दा लिन सकिने अधिकार लिंदै अघिबढ्नु बुद्धिमत्तापूर्ण कार्य हुन्थ्यो । एकीकृत नेकपा (माओबादी) नेतृत्वले त्यही बुद्धिमत्तापूर्ण कार्य गरेपछि दोश्रो संबिधानसभा मार्फत जनपक्षीय केही अधिकार सहितको संबिधान निर्माण भएको छ । यो निश्चितै रुपमा खुसीको कुरा हो । तर, अहिले प्राप्त भएको अधिकारलाई रुंगेरमात्र क्रान्तिकारीहरु यहीं रोकिएर बस्दैनन्। परिवर्तनको नियम बुझेका परिवर्तनकारी शक्तिहरु प्राप्त अधिकारको रक्षा गर्दै अघि बढ्छन र निरन्तर अघि बढ्छन। हामी समाजवादी संस्कृतिका लागि लड्ने संस्कृतिकर्मीहरुको अहिलेको मूल ध्येय यहीनै हो र हुनुपर्छ । जनवादी संस्कृतिका बाँकी रहेका कार्यभारहरु पूरा गर्दै समाजवादी संस्कृतिको निर्माणनै हाम्रो अहिलेको रणनैतिक कार्यभार हो।
संगठनको वर्तमान अवस्था केही चुनौति केही सम्भावना
हाम्रो संगठनको संगठनात्मक जीवन करिबकरिब क्षतविक्षत भएको अवस्थामा हामीले यो बैठकको आयोजना गरेका छौं । तल्ला कमिटीहरु प्रायजसो कतैतिर पनि क्रियाशील छैनन् । केन्द्रीय समिति पनि केन्द्रीय समितिकै रुपमा क्रियाशील छैन। सचिवालयका केही साथीहरुको निर्णय गरेर फाट्टफुट्ट केही कार्यक्रम गरिरहेको अवस्था छ । संगठनको सकृय जीवनको आभाष कसैलाई भैरहेको छैन । जिल्लाहरुमा पनि शाखा गठन गर्ने काम हुन सकिरहेको छैन । आंगीक संगठनहरु पनि पूर्णत: निष्क्रिय अवस्थामा छन्।चलचित्रकर्मी संगठनले आफ्नो सक्रियतालाई केही बिस्तारित गरेको देखिन्छ । संगठनात्मक चुनौति अत्यन्त बिकराल बनिरहेको यो बेला पुनर्गठन पछि बाँकी रहेका केन्द्रीय समितिका सदस्यहरुलाई बोलाएर यो बैठकको आयोजना गरिएको छ। क्रियाशील हुन चाहिरहेका संस्कृतिकर्मीहरुको पंक्तिलाई विचारधारात्मक रुपमा सुस्पष्ट बन्न र बनाउने योजना पनि अघि सार्न सकिएको छैन । सबैतिर बाट वर्गीय निष्ठा कमजोर भैरहेको र मार्क्सवादी आदर्श र संस्कृतिको स्खलन भैरहेको चर्चा चलिरहेको बेला यो बिषयमा बढिनै सरोकार राख्नुपर्ने हाम्रो जस्तो संगठनले कुनै हस्तक्षेपयुक्त र सरोकारको कार्य गर्न सकिरहेको छैन । क्रान्तिकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्न भनेर बसेका हामीले जतिसुकै आत्मालोचना गरे पनि त्यो कमै हुन जान्छ।
टुटफुट र पलायनबाट पनि हाम्रो आन्दोलन निरन्तर आक्रान्त बनिरहेको छ । भरखरै अर्थात केही महिना अघि मात्र हाम्रो आन्दोलनभित्रबाट एउटा सानो तप्का बाहिरियो । मार्क्सवादी सिद्धान्तबाट समेत पलायन भएको त्यो तप्का नयाँसक्तिका नाम बाट यतिबेला आफ्नो परिचय बनाउन तल्लिन छ। उनीहरुले पार्न सक्ने भ्रमबाट साथीहरुलाई मुक्त बनाउदै अघि बढ्नु पर्ने थप दायित्व पनि फेरि हामीलाई थपिएको छ।
हामी यतिबेला जटिल र संवेदनशील राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थितिबाट गुज्रिरहेका छौं । नेपाली जनताको ठुलो त्याग र बलिदानबाट गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता अधिकारहरु स्थापित भएका छन्। तर, हामीले प्राप्त गरेका यी अधिकारहरु कसरी खोस्न सकिन्छ भनेर अझै पनि अँध्यारो कुनामा बसेर देशीविदेशी प्रतिक्रियावादीहरु योजना बुनिरहेका छन्। भरखरैमात्र हामीले भारतीय विस्तारवादले नेपाल सम्बन्धी कस्तो दृष्टिकोण र धारणा राख्दोरहेछ भन्ने कुरा छर्लंङ्गै देख्यौं । हाम्रा परिवर्तनका प्रत्येक पाइलाहरुमा भारतीय विस्तारवादले उठाउने बिषालु फँडाप्रति सचेत हुन सकिएन भने हाम्रो अभियान प्रभावकारी बन्न पक्कै पनि सजिलो छैन। नेपाली जनताका बहुमत प्रतिनिधिद्वारा जारी गरिएको संबिधान माथि भारतीय विस्तारवादले जुन प्रकारको गतिबिधि देखायो, हाम्रा अघिल्तिर तेर्सिएको सामान्य चुनौतीको रुपमा मात्र हामीले यसलाई बुझ्नुहुँदैन ।
नेपाली जनताको धेरै ठुलो त्याग र बलिदानद्वारा दोश्रो संबिधानसभा मार्फत संबिधान बनेको छ। विगतमा नेपाली जनताको त्याग र बलिदानको दाँजोमा हामीलाई थोरैमात्र अधिकार प्राप्त भएको छ। आफूले खोजेको र चाहेको अधिकार नलिइकन प्राप्त अधिकार पनि लिन्न भन्दै गुमाउनुभन्दा लिन सकिने अधिकार लिंदै अघिबढ्नु बुद्धिमत्तापूर्ण कार्य हुन्थ्यो । एकीकृत नेकपा (माओबादी) नेतृत्वले त्यही बुद्धिमत्तापूर्ण कार्य गरेपछि दोश्रो संबिधानसभा मार्फत जनपक्षीय केही अधिकार सहितको संबिधान निर्माण भएको छ । यो निश्चितै रुपमा खुसीको कुरा हो । तर, अहिले प्राप्त भएको अधिकारलाई रुंगेरमात्र क्रान्तिकारीहरु यहीं रोकिएर बस्दैनन्। परिवर्तनको नियम बुझेका परिवर्तनकारी शक्तिहरु प्राप्त अधिकारको रक्षा गर्दै अघि बढ्छन र निरन्तर अघि बढ्छन। हामी समाजवादी संस्कृतिका लागि लड्ने संस्कृतिकर्मीहरुको अहिलेको मूल ध्येय यहीनै हो र हुनुपर्छ । जनवादी संस्कृतिका बाँकी रहेका कार्यभारहरु पूरा गर्दै समाजवादी संस्कृतिको निर्माणनै हाम्रो अहिलेको रणनैतिक कार्यभार हो।
संगठनको वर्तमान अवस्था केही चुनौति केही सम्भावना
हाम्रो संगठनको संगठनात्मक जीवन करिबकरिब क्षतविक्षत भएको अवस्थामा हामीले यो बैठकको आयोजना गरेका छौं । तल्ला कमिटीहरु प्रायजसो कतैतिर पनि क्रियाशील छैनन् । केन्द्रीय समिति पनि केन्द्रीय समितिकै रुपमा क्रियाशील छैन। सचिवालयका केही साथीहरुको निर्णय गरेर फाट्टफुट्ट केही कार्यक्रम गरिरहेको अवस्था छ । संगठनको सकृय जीवनको आभाष कसैलाई भैरहेको छैन । जिल्लाहरुमा पनि शाखा गठन गर्ने काम हुन सकिरहेको छैन । आंगीक संगठनहरु पनि पूर्णत: निष्क्रिय अवस्थामा छन्।चलचित्रकर्मी संगठनले आफ्नो सक्रियतालाई केही बिस्तारित गरेको देखिन्छ । संगठनात्मक चुनौति अत्यन्त बिकराल बनिरहेको यो बेला पुनर्गठन पछि बाँकी रहेका केन्द्रीय समितिका सदस्यहरुलाई बोलाएर यो बैठकको आयोजना गरिएको छ। क्रियाशील हुन चाहिरहेका संस्कृतिकर्मीहरुको पंक्तिलाई विचारधारात्मक रुपमा सुस्पष्ट बन्न र बनाउने योजना पनि अघि सार्न सकिएको छैन । सबैतिर बाट वर्गीय निष्ठा कमजोर भैरहेको र मार्क्सवादी आदर्श र संस्कृतिको स्खलन भैरहेको चर्चा चलिरहेको बेला यो बिषयमा बढिनै सरोकार राख्नुपर्ने हाम्रो जस्तो संगठनले कुनै हस्तक्षेपयुक्त र सरोकारको कार्य गर्न सकिरहेको छैन । क्रान्तिकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्न भनेर बसेका हामीले जतिसुकै आत्मालोचना गरे पनि त्यो कमै हुन जान्छ।
टुटफुट र पलायनबाट पनि हाम्रो आन्दोलन निरन्तर आक्रान्त बनिरहेको छ । भरखरै अर्थात केही महिना अघि मात्र हाम्रो आन्दोलनभित्रबाट एउटा सानो तप्का बाहिरियो । मार्क्सवादी सिद्धान्तबाट समेत पलायन भएको त्यो तप्का नयाँसक्तिका नाम बाट यतिबेला आफ्नो परिचय बनाउन तल्लिन छ। उनीहरुले पार्न सक्ने भ्रमबाट साथीहरुलाई मुक्त बनाउदै अघि बढ्नु पर्ने थप दायित्व पनि फेरि हामीलाई थपिएको छ।
२०७१ साल असार २७ गते काठमाण्डौमा हाम्रो संगठनको केन्द्रीय समितिको पाँचौ पूर्ण वैठक सम्पन्न भएको थियो । पाँचौ पूर्ण वैठकले २०७१ साल कार्तिक २०, २१ र २२ गते पाँचौ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा हामी पुगिसकेका थियौं । आङ्गिक सङ्गठनहरुका राष्ट्रिय सम्मेलनका तयारीहरु झनै अन्तिम चरणमै पुगेका थिए। सम्मेलनको लागि आवश्यक कार्यविधि बनाएर सबैतिर पठाईसकिएको थियो । अखिल नेपाल चलचित्रकर्मी संघको सम्मेलन सम्पन्न पनि भैसकेको थियो । करिब दुई हप्ता भित्रै अरु सबै आंगिक संगठनका सम्मेलन सम्पन्न हुने तालिका बनेको थियो । तर पार्टीबाट सम्मेलन स्थगित गर्ने निर्देशन बमोजिम २०७१ साल भाद्र ११ गते पछि बाँकी रहेका सम्पूर्ण सम्मेलनहरु स्थगित गरियो। करिवकरिव क्षतविक्षत जस्तो हुन पुगेको हाम्रो संगठनलाई पुनर्जीवन दिन राष्ट्रिय सम्मेलनको आयोजना गर्नु अत्यन्तै जरुरी थियो। यस बैठकमा उपस्थित साथीहरुको ध्यान त्यस तर्फ जावस भन्ने पनि म अनुरोध गर्न चाहन्छु।
यी मैले माथि प्रस्तुत गरेका विषयहरु हाम्रा केही विशिष्ट र केही सामान्य चुनौतिहरु हुन्। क्रान्तिकारीहरुलेचुनौतिबाट पाठ सिक्छन, निरास भएर चुप लागेर बस्दैनन्। हामीसँग क्रान्तिकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्ने सम्भावना बिध्यमान छ। त्यो सम्भावनाको पहाड चढ्ने हिम्मत हामी जति गर्न सक्छौं, क्रान्तिकारी सांस्कृतिक आन्दोलनको सफलता पनि त्यसैमा निर्भर छ । हामीसंग क्रान्तिकारी सांस्कृतिक आन्दोलन अगाडी बढाउने सही बिचार छ। प्रतिभाशाली सांस्कृतिककर्मी हरुको ठुलो सङ्ख्या यतिबेला हामीसँगै छ । उनीहरुलाई संगठित बनाएर उचित बाटो देखाउन हामीले सकिरेहेका छैनौँ । यतिमात्र कामलाई व्यवस्थित बनाएर अघि बढ्न र बढाउन सकियो भने हाम्रो आन्दोलनका अघिल्तिर एउटा उज्यालो भविष्य छ ।
यी मैले माथि प्रस्तुत गरेका विषयहरु हाम्रा केही विशिष्ट र केही सामान्य चुनौतिहरु हुन्। क्रान्तिकारीहरुलेचुनौतिबाट पाठ सिक्छन, निरास भएर चुप लागेर बस्दैनन्। हामीसँग क्रान्तिकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्ने सम्भावना बिध्यमान छ। त्यो सम्भावनाको पहाड चढ्ने हिम्मत हामी जति गर्न सक्छौं, क्रान्तिकारी सांस्कृतिक आन्दोलनको सफलता पनि त्यसैमा निर्भर छ । हामीसंग क्रान्तिकारी सांस्कृतिक आन्दोलन अगाडी बढाउने सही बिचार छ। प्रतिभाशाली सांस्कृतिककर्मी हरुको ठुलो सङ्ख्या यतिबेला हामीसँगै छ । उनीहरुलाई संगठित बनाएर उचित बाटो देखाउन हामीले सकिरेहेका छैनौँ । यतिमात्र कामलाई व्यवस्थित बनाएर अघि बढ्न र बढाउन सकियो भने हाम्रो आन्दोलनका अघिल्तिर एउटा उज्यालो भविष्य छ ।
पाँचौ पूर्ण वैठकपश्चात भएका कार्यहरुको संक्षिप्त चर्चा
"झोलामा किताव अभियान" कार्यक्रम
हालखबर संगै पुस्तकको खबर सोधौ !
पठन संस्कृतिको विकास गरौ !!
भन्ने मूल नाराका साथ २०७१ साल साउन ११ गते हाम्रो संगठनको आयोजनामा "झोलामा किताव अभियान" कार्यक्रमको एमाओवादीका सचिब गिरिराजमणी पोखरेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा साँस्कृतिक बिभाग इन्चार्ज क आहुति, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिका अध्यक्ष क इश्वरचन्द्र ज्ञवालीले कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो । महासंघका सचिवालय सदस्य बलराम तिमील्सिनाले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा महासङ्घका संयोजक मातृका पोखरेलले महासङ्घले तयार गरेको सङ्कल्प बाचन गरेर सुनाउनु भएको थियो । "झोलामा किताव अभियान" कार्यक्रम चितवनको भरतपुर र महोत्तरीको बर्दिवासमा पनि आयोजना गरिएको थियो । बर्दिबासको कार्यक्रममा महासङ्घका संयोजक मातृका पोखरेल र चितवनको कार्यक्रममा साहित्यकार एवम् महासङ्घका वरिष्ठ सदस्य हरिगोविन्द लुइंटेल प्रमुख अतिथि हुनुहुन्थ्यो ।
"सामाजिक सञ्जाल र समाज " विषयमा संवाद कार्यक्रम
हाम्रो संगठनको आयोजनामा २०७१ साल भाद्र १६ गते काठमान्डूको अनामनगरमा "सामाजिक सञ्जाल र समाज " विषयमा संवाद कार्यक्रम सम्पन्न भयो । साहित्यकार तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका इन्चार्ज आहुतिले सामाजिक सञ्जाललाई जीवनमा कसरी उपयोगी बनाउने भन्दै कार्यक्रमको आवश्यकताबारे प्रस्ट्याउनु भएपछि साहित्यकार एवं प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी , समाजशास्त्री सुरेश ढकाल, साहित्यकार झलक सुवेदी, लेखक राजेन्द्र महर्जन , साहित्यकार गोपाल ठाकुर , लेखक एवं मजदूर नेता जय कार्की , कवि संगीतश्रोता, कवि राजु स्याङ्गतान, सतिशराज मैनाली , देविका मिजार लगायतले सामाजिक सञ्जालले हाम्रो समाजलाई पारेको प्रभावका बारेमा आ-आफ्ना धारणाहरू राख्नु भएको थियो। उक्त कार्यक्रमको संचालन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक मातृका पोखरेलले गर्नु भएको थियो।
१७ ओँ साँस्कृतिक प्रतिरोध दिवस सम्पन्न
यही २०७१ साल चैत ५ गते एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा १७ ओँ साँस्कृतिक प्रतिरोध दिवस सम्पन्न भयो । कार्यक्रममा अतिथिको रुपमा नेकपा माओवादीका सँयोजक मातृका यादव, नेकपा क्रान्तिकारीका महासचिव मणि थापा र एकीकृत नेकपा (माओवादी) का पोलिट्ब्युरो सदस्य आहुति हुनुहुन्थ्यो । उक्त कार्यक्रममा नेकपा क्रान्तिकारीका महासचिव मणि थापाले सहिद च्याङ्बा लामा सँगका सहकार्यका बारेमा आफ्ना सम्झनाहरू सुनाउनु भयो। कार्यक्रममा अर्का वक्ता एकीकृत नेकपा (माओवादी) का पोलिट्ब्युरो सदस्य आहुतिले माओवादी आन्दोलनले बिद्रोही चेतना विकास गराएको धारणा राख्नु भएको थियो । महासङ्घका संयोजक मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यालय सदस्य गणेश भण्डारी र संचालन अर्का कार्यालय सदस्य बलराम तिमिल्सिनाले गर्नु भएको थियो । कविद्वय राजु स्यान्तान र पुन्य गौतम " विश्वास " ले अनेकोट सँग संबंधित दुईवटा कविताहरु बाचन गर्नु भएको थियो
भूकम्पपीडितहरूलाई सहयोग कार्यक्रम
पाँच माओवादी पार्टीहरूको संयुक्त आयोजनामा भएको भूकम्पपीडितहरूलाई सहयोग गर्ने सन्दर्भमा उपत्यका र देशका विभिन्न स्थानहरूमा २०७२ साल जेठ महिनामा संचालित पुनर्निर्माण कार्यक्रमहरूमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा आवद्ध सांस्कृतिककर्मीहरूको उल्लेख्य सहभागीता रहेको थियो । यो कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का केन्द्रिय सदस्य तथा हाम्रो महासङ्घ केन्द्रीय सचिवालय सदस्य बलराम तिमिल्सिनाको सक्रियता विशेष र उल्लेखनीय थियो ।
- २०७२ साल बैसाख २३ गते काठमाण्डौ जिल्लाको पुरानो नाग्लेभारे गा.वि.स.को पटाप गाउँमा सर्वदलीय संयन्त्रलाई राहत सामाग्री हस्तान्तरण गरियो । एकीकृत नेकपा (माओवादी)का पोलिटव्युरो सदस्य तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका इन्चार्ज वरिस्ठ कवि आहुति र महासङ्घ केन्द्रीय सचिवालय सदस्य बलराम तिमिल्सिनाकोको संयुक्त नेतृत्वमा यससँग संवध्द घटक संगठनहरू समेतको सहभागितामा सो राहत सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त स्थानमा राहत सामाग्री वितरण गर्नका लागि ३० बोरा चामल ,३० केजी दाल , ६० केजी केराउ , १५ केजी मस्योरा , २ बोरा आलु र ३० केजी नून महासंघसंग सम्बन्धित आंगिक संगठन र सदस्यहरूबाट संकलन गरिएको थियो ।
"भारतीय हस्तक्षेपको बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियान" को आयोजना
नेपालको सार्बभौमिक स्वतन्त्रता, अखण्डतामाथि आघात पार्ने गरि भारतीय शाषक वर्गबाट निर्देशनमूलक अभिव्यक्ति दिइ भारतीय बिस्तारबादले प्रत्यक्ष हस्तक्षेप गरेको विरुद्धमा एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ , इश्वरचन्द्र ज्ञवालीको नेतृत्वमा रहेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ , माइला लामाको नेतृत्वमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ , मणि थापाको नेतृत्वमा रहेको क्रान्तिकारी सांस्कृतिक विङ्ग सहितको सहभागितामा कमरेड मणि थापाको संयोजकत्वमा "भारतीय हस्तक्षेपको बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियान" को गठन गरियो । उक्त अभियानको नेतृत्वमा -
पहिलो कार्यक्रम मिति २०७२ साल असोज १३ गते रत्नपार्कको शान्तिवाटिकामा गरियो । उक्त कार्यक्रममा कविहरुले भारतले लगाएको नाकाबन्दीको बिरुद्धमा आ-आफ्ना कविता मार्फत भारतीय हस्तक्षेपको प्रतिरोधको आह्वान गरे। अभियानका संयोजक मणि थापाको मन्तव्य पश्चात कविहरु इश्वरचन्द्र ज्ञवाली , डा. जगदीशचन्द्र ज्ञवाली , मित्रलाल पंज्ञानी , बलराम तिमिल्सिना , केशव शिलवाल , राजु स्याङ्गतान, पुण्य गौतम, गौरी दाहाल , आर. सी. नेउपाने , मुक्तान थेवा , केवल विनाबी , खोमा तरामु मगर, रामचन्द्र हुमागाईले कविता बाचन गर्नु भएको थियो। उक्त कार्यक्रममा गायक धनु ग्याङमीले गीत प्रस्तुत गर्नु भएको थियो । राजु स्याङ्गतानले संचालन गर्नु भएको उक्त कार्यक्रममा इश्वरचन्द्र ज्ञवालीको धन्यवाद मन्तव्य पश्चात कार्यक्रमको समापन गरिएको थियो।
दोश्रो कार्यक्रम २०७२ साल असोज १५ गते पाटनको मंगलबजारमा आयोजना गरियो । उक्त कार्यक्रममा पनि कविहरुले भारतले लगाएको नाकाबन्दीको बिरुद्धमा आ-आफ्ना कविता मार्फत भारतीय हस्तक्षेपको बिरोध गरे। उक्त कार्यक्रममा अभियानका संयोजक मणि थापाको मन्तव्य पश्चात कविहरु ईश्वरचन्द्र ज्ञवाली , डा. जगदीशचन्द्र भण्डारी , मातृका पोखरेल , बलराम तिमिल्सिना , बिष्णु भण्डारी , मणिराज सिंह , चेतनाथ धमला , राधा कार्की , मदन प्रभात , विष्णु नेम्वाङ्ग , ईश्वरी गुरागाईंले कविता बाचन गर्नु भएको थियो। उक्त कार्यक्रममा गायकहरु बदन शर्मा र कुस्मिता दर्लामीलेले देशभक्ति गीतहरु प्रस्तुत गर्नु भएको थियो । बलराम तिमिल्सिनाले संचालन गर्नु भएको उक्त कार्यक्रममा डा. जगदीशचन्द्र भण्डारीको धन्यवाद मन्तव्य पश्चात उक्त कार्यक्रमको समापन गरिएको थियो।
अभियानको तेश्रो कार्यक्रम २०७२ साल असोज १७ गते काठमान्डू रत्नपार्कको शान्तिबाटिकामा आयोजना गरियो । उक्त कार्यक्रममा भारतीय हस्तक्षेपको बिरुद्धमा कविहरुले ब्यानरमा कविता लेखेर भारतले लगाएको नाकाबन्दीको बिरुद्धमा आ-आफ्ना सिर्जना मार्फत बिरोध व्यक्त गरे। उक्त कार्यक्रमको प्रमूख अतिथि वरिष्ठ साहित्यकार मोहन बैध्य 'चैतन्य' हुनुहुन्थ्यो । सोही कार्यक्रममा अर्का वरिष्ठ साहित्यकार दिनानाथ शर्मा विशिष्ठ अतिथि रहनुभएको थियो । प्रमुख अतिथि र विशिष्ठ अतिथिले व्यानरमा कविता लेखेर कार्यक्रमको आरम्भ गर्नुभएको थियो । अभियानका संयोजक कवि मणि थापा, ईश्वरचन्द्र ज्ञवाली , डा. जगदीशचन्द्र भण्डारी ,अविनाश श्रेष्ठ , मातृका पोखरेल , बलराम तिमिल्सिना , सरिता तिवारी , हिरामणि दुखी , कृष्ण प्रसाई , उमानाथ रिजाल, चेतनाथ धमला , उमा मिश्र आदिले सेतो व्यानरमा कविता लेखेर भारतीय हस्तक्षेपको बिरोध जनाएका थिए । उक्त कार्यक्रममा कविहरु मातृका पोखरेल, बलराम तिमिल्सिना, चेतनाथ धमलाले भारतीय हस्तक्षेपको बिरुद्धमा कविताहरु प्रस्तुत गरेका थिए। । बलराम तिमिल्सिनाले संचालन गर्नु भएको उक्त कार्यक्रममा बाटो हिड्ने यात्रुहरुले कविता लेखेर कार्यक्रमको पक्षमा एक्यबद्धता जनाएका थिए ।
प्रज्ञाको आजीवन सदस्य सम्बन्धि सिफारिस
प्रज्ञाको आजीवन सदस्य सम्बन्धि सिफारिस
२०७२ साल कार्तिक १३ गते बसेको सचिवालय बैठकले नेपाल प्रज्ञा-प्रतिष्ठानका लागि निनु चापागाईं, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका लागि खुसिराम पाख्रिन र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका लागि मान बहादुर दोङ्गलाई आजीवन सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। हाम्रो सिफारिस अनुसार नेपाल प्रज्ञा-प्रतिष्ठानले निनु चापागाईंलाई आजीवन सदस्य बनाउने निर्णय गरिसकेको छ भने अन्य दुई प्रज्ञा-प्रतिष्ठानबाट कार्यान्वयन हुन बाँकी नै छ।
साथीहरु,
संगठन चुस्त र व्यवस्थित नभैकन हामीले चलाइरहेको क्रान्तिकारी सांस्कृतिक आन्दोलन अघि बढ्न सक्दैन। क्रान्तिकारी सांस्कृतिक आन्दोलन पनि चुनौति र सम्भावनाका बीचबाटै गुज्रनु पर्छ। संगठनको अवस्था अत्यन्तै कमजोर भएको बेलामा हामीले यो बैठकको आयोजना गरेका छौं। फेरि पनि संगठनलाई व्यवस्थित गर्न शीवाय हामीसंग अर्को कुनै विकल्प पनि छैन । संगठनलाई व्यवस्थित गर्दै आन्दोलनका चुनौतिसँग सामना गरेर मात्रै हामीले हाम्रो यात्रालाई व्यवस्थित गर्न सक्छौं । यो बैठकले हामीलाई त्यो बाटो तिर अघि बढ्न मार्गदर्शन गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
साथीहरु,
संगठन चुस्त र व्यवस्थित नभैकन हामीले चलाइरहेको क्रान्तिकारी सांस्कृतिक आन्दोलन अघि बढ्न सक्दैन। क्रान्तिकारी सांस्कृतिक आन्दोलन पनि चुनौति र सम्भावनाका बीचबाटै गुज्रनु पर्छ। संगठनको अवस्था अत्यन्तै कमजोर भएको बेलामा हामीले यो बैठकको आयोजना गरेका छौं। फेरि पनि संगठनलाई व्यवस्थित गर्न शीवाय हामीसंग अर्को कुनै विकल्प पनि छैन । संगठनलाई व्यवस्थित गर्दै आन्दोलनका चुनौतिसँग सामना गरेर मात्रै हामीले हाम्रो यात्रालाई व्यवस्थित गर्न सक्छौं । यो बैठकले हामीलाई त्यो बाटो तिर अघि बढ्न मार्गदर्शन गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
क्रान्तिकारी अभिवादनसहित धन्यवाद !
मातृका पोखरेल
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समिति
00
पढेर जानकारी लिएँ । प्रविधिको उपायोग अत्यन्तै राम्रो लाग्यो।
ReplyDelete