Tuesday, May 10, 2016

पाँचौँ राष्ट्रिय सम्मेलन विशेष-२


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौँ राष्ट्रिय सम्मेलनमा संयोजक मातृका पोखरेलद्वारा प्रस्तुत प्रतिवेदन


(एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको यस पाँचौँ राष्ट्रिय सम्मेलनमा उपस्थित आयोजक समितिका साथीहरू सम्पूर्ण प्रतिनिधि साथीहरू सबैलाई सम्मेलनको यस वन्द सत्रमा हार्दिक स्वागत गर्दछु । 

सर्वप्रथम, न्यायपूर्ण समानताको संसार निर्माण गर्न सांस्कृतिक मोर्चाको अग्रपंक्तिबाट जीवन बलिदान गर्ने कृष्ण सेन इच्छुक, घनश्याम ढकाल, मस्त बिष्ट, च्याङ्बा लामा, चुनु गुरुङ, शारदा श्रेष्ठ, रोहित कोइराला, हर्षबहादुर मल्ल, पुष्पराज चौधरी, एकबहादुर बि.क., शिव श्रेष्ठ, डिबी थापा लगायत अनेकोट, भावाङ, डुगाला, जुमाल, विनायक आदि घटनाहरूमा सहादत प्राप्त गर्नु हुने सम्पूर्ण सांस्कृतिक सहिदहरूप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गर्न चाहन्छु । 

विषय प्रवेश

संस्कृतिले मानिसलाई सभ्य र सुसंस्कृत बनाउँछ भन्ने मान्यता र विश्वास बोकेर हामीले सङ्गठित रूपमा सांस्कृतिक आन्दोलन चलाउने कोसिस गरिरहेका छौँ । मानिसभित्र अवशेषको रूपमा बाँकी रहेको पाशविक प्रवृत्तिलाई निमिट्यान्न पार्न र मानिसलाई सामाजिक रूपमा समुन्नत एवं सिर्जनात्मक क्षमताले सम्पन्न बनाउनु हाम्रो आन्दोलनको पहिलो उद्देश्य हो । मान्छेद्वारा मान्छेमाथि शोषण गर्ने परिपाटीको अन्त्यविना हामीले निर्माण गर्न खोजेको संस्कृतिको स्थापना कदापि सम्भव छैन । हामी सांस्कृतिक क्षेत्रबाट त्यही सुन्दर सपना साकार बनाउन लागि परेका संस्कृतिकर्मीहरू हौँ । हाम्रो सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ त्यही सुन्दर सपनालाई साकार बनाउन हिँडेका संस्कृतिकर्मीहरूलाई नेतृत्व प्रदान गर्ने अग्रणी संस्था हो । 
हामीले दर्शन र संस्कृतिको इतिहास खोज्दै जाँदा भौतिकवाद बाहेकका सबै दर्शनको अन्तर्य एउटै रहेको भेट्छौँ र सबै दर्शनले भौतिकवादको विरोध गरेका छन् । तिनीहरू सबैले आ–आफ्नो खालको अध्यात्मवादको स्थापना गर्न खोजेका छन् । इसाइहरूको बाइबल, इस्लामहरूको कुरान वा हिन्दूहरूको वेदले के कुरालाई जोड दिएको छ भने सृष्टिको मूल सम्बन्ध ईश्वरसँग नै गाँसिएको छ । सामन्ती संस्कृतिलाई हामीले मूलतः चारवटा भागमा राखेर हेर्न सक्छौँ । भूत, भाग्य, भगवान् र भूपति । यिनै चारवटा आधारहरूलाई सबै धर्म सम्प्रदायले समान रूपमा जोड दिएका छन् । सबैले एउटै कुरा भनेका छन्, भुतकाल उज्यालो थियो, भविष्यकाल अँध्यारो छ । सत्ययुग राम्रो थियो । कलियुग बिग्रेको छ । त्यसपछि भौतिकवाद विरोधी सबै धर्म, दर्शनको अर्को एउटै धारणा के छ भने संसारको स्रष्टा भगवान् हो र उसैद्वारा सबै कुराको निर्माण भयो । यति भनिसकेपछि इतिहासमा मानिसहरूको कुनै भूमिका छैन भन्ने ठाउँमा हामी पुग्छौँ । सामन्तवादी संस्कृतिमा त्यसपछि भाग्यको महŒवपूर्ण भूमिका छ । जसले सबै कुरा पूर्व निर्धारित छ भनिदिन्छ र राजा, महाराजा, जमिन्दारहरूसँग सङ्घर्ष गर्नुको कुनै औचित्य छैन भनिदिन्छ । त्यसले मान्छेको आर्थिक उत्पादन, शैक्षिक योग्यता सबै भाग्यद्वारा निर्धारित हुन्छ भनिदिन्छ र मानवीय योग्यता र क्षमतालाई पङ्गु बनाइदिन्छ । त्यसैगरी सामन्तवादी शास्त्रहरूले संसारको शासनकर्ता भूपति हो भनेर सिकाउँछन् । भू–मालिक भनेको जमिन्दार हो र त्यसको केन्द्रीय रूप राजा हो । यसरी भगवान्प्रति, राजतन्त्रप्रति, भाग्यवादप्रति र भूतकालप्रति मानिसको आस्था जगाइदिन अध्यात्मवादीहरूका सम्पूर्ण सांस्कृतिक गतिविधि केन्द्रित छन् । मूलतः अध्यात्मवादले मानिसको महŒवलाई नै नकार्दछ । अध्यात्मवाद मानिसको परिवर्तनको चाहना र छट्पटीको विरुद्धमा हुन्छ । हामीले वर्तमानमा देखिरहेका छौँ कि नेपाली जनताको ठुलो बलिदानबाट प्राप्त राजतन्त्रको पक्षमा सबैभन्दा बढी धार्मिक सम्प्रदायका मानिसहरू लागिरहेका छन् । 
हामीले यतिबेला सामन्तवादको मूलगढलाई भत्काएका छौँ र एउटा नयाँ युगमा प्रवेश गरेका छौँ । हाम्रो समाज यतिबेला पुँजीवादको भेलमा प्रवेश गरिसकेको छ । आजभन्दा पच्चीस वर्ष अघि नेपालमा कृषिको योगदान ५६ प्रतिशत थियो तर अहिले नेपाली अर्थतन्त्रमा कृषिको योगदान ३६ प्रतिशतमा झरेको छ । अर्थतन्त्रमा कृषिको योगदान कम हुनुले हामी सामन्तवादी अर्थतन्त्रबाट अन्यत्र प्रवेश गर्दैछौँ भन्ने देखाउँछ । 
हामीले केही वर्ष अघिसम्म जनवादी संस्कृति स्थापनालाई हाम्रो आफ्नो मूल कार्यदिशा बनाएका थियौँ । हाम्रो अर्थतन्त्र र राज्य व्यवस्थाको चरित्रमा आएको परिवर्तनलाई मूल्याङ्कन र समीक्षा गरेर यतिबेला समाजवादी संस्कृतिको स्थापनालाई मूल कार्यदिशा बनायौँ । समाजवादी संस्कृति करु केही होइन, मानिसले विकास गरेको ज्ञान, विज्ञान, उत्पादन र सामाजिक आन्दोलनको विकासको सार हो । सामन्तवादको मूल चरित्र जस्तो पुँजीवादले अध्यात्मवादलाई आफ्नो टिक्ने आधार बनाउँदैन । समाजवादी संस्कृतिले जस्तो पुँजीवादी संस्कृतिको पनि आफ्नो आधार वैज्ञानिक जगमा नै उभिएको हुन्छ । तर फरक कहाँनेर हो भने, पुँजीवादी संस्कृतिले व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत हित, व्यक्तिगत स्वामित्व र व्यक्तिगत नाफालाई प्राथमिकतामा राख्दछ । तर यसको उल्टो समाजवादी संस्कृतिले समुदायको हित, सामुदायिक स्वामित्व र समुदायको लाभलाई मूल जोड दिन्छ । अर्थतन्त्रमा, उत्पादन सम्बन्ध र उत्पादन प्रणालीमा आएको हेरफेरको असर सिधै हाम्रो संस्कृतिमा पर्छ । सामन्ती अर्थतन्त्रको विनास सँगसँगै सामन्ती संस्कृतिको ध्वंश तीव्र गतिमा भइरहेको छ । जता पनि साम्राज्यवादी, पुँजीवादी, उपभोक्तावादी संस्कृति मौलाउँदैछ । अन्तर्राष्ट्रिय व्यापार र श्रम सम्बन्धमा भएको अभुतपूर्व विकास, हवाइ यातायातमा भएको अतुलनीय विकास, टि.भी. रेडियो, कम्प्युटर, इन्टरनेट र पत्रपत्रिकाको प्रयोगको विस्तार आदिका कारण पुँजीवादी उपभोक्तावादी संस्कृतिलाई सरुवा रोगझैँ मान्छेका दिमागभरि सारिदिएको छ । पुँजीवाद र साम्राज्यवादी संस्कृतिको यो सरुवा रोगले मानिस बच्चैदेखि चरम व्यक्तिवादी र उपभोक्तावादी भएर निस्कन थालेका छन् । आफ्नै समाज परिवारमा हामीले यो तथ्यलाई राम्रैसँग हेर्न सक्दछौँ । 
सामन्ती संस्कृति हावी भएको बेलामा, ठुला मान्छेले, गुरुले, आमाबुबाले र शास्त्रले भनेको कुरालाई आँखा चिम्लिएर विश्वास गर्ने परिस्थिति तयार गराइन्थ्यो तर पुँजीवादी संस्कृतिमा ठुला मान्छे, गुरु, शास्त्रले भनेको भन्दैमा मानिस खुरुखुरु मान्दैन । उसले अध्ययन, अनुसन्धान, तर्क र तथ्यको सहारा लिन्छ । अहिले समाजमा मानिसहरूमा यो प्रवृत्ति बढ्दो छ । मानिसहरूमा आलोचनात्मक प्रश्न गर्ने प्रवृत्ति बढेर गएको छ । 
सामन्ती संस्कृतिमा व्यक्तिगत योग्यता, क्षमता, ज्ञान र योगदानभन्दा ठुलो जात, ठुलो कुल, वंशको शान र अहङ्कारको प्रभाव महŒवपूर्ण हुन्थ्यो र पुँजीवादी संस्कृतिमा वंश, कुल, जातभन्दा पुँजीको साइज, व्यक्तिगत योग्यता, क्षमता, ज्ञान र योगदानको प्रभाव महŒवपूर्ण हुन्छ । हाम्रो आँखाले देख्ने र भोग्ने गरी हाम्रो समाजमा यो परिवर्तन आइरहेको छ । 
संस्कृति–राजनीति र अर्थनीतिको विचारधारात्मक प्रतिबिम्ब हो । जहाँ जस्तो खालको राजनीतिक र आर्थिक सत्ता कायम हुन्छ, त्यहाँ त्यस्तै खालको संस्कृतिको निर्माण हुन्छ । हिजो पञ्चायती कालमा मण्डले संस्कृति विद्यमान थियो । संसदीय व्यवस्था सुरु भएपछि जनविरोधी संस्कृतिकै बोलवाला भयो । वैज्ञानिक संस्कृतिका वाहक लेखक, कलाकारहरू यसखाले संस्कृतिका विरोधी मोर्चाका क्रान्तिकारी सांस्कृतिक सिपाही हुन् । यतिबेला हाम्रो देशमा पुँजीवादी साम्राज्यवादी संस्कृतिको प्रभाव बढ्दै गएर मूलधारको संस्कृति बन्न पुगेको छ । मरणासन्न बन्दै गएको सामन्ती संस्कृतिका कैयौँ पक्षहरू अझै पनि कायमै छन् । सामन्तवादका बाँकी रहेका मरणोन्मुख संस्कृतिका विरुद्ध प्रहार गर्दै हामीले अबको सांस्कृतिक आन्दोलनमा गर्नुपर्ने सङ्घर्ष समाजवादी संस्कृतिको निर्माणलाई केन्द्रमा राखेर तय गर्नुपर्ने छ । 


सांस्कृतिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि


हाम्रो देशको इतिहासको विकासको सन्दर्भमा सामाजिक जीवनमा यावत सबै धाराहरू जस्तै कला साहित्यको धारामा पनि सुरुबाट नै सकारात्मक नकारात्मक दुवै अवस्था रहँदै आएको छ । सुरुको अवस्थामा सकारात्मक प्रवृत्तिको रूपमा देशभक्ति भावना, रुढीवादको विरुद्धमा सुधारको भावना, भक्ति र स्तुतिको विकल्पमा ज्ञान र आचरणलाई महŒव दिने भावनाहरू पर्दछन् । नेपालमा माक्र्सवादको प्रवेश हुनुभन्दा पहिले नै मानवतावादी विचारको प्रशस्त प्रचार एवं प्रसार भएको पाइन्छ । माक्र्सवादको प्रभाव पर्नु भन्दा अघिका यस्ता विचारहरूलाई पनि हामीले त्यस समयको सापेक्षतामा प्रगतिशील चेतनाको रूपमा स्वीकार गर्नु पर्ने हुन्छ । संस्कृत भाषाको ग्रन्थमा जनसाधारणको पहुँचभन्दा टाढा रहेर थन्किएको साहित्यलाई जनताको बीचमा ल्याउने कार्यलाई पनि हामीले सकारात्मक रूपमै हेरिनुपर्ने हुन्छ । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा अघि राणाशासनको निरङ्कुशताका विरुद्धमा जति बौद्धिक आक्रोश र गतिविधिहरू भए यी सबैका पछाडि सामाजिक चेतनाको प्रभावले नै काम गरेको छ । 
राणा शासन विरोधी सङ्घर्ष जङ्गबहादुरकै अन्तिम समयतिरै वि.सं. १९३२ सालको लखन थापाको विद्रोहबाट सुरु भएको थियो । राणा शासनले त्यो विद्रोहलाई निर्ममतापूर्वक दबायो । तर त्यो विद्रोहमा पछिल्तिर चेतनाको प्रभाव भएका कारण भित्रभित्रै सल्केर त्यो फेरि प्रकट हुन थाल्यो । वि.सं. १९५१ तिरबाटै धर्मसुधारवादी र अङ्ग्रेज विरोधी आर्य समाजको विचारधारा नेपालमा फेरि प्रचार गर्न थालियो । त्यसको कार्यालय खोलेको आरोपमा वि.सं. १९५३ मा माधवराज जोशी र उनका साथीहरू माथि राजकाज मुद्दा लगाइयो । आर्यसमाजी विचार परोक्ष रूपले मात्र राणा विरोधी थियो । तर पनि राणाहरूले त्यसलाई सहन गर्न सकेनन् । चन्द्र शमशेरका ज्वाईं जयपृथ्वीबहादुर सिंह युरोप गएर उदारवादी बनेर फर्के, उनको त्यो उदारवादलाई पनि राणा शासनले सहन गर्न सकेन । उनी भारतमा गएर ‘मानवतावादी समाज’ खोल्न बाध्य भए । वि.सं. १९६२ मा पहलमान सिंह स्वाँरको नाटक अटल बहादुरले चन्द्र शमशेरमा समयको कुव्यवस्थालाई व्यङ्ग्यात्मक प्रहार ग¥यो । वि.सं. १९७५ सालमा लेखिएको सुब्बा कृष्णलालको मकैको खेतीले राणाहरूलाई निकै आतंकित बनायो । त्यही किताब लेखे बापत र किताब लेख्न सहयोग गरे बापत कृष्णलाल र उनका सहयोगीहरू जेल परे । कृष्णलाल अधिकारी वि.सं. १९८० मा जेलमै सहिद भए । 
त्यसैताका भारतबाट प्रकाशित हुने गोर्खाली, गोर्खा संसार, तरुण गोर्खा जस्ता पत्रिकाहरूले पनि प्रत्यक्ष वा परोक्ष रूपमा राणा शासन विरोधी चेतना फैलाउन मद्दत पु¥याए । नेपालभित्र छिटपुट रूपमा पुस्तकालयहरू खुल्न थाले । वि.सं. १९८८ मा प्रचण्ड गोर्खा र १९९३ तिर प्रजापरिषद्को स्थापना भयो । धरणीधर कोइराला, महानन्द सापकोटाका जागरणमूलक कविताहरू प्रकाशित हुन थाले । 
वि.सं. १९९६ सालमा राणाका विरुद्धमा राजनैतिक व्यङ्ग्यचित्र बनाएका कारण चन्द्रमानसिंह मास्केलाई १ वर्ष जेल जीवन तोकियो । मास्केको जेल जीवन नेपाली ललितकलाको इतिहासमा एउटा महŒवपूर्ण घटना थियो । चित्र बनाएकै कारण मनोहरमान भारत पलायन भए । 
वि.सं. १९९७ सालको सहिद पर्वपछि नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र आदिका काव्य मार्फत् विद्रोही स्वरहरू मुखरित हुन थाले । 
नेपालमा कम्युनिष्ट आन्दोलनको स्थापना भएपछि नै सांस्कृति योजना सहित समाज रूपान्तरण गर्न पहल गर्नका लागि सांस्कृतिक सङ्गठनहरूको आवश्यकता बोध बढेर गएको देखिन्छ । पुरानो संस्कृतिलाई फाल्ने नयाँ र सुन्दर संस्कृतिको स्थापना गर्नु नयाँ नेपाल निर्माण गर्नका लागि पहिलो आवश्यकता थियो । 
कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा अगावै समाजलाई रूपान्तरण गर्ने सांस्कृतिक प्रयासहरू नभएका होइनन् । धार्मिक प्रभावकै कारणले समाजलाई अघि बढाउन सकिन्छ भन्ने मान्यता बोकेर सन्त ज्ञानदिलदास र योगमायाहरूले चलाएको सङ्घर्षलाई सांस्कृतिक परिवर्तनको बाटोमा महŒवपूर्ण मोड मानिन्छ । पुस्तकालय पर्व र सुब्बा कृष्णलाल अधिकारीको मकैको खेती नामक पुस्तक प्रकाशन सांस्कृतिक विद्रोहकै अभिव्यक्ति हुन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा अघि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, लक्ष्मीनन्दन चालिसे, जयतु संस्कृतम् आन्दोलनका योद्धाहरूले चलाएको आन्दोलनले नेपालको सांस्कृतिक जागरणलाई अघि बढाउन धेरै मद्दत पु¥याएको पाइन्छ । 
२००६ सालमा स्थापना भएको ने.क.पा. को चेतनामूलक प्रभाव र २००७ सालको परिवर्तनबाट मोहभङ्ग भएका लेखकहरूको प्रयासमा २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना भयो । प्रगतिशील लेखक सङ्घको स्थापना नेपालको सांस्कृतिक साहित्यिक जागरणका लागि धेरै महŒवपूर्ण घटना थियो । धेरैपछिसम्म कम्युनिष्ट पार्टीले सांस्कृतिक सङ्गठनको आवश्यकता बोध गरे पनि सङ्गठन निर्माण गर्न सकेको थिएन । सांस्कृतिक सङ्गठन निर्माण नभए पनि कम्युनिष्ट पार्टीबाट त्यसबेला सांस्कृतिक फाँट हेर्ने मान्छे तोकिन्थे । आनन्ददेव भट्ट, शक्ति लम्साल, डि.पि. अधिकारी आदि व्यक्तिहरूलाई त्यसबेला त्यो जिम्मेवारी दिइएको कुरा कम्युनिष्ट पार्टीका ऐतिहासिक दस्तावेजहरूमा अध्ययन गर्न पाइन्छ । 
लुम्बिनीमा २० को दशकमा जीवराज आश्रित, पन्नालाल शाक्य, बुद्धिबहादुर थकाली, मोदनाथ प्रश्रित आदिको नेतृत्वमा रेलिमाई सांस्कृतिक मण्डल गठन भयो । त्यसबेला रेलिमाई सांस्कृतिक मण्डलले प्रदर्शन गरेको नाटक ‘पचास रूपैयाँको तमसुक’ले त्यसबेलाको सांस्कृतिक जागरणमा निकै ठुलो हलचल मच्चाएको पाइन्छ । 
२०२८ सालमा क. पुष्पलालको पहलमा युद्धप्रसाद मिश्रको अध्यक्षतामा मोदनाथ प्रश्रित, बोधराज काफ्ले, जीवराज आश्रित, दील साहनी आदि रहेको जनवादी क्रान्तिकारी मोर्चाको गठन भयो । यो समूहको सहयोगमा २०२९ सालमा कमरेड पुष्पलालले ‘नेपाली संस्कृतिको ऐतिहासिक सिंहावलोकन’ र ‘जनवादी क्रान्तिकारी सांस्कृतिक मोर्चाको कार्यक्रम’ नामको बृहत् प्रतिवेदन तयार पारे । क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा पहिलो पटक त्यो प्रतिवेदनले क्रान्तिकारी संस्कृतिकर्मीहरूलाई स्पष्ट मार्गनिर्देशन ग¥यो । 
त्यसपछि २०३४÷३५ सालतिर तत्कालिन ने.क.पा. (चौ.म.) को अगुवाईमा वेदना सांस्कृतिक परिवारको गठन भयो । सांस्कृतिक आन्दोलनमा वेदना सांस्कृतिक परिवारले महŒवपूर्ण हस्तक्षेप ग¥यो । त्यही सेरोफेरोमा तत्कालिन ने.क.पा. (मा.ले.) को पहलमा सङ्कल्प सांस्कृतिक परिवारको स्थापना भयो । वेदना सांस्कृतिक परिवार वैचारिक अगुवाई पारिजात, रायन, निनु चापागाईंले गर्नु हुन्थ्यो भने सङ्कल्पको वैचारिक अगुवाई रामेश, मञ्जुल आदिले गर्नुहुन्थ्यो । तीस र चालिसको दशकमा यी समूहहरू वेदना र सङ्कल्प परिवारहरूको सांस्कृतिक योगदान नेपालमा प्रगतिवादी आन्दोलनमा धेरै महŒवपूर्ण रह्यो । 
२०३८ सालमा वरिष्ठ साहित्यकार पारिजातको नेतृत्वमा अखिल नेपाल जनसांस्कृतिक सङ्घको गठन भयो । यसले नेपालमा सांस्कृतिक आन्दोलनभित्र क्रान्तिकारी धारको नेतृत्व ग¥यो । पारिजात र रायनको नेतृत्वमा इन्द्रेणी सांस्कृतिक समाजको गठन भयो । यो संस्थाले पनि सांस्कृतिक आन्दोलनमा सिर्जनात्मक हस्तक्षेप ग¥यो । इसासले प्रदर्शन गरेको ‘सिम्मा’ गीतिनाटक नेपाली प्रगतिवादी गीतिनाटकको इतिहासमा ठुलो उपलब्धी थियो । नेपालका वामपन्थी पार्टीहरू सँगसँगै सांस्कृतिक आन्दोलनमा पनि एकता र फुटको शृङ्खला बढि रह्यो । २०३८ सालमा गठन गरिएको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र २०४४ सालमा गठन गरिएको इन्द्रेणी सांस्कृतिक समाजमा बीच २०४८ सालमा तत्कालीन ने.क.पा. मशाल, चौ.म. र सर्वहारावादी श्रमिक सङ्गठनको एकता पश्चात् ने.क.पा. एकता केन्द्र निर्माण भए पनि सांस्कृतिक सङ्गठनमा एकता हुन सकेन । इसास र रक्तिम सांस्कृतिक परिवार एकता भएपछि २०५८ सालमा बनेको प्रगतिशील सांस्कृतिक सङ्गठनसँग २०६५ माघ २३ गते अखिल नेपाल जन सांस्कृतिक महासङ्घसँगको एकता पश्चात् एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको निर्माण हुन पुग्यो । यतिबेला हामी त्यही संस्था एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौँ राष्ट्रिय सम्मेलनमा जुटिरहेका छौँ । 


चौथो राष्ट्रिय सम्मेलनदेखि पाँचौँ राष्ट्रिय सम्मेलनसम्मको संक्षिप्त सिंहावलोकन

२०६६ साल चैत्र २ देखि ५ गतेसम्म सम्पन्न एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्को एकताको चौथो राष्ट्रिय सम्मेलनपछि यो सङ्गठनको साङ्गठानिक जीवनमा थुप्रै घटनाहरू घटित भएका छन् । २०६७ साल पुस २८ र २९ गते राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको महासङ्घको तेस्रो पूर्ण बैठकपछि तत्कालीन अध्यक्ष र महासचिवको प्रत्यक्ष संलग्नतामा फुटवादी क्रियाकलापको आरम्भ भइसकेको थियो । नेतृत्व तहमै रहेको एउटा हिस्सा सङ्गठनले गरेका निर्णयहरूलाई वास्ता नगरी पार्टी नेतृत्वका विरुद्धमा सांस्कृतिक कार्यक्रमहरू मार्फत् प्रचारात्मक अभियानमा लाग्न थालेको थियो । पार्टी नीति र नेतृत्वका विरुद्धमा अध्यक्ष–महासचिव गुटले अराजकता र अनुशासनहीनताको पराकाष्ठा प्रदर्शन गरे । पूर्णबैठकले निर्णय गरेका कार्ययोजनाहरू लागू गर्नुको साटो आफ्नो गुट निर्माण र मजबुत गर्नतर्फ मात्र उनीहरू लागे । त्यतिमात्र नभएर क्रमशः उनीहरू वैकल्पिक संरचनाहरू निर्माण गर्न थाले । आफ्नो गुटको मात्र बैठक राख्ने, सङ्गठनका बैठक राख्न जहिले पनि आनाकानी गर्ने र बैठक राख्दै नराख्ने गर्न थाले । 
पार्टी र सङ्गठनले अवलम्बन गरेको कार्ययोजनाको विरुद्धमा फुटपरस्तहरूले योजनाबद्ध फुटवादी कार्यक्रम सञ्चालन गरिरहँदा पनि हामीले संयमता अपनाइरह्यौं । हाम्रो संयमतालाई कमजोरी ठानेर उनीहरूले धेरै ठाउँमा दुस्प्रचार गर्न थाले । वैकल्पिक सङ्गठनहरू निर्माण गरेर कार्यक्रम गर्न थाले । ११५ जनाको केन्द्रीय समितिमा ७० जनाको बहुमत फुटपरस्तहरूको विरुद्धमा हुँदाहुँदै आफ्नो बहुमत छ भनेर अनर्गल प्रचार गर्न भ्याए । अन्ततः उनीहरूले एकताको चौथो राष्ट्रिय सम्मेलनको वैद्यतालाई कुल्चिँदै सामान्य गुटको बैठक बसेर अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नाममा फुटपरस्त र संकीर्णतावादी सोचलाई सङ्गठित रुपले अघि बढाए । उनीहरूको यो गलत कृयाकलापका विरुद्ध बाध्य भएर २०६९ साल असार १२ गते चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिको बहुमतको आकस्मिक बैठक बसेर मातृका पोखरेल लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पियो । यसैगरी २०६९ साल असार १२ गते साथीहरूलाई फुटपरस्तहरूको भ्रममा नपर्न हामीले एउटा अपिल जारी ग¥यौं र हाम्रो सङ्गठनको यथार्थ अवस्थाबारे जानकारी गरायौं । भ्रमवश फुटपरस्तहरूको गुटमा पुग्नुभएका केही साथीहरू पनि क्रमशः क्रान्तिकारी धारातिर फर्कनुभयो र यो क्रम अझै पनि जारी छ । 
महासङ्घ भित्र बढिरहेको सङ्गठनात्मक अराजकता एवम् फुटपरस्त गतिविधिलाई ध्यान दिँदै २०६९ साल असार १२ गते महासङ्घको केन्द्रीय समितिको आकस्मिक बैठक एनेकपा (माओवादी) का उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, स्थायी समिति सदस्य क. कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य क. प्रभाकर, तत्कालीन फ्य्राक्सन इन्चार्ज क. निनु चापागाईंको उपस्थितिमा बसी एनेकपा (माओवादी) को २०६९ असार ६ गतेको परिपत्र र निर्देशनअनुसार महासङ्घमा वरिष्ठ उपाध्यक्षको हैसियतले मातृका पोखरेललाई संयोजकको जिम्मेवारी दिने निर्णय भएको थियो । त्यही बैठकको निर्णयअनुसार अखिल नेपाल लेखक सङ्घको २०६९ साल असार १६ गते, अखिल नेपाल चलचित्रकर्मी सङ्को असार १८ गते र अखिल नेपाल जनकलाकार सङ्घको असार १९ गते, अखिल नेपाल ललितकला सङ्घको भाद्र २२ गते केन्द्रीय समितिको बैठक आयोजना गरी राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो । 
२०६९ साउन १० र ११ गते एकीकृत नेकपा (माओवादी) का अध्यक्ष क. प्रचण्ड, एनेकपा (माओवादी) का वरिष्ठ केन्द्रीय सदस्य लीलामणि पोखरेल र फ्य्राक्सन इन्चार्ज कमरेड निनु चापागाईंको उपस्थितिमा बसेको चौथो पूर्णबैठकले पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण गरी आयोजक समितिमा अन्य ८१ जना थप ग¥यो । त्यसै गरी उक्त बैठकले संयोजक मातृका पोखरेल लगायत वरिष्ठ सदस्यद्वय वलराम तिमिल्सिना र गणेश भण्डारी रहेको एक कार्यालय गठन गर्ने निर्णय ग¥यो । यसै बीचमा एकता प्रक्रियाबाट सङ्गठनमा आबद्ध वरिष्ठ संस्कृतिकर्मीहरू खुसीराम पाख्रिन र रमेश रञ्जन झालाई एकीकृत नेकपा (माओवादी) केन्द्रीय कार्यालयको निर्देशनअनुसार केन्द्रीय समितिमा मनोनयन गर्दै कार्यालय सदस्यको जिम्मेवारी दिइएको छ । 
केन्द्रीय समितिको त्यही पूर्णबैठकले २०६९ साल मंसिर १५ देखि १८ गतेसम्म पोखरामा गर्ने निर्णय गरिएको पाँचौं राष्ट्रिय सम्मेलन पछि पार्टीको सल्लाह अनुसार स्थगित गरियो । धेरै प्रयत्न पश्चात हामी अहिले पाँचौं राष्ट्रिय सम्मेलन आयोजना गर्न सक्षम भएका छौँ । 


साथीहरू,
पुनर्गठन पछिका यी तीन वर्षको अवधिमा हाम्रो सक्रियता अत्यन्तै सुस्त रह्यो । केन्द्रीय समितिको आयोजनामा सम्पादन गरिएका कामहरूको सूची अत्यन्तै छोटो छ । २०६९ जेठ १३ गते हामीले इच्छुक सांस्कृतिक दिवसको आयोजना ग¥यौं । त्यसै गरी २०६९ साल चैत ५ गते महासङ्घको आयोजनामा एनेकपा (माओवादी) का वरिष्ठ केन्द्रीय सदस्य क. कृष्णबहादुर महराको प्रमुख आतिथ्यता र वरिष्ठ केन्द्रीय सदस्यद्वय अग्नि सापकोटा र आहुतिको आतिथ्यतामा काभ्रे जिल्लाको अनेकोटमा सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न गरियो । 
यो बीचमा हामीले सम्पन्न गरेको महत्वपूर्ण कार्य भनेको २०७० साल पुस २० गते आयोजना गरिएको ‘वर्तमान सांस्कृतिक आन्दोलनको दिशा’, विषयक विचार गोष्ठी नै हो । राजधानीको नेपाल बार एसोसिएसनको हलमा आयोजना गरिएको उक्त विचार गोष्ठीमा सौन्दर्य्चिन्तक निनु चापागाईं, माक्र्सवादी लेखक श्याम श्रेष्ठ र कवि एवम् समालोचक अमर गिरीका तीनवटा महत्वपूर्ण कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । ती कार्यपत्रहरू माथि साहित्यकारहरू प्रदीप ज्ञवाली, घनश्याम शर्मा, ईश्वरचन्द्र ज्ञवाली, हरिगोविन्द लुइँटेल, गोपाल ठाकुर र मणि थापाले टिप्पणी गर्नुभएको थियो । 
हाम्रो सङ्गठनको सङ्गठनात्मक जीवन अत्यन्तै कमजोर भएको अवस्थामा हामीले यो सम्मेलनको आयोजना गरेका छौं । केन्द्रीय समिति पनि केन्द्रीय समितिकै रुपमा क्रियाशील बनाउन सकिएको थिएन । सचिवालयका केही साथीहरूको निर्णय गरेर फाट्टफुट्ट केही कार्यक्रम गरिरहेको अवस्था थियो । सबैतिर बाट वर्गीय निष्ठा कमजोर भैरहेको र माक्र्सवादी आदर्श र संस्कृतिको स्खलन भैरहेको चर्चा चलिरहेको बेला यो विषयमा बढिनै सरोकार राख्नुपर्ने हाम्रो जस्तो सङ्गठनले कुनै हस्तक्षेपयुक्त र सरोकारको कार्य गर्न सकेन । क्रान्तिकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्न भनेर बसेका हामीले जतिसुकै आत्मालोचना गरे पनि त्यो कमै हुन जान्छ । 
टुटफुट र पलायनबाट पनि हाम्रो आन्दोलन निरन्तर आक्रान्त बनिरहेको छ । भरखरै अर्थात केही महिना अघि मात्र हाम्रो आन्दोलनभित्रबाट एउटा सानो तप्का बाहिरियो । माक्र्सवादी सिद्धान्तबाट समेत पलायन भएको त्यो तप्का नयाँशक्तिका नामबाट यतिबेला आफ्नो परिचय बनाउन तल्लिन छ । उनीहरूले पार्न सक्ने भ्रमबाट साथीहरूलाई मुक्त बनाउदै अघि बढ्नु पर्ने थप दायित्व पनि फेरि हामीलाई थपिएको छ । 
हाम्रो सङ्गठनको आन्तरिक जीवन अत्यन्तै सुस्त बनिरहेको बेलामा एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य तथा कवि आहुति इन्चार्ज बनेर आउनु भयो । उहाँ आए पछि सङ्गठनमा नयाँ सक्रियताको आभास भयो । त्यही सक्रियताकै कारण २०७१ साल असार २७ गते काठमाडौँमा हाम्रो सङ्गठनको केन्द्रीय समितिको पाँचौ पूर्ण वैठक सम्पन्न भएको थियो । पाँचौ पूर्ण वैठकले २०७१ साल कार्तिक २०, २१ र २२ गते पाँचौ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा हामी पुगिसकेका थियौं । आङ्गिक सङ्गठनहरूका राष्ट्रिय सम्मेलनका तयारीहरू झनै अन्तिम चरणमै पुगेका थिए । सम्मेलनको लागि आवश्यक कार्यविधि बनाएर सबैतिर पठाइ सकिएको थियो । अखिल नेपाल चलचित्रकर्मी सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भई के.पि. पाठकको नेतृत्वमा ४५ सदस्यीय समिति पनि गठन भइसकेको थियो । करिब दुई हप्ता भित्रै अरु सबै आंगिक सङ्गठनका सम्मेलन सम्पन्न हुने तालिका बनेको थियो । तर पार्टीबाट सम्मेलन स्थगित गर्ने निर्देशन बमोजिम २०७१ साल भाद्र ११ गते पछि बाँकी रहेका सम्पूर्ण सम्मेलनहरू स्थगित गरियो । करिवकरिव क्षतविक्षत जस्तो हुन पुगेको हाम्रो सङ्गठनलाई पुनर्जीवन दिन राष्ट्रिय सम्मेलनको आयोजना गर्नु अत्यन्तै जरुरी थियो । 
यी मैले माथि प्रस्तुत गरेका विषयहरू हाम्रा केही विशिष्ट र केही सामान्य चुनौतिहरू हुन् । क्रान्तिकारीहरूले चुनौतिबाट पाठ सिक्छन, निरास भएर चुप लागेर बस्दैनन् । हामीसँग क्रान्तिकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्ने सम्भावना बिध्यमान छ । त्यो सम्भावनाको पहाड चढ्ने हिम्मत हामी जति गर्न सक्छौं, क्रान्तिकारी सांस्कृतिक आन्दोलनको सफलता पनि त्यसैमा निर्भर छ । हामीसँग क्रान्तिकारी सांस्कृतिक आन्दोलन अगाडी बढाउने सही बिचार छ । प्रतिभाशाली सांस्कृतिककर्मी हरूको ठुलो सङ्ख्या यतिबेला हामीसँगै छ । उनीहरूलाई सङ्गठित बनाएर उचित बाटो देखाउन हामीले सकिरहेका छैनौँ । यतिमात्र कामलाई व्यवस्थित बनाएर अघि बढ्न र बढाउन सकियो भने हाम्रो आन्दोलनका अघिल्तिर एउटा उज्यालो भविष्य छ । 


यस समयावधिमा भएका कार्यहरूको संक्षिप्त चर्चा

झोलामा किताव अभियान कार्यक्रम

हालखबर सँगै पुस्तकको खबर सोधौ !
पठन संस्कृतिको विकास गरौ !!
भन्ने मूल नाराका साथ २०७१ साल साउन ११ गते हाम्रो सङ्गठनको आयोजनामा “झोलामा किताव अभियान“ कार्यक्रमको एमाओवादीका सचिव गिरिराजमणि पोखरेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा सांस्कृतिक विभाग इन्चार्ज क. आहुति, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिका अध्यक्ष क. इश्वरचन्द्र ज्ञवालीले कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो । महासङ्घका सचिवालय सदस्य बलराम तिमील्सिनाले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा महासङ्घका संयोजक मातृका पोखरेलले महासङ्घले तयार गरेको सङ्कल्प वाचन गरेर सुनाउनु भएको थियो । “झोलामा किताव अभियान“ कार्यक्रम चितवनको भरतपुर र महोत्तरीको बर्दिवासमा पनि आयोजना गरिएको थियो । बर्दिबासको कार्यक्रममा महासङ्घका संयोजक मातृका पोखरेल र चितवनको कार्यक्रममा साहित्यकार एवम् महासङ्घका वरिष्ठ सदस्य हरिगोविन्द लुइंटेल प्रमुख अतिथि हुनुहुन्थ्यो । 



सामाजिक सञ्जाल र समाज विषयमा संवाद कार्यक्रम 
हाम्रो सङ्गठनको आयोजनामा २०७१ साल भाद्र १६ गते काठमाडौँको अनामनगरमा “सामाजिक सञ्जाल र समाज” विषयमा संवाद कार्यक्रम सम्पन्न भएको थियो । साहित्यकार तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका इन्चार्ज आहुतिले सामाजिक सञ्जाललाई जीवनमा कसरी उपयोगी बनाउने भन्दै कार्यक्रमको आवश्यकताबारे प्रस्ट्याउनु भएपछि साहित्यकार एवं प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरी, समाजशास्त्री सुरेश ढकाल, साहित्यकार झलक सुवेदी, लेखक राजेन्द्र महर्जन, साहित्यकार गोपाल ठाकुर, लेखक एवं मजदूर नेता जय कार्की, कवि सङ्गीतश्रोता, कवि राजु स्याङ्गतान, सतिशराज मैनाली, देविका मिजार लगायतले सामाजिक सञ्जालले हाम्रो समाजलाई पारेको प्रभावका बारेमा आ–आफ्ना धारणाहरू राख्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक मातृका पोखरेलले गर्नु भएको थियो । 

७ औँ सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न

२०७१ साल चैत ५ गते एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा १७ औँ सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिको रुपमा नेकपा माओवादीका संयोजक मातृका यादव, नेकपा क्रान्तिकारीका महासचिव मणि थापा र एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य आहुति हुनुहुन्थ्यो । 


भूकम्पपीडितहरूलाई सहयोग कार्यक्रम


पाँच माओवादी पार्टीहरूको संयुक्त आयोजनामा भएको भूकम्पपीडितहरूलाई सहयोग गर्ने सन्दर्भमा उपत्यका र देशका विभिन्न स्थानहरूमा २०७२ साल जेठ महिनामा सञ्चालित पुनर्निर्माण कार्यक्रमहरूमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा आबद्ध सांस्कृतिककर्मीहरूको उल्लेख्य सहभागीता रहेको थियो । यो कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा हाम्रो महासङ्घ केन्द्रीय सचिवालय सदस्य बलराम तिमिल्सिनाको सक्रियता विशेष र उल्लेखनीय थियो । 
२०७२ साल वैशाख २३ गते काठमाडौँ जिल्लाको पुरानो नाग्लेभारे गा.वि.स.को पटाप गाउँमा सर्वदलीय संयन्त्रलाई राहत सामग्री हस्तान्तरण गरियो । एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका इन्चार्ज वरिष्ठ कवि आहुति र महासङ्घ केन्द्रीय सचिवालय सदस्य बलराम तिमिल्सिनाकोको संयुक्त नेतृत्वमा यससँग सम्बद्ध घटक सङ्गठनहरू समेतको सहभागितामा सो राहत सामग्री हस्तान्तरण गरिएको थियो । उक्त स्थानमा राहत सामग्री वितरण गर्नका लागि ३० बोरा चामल, ३० केजी दाल, ६० केजी केराउ, १५ केजी मस्यौरा, २ बोरा आलु र ३० केजी नून महासङ्घसँग सम्बन्धित आङ्गिक सङ्गठन र सदस्यहरूबाट संकलन गरिएको थियो । 


भारतीय हस्तक्षेपको विरुद्ध सांस्कृतिककर्मीहरूको संयुक्त अभियानको आयोजना


नेपालको सार्वभौमिक स्वतन्त्रता, अखण्डतामाथि आघात पार्ने गरि भारतीय शासक वर्गबाट निर्देशनमूलक अभिव्यक्ति दिइ भारतीय विस्तारवादले प्रत्यक्ष हस्तक्षेप गरेको विरुद्धमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, ईश्वरचन्द्र ज्ञवालीको नेतृत्वमा रहेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, माइला लामाको नेतृत्वमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, मणि थापाको नेतृत्वमा रहेको क्रान्तिकारी सांस्कृतिक विङ्ग सहितको सहभागितामा कमरेड मणि थापाको संयोजकत्वमा “भारतीय हस्तक्षेपको विरुद्ध सांस्कृतिककर्मीहरूको संयुक्त अभियान” को गठन गरियो । 


उक्त अभियानको नेतृत्वमा कार्यक्रम

पहिलो कार्यक्रम ः मिति २०७२ साल असोज १३ गते रत्नपार्कको शान्तिवाटिकामा गरियो । उक्त कार्यक्रममा कविहरूले भारतले लगाएको नाकाबन्दीको विरुद्धमा आ(आफ्ना कविता मार्फत भारतीय हस्तक्षेपको प्रतिरोधको आह्वान गरे । 
दोश्रो कार्यक्रम ः २०७२ साल असोज १५ गते पाटनको मङ्गलबजारमा आयोजना गरियो । उक्त कार्यक्रममा पनि कविहरूले भारतले लगाएको नाकाबन्दीको विरुद्धमा आ–आफ्ना कविता मार्फत भारतीय हस्तक्षेपको विरोध गरे । 
अभियानको तेश्रो कार्यक्रम ः २०७२ साल असोज १७ गते काठमाडौँ रत्नपार्कको शान्तिबाटिकामा आयोजना गरियो । उक्त कार्यक्रममा भारतीय हस्तक्षेपको विरुद्धमा कविहरूले ब्यानरमा कविता लेखेर भारतले लगाएको नाकाबन्दीको विरुद्धमा आ–आफ्ना सिर्जना मार्फत विरोध व्यक्त गरे । उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहन वैद्य ’चैतन्य’ हुनुहुन्थ्यो । सोही कार्यक्रममा अर्का वरिष्ठ साहित्यकार दिनानाथ शर्मा विशिष्ट अतिथि रहनुभएको थियो । प्रमुख अतिथि र विशिष्ठ अतिथिले व्यानरमा कविता लेखेर कार्यक्रमको आरम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा बाटो हिँड्ने यात्रुहरुले कविता लेखेर कार्यक्रमको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।


सामना सांस्कृतिक अभियान
२०६९ साल चैत्र ५ गतेदेखि सामना परिवारको अगुवाईमा करिब एक महिने सामना सांस्कृतिक अभियान सञ्चालन भएको थियो । 


अन्तर्राष्ट्रिय चलचित्र कार्यशालाको आयोजना
२०७१ साल माघ २२ गतेदेखि फागुन २ गतेसम्म रोल्पा जिल्लाको लिवाङमा एउटा अन्तर्राष्ट्रिय स्तरको चलचित्र कार्यशाला सम्पन्न भएको थियो । अखिल नेपाल चलचित्रकर्मी सङ्घको आयोजनामा भएको उक्त कार्यशालाले प्रगतिवादी चलचित्रकर्मीहरुलाई नयाँ दिशानिर्देश गर्न महत्वपूर्ण भूमिका खेल्यो । 


ललितकला सम्बन्धी विचार गोष्ठीको आयोजना

२०७१ साल असार १७ गते अखिल नेपाल ललितकला सङ्घको आयोजनामा ‘ललितकला क्षेत्रमा समस्या र चुनौतिहरु’ विषयक एकदिने गोष्ठीको आयोजना गरिएको थियो । 
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौँ राष्ट्रिय सम्मेलनको तयारीको सन्दर्भमा २०७३ साल वैशाख ११ गते अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भई विष्णु भण्डारीको नेतृत्वमा ६९ सदस्यीय केन्द्रीय समिति निर्माण भइ सकेको छ । त्यसैगरी २०७३ साल वैशाख १८ गते अखिल नेपाल ललितकला सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले देवेन्द्र थुम्केलीको अध्यक्षतामा ३७ सदस्यीय समिति बन्यो । त्यसै गरी २०७३ वैशाख २२ गते अखिल नेपाल नाट्यकर्मी सङ्घको प्रथम राष्ट्रिय सम्मेलनले किशोर अनुरागको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समितिको निर्माण भएको छ । अखिल नेपाल जनकलाकार सङ्घले २०७३ वैशाख २३ गते आफ्नो राष्ट्रिय भेला सम्पन्न गरी सम्मेलनको तयारी सुरु गरेको छ । 


हाम्रो सङ्गठनका सम्भावना र चुनौतिहरू संक्षिप्त चर्चा 

सुप्रसिद्ध साहित्यकार पारिजातको नेतृत्वमा २०३८ सालमा स्थापित यो सङ्गठनले अहिलेसम्म आइपुग्दा ३५ वर्षको लामो यात्रा पार गरेको छ । क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका इन्द्रेणी सांस्कृतिक समाज, प्रगतिशील सांस्कृतिक सङ्गठन, जनकला सिर्जना समाजजस्ता सङ्घ–सङ्गठनहरूसँग एकता र विभिन्न सांस्कृतिक सम्मिलनहरु गर्दै अहिलेसम्म आइपुग्दा यो सङ्गठन नेपाली सास्कृतिक आन्दोलनमा आयतनका हिसाबले एउटा ठूलो संस्थाको रुपमा स्थापित भएको छ । यति लामो जीवनमा यो सङ्गठनले अनेकौं चुनौतीहरूको सामना गरेको छ । यिनै चुनौतीहरूका बीचबाटै यसले आफ्ना महत्वपूर्ण दायित्वहरूको पनि निर्वाह गरेको छ । आज पनि यो सङ्गठनका अघिल्तिर प्रशस्त सम्भावना र अनेकौं चुनौतीहरू विद्यमान छन् । चुनौतीको सामना गरेर मात्रै हामी हाम्रा कामहरूलाई प्रभावकारी बनाउन सक्छौं । 
यतिबेला हाम्रो सङ्गठनभित्र प्रतिभाहरूको ठूलो संख्या छ । समाजका विभिन्न क्षेत्रमा स्थापित र सम्मानित प्रतिभाहरू कुनै न कुनै जिम्मेवारीमा हाम्रो सङ्गठनमा क्रियाशील छन् । समर्थक प्रतिभाहरूको विशाल सङ्ख्या हामीसँग छ । साहित्यका विभिन्न विधाहरूमा स्थापित लेखकहरू अखिल नेपाल लेखक सङ्घमा आबद्ध छन् । पञ्चायती कालरात्रीमा जनवादी गीत सङ्गीतले नेपालका गाउँ शहरमा चेतना फैलाउने खुशीराम पाख्रिनदेखि लिएर नयाँ पुस्ताको ठूलो सङ्ख्या अखिल नेपाल जनकलाकार सङ्घमा क्रियाशील छ । नेपालको चलचित्र क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूको ठूलो संख्या अखिल नेपाल चलचित्रकर्मी सङ्घमा आबद्ध छ । अखिल नेपाल ललितकला सङ्घसँग सम्बद्ध प्रतिभाहरू नेपालको ललितकला क्षेत्रमै स्थापित हुनुहुन्छ । २०७० साल पुस २ गते गठित हाम्रो अर्को आङ्गिक सङ्गठन अखिल नेपाल नाट्यकर्मी सङ्घले छोटो समयमै आफ्ना कार्यक्रमहरू प्रस्तुत गरेर आफूलाई स्थापित गराउँदै लगेको छ । देशका प्रायः सबै जिल्लामा कुनै न कुनै रुपमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घसँग आबद्ध सांस्कृतिककर्मीहरूको उपस्थिति छ । यति हुँदाहुँदै पनि अग्रगामी सांस्कृतिक चेतनाका माग गरिरहेको वर्तमान समयलाई हामीले त्यो चेतनाको पूर्ति गर्न सकिरहेका छैनौं ।


हाम्रो सङ्गठनका समस्याहरू
हाम्रो सङ्गठनको आन्तरिक जीवनमा प्रशस्तै समस्याहरू छन् । ति समस्याहरूलाई हल गर्दै अघि बढ्नु शिवाय हामीसँग अब अर्को विकल्प पनि छैन । म ति केही समस्याहरूको बारेमा छोटोमा चर्चा गर्नेछु । 


१. निश्क्रियताको समस्या 
सक्रिय नभएको सङ्गठनबाट अन्य थप समस्याहरू पैदा हुन्छन् भन्ने एउटा भनाइ हामीले सकारात्मक दृष्टिकोणले मनन गर्नु जरुरी छ । अहिलेको यो समस्या पूर्णकालीन साथीहरूको व्यवस्थापनसँग पनि जोडिएको छ । साथीहरूले पनि भेला एवं बैठकहरूमा समय दिने वचनबद्धता जनाउने तर काममा पछि हट्ने समस्या बढेर गएको छ । 


२. सिर्जनाशीलताको समस्या 
हाम्रो सङ्गठनमा यो समस्या विस्तारै जसो झ्याङ्गिँदै गएको छ । सङ्गठनको आकार हेर्दा ठुलो जस्तो तर हाम्रा सिर्जनाहरू कमजोर जस्ता लाग्ने गरेका छन् । यसको समस्या कहा हो ? यो विषयमा खोजी हुन जरुरी छ । हाम्रो आन्दोलनमा सङ्गठित भएका प्रतिभाहरूलाई आआफ्ना कला एवं साहित्यिक विधाहरूमा लाग्न उत्प्रेरित गर्ने र वातावरण निर्माण गर्ने कामको योजना हामीले बनाउन सकिरहेका छैनौँ । गीत, सङ्गीतका क्षेत्रमा पनि जनताको मन मस्तिष्कहरूलाई झङ्कृत बनाउने क्षमता नभएको गुनासो आइरहेकै छ । साहित्यमा पनि हामीले हस्तक्षेप गर्न सकेका छैनौँ । एक प्रकारले के देखिने गरेको छ भने सङ्गठनमा आबद्ध प्रतिभाहरूको छनोट गरेर सिर्जनात्मक कार्यका लागि हामीले कुनै योजना बनाइरहेका छैनौँ । यसो भयो भने हाम्रो सङ्गठन सिर्जना विनाको पार्टी कार्यकर्ताले भरिएको एउटा देखाउनका लागि मात्र बनेको जनवर्गीय सङ्गठन हुनेछ । अबका दिनमा यसतर्फ सोच्न जरुरी छ । सिर्जनात्मक कार्यका लागि प्रशिक्षणहरू सञ्चालन गर्न जरुरी छ । 


३. अनुशासनको समस्या
अनुशासनको समस्या पनि हाम्रो सङ्गठनमा देखिएको अर्को महŒवपूर्ण समस्या हो । आफुलाई लागेको कुरा पारित नहुने वा कार्यान्वयन नहुने बित्तिकै सङ्गठनको कामलाई असहयोग गर्ने, बैठकहरूमा अनुपस्थित हुने वा बहुमतको निर्णयका विरुद्ध कुरा काट्दै हिँड्ने प्रवृत्ति बढेर गएको छ । 


४. वैचारिक प्रशिक्षणको समस्या
पछिल्ला समयमा आउँदा माक्र्सवादी शिक्षाको अध्ययन गर्ने र गराउने कार्यबाट हामी पछि हट्दै गएका छौँ । त्यो कारणले पनि हाम्रा सङ्गठनभित्रका बहस र छलफलहरू भद्दा र कमजोर बन्न थालेका छन् । झनै शान्ति प्रक्रियापछि आन्दोलनको मूलधारमा प्रशस्तै साथीहरू आउनुभयो । उहाँहरू जुन जगमा टेकेर आन्दोलनका प्रवाहमा आउनुभयो, आफुलाई परिष्कृत नगरिकन उहाँहरू आन्दोलनमा घुलमिल भइरहनु भएको छ । नयाँ आएका साथीहरूलाई वैचारिक प्रशिक्षणहरू, कार्यक्रमहरू हामीले पनि दिन सकिरहेका छैनौँ । पार्टीमा भेला एवं प्रशिक्षणहरू पनि वैचारिक स्तर बढाउने भन्दा दैनिक राजनीतिक विषयहरूमा मात्र केन्द्रित हुने गरेका छन् । पछिल्लो समयमा सङ्गठित हुन आउनु भएका सांस्कृतिककर्मीहरूलाई माक्र्सवादी चिन्तनलाई आत्मसात गर्ने कुरामा प्रशिक्षण गर्न सकिएन भने पनि हाम्रा सङ्गठनहरू झन् भुत्ते हुँदै जाने खतरा बढ्दो छ । 


५. योजनाको समस्या
चौथो राष्ट्रिय सम्मेलदेखि यताका समयसम्म आउँदा हामीले तल्ला कमिटिहरूलाई उपयुक्त कार्य योजना निर्माण गरेर पठाए पनि ती कार्यान्वयन हुन सकेनन् । योजनाहरू गुटवादी र फुटवादी क्रियाकलापका कारण पनि लागु गर्न समस्या थपियो । 


६. आर्थिक समस्या 
आर्थिक समस्या सम्पूर्ण कामहरूमा जोडिएर आउने समस्या हो । हामीसँग प्रतिभाहरूको खानी भएको साङ्गीतिक टोलीहरू छन् । हाम्रै सहयोगमा अन्य सङ्गठनहरूले आर्थिक सहयोगहरू जुटाउँछन् । तर हामी यो समस्याबाट झनै बढी प्रताडित भइरहेका छौँ । हाम्रा सिर्जनाहरूलाई मात्र व्यवस्थित गर्न सके हामी यो समस्याबाट मुक्त हुन सक्दछौँ । आर्थिक योजनालाई व्यवस्थित गर्ने काममा हामीले तुरुन्त पाइला चाल्न जरुरी छ । यो समस्यालाई व्यवस्थित नगरिकन हामी सिर्जनात्मक कार्यमा अघि बढ्न सक्दैनौँ । आर्थिक समस्या हाम्रो ठुलो समस्या बनेर हाम्रा अघिल्तिर उभिएको छ । 

माथि उल्लेख गरेका समस्याहरूलाई हामीले ध्यान पु¥याउन सकेनौँ भने हाम्रो सांस्कृतिक आन्दोलन अलिकति पनि माथि उठ्न सक्दैन । 


सांस्कृतिक क्षेत्रमा क्रियाशील प्रवृत्तिहरू ः एक दृष्टिकोण
मूलतः यतिबेला सांस्कृतिक क्षेत्रमा अरू पनि केही प्रवृत्ति र शक्तिहरू क्रियाशील रहेका छन् । यी सबै प्रवृत्ति र धारहरू कुनै न कुनै रूपमा सांस्कृतिक क्षेत्रमा क्रियाशील छन् । ती धार एवं प्रवृत्तिहरूको म छोटो चर्चा गर्न उपयुक्त होला भन्ने ठान्दछु । 


१. प्रतिगामी प्रवृत्ति 
नेपालको सांस्कृतिक क्षेत्रमा यो धार अहिलेसम्म कायम रहेको देखिन्छ । मूलतः यस धारले सामन्ती चिन्तन र सोचलाई अघिल्तिर बढाउने कोसिस गर्दै राजतन्त्रात्मक व्यवस्थाप्रति सकारात्मक रहँदै दरबारिया संस्कृतिको पक्षपोषण गर्नु, पुराना वेद र हिन्दु धर्मशास्त्रका समाजबाट विस्थापित भइसकेका संस्कार र व्यवहारको पक्षमा बहस गर्नु, परिवर्तनको विरोध गर्नु यस प्रवृत्ति अन्तर्गत पर्दछ । राप्रपा नेपाल जस्ता राजनैतिक पार्टी अन्तर्गत वा छेउछाउ रहेका बुद्धिजीवी वा सांस्कृतिककर्मीहरू यो प्रवृत्तिभित्र समेटिन्छन् । 


२. यथास्थितिवादी प्रवृत्ति
अग्रगामी शक्तिहरूको प्रस्तावलाई झेल्न नसकेर परिवर्तनको पक्षमा आफु रहेको देखाउने तर ठाउँ भेट्नासाथ परिवर्तनको विरोध गर्न पछि नपर्ने एउटा ठुलै तप्का हाम्रो सांस्कृतिक क्षेत्रभित्र देखा पर्ने गरेको छ । गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समावेशी प्रतिनिधित्व जस्ता विषय बाध्यताले स्वीकारेको देखाउँदै प्राप्त भइरहेको परिवर्तनप्रति यो प्रवृत्तिले नकारात्मक धारणा देखाउँछ । मूलतः नेपाली काङ्ग्रेसको नजिक रहेका संस्कृतिकर्मीहरूमा यो चिन्तन रहेको पाइन्छ । 


३. दक्षिणपन्थी÷सुधारवादी प्रवृत्ति
यो प्रवृत्तिले पनि अन्ततः नेपालीको प्रगतिवादी सांस्कृतिक आन्दोलनलाई घाटा गराइरहेको छ । वर्गसङ्घर्ष, वर्गसत्ता र वर्ग नेतृत्वका विरुद्धमा सन्तुलन, समन्वय र शान्तिपूर्ण रूपान्तरणको धारलाई रुचाउने यो प्रवृत्ति ढुलमुले, बिचौले र मूलतः क्रान्तिकारी रूपान्तरण विरोधी छ । हाम्रो आन्दोलनभित्र राष्ट्रिय जनसांस्कृतिक महासङ्घ अन्तर्गत क्रियाशील सांस्कृतिकर्मीहरूमा यो समस्या बढी देखा परेको छ । 


४. जडसूत्रवादी प्रवृत्ति
यो प्रवृत्ति पनि हाम्रो आन्दोलनमा कुनै न कुनै रूपमा देखा परिरहने गरेको छ । मूलतः यो प्रवृत्ति क्रान्तिकारी आन्दोलनभित्रकै प्रवृत्ति भएको भए पनि सही समझ र समयको गतिलाई वस्तुगत दृष्टिकोणले बुझ्न नसक्दा आन्दोलनलाई क्षति पुग्ने गरेको छ । समाज अघि बढिसकेको कारण नयाँ दृष्टिकोण अपनाउन नसक्ने र पुरानै नारामा अल्मलिन रुचाउने यो प्रवृत्तिले यतिबेला सामन्तवादको केन्द्र भत्किसकेको र नेपाली समाजमा पुँजीवादी साम्राज्यवादी चरित्र मूलधारमा आइसकेको अवस्थामा पनि जनवादी क्रान्ति र संस्कृतिको कुरा गर्न छाडेको छैन । त्यो प्रवृत्तिले समाजवादी संस्कृतिको स्थापनाका लागि जोड दिनुको सट्टा २००६ सालको आँखाले नेपाली समाजलाई विश्लेषण गरिरहेकै छ । मूलतः यो प्रवृत्तिको नेतृत्व एकै नामले क्रियाशील दुवै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ जस्ता सङ्गठनहरूले गरिरहेका छन् । 


५. क्रान्तिकारी प्रवृत्ति 
सही दृष्टिकोण र सही कार्यदिशालाई अघि नबढाइकन क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन सकिँदैन । यो धारलाई जिम्मेवारपूर्ण ढङ्गले अघि बढाउने जिम्मेवारी हाम्रो सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक सङ्घको काँधमा आएको छ । सही विचार दृष्टिकोण बोकेका व्यक्तिहरू अन्य सङ्गठनमा छरिएर रहनु भएको छ । कति त स्वतन्त्र रुपमा रहेर सांस्कृतिक आन्दोलनका बारेमा चिन्तन गरि रहनु भएको छ । ती सबै सांस्कृतिककर्मीहरूलाई मूलधारमा ल्याएर क्रान्तिकारी सांस्कृतिक आन्दोलन अघि बढाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । 


सङ्गठनले पुरा गर्नुपर्ने आगामी कार्यभारहरू
सामन्ती दरबारिया शक्ति र राजतन्त्र जनताको बलबाट उखेलिए पनि ऊ अझै पनि आफ्नो भूमिका खोजिरहेको छ । यसले बाहिरी शक्तिहरूसँगको आडभरोसामा अझै कुनै वितण्डा मच्चाउँदैन भनेर विश्वस्त भएर बस्न सकिने अवस्था छैन । साम्राज्यवादी÷विस्तारवादी शक्तिहरू हाम्रो उपलब्धीका कुनै न कुनै पक्षहरूमा प्रहार गर्न सक्रियताका साथ लागिरहेका छन् । मरिसकेको सामन्ती शक्तिलाई अझै श्वास हालेर ब्युँताउने कुप्रयासमा भारतीय हिन्दू अतिवादीहरू लागेका समाचारहरू आइरहेकै छन् । तिनका विरुद्ध प्रतिरोधको लागि हरदम तयार हुन जरुरी छ । प्राप्त उपलब्धीको रक्षा गर्नु पनि हाम्रो महŒवपूर्ण दायित्व हो । हाम्रा आगामी कार्यभारहरूलाई व्यवस्थित ढङ्गले निक्र्यौल गरेर अघि बढ्न जरुरी छ । 


क. विचारधाराको क्षेत्रमा 
क्ष्। हाम्रो आन्दोलनमा विचारधारात्मक समस्या मूल र पहिलो समस्या हो । वैचारिक रूपले सङ्गठनलाई सुसज्जित नगरिकन सांस्कृतिक आन्दोलनलाई क्रान्तिकारी दिशामा अघि बढाउन सकिँदैन । वैचारिक कार्यको महŒवलाई ख्याल गर्दै सङ्गठनको कामलाई यसतर्फ निरन्तर जोड्ने प्रयत्न गरिरहनु पर्छ । 
क्ष्क्ष्। सङ्गठनले लिएका नीति र योजनालाई लागु गर्न र प्रशिक्षित गर्न निरन्तर प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिरहनु पर्छ । 
क्ष्क्ष्क्ष्। सङ्गठनभित्र पाठ्यक्रमको व्यवस्था र तर्जुमा गरिनुपर्छ र निरन्तर पठन संस्कृतिको पक्षमा साथीहरूलाई अभ्यस्त गराइनु पर्दछ । 
क्ष्ख्। नेपाली समाजमा चलिआएका सांस्कृतिक रीतिस्थिति र संस्कारहरूबारे सही धारणा बनाउन गोष्ठी अन्तक्र्रिया जस्ता कार्यक्रमको आयोजना गरिरहनु पर्छ । 


ख. सङ्गठनका क्षेत्रमा 
क्ष्। सङ्गठनका कार्यहरूलाई व्यवस्थित गर्न प्रत्येक सङ्गठनको बैठकलाई नियमित राख्ने प्रयत्न गर्नु पर्दछ । 
क्ष्क्ष्। सदस्यता नवीकरण र वितरणको कार्यलाई नियमित योजनाभित्र पार्नु पर्दछ । 
क्ष्क्ष्क्ष्। सङ्गठनभित्र नेतृत्व र जिम्मेवारी दिँदा व्यक्तिको नैतिक चरित्र र प्रतिबद्धतालाई ख्याल गरिनु पर्दछ । 
क्ष्ख्। सबै आङ्गिक सङ्गठनका कामहरू अघि बढाउँदा आआफ्ना विधागत क्षेत्रलाई अधिकतम ध्यान पु¥याउन प्रयत्न गर्नु पर्दछ । 
ख्। सङ्गठनभित्र विचार अभिव्यक्तिको स्वतन्त्रता, काम कारबाहीमा एकरूपताको नीतिलाई कडाइपूर्वक लागु गरिनु पर्दछ । सङ्गठनभित्र अनुशासनहीन अराजक प्रवृत्तिलाई छुट दिनु हुँदैन । 
ख्क्ष्। केन्द्रमा र प्रदेशमा अनिवार्य कार्यालयको स्थापना गर्नु पर्दछ । सबै आङ्गिक सङ्गठनहरूलाई कार्यालय सञ्चालन गर्न सहयोग पु¥याउनु पर्दछ । 



ग. सङ्घर्षको क्षेत्रमा 
क्ष्। राज्य पक्षबाट साहित्यकार, कलाकार एवं सम्पूर्ण संस्कृतिकर्मीहरूको पहिचान गरेर संस्कृति मन्त्रालयमार्फत् परिचयपत्रको व्यवस्था गराउने प्रयत्न गर्नु पर्छ । 
क्ष्क्ष्। राजा, महाराजाका नाममा रहेका साहित्यिक पुरस्कारहरूको नाम हटाएर देश र जनताको पक्षमा लेख्ने साहित्यकारहरूको नाममा राख्न सङ्घर्ष गर्नु पर्छ । 
क्ष्क्ष्क्ष्। लेखक, कलाकार, चलचित्रकर्मीहरूको सिर्जना बिक्रीमा कर छुट गर्न पहल र प्रयत्न गर्नु पर्छ । 
क्ष्ख्। प्रतिलिपि अधिकारको सुनिश्चितताका लागि सङ्घर्ष अघि बढाउने कार्यलाई जोड दिनु पर्छ । 
ख्। नेपाली मौलिक पुस्तक प्रकाशन गर्दा, चलचित्र छायाङ्कन गर्दा गीत–सङ्गीत रेकर्ड गर्दा सरकारी अनुदानको व्यवस्था गराउन पहल गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्छ । 
ख्क्ष्। देशभरका गा.वि.स.हरूमा पुस्तकालयको व्यवस्था गर्न सरकारलाई दबाब दिने जस्ता कार्यक्रम गर्नु पर्छ । 


घ. संयुक्त मोर्चाका क्षेत्रमा 
क्ष्। साझा विषयहरू किटान गरेर प्रगतिशील लेखक सङ्घलाई अझ प्रभावकारी बनाएर अघि बढाउनु पर्छ । 
क्ष्क्ष्। प्रगतिशील कलाकार सङ्घलाई पुनर्गठित गरेर सक्रिय बनाउनु पर्छ । त्यो काममा हाम्रा जनकलाकार साथीहरूलाई अघि बढ्न उत्पेरित गर्नु पर्छ । 
क्ष्क्ष्क्ष्। प्रतिभा–प्रवाह, साहित्य सन्ध्या जस्ता साहित्यिक अभियानहरूका बीचमा छलफल चलाउँदै समान मुद्दाहरू र विषयहरूमा अन्तक्र्रिया, गोष्ठी तथा अन्य अभियानहरूको आयोजना गरिनु पर्दछ । 


ङ. प्रचार तथा प्रकाशनको क्षेत्रमा
क्ष्। महासङ्घको एउटा छुट्टै नियमित प्रकाशन हुन जरुरी छ । त्यसका लागि ‘नयाँ संस्कृति’ लाई नियमित प्रकाशनको व्यवस्था मिलाउनु पर्दछ । 
क्ष्क्ष्। कलम जस्ता साहित्यिक पत्रिका अखिल नेपाल लेखक सङ्घ मार्फत् प्रकाशन गर्ने योजनालाई अघि बढाउनु पर्छ । 
क्ष्क्ष्क्ष्। जनकलाकार सङ्घ मार्फत विभिन्न भाषामा गीतहरूको सि.डी. प्रकाशन गर्ने काम अघि बढाउनु पर्दछ । 
क्ष्ख्। इतिहासका महŒवपूर्ण गीतहरूको पुनः उत्पादन गर्ने प्रयत्न गर्नु पर्दछ । 
ख्। सबै घटक सङ्गठनबाट कुनै न कुनै नियमित प्रकाशनका लागि योजना बनाउनु पर्दछ । 


च. आर्थिक क्षेत्रमा 
क्ष्। आर्थिक कोषलाई व्यवस्थित गर्न नियमित (टिकट सो) सांस्कृतिक कार्यक्रमको आयोजनालाई ध्यान दिनु पर्छ । यसबाट आर्थिक पाटोमा सहयोग मात्र नभएर आफ्ना विचारहरू जनसमुदायसम्म पुग्दछ । 
क्ष्क्ष्। जनसङ्गीतका क्यासेट, सि.डी. उत्पादन तथा चलचित्रकर्मी सङ्घलाई फिल्म उत्पादन गर्न प्रोत्साहित र सहयोग गर्नु पर्छ । यसले पनि आर्थिक क्षेत्रलाई मात्र सहयोग नभई वैचारिक काम पनि सँगसँगै हुन्छ । 


प्रतिनिधि साथीहरू

हाम्रो सङ्गठनमा प्रतिभाहरूको उल्लेख्य सहभागिता छ । हाम्रो मूल समस्या भनेको योजनाकै समस्या हो । सांस्कृतिक आन्दोलनमा अहिलेसम्म प्राप्त उपलब्धीहरूबाट शक्ति आर्जन गर्दै कमजोरीहरूबाट पाठ सिकेर अघि बढ्नु शिवाय हामीसँग अर्को बाटो पनि छैन । हामीले यहाँ हाम्रो सङ्गठनको संक्षिप्त चित्र प्रस्तुत ग¥यौँ र केही आगामी कार्यभारको चर्चा ग¥यौँ । यो कार्यभारलाई पुरा गर्न एक नयाँ उत्साहका साथ नयाँ उचाइमा सक्रियतालाई वृद्धि गरे मात्र हामीले खोजेको परिणाम आउन सक्दछ । 
सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिले वर्गीय समाजमा संस्कृतिकर्मीहरूको भूमिका वर्गीय नै हुन्छ । अग्रगामी दृष्टिकोण भएका सांस्कृतिकर्मीहरूले नै समाज रूपान्तरणमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । हाम्रो देशको समाज रूपान्तरणमा सांस्कृतिकर्मीहरूको भूमिका अत्यन्तै गरिमामय रहेको छ । समाज रूपान्तरणका लागि हाम्रा सांस्कृतिकर्मीहरूले नयाँ इतिहास समेत निर्माण गरेका छन् । समाज रूपान्तरणमा संस्कृतिकर्मीहरूको भूमिकाको कुनै सीमा हुँदैन । यो सङ्घर्षको निरन्तरतासित गाँसिन्छ । 
सही विचार सहित सही कार्यक्रम लिएर अघि बढ्न सके सम्पूर्ण चुनौतिको सामना गर्न सम्भव छ । क्रान्तिकारी दृष्टि र कार्यनीति लिएर अघि बढ्न सक्यौँ भने जडसूत्रवाद, यथास्थितिवाद, संशोधनवाद, सङ्कीर्णतावाद, अराजकतावाद सबै गलत चिन्तनलाई सहजै परास्त गर्न सकिन्छ । त्यसैले सङ्गठनको कार्यदिशालाई दृढतापूर्वक आत्मसात् गरौँ । आफूलाई स्वयं रूपान्तरण गर्दै क्रान्तिकारी सांस्कृतिक आन्दोलनको कष्टपूर्ण यात्रालाई नयाँ उचाइमा उठाऔँ । क्रान्तिकारी अभिवादन सहित !


मातृका पोखरेल
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ

No comments: