एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले यही २०७० साल माघ २ गते बिहिबार वरिस्ठ संस्कृतिकर्मी जे. वि. टुहुरेलाई बधाई एवम् शुभकामना कार्यक्रमको आयोजना गर्यो। वरिस्ठ संस्कृतिकर्मी जे. वि. टुहुरेलाई एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले समानुपातिकको कोटामा संबिधान सभाको सदस्यमा मनोनयन गरेको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिका संयोजक मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कार्यालय सदस्य बलराम तिमिल्सिनाले गर्नु भएको थियो। आफ्नो मन्तव्यको क्रममा वरिस्ठ संस्कृतिकर्मी जे. वि. टुहुरेले आफूले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको सहयोगमा संबिधान सभाको बैठकमा सांस्कृतिक आन्दोलनका बारेमा कुराहरू उठाउने धारणा राख्नु भयो ।
Saturday, January 18, 2014
बधाई एवम् शुभकामना कार्यक्रम सम्पन्न
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment