एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिको आयोजनामा यही २०७१ साल भाद्र १६ गते काठमान्डूको अनामनगरमा "सामाजिक सञ्जाल र समाज " विषयमा संवाद कार्यक्रम सम्पन्न भयो । साहित्यकार एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका इन्चार्ज आहुतिले सामाजिक सञ्जाललाई जीवनमा कसरी उपयोगी बनाउने भन्दै कार्यक्रमको आवश्यकताबारे प्रस्ट्याउनु भएपछि साहित्यकार एवं प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी , समाजशास्त्री सुरेश ढकाल, साहित्यकार झलक सुवेदी, लेखक राजेन्द्र महर्जन , साहित्यकार गोपाल ठाकुर , लेखक एवं मजदूर नेता जय कार्की , कवि संगीतश्रोता, कवि राजु स्याङ्गतान, सतिशराज मैनाली , देविका मिजार लगायतले सामाजिक सञ्जालले हाम्रो समाजलाई पारेको प्रभावका बारेमा आ-आफ्ना धारणाहरू राख्नु भएको थियो। उक्त कार्यक्रमको संचालन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक मातृका पोखरेलले गर्नु भएको थियो।
No comments:
Post a Comment