Sunday, January 3, 2010

२०६५माघ २३ मा सम्पन्न संयुक्त अधिवेशनमा प्रस्तुत साँस्कृतिक प्रतिवेदन

अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ तथा प्रगतिशील साँस्कृतिक सङ्गठन नेपालको संयुक्त अधिवेशनमा प्रस्तुत साँस्कृतिक प्रतिवेदन

यो ऐतिहासिक संयुक्त अधिवेशनमा उपस्थित अतिथि आमन्त्रित
तथा प्रतिनिधि साथीहरु, क्रान्तिकारी अभिवादन
र्सवप्रथम महान् जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनमा जीवनको कोटा चुक्ता गर्दै युगपरिवर्तनका लागि आफ्नो अमूल्य जीवन वलिदान गर्ने महान् सा“स्कृतिक योद्धा कृष्णसेन 'इच्छुक' लगायत सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली सहित लालसलाम अर्पण गर्दछु साथै यस प्रसङ्गमा हजारौं बेपत्ता साथीहरु र घाइते योद्धाहरुको स्मरण गर्दछु ।

पृष्ठभूमि

२०३८ सालमा स्थापित भई विभिन्न आरोह-अवरोह, टुट-फुट, समस्या-चुनौती पार गर्दै नेपाली जनवादी साँस्कृतिक आन्दोलन आज धु्रवीकरणको ऐतिहासिक प्रक्रियामा यो एकीकृत सा“स्कृतिक आन्दोलनको मोर्चा निर्माणको प्रक्रियामा जुट्न आइपुगेमा छौं । दुई साँस्कृतिक मोर्चाहरुको यो अधिवेशन नेकपा-माओवादी) र नेकपा-एकताकेन्द्र-मसाल)का भ्रातृसङ्गठनहरु अखिल नेपाल जनसा“स्कृतिक महासङ्घ तथा प्रगतिशील सा“स्कृतिक सङ्गठन नेपालको संयुक्त अधिवेशन हो । विगतका केही वैचारिक असहमतिहरु, केही फरक प्रवृत्तिहरु र केही कार्यनीतिक भिन्नताहरुका बावजुद आधारभूत रुपमा मार्क्सवाद-लेनिनवाद-माओवाद/विचारधाराको विश्व दृष्टिकोण र वैचारिक आलोकलाई आत्मसात् गर्दै अहिले विद्यमान राज्यव्यवस्थाको जगमा टेकेर फेरि अर्को महान् जनव्रि्रोहको प्रक्रियामा सामेल हुन र नया“ जनवादी राज्यव्यवस्था स्थापित गर्ने सङ्र्घष्ाको प्रक्रियालाई निरन्तरता दिन आज एकीकृत अखिल नेपाल जनसा“स्कृतिक महासङ्घ निर्माणको प्रक्रियामा जुटेका छौं र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अभिभारा र नेतृत्व पूरा गर्ने अठोट पनि गरिरहेका छौं । दशवर्षो महान् जनयुद्ध र उन्नाईस दिने ऐतिहासिक जनआन्दोलनको संयुक्त सङ्र्घर्षबाट सामन्ती राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ तापनि अझै र्सवहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना भइसकेको छैन र क्रान्ति पूर्णतः सम्पन्न भएको पनि छैन । हजारौं सहिदहरु र बेपत्ताहरुको सिङ्गो सपना अझै पूरा हुन बा“की नै छ । आज पनि साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको संयुक्त गठजोडमा नेपालको स्वाधीनता र र्सार्वभौम सत्तामाथिको हस्तक्षेप, अतिक्रमण र प्रभुत्व यथावत् छ र राष्ट्रियता सङ्कटमा छ । नेपाली जनताको जनतन्त्र र जनजीविकाका समस्याहरु प्नि समाधान भइसकेका छैनन् । सत्ताच्युत सामन्ती शक्ति, दलाल-नोकरशाह पु“जीपति वर्ग र राष्ट्रिय आत्मर्समर्पणवादी र यथास्थितिवादी शक्तिहरुले जनताको नया“ सत्ता स्थापित हुन नदिन अझ बढी शक्तिका साथ षड्यन्त्र र अपराध गरिरहेका छन् । व्रि्रोहीको नेतृत्वमा सरकार सञ्चालन भइरहे पनि सत्तामा अझै पुरानै वर्गको प्रभुत्व कायमै छ । यस अवस्थामा नया“ जनसम्बिधान निर्माणको प्रक्रिया पूरा हुन सकेको छैन र जनताको सङघीय गणतन्त्र स्थापना पनि हुन बाँकी नै छ । साथै प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिले त्यो पूरा हुन नदिन षड्यन्त्र गरिरहेका छन् । त्यसो भएमा जनवादी राज्यव्यवस्था स्थापित गर्न अर्को व्रि्रोह अनिवार्य छ भन्ने मान्यताका साथ दशवर्षो महान् त्याग, वलिदान र सङर्घष्ा तथा त्यसकै जगमा उन्नाईस दिने जनान्दोलनका ऐतिहासिक उपलब्धिहरुको संरक्षण गर्दै अन्तिम व्रि्रोहको तयारीका लागि जनसा“स्कृतिक आन्दोलनलाई एकीकृत र धु्रवीकृत गर्न सहमत भएर नै हामी आज यो एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घमा एकताबद्ध हुन पुगेका छौं । यो संयुक्त अधिवेशनको औचित्य, महत्व र मूल्य यही हो भन्ने म ठान्दछु ।
यहा“सम्म आइपुग्दा यो जनसा“कृतिक आन्दोलन सहर र गाउ“मा फरक-फरक ढङ्गले प्रवाहित हुँदै आयो । एकातिर जनयुद्धमा प्रत्यक्ष रुपले सहभागी हु“दै सा“स्कृतिककर्मीहरुले निरङ्कुश सामन्ती राज्य परिपाटी विरुद्ध अपरेसनहरु, सङ्कटकाल, भीडन्त, जम्काभेट, पक्राउ, यातना, दमन, रेर्डकर्नर सूचना, टाउकाको मूल्य हु“दै वलिदानको मूल्य चुक्ता गरे भने अर्कातिर सङ्कटकाल, पक्राउ, यातना, दमन, त्रासदी र आतङ्कका वीच पनि सङ्र्घर्षलाई जारी राखे । दुबैको उद्देश्य सामन्ती निरङ्कुश सत्ताको अन्त्य र त्यसको ठाउँमा नयाँ जनवादी व्यवस्थाको स्थापना थियो । युद्ध, सङ्र्घष र आन्दोलनको यो फ्युजन प्रक्रियामा प्रत्यक्ष र परोक्ष्य रुपमा गाउँ र सहरमा एकसाथ दुइटा उपरोक्त सङ्गठनले साँस्कृतिक आन्दोलन जारी राखे । जसको परिणाम त्यो सङ्र्घर्षको गाउ“बाट सामन्ती, जमिन्दारी, मुखिया स“स्कृति तथा अनेक खाले पुराना शोषण, उत्पीडन, अन्याय, अत्याचार हटाउन महत्वपूर्ण भूमिका रह्यो भने सहरमा त्यस्तै खाले विकृति र विसङ्गतिहरु हटाउन ठूलो भूमिका पुग्यो ।
यस प्रक्रियामा प्रगतिशील साँस्कृतिक सङ्गठन नेपालले सहरमा वैधानिक-अवैधानिक सङ्र्घर्षमा विशेष भूमिका खेल्यो भने अखिल नेपाल जनसा“स्कृतिक महासङ्घले मुख्यतः अवैधानिक सङ्र्घर्षमा ग्रामीण क्षेत्रमा विशेष भूमिका खेलेको तथ्यलाई सबैले स्वीकार्न आवश्यक छ । गत चार वर्षेखिको शान्ति प्रक्रियापछि यी दर्ुइ सङ्गठनका दार्शनिक-सैद्धान्तिक आधारभूत मूल्यको समानताका कारण हुँदै गएको साँस्कृतिक, वैचारिक, छलफल र सामीप्यताको परिणाम नै अहिले हुन लागेको यो एकीकरणको प्रक्रिया हो भन्ने कुरा हामीले बुझ्नु पर्दछ । यो एकीकरणले तत्काल जनताको गण्तन्त्र स्थपित गर्ने आन्दोलनलाई अघि बढाउन, व्रि्रोहको तयारी गर्न र राष्ट्रियता र स्वाभिमान रक्षाको लडाइ“लाई सशक्त पार्न र पुरानो सामन्ती पुँजीवादी सँस्कृतिलाई अन्त्य गरी नयाँ जनताको गणतान्त्रिक सँस्कृति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह हुनेछ भन्ने हामीलाई लागेको छ । साथै यसै प्रक्रियामा अन्य वाम क्रान्तिकारी सा“स्कृतिक समूहका वीचको धु्रवीकरणको प्रक्रियालाई उत्प्रेरणा प्राप्त हुनेछ भन्ने आशा पनि लिएका छौं ।
वर्तमान परिस्थिति ः
वर्तमान वस्तुगत परिस्थितिलाई दुई कोणबाट हेर्न जरुरी छ । अन्तराष्ट्रिय रुपमा यतिखेर साम्राज्यवाद-आर्थिक मन्दी, इराक-अफगानिस्तान युद्ध, व्यापारिक तथा वित्तीय सङ्कट, बेरोजगारी र अराजकता एवं आतङ्कवादको नाममा भएका गतिविधिको भुमरीमा फस्दै गएको छ । संसारमाथि एकछत्र हैकम र लुट तथा पुजीमा एकाधिकार र केन्द्रीकरण कायम एवम् साना राष्ट्रहरुको स्वाधीनतामथि हस्तक्षेप गरेकै कारण विश्व जनमत त्यसको विरुद्धमा देखिएको छ । साना तथा कमजोर राष्ट्रको गरिबी, अभाव, र दूरवस्था तथा ठूला, सम्पन्न, विकसित शक्तिशाली राष्ट्रको चुलिंदो आर्थिक समृद्धि र त्यसको लागि तिनले चलाएको विश्व शोषणको प्रक्रिया तथा हस्तक्षेप, प्रभुत्व र अतिक्रमणका कारण त्यो दूरी बढ्दै गएको र त्यसविरुद्ध प्रतिरोध सङर्घष्ाहरु जन्मिदै गएका पनि छन् । साम्राज्यवादी अमेरिकको विद्यमान परराष्ट्र नीति, आर्थिक नीति, व्यापाकि नीति, सैन्य नीति र राजनैतिमा 'प्रजातान्त्रिक' दादागिरी क्रमशः असफल र बदनाम हुँदै गएको छ । सँगसँगै साम्राज्यवादी शक्तिसम्पन्न राष्ट्रहरुकै वीचमा पनि अन्तरविरोधहरु चर्किंदै छन् र फुट र तिक्तता बढ्दै जान थालेका छन् । साम्राज्यवादको यो विश्वप्रभत्व र दादागिरी कायम गर्ने चाहना र उत्पीडित जनता तथा राष्ट्रहरुको मुक्तिको चाहनाले नया“ ढङ्गले र्सवहारा क्रान्तिको विस्फोटको सम्भावनालाई उजागर गरिरहेछ । वर्तमान यो पु“जीवादी सङ्कटले समाजवादी विश्व व्यवस्थालाई फेरि एकपटक सत्य पुष्टि गरेको छ ।
नेपालको सर्न्दर्भमा विस्तारवादी भारतले गरेका ज्यादती, उत्पीडन, अतिक्रमण, हस्तक्षेप, दादागिरी, विकासमा अवरोध, राष्ट्रिय स्रोत-साधनमाथि गिद्धेदृष्टि, सा“स्कृतिक हस्तक्षेप र अनेक अपराधिक समूहलाई पृष्टपोषणले उसप्रति जनताको घृणा, रोष, प्रतिरोधको भाव बढ्दै गएको छ । यसले राष्ट्रिय मुक्तियुद्धको वातावरण सिर्जना गदै पनि लगेको छ । यसरी वर्तमान अन्तराष्ट्रिय परिस्थिति साम्राज्यवाद विरुद्ध जनताको प्रतिरोध तथा मुक्तिसंघर्ष एवम् राष्ट्रिय मुक्ति आन्दोलनको मूल अन्तरविरोधका वीच उभिएको छ । साम्राज्यवाद र र्सवहारा मुक्तिको प्रश्न प्रखर र जटिल बन्दै गएको छ । भारतीय विस्तारवाद विरुद्ध नेपाली जनताको प्रतिरोध तीव्र हुँदै प्रधान शत्रुतामा फेरिने सम्भावना बढेको छ । साँस्कृतिक अर्थमा साम्राज्यवादको सा“स्कृतिक भूमण्डलीकरणको प्रतिनिधि विचार-उत्तरआधुनिकतावाद र त्यसबाट पोषित साँस्कृतिक हस्तक्षेप विरुद्धको सङ्र्घर्ष मुख्य बन्न पुगेको छ । साम्राज्यवादले फैलाएको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक भूमण्डलीकरण र सञ्चार आतङ्कस“ग जुधेर नै हामी र्सवहारा स“स्कृतिको जगेर्ना गर्न सम्भव छ ।
राष्ट्रिय रुपमा हेर्दा हाम्रो मुलुक यतिखेर सङ्गीन मोडमा उभिएको छ । सामन्ती राजतन्त्रको समाप्ति र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भए पनि शान्ति प्रक्रृयाका करिब चार वर्षा पुरानो सत्ता र राज्य व्यवस्थाको संरचनामा तात्विक परिवर्तन हुन सकेको छैन सत्ताको नेतृत्वमा क्रान्तिकारी व्रि्रोही शक्ति रहेको भए पनि सरकारको खिचडी चरित्र विद्यमान छ । यो कुन वर्गको सत्ता हो भन्ने छिनो-फानो भइसकेको छैन । यद्यपि नेतृत्व क्रान्तिकारीको छ तापनि जनताका समस्या समाधान भइरहेका छैनन् कारण परिवर्तनको अनुभूति जनतालाई दिने कुरामा सामन्ती पुरानो सँस्कारसहितका यथास्थितिवादी प्रतिक्रियावादी शक्तिहरुले सरकार विरुद्ध अवरोध सिर्जना गर्ने, घेराउ गर्ने, कुनै काम सफलतापूर्वक गर्न नदिने र असफल बनाउने षड्यन्त्र गरिरहेका छन् । त्यसका पछाडि वैदेशिक शक्ति केन्द्रहरुले पनि सहयोग गरिरहेछन् । राजनैतिक रुपमा सामन्ती सत्ता समाप्त भएको भनिए पनि सा“स्कृतिक रुपमा त्यो यथावत् हालीमुहाली गरिरहेछ । राज्य संयन्त्रहरु पुरानै छन् र तिनमा सामन्तीभूत यथावत् राज गर्दै छ । राज्य संयन्त्रमा पनर्संरचना हुन सकेको छैन । दलाल नोकरशाही यथास्थितिवादी आत्मर्समर्पणवादी तत्व र शक्तिहरु तथा साम्राज्यवादी विस्तारवादीहरुको गठजोड एवम् पुराना मण्डले सामन्ती शक्तिहरुका वीच अघोषित मोर्चावन्दी कायम भइरहेको छ । आजपनि मुलुक अर्धसामन्ती र अर्ध औपनिवेशिक स्थितिमा नै छ । संशोधनवादी सुधारवादी शक्ति सत्तामा सामेल हुँदाहुँदै पनि विपक्षीको जस्तै भूमिका निर्वाह गरिरहेको छ भने फुटकर दलहरुको भूमिका पनि नकारात्मक छ । गणतन्त्र कुन वर्गको बनाउने भन्ने प्रश्न र सम्बिधान कुन वर्गको हितमा तयार गर्ने भन्ने प्रश्न अहिलेको जटिल प्रश्न हो । जसको उत्तर आउन बा“की छ । वैदेशिक हस्तक्षेपले राष्ट्रियविखण्डनको खतरा एवम् स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको रक्षाको प्रश्न पनि जटिल बन्दैछ । भ्रष्टाचार महँगी, अभाव बेरोजगारी अराजकता, असुरक्षा आदि पनि जटिल बन्दै गएका छन् । यसरी राष्ट्रियता जनतन्त्र र जनजीविकाका जनताका समस्या पनि उस्तै दुःखदायी बनेका छन् । यसैकारण अहिलेको अन्तरविरोध दुइ रुपमा स्पष्ट अघि आएको छ । एउटा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेपको दबदबा विरुद्ध राष्ट्रिय स्वाभिमानको लागि जनताको हस्तक्षेप, अर्को दलाल नोकरशाही पु“जीवादी प्रतिक्रियावादी वर्ग, सामन्ती प्रतिक्रियावादी यथास्थितिवादी शक्तिहरु र राष्ट्रिय आत्मर्समर्पणवादी देशघाती शक्तिका विरुद्ध आमूल परिवर्तन चाहने देशभक्त जनतान्त्रिक क्रान्तिकारी शक्तिको वीचमा रहेको अन्तरविरोध मुख्य बनेर आएको छ । सा“स्कृतिक रुपमा यही स“स्कृति जनवादीका स“स्कृतिका विरुद्ध उ“भिएको छ । तर्सथ यतिखेर यथास्थितिवादी र क्रान्तिकारी वीचको टक्कर प्रधान बनेर आएको छ भने विस्तारवाद र नेपाली जनता वीचको टक्कर पनि हस्तक्षेपको वर्तमान सर्न्दर्भमा प्रधान बन्नसक्ने सम्भावना बढेको छ । साम्राज्यवादी-विस्तारवादी सँस्कृति विरुद्ध मौलिक स“स्कृति, सामन्ती दलाल नोकरशाही प्रतिक्रियावादी सँस्कृति विरुद्ध जनवादी स“स्कृतिको सङ्र्घर्षलाई अघि बढाएर मात्रै हामी सा“स्कृतिककर्मीले इतिहासको दायित्व र युगको आवश्यकता पूरा गर्न सक्छौं र मात्रै राष्ट्रिय मौलिक जनवादी स“स्कृतिको स्थापना गर्न सक्छौ ।
प्रवृत्तिगत विश्लेषण ः
नेपाली सा“स्कृतिक परिवर्तनको आन्दोलनमा विभिन्न खाले प्रवृत्तिहरु रहेका छन् । सामन्ती प्रतिक्रियावादी यथास्थितिवादी शक्तिले जनताको जनवादी स“स्कृति निर्माणको प्रश्नमा शत्रुतापर्ूण्ा ढङ्गले अवरोध र प्रतिकार गर्दै आइरहेको छ । विद्यमान रुढ, पुरातन, विकृत, कुरुप, जनविरोधी स“स्कृतिलाई यथावत् राखेर मात्र उनीहरु आफ्नो जीवन र भविष्य सुरक्षित रहने ठान्ने हुनाले आमूल परिवर्तनकारी र्सवहारा स“स्कृतिका विरुद्ध उभिनु उनीहरुको बाध्यता हो । सुधारवादी, संशोधनवादी र समन्वयवादी स“स्कृति अर्को जनविरोधी स“स्कृति हो । वर्ग-सङघर्ष, वर्ग-सत्ता र वर्ग नेतृत्वका विरुद्ध सन्तुलन, समन्वय र शान्तिपूर्ण रुपान्तरणको धारलाई रुचाउने ढुलमुले, विचौले, क्रान्तिकारी रुपान्तरण विरोधी सँस्कृतिको यो रुपले नेपालमा र्सवहारा सँस्कृतिलाई अस्वीकार गर्छ । अर्को सामन्तवादी स“स्कृतिलाई यथावत् चालु राख्न चाहने प्रतिगामी सँस्कृतिले पनि पछाडिबाट आफ्नो सत्ता पुनर्स्थापित गराउने षड्यन्त्र र कुटिलचाल जारी राखेको छ । त्यस्तै अर्को क्रान्तिकारी सङ्र्घर्षका कुरा दोचारेर क्रान्तिकारी सँस्कृतिकै विरुद्ध उभिने प्रवृत्ति पनि साँस्कृतिक आन्दोलनमा रहेका छन् । यी सबै प्रवृत्ति विरुद्ध सङ्र्घर्ष गर्दै नयाँ मौलिक, राष्ट्रिय, जनतान्त्रिक स“स्कृति स्थापना गर्न अघि बढ्नु नै हाम्रो मूल लक्ष्य हुनु जरुरी छ । क्रान्तिकारी र्सवहारा सँस्कृतिको स्थापना र्सवहारा स“ास्कृतिक क्रान्तिको धारालाई पक्रिंदै निरन्तर क्रान्तिको प्रक्रियाबाट अघि बढेर मात्र सम्भव छ । नया“ सस्कृति यही निरन्तर क्रान्तिको धारामा अघि बढ्नेछ । यसै प्रसङ्मा क्रान्तिकारी सा“स्कृतिक आन्दोलनलाई अघि बढाउन जनताको सङ्घीय गणतन्त्र स्थापनामा शान्तिपूर्ण पहल गर्दा अवरोध सिर्जना हुन्छ भने विद्रोहको बाटो समात्नु अनिवार्य बन्नेछ । जसको लागि यस उद्देश्यसित सहमत हुने विभिन्न शक्ति र प्रवृत्तिभित्रका देशभक्त, प्रगतिशील जनतान्त्रिक शक्तिहरुको धु्रवीकरण पनि आवश्यक हुन्छ । राष्ट्रिय जनवादी मौलिक स“स्कृतिको स्थापनाका लागि व्रि्रोहशील व्यापक जनसमुदायलाई सुसंगठित गरेर नै व्रि्रोह सम्भव छ । व्रि्रोह केही उत्साहित क्रान्तिकारी पङ्क्तिले मात्र गर्नु पनि सम्भव छैन । त्यसैले नै विभिन्न पक्ष र शक्तिभित्र रहेका वास्तविक देशभक्त गणतान्त्रिक र प्रगतिशील पक्षहरुलाई समेट्दै संयुक्त मोर्चा कायम गर्नु पनि आजको आवश्यकता हो । त्यसको निम्ति हामीभित्रका सङ्कीर्णता, जडता, कुण्ठा, अस्वस्थ प्रतिस्पर्धा जस्ता कुरालाई त्याग गर्नु जरुरी छ । आफूले व्यवहारमा र्सवहारा स“स्कृति लागु गरेर देखाउन नसक्नेले सिङगो र्सवहारा सा“स्कृतिक आन्दोलनको नेतृत्व र अभिभारा पूरा गर्न सक्दैन भन्ने तथ्यलाई पनि मनन गर्नु आवश्यक छ ।
समस्या सम्भावना र चुनौती ः
क) वैचारिक समस्याः शान्ति प्रक्रियामा आएपछि सङ्ठनमा देखा परेका समस्याहरुमा वैचारिक समस्या महत्वपूर्ण समस्या हो । दक्षिणपन्थी सुधारवाद, विर्सजनवाद, निराशा, पलायन, कतै अहम् कतै छिचरोपन, निम्न-पुँजिवादी निस्कृयता, सङ्कीर्णता, गुटीय मानसिकता, मनोगतता, व्यक्तिवाद, महत्वाकाङ्क्षा, कार्यशैलीमा गैरर्-र्सवहारा प्रवृत्ति, पद-प्रतिष्ठा-पैसाको भोक, कतै वैभवशाली जीवन र आर्थिक दुरुपयोग कतै अभाव, वर्ग-व्रि्रमको सिर्जना, कतै विचलन, अराजकता र अनुशासनहीनता, फेरि केही पु“जीवादी उपभोक्तावादी प्रभाव, र्सवहारा ससङ्कीर्णतास्कृति छोड्दै जाने समस्या जस्ता समस्या छन् । अर्कातिर नीति, कार्यक्रम र योजनाका अभावले गर्दा पनि अकर्मण्यता देखिएको छ ।
ख) साङ्गठनिक समस्याः सङ्गठन चुस्त-दुरुस्त नहुनु, भएका सङ्गठनको व्यवस्थित परिचालनको अभाव, तल्लो तहसम्म सङ्गठन निर्माण हुन नसक्नु, भएका पनि बेवारिसे जस्तो बन्नु, साहित्यकार र कलाकारवीच उपयुक्त सम्बन्ध स्थापित नहुनु, निस्त्रिmयता र शिथिलता देखिनु, विगतको जस्तो उर्जा र गतिशीलताको अभाव देखिनु जस्ता समस्या विद्यमान रहेका छन् । मोर्चाबाट भूगोलतर्फजान उत्प्रेरित हुने र मोर्चामा भविष्य नदेख्ने समस्या पनि देखिन थालेका छन् ।
ग) आर्थिक समस्याःः यो समस्याले जताततै पिरोलेको छ । पूर्णकालीन कार्यकर्ता, कार्यालय सञ्चालन खर्च, कलाकार परिवारहरुको भरणपोषणको समस्या ठूलो समस्या बनेर तर्ेर्सिएको छ । नया“ परिवेश अनुसार फेरिन नसक्ने र परिस्थिति अनुसार चल्न नसक्ने, सन्तुलित खर्च मिलाउन नसक्ने समस्या अर्को जटिल समस्या हो । आर्थिक वितरणमा केन्द्रीकरणगरी सन्तुलित वितरण, स्रोतको खोजी र सही ढङ्गकले तयसको परिचालनको समस्याले पनि यस्तो अवस्था सिर्जना हुनमा भूमिका खेलेको छ ।
घ) प्रकाशनको समस्याः लआर्थिक अभावकै कारण र राजनैतिक गतिविधिको चापका कारण थुप्रै प्रकाशनका काम थाती रहनु, नया“स“स्कृति निस्कन नसक्नु, कलम, वेदना आदि नियमित तथा व्यवस्थित हुन नसक्नु, क्षेत्रीय प्रकाशनहरु बन्द हुनु आदि प्रकाशनका समस्या हुन् । प्रकाशनको उचित वितरणको अभाव र सशुल्क वितरण नहुनुले पनि समस्या पारेको छ । त्यस्तै सङ्ठनभित्र पनि पर्ूण्ाकालीन र अल्पकालीन कार्यकर्ता वीच क्रमशः अन्तरविरोधको समस्या पनि बढ्दै जान थालेको छ ।
फेरि पनि सङ्गठनात्मक काम, वैचारिक काम, सङ्र्घष्ाका काम, अभियानका काम, प्रचार-प्रसारका काम, वितरणका कामहरुमा आर्थिक व्यवस्थापन मिलाई योजनाबद्ध ढङ्गले लिएर जाने हो भने तिनको समाधान भएर जानेछ । यी सबै विषयमा भएका गरेका उपलब्धिबारे यहा“ समयाभावका कारण चर्चा सम्भव भएन । ती उपलब्धिहरुबारे पछि एकता राष्ट्रिय सम्मेलनको सर्न्दर्भमा वितृत चर्चा गरिनेछ ।
शान्ति प्रक्रियापछि देखिएका उपरोक्त समस्याहरु हु“दाहु“दै पनि सम्भावना भने नभएको होइन । केन्द्रमा आङ्गिक सङ्गठन निर्माण भएका छन् तिनलाई तलसम्म लैजाने सम्भावना प्रसस्त छ । त्यस्ता आङ्गिक सङ्गठनमा अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकमी सङ्घ, अखिल नेपाल लोककलाकर्मी सङ्घ पर्दछन् । निराशा कुण्ठा र निष्त्रिmयतालाई तोड्दै पार्टर्ीी तय गरेको कार्यनीति र योजना बमोजिम हरेक क्षेत्रमा पुनर्जीवन र ताजगी पैदा गर्न र जनव्रि्रोहको प्रक्रियालाई कार्यरुप दिन यो सा“स्कृतिक क्षेत्रको ठूलो भूमिका छ । आम जनमानसको हृदयमा व्रि्रोहको आगो अझै निभि सकेको छैन । अझैक्रान्ति र मुक्तिको बाटो पूरा भएको छैन । आम कार्यकर्तामा त्याग वलिदानको भाव समाप्त भएको छैन । अझै पनि सबै जसो कार्यकर्तामा क्रान्ति पूरा भइ नसकेको र क्रान्ति पूरा गर्नु पर्छ भन्ने भाव जीवित छ । यस परिवेशमा जनसा“स्कृतिककर्मीले जनयुद्ध शुरु हुनुभन्दा पर्ूव जस्तै आगामी जनव्रि्रोह पर्ूव पनि सम्पूर्ण जनमानसमा नया“ सन्देश र विचार प्रवाह गर्न, व्रि्रोहको प्रचार-प्रसार गर्न र जनसमुदायलाई जागृत, उद्वोधित र परिचालित गर्न आफ्नो साहित्य र कलालाई गीत-सङगीत-नृत्य र अभिनयलाई अधिकतम उपयोग गर्नु आवश्यक छ ।
यसै गरी सा“स्कृतिक क्षेत्रमा अझै प्रशस्त चुनौतीहरु पनि छन् । पुरानो सामन्ती पु“जीवादी शोषणको साँस्कृतिक संरचना ध्वंश भइनसकेको र आज पनि साँस्कृतिक क्षेत्रमा प्रतिगामी सँस्कार र प्रवृत्तिले शासन गरिहेको र सा“स्कृतिक सत्ता ठालू, शोषक, जु“गामुठे सामन्तवर्गकै हातमा रहेकोले तिनले नयाँ स“स्कृति निर्माण गर्नेहरु विरुद्ध सम्पूर्ण बल प्रयोग गर्ने प्रयास गर्ने कुरा निश्चित छ र साथै हामी भित्रकै दक्षिणपन्थी, सुधारवादी, विर्सजनवादी, अवसरवादी प्रवृत्तिका साथै वाम सङकीर्णतावादी प्रवृत्तिले उपरोक्त सम्भावनालाई तुहाउने प्रयत्न पनि गरिरहनेछन् । यी दुबै चुनौतीको सामना गरेर मात्र हामी लक्ष्यमा पुग्न सक्छौं । हारेर, थाकेर, भागेर होइन ।
हाम्रो कार्य नीति र दिशा ः
अबको साँस्कृतिक आन्दोलनले सबैखाले पुराना प्रवृत्तिलाई समाप्त पार्न र नया“ स्थापित गर्न विभिन्न योजना नीति र कार्यक्रम तय गर्नु पर्छ त्यसको निम्ति निम्न कुरालाई निर्देशित सूत्र मान्नु आवश्यक छ ।
· पुरानो सत्तालाई समूल अन्त्य गरी जनताको गणतान्त्रिक नया“ सत्ता स्थापित गर्न नयाँ ढङ्गले जनव्रि्रोहको तयारी गर्ने ।
· सशस्त्र जनयुद्ध र जनान्दोलनको मूल्य महत्व र प्रभावलाई समायोजन गर्दै आशा र जीवनको सञ्चार गर्ने तथा नया“ क्षितिजको अभिरेखाङ्कन गर्ने ।
· विदेशी हस्तक्षेप र प्रभुत्वबाट मुलुकलाई मुक्त गर्न राष्ट्रियता, स्वभिमान र आत्मनिर्भरताको भाव पैदा गर्ने र राष्ट्रघात तथा राष्ट्रिय विखण्डनकारी षड्यन्त्रको भण्डाफोर गर्दै देशभक्त प्रगतिशील गणतान्त्रिक शक्तिलाई एकताबद्ध पारेर त्यस्ता षडयन्त्र असफल बनाउने ।
· मालेमावाद/विचारधाराको आलोकमा अझ दृढ, प्रतिबद्ध र निष्ठावान् हुँदै आमूल परिवर्तनको दिशा समात्ने ।
· सामन्त, दलाल, नोकरशाह, पु“जीपति, जमिन्दार वर्ग विरुद्धको सङ्र्घर्ष तीव्र बनाउने र यथास्थितिवादी प्रतिक्रियावादी राष्ट्रिय-आत्मर्समर्पणवादी चरित्रहरुलाई जनतासामु नाङ्गेझार पार्न तिनका विरुद्धसा“स्कृतिक सङ्र्घर्ष तीव्र बनाउने ।
· वर्तमानसम्मका प्राप्त उपलब्धिमा टेकेर नयाँ उपलब्धि प्राप्त गर्न दृढ निष्ठा विश्वास र वीरताका साथ अघि बढ्ने ।
· साँस्कृतिक रुपान्तरणलाई जोड दिंदै रुपान्तरण मुख्य हो भन्ने कुरा आत्मसात् गर्ने ।
यिनै कुराहरुलाई हृदयङ्गम गरेर अबको साँस्कृतिक आन्दोलनले आफ्नो निर्दिष्ट गन्तव्य र अभीष्ट प्राप्त गर्न सक्नेछ ।
निष्कर्षः
कमरेडहरु, अखिल नेपाल जनसा“स्कृतिक महासङघ र प्रगतिशील सा“स्कृतिक सङ्गठन नेपालको एकता, नया“ नेपालको परिकल्पनालाई मुर्त गर्न र जनताको वास्तविक सत्ता कायम गर्न, आम जनव्रि्रोह प्रक्रियामा व्यापक जनसमुदायलाई सङ्गठित, एकताबद्ध र सङघर्षर्मा समाहित गरेर अघि बढ्नका लागि भएको एकता हो भन्ने बुझ्न, आवश्यक छ । एकतापछि बनेको एकीकृत अखिल नेपाल जनसा“स्कृतिक महासङघ, मालेमावाद/विचारधाराको आलोकलाई आत्मसात् गर्नें सङ्गठन भएकोले यसले साम्राज्यवाद विस्तारवाद र घरेलु यथास्थितिवादी प्रतिक्रियावाद विरुद्ध प्रहार केन्द्रित गर्दै दलाल नोकरशाह र सामन्तवर्गको प्रतिनिधि शक्तिलाई जनताको मुख्य दुश्मनका रुपमा तारो बनाउन अघि बढ्नेछ । विचारलाई ठीक ढङ्गले पक्रेर त्यसलाई विज्ञान र कलामा उतार्नाले मात्रै त्यो पूरा हुन सक्छ । क्रान्तिको बाटो बाङ्गो-टिङगो हुन्छ । कहिले अघि कहिले पछि, कहिले दायाँ कहिले बायाँ, कहिले निरन्तरता कहिले क्रमभङग र छलाङ् लाउ“दै हामी नगली, नथाकी, नहारी अघि बढनै पर्छ । सङर्ष वलिदान, साहस वीरता विना हामी र्सवहारावर्गले आफ्नो गन्तव्य प्राप्त गर्न सक्दैनौं । निराशा, हीनता, पलायन होइन आशा, उत्साह र प्रतिबद्धतालाई आत्मसात् गर्दै यो र्सवहारा सा“स्कृतिक क्रान्तिको मूलधार बन्दै गएको हाम्रो सा“स्कृतिक सङगठनलाई सबैखाले गलत प्रवृत्तिबाट बचाउदै दार्शनिक, वैचारिक, व्यवहारिक र वैज्ञानिक प्रयोगको समायोजनका साथ अघि बढाउन सङ्कल्प गरौं । जतिसुकै समस्या र चुनौती आइपरे पनि अन्ततः जनताको सा“स्कृतिक आन्दोलनको विजय सुनिश्चित छ । हाम्रा अगाडि अ“ध्यारो संसार मात्र होइन देदीप्यमान उज्यालो र्स्वर्ग पनि छ । देशी-विदेशी प्रतिक्रियावादी शक्तिले जनताको सङघीय गणतन्त्र स्थापनाको उद्देश्य पूरा हुन दिएनन् भने फेरि विद्रोह मात्रै विकल्प बाँकी रहनेछ । धन्यवाद।

२०६५, माघ २३
इश्वरचन्द्र ज्ञवाली
संयोजक

No comments: