Sunday, October 4, 2015

भारतीय हस्तक्षेप बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियान-२

भारतीय हस्तक्षेपको बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियानको दोश्रो कार्यक्रम आज २०७२ साल असोज १५ गते पाटनको मंगलबजारमा आयोजना गरियो । कविहरुले भारतले लगाएको नाकाबन्दीको बिरुद्धमा आ-आफ्ना कविता मार्फत भारतीय हस्तक्षेपको बिरोध गरे। एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ लगायत चार साँस्कृतिक संगठनको संयुक्त मोर्चा "भारतीय हस्तक्षेपको बिरुद्ध सांस्कृतिककर्मीहरुको संयुक्त अभियान" को आयोजनामा आयोजित उक्त कार्यक्रममा अभियानका संयोजक मणि थापाको मन्तव्य पश्चात कविहरु ईश्वरचन्द्र ज्ञवाली , डा. जगदीशचन्द्र भण्डारी , मातृका पोखरेल , बलराम तिमिल्सिना , बिष्णु भण्डारी , मणिराज सिंह , चेतनाथ धमला , राधा कार्की , मदन प्रभात , विष्णु नेम्वाङ्ग , ईश्वरी गुरागाईंले कविता बाचन गर्नु भएको थियो। उक्त कार्यक्रममा गायकहरु बदन शर्मा र कुस्मिता दर्लामीलेले देशभक्ति गीतहरु प्रस्तुत गर्नु भएको थियो । बलराम तिमिल्सिनाले संचालन गर्नु भएको उक्त कार्यक्रममा डा. जगदीशचन्द्र भण्डारीले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको थियो। धन्यवाद मन्तव्य पश्चात उक्त कार्यक्रमको समापन गरिएको थियो। 


























































No comments: