आजको क्रान्तियुद्धमा हाम्रो एक पुकार हो,
लड्दालड्दै मरे मरौँला यो एउटा नै नारा हो।
नेवार आऊ, लिम्बू आऊ, आऊ वीर गुरुङ राई,
मधिसे, क्षेत्री, बाहुन, आऊ, आऊ आऊ तामाङ, थारू भाइ।
सबै जातिको रक्त मिलेको बग्ने एउटै धारा हो,
लड्दालड्दै मरे मरौँला यो एउटा नै नारा हो। ...
२८ मंसिर २००७ को बिहान ८ बजे तारणीप्रसाद कोइरालाको सक्रियतामा राणा जहानियाँ शासनको अन्त्यका लागि खुलेको प्रजातन्त्र नेपाल रेडियोबाट त्यही अपरान्ह यो क्रान्तिकारी गीत घन्केको थियो। कोइराला स्वयंको यस गीतलाई विराटनगर जुट मिलको एउटा कोठाबाट सञ्चालित प्रसारणमा रानूदेवीले प्रत्यक्ष गाएकी थिइन्। तर, राणा शासनको अन्त्यपछि नेपाली कांग्रेसले सांस्कृतिक आन्दोलनमा त्यति रुचि देखाएन। तर पनि शैली, शिल्प र अर्थका हिसाबले नेपाली संगीतमा जनवादी र मूलधारका गीतसंगीतबारे बहस र विमर्श भइरहे।
राजनीतिक इतिहासको फेरोमा कांग्रेस सांस्कृतिक अभियानमा मौन देखिएपछि गीतसंगीतको जनजागरणको अभियानलाई खासखरी वामपन्थीहरूले निरन्तरता दिए। 'राल्फादेखि रोल्पासम्म'को जनवादी संगीतको दूरी र विस्तारलाई केलाउने हो भने यस अवधिमा माक्र्सवादीहरूले गुटैपिच्छे आ-आफ्ना सांस्कृतिक समूह बनाए। ०२४ सालमा पारजिातको नेतृत्वमा 'राल्फा' जन्मिँदा त्यसमा वामपन्थी झुकाव भएका कलाकारकै नेतृत्व थियो। त्यसबेला पारजिात, रामेश, रायन, मञ्जुल, अरमि आदिले अर्द्धअमूर्त गीतहरूलाई हतियार बनाएर वामपन्थी आन्दोलनलाई टेवा दिए।
उनीहरू गाउँथे :
सर्पजस्ता अनुभूतिहरू
आशाका मैदानबाट सूर्य झुल्किरहेछ।
"हामीले गीतमा कहिल्यै कम्युनिस्ट भनेनौँ, न माओवाद, माक्र्सवाद जिन्दावाद नै भन्यौँ, न लालसलाम नै भन्यौँ," त्यस कालखण्डका साक्षी रामेश भन्छन्, "हामीले खालि जनता जिन्दावाद भन्यौँ।" यस्ता गीतहरूले 'राल्फा'लाई एकैचोटि उचाइमा पुर्यायो तर त्यसले यस उचाइको गरमिा धान्न सकेन र कम्युनिस्ट पार्टीहरू विभाजित भएजस्तै ०३० सालमा राल्फा पनि विभाजित भयो। रायन र पारजिातले निर्मल लामाको 'चौथो महाधिवेशन'सँग आबद्ध भएर वेदना सांस्कृतिक समूह स्थापित गरे, ०३१ सालमा। रायनका अनुसार यो नै पहिलो जनसांगीतिक समूह हो। पछि फेर ियस पार्टीमा विभाजन आएपछि रायनले केही साथीहरूसँगको सहकार्यमा 'इसास' -इन्द्रेणी सांस्कृतिक समाज) नामक संस्था स्थापना गरे।
त्यसबेला रायनहरू गाउँथे :
ए हामी भोका छौँ
एक पेट लौ न खाना देऊ
ए हामी नांगा छौँ
लौ न एक आङ लुगा देऊ
भन्दै सरकारसँग मागिहिँड्ने जनतालाई
यो सरकारले के के दियो ?
बूट, लाठी, गोली दियो
निर्धा दुःखी जनतालाई !
राल्फा विभाजनपछि रामेश, मञ्जुल र अरमि धेरै भाैँतारएि तर गीत-संगीतलाई आफ्नो हतियार नै बनाइरहे। उनीहरूले गितार काँधमा भिरेर गाउँगाउँ घुमे। यी ठिटाहरूलाई झापाली समूह 'पूर्व कोसी'ले समात्यो र विभाजनको फाइदा लियो। नेताहरूलाई पछि लगाएर उनीहरूले फेर िगाउँगाउँ चहारे र गाए :
हो हो दाजु ठीकै भन्यौ चित्त बुझ्यो मेरो
सामन्तीलाई खत्तम पार्न मार्छु अब फेरो।
यसपछि 'पूर्वकोसी'ले उनीहरूलाई पूरै 'नक्सलवादी' बनाएको स्मरण गर्छन् रामेश। "हामीलाई खतरा थियो तर अज्ञानताका कारण डर भने फिटिक्कै थिएन," रामेश सम्झन्छन्, "त्यसपछि हामीले जल्दाबल्दा क्रान्तिकारी गीतहरू बनायौँ, गायौँ।" विश्व कम्युनिस्ट आन्दोलनलाई नजिकबाट अध्ययन गरेका उनीहरूले गाउँदै हिँड्ने क्रममा पार्टीको जस्तै सांस्कृतिक समूहको पनि नामकरण गर्नुपर्ने रहेछ भन्ने बुझे। अनि, उनीहरू एउटा समूहमा गोलबद्ध हुने निश्चयमा पुगे। त्यसबेला कुन्ता शर्माद्वारा सम्पादित संकल्प पत्रिका निकै चर्चामा थियो, वामपन्थी खेमामा। कुन्ता र मञ्जुलको विवाह पनि भइसकेको थियो। उनीहरूले ०३२ सालमा त्यसै पत्रिकाको नाममा आफ्नो समूहको नाम राखे, 'संकल्प'। यो समूह नेकपा मालेसँग आबद्ध हुन पुग्यो।
तर, राल्फाद्वारा प्रतिपादित यी दुवै समूहको नियति भने एउटै भयो। "पार्टीहरूले हामीलाई प्रयोग मात्र गरेका रहेछन्," रायन भन्छन्, "आफ्नो लक्ष्यमा पुगेपछि तिनीहरूले हामीलाई दूधबाट झिँगा निकालेर फालेझैँ फालिदिए।" यसरी ०५४ सालमा पारजिात र रायन यस समूहबाट हटाइए।
यो नियति भोग्ने रायनहरू मात्र थिएनन्, रामेश, मञ्जुल र अरमिले पनि त्यस्तै पीडा भोगे। 'संकल्प' परविारले माले नेताहरूले सिद्धान्त र आस्थाका विरुद्ध क्रियाकलाप गर्न थालेकामा खुला विरोध गर्यो। अनि ०३९ सालको सँघारमा पुगेर 'संकल्प'को अस्तित्व समाप्त भयो र रामेशले आस्था समूह खोले। तर, रायनको 'इसास'झैँ रामेशको 'आस्था'ले पनि लामो यात्रा गर्न सकेन। अन्ततः यी दुवै खेमा एक्लाएक्लै हुनपुगे। तर, अलिक पछि 'इसास'लाई रायनले पुनः ब्यूँझाए। 'इसास कीर्तिपुर' भनेर खोलिएको त्यो संस्था अझै छ र रायन त्यसको सल्लाहकार छन् तर यसका क्रियाकलाप शून्य छन्।
नेकपा एमाले स्थापना भएपछि जेबी टुहुरेको संयोजनमा 'जनसांस्कृतिक मञ्च' स्थापना भयो तर टुहुरेले एमालेले आफ्ना गीतका भावनाझैँ गरबि, निमुखाहरूका पक्षमा केही गर्न नसकेको र 'आमा दिदी-बहिनीहरूलाई आज पनि रुवाइरहने' क्रियाकलापमै लागेको भन्दै एमाले र जनसांस्कृतिक मञ्चबाट विरक्तिएर माओवादी खेमामा प्रवेश गरे।
नेपाल कम्युनिस्ट पार्टी चिराचिरा पर्दै जाँदा एउटा चिरालाई समातेर स्थापित सांगीतिक समूह हो, 'रक्तिम सांस्कृतिक अभियान'। मोहनविक्रम सिंहको 'मसाल'निकट 'रक्तिम' ०४३ सालमा गायक-संगीतकार जीवन शर्माको नेतृत्वमा स्थापित भएर आज पनि सक्रिय छ। यसको माउ संस्था सत्तामा नपुगेका कारणले रक्तिमको सक्रियता आज पनि जुझारु देखिन्छ।
०५२ सालमा माओवादी सशस्त्र द्वन्द्व सुरु भएपछि जन्म्यो, 'सामना परविार'। नामका रूपमा मात्र बल्लतल्ल आफ्नो अस्तित्वसम्म बचाइरहेका 'इसास कीर्तिपुर', 'जनसांस्कृतिक मञ्च' र 'सामना परविार'को तुलनामा जीवन शर्माको रक्तिम धेरै गतिशील छ। यी खेमाका सहकर्मीहरूले आफ्ना गीत-संगीतलाई 'क्रान्तिकारी', 'जनवादी', 'संघर्षशील' या 'प्रगतिशील' भन्दै आएका छन् र मूलधारका सबै गीतहरूलाई 'बुर्जुवा' भन्छन्। ती गीतहरू मात्र किन जनताका गीत भए र यी गीतहरू किन बुर्जुवा कहलिए ? रामेश भन्छन्, "जनतामाथिको शोषण, अत्याचारविरुद्ध बनाइएका गीतहरूलाई नै हामी त्यसबेला जनगीत भन्थ्यौँ।" रामेशभन्दा एक कदम अघि बढेर यसलाई परभिाषित गर्छन्, रक्तिमका जीवन शर्मा। "बुर्जुवा संस्कृतिको जगमा रचिएका हरेक गीतहरू बुर्जुवा हुन्," उनी भन्छन्, "निमुखा, सोझा र सधैँ दसनंग्रा खियाएर बल्लतल्ल जीवन धानिरहेका जनताका मुक्तिका लागि गाइने हाम्रा गीतहरू क्रान्तिकारी हुन्, जनवादी हुन् र प्रगतिशील हुन्।"
कांग्रेसले ००७ सालपछि गीत-संगीतलाई कुनै पनि आन्दोलनको हतियार बनाएन, खालि पत्रपत्रिकामार्फत आफ्ना विचारहरू जनसमक्ष ल्याइरह्यो। तर, कम्युनिस्टहरूले पत्रिकाबाहेक संगीतलाई पनि निहित उद्देश्य प्राप्तिका लागि प्रयोग गरे। रायनका भनाइमा अझ यसको स्पष्ट अर्थबोध हुन्छ। उनी भन्छन्, "कम्युनिस्ट विचारधारासँग निकट रहेर त्यसैको प्रचारका लागि बनाइएका गीत-संगीतहरू नै प्रगतिशील हुन्।"
माओवादी द्वन्द्वकालमा प्रचण्डपथको गीत-संगीतसमेत सिर्जना गरेका मणि थापाका अनुभवमा जनगीत भनेको वैचारकि आधारमा एउटा पार्टीलाई सत्तामा पुर्याउने आग्रहले गरएिका सिर्जना हुन्। ती गीतहरू राजनीतिक, सैद्धान्तिक र दार्शनिक रूपले माक्र्सवादीहरूले सर्वहारावर्गको मुक्तिका लागि भनेर बनाइएका हुन्छन्।
तर, आज आएर जीवन शर्माबाहेक सबै 'जनगायक' पनि गीतमा बुर्जुवा र प्रगतिशील भनेर कित्ताकाट गरनिे प्रचलन गलत भएको स्वीकार्छन्। 'प्रगतिशील' र 'बुर्जुवा' गीत भनेर कम्युनिस्टहरूले जुन सीमारेखा कोररिहेका छन्, त्यो प्रगतिशील कलाकार जेबी टुहुरेलाई पटक्कै तर्कसंगत लागेको छैन। उनका अनुभवमा यस यथार्थको मूल्यांकन नगरी लगाइएको दोषारोपण मात्र हो। भन्छन्, "म कसैलाई बुर्जुवा भन्ने पक्षमा छैन।" उनका विचारमा भलै आन्दोलनकालमा जनतालाई तताउने अर्थमा ती गीतहरू उचित थिए होलान्।
धर्मराज थापाका गीतहरू गुनगुनाउँदै प्रगतिशील फाँटमा पसेका टुहुरे लोक, आधुनिक या पप गीत सबैमा मानिसकै व्यथा र कथा अभिव्यक्त भएका देख्छन् र यस्ता गीतलाई नै अधिकांश श्रोताले गुनगुनाउँछन् भन्ने विश्वास राख्छन्। "हामीले प्रेम नगरेको भए श्रीमती कसरी आउँथिन्, हामीले प्रेम नगरेको भए हाम्रा छोराछोरी कसरी जन्मिन्थे र हाम्रा बा-आमाले प्रेम नगरेका भए हामी कसरी जन्मिन्थ्यौँ ?" टुहुरे आफैँसँग प्रश्न गर्छन् र आफैँ उत्तर दिन्छन्, "मेरो लामो अनुभवमा समाजलाई सबै कुराको आवश्यकता पर्छ।" उनको भोगाइ र अनुभवले भन्छ, गीत-संगीतमा बुर्जुवा भन्ने कुरै हुँदैन। समाजलाई सबै किसिमका गीतहरू चाहिन्छन्।
रामेशको बुझाइ अझ प्रस्ट छ। उनले लामो समयदेखि प्रगतिशील फाँटको संगीतलाई निरन्तरता दिँदै आएका र आज पनि उनी सानासाना नानी र वयोवृद्धहरूसम्मका पुस्तालाई सन्देशमूलक गीतसंगीत दिइरहेका सर्जक हुन्। उनी पनि गीत-संगीतमा 'बुर्जुवा' शब्दको प्रयोगलाई नै असान्दर्भिक मान्छन्। "गुलियो चास्नीमा डुबाएर यी नेताहरूले आजसम्म हामीमाथि नै घात गररिहेछन्," उनी भन्छन्, "यी नेताहरूले हामीलाई रसभरीमा मिसाएर विष खुवाएका रहेछन्, म अहिले बुझ्न थालेको छु।" उनले अब गीत-संगीत बुर्जुवा हुन्छ भन्ने विचारलाई त्यागिसकेका छन्। भन्छन्, "म पनि माक्र्सवादमा आस्था राख्ने बुर्जुवा नै हुँ तर जनताका मुक्तिका लागि गीत-संगीत सिर्जना गर्छु र गररिहन्छु,।" थापा पनि सिर्जनामा बुर्जुवा भन्ने शब्द प्रयोग गर्नु गलत ठान्छन्। थापाले रामेशले झैँ 'जनवादी'बाहेकका गीत-संगीतहरू पनि सिर्जना गरेका छन्।
मूलधारका स्रष्टा जसलाई कम्युनिस्टहरूले बुर्जुवा खेमामा राखेका छन्। यस फाँटका सशक्त गीतकार कालीप्रसाद रजिालका विचारमा सिर्जनामा बुर्जुवा र प्रगतिशील भन्ने विभाजन सरासर असान्दर्भिक र तर्कहीन छ। "जनताले नै सुन्ने भएकाले हामीले लेखेका गीत पनि जनवादी गीत नै हुन्," उनी आक्रोश पोख्छन्, "जसरी आँखा, कान, नाक आदि सम्पूर्ण अंग मिलेर यो शरीर बनेको छ, त्यसरी नै माया-प्रेम, हाँसो-रोदन, मिलन-विछोड मिलेर मात्र मानिसको जीवन पूर्ण हुन्छ।" उनी हिन्दी गीतको बढ्दो अतिक्रमणबाट मुक्ति दिँदै आफ्नो भाषा र संस्कृतिका उत्थानका लागि नेपाली लोक र आधुनिक गीतले इतिहासदेखि आजसम्म उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गर्छन् र हाम्रा गीत नभएका भए हिन्दी गीतले हाम्रो कला-साहित्यलाई उहिल्यै मिचिसक्थ्यो भन्छन्। "त्यसैले जसले यी गीतलाई बुर्जुवाको संज्ञा दिएका छन्, तिनले छातीमा हात राखेर भनून्, के उनीहरूको हृदयमा माया, भावना या संवेदना भन्ने चीज नै छैन त ?" उनी थप तर्क दिन्छन्, "गीत त जीवनको प्रतिविम्ब हो। जीवनमा शोषण पनि हुन्छ तर शोषण मात्र जीवन होइन। जीवनमा आशा, निराशा, माया-वियोग हुन्छ। यी समग्र भोगाइको अभिव्यक्ति नै गीत हो।"
यसमा रायनको पनि समान विचार छ। दुवै खाले गीतहरू जनताकै लागि हुन्। "भिन्नता यति मात्र हो," उनी भन्छन्, "हामीले गाउने गीतमा जनताका पीडा, शोषण र उनीहरूका मुक्तिका लागि गीत बनाउँछौँ।" मूलधारका कलाकारहरूले प्रेमसम्बन्धी दुःखपीडालाई बढी महत्त्व दिएको बताउँदै उनी भन्छन्, "सबै गीत श्रोताकै लागि हुन्, जनताकै लागि हुन्।" तर, जीवन शर्मा आज पनि आफ्नो अडानमा अडिग देखिन्छन्।
संगीतकार शम्भुुजित बाँस्कोटाको अनुभव फरक छ। उनका भनाइमा जन, लोक, श्रोता, जनता जे भने पनि कुरो एउटै हो, सुन्नेलाई संगीतमा मिठास र हृदयस्पर्शिता हुनैपर्छ। "प्रेमका गीत बर्जुवा हुने भए ती नेता-कार्यकर्ताले विवाह गर्दा, सन्तान जन्माउँदा भएका सारा क्रियाकलापहरू कृत्रिम हुन्, प्रेम छँदै थिएन ?" उनी प्रश्न गर्छन्, "जीवनमा प्रेम हुन्छ भने गीत-संगीतमा किन नहुने ?"
प्रसिद्ध लोकगायक कुमार बस्नेत गीतमा बुर्जुवा र गैरबुर्जुवा भन्ने नै नहुने विचार व्यक्त गर्छन्। "जनवादी साथीहरूले हामीलाई नबुझेर बुर्जुवा भनेका हुन्, हामी पनि जनताकै लागि गाउँछौँ," उनी भन्छन्, "मायाप्रेमका गीत रेडियोमा गायौँ भनेर हामीलाई कान्छाकान्छीका गीत गाउने बुर्जुवा भनेर सराप्नु उचित छैन, हामीले गाएका गीत जनताबाटै प्राप्त गरेका हौँ।" यी गीतमा नेपाली संस्कृति छ, इतिहास छ। जनताले नै कथेको गीत गाएर प्रचार गर्दा श्रोताहरू मख्ख परेर सुन्छन् तर कम्युनिस्ट साथीहरू उनलाई बुर्जुवा गायक भन्छन्। "प्रेम प्रकृति हो, प्रेम सौन्दर्य पनि हो," बस्नेत गम्भीर हुँदै प्रश्न गर्छन्, "प्रकृति र सौन्दर्यलाई गाउँदा कसरी बुर्जुवा भयौँ त हामी ?"
जनगीत या जनताका गीत भनिए पनि जनताबीचै यी लोकपि्रय छैनन्। म्युजिक नेपालको संगीत बिक्रीका आधारमा निकालिएको तथ्यांकले पनि मूलधारका गीतका तुलनामा 'जनगीत' अत्यन्त पछि परेको देखिन्छ। आधुनिक गीततर्फ बिक्रीका आधारमा अत्कृष्ट पाँच गीति एल्बममा क्रमशः आशा -रामकृष्ण ढकाल), कुसुम -कुन्ती-शिलाबहादुर मोक्तान), गीतियात्रा -नारायणगोपाल), उपहार -उदितनारायण झा-आलोकश्री) र आरोह -रामकृष्ण ढकाल) परेका छन्। यीमध्ये, आशा, कुसुम र गीतियात्राका एल्बमहरू एक लाखभन्दा बढी बिक्री भएका छन् भने बाँकी दुई एल्बमले पनि ७० हजारको अंक पार गरसिकेका छन्। यता प्रगतिशील विधामा रक्तिम-४, रक्तिम-१, आमा दिदी बहिनी -जेबी टुहुरे), जनगीति यात्रा -राजन राई) र रक्तिम-१५ परेका छन्, जसको बिक्री संख्यामा पहिलो एल्बमले २० हजारको अंकमा बल्लबल्ल टेकेको छ भने बाँकी १५ हजारभन्दा उकालो लाग्न सकेका छैनन्।
जनताका गीत भनिए पनि जनताका कानमा पुग्न सफल गीतहरूमा 'बुर्जुवा' गीतहरू धेरै अघि देखिन्छन्। यस कुरालाई सगरमाथा डिजिटलका हीरा केसीले दिएका तथ्यांकले पनि पुस्ट्याइँ गर्छन्। उनका अनुसार आनन्द अधिकारीको रचना, आशीष अविरलको संगीत र नरेन्द्र प्यासीको स्वरको 'तिमीबिनाको जीवन' बोलको गीतले नेपाल टेलिकमको सीआरबीटी डाउनलोडमा २ लाख ५० हजार नाघिसक्यो। यस्तै 'तिमीले पराई ठाने पनि' बोलको गीतले १ लाख ९० हजार, 'तिमीले दिने माया' र 'तिम्रो दिलमा चोट लाग्दा' पनि १ लाख ५० हजारमाथिको संख्यामा डाउनलोड भएका छन्। "आधुनिक गीतसँग जनगीतको तुलना नै हुनसक्तैन," केसी भन्छन्, "हाम्रो बजार बिक्रीमा जनगीत धेरै पछाडि छन्।"
प्रसारणका दृष्टिले त जनगीत झन् कमजोर देखिन्छन्। एमालेको नौमहिने शासनकालमा प्रदीप नेपाल सञ्चारमन्त्री हुँदा 'मेची-काली'का नाममा जागरण गीतका रूपमा यी गीतहरूको प्रसारण गरएिको थियो तर एमाले सत्ताबाट बाहिरएिको भोलिपल्टदेखि नै यसको प्रसारण बन्द गरयिो। त्यसपछि पनि धेरैपटक वामपन्थी दल सरकारमा गए तर फेर ियस्ता गीतको प्रसारणले निरन्तरता पाउन सकेनन्। अहिले माओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री छन् तर प्रगतिशील भनिने गीतहरू रेडियो नेपाल र नेपाल टेलिभिजनबाट समेत बज्दैनन्। "रेडियोले चाहिँ बजाउँछ," रेडियो नेपालका धनेन्द्र विमल भन्छन्, "तर, पहिला मेची-काली भनेर छुट्टै विधामा राखेर बजाउने कार्यक्रम भने छैन।"
जनताका गीत जनताबीच नै लोकपि्रय छैनन्, किन ? रायन भन्छन्, "प्राविधिक कमी-कमजोरीका कारण जनगीत जनजिब्रोमा झुन्डिन सकेका छैनन्, यसबाहेक आर्थिक रूपले पनि हामी मूलधारका कलाकारसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौँ।" तर, यसभन्दा पनि अझ व्यावहारकि कुरा गर्छन् जेबी टुहुरे। भन्छन्, "मजस्तो प्रगतिशील गायकका छोरा-नातिले नै मेरा गीत सुन्दैनन्, तिनीहरूलाई माया-प्रेमकै गीतले मन बहलाउँछ। कम्युनिस्टका ठूला नेताले पनि माया-प्रेमकै गीत सुन्छन्, जनवादी गीत सुन्दैनन्। मैले देखेको छु।"
शान्ति आएपछि त फेर िपनि क्रान्तिकै गीत सुन्न आममानिसलाई इच्छा हुँदैन। यस अर्थमा प्रगतिशील कलाकारहरू पनि शान्ति भएपछि मूलधारमै पस्नुपर्छ, मूलधारसँगै प्रतिस्पर्धा गर्नुपर्छ। भलै, प्रेम र विरहका गीत नगाउन् तर कालीप्रसाद रजिालको 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्' या गोपाल योञ्जनको 'मेरो गीत मेरै प्रतिविम्ब होइन' जस्ता कलात्मक गीतहरू गाएर पनि त लोकपि्रय हुन सकिन्छ नि ! सम्भावना अनन्त छन्, खालि आफ्नो सोच र कलालाई कति फराकिलो पार्ने हो, त्यसमा सोच्नुपर्छ 'प्रगतिशील' कलाकारले।
'नेताहरू नै गाउँछन् बुर्जुवा गीत'
"हामी संकल्पमा हुँदा म नारायणगोपालका प्रत्येक गीतहरू गुनगुनाउँथेँ," रामेश भन्छन्, "यो सुनेर मदन भण्डारीले हामीलाई हकार्थे, तपाईंहरूको हड्डीमै सामन्ती संस्कार पसेको छ, त्यसैले तपाईंहरू सामन्ती बुर्जुवाका गीत गाउनुहुन्छ। नारायणगोपालका गीतहरू बिख हुन्, बाहिर चिनी दलेर चकलेटजस्तो तपाईंहरूलाई चटाइरहेछन्। अब यस्तो भ्रममा नपर्नुहोस् कमरेड भन्थे।" तर, सत्तामा आएपछि मदन भण्डारीले नै नारायणगोपालका गीतहरू मन पर्ने कुरा गरे।
उनीहरूलाई बुर्जुवा भन्न तिनै नेताहरूले सिकाए र सत्तामा पुगेपछि उनीहरूलाई एक्लो पारे। रामेशले आफैँले कसैलाई कहिल्यै 'बुर्जवा' भनेनन्। उनले नेताले अह्राएर उनीहरूलाई बुर्जुवा भनेका हुन्। "सहरयिा भोट बटुल्न भण्डारीले नारायणगोपाललाई राम्रो गायक भनेका हुन्," रामेश आज के निष्कर्षमा पुगेका छन् भने नेताहरूले उनीहरूको सोझोपनको फाइदा उठाएर उनीहरूलाई 'मूतको न्यानो'मा सुताएका रहेछन्।
रायन उनीहरूका नेतामा सांस्कृतिक दरदि्रता देख्छन्। भन्छन्, "उनीहरूले हामीलाई हरेक आन्दोलनमा ढालका रूपमा प्रयोग गर्छन् तर राम्रा कलाकारको नाम लिनुपर्दा हाम्रो होइन, बुर्जुवा खेमाका कलाकारको नाम लिन्छन्। हामीलाई बुर्जुवा भन्न सिकाउने नेताहरू सरकारमा गएपछि चर्पीमा बस्दा, नुहाउँदा पनि तिनै बुर्जुवा गीतहरू गुनगुनाउँछन्।" नेताले उनीहरूलाई ढाल बनाएर आन्दोलनमा प्रयोग गरेको आरोप लगाउँछन् रायन।
जीवन शर्माको भनाइमा कम्युनिस्टहरू अहिले सरकारमा मात्र पुगेका हुन्, सत्ता परविर्तन गर्न सकेका छैनन्। त्यसैले राजा महेन्द्रले डिजाइन गरेको संस्कृति हुर्किरहेको संगीतमा परविर्तन असम्भव छ। यसका लागि सत्ता नै परविर्तन नगरी हुँदैन।
तर, मणि थापाको विचार भिन्न छ। नेताको आदेशमा होइन, स्वतन्त्र सिर्जनाबाट गीत-संगीत जन्मियो भने त्यो प्रगतिशील हुँदाहुँदै पनि लोकपि्रय हुनसक्छ। श्रोताले प्रेमका गीत मात्रै सुन्दैनन् बरु जीवन-व्यवहारका स्तरीय गीतहरू प्रेमको पाटोलाई छाडेर सिर्जना गरयिो भने त्यो बढी लोकपि्रय हुनसक्छ। आजका मूलधारका धेरै सर्जकहरूले त्यो बाटो रोजिसकेका छन्। "मुख्य कुरा राजनीतिक संकुचितताबाट माथि उठेर सिर्जना गरयिो भने प्रेमबिनाकै गीत-संगीतलाई पनि जनताले सुन्छन्," मणि थापा भन्छन्, "यसका लागि हाम्रा कलाकारकै सोचमा आमूल परविर्तन आवश्यक छ।"
'जनगीत लोकपि्रय'
मोहनविक्रम सिंहको 'मसाल' पार्टी सत्तामा गएको छैन। रामेश र रायनका अनुभवमा पार्टी सत्तामा पुगेपछि जनगीत अलोकपि्रय हुन्छन्। त्यसैले जीवन शर्माका 'जनगीत' आज पनि लोकपि्रय छन्। रक्तिम परविारका गीतहरू पश्चिमाञ्चलभर िलोकपि्रय छन्। गाउँगाउँमा पुगेर कुनै बेलाको 'संकल्प' र 'वेदना'ले झैँ रक्तिमले पनि कार्यक्रम गररिहेछ। "जीवन शर्माका गीतका सबै एल्बम बिक्रीको हिसाब गर्ने हो भने प्रतिवर्ष अढाइ लाखसम्म बिकेका छन्," म्युजिक नेपालका सन्तोष शर्मा भन्छन्, "माओवादी जनयुद्धकालमा उनका गीतहरूले अझ उचाइ छोएका थिए।"
जीवन शर्मा पनि आफूलाई कुनै मूलधारका सर्जकभन्दा कम ठान्दैनन्। "म ७१ जिल्लामा आफ्ना सिर्जनाहरू लिएर पुगेको छु, लाखौँ जनताले सुनेका छन्," उनी भन्छन्, "महेन्द्र शासनकालका व्यक्तिहरू नै आजका प्रशासक र मिडिया हाँक्नेहरू भएकाले मेरा गीतहरू रेडियो, टीभीमा कम बज्छन् तर जनताले मेरा गीत बुर्जुवा गीतकै तुलनामा गुनगुनाउँछन्।" उनका भनाइमा आफ्ना गीतहरू पैसावाल, अद्योग-व्यवसायी र सामन्तका विरुद्धमा भएकाले उनीहरूले यस्ता गीतलाई विज्ञापन दिन रोक लगाउँछन् र विज्ञापनका अभावमा उनका गीत मिडियामा नबजेका हुन्। तर, उनी जतिसुकै दुःख-कष्ट बेहोर्नुपरे पनि आफ्ना मान्यता र विचारबाट जनगीतलाई अलग्याउने पक्षमा छैनन्।
म्युजिक नेपालका अनुसार रक्तिमका क्यासेट, सीडी र भीसीडीहरू देशभित्र मात्र होइन, विदेशमा समेत लोकपि्रय छन्, त्यसैले उनका गीत आमजनगीतमध्ये लोकपि्रय छन्। लोकभाखामा संगीतबद्ध 'सिमली छाया' बोलको गीतले त उनलाई लोकपि्रयताको उचाइमा पुर्याएको त्यस क्षेत्रका संगीतकर्मीहरूको बुझाइ छ। उनका गीतहरू सशस्त्र युद्धकालमा माओवादी मञ्चबाट पनि प्रशस्त गाइएको थियो।
No comments:
Post a Comment