Showing posts with label प्रेस विज्ञाप्ती. Show all posts
Showing posts with label प्रेस विज्ञाप्ती. Show all posts

Monday, July 2, 2012

अखिल नेपाल जनकलाकार संघको प्रेस विज्ञाप्ती 2069-03-19


अखिल नेपाल जनकलाकार संघको प्रेस विज्ञाप्ती  2069-03-19

प्रेस विज्ञाप्ती   

यतिखेर एकीकृत नेकपा (माओवादी) पार्टीभित्रको जिवन्त वैचारीक अन्तर संषर्घको नाम दिदै एकथरी कथित क्रान्तिकारीहरु रुपमा जनपक्षीय तर सारमा जनतालाई घात गर्ने राजीनिमा लिप्त भई फुटको अवस्थासम्म पुगेको कुरा दिनको घाम झै छर्लङ्ग भएको छ । असार ५ गते देखि एकीकृत नेकपा (माओवादी) बाट सम्वन्ध विच्छेदको घोषणा गर्दे पार्टीभित्रका केहि गलत विचार राख्नेहरु मोहन वैद्य ‘किरण’को नेतृत्वमा अलग स्थानमा पुगेका छन् । जसले नेकपा–माओवादी नाम दिएर नेपाली जनता, सहीद तथा वेपत्ता परीवार, घाइते तथा अपाड्डहरु र आम पार्टीका कार्यकतामा भाग बण्डाको राजनीति गर्दै आमरुपमा भ्रम सिर्जना गर्ने अभियानमा लागी परेका छन् । नेपाली जनताको विगत दश बर्षको न्यायपूर्ण जनयुद्ध र जनआन्दोलनबा प्राप्त भएको शान्तिप्रक्रिया अनि यसबाट नेपाली जनताको चाहाना अनुरुपको नयाँ संविधान निर्माणका लागि चालीएका कदम माथि कुठराघात गर्ने काम पार्टी भित्रै जन्मीएको जडशुत्रीय संशोधनवादबाट भईरहेको छ । बदलिदो राजनैतिक परिवेश अनुरुम ठोस रानैतिक परिवेशका साथ पार्टी, विचार र कार्यदिशा विकसीत भईरहेको अवस्थामा जनताको अधिकार सम्पन्न व्यवस्था निर्माण गर्ने यात्रालाई गन्तव्यसम्म पु¥याउनुको साटो निरन्तर क्रान्ति र जनविद्रोहको कथित नाम जपेर वाम लप्फाजीको मुकुण्डो प्रदर्शन गरीरहेको कुरा स्पष्ट र उदाड्डो भएको छ ।
                पार्टी भित्र देखा परेको अन्तर संघर्ष नामको यो फुटवादी रवैयाले सांस्कृतिक क्षेत्रलाई पनि प्रत्यक्षरुपमा प्रभाव पारेको छ । एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघमा सम्पूर्ण बर्चस्व छ भनेर कुर्लीदै आम जनमानसमा पार्न थालीएको गलत र भ्रमपूर्ण कुप्रचार नकाम सिद्ध भएको छ । यसका साथै महासंघका अन्य आंगीक संगठनहरु अखिल नेपाल लेखक संघ, अखिल नेपाल चलचित्रकर्मी संघ, अखिल नेपाल ललितकला संघ र अखिल नेपाल जनकालाकार संघमा पनि फुटवादी चिन्तन प्रवृति विरुद्धको संकल्प बलियो रहेको पुष्टी भएको छ । सांस्कृतिक क्षेत्रको एक महत्वपूर्ण क्षेत्र सांगीतिक क्षेत्रलाई नेतृत्व गर्ने महासंघको आंगीक संगठन अखिल नेपाल जनकलाकार संघमा पनि टुटफुटको  राजनीति गर्नेहरुले केही भ्रामकरुपमा प्रभाव पार्न खोजिरहेका छन् । २०६५ सालमा भएको अखिल नेपाल जनकलाकार संघको प्रथम राष्ट्रिय सम्मेलन मार्फत एक सदस्य पछी थप्ने गरी ६३ सदस्सीय केन्द्रीय समिति निर्वाचित भएको थियो । यतिखेर फुटवादीहरुबाट अखिल नेपाल जनकलाकार संघका सम्पूर्ण केन्द्रीय सदस्यहरु आफुतिर रहेको कथित  प्रचारवाजी गरीएको छ । जसमध्ये ६० प्रतिशत केन्द्रीय कार्य समिति र सवैजसो राज्य समितिका सदस्यहरु पार्टीको मुल पक्षसंग केन्द्रीत भई फुटवादी र कतिथ चरम क्रान्तिकारी नामका लप्फाजीहरुको विरुद्धमा केन्द्रीत भएका छन् । यो संवेदनशिल राजनैतिक  परिवेशमा जनताको पत्यक्ष भावनासंग र पार्टीको वास्तविक योजनामा केन्द्रीकृत भई निरन्तर देश र जनता प्रति समर्पित संस्कृतिकर्मीहरु र संगीत क्षेत्रमा क्रियाशिल जनकलाकारहरु फुट परस्तहरुको भ्रममा नपरी एकतावद्ध भएको कुरा यस विज्ञप्ती मार्फत स्पष्ट गरीन्छ । साथै आम जनसुमादाय तथा पार्टी कार्यकर्ताहरुमा फुटपरस्तहरुको भ्रममा नपर्न पनि हार्दिक अपिल गरिन्छ । महान सर्वहारा सांस्कृतिक क्रान्तिको मूल्य मान्यता तथा निरन्तर क्रान्तिको उद्देश्यमा केन्द्रित हुनुपर्ने कुरा यो परिस्थितिको प्रधान मुद्दा हो । एकीकृत नेकपा (माओवादी) को मुल राजनैतिक कार्यदिशा र अखिल नेपाल जनकलाकार संघको संगठनात्मक नीति तथा कार्य योजनामा निरन्तर क्रियाशिल भई फुटको राजनीतिमा लागेर जनतावाट अलग हुन खोज्ने सांस्कृतिक कर्मीहरुलाई पनि एकतावद्ध भई निरन्तर जनताको पक्षमा क्रियाशील रहन यस विज्ञप्ती मार्फत अपिल गरीन्छ ।

..................
भीम कुमाखी
कार्यवाहक अध्यक्ष
अखिल नेपाल जनकलाकार संघ, केन्द्रीय समिति

Sunday, July 1, 2012

अखिल नेपाल ललितकला संघ

 अखिल नेपाल ललितकला संघ केन्द्रीय समितिको  प्रेस विज्ञप्ति - 2069-03-18


अखिल नेपाल ललितकला संघ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको आंगिक संगठन हो । हाम्रो गौरवशाली पार्टी एनेकपा (माओवादी) मा गत एक वर्षदेखि चल्दै आएको अन्तर्संघर्षमा पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा कथित क्रान्तिकारी विचार–समूहका नाममा पार्टीको आधिकारिक लाइन र संगठनका विरुद्ध ‘पार्टीभित्र पार्टी, योजनाभित्र योजना र संगठनभित्र संगठन’ भन्दै अत्यन्त अस्वस्थ अन्तर्संघर्षलाई अगाडि बढाइयो । यसै सन्दर्भमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको नेतृत्व तहमा रहेका केही कमरेडहरूले पार्टी मूल नेतृत्वप्रति लक्षित गर्दै अत्यन्त भद्दा र अश्लील गालीगलौज गर्दै आएको कुरा हामी सबैलाई थाहै छ । पार्टी एकतालाई अन्तिम क्षणसम्म बचाईराख्न पार्टीको संस्थापन पक्ष तथा पार्टी अध्यक्ष क. प्रचण्डले अत्यन्त धैर्यपूर्वक देखाएको सदाशयता र परिआए पार्टी अध्यक्षसमेत त्याग गर्ने घोषणालाई पूरै लत्याई यही वैद्य गुटले असारको पहिलो साता कथित राष्ट्रिय भेला भन्दै हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)बाट सम्बन्ध विच्छेद गरेको घोषणा गरेकाले हाम्रो संगठन अखिल नेपाल ललितकला संघ यस्तो फुटपरस्त गतिविधिको घोर निन्दा एवम् भ्रत्सना गर्दछ ।
हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी)ले लिएको कार्यनीतिप्रति अखिल नेपाल ललितकला संघ पूर्ण विश्वास व्यक्त गर्दछ र पार्टीको नेतृत्व पंक्ति, त्यसमा पनि अध्यक्ष क. प्रचण्डप्रति पूर्ण आस्था र विश्वास व्यक्त गर्दछ । हाम्रो संगठन अखिल नेपाल ललितकला संघका सत्प्रतिशत केन्द्रीय समिति सदस्यहरू मूलपार्टी वा संस्थापन पक्षमा रहेको बेहोरा अवगत गराउ“दै सम्पूर्ण ललितकलाकर्मीहरूलाई फुटपरस्त गतिविधिका कुनै पनि भ्रममा नपरी एकीकृत नेकपा (माओवादी) स“ग एकताबद्ध हुन अपिल गर्दछु ।

देवेन्द्र थुम्केली
अध्यक्ष
अखिल नेपाल ललितकला संघ
केन्द्रीय समिति

मिति  :- 2069-03-18

अखिल नेपाल चलचित्रकर्मी संघको प्रेस विज्ञप्ति -२०६९–०३–१७




अखिल नेपाल चलचित्रकर्मी संघको प्रेस विज्ञप्ति -२०६९–०३–१७


हाम्रो संगठन अखिल नेपाल चलचित्रकर्मी संघ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको आंगिक संगठन हो । हाम्रो गौरवशाली पार्टी एनेकपा (माओवादी) मा गत एक वर्षदेखि चल्दै आएको अन्तर्संघर्षमा पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य ‘किरण’को नेतृत्वमा कथित क्रान्तिकारी विचार–समूहका नाममा पार्टीको आधिकारिक लाइन र संगठनका विरुद्ध ‘पार्टीभित्र पार्टी, योजनाभित्र योजना र संगठनभित्र संगठन’ भन्दै अत्यन्त अस्वस्थ अन्तर्संघर्षलाई अगाडि बढाइयो । यसै सन्दर्भमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको नेतृत्व तहमा रहेका केही कमरेडहरूले पार्टी नेतृत्व र त्यसमा पनि खासगरी अध्यक्ष क. प्रचण्डलगायतका कमरेडहरूप्रति लक्षित गर्दै अत्यन्त भद्दा र अश्लील गालीगलौज गर्दै आएको कुरा हामी सबैलाई थाहै छ । पार्टी एकतालाई बचाईराख्न पार्टीको संस्थापन पक्ष तथा पार्टी अध्यक्ष क. प्रचण्डले अत्यन्त धैर्यपूर्वक देखाएको सदाशयता र परिआए पार्टी अध्यक्षसमेत त्याग गर्ने घोषणालाई पूरै लत्याई यही वैद्य गुटले असारको पहिलो साता कथित राष्ट्रिय भेला भन्दै हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)बाट सम्बन्ध विच्छेद गरेको घोषणा गरेकाले हाम्रो संगठन अखिल नेपाल चलचित्रकर्मी संघ यस्तो फुटपरस्त गतिविधिको घोर निन्दा एवम् भ्रत्सना गर्दछ ।
हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी)ले लिएको कार्यनीतिप्रति अखिल नेपाल चलचित्रकर्मी संघ पूर्ण विश्वास व्यक्त गर्दछ र पार्टीको नेतृत्व पंक्ति, त्यसमा पनि अध्यक्ष क. प्रचण्डप्रति पूर्ण आस्था र विश्वास व्यक्त गर्दछ । हाम्रो संगठन अखिल नेपाल चलचित्रकर्मी संघमा रहेको ४५ जनाको केन्द्रीय समितिमा ४४ जना सदस्यहरू मूलपार्टी वा संस्थापन पक्षमा रहेको बेहोरा अवगत गराउ“दै सम्पूर्ण चलचित्रकर्मीहरूलाई फुटपरस्त गतिविधिको कुनै पनि भ्रममा नपरी एकीकृत नेकपा (माओवादी) स“ग एकताबद्ध हुन अपिल गर्दछु ।


शिवजी लामिछाने
अध्यक्ष
अखिल नेपाल चलचित्रकर्मी संघ
केन्द्रीय समिति

मिति  २०६९–०३–१७

Wednesday, June 27, 2012

एकीकृत अखिल नेपाल जनसांस्कतिक महासंघको प्रेश विज्ञप्ती - २०६९ असार १२

प्रेश विज्ञप्ती

लामो समयदेखि पार्टीभित्र भिन्न विचार समूहका  नाममा अराजक गतिविधि गर्दे आएको र पार्टी अनुशासन र एकतालाई तिलाञ्जली दिँदै आएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उपाध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ पक्षधर समूहले कथित राष्ट्रिय भेलाको निर्णय भन्दै २०६९ साल असार ५ गते पार्टीवाट अलग भएको र ने क पा माओवादी नामको पार्टी गठन गरेको औपचारिक घोषणा गरेर पार्टीलाई फुटमा पुर्याई नेपाली जनता र क्रान्तिप्रति तुषारापात गर्ने दुष्प्रयत्न गरेको छ  । फुटपरस्त  विचारमा उद्यत उक्त समूहको  यस घोषणाले नेपालका अग्रगामी परिवर्तन चाहने क्रान्तिकारी जनसमुदाय माथि गम्भीर आघात पु¥याएको छ, भने् देशभित्र र बाहिरका यथास्थितिवादी, संशोधनवादी एवं प्रतिक्रियावादी शक्तिलाई हर्षित तुल्याएको छ । आजको संगीन राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिलाई ध्यान दिई पार्टी नेतृत्वले पार्टी एकताका लागि आवश्यक परे नेतृत्व समेत छाड्न तयार रहेको लगायतका अत्यन्तै लचिला प्रस्तावहरु अघि सारिरहेको अवस्थामा फुटको घोषणा गरी कमरेड किरणले नेतृत्व गर्नु भएको समुहले राष्ट्रप्रति गैर जिम्मेवार, फुटपरस्त र अराजकतावादी  व्यवहारको प्रदर्शन गरेको छ ।
सम्पूर्ण राजनीतिकर्मी, बुिद्धजीवी, अधिकारकर्मी लगायतका सचेत नागरिकहरुलाई स्पष्ट भइसकेको छ कि फुटको घोषणा गर्ने मित्रहरुसँग नेपाली जनताको मुक्ति र परिवर्तनका लागि कुनै ठोस एजेन्डा छैन । यही भ्रमलाई काखी च्यापेर दौडिरहेको विसर्जनवादी समुहको पिछलग्गु भई एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका नेतृत्व तहमै रहेका केही साथीहरुले आफ्नो सहभागिता पनि फुटवादी समुह र गुटतिर रहेको भन्ने अभिव्यक्ति दिइरहेका छन् । नेपालको साँस्कृतिक आन्दोलनमा हाम्रा पार्टीका अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा  जनयुद्धले सिर्जना गरेको सांस्कृतिक अभियानमा आज अधिकांश साथीहरु एकढिक्का भइरहेको र महासंघका  सबै आंगिक संगठनका साथीहरु  पार्टीमा   एकताबद्ध भएको अवस्थामा हामी  उक्त समूहको भ्रममा नपर्न र  ती भ्रमहरुलाई चिर्दै पार्टीमा लामबद्ध भई अघि बढ्न हार्दिक अनुरोध गर्दछौँ । आफ्ना फुटवादी अभिव्यक्ति संगसंगै केही भ्रम छर्ने खालका धारणाहरु  बाहिर ल्याइरहेको त्यस समूहको वितण्डावादी सोचका विरुद्ध वैचारिक प्रतिवाद गर्न पनि हार्दिक आव्हान गर्दछौँ ।  यसका साथै त्यस समूहले ल्याइरहेका गलत  र भ्रमपूर्ण विचारको  खण्डनको समेत आवश्यकता ठानी तथ्य र सत्य सार्वजनिक गर्न समेत यो वक्तब्य प्रकाशित गरेका छौँ ।
फुटवादी र विसर्जनवादी गतिविधिमा लाग्ने सांस्कृतिककर्मी साथीहरुले आफु बहुमतमा रहेको भनेर जनमानसमा वारम्वार भ्रम छर्ने र आम कार्यकर्ता र सांस्कृतिककर्मीहरुमा अन्योल सिर्जना गर्ने दुस्साहस गरेका छन् । २०६६ चैत २ देखि ५ गतेसम्म सम्पन्न एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको एकताको चौथो राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको केन्द्रीय समिति र विधानतः केन्द्रीय समितिले थप गर्न सक्ने अधिकार प्रयोग गरी २०६७ साल पुष २८ र २९ गते सम्पन्न तेस्रो पूर्ण बैठकबाट थप गरिएका केन्द्रीय समिति सदस्यसहित जम्मा ११६ जनाको केन्द्रीय समिति विद्यमान थियो । त्यसमध्ये बरिष्ठ कार्यालय सदस्य एवं अखिल नेपाल लेखक संघका अध्यक्ष क.घनश्याम ढकालको २०६८ साल फागुन १ गते दुर्घटनामा परी निधन भयो । त्यसपछि हामीसंग ११५ जनाको केन्द्रीय समितिको संख्या बाँकी रह्यो । यो संख्यामध्ये हामीसँग ठूलो संख्यामा रहेका सदस्य  सहित  ६० प्रतिशत भन्दा केन्द्रीय सदस्यको  बहुमत छ । यसै गरी महासंघसँग सम्बद्ध घटक संगठनमध्ये अखिल नेपाल लेखक सङ्घका ७५ प्रतिशत, अखिल नेपाल ललित कला संघका एक जना बाहेक सम्पूर्ण, अखिल नेपाल चलचित्रकर्मी संघको एक जना बाहेक सम्पूर्ण र अखिल नेपाल जनकलाकार संघको ६० प्रतिशत केन्द्रीय कार्य समितिका सदस्यहरु फुटपरस्त र विसर्जनवादका विरुद्धमा छन् ।  यसरी आफ्नो बहुमत छ भन्ने बिसर्जनवादीहरु र फुटवादीहरुको गलत प्रचारको भ्रममा नपर्न हामी सम्पूर्ण सांस्कृतिक कर्मीहरुमा पुनः अनुरोध गर्दछौं  । उनीहरुको कथित क्रान्तिकारी नैतिकता यही दुष्प्रचारबाट नराम्ररी उदाङ्गो भएको छ ।  गलत प्रचार र राजनीतिक द्वेश  फुटवादको पहिचान हो र यसले  समाजलाई एक इञ्च पनि रुपान्तरण गर्न सक्दैन भने क्रान्तिको दायित्वलाई पनि पुरा गर्न सक्दैन ।  यस्ता भ्रमपूर्ण प्रचारका आधारमा फुटवादी क्रियाकलापलाई भ्रमबश  सहयोग र समर्थन गर्न पुग्नु भएका सम्पूर्ण सांस्कृतिककर्मीहरुलाई पुनः आफ्नो संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघमा फर्कन र नेपाली  सांस्कृतिक आन्दोलन र नेपाली क्रान्तिको दायित्व पुरा गर्ने महान् अभियानमा सरिक हुन हार्दिक आव्हान गर्दछौं । एकीकृत नेकपा (माओवादी)ले अपनाएको  वर्तमान कार्यदिशा र नेतृत्वप्रति हाम्रो पूर्ण प्रतिवद्धता रहेको छ र नपाली क्रान्तिका दायित्व पुरा गर्ने दिशामा समेत हामी पूर्ण प्रतिबद्ध रहेका छौँ। जनताप्रतिको उत्तरदायित्वलाई पुरा गर्ने महान् अभियानमा लामबद्ध भई फुटवादका विरुद्ध वैचारिक  प्रतिवाद  गर्न समेत हामी क्रान्तिकारी  सांस्कृतिककर्मी  साथीहरुमा हार्दिक अपिल गर्दछौँ ।

                                                            
 
मातृका पोखरेल
कार्यवाहक अध्यक्ष
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ
केन्द्रीय समिति



१२ असार २०६९

Saturday, June 23, 2012

माओवादीका २५ जबस मोर्चाद्वारा पार्टी एकताका लागि आव्हानः


माओवादीका २५ जबस मोर्चाद्वारा पार्टी एकताका लागि आव्हानः कथित राष्ट्रिय भेलाको निर्णय भन्दै क. किरणलगायतका केही कमरेडहरूले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट अलग भएको भनेर गर्नुभएको घोषणाले आमक्रान्तिकारी,परिवर्तनकामी, देशभक्त जनसमुदायको भावनामा गम्भीर चोट पु¥याएको छ । उक्त विभाजनकारी कदम पार्टीको क्रान्तिकारी विचार र जनताप्रतिको उत्तरदायित्वबाटविचलीत भएर गरिएको घोर मनोगतवादी निर्णय हो भन्ने हाम्रो ठम्याई रहेको छ । जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मरिपेक्षता र सामाजिक न्यायका मुल्यहरूको संरक्षण गर्ने कुरा एकातिर गर्ने तर अर्कोतिर गोलमेचसभाको नारा अगाडि सारेर घुमाउरो पाराले जनयुद्ध र जनआन्दोलनको उपलब्धी र भावनामाथि प्रहार गर्ने काम भएको छ । यसरी पार्टीको विकसित कार्यदिशाका मूलभुत कडीहरूसहित ऐतिहासिक राजनीतिक उपलब्धीहरूलाई समेत निषेध गर्ने र भविष्यको मार्गचित्र सम्बन्धमा पनि देखिने अस्पष्टता र अकर्मण्यताले उहाँहरूको विसर्जनवादी सोचलाई व्यक्त गर्दछ । विसर्जनवादी सोचले अन्ततः क्रान्तिलाई हैन प्रतिक्रान्तिलाई सेवा पु¥याउने कुरा निश्चित छ । केही कमरेडहरूले पार्टी विभाजनको भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको सन्दर्भमा हामी सबै जनवर्गीय सङ्गठनहरू पार्टीको वैज्ञानिक कार्यदिशाको समर्थन र कार्यान्वयनप्रतिको दृढता पुनः जाहेर गर्दछौं । पार्टीलाई कमजोर बनाउने सबैखाले गतिविधीलाई निस्तेज तुल्याउदै पार्टी काममा सक्रियतापूर्वक जुट्न सबैतहका कमिटिहरूलाई विशेष निर्देशन गर्दछौं । बाटो विराएका सबै साथीहरूलाई पुनः आ–आÏनो जिम्मेवारीमा फर्कन आह्वान गर्दछौं । फुट र विभाजनको कुनै भ्रममा नपरी पार्टीको वरिपरी गोलबन्द हुन सबै क्रान्तिकारी, देशभक्त तथा परिवर्तनकामी जनसमुदायहरूमा हार्दिक अपिल समेत गर्दछौं । 


                             

Monday, March 22, 2010

सम्मेलनका निर्णय २०६६-१२-५

श्रीमान् सम्पादकज्यू
...................................।

विषयः– एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको चौथो राष्ट्रिय सम्मेलनका निर्णय सम्बन्धमा ।

नेपाली जनसांस्कृतिक आन्दोलनको मूलप्रवाह र शक्तिशली संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलन ऐतिहासिक तथा भव्य रुपमा यही चैत २ गतेदेखि ५ गतेसम्म काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सम्पन्न भएको सहर्ष जानकारी गराउँछौं ।
राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणका लागि हाम्रो आन्दोलन, जनताको न्यायपूर्ण विद्रोहका पक्षमा एकताको चौथो राष्ट्रिय सम्मेलन मूल नाराका साथ सम्पन्न ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनले ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले गर्नुभएको थियो । सम्मेलनको उद्घाटनसत्रलाई एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा माक्र्सवादी सौन्दर्यचिन्तक क. मोहन वैद्य ‘किरण’ (चैतन्य), माओवादी सांस्कृतिक विभागका इन्चार्ज निनु चापागाईंलगायतले सम्बोधन गर्नुभएको थियो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव अमृता थापा, वाईसीएल नेपालका उपाध्यक्ष राजु खड्का, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष लेखनाथ न्यौपाने, प्रगतिशील लेखक संघ नेपालका महासचिव गोपाल ठाकुरलगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

महासङ्घको केन्द्रीय समितिमा निम्नलिखित सांस्कृतिककर्मीहरु रहनुभएको छ ः–
अध्यक्ष ः– १) ईश्वरचन्द्र ज्ञवाली

उपाध्यक्ष ः– २) मातृका पोखरेल
३) बलराम तिमिल्सिना
४) गणेश भण्डारी
५) रोशन जनकपुरी
६) सीता आचार्य

महासचिव ः– ७) माइला लामा

सचिव ः– ८) मोहलाल चन्द
९) सुमन देवकोटा
१०) मीनबहादुर सोब

कोषाध्यक्षः– ११) विजयसाम्पाङ राई

सदस्यहरु ः– १२) हीरामणि दुःखी
१३) घनश्याम ढकाल
१४) रमेशप्रसाद भट्टराई
१५) सुशीला थापा
१६) शिवजी लामिछाने
१७) आदर्श राई
१८) दानसिं विक
१९) सुशील क्षेत्री
२०) कर्णबहादुर परियार
२१) बालाराम बुढा
२२) विशाल तामाङ
२३) वसन्त बान्तवा
२४) देवेन्द्र थुम्केली
२५) ज्योति चौधरी
२६) किशोर विक
२७) खेम थपलिया
२८) प्रदीप देवान
२९) विष्णु भण्डारी
३०) मित्रलाल पंज्ञानी
३१) आरसी न्यौपाने
३२) भोगीराज चाम्लिङ
३३) उत्तरकुमार राई
३४) पूर्णजित पुन
३५) भीम कुमाखी
३६) टेकबहादुर बलम्पाकी
३७) शिरीष श्रेष्ठ
३८) छिरिङ लामा
३९) इन्द्र देवकोटा
४०) नारदमणि हार्तमछाली
४१) रामनाथ यादव
४२) इन्द्र रेग्मी
४३) भूपेन्द्र विक
४४) वीरप्रसाद भन्सारी
४५) हरिदेव ठाकुर
४६) नरेश पौडेल
४७) मोदनाथ मरहµा
४८) तुलराज गिरी
४९) अन्जु खालिङ
५०) केपी पाठक
५१) दलबहादुर घर्ती
५२) दशरथ चौधरी
५३) प्रकाश पन्थी
५४) पूजा किराँती
५५) उषा मगर
५६) देवेश्वरलाल मुन्ना
५७) आशा नेपाली
५८) लक्ष्मी गुरुङ
५९) पर्वत विक
६०) जयफुल्ला हसन
६१) नरेन्द्र श्रेष्ठ
६२) उत्तम डंगोल
६३) केशव महर्जन
६४) चन्द्रा थानी
६५) हरिश्चन्द्र विक
६६) राजु लामा
६७) कुशल बोगटीे
६८) पोषराज पौडेल
६९) चन्द्रिका विक
७०) शरद लिम्बू
७१) अन्जु खड्का
७२) अशोक सुवेदी
७३) लक्ष्मण शेष
७४) धर्मराज न्यौपाने
७५) दाउद इब्राहिम
सम्मेलनले वरिष्ठ सांस्कृतिककर्मीहरु सम्मिलित ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । त्यसमा खुसीराम पाख्रिन, रामचन्द्र भट्टराई, जेबी टुहुरे, शान्तदास मानन्धर, कुन्ता शर्मा, सुधा त्रिपाठी, नरेन्द्रजंग पिटर, हरिगोविन्द लुइँटेल, बिना शर्मा, कुलानन्द गिरी र भरत विक रहनुभएको छ ।

सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरेको छ । ती यसप्रकार छन् ः
१) राष्ट्रपतिको असंवैधानिक कदम खारेज गरी नागरिक सर्वोच्चता बहाल गरियोस् ।
२) राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सबै असमान सन्धिसम्झौता खारेज गरी अतिक्रमित भूमि फिर्ता गर्न पहल गरियोस् ।
३) कठपुतली सरकार विघटन गरी अविलम्ब संयुक्त राष्ट्रिय सरकार गठन गरियोस् ।
४) बढ्दो असुरक्षा, अशान्ति, मह“गी, भ्रष्टाचार, आर्थिक अनियमितता तुरुन्त बद गरी जनजीविकाको ग्यारेन्टी गरियोस् ।
५) सामन्त्वादी, साम्राज्यवादी तथा विस्तारवादी संस्कृतिका सबै स्वरुपहरुको अन्त्य गरी नया“ जनवादी संस्कृतिको निर्माण गरियोस् ।
६) रुढिवाद, अन्धविश्वास, सामाजिक विकृतिविसंगति अन्त्य गरी नया“ संस्कृतिको निर्माण गरियोस् ।
७) तोकिएकै समयमा जनताको अग्रगामी संविधान निर्माण गरी राज्यको पुनर्संरचनाको ग्यारेन्टी गरियोस् ।
८) महासंघका तत्कालीन केन्द्रीय समितिका सदस्य दाताराम शर्मालगायतका सबै बेपत्ता नागरिकहरुलाई अविलम्ब सार्वजनिक गरी दोषीमाथि कारबाही गरियोस् ।
९) दलित, महिला तथा जनजातिहरुमाथिका सबैखाले विभेद अन्त्य गरियोस् ।
१०) भाषा, जाति र धर्मका आधारमा भएका शोषण, उत्पीडन र विभेदको अन्त्य गरियोस् र सांस्कृतिक समानताको ग्यारेन्टी गरियोस् ।
११) सांस्कृतिक आत्मनिर्णयको अधिकारको ग्यारेन्टी गरियोस् ।
१२) हामी दक्षिणएसियामा भइरहेका सबै न्यायपूर्ण मुक्तिआन्दोलनमाथिको दमन र आतंकको भत्र्सना गदैछौं र अविलम्ब यो आतंक बन्द गर्न माग गर्दछौं ।
१३) हामी मध्यपूर्वमा भइरहेको साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको निन्दा गर्दछौं । त्यो बन्द गर्न माग गर्दछौं ।
१४) सांस्कृतिक साम्राज्यवाद, भूमण्डलीकृत उत्तरआधुनिकतावादको विस्तार र अस्तक्षेप बन्द गरियोस् ।
१५) इराक, अफगानिस्तानलगायतका मुलुकहरुमा भएको साम्राज्यवादीहरुको नांगो हस्तक्षेप बन्द गरियोस् ।

धन्यवाद

.....................
ईश्वरचन्द्र ज्ञवाली
अध्यक्ष
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समिति
२०६६-१२-५