Saturday, March 18, 2017

१८ औं 'सांस्कृतिक प्रतिरोध दिवस' सम्पन्न

समाजको आमूल परिवर्तन तथा जनताको संस्कृति निर्माणको खातिर हजारौँ सपुतहरूले आफ्नो जीवन अर्पण गरे । सत्ताका ठेकेदारले तिनलाई भित्र थुनेर बाहिरबाट आगो लगाए, लखेटी–लखेटी गोली दागे । १८ वर्ष अघि काभ्रेपलान्चोकको अनेकोटमा प्राण आहुति दिने तिनै महान् योद्धा/कलाकारको सम्झनामा हरेक वर्ष चैत्र ५ गते प्रतिरोध दिवस मनाइन्छ । यही दिनलाई क्रान्तिकारी सांस्कृतिककर्मीहरु 'सांस्कृतिक प्रतिरोध दिवस' का रुपमा मनाउछन । यही २०७३ साल चैत ५ गते जनसांस्कृतिक महासंघ, नेपालले पेरिसडांडामा १८ औं  'सांस्कृतिक प्रतिरोध दिवस' विभिन्न कार्यक्रमका साथ मनायो ।

कार्यक्रम नेकपा माओवादीका वरिष्ठ नेता एवम् संगठन बिभाग प्रमुख रामबहादुर थापा 'बादल' को प्रमूख आतिथामा सम्पन्न भएको थियो।  









======================================
दाङ्को खबर 




=================================
युवराज चौलागाईंकप फेसबुक वालबाट 

अनेकोटका महान सहिद कमरेड गुम्बासिं तामांग र म २०५५ साल कार्तिक १७ गते बिहीबार बनेपाको आज़ाद स्कूल मुनीको घरबाट एकै पटक गिरफ्तारीमा परेका थियौं। हप्तौं सम्म धुलिखेल कस्टडीको नारकीय यातना, काभ्रेका तत्कालीन डियसपी यादब अधिकारीको पाशवीक व्यबहार र अन्नत: हिरासतबाट चमत्कारिक रुपमा भाग्न सफल गुम्बासिं तामांग (कमरेड जीवन)बारे अनगिन्ती स्मृतीहरु आउंछन् मेरो मानसपटलमा। त्यसै गरी हार्मोनियममा खेलिरहेका बिशाल कदका च्यॉग्बा र मसिनो जिउडाल, हंसिलो मिजासकी चिनिमाया तामांग (कमरेड सरला) का यादहरुले सताउंछन्। २०५५साल चैत्र ०५ गते काभ्रे जिल्लाको अनेकोट गाउंमा उनीहरु ७ जना कलाकारहरुलाई घेरा हाली आगो लगाएर क्रूरतापूर्बक हत्या गरिएको थियो। गुम्बासिं तामॉग, च्यांग्वा लामा, चिनिमाया लामा लगायत सपुतहरुको हत्या हुंदा हामीहरु धुलिखेल जेलमा थियौं। आस्था र आदर्शका सतिसाल ती कमरेडहरुको बलिदानी आज 'सांस्कृतिक प्रतिरोध दिबस'को नामले स्थापित छ। ती महान शहीदहरुलाई हार्दिक श्रद्धा सुमन !!!

===================================

मणि थापाको फेसबुक वालबाट 

अनेकाेटका सहिद डम्बर श्रेष्ठ ,सुभद्रा सापकोटाका अामाहरू र खुसिराम पाख्रिन संग ycl काभ्रेको भेला तथा सांस्कृतिक प्रतिराेध दिवश।अनेकाेट चैत्र ५, २०७३ ।






=======================================

लेख 

चैत ५ को सांस्कृतिक प्रतिरोध दिवसलाई कसरी स्मरण गर्ने ?

-खेम थपलिया


चैत ५ अर्थात् सांस्कृतिक प्रतिरोध दिवस । प्रतिरोध, आक्रोश र प्रतिवद्धताको दिन । वर्गप्रेमद्वारा लछप्पै हुने र दुश्मनप्रति चरम घृणाको आगो ओकल्ने दिन । यसै पनि हामी यतिखेर एउटा आँधी–तुफानको पूर्वसन्ध्यामा छौँ । सशस्त्र द्वन्द्वलाई बिसाएर निःशस्त्र द्वन्द्वका माध्यमबाट समाज र राष्ट्रको आमूल परिवर्तन सम्भव हुन्छ भने क्रान्तिकारीहरू त्यसको पनि अधिकतम् उपयोग गर्न सिपालु हुन्छन् भन्ने विश्वासका साथ शान्ति–प्रक्रियामा सामेल भएको माओवादीमाथि ठूलो आघात पुगेको छ ।
राज्यको पुनर्संरचना, शाहीसेनाको पुनर्संरचना, अर्धसामन्ती अर्थव्यवस्थाको पुनर्संरचना, संस्कृतिमा नयाँ रूपान्तरण समाज र त्यसको पुराना प्रवृत्तिको पुनर्संरचना आदिमा अधिकांश संसदीय राजनीतिक पार्टीबाट ठूलो धोकाधडी भएको छ । परिणामतः नेपालमा युद्धको अन्त्य होइन, युद्धको नयाँ रूप पक्रेको छ । यतिखेर भौतिक युद्धसँगै वैचारिक–सांस्कृतिक युद्ध उठाउनु अपरिहार्य भएको छ । सहिदका सपना पूरा भएका छैनन् । हामी त्यो सपना पूरा गर्न तथा लक्ष्यमा पुग्न हिजो जति प्रतिवद्ध थियौँ, आज पनि उत्तिकै प्रतिवद्ध छौँ ।
नेपालको समकालीन राजनीतिक स्थितिले हामीलाई अत्यन्त गम्भीर बनाएको छ । सामन्ती तानाशाही राजतन्त्र फेरि आफ्नो विषालु फणा उठाउने षड्यन्त्र गरिरहेछ । त्यसलाई सहयोग र धाप मार्ने काम गरिरहेको छ– इन्डो सिआईएले । यथास्थितिवादीहरू उही अढाईसय वर्षदेखि नेपाल र नेपाली जनताको दुर्दशाको कारक बनेको सामन्तवादको अस्तित्व जीवित राख्ने षड्यन्त्रमा सामेल छन् । सहिद, जनआन्दोलन र जनयुद्धको भावना र उद्देश्य पूरा हुन नदिन यतिखेर जनविरोधी प्रतिगामी, यथास्थितिवादी र साम्राज्यवादी सत्रुहरू एकजुट भएका छन् । यिनै तत्वहरूले देशमा साम्प्रदायिक दङ्गा, क्षेत्रीय विद्वेष, धार्मिक असहिष्णुता, राष्ट्रिय विखण्डन, अराजकता र अस्तव्यस्तता, गुण्डागर्दी र लुटपाट, जातीय र धार्मिक अतिवादलाई भड्काइरहेछन् । जनताको अधिकार स्थापित गर्न नदिन यस्ता तत्वहरू क्रियाशील रहेको छर्लङ्गै छ ।
यस्तो बेला एकीकृत जनक्रान्तिको आँधी सृष्टि गर्नु अनिवार्य भएको छ । यो परिवर्तित सन्दर्भमा सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भिकता र औचित्य अरू बढेर गएको छ ।
हाम्रा अगाडि महान्् सहिदहरूका रगतले लेखेको इतिहास, उनको जीवनोत्सर्ग, आस्था, उनका बलिदानको सपना र विचारको निष्ठाले खबरदारी गरिरहेको छ– कम्युनिस्टको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्राज्यवादी उत्पीडन, दमन र शोषणविरुद्ध सधै“ जागिरहने निष्ठा र समर्मणलाई नछोड्नू, एकीकृत जनक्रान्तिको मार्गदिशा पक्रनू आदि आदि । सहिदको जीवनोत्सर्गको गाथा कोरिएका देशका सयौँ स्थानहरू र बलिदानको कोटा चुक्ता गर्दा सहिदको रगतले पार्टी–लेवी तिरिएको छ । तिनले हामीलाई प्रतिरोध, बलिदानको र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् ।
शौर्य, साहस र वीरताको यी १८ वर्ष निकै मार्मिक छन् । तिनले हामीलाई स्मृति–स्थल र शौर्ययुक्त इतिहासको ताजा–स्मरण गराइरहेछन् । तिनै स्मृति–स्थलमध्ये महत्वपूर्ण स्थल हो– अनेकोट । अनेकोटमा ७ जना सांस्कृतिक योद्धाहरूले मुक्तिका लागि बलिदानको कोटा चुक्ता गरेका थिए ।
२०५५ सालको चैत ५ गते तत्कालीन बर्बर र अमानवीय तानाशाही सत्ताले सांस्कृतिक कार्यक्रम देखाउनेक्रममा काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर हत्या गरेका थिए । साथै, अछामको डुङ्गालामा पनि सांस्कृतिक कार्यक्रम देखाइरहेका जनकलाकारहरूलाई दर्शक भेषमा एसएमजी बोकी आएको जल्लादहरूको समूहले मञ्च तथा दर्शकदीर्घामा एकसाथ अन्धाधुन्ध र अनियन्त्रित गोली वर्षा गरी ९ जनाको हत्या गरेको थियो । त्यसैगरी, रोल्पाको भवाङमा सांस्कृतिक प्रशिक्षण लिइरहेका ११ जना जनकलाकारहरू, डोटीको मुडभरास्थित शारदा माध्यामिक विद्यालयमा सांस्कृतिक कार्यक्रम देखाइरहेका विद्यार्थी र जनकलाकारहरू तथा अछामकै विनायकमा सांस्कृतिक महोत्सव मनाइरहेका ६ जना जनकलाकर्मीहरूमाथि बम र गोली वर्षाइएको थियो । यी सबै घटनामा सहादत प्राप्त गर्नुहुने महान् सांस्कृतिक सहिदहरूको सम्मान र सम्झना हामीले प्रत्येक वर्ष चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएका छौँ । यस वर्ष पनि देशैभर १८ औँ सांस्कृतिक प्रतिरोध दिवस भव्यतापूर्वक मनाइँदैछ ।
सांस्कृतिक प्रतिरोध दिवस औपचारिकतामा मात्र होइन, निरन्तर सङ्घर्षको सन्देश पनि हो । सहिदको स्मृति भनेको तिनको त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणको प्रक्रिया हो । हामीले सहिदका रगतले लेखेको इतिहास मेट्न दिनुहुन्न । यो वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्गसङ्घर्षलाई लगातार अघि बढाउँदै कम्युनिस्टलाई अन्तिम विजय नुहुँदासम्म सङ्घर्ष जारी राख्ने सन्दर्भ पनि हो । सांस्कृतिक प्रतिरोध दिवस मनाउनु अर्थ आम परिवर्तनकामी जनतालाई मोर्चाबन्दी गर्नु पनि हो ।
निश्चय पनि हाम्रो सांस्कृतिक आन्दोलन निकै ठूला उथल–पुथल र उतार–चढावका साथ यहाँसम्म आइपुगेको छ । हामीले संशोधनवाद, नवसंशोधनवाद, अकर्मण्यता, अवसरवाद, जडसूत्रवाद, संसदीय सुधारवाद, मिहीन संशोधनवाद आदिका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेका छौँ । हाम्रो सङ्गठनले वर्गसत्रुका भीषण दमन, हत्या, आतङ्क, जेलनेल, बेपत्ता र गैर–न्यायिक गोप्य हत्या र युद्ध–अपराध एवम् टाउकाको मूल्य तोक्ने र क्रान्तिकारी विचारको निषेध गर्ने प्रवृत्तिसित पनि निरनतर सङ्घर्ष गर्दै आइरहेको छ । ‘रोमियो’, ‘किलो सेरा टु’, ‘सर्च एन्ड किल’, ‘कर्डेन र स्विफ्ट’, ‘कम्बिङ अपे्रसन’ आदि दमन पनि हाम्रो सङ्गठनले झेल्नुप¥यो । ६ जना खत्री बन्धुको हत्याबाट सुरु भएको त्यो दमन–हत्या–निषेधको अभियान सांस्कृतिक मोर्चामा पनि प¥यो । गाउँमा कलम, मादल, सारङ्गी, बाँसुरी, गीत–सङ्गीत बोकेर हिँड्नेहरूलाई सामूहिक घेरा हालेर हत्या गरियो ।
निरङ्कुश पञ्चायती सत्ताबाट छिन्ताङ, सखानी र पिस्करमा गरिएका सामूहिक हत्याकाण्डकै प्रक्रियालाई अघि बढाउँदै काभ्रेको अनेकोटमा, रोल्पाको भावाङ र गुम्चालमा, अछामको डुङ्गला र विनायकमा, डोटीको भुडभरा र छेंडामा, डोल्पाको माझफालमलगायत कैयौँ ठाउँमा सामूहिक वीभत्स हत्याकाण्ड घटाइएको हो भन्ने कुरामा कुनै दुईमत छैन । यसैप्रक्रियामा कृष्ण सेन ‘इच्छुक’, मस्त बिष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, डीबी थापा, रोहित कोइराला, पुष्पराज चौधरी, हर्षबहादुर मल्ल, शिव श्रेष्ठ, अञ्जान विरही, शारदा श्रेष्ठ, डम्बर श्रेष्ठ, शुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बासिंह तामाङ, कौशिल्या तमु, एकराज विक, डीबी लामा, जयराज भट्ट, इन्दिरा आचार्य, सङ्गीता चौधरी, निर्मला देवकोटा, मञ्जु कुँवर, चञ्चला आले, भोगट राय, विदुर भगत, उतिचन राय यादव, रामकृष्ण महतोसहित १७० भन्दा बढी संस्कृतिकर्मीको हत्या भयो । बौद्धिक–संस्कृतिकर्मीलाई पक्रेर जेल हालियो । तत्कालीन सत्ताले पार्टीमाथि मात्र होइन, सांस्कृतिक मोर्चामाथि पनि प्रतिबन्ध लगायो । यस्तो बेलामा पनि हाम्रो सङ्गठन र सङ्गठनका नेता÷कार्यकताबाट त्याग, बलिदान, शौर्य, साहस, समर्पण र प्रतिबद्धतालाई उँचो राखेर क्रान्ति÷वैचारिक रातो झन्डालाई झुक्न दिएनन् । यी दिनहरू हाम्रा लागि विशेष स्मरणीय र उत्प्रेरक रहेका छन् ।
स्वयम् सहिद बन्नुभएका इच्छुकले सांस्कृतिक सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्दै ‘कलम’ (साहित्यिक त्रैमासिक) को सांस्कृतिक अङ्कमा मस्तबहादुर बिष्टलगायत अनेकोट र भावाङको सामूहिक हत्यामा सहादत प्राप्त गर्नुभएका सांस्कृतिक योद्धा र अमर सहिदहरूप्रति सम्मान व्यक्त गर्दै भन्नुहुन्छ, “वर्गबैरीहरूका विरुद्धको भीषण र निर्मम युद्धमा कहिल्यै पनि शिर झुकाएनन् तिनले, न त कहिल्यै खुट्टा कमाए । आज हाम्रो हृदयको आकाशमा साहसका दिव्य नक्षत्र बनेर चम्किरहेका छन् ती । तिनको सम्झना मात्र पनि हाम्रा निम्ति अपूर्व प्रेरणाको स्रोत बनेको छ । हाम्रो हृदय वर्गबैरीहरूका विरुद्ध अपार घृणा र वर्गबन्धुहरूप्रति अपार प्रेम र श्रद्धाले भरिन पुगेको छ । व्यक्तिको आत्मिक परिष्कार र मानसिक चेतनालाई धारिलो पार्दै सांस्कृतिक क्षेत्रबाट वर्गदुश्मनका विरुद्ध निरन्तर सांस्कृतिक प्रतिरोध नगरीकन हाम्रो वर्गीय युद्धलाई सबल र सफल तुल्याउन सम्भव हुनेछैन ।
त्यसका निम्ति महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अग्रगामी चेतनालाई पक्रेर हाम्रा महान् सहिदहरूले देखाएको आदर्श र हाम्रा अग्रजहरूले अङ्गीकार गरेको मार्गलाई कर्ममा वर्गदुश्मनका विरुद्ध निरन्तर सांस्कृतिक प्रतिरोध नगरीकन हाम्रो वर्गीय युद्धलाई सबल र सफल तुल्याउन सम्भव हुनेछैन । त्यसका निम्ति महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अग्रगामी चेतनालाई पक्रेर हाम्रा महान् सहिदहरूले देखाएको आदर्श र हाम्रा अग्रजहरूले अङ्गीकार गरेको मार्गलाई कर्ममा अवलम्बन गर्नुभन्दा अर्को विकल्प आज देशका सामु छैन ।”
यतिखेर हामी विचार, बलिदान, विश्वास र रूपान्तरणका निम्ति १८ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाइरहेका छौँ । जनयुद्धका क्रममा काभे्रको अनेकोटलगायत देशैभरिका सामूहिक हत्याकाण्डको सम्झनामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले मनाउँदै आएको सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा ती महान् सहिदहरूको सम्झना र सम्मान गरिँदैछ । जनताका गीत गाउँदै हिँड्नेक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्वा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यसत्ताले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङघले सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आइरहेको छ । महासङ्घले रोल्पाको भावाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यसलाई मनाउँदै आएको छ ।
अन्तमा, हामी १८ औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा हामी महान्् सांस्कृतिक सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरूका सपना पूरा गरेर छाड्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ । स्मरण रहोस्, एमालेको सुराकीमा प्रहरीको एक जत्थाले काभ्रैको अनेकोटमा जनकलाकारहरू च्याङबा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, शुभद्रा देवकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेका थिए । सम्पूर्ण सांस्कृतिक सहिदहरू लाल सलाम !
(थपलिया नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव हुनुहुन्छ ।)


======================================

लेख 

सन्दर्भ : ‘सांस्कृतिक प्रतिरोध दिवस’
-ऋषिराज बराल


चैत ५ गते । २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएका छौँ । यस सांस्कृतिक प्रतिरोध दिवसका सन्दर्भमा म सबैभन्दा पहिले २०५५ साल चैत ५ मा अनेकोट प्रतिरोध सङ्घर्षमा बलिदानको बाटो रोज्ने कमरेड च्याङ्वा लामासहितका सांस्कृतिक कर्मीहरूप्रति क्रान्तिकारी अभिवादन गर्दछु र क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई नयाँ किसिमले एकताबद्ध पार्दै अघि बढ्न नयाँ जनवादी क्रान्तिका पक्षधर मित्रहहरूसित हार्दिक अपिल गर्दछु ।
आज राजनीतिक क्षेत्रले जुन किसिमको वैचारिक तथा राजनीतिक ऊर्जा दिन सक्नुपर्दथ्यो, त्यसो हुनसकेको छैन । माओवादको नाम लिएर विसर्जनवादको जसरी अभ्यास भइरहेको छ, यो खतरनाक छ । एक थरीले पार्टीको नामसित माओवादी जोडे पनि तिनले संसदीय व्यवस्थालाई बलियो पर्ने शपथ खाइसकेका छन् । अर्काथरीले पहिले नामबाट र पछि विस्तारै कामबाट पनि माओवादलाई हटाउने ‘उत्तरवादी’ महाभियान सुरु गरेका छन् । ‘लाल झन्डाका विरुद्ध लाल झण्डा’ को यो मिहीन योजनाबद्धता निकै खतरनाक छ । घोषित संशोधनवादभन्दा खतरनाक छ यो ‘उत्तरवादी’ विसर्जनवादी अभियान । क्रान्तिकारी हुनुको भ्रम दिएर यसले युवाहरूको जमातलाई अँध्यारो सुरुङमा धकेलिरहेको छ ।
‘पोलिटिक्स इन कमान्ड’मा कतै विमति छैन । तर माओले भनेझैँ राजनीतिले गलत बाटो लिएपछि अधिरचनाका अन्य अङ्गहरू अगाडि आउनु अपरिहार्य हुन्छ र यतिबेला सांस्कृतिक–बौद्धिक क्षेत्रसामु यो जिम्मेवारी आएको छ । राजनीतिले बाटो बिराउन थालेपछि साहित्यकारहरूले सचेतकको भूमिका खेल्नु आवश्यक हुन्छ ।
अहिले मालेमाप्रति प्रतिबद्ध लेखकहरूको एउटा दरिलो मोर्चाको आवश्यकता भए पनि त्यसले मूर्त रूप लिनसकेको छैन । यस कार्यमा राजनीतिक तथा सांस्कृतिक दुवै क्षेत्रको क्रियाशील भूमिका आवश्यक छ । परन्तु समस्या यहीँनेर छ । माक्सवादी साहित्यिक–सांस्कृतिक आन्दोलन माउबिनाको चल्लाजस्तो भएको छ । उपभोक्तावादी मानसिकता व्याप्त छ । अगुवाहरू नै अनुभववाद र प्रभाववादको जञ्जालमा रुमलिएका छन् र भताभुङ्ग र लथालिङ्गको साक्षी बनेर इतिहासको विकृतीकरणमाथि लालमोहर ठोकिरहेका छन् । क्षेत्रीयतावाद, कुण्ठावाद, गुटवाद र प्रभाववादी सङ्कीर्णताका कारण माओवादी सांस्कृतिक आन्दोलनमा झारपात–पतिङ्गरहरूको रजगज चलेको छ । बाघको छालामा स्यालहरूको रजाइँ छ । फ्याउराहरूको चुरीफुरी बढेको छ र इमानदार, क्षमतावान क्रान्तिकारी सांस्कृतिककर्मीहरू पाखामा बसेर सबै चीज टुलुटुलु हेर्न बाध्य पारिएको स्थिति छ । यस्तो बेला क्रान्तिकारी सांस्कृतिक आन्दोलनका पक्षधरहरूले जुनसुकै चुनौतीका लागि पनि आफूलाई तमतयार राख्नु आवश्यक छ ।
माओवादी राजनीतिक क्षेत्रमा देखिएको विचलन र अन्योलले अकर्मण्यताको स्थिति उत्पन्न गरेको छ । माओवादी आन्दोलनसित ऊर्जाशील र क्षमतावान शक्ति भएर पनि योजनाबद्धताको अभावमा यसले लेखन र वैचारिक क्षेत्रमा दरिलो हस्तक्षेप गर्नसकेको छैन । यथास्थितिवादी राजनीतिझैँ यथास्थितिवादी लेखनचिन्तन हाबी हुनथालेको छ । वर्गीय प्रश्नहरू ओझेलमा परेका छन् र गैसस संस्कृतिको हालीमुहाली चल्न थालेको छ । चारैतिर खोटा मोहरहरूको चकचकी र जगजगीको अवस्थामा छ । इतिहासका निर्माताहरूका छातीमा फ्याउराहरू परेड खेलिरहेका छन् र इमानदार, स्वाभिमानी र सङ्घर्षशील सर्जकहरू किनारमा बसेर सबै बेथिति हेर्न बाध्य छन् । बाह्य शक्ति मात्र होइन, आफैभित्रको फोहोरमैला पनि सांस्कृतिक आन्दोलनलाई गति दिन बाधक बनेर उभिएको छ । पानी जमेको छ र फोहोरमैला निकास हुन सकिरहेको छैन । यसै अर्थमा यतिखेर दुवै मोर्चामा वैचारिक सङ्घर्ष तीव्र बनाउनु आवश्यक छ ।
अहिलेको स्थिति साहित्य तथा कलालाई समाज रूपान्तरणको महत्वपूर्ण हतियार मान्ने माक्सवादी स्रष्टाहरूका लागि साँच्चिकै चुनौतीको विषय बनेको छ । महान् जनयुद्धमा आर्जित सांस्कृतिक मूल्यमाथि धावा बोलिएको छ । एक हिसाबले साहित्यकै अपहरण भइरहेको बेला कलम र मादल वैचारिक सङ्घर्ष र समाज रूपान्तरणका सशक्त माध्यम हुन् भन्ने कुरामा विश्वास राख्नेहरू नयाँ किसिमले मोर्चाबद्ध हुनुको विकल्प छैन । समयको यो आवश्यकतालाई हामी सबैले आत्मसात गर्नु आवश्यक छ ।
समयले एकपल्ट फेरि हामी माओवादी सांस्कृतिक कर्मीहरूका सामु त्याग र बलिदानको नयाँ प्रस्ताव राखेको छ । यो सत्यतथ्यलाई आत्मसात गरेर हामी मालेमाका पक्षधर सांस्कृतिककर्मीहरू नयाँ किसिमले सङ्गठित र पुनर्गठित हुनु आवश्यक छ । ‘उत्तरवादी’ शून्यवादी चिन्तनका विरुद्ध मात्र नभएर माओवादका नाममा माओवादी सांस्कृतिक आन्दोलनलाई नै ध्वस्त पार्ने प्रवृत्तिका विरुद्ध निर्मम सङ्घर्षको आवश्यकता छ र यो काम नयाँ किसिमले मोर्चाबद्ध भएर मात्र सम्भव छ । यसका लागि हामी सबैले गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक छ ।
मालेमाप्रति प्रतिबद्ध भएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सांस्कृतिक सेनाको भूमिका पूरा गर्ने प्रतिबद्धता हाम्रो मिलनविन्दुको आधारभूत सर्त हो र हुनुपर्छ ।
‘सांस्कृतिक प्रतिरोध दिवस’को यो ऐतिहासिक घडीमा नयाँ जनवादी क्रान्तिका पक्षधर सांस्कृतिक कर्मीहरूबीच रहेका कतिपय व्यक्तिगत मतभेदहरू तथा वैचारिक विमतिहरू, खासगरेर ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’को तेस्रो राष्ट्रिय सम्मेलनका सन्दर्भमा देखिएका वैचारिक विचलन तथा भएरगरेका गलत निर्णयहरू सच्याउँदै नयाँ किसिमले एकताबद्ध हुनु आजको आवश्यकता हो । तेस्रो राष्ट्रिय सम्मेलनका सन्दर्भमा देखिएका वैचारिक विचलन तथा भएगरेका गलत निर्णयहरू नै माओवादी सांस्कृतिक आन्दोलनलाई विसर्जनको दिशातिर लैजाने कारक पक्ष हुन् भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । यसप्रति गम्भीर आत्मसमीक्षा र संश्लेषणको आवश्यकता छ । यो बिन्दुबाट अघि बढेर मात्र सांस्कृतिक क्षेत्रमा एकीकृत आन्दोलनको निर्माण गर्न सकिन्छ र हुन्छ । यस यथार्थलाई राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा क्रियाशील सांस्कृतिककर्मीहरूले गम्भीरतापूर्वक लिनु आवश्यक छ ।
अन्त्यमा, ‘सांस्कृतिक प्रतिरोध दिवस’का सन्दर्भमा बलिदानको महान् बाटो रोज्ने महान् योद्धाहरूले निर्माण गरेको सौन्दर्यमूल्यप्रति प्रतिबद्ध बनौँ र नयाँ जनवादी क्रान्तिलाई केन्द्रमा राखेर ऐक्यबद्धताका साथ अघि बढ्ने प्रण गरौँ ।
http://www.ratopati.com बाट

================================

अनेकोट सम्बन्धी एउटा गीत 

सलाम तिमिलाइ.... सभासद केशरी घर्ती मगर ( एलिना) गीत गाउदै ...

https://www.facebook.com मा हेर्नासक्नुहुनेछ । 

Wednesday, December 7, 2016

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाचौ राष्ट्रिय सम्मेलन सम्पन्न


अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेकपा (माओवादी) का महासचिव कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक भव्य कार्यक्रमका साथ उद्घाटन गर्नुभएको पाचौं राष्ट्रिय सम्मेलन २०७३ साल कात्तिक ३० र मङ्सिर १ गते गरी २ दिनसम सञ्चालन भएको थियो ।

नेकपा (माओवादी) का महासचिव कमरेड विप्लवले मैनबत्ती बाले उद्घाटन गर्दैगर्दा अखिल नेपाल लेखक सङ्घका तर्फबाट शोभा दुलालले कविता वाचन, अखिल नेपाल जनकलाकारका कमरेडहरूले साङ्गीतिक धून, अखिल नेपाल ललितकलाकर्मी सङ्घका कमरेडहरूले सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ र चुनु गुरुङको प्रोटेट तस्बिरको प्रदर्शन र अखिल नेपाल चलचित्रकर्मी सङ्घका कमरेडहरूले राष्ट्रिय स्वाधीनताका पक्षमा सशक्त अभिनय गरेका थिए ।

शुभकामना मन्तव्य दिदै विप्लवले दलालीकरणका विरुद्ध प्रगतिशील स्रष्टाहरूले सशक्त रूपमा निरन्तर बोल्नुपर्ने बताउनुहुदै क्रान्ति अलमल परेको बेला बाटो पहिल्याउने र क्रान्ति अगाडि बढेको बेला क्रान्तिको सेवा गर्ने प्रगतिवादी साहित्यकर्मीहरूको मुख्य अभिभारा भएको बताउनुभएको थियो । साथै, नेपालमा जनवादी साहित्य र संस्कृतिको अवमूल्यन भएको भन्दै जनकलाकारहरूले यसका विरुद्ध सशक्त आवाज उठाउनुपर्ने कुरामा जोड दिदै अग्रज जनकलाकार, साहित्यकारको उचित सम्मान गर्दै व्यवस्थापनमा सहयोग गर्ने बताउनुभएको थियो ।

उद्घाटन कार्यक्रममा माओवादी केन्द्रनिकट सांस्कृतिक मोर्चाका अध्यक्ष सरल सहयात्री, प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष बन्धु चन्द, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पूर्णबहादुर सिंह, जनवादी गीतकार तथा कवि मणि थापा, जनवादी गीतकार खुशीराम पाख्रिन, वरिष्ठ संगीतकर्मी तथा साहित्यकार शरद पौडेललगायत अतिथिहरूले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी) का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, सन्तोष बुढा, पोलिटब्युरो सदस्य ओम पुनलगायत केन्द्रीयस्तरका नेताहरूको ठूलो उपस्थिति रहेको थियो ।

महासङ्घका संयोजक टेकबहादुर बलम्पाकीको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन कार्यालय सदस्य खेम थपलिया र स्वागत मन्तव्य कार्यालय सदस्य कुशल बोगटीले दिनुभएको थियो । सम्मेलनको बन्दसत्रले सांस्कृतिक विधान तथा प्रतिवेदन आवश्यक सुझावसहित पारित गरेको थियो । देशैभरिका झन्डै डेडसय प्रतिनिधि पर्यवेक्षकहरूको सहभागिता रहेको उक्त सम्मेलन टेकबहादुर बलम्पाकीको अध्यक्षतमा ३३ सदस्यीय अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नया नेतृत्व चयन गरेको छ ।

http://www.bishwadeepweekly.com बाट साभार 

Wednesday, November 16, 2016

जनसांस्कृतिक महासंघको राष्ट्रिय सम्मेलन सुरु


काठमाडौं : कात्तिक ३०, २०७३  अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलन उद्घाटन मंगलबार नेकपा (माओवादी)का महासचिव विप्लवले एक समारोहका बिच राजधानीको प्रज्ञाभवन कमलादीमा गर्नुभयो । विप्लवले मैनबत्ती बाल्दै गर्दा कवि शोभा दुलालले कविता वाचन र ललितकलाकर्मीले चित्रकलाको प्रदर्शन गरेका थिए ।

शुभकामना मन्तव्य दिँदै विप्लवले दलालीकरणका विरुद्ध प्रगतिशिल स्रष्टाहरुले सशक्त रुपमा निरन्तर बोल्नुपर्ने बताउनु भएको थियो । क्रान्ति अलमल परेको बेला बाटो पहिल्याउने र क्रान्ति अगाडि बढेको बेला क्रान्तिको सेवा गर्ने प्रगतिवादी साहित्यकर्मीहरुको मुख्य अभिभारा भएको बताउनुभयो ।

जनवादी साहित्य र संस्कृतिको अवमूल्यन भएको भन्दै जनकलाकारहरुले सशक्त आवाज उठाउनु पर्ने बताउनुभयो ।जनकलाकार साहित्यकारहरु कुण्ठित र निराश नहुन आग्रह गर्दै अग्रजहरुको उचित सम्मान गर्दै व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सरल सहयात्री, मात्रिका पोखरेल, जीवन शर्मा, बन्धु चन्द, पूर्ण बहादुर सिंह, मणि थापा, खुशीराम पाख्रिनलगायत अतिथिहरुले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी)का स्थायी समिति सदस्य धमेन्द्र बास्तोला, सन्तोष बुढा, पोलिटब्युरो सदस्य ओम पुनलगायत नेताहरुको उस्थिति रहेको थियो ।

महासंघका संयोजक टेकबहादुर बलम्पाकीको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन खेम थपलिया र स्वागत मन्तव्य कुशल बोगटीले राख्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादी निकटका जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य रमेश बिक नेकपा (माओवादी)मा प्रवेश गरेका थिए ।

http://janaganatantrik.com बाट साभार 

================================




Saturday, November 12, 2016

चारदिने केन्द्रीय स्कुल सम्पन्न

नेकपा (माओवादी केन्द्र ) का नेता नारायणकाजी श्रेष्ठले २०७३ साल कार्तिक २४ गते उद्घाटन गर्नुभएको  जनसांस्कृतिक महासङ्घ नेपाल द्वारा आयोजित चारदिने केन्द्रीय स्कुलको  २७ गते बर्षमान पुन' अनन्त' को प्रमुख आतिथ्यमा समापन भयो । जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष सरल सहयात्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन  महासङ्घका उप-महासचिव सङ्गीत स्रोताले गर्नुभएको थियो ।समापन कार्यक्रममा मातृका पोखरेल , बलाराम तिमीलसीना, खुसिरामले मन्तवय ब्यक्त गर्नुभएको थियो ।    कार्यक्रममा   समाजबादी कार्यदिशा, संस्कृति र सभ्यताको बिकाशक्रम तथा समाजबादी संस्कृतिबारे, सौन्दर्यशास्त्र र उत्तरआधुनिकता, दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र माओवादी आन्दोलनको संक्षिप्त समिक्षा समेत समावेश गरिएको यस स्कुलमा हरि रोक्का, रमेश भट्टराई, हरिगोविन्द लुईटेल, श्याम श्रेष्ठ, आहुति, बर्षमान पुन र नारायणकाजी श्रेष्ठले विविध विषयमा  प्रशिक्षण दिनुभएको थियो  ।

















Monday, September 19, 2016

प्रेस विज्ञप्ति




Saturday, September 10, 2016

सांस्कृतिक महासंघको कार्यवाहक अध्यक्षमा कवि शर्मा

जनसांस्कृतिक महासंघको एकता सम्मेलन भदौ ३० मा


 सीता शर्मा




एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको कार्यवाहक अध्यक्षमा कवि सीता शर्मा चयन भएकी छिन्। महासंघको पदाधिकारी बैठकले उपाध्यक्ष शर्मालाई कार्यवाहक अध्यक्ष चुनेको हो।
यसअघि तत्कालीन अध्यक्ष गणेश भण्डारीले नैतिकताका आधारमा दिएको राजीनामा बैठकले स्वीकृत गरेको महास‌ंघका महासचिव सरल सहयात्रीले बताए।

जनसांस्कृतिक महासंघको एकता सम्मेलन भदौ ३० मा

यसैबीच एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ र अखिल नेपाल जनसांस्कृतिक महासंघबीच एकता हुने भएको छ।
भदौ ३० गते काठमाडौंमा दुई महासंघ लगायत अन्य सांस्कृतिक संगठनसम्बद्ध संस्कृतिकर्मीबीच पनि एकता हुने बताइएको छ।
‘समाजवादी सांस्कृतिक आन्दोलनप्रति प्रतिबद्ध संस्कृतिकर्मीहरु सम्बद्ध संगठनहरुबीच एकता हुन लागेको हो,’ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव सहयात्रीले भने, ‘हामीले एकता भेला काठमाडौंमा गर्ने निर्णय गरेका छौँ।’
महासचिव सहयात्रीले महासंघसँगै अखिल नेपाल लेखक संघ, अखिल नेपाल जनकलाकार संघ, अखिल नेपाल ललितकला संघ, अखिल नेपाल चलचित्रकर्मी संघ र अखिल नेपाल नाट्यकर्मी संघको पनि एकता हुने बताए।

http://nepalkhabar.com बाट साभार 
प्रकाशत २५ भदौ २०७३, शनिवार

गणेश भण्डारीद्वारा अध्यक्ष पदबाट राजिनामा


२०७३ वैशाख २४ र २५ गते काठमाडौंमा सम्पन्न भएको एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित गणेश भण्डारीले सो पदबाट राजिनामा दिएका छन् ।

सांस्कृतिक विचलन देखिएकाे राजधानीको एउटा घटनामा माअाेवादी केन्द्रका नेता विश्वभक्त दुलाल र बलराम तिमिल्सिनाको  दुई सदस्यीय छानबिन समितिले भण्डारीमा सांस्कृतिक विचलन देखिएकाे भन्दै पार्टीमा कारवाहीकाे लागि सिफारिस गरेको थियो । अध्यक्ष  गणेश भण्डारीले  नैतिकताका आधारमा दिएको राजीनामा बैठकले स्वीकृत गरेको महास‌ंघका महासचिव सरल सहयात्रीले बताए।


खबर स्रोत
http://nepalkhabar.com