Thursday, June 8, 2017

उफ, हाम्रो सांस्कृतिक स्तर ! - प्रदीप ज्ञवाली


नयाँ नेपालमा पुरानै सांस्कृतिक मूल्यहरूको वर्चस्व र यसका अगाडि हाम्रा नयाँ नेपालकाअभियन्ताहरूको आश्चर्यजनक समर्पण ज्यादै दुःखद छ ।





स्थानीय भगवती मन्दिरमा प्रवेश गरेको आरोपमा रौतहटको पिपरिया, भिङ्डाबरस्थित दलित बस्तीमा कथितमाथिल्लो जातिका व्यक्तिहरूद्वारा गरिएको आक्रमण र दलितहरूको विस्थापनको समाचारले यो हप्ता मानव मर्यादा रआधुनिक सभ्यताको खिल्ली उडायो । दुर्भाग्यवश, यस्ता घटना अपवाद होइनन्, नियमित आकस्मिकताका रूपमादोहोरिइरहेका छन् । चुल्हो छोएको निहुँमा मारिएका कालिकोटका मनवीर हुन् या सिनु नफालेको निहुँमा नाकाबन्दीगरिएका सप्तरीका दलितहरू, अन्तरजातीय विवाहका कारण मारिनुपरेका युवतीका कथा हुन् या दलित युवालाई 'देशनिकाला' गरिएको सन्दर्भ- 'छुवाछूत मुक्त' घोषणा गरिएको सात वर्ष बितिसक्दा पनि गणतान्त्रिक नेपालमादोहोरिइरहेका यस्ता घटनाले हाम्रासामु चुनौतीपूर्ण प्रश्न तेस्र्याइदिएको छ ।

आखिर कहाँ छ, हाम्रो सांस्कृतिक रूपान्तरणको कार्यसूची ?

महिला हिंसाको हिसाबले यो वर्ष कलङ्कपूर्ण रह्यो । आफ्नै परिवारद्वारा जलाएर मारिएकी शिवा हास्मी हुन् यापरिवारको षडयन्त्रद्वारा हत्या गरिएकी विन्दु ठाकुुर, रक्षकहरूबाटै अस्मिता भक्षण गरिएकी सीता राई हुन् या यात्रुबसमा सामूहिक बलात्कारको सिकार बनेकी एउटी अबोध भिक्षुणी, आफ्नै भनिनेबाट बलात्कृत चार, पाँच या सातवर्षका शिशुहरूको त्रासदी होस् या ११ वर्षमा गर्भ बोक्न अभिशप्त बालिकाको नियति- नेपाली समाजको निरन्तरकुरूप बन्दै गइरहेको तस्विरलाई देखाउँछ । महिला विरुद्धको हिंसा विश्वव्यापी चुनौती हो । तर हाम्रो समाजमाहिंसाको जुन भयावह तस्विर छ र त्योभन्दा बढी, दुराचारीहरू खुलेआम घुम्न र उल्टै पीडितलाई धम्क्याउन पाउनेजुन खालको दण्डहीनता मौलाइरहेको छ, यो निकै चिन्ताजनक छ । फेरि उही प्रश्न, आखिर कहाँ छ, हाम्रोसांस्कृतिक रूपान्तरणको कार्यसूची ?

गतहप्ता कमलरीहरूको आन्दोलनले राजधानी सहर र सिङ्गो तराईलाई हल्लायो । आजको युगमा पनि बँधुवाश्रमिकको रूपमा कमैया/कमलरी प्रथा रहनु, सात-आठ वर्षका बालिकाहरू घरेलु श्रमिकका रूपमा ठालुकहाँ बन्धकरहनु र यौनशोषण र अन्य अमानवीय उत्पीडनको सिकार बन्नुपर्ने अवस्थाले 'परिवर्तन'लाई गिज्याइरहेको छ ।अझ दुःखद विषय, सहकर्मीको रहस्यमय मृत्युको छानबिन गरियोस् भन्दै आन्दोलनमा उत्रिएका कमलरीकाछातीमाथि पुरुष प्रहरीको बुटले थिलथिलो पार्नुले हाम्रो 'मानवअधिकार'लाई कुरीकुरी गरेको छ । घरमा कमलरीराखेर चर्को श्रमशोषण गर्ने र बाहिर बालअधिकारको उपदेश दिने कथित अगुवाहरूको कमी छैन, समाजमा । केलोकतन्त्र ती महानुभावहरूको सत्ता स्वार्थको भर्‍याङमात्रै हो ?

फेरि पनि उही प्रश्न, आखिर कहाँ छ, हाम्रो सांस्कृतिक रूपान्तरणको कार्यसूची ?

परिवर्तनको अर्थ हो- समग्र समाजको राजनीतिक-आर्थिक-सांस्कृतिक संरचनाको परिवर्तन । यसको अर्थ हो-कतिपय पुराना मूल्यको विघटन र नयाँ मूल्यहरूको निर्माण । दुर्भाग्यवश, हामीकहाँ परिवर्तनले सत्ता परिवर्तनकोसीमित अर्थलाई मात्रै बहन गर्‍यो । राजा बसेको कुर्सीमा राष्ट्रपतिलाई राख्नुलाई मात्रै, सत्ताबाट बहिर्गमित दलहरूलाईपुनः सत्तासीन बनाउनुलाई मात्रै र विद्रोहका निम्ति जङ्गलमा भौंतारिइरहेको सशस्त्र शक्तिलाई सहरमा रातो कार्पेटबिछ्याउनुलाई मात्रै हामीले परिवर्तन भनेर बुझ्यौं । -यतिबेला त तिनै दलहरूसमेत सत्ताबाट बाहिरिएको र हिजोकाखलनायकहरूले रातो कार्पेटमा बुटका काला डाम पार्दै गरेको समय छ ।) समग्र गलत अवयवहरूको विस्थापन रनयाँको निर्माणमा ध्यान नपुग्दा हाम्रो राजनीतिक परिवर्तन खोक्रो र प्रभावहीन बन्दै गइरहेको छ ।

'नयाँ नेपाल' बनाउँछु भन्दै हिंसामा उत्रिएको माओवादीले कुनै बेला राप्ती र भेरीका पहाडी जिल्ला र सिङ्गोकणर्ालीलाई 'आधार-क्षेत्र' घोषणा गरेको थियो । आफ्नो 'नयाँ सत्ता'को अभ्यास हेर्न उसले धेरै स्वदेशी र विदेशीपत्रकारलाई निम्त्याउँथ्यो । तर हतियार बिसाएर जब ऊ सहर पस्यो, आधार क्षेत्रहरूमा निर्माण गरिएको'सामाजिक-सांस्कृतिक मूल्य' उदाङ्गो भए । कालिकोटमा चुल्हो छोएको निहुँमा मनवीर मारिए, जाजरकोटमासफाइको अभावले फैलिएको हैजाले सयौंको ज्यान लियो र दैलेखमा अन्तरजातीय विवाह गरेबापत दलितकोपरिवारमाथि नृशंस हत्या भयो । यो त गाउँको कुरा भयो । 'युद्धकाल'मा गरिएका अन्तरजातीय विवाहहरू धमाधमभत्किँंदै गएका, महिला कार्यकर्ताहरू अलपत्र पारिएका र पार्टीमा यौन विकृतिहरू अत्यासलाग्दो गरी बढ्दै गरेकोचिन्ता पार्टीले संस्थागत रूपमै स्वीकारेको छ । सांस्कृतिक रूपान्तरणका नाममा हिंसात्मक द्वन्द्वताका किरियाबसेका किरियापुत्रीको हत्या गर्ने र मन्दिरका पुजारीहरूको जनै र टुप्पी काटिदिने साथीहरू अचेल 'भैंसीपूजा'सम्मगर्न भ्याउँछन् । अचेल एमाओवादीका कतिपय नेता/कार्यकर्ताको बिहेभोज हेर्दा यस्तो लाग्छ- हामी कुनै अर्बपतिकोनिम्तो खान गइरहेका छौं । सहर नयाँ सम्भ्रान्तहरूका पदचापबाट आक्रान्त छ ।

के साथीहरूको विद्रोहको सांस्कृतिक मूल्य यस्तै हो ?

प्रश्न एमाओवादीको मात्रै होइन । अन्यत्र पनि समस्या विद्यमान छन् । एमालेबाट चुनाव जितेका महोत्तरीका एकजनागाविस अध्यक्षको अगुवाइमा केही वर्षअघि मरनीदेवीलाई बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाउने जस्तोनिन्दनीय व्यवहार गरियो । सांस्कृतिक अभियानलाई चुनाव या आमसभाका बेला जनता जम्मा गर्न गाइने गीत-नाचको सङ्कीर्णतामा बुझ्ने चिन्तन कायम रहुन्ज्याल र मान्छे भित्र्याउन बल गर्ने तर 'फिल्ट्रेसन प्लान्ट'सञ्चालन नगर्ने हो भने यस्ता विकृतिहरू अन्यत्र पनि दोहोरिनेछन् । हिजो रातो झण्डा अगाडि मुठ्ठी उठाएरजनवादी विवाह गरेका कमरेडहरूका छोराछोरीको बिहेमा खडा भएको जग्गेको धुवाँ र बजिरहेका चर्का गीतका धुनलेआफ्नै अतीतलाई गिज्याइरहे जस्तो लाग्छ । सामन्ती संरचनालाई समूल अन्त्य गर्न लडेका कमरेडहरूका घरमाकहाँबाट छिर्‍यो अचेल 'भुजा ज्युनार', 'सवारी' र 'आइस्यो-गइस्यो' ?

नेपाली काङ्ग्रेसको कार्यसूचीमा त्यसै पनि सांस्कृतिक रूपान्तरणले प्राथमिकता पाउँदैन । यस मामलामा वीपीकोइरालाका कतिपय काम अनुकरणीय छन्, तर पाइला-पाइलामा वीपीको नाम नछुटाउने साथीहरू बाबाहरू रज्योतिषकहाँ जान्छन्, टाउकोमा अन्डा फुटाउन लगाउँछन् र विगुत लगाएर ढुक्क हुन्छन् । विगुत लगाएर, हातकाप्रत्येक औंलामा पत्थरका औैंठी लगाएर आफ्नो मनोकामना पूरा हुने भ्रम पाल्ने नेताहरूले कार्यकर्तालाई किनलोकतन्त्रका निम्ति आन्दोलनमा लाठी-गोली खान होमेका हुनन् ? सबैका निधारमा विगुत दलिदिएको भए तपञ्चायतविरुद्ध ३० वर्ष र ज्ञानेन्द्रविरुद्ध ४ वर्ष लड्नैपर्ने थिएन नि ?

देशको होइन, मधेसको मात्रै कुरा गर्ने, सत्ताका लागि सबै हद तोड्न तयार हुने र मूलतः जमिनदारहरूकोप्रतिनिधित्व गर्ने मधेसी दलबाट दहेजका निम्ति जिउँदै जलाइएकी महिलाबारे आवाज उठ्ला, दलितमाथि ज्यादतीहुँदा सहानुभूतिका शब्द चुहिएलान् र त्यहाँको सामाजिक रूपान्तरणको अभियान चालिएला भन्ने कुरा कल्पनाबाहिरकै कुरा भयो ।

लोकतन्त्र, गणतन्त्र, समाजवाद शब्दजाल मात्रै होइनन् । तिनीहरूले निश्चित अर्थ बोकेका हुन्छन् र तिनले निश्चितमूल्यहरूको प्रतिनिधित्व गर्छन् । तर यी सबै शब्द सत्ताप्राप्तिका साधनजस्तो मात्रै हुनपुगे । संविधानसभालाईरबरस्ट्याम्प बनाएर, संविधानलाई कागजको खोस्टोजस्तो बनाएर, आफ्नै पार्टी या कमिटीलाई समेत गुमराहमाराखेर गरिने निर्णय कुनै पनि अर्थमा लोकतान्त्रिक संस्कारभित्र पर्दैनन् । दुर्भाग्यवश, हाम्रा निर्णय प्रक्रिया पारदर्शी,सहभागितामूलक र लोकतान्त्रिक छैनन् । कार्यकर्ताका भावना निर्णय प्रक्रियामा प्रतिविम्बित हुँदैनन् । नेतृत्व रकार्यकर्ता बीचको दूरी निरन्तर बढिरहेको छ, दुबैका सपना फरक हुनथालेका छन् । कार्यकर्ताको पीडाले अचेलनेतालाई छुँदैन । जनताका समस्या बैठकको प्राथमिकतामा पर्दैनन् । चिन्तन, वर्गीय धरातल र सङ्गत सबैहिसाबमा नेता र कार्यकर्ताबीच ठूलो खाडल पर्नथालेको छ । जनता र पार्टीहरू बीचको दूरी बढ्नुको कारण पनि यहीहो- तपाई आफूलाई सर्वज्ञाता र सर्वशक्तिमान ठान्नुहुन्छ, अरुका कुरा सुन्नै पर्दैन भन्ने मान्नुहुन्छ र जनतालाई'टेकन फर ग्रान्टेड' ठान्नुहुन्छ ।

सबैजसो पार्टी गुटबन्दीले ग्रस्त छन् । गुटबन्दीका राजनीतिक आयाम छन्, यसका दार्शनिक-सांस्कृतिक आयामपनि छन् । आफ्नो विचार र नेतृत्व क्षमतामा विश्वास नभएका नेताहरू गुटबन्दीमा रमाउँछन् । उनीहरूका लागिआलोचना अपि्रय, तर्क कर्कश र स्वाभिमानी नेता-कार्यकर्ताको पङ्क्ति प्रतिद्वन्द्वीजस्तो लाग्छन् । मानौं, उनीहरूले'गाथगादी' ताकेर राज्यद्रोह गर्दैछन् । सधैभरि प्रशंसकहरूको घेरामा सीमित हुने नेतामा सिङ्गो समाजकोभावनालाई 'ग्याल्भनाइज' गरेर नयाँ आकार दिने क्षमता हुँदैन ।


नयाँ नेपालमा पुरानै सांस्कृतिक मूल्यहरूको बर्चस्व र यसका अगाडि हाम्रा नयाँ नेपालका अभियन्ताहरूकोआश्चर्यजनक समर्पण ज्यादै दुःखद छ । पुरानो संस्कृतिले राजालाई कानुनभन्दा माथि ठान्थ्यो र रैतीलाई निरीहआदेशपालक । पात्र फेरिए पनि आज हाम्रा अगुवाहरूको सांस्कृतिक चिन्तन त्यसभन्दा माथि उठ्नसकेको छैन ।पुरानो संस्कृतिले समाजको स्तरीकरण गथ्र्यो- फैसला गर्ने एउटा स्तर, फैसला बोक्ने अर्को स्तर र फैसला भोग्नेअर्को स्तर । स्तरीकरणको यो विडम्बनापूर्ण शृङ्खला जारी नै छ । पुरानो संस्कृतिले महिलालाई यौन रमनोरञ्जनको वस्तु ठान्थ्यो । आज समाज महिलाका लागि झनै असुरक्षित बन्दै गएको छ । महिलालाई हेर्नेदृष्टिकोणमा तात्त्विक अन्तर आउनसकेको छैन । कागजी समानता र कानुनमा लेखिएको दण्ड पर्याप्त हुँदो रहेनछ ।मान्छे आफैमा सबैथोक हो र उसको कर्म नै समाजको अग्रगतिको निणर्ायक विषय हो भन्ने दृष्टिकोण विकासगर्नुको साटो हिजो दैवी चमत्कारको भ्रममा पारिएका जनतालाई हामी आज पनि नेतृत्वको 'चमत्कार'को भ्रमदिइरहेका छौं र परामुखापेक्षी बनाइरहेका छौं । श्रमलाई घृणा गर्ने तर स्रोत वैध-अवैध जस्तोसुकै भए पनिसम्भ्रान्तहरूको पूजा गर्ने क्रम रोकिएको छैन । अध्ययन, तर्क, बहस र सत्यापनको बाटो निरुत्साहित छ ।हिजोका नायकहरूको तीव्र विनिर्माण भइरहेको छ, तर नयाँ नायकको जन्म धेरै टाढा छ ।

यो सांस्कृतिक अधःपतनमाथि सार्थक र प्रभावकारी हस्तक्षेप गर्न ढिलो भइसकेको छ ।
 

No comments: