Showing posts with label बिधान. Show all posts
Showing posts with label बिधान. Show all posts

Wednesday, May 19, 2010

चौथो राष्ट्रिय सम्मेलनबाट पारित विधान

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलनबाट पारित विधान

प्रस्तावना :

मानिसलाई सभ्य र सुसंस्कृत बनाउने प्रक्रियालाई प्रचलित अर्थमा संस्कृति भन्ने गरिएको छ । मानवसमाजको विकासक्रममा वर्गविभाजन सुरु भएपछि आत्मिक संस्कृतिको अन्तर्वस्तु पनि वर्गीय हुनु स्वाभाविक थियो । परम्परागत सामन्ती सांस्कृतिक पृष्ठभूमि भएको हाम्रो समाज एकातिर धार्मिक रूढिवाद र अन्धविश्वासपूर्ण सोचाइले ग्रस्त छ भने अर्कोतिर विकृत पुँजीवादी, साम्राज्यवादी संस्कृतिको समेत बोलवाला बढ्दै गइरहेको छ । प्रतिक्रियावादी एवम् साम्राज्यवादी शक्तिहरू मानिसलाई भ्रष्ट र अनैतिक बनाउने सांस्कृतिक योजनाहरू क्रमशः अघि सारिरहेका छन् । यही सामन्ती, पुँजीवादी र साम्राज्यवादी संस्कृतिको प्रभुत्व र उत्पीडनले गर्दा राष्ट्रिय, जनवादी, वैज्ञानिक तथा जनजातीय मौलिक संस्कृतिक क्रमशः कमजोर बन्दै गइरहेको छ । यो अवस्थामा त्यो आक्रमणबाट सम्पूर्ण शोषित, पीडित जनताको संस्कृतिलाई बचाउन पनि उत्तिकै जरुरी छ । त्यसका लागि माकर््सवाद, लेनिनवाद, माओवाद र विचार सहितको वैज्ञानिक चिन्तनले युक्त शिक्षाको प्रचारप्रसार, प्रगतिवादी कलासाहित्यमा देखापरेका सङ्कीर्णता र दक्षिणपन्थी चिन्तनको विरुद्धमा महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिका शिक्षाहरूले सुसज्जित अभियानको खाँचो पनि टड्कारो बन्दै गइरहेको छ । आन्दोलनभित्र देखापरेका निराशा, अन्यौल, ढुलमुले र अवसरवादी प्रवृत्तिहरूसँग सङ्घर्ष गर्दै कलासाहित्यमा समाजवादी यथार्थवादी सौन्दर्यचिन्तनको प्रयोग र विस्तारमा जोड दिन पनि उत्तिकै जरुरी छ ।
जनवादी सांस्कृतिक आन्दोलनमा देखापरेका यी चुनौतीहरूसँग सङ्घर्ष गर्न सर्वप्रथम त समान विचार राख्ने सांस्कृतिक सङ्गठन एवम् छरिएर रहेका सांस्कृतिककर्मीहरूका बीचमा एकीकृत हुन जरुरी छ । यस सन्दर्भमा करिब एक वर्षअगाडि अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र प्रगतिशील सांस्कृतिक सङ्गठनको एकता र सांस्कृतिक सम्मीलनमार्फत सही विचार एवम् दृष्टिकोण बोकेका सांस्कृतिककर्मीहरूको प्रवेशले जनवादी सांस्कृतिक आन्दोलनले नयाँ उचाइ निर्माण गरेको छ ।
विगतको दसवर्षीय जनयुद्धले सामन्तवादी र साम्राज्यवादी संस्कृतिलाई कडा बज्रमुक्का प्रहार ग¥यो र शहरदेखि ग्रामीण इलाकासम्म बसोबास गरेको जनतासमक्ष जनवादी संस्कृतिको प्रचार र प्रसारमा प्रशस्त योगदान पु¥यायो । सामन्तवादका विरुद्धमा ०६२÷६३ को जनआन्दोलनको भूमिका धेरै महत्वपूर्ण छ । सामन्तवाद र साम्राज्यवादका विरुद्धमा युगौँदेखि लड्दै आएका नेपाली जनताहरूको सांस्कृतिक चेतनामा यी घटनाहरूले नयाँ आयाम थपेका छन् ।
स्वाभाविकै रूपमा वर्गीय समाजमा संस्कृति पनि वर्गीय हुन्छ । श्रमिकहरूको श्रमशक्तिको शोषण गरेर शोषकहरू आफ्नो स्वार्थअनुकुलको संस्कृति निर्माण गर्न चाहन्छन् भने शोषितहरू पनि शोषकवर्गका विरुद्धमा आफ्नै संस्कृतिको निर्माण गर्न चाहन्छन् । आफ्नो शोषणलाई दीर्घकालसम्म टिकाइराख्न शोषकवर्गले धर्म, दर्शन, गीत, सङ्गीत र साहित्यको निर्माण गरेका छन् । त्यसैमार्फत् उनीहरूले आफ्नो अनुकूलको संस्कृति निर्माण गर्छन् । तर शोषितवर्गले पनि आफ्नो अनुकूलको संस्कृति निर्माण गर्न माक्र्सवादी दर्शन, प्रगतिवादी साहित्य एवम् गीत–सङ्गीतको प्रचार तथा प्रसार गर्नु एउटै मात्र उपाय हो । सही विचारधाराले युक्त सङ्गठनले मात्र हाम्रो आवश्यकतालाई पूरा गर्न सक्ने छ । मुलुकमा विद्यमान रहेको सामन्ती सांस्कृतिक अवस्था र विस्तारित साम्राज्यवादी संस्कृतिको प्रतिकार गर्न प्रगतिवादी एवं जनपक्षीय संस्कृतिकर्मीहरूका बीचमा व्यवहारिक एकता कायम गर्दै अघि बढ्ने अभियानका साथ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलनबाट पारित गरि यो विधान लागु गरिएको छ ।

परिच्छेद – १
धारा – १
(क) सङ्गठनको नाम र प्रारम्भ ः
यस सङ्गठनको नाम एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रहनेछ र छोटकरीमो एअनेजसामहासङ्घ हुनेछ । अङ्ग्रेजीमा Unified All Nepal Peoples Cultural Federationर संक्षिप्तमा UANPCF हुनेछ । यो विधान यस सङ्गठनको एकताको चौथो राष्ट्रिय सम्मेलनले पारित गरेको मितिबाट लागू हुनेछ ।
(ख) सङ्गठनको छाप ः
माथि नेपालीमा र तल अङ्ग्रेजीमा सङ्गठनको नाम उल्लेख भएको, बीच भागमा स्थापना मिति २०३८ र समितिको नाम रहेको अण्डाकारको छाप यसको आधिकारिक छाप हुनेछ ।
(ग) सङ्गठनको झण्डा ः
सङ्गठनकोे झण्डा रातो पृष्ठभूमिसहितको २ः३ अनुपातमा आयताकारको हुनेछ । जसको बीचमा मादलमाथि खुलेको कलम दाहिनेतर्फ र कुची बायाँतर्फ क्रस पारी कलमकोे टुप्पामा बायाँ कुनामा पाँचकुने ताराअङ्कित सङ्केत चिन्ह भएको झण्डा सङ्गठनको झण्डा हुनेछ ।
धारा – २
व्याख्या ः–
(क) सङ्गठन भन्नाले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ््घ लाई बुझ्नुपर्दछ ।
(ख) विधान भन्नाले यस विधानलाई बुझिनेछ ।
(ग) नियम भन्नाले यसै विधानअन्तर्गत बनेका नीति, कार्यक्रम, योजना आचारसंहिता र नियमलाई बुझिनेछ ।
(घ) सदस्यता भन्नाले यसै सङ्गठनको साधारण सदस्यता बुझिनेछ ।
(ङ) संस्था, कार्यसमिति, क्षेत्रीय समन्वय समिति, राष्ट्रिय सम्मेलन, राज्य समिति, जिल्ला समिति भन्ने शब्दले यसै सङ्गठनसँग सम्बद्ध निकायलाई बुझिनेछ ।
परिच्छेद – २
धारा – ३
नीति तथा उद्देश्यहरू ः
(क) साम्राज्यवादी, विस्तारवादी र प्रभुत्ववादी संस्कृतिको विरोध गर्दै सामन्ती तथा पुँजीवादी संस्कृतिलाई समूल नष्ट गरी मौलिक, वैज्ञानिक, राष्ट्रिय र जनवादी संस्कृतिको स्थापना गर्नु ।
(ख) सबैखाले शोषण, दमन, चिथोमिचो, उपनिवेश र तानाशाही व्यवस्थाको विरुद्ध उठेका वर्गसङ्घर्ष, जनविद्रोह र राष्ट्रिय मुक्ति आन्दोलनहरूको समर्थन गर्ने तथा संशोधनवाद र नवसंशोधनवादको विरोध गर्ने साहित्यकलाको सिर्जना गर्नु ।
(ग) माक्र्सवाद, लेनिनवाद र माओवाद÷ विचारलाई अङ्गीकार गर्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिप्रति अटल आस्था राख्नु र जगाउनु ।
(घ) जनवादी साहित्य, क्रान्तिकारी गीत–सङ्गीत, चलचित्र, कला, नृत्य, चित्र र मुर्तिकलाको सिर्जना, संरक्षण, सम्वद्र्धन र पथपदर्शन गर्नु ।
(ङ) विविध जातीय, वर्गीय, क्षेत्रीय सांस्कृतिक विशेषतालाई समाजवादी यथार्थवादी मार्गदर्शनका आधारमा केन्द्रीकृत र एकीकृत गर्नु ।
(च) सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील वामपन्थी साहित्य, सङ्गीत, ललितकला, चलचित्र र संस्कृतिलाई गोलबन्द गर्दै आमूल परिवर्तनकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्नु ।
(छ) श्रमप्रति सम्मान, गहन जीवनबोध र आशावादिता, नैतिकता र इमानप्रतिको निष्ठा, क्रान्तिकारी चेतनाप्रति विश्वास गर्दै समाजवादी–यथार्थवादी कलासिर्जनाको विकास गर्नु ।
(ज) न्याय, समानता र मुक्तिका लागि गरिएका सङ्घर्षलाई बौद्धिक, भौतिक र आत्मिक जागरणको माध्यमबाट सहयोग गर्नु ।
(झ) सबैखाले पुराना, कुरूप, विकृत र विसङ्गत, धार्मिक अन्धविश्वासी, रूढीवादी रीति–परम्परा र मूल्यमान्यताको विरोध गर्दै छाडा, अश्लील, उपभोक्तावादी, उत्तर आधुनिकतावादी, विलासी, ठग संस्कृतिको अन्त्य गर्दै माक्र्सवादी सौन्दर्य चिन्तनको प्रचारप्रसार र विकास गर्दै जानु ।
(ञ) राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि देशभक्तिपूर्ण क्रान्तिकारी भावनाले ओतप्रोत साहित्यकला र संस्कृतिको सिर्जना गर्दै अन्तर्राष्ट्रियतावादी वर्गीय संस्कृतिको जगेर्ना र विकास गर्नु ।
(ट) सबै जाति, जनजातिका भाषा, कला, संस्कृति र साहित्यको संरक्षण, विकास गर्नु र तिनमाथि हुने भेदभाव, हस्तक्षेप र उत्पीडनको विरोध गर्नु ।
(ठ) जातीय, क्षेत्रीय, धार्मिक, विभेदको विरोध गर्दै दलित, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गगत समानताको अधिकारका लागि साहित्यकलाको माध्यमबाट वैचारिक सङ्घर्ष गर्नु ।
(ड) श्रमचोर, लुटेरा, भाग्यवादी, उपभोक्तवादी संस्कृतिका साथै एनजिओ–संस्कृतिको तीव्र विरोध गर्नु ।
(ढ) महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई समाजको क्रान्तिकारी सांस्कृतिक रूपान्तरणको आधार मान्दै त्यसको गतिलाई तेज पार्नु ।
(ण) समाजको क्रान्तिकारी रूपान्तरणका लागि आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन गर्न बोद्धिक र सचेतनामुलक अभियान जागृत गर्ने ।
(त) आम प्रगतिवादी सांस्कृतिक क्षेत्रमा एकताका निम्ति वस्तुगत तरिकाले पहलकदमी गर्दै साझा समझदारीको आधारमा स्थापित साझा सांस्कृतिक मोर्चाहरूलाई संरक्षण एवम् सम्वद्र्धन गर्नु ।
परिच्छेद – ३
धारा – ४
सङ्गठन परिचालनका मान्यताहरू ः–



(क) माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचार र चिन्तशैलीसँग सहमत सबै जात, वर्ग, लिङ्ग, क्षेत्र र जातीय कला–संस्कृतिप्रति समर्पित व्यक्तिहरू यसका सदस्य बन्न सक्नेछन् । धर्म, लिङ्ग, सम्प्रदाय, जाति र क्षेत्रका आधारमा सङ्गठनमा कुनै भेदभाव हुनेछैन ।
(ख) सङ्गठनको परिचालन जनवादी केन्द्रीयताका आधारमा हुनेछ । जसअनुसार व्यक्ति सङ्गठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्ला समितिहरू माथिल्ला समितिहरूको मातहतमा चल्नेछन् । सिङ्गो सङ्गठन केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहतमा रहनेछ ।
(ग) सङ्गठन सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको नीतिअनुसार चल्नेछ ।
(घ) सङ्गठनको कुनै पनि समितिको मातहतको समिति र सदस्यलाई कार्यक्रम, योजनाबारे जानकारीका लागि परिपत्र गुर्न आवश्यक रहनेछ । साथै नियमित अनुगमन, मूल्याङ्कनसमेत गुर्नपर्नेछ ।
(ङ) सङ्गठनात्मक पद्धतिअनुसार कुनै पनि सदस्यले आफ्ना मतहरू कमिटीमा दर्ज गर्न पाउनेछन् ।
(च) सङ्गठनको कुनै निकाय वा तहको सङ्ख्या निर्धारण सम्बन्धित समितिको भेला वा सम्मेलनले गर्नेछ ।
(छ) पदाधिकारीहरूको निर्वाचन र सचिवालयको गठन सम्बन्धित समितिले नै गर्नेछ र सम्बन्धित समितिको बढीमा एकतिहाई सङ्ख्या हुनेगरी सचिवालय गठन गर्न सकिनेछ ।
(ज) राष्ट्रिय सम्मलेनपूर्व केन्द्रीय समिति नै सङ्गठनको सर्वोच्च अङ्ग मानिनेछ ।
(झ) राष्ट्रिय सम्मेलन सङ्गठनको सर्वोच्च नेतृत्वदायी अङ्ग हुनेछ । यसले सङ्गठनको नीति तथा कार्यक्रम, कार्यदिशा तथा विधान तय गर्नुका सार्थ केन्द्रीय समितिको सदस्य र पदाधिकारीहरूको निर्वाचन गर्नेछ ।
परिच्छेद – ४
धारा – ५
सदस्यता ः–
(क) सङ्गठनको प्रस्तावना, नीति र विधानलाई निःशर्त स्वीकार गर्ने, कुनै पनि साहित्य, कला, संस्कृतिको विषयमा सिर्जनारत व्यक्ति यस सङ्गठनको सदस्य बन्न सक्नेछ ।
(ख) यस महासङ्घको प्रस्तावना र उद्देश्यप्रति निष्ठावान स्वतन्त्ररूपमा सिर्जनारत् व्यक्ति पनि महासङ्घका कुनै पदाधिकारीको सिफारिसमा सदस्य बन्न सक्नेछ ।
(ग) सबै सदस्यले प्रत्येक राष्ट्रिय सम्मेलनको अवसरमा अनिवार्य सदस्यता नविकरण गर्नुपर्नेछ । नयाँ सदस्यता जुनसुकै समयमा पनि लिन सकिनेछ । नयाँ सदस्यता लिनका लागि प्रवेश शुल्कवापत् रु.१० अनिवार्य बुझाउनुपर्नेछ । तीन वर्षको शुल्कवापत् वार्षिक रु.१० का दरले रु.३० बुझाई नविकरण गर्नुपर्नेछ । नयाँ सदस्यता लिनेले तीन वर्षको शुल्क र प्रवेश शुल्कसहित एकमुष्ठ रु.४० बुझाउनुपर्नेछ ।
(घ) गीत–सङ्गीत, साहित्य–कला, चलचित्र, अभिनयकला, ललितकला, मुर्तिकला, वास्तुकला, चित्रकला जस्ता कलाक्षेत्रमा क्रियाशील व्यक्तिलाई सदस्यता दिन सकिनेछ ।
(ङ) आवश्यकताअनुसार केन्द्रीय समिति, क्षेत्रीय समन्वय समिति, राज्य समिति र जिल्ला समितिहरूले सदस्यता वितरण गर्नेछन् । सम्बन्धित राज्य समितिले सदस्यता अनुमोदन गरी सदस्यताको विवरण केन्द्रिय समितिमा पठाए पछि मात्र सदस्यहरूको सदस्यता क्रियाशील हुनेछ ।


परिच्छेद – ५
धारा – ६
सदस्यको काम, कर्तव्य र अधिकार ः–
(क) सङ्गठनको नीति, विचार, कार्यक्रम र उद्देश्यहरू आम संस्कृतिकर्मीहरू बीचमा प्रचारप्रसार गर्नु, संगठित गर्नु, परिचालित र आन्दोलित गर्नु ।
(ख) देश, जनता र स्वतन्त्रताका पक्षमा निरन्तर सङ्घर्ष गर्नु ।
(ग) सङ्गठनको निर्णय, आदेश र अनुशासनको पालन गर्नु र अरुलाई गर्न लगाउनु ।
(घ) आफ्ना गल्ति–कमजोरीबारे आत्मालोचित हुँदै अरुको गल्ति–कमजोरीलाई सङ्गठनात्मक पद्धतिअनुरूप आलोचना गर्नु ।
(ङ) सङ्गठनले तर्जुमा गरेका कार्यक्रममा कुनै न कुनै रूपमा सहभागी बन्नु ।
(च) सङ्गठनभित्र देखापर्ने गलत विचार र प्रवृत्तिविरुद्ध सही विचार र कार्यक्रमको पक्षमा दृढ भएर उभिनु ।
(छ) सर्वहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तको दर्शन, विचार र आदर्शको आत्मसातीकरण गर्दै आम जनतामा सम्प्रेषित गर्नु ।
(ञ) जनसमुदायको अग्रगामी विचार र सङ्घर्षको नेतृत्व गर्दै प्रतिक्रियावादी सत्ताविरुद्ध सङ्घर्ष गर्नु ।

धारा –७
सदस्यका अधिकार ः–
(क) कुनै पनि तहको नेतृत्वदायी पदमा चुन्ने र चुनिने अधिकार ।
(ख) सङ्गठनको सम्मेलन, भेला, वैठकमा भाग लिने र निर्णयमा सहभागी बन्ने अधिकार ।
(ग) निर्णय प्रक्रियामा चित्त नबुझेमा आफ्नो वा माथिल्लो कमिटीमा मत दर्ज गर्ने अधिकार ।
(घ) राष्ट्रिय सम्मेलनमा आफ्ना मतहरू राख्न पाउने अधिकार ।
धारा – ८
सदस्यताका खारेजी ः–
(क) साधारण सदस्यसम्बन्धी नियमपालना नगरेमा ।
(ख) नैतिकपतन, आचरणहीन, भ्रष्ट र मर्यादाहीन भएमा ।
(ग) मस्तिष्क विकृत भएमा ।
(घ) सङ्गठनका विरुद्ध गतिविधि गरेमा, सङ्गठनप्रति नै अनास्था फैलाएमा, गुटबन्दी गरेमा ।
(ङ) गोपनीयता भङ्ग गरेमा र सङ्गठनको निर्णयलाई अवज्ञा गरेमा ।
(च) राजीनामा स्वीकृत भएमा ।
(छ) सङ्गठनात्मक रूपले अयोग्य ठहरियमा ।
(ज) वैचारिक आदर्श र मूल्यबाट पतन भएमा
(झ) मृत्यु भएमा ।
सदस्यता खारेज हुनेछ ।
परिच्छेद – ६
धारा – ९
सङ्गठनात्मक स्वरूप
राष्ट्रिय सम्मेलन ः–
(क) सङ्गठनको सर्वोच्च निकाय राष्ट्रिय सम्मेलन हुनेछ ।
(ख) सामान्यतया प्रत्येक ३÷३ वर्षमा राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ ।
(ग) राष्ट्रिय सम्मेलनले कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र विधानलाई छलफलद्वारा परिमार्जन संशोधन गरी पारित गर्ने, केन्द्रीय समितिको निर्वाचन गर्ने, सङ्घको नीति कार्यक्रम निर्धारण गर्ने, भावी कार्यक्रम तर्जुमा गर्ने, भावी कार्यक्रमको लागि अनुमानित आयव्ययको लेखाजोखा गर्ने काम गर्नेछ ।
(घ) राष्ट्रिय सम्मेलनले राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वको प्रस्ताव पारित गर्ने, कार्य समितिलाई नीतिगत दिशाबोध गराउने र आवश्यकताअनुसार लेखापरिक्षकको नियुक्त गर्ने कार्य गर्नेछ ।
(ङ) राष्ट्रिय सम्मेलनले राष्ट्रिय महत्वका निर्णयहरू गर्ने, केन्द्रीय समितिका कामकाजको मूल्याङ्कन तथा जाँचबुझ गर्ने कार्य गर्नेछ ।
(च) सङ्गठनका सबै तल्ला निकायहरूले पनि यसै मापदण्डको अनुकरण गर्नेछन् ।
(छ) समितिहरूमा कुनै पनि विषयमा विवाद परेमा बहुमतद्वारा त्यसको टुङ्गो लगाइनेछ । नीति, कार्यक्रम बारेको विवाद राष्ट्रिय सम्मेलनले टुङ्गो लगाउनेछ ।
धारा –१०
केन्द्रीय समिति
(क) राष्ट्रिय सम्मेलनले समग्र कार्य संचालनका लागि अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –३, कोषाध्यक्ष –१ र ६४ जना सदस्य रहेको कुल ७५ जनाको केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
(ख) केन्द्रीय समितिले समान विचार र कार्यदिशा भएका सांस्कृतिक सङ्गठनहरूसँग एकता भएमा, सांस्कृतिक व्यक्तित्वहरू सङ्गठनमा प्रवेश गरेमा वा अन्य विषेश परिस्थिती आईपरेका अवस्थामा सङ्ख्यामा वा पदीय जिम्मेवारीमा हेरफेर वा थपघट गर्न पनि सक्नेछ ।
(ग) केन्द्रीय समितिले महासङ्घको आचारसंहिता, नियम–विनियम, अनुसूची र परिशिष्टहरूको निर्धारण गर्न सक्नेछ ।
(घ) केन्द्रीय समितिले मातहतका सबै निकाय तथा आङ्गीक सङ्गठनहरूलाई नीतिगत नेतृत्व प्रदान गर्नेछ ।
(ङ) राष्ट्रिय सम्मेलनमा महासङ्घको सबै तहका निकायहरूबाट उचित प्रतिनिधित्व गराउन केन्द्रीय समितिले वैज्ञानिक मापदण्डका आधारमा प्रतिनिधिहरू छनौट गर्नेछ ।
(च) सबै निकायहरूले केन्द्रीय समितिसित नियमितरूपमा समस्या, प्रगति र योजनाका बारेमा रिपोर्टिङ गर्नेछन् तथा आवश्यक प्रशिक्षणको माग गर्न सक्नेछन् ।
(छ) केन्द्रीय समितिले ४÷४ महिनामा नियमित बैठक बसी कार्ययोजनाको प्रगति समीक्षा गर्नेछ । तर विशेष अवस्थामा बैठकलाई अघि वा पछि सार्न सकिनेछ ।
(ज) केन्द्रीय समिति राष्ट्रिय सम्मेलनप्रति उत्तरदायी हुनेछ ।
धारा – ११
केन्द्रीय समिति सचिवालय तथा केन्द्रीय कार्यालय सम्बन्धि व्यवस्था
(क) केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको एक तिहाइ सङ्ख्या भएको केन्द्रीय पदाधिकारी एवम् आङ्गीक सङ्गठनहरूको समेत प्रतिनिधित्व रहने गरी एक केन्द्रीय सचिवालय गठन गरिनेछ ।
(ख) केन्द्रीय समितिको बैठक नबसेको समयमा सम्पूर्ण कार्यसञ्चालन एवम् निर्णयहरू केन्द्रीय सचिवालयले गर्नेछ ।
(ग) केन्द्रीय सचिवालयले सम्पूर्ण कार्य सञ्चालन एवम् निर्णयहरू केन्द्रीय समितिप्रति जवाफदेही हुनेगरी गर्नुपर्नेछ ।
(घ) सचिवालयमार्फत् भएका महत्वपूर्ण निर्णयहरूलाई केन्द्रीय समितिको पूर्ण बैठकबाट अनुमोदन गराउनुपर्नेछ ।
(ङ) केन्द्रीय समितिको बैठकले आफ्ना अधिकारहरू केन्द्रीय सचिवालयलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(च) केन्द्रीय पदाधिकारीहरु सहित बरिष्ठ सदस्यहरु समावेश गरि १५ जना सम्मको एक कार्यालयको गठन गरिने छ ।
(छ) केन्द्रीय समिति वा सचिवालयले गरेका निर्णयहरु कार्यालयले क्रियान्वयन गर्ने छ ।
(ज¬¬) सचिवालयलाई आप्नो अधिकारहरु कार्यालयलाई प्रत्यायोजन गर्न पनि सक्नेछ ।

धारा – १२
आङ्गीक सङ्गठनसम्बन्धी व्यवस्था ः–
(क) नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक रहेको र संस्कृतिको बहुविधागत अवस्थालाई सम्बोधन गर्न सङ्गठन महासङ्घीय स्वरूपको रहनेछ ।
(ख) गीत–सङ्गीत, लोककला र नाट्यकला क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल जनकलाकार सङ्घ रहनेछ ।
जनकलाकार सङ्ले संयोजन र संचालन गर्ने गरि लोक कलाकर्मिहरुको एक संगठन अखिल नेपाल लोक कलाकर्मि मञ्चको गठन गरिने छ ।
(ग) भाषा, साहित्य एवम् लेखकीय क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल लेखक सङ्घ रहनेछ ।
(घ) चित्र, मूर्ति, वास्तु, लोककला, मिथिलाकला, थारुकला एवम् थाङ्का, पौभा कला क्षेत्रको एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल ललितकला सङ्घ रहनेछ ।
(ङ) श्रव्यदृश्य, अभिनय, एवम् चलिचित्रसँग सम्बन्धित एउटा सङ्गठन रहनेछ । जसको नाम अखिल नेपाल चलचित्रकर्मी सङ्घ रहनेछ ।
(च) उपर्युक्त सबै आङ्गीक सङ्गठनहरूलाई केन्द्रीयरूपमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ को केन्द्रीय समितिले परिचालन गर्नेछ ।
(छ) सबै आङ्गीक सङ्गठनहरूले राज्य, जिल्ला एवम् स्थानीय तहहरूमा समिति गठन एवम् विस्तार गर्न सक्नेछन् ।
(ज) महासङ्घको केन्द्रीय समितिले आवश्यक ठानेमा आङ्गीक सङ्गठनहरूको गठन एवम् विघटन गर्न सक्नेछ तर राज्य समितिहरुले आङ्गीक संगठनहरुको विघटन र पुर्नगठन गर्नु परेमा सम्बन्धीत आङ्गीक संगठनहरुको केन्द्र संग परामर्श लिनु पर्ने छ ।
(झ) आङ्ीगक संगठनहरुले महासंघको प्रस्तावना, नीति, उद्देश्य र कार्यक्रम प्रति समर्पित रही विधागत विशेषता सहितको संगठनात्मक स्वरुपको आधारमा स्वायत्त भूमिका निर्वाह गर्न सक्ने छन् ।
(ञ) आङ्ीगक संगठन भित्र आवश्यकता अनुसार विधागत विभाग वा शाखाहरु बनाउन सकिने छ ।
(ट) महासंघले आवश्यकता अनुसार आङ्गिक संगठनहरुको विभागीय प्रमुख वा इन्चार्ज तोक्ने छ ।
(ठ) महासंघले आंङ्गिक संगठनहरुको कार्यलाई संयोजन तथा व्यवस्थित गर्ने महासंघका पदाधिकारीहरुको नेतृत्वमा आङ्गिक संगठनका आवश्यक पदाधिकारी वा वरिष्ठ सदस्यहरुलाई समावेश गर्ने गरि विभाग वा फ्रयाक्सनको गठन गर्नेछ ।


धारा – १३
सल्लाहकार समिति ः
(क) महासङ्घले साहित्य, सङ्गीत, नाट्य, ललितकला, चलचित्र आदि क्षेत्रका वरिष्ठ व्यक्तिहरू सम्मिलित एक सल्लाहकार समितिको गठन गर्नेछ ।
(ख) सल्लाहकार समितिको सङ्ख्या आवश्यकता अनुसारकोे हुनेछ ।
(ग) महासङ्घले सल्लाहकार समितिको संयोजक तोक्नेछ ।
(घ) सल्लाहकार समितिका संयोजकले प्रत्येक ६÷६ महिनामा सल्लाहकार समितिको बैठक राखी केन्द्रीय समितिलाई उपयुक्त राय सल्लाह दिनेछन् । आवश्यकता अनुसार सल्लाहकार समितिका सदस्यहरुले अन्य समयमा पनि राय सल्लाह दिन सक्ने छन् ।
(ङ) केन्द्रीय समितिको पूर्ण बैठकमा सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरू आमन्त्रित सदस्यका रूपमा सहभागी हुन सक्नेछन् ।
(च) सल्लाहकार समितिका संयोजक महासङ्घको सचिवालयको बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी हुन सक्ने छन् ।
धारा – १४
साङ्गीतिक परिवार ः–
(क) अखिल नेपाल जनकलाकार संघको नेतृत्व र सञ्चालनमा एक केन्द्रीय साङ्गीतिक टोली सामना परिवार रहेनछ ।
(ख) राज्य समिति एवम् जिल्ला समितिअन्तर्गत विभिन्न परिवारहरू क्रियाशील रहनेछन् ।
धारा – १५
अन्य समितिहरू ः
(क) राज्य समितिः– राज्यस्तरमा राज्य समितिको गठन हुनेछ । राज्यअन्तर्गतका जिल्लाहरूको प्रतिनिधित्व गराई भेला वा सम्मेलनमार्फत् राज्य समिति बनाइने छ । राज्य समिति केन्द्रीय समितिपछिको कार्यकारी समिति हुनेछ । राज्य समितिहरुलाई व्यवस्थित एवं अनुगमन गर्न महासंघले पदाधिकारी वा वरिष्ठ सदस्यहरु मध्येबाट ईन्चार्ज तोक्नेछ ।
(ख) जिल्ला समिति ः– जिल्लास्तरमा जिल्ला समितिको निर्माण हुनेछ ।
(ग) अन्य समितिहरूः– आवश्यकताअनुसार इलाका समिति, निर्वाचनक्षेत्र समिति, एरिया एवम् टोल समितिहरूको गठन गर्न सकिनेछ ।
(घ) तल्ला निकायहरूको गठन कुनै माथिल्ला तहका सदस्यको उपस्थितिमा भेला या सम्मेलनद्वारा हुनेछ ।
(ङ) सबै पदाधिकारी, समिति, परिवारहरूले तोकेबमोजिम काम, कर्तव्य र अधिकारको निर्वाह गर्नेछन् । प्रत्येक तल्ला समितिहरू माथिल्लो निकायप्रति उत्तरदायी हुनेछन् ।
(च) मातहतका निकायहरूमा पदाधिकारीहरुको संख्या वा सदस्यहरुको सङ्ख्या सम्बन्धित तहको भेला वा सम्मेलनले तोकेबमोजिम हुनेछ ।
(ज) लोकसंस्कृतिलाई जनवादीकरण गर्दै समाज रूपान्तरणको अभियानमा लामबद्ध गर्न विविध जातीय, भाषिक, सांस्कृतिक समूहहरू गाउँ, टोल वा एरिया स्तरसम्म बनाउन सकिनेछ ।
(झ) मातहतका समितिहरुले पनि सल्लाहकारहरुको व्यवस्था गर्न सक्नेछन् ।
(ञ) सम्पूर्ण मातहतका समितिहरुको कार्यकाल ३÷३ बर्षको हुने छ ।


परिच्छेद – ७
धारा – १६
पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार
अध्यक्ष ः–
क) बैठकमा अध्यक्षता गर्ने, बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने ।
(ख) सबै सदस्यहरूको कामको रेखदेख, निरीक्षण तथा अनुगमन गर्ने ।
(ग) बैठक बोलाउने, संस्थाको तर्फबाट अध्यक्षता गर्ने, संस्थाप्रमुखको रूपमा भूमिका निर्वाह गर्ने ।
(घ) सम्मेलनले निर्धारण गरेका योजना कार्यान्वयन गर्ने र गराउने, मातहतका समितिलाई निर्देशन दिने, आफ्नो जिम्मेवारी बहन गर्ने र मत बराबरीको स्थितिमा निर्णायक मतको प्रयोग गर्ने ।
(ङ) संगठनात्मक नेतृत्व गर्ने ।

उपाध्यक्ष ः–
(क) अध्यक्षलाई सहयोग गर्ने ।
(ख) अध्यक्षको अनुपस्थितिमा निजको काम गर्ने ।
(ग) अध्यक्षबाट प्रत्यायोजन भएका काम कारवाही गर्ने ।
(घ) संस्थाको कार्यप्रगतिलाई निरीक्षण, लेखाजोखा र निर्देशन गर्ने ।
(ङ) आवश्यकता अनुसार कार्यविभाजन भएको कार्यहरु गर्ने ।
महासचिव ः–
(क) अध्यक्षको सल्लाह र परामर्शमा बैठक बोलाउने ।
(ख) सङ्गठनको सङ्गठनात्मक कार्ययोजना र प्रतिवेदन पेश गर्ने ।
(ग) विभागीय कामको संयोजन, अनुगमन गर्र्ने, केन्द्रीय समितिको दैनिक कार्य सञ्चालन गर्ने ।
(घ) कार्यसमितिका सम्पूर्ण निर्णयहरू सम्प्रेषण गर्ने, सूचना, सञ्चार, अभिलेख, कार्यालयीय काम गर्ने । चल, अचल सम्पत्तिको संरक्षण गर्ने ।
(ङ) महासङ्घका समिति र परिवारबीच संयोजन गर्ने, अध्यक्षलाई परामर्स दिने, अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने, आदेश निर्देशनको पालना गर्ने–गराउने, सङ्गठनको हितअनुरूपको काम गर्ने–गराउने, सबै गतिविधिको लेखाजोखा राख्ने कार्य गर्ने ।
सचिव ः–
(क) सचिवले महासचिवको अनुपस्थितिमा निजले गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने ।
(ख) महासचिवबाट प्रत्यायोजन भएका काम गर्ने, तोकिएको काम, कर्तव्य पूरा गर्ने र महासचिवले गर्ने काममा सहयोग गर्ने ।
(ग) केन्द्रीय समितिबाहेक तल्ला समितिहरूका भने सचिवलाई सहयोग गर्नेगरी सहसचिव रहने व्यवस्था गर्न सकिनेछ ।
कोषाध्यक्ष ः–
(क) कोषाध्यक्षले आम्दानी र खर्चको अभिलेख राख्ने ।
(ख) सङ्गठनको आर्थिक योजना तयार गर्ने ।
(ग) तल्ला निकायहरूको आर्थिक पर्यवेक्षण र लेखापरिक्षण गर्ने ।
(घ) सङ्गठनको आर्थिक कार्य सञ्चालन गर्ने, आर्थिक प्रतिवेदन तयार गर्ने, सङ्गठनको हित र स्वार्थमा निरन्तर काम गर्ने ।
केन्द्रीय सदस्य ः–
केन्द्रीय सदस्यहरूले कार्यसमितिले निर्णय गरिदिएको जिम्मा, काम, कर्तव्य, विचार, नीति, योजना तथा सङ्गठनको आदर्श एवं हित हुने गरी कार्य गर्ने ।
परिच्छेद – ८
धारा – १७
निर्वाचन व्यवस्था ः–
सामान्यता ऐन नियमले तोकेबमोजिम सबै समितिहरूको निर्वाचन हुनेछ ।
परिच्छेद – ९
धारा – १८
विधान संशोधन ः–
राष्ट्रिय सम्मेलनको दुई तिहाई बहुमतले आवश्यक परेमा विधान संशोधन गर्न सक्नेछ । तर प्रस्तावना र उद्देश्यको मूल आशयमा फरक पार्ने गरी कुनै काम गरिने छैन ।
परिच्छेद – १०
धारा – १९
आर्थिक व्यवस्था ः–
(क) मातहतका समतिले सदस्यता शुल्क, लेबी, प्रकाशन शुल्क, विशेष आर्थिक कोटा माथिल्लो कमिटिलाई बुझाउनुपर्नेछ ।
(ख) सदस्यता शुल्क, नविकरण शुल्क, साङ्गठनिक श्रोत परिचालन गरी भएको आय, अन्य आर्थिक सहयोग, प्रकाशन विक्रीको मूल्य, सांस्कृतिक कार्यक्रमबाट भएको आय नै यसको आर्थिक स्रोत मानिनेछ ।
(ग) सबै समितिहरूले वर्षको एकपटक अनिवार्य लेखा परिक्षण गराउनुपर्नेछ ।
(घ) अध्यक्ष, महासचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा कोष परिचालन गरिनेछ । अध्यक्ष र महासचिव मध्ये कुनै एक सहित कोषाध्यक्षको अनिवार्य हस्ताक्षर रहने गरि खाता संचालन गरिने छ ।
परिच्छेद – ११
धारा – २०
नियम–विनियम ः–
केन्द्रीय समितिलाई नै आवश्यक नियम–विनियम बनाउने अधिकार रहनेछ । तर मूल विचार नीति, योजना र आदर्श स्खलित हुने गरी कुनै नियम–विनियम बनाइने छैन ।
परिच्छेद – १२
धारा – २१
अधिकार प्रत्यायोजन ः–
आवश्कताअनुरूप मुख्य पदाधिकारीको अधिकार अन्य व्यक्तिमा प्रत्यायोजन हुन सक्नेछ ।
परिच्छेद – १३
धारा – २२
विशेष व्यवस्था ः–
यस विधानले हल नगरेका समस्याहरूको लागि विशेष भेलाको आयोजना गर्न सकिनेछ । । भेलाका लागि प्रतिनिधित्वको मापदण्ड केन्द्रीय समितिले निर्धारण गरेअनुसार हुनेछ ।
परिच्छेद – १४
धारा – २३
भाइचारा सम्बन्ध ः–
समान विचारमा आधारित अन्य मुलुकका सांस्कृतिक सङ्घ, सङ्गठनहरूसँग भाइचारा सम्बन्ध रहने छ ।
परिच्छेद – १५
धारा – २४
केन्द्रीय कार्यालय ः–
यस सङ्गठनको केन्द्रीय कार्यालय काठमाडौँमा रहनेछ । केन्द्रीय कार्यालय सञ्चालनका लागि कार्यालय सचिवको नियुक्ति वा अन्य व्यवस्था केन्द्रीय कार्यालयले तय गरेअनुसार हुनेछ ।


===============================================
===============================================

अखिल नेपाल ललितकला सङ्घको विधान


प्रस्तावनाः

नेपालमा ललितकलाको विकास, प्रगति र संरक्षण एकातिर परम्परागत शैलीमा सीमित भैइरहेको  र अर्कातिर आधुनिक फेशन वा एउटा औपचारिकता साथै व्यतिmवादिता मै अल्झिदैं बल्झिदैं आएको छ । यस अवस्थालाई वैज्ञानिक सोच विचार र नया“ युगानूकुल समाजमा सांस्कृतिक रुपान्तरण अर्थात आमूल परिवर्तनार्थ ललितकलामा पनि विशेष प्रगतिवादी संस्थागत संरचना गरी रणनीतिक कार्ययोजनासहितका कार्यक्रम संचालन गर्न अति आवश्यक छ । यसैले  माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओ विचारधारालाई सैद्धान्तिक एवम् वैचारिक आदर्श मान्नु, ललितकला (चित्र तथा मूर्ति)लाई सामाजिक चेतनाको विशिष्ट रूपमा स्वीकार गर्नु, सामन्तवादी, साम्राज्यवादी, बिस्तारवादी, पू“जीवादी लगायत सबै किसिमका शोषण, दमन, उत्पीडन, दोहन, अन्याय र अत्याचारबाट नेपाली जनतालाई मुक्ति दिने उद्देश्यमा प्रतिबद्ध रहनु सिर्जनाकर्ममा संलग्न प्रगतिवादी कलाकारहरुको दायित्व हो । यस्तो सिर्जनाले जनभावनालाई उद्देलित गरी चेतनालाई झङ्कृत, परिष्कृत र विकसित गराउनमा मद्दत गर्दछ । यही विचारमा दृढतापूर्वक उभिई जनसमुदायको मुक्ति आकांक्षा र संघर्षलाई कलामा प्रतिबिम्बन गर्ने र आमूल परिवर्तनका लागि वर्गसंघर्षमा लाग्न प्रेरित गर्ने, जनताको नेतृत्वदायी भूमिकालाई स्वीकार गर्ने कलाकारहरूको छुट्टै सङ्गठन आवश्यक भएकोले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठनको रूपमा अखिल नेपाल ललितकला सङ्घ गठन भएको हो । यसलाई समुचित तथा संस्थागत ढंगले परिचालन गर्नका निम्ति यो विधान प्रस्तावित गरिएको छ ।
परिच्छेद १
धारा १
क) सङ्गठनको नाम र प्रारम्भ
यो सङ्गठनको नाम अखिल नेपाल ललितकला सङ्घ रहनेछ र सङ्क्षेपमा अनेलकसङ्घ हुनेछ । अङ्ग्रेजीमा ब्िि ल्भउब िँष्लभ ब्चत ब्ककयअष्बतष्यल ९ ब्ल्ँब्ब्०  हुने छ । यो विधान राष्ट्रिय सम्मेलनले पारित गरेको मिति देखि लागु हुनेछ ।
ख) सङ्गठनको छाप
माथि नेपाली र तल अङ्ग्रेजीमा सङ्गठनको नाम उल्लेख भएको, बीच भागमा लोगो, बाया“ नेपाली, दाया“ अङ्ग्रेजीमा स्थापना मिति र तल सम्वन्धित समितिको नाम रहेको, अण्डाकारको छाप यसको आधिकारिक छाप हुनेछ ।
ग) झन्डा
सङ्गठनको झन्डा रातो पृष्ठभूमि सहितको २ः३ अनुपातमा आयातकारको हुनेछ । जसको बीचमा गोलाकार भित्र ब्रुसको टुप्पो माथि चम्किलो तारा हुनेछ ।

धारा २
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा ः
क) सङ्गठन भन्नाले अखिल नेपाल ललितकला सङ्घलाई बुझ्नुपर्नेछ ।
ख) विधान भन्नाले यसै विधानलाई बुझ्नुपर्नेछ ।
ग) नियम भन्नाले यसै विधानअन्र्तगत बनेका विनियिम, नीति, आचारसंहितालाई बुझ्नुपर्नेछ ।
घ) सदस्यता भन्नाले यसै सङ्गठनको साधारण सदस्यता बुझ्नुपर्नेछ ।
ङ) कार्यसमिति, समन्वय समिति, राष्ट्रिय सम्मेलन, केन्द्रीय समिति तथा सल्लाहकार समिति भन्ने शब्दले यसै सङ्गठनस“ग सम्बद्ध निकाय भनी बुझ्नु पर्नेछ ।
च) यो सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठन हुनेछ । त्यसमा सङ्घका तर्फबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष मध्येबाट प्रतिनिधित्व हुनेछ ।

परिच्छेद २
धारा ३ नीति तथा उद्देश्य
क) सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशील र वामपन्थी कला संस्कृतिलाई गोलबन्द गर्ने आमूल परिवर्तनकारी सांस्कृतिक आन्दोलनको नेतृत्वदायी भूमिकामा सक्रिय रहनु,
ख) प्रगतिवादी÷समाजवादी यथार्थवादी चित्र तथा मूर्तिकलाको सिर्जना, संरक्षण र सम्वद्र्धन गर्नु, कला र कलाकारको सुरक्षा एवम् सीपगत विकास, तथा उचित प्रचार प्रसार र व्यवस्थापन, 
ग) विविध जातीय, भाषिक, क्षेत्रीय र वर्गीय सांस्कृतिक विशेषता र शैलीमा आधारित कलालाई अग्रगामी विचार शृङ्खलाको मार्गदर्शनका आधारमा केन्द्रीकृत, एकीकृत र सम्बोधन गर्नु,
घ) राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि देशभक्तिपूर्ण परिवर्तनकारी राष्ट्रिय भावनाले ओतप्रोत कलाको सिर्जना गरी अन्तर्राष्ट्रियतास्तरसम्म पु¥याई त्यसको जगेर्ना र विकास गर्नु,
ङ) आर्थिक, सामाजिक÷राजनीतिक परिवर्तनका लागि ललितकलामार्फत संचेतनामूलक अभियान सञ्चालन  गरी सामाजिक रूपान्तरणमा टेवा पु¥याउनु,
च) ललितकला क्षेत्रका विभिन्न विधा (समसामयिक, परम्परागत(पौभा,थाङ्काचित्र÷मूर्ति), लोककला (थारु, मिथिला, अवधी तथा अन्य जात जातिका चित्र÷मूर्तिकला), उपयोगिकला (व्यग्ंयचित्रकला÷दृष्टान्तकला÷डिजाइन आदि) कलालेखन र अनुसन्धान आदिलाई उचित संवोधन गर्दै सम्बन्धित निकायमार्फत कार्य सम्पन्न गर्ने÷गराउने,
छ) वैज्ञानिक एवम् नया परिवर्तनलाई स्वीकार गर्ने राष्ट्रिय ललितकला नीति बनाउन राज्यस“ग पहल गर्ने,
ज) माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओ विचारधारालाई अङ्गीकार गर्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिप्रति अटल आस्था राख्नु र गति प्रदान गर्नु,
परिच्छेद ३
धारा ४
सङ्गठन परिचालनका मान्यताहरू
क) मालेमावादी दर्शन, विचार र चिन्तन शैलीस“ग सहमत सबै जात, वर्ग, लिङ्ग, क्षेत्र र जातीय कलाप्रति समर्पित व्यक्तिहरू यसका सदस्य बन्न सक्ने छन् । धर्म, लिङ्ग, सम्प्रदाय, जाति र क्षेत्रका आधारमा सङ्गठनमा कुनै भेदभाव हुनेछैन ।
ख) सङ्गठनको परिचालन जनवादी केन्द्रीयतामा आधारित हुनेछ । जसअनुसार ब्यक्ति सङ्गठनको मातहातमा, अल्पमत बहुमतको मातहातमा, तल्ला समितिहरू माथिल्ला समितिहरूको मातहातमा चल्नेछन् । सिङ्गो सङ्गठन केन्द्रीय समिति र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहातमा रहनेछ ।
ग) सङ्गठन सामुहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको नीति अनुसार चल्नेछ ।
घ) सङ्गठनको कुनै पनि समितिले मातहातका समिति र सदस्यलाई कार्यक्रम, योजनाबारे जानकारीका लागि परिपत्र गर्नु आवश्यक रहनेछ । साथै नियमित अनुगमन र मूल्याकङ्नसमेत गर्नुपर्नेछ । मातहातका सबै समितिले आफ्नो कामको रिपोर्ट माथिल्लो निकायमा पठाउनुपर्नेछ ।
ङ) सङ्गठनात्मक पद्धतिअनुसार कुनै पनि सदस्यले आफ्ना मतहरू कमिटीमा दर्ज गर्न पाउनेछन् । सङ्गठनको कुनै निकाय वा तहको सङ्ख्या निर्धारण सम्बन्धित समितिको भेला वा सम्मेलनले गर्नेछ ।
छ) पदाधिकारीहरूको निर्वाचन र सचिवालयको गठन सम्बन्धित समितिले नै गर्नेछ र समितिको बढीमा एक तिहाइ सङ्ख्या हुने सचिवालय गठन गर्न सकिनेछ ।
ज) राष्ट्रिय सम्मेलनपूर्व केन्द्रीय तर्दर्थ समिति नै सङ्गठनको सर्वोच्च अङ्ग मानिनेछ ।
झ) राष्ट्रिय सम्मेलन सङ्गठनको सर्वोच्च नेतृत्वदायी अङ्ग हुनेछ । यसले सङ्गठनको नीति तथा कार्यक्रम, कार्यदिशा तथा विधान पारित गर्नुका साथै केन्द्रीय समितिको निर्वाचन गर्ने र निर्वाचितहरूको कार्यविभाजन समेत अनुमोदन गर्नेछ ।
ञ) तोकिएको समयमा राष्ट्रिय सम्मेलन हुन नसक्ने भए राष्ट्रिय भेला वा सङ्गठनको बिस्तारित बैठक बसी आवश्यक योजना तर्जुमा गर्न सकिनेछ ।                      
परिच्छेद ४
धारा ५         
सदस्यता
क) सङ्गठनको प्रस्तावना, नीति र उद्देश्यलाई निःशर्त स्वीकार गर्ने कुनैपनि चित्र तथा मूर्तिसंग सम्बन्धित कलाकार यस सङ्गठनको सदस्य वन्न सक्नेछ ।
ख) अखिल नेपाल ललितकला सङ्घको सदस्यता प्राप्त गर्न महासङ्घ वा अखिल नेपाल ललितकला सङ्घको कुनै एक पदाधिकारीको सिफारिस आवश्यक हुनेछ । 
ग) सदस्यले नियमित रूपमा बार्षिक सदस्यता शुल्क अनिवार्य बुझाउनुपर्नेछ । सदस्यता शुल्क रु १० रहनेछ । 
घ) साधारण सदस्यको समयावधि साधारणतया एक कार्यकालका लागि हुनेछ । त्यसपछि तोकिएको शुल्क तिरी सदस्यता नवीकरण गर्नुपर्नेछ ।
 ङ) आवश्यकताअनुसार केन्द्रीय समिति तथा राज्यसमितिका सदस्यहरूले सदस्यता वितरण गर्न सक्नेछन् तर सोको जानकारी केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ ।
परिच्छेद ५
धारा ६      
सदस्यको काम, कर्तव्य र अधिकार
क) सङ्गठनको नीति, विचार, कार्यक्रम र उद्देश्य आमललितकलाकर्मीहरू बीचमा प्रचार–प्रसार गर्नु, सङ्गठित गर्नु, परिचालन र आन्दोलित गर्नु
ख) देश, जनता, न्याय स्वतन्त्रता र मुक्तिका पक्षमा निरन्तर सङ्घर्ष गर्नु,
ग) सङ्गठनको निर्णय, निर्देशन र अनुशासन पालन गर्नु र अरुलाई गर्न लगाउनु,
घ) आफ्ना गल्ती कमजोरीबारे आत्मालोचित हुदै अरुको गल्ती कमजोरीलाई सङ्गठनात्मक पद्धतिअनुरूप आलोचना गर्नु,
ङ) सङ्गठनभित्र देखापर्ने गलत विचार र प्रवृत्तिविरुद्ध सही विचार र कार्यक्रमको पक्षमा दृढ भएर उभिनु,
च) निरन्तर क्रान्तिको सिद्धान्तको दर्शन, विचार र आर्दशको आत्मासातीकरण गर्दै आमजनतामा ललितकलाको माध्यमबाट सम्प्रेषित गर्नु,
धारा ७       
सदस्यका अधिकार
क) कुनै पनि तहको नेतृत्वदायी पदमा चुन्ने र चुनिने अधिकार
ख) सङ्गठनको सम्मेलन, भेला, गोष्ठि, कार्यशाला, प्रतियोगितात्मक कार्यक्रम लगायत बैठकमा भाग लिने र निर्णयमा सहभागी बन्ने अधिकार,
ग) निर्णय प्रक्रियामा चित्त नबुझेमा आफ्नो वा माथिल्लो कमिटीमा मत दर्ज गर्ने अधिकार
घ) राष्ट्रिय सम्मेलनमा आफ्ना मतहरू राख्न पाउने अधिकार
धारा ८   
सदस्यताको खारेजी
क) साधारण सदस्यसम्बन्धी नियमपालना नगरेमा,
ख) नैतिकपतन, आचारणहीन, भ्रष्ट र मर्यादाहीन भएमा,
ग) मस्तिष्क विकृत भएमा,
घ) मृत्यु भएमा,
ङ) घुसपैठिया र एजेन्ट ठहरिएमा,
च) सङ्गठनका विरुद्ध गतिविधि गरेमा, सङ्गठनप्रति नै अनास्था फैलाएमा, गुटबन्दी गरेमा वा गोपनीयता भङ्ग गरेमा र सङ्गठनको  निर्णयलाई अवज्ञा गरेमा,
छ) राजिनामा स्वीकृत भएमा,
ज) सङ्गठनात्मक रूपले अयोग्य ठहरिएमा,
झ) वैचारिक आदर्श र मूल्यबाट पतन भएमा सदस्यता खारेज हुनेछ ।
परिच्छेद ६
धारा ९
सङ्गठनात्मक स्वरूप
क) सङ्गठनको सर्वोच्च रूप राष्ट्रिय सम्मेलन हुनेछ । सामान्यतया प्रत्येक ३÷३ वर्षमा राष्ट्रिय सम्मेलन गरिनेछ । विशेष अवस्थामा यो अवधि अघि वा पछि पनि हुन सक्नेछ ।
ख) केन्द्रीय समिति मातहत राज्य समिति, जिल्ला समिति, एरिया समिति र एकाइ समितिहरू रहनेछन् ।
ग) विभिन्न जनवर्गीय सङ्गठन, मोर्चा, जनमुक्ति सेना, र अन्य आवश्यक ठाउँहरुमा पनि यसको विभाग गठन गर्न सकिनेछ ।
घ) केन्द्रीय समितिको नेतृत्व र सञ्चालनमा एक केन्द्रीय कमाण्ड (अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष मध्येबाट पा“चजना) रहनेछ ।
ङ) सबै कलाकारहरूलाई सङ्गठनात्मक संरचनामा आबद्ध गर्न सम्भव भएसम्म राज्य, जिल्ला, एरियामा शाखाहरु गठन गर्न सकिनेछ ।
च) विधागत रुपमा आवश्यक सल्लाहकार समिति, उपसमिति, आयोग तथा अन्य समितिहरु आवश्यकता अनुसार गठन गर्न सकिने छ ।
छ) विशेष परिस्थितिमा महासङ्घस“ग समन्वय गर्नका लागि अध्यक्ष, महासचिव, कोषाध्यक्षको तीन सदस्यीय नेतृत्व टोली रहनेछ र त्यसले गरेको निर्णय सचिवालयले अनुमोदन गर्नेछ ।
ज) कुनै पनि तहका कलाकारहरु सङ्घप्रति उत्तरदायी हुनेछन् ।
झ) प्रत्येक समितिले ३÷३ महिनामा नियमित बैठक बसी कार्ययोजनाको प्रगति समीक्षा गर्नेछन् । तर, विशेष अवस्थामा बैठकलाई अघि वा पछि सार्न सकिनेछ ।
ञ) तल्ला निकाय÷शाखाहरूको गठन माथिल्लो तहको पदाधिकारीको उपस्थितिमा भेला वा सम्मेलनद्वारा  हुनेछ ।
ट) केन्द्र्रीय समितिले मातहतका सबै निकायहरूलाई वैचारिक, सङ्गठनात्मक र नीतिगत नेतृत्व प्रदान गर्नेछ ।
ठ) केन्द्रीय समितिले सङ्घको आचारसंहिता, नियम विनियम, अनुसूची र परिशिष्टहरू निर्धारण गरी सम्मेलनद्वारा पारित गराई लागु गर्नेछ ।
ड) राष्ट्रिय सम्मेलनमा सबै शाखाका कलाकारबाट उचित प्रतिनिधित्व गराउन केन्द्रीय समितिले बैज्ञानिक र व्यवहारिक मापदण्डका आधारमा आवश्यकता अनुसार पचास प्रतिशत छनँैट तथा पचास प्रतिशत   चुनावबाट छान्नेछ ।
ढ) सङ्घको समग्र कार्य संचालनका लागि पदाधिकारीसहित २३ जनासम्मको एक केन्द्रीय समिति हुनेछ । सो समितिमा अध्यक्ष, उपाध्यक्ष (बढीमा तीन जनासम्म), महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरू रहनेछन् । केन्द्रीय समितिको समयावधि ३ बर्षको हुनेछ । राज्य र जिल्ला शाखाका कार्यावधि भने २ बर्षको हुनेछ ।
ण) सबै पदाधिकारी र समितिले सङ्घको विधानले तोकेबमोजिम काम, कर्तव्य र अधिकारको निर्वाह गर्नेछन् । प्रत्येक तल्ला समितिहरू माथिल्लो निकायप्रति उत्तरदायी हुनेछन् । केन्द्रीय समिति राष्ट्रिय सम्मेलनप्रति उत्तरदायी हुनेछ ।
त) समितिमा कुनै पनि कारणले पदरिक्त हुन गएमा केन्द्रीय समितिले तल्लो निकायबाट वा साधारण सदस्यहरूबाट पदपूर्ति गर्न सक्नेछ ।
थ) तल्ला निकायहरूको सदस्य सङ्ख्या सम्बन्धित तहको भेला वा सम्मेलनले तोके बमोजिम हुनेछ ।

परिच्छेद ७
धारा १०
राष्ट्रिय सम्मेलन
क) सामान्यतः प्रत्येक ३ बर्षमा राष्ट्रिय सम्मेलन हुनेछ । तर विशेष अवस्थामा केन्द्रीय समिति  राज्य र जिल्लाका शाखा समितिका दुइ तिहाइ सदस्य सङ्ख्याले सम्मेलनको माग गरेमा राष्ट्रिय भेला बोलाई ६ महिना भित्र अर्को विशेष सम्मेलन गर्न सकिनेछ ।
ख) राष्ट्रिय सम्मेलनले कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन छलफलद्वारा परिमार्जन, संशोधन गरी पारित गर्ने, केन्द्रीय समितिको निर्वाचन गर्ने, सङ्घको नीति कार्यक्रम निर्धारण गर्ने, भावी कार्यक्रमका लागि अनुमानित आय–व्ययको लेखाजोखा गर्ने काम गर्नेछ ।
ग) राष्ट्रिय सम्मेलनले राष्ट्रिय महत्वका निर्णयहरू गर्ने, केन्द्रीय समितिका कामकाजको मूल्याकंन तथा जा“चवुझ गर्ने, केन्द्रीय पदाधिकारीहरूले पदीय जिम्मेवारी पालना गरे नगरेको मूल्याङ्कन गर्ने कार्य गर्नेछ ।
घ) राष्ट्रिय सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रिय महŒवको प्रस्ताव पारित गर्ने, कार्यसमितिलाई नीतिगत दिशाबोध गराउने र आवश्यकता अनुसार लेखा परीक्षकको नियुक्ति गर्ने कार्य गर्नेछ ।
ङ) सङ्गठनका सबै तल्ला शाखाहरूका सम्मेलनले पनि यसै मापदण्डको अनुकरण गर्नेछन् ।
च) समितिहरूमा कुनै विषयमा विवाद परेमा सामान्यतया बहुमतद्वारा त्यसको टुंगो लगाइनेछ । नीति र कार्यक्रम बारेको विवाद राष्ट्रिय सम्मेलनले टुंगो लगाउनेछ तर सिद्धान्त र विचारको विवादमा भने बहुमतको विधि लागु   हुनेछैन । यस सम्बन्धमा महासङ्घले निर्णय गर्नेछ ।
परिच्छेद ८
धारा ११
पदाधिकारीको काम, कर्तव्य र अधिकार
अध्यक्ष
क) बैठकको अध्यक्षता गर्ने, बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने
ख) सबै सदस्यहरूको कामको रेखदेख, निर्देशन,निरीक्षण तथा अनुगमन गर्ने
ग) बैठक बोलाउने, संस्थाको तर्फबाट अध्यक्षता गर्ने, संस्था प्रमुखको रूपमा भूमिका निर्वाह गर्ने,
घ) सम्मेलनले निर्धारण गरेका योजना कार्यान्वयन गर्ने र गराउने, मातहतका समितिलाई निर्देशन दिने, आफ्नो जिम्मेवारी बहन गर्ने र मत बराबरीको स्थितिमा निर्णायक मतको प्रयोग गर्ने कार्य अध्यक्षले गर्नेछ ।
ङ) आवश्यकता अनुसार रु.५०००÷–(पा“चहजार)सम्म खर्च स्वविवेकले गर्न पाउने तर त्यसको अनुमोदन के.स.स.बैठकद्वारा गराउनुपर्नेछ ।
उपाध्यक्ष
क) अध्यक्षलाई सहयोग गर्ने
ख) अध्यक्षको अनुपस्थितिमा निजको काम गर्ने
ग) अध्यक्षबाट प्रत्यायोजन भएका कामकार्वाही गर्ने
घ) संस्थाको कार्यप्रगतिको निरीक्षण, लेखाजोखा र निर्देशन गर्ने
ङ) अध्यक्षको निर्देशनमा आर्थिक अधिकार प्रत्यायोजित हुने ।
महासचिव
क) अध्यक्षको सल्लाह र परामर्शमा बैठक बोलाउने,
ख) सङ्गठनको सङ्गठनात्मक कार्ययोजना र प्रतिवेदन पेश गर्ने
ग) विभागीय कामको संयोजन, अनुगमन तथा सङ्गठनात्मक नेतृत्व गर्ने
घ) कार्यसमितिका सम्पूर्ण निर्णयहरू सम्प्रेषण गर्ने, सूचना संचार अभिलेख, कार्यालयीय काम गनर्,े
ङ) सङ्घका समिति बीच संयोजन गर्ने, अध्यक्षलाई परामर्श दिने, अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने, निर्देशनको पालना गर्ने गराउने, सङ्गठनको हितअनुरूपको काम गर्ने गराउने, सबै गतिविधिको लेखाजोखा राख्ने कार्य गर्ने,
च) के.स.को बैठकमा अनुमोदन हुने गरी बढीमा रु.४०००÷(चार हजार) सम्म स्वविवेकले खर्च गर्न पाउने ।
सचिव
क) सचिवले महासचिवको अनुपस्थितिमा निजले गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने,
ख) महासचिवबाट प्रत्यायोजन भएका काम गर्ने, तोकिएको काम, कर्तव्य पूरा गर्ने र महासचिवले गर्ने काममा सहयोग गर्ने,
ग) केन्द्रीय समिति बाहेक तल्ला समितिहरूमा भने सचिवलाई सहयोग गर्ने गरी सह–सचिव रहने व्यवस्था गर्न सकिनेछ ।
घ) महासचिवबाट आर्थिक अधिकार पनि प्रत्यायोजित हुने ।
कोषाध्यक्ष
क) कोषाध्यक्षले आम्दानी र खर्चको अभिलेख राख्ने,
ख) सङ्गठनको आर्थिक योजना तयार गर्ने
ग) तल्ला निकायहरूको आर्थिक पर्यवेक्षण र लेखा परिक्षण गर्ने
घ) सङ्गठनको कार्य संचालन गर्ने, आर्थिक प्रतिवेदन तयार गर्ने, सङ्गठनको हित र स्वार्थमा निरन्तर कार्य गर्ने
ङ) के.स.को बैठकमा अनुमोदन हुने गरी बढीमा रु.४०००÷(चार हजार) सम्म स्वविवेकले खर्च गर्न पाउने ।
केन्द्रीय सदस्य
केन्द्रीय सदस्यहरूले कार्यसमितिले निर्णय गरी दिएको जिम्मा, काम, कर्तव्य, सङ्गठनको हित र स्वार्थअनुकुल हुनेगरी पूरा गर्नेछन् ।
परिच्छेद ९
धारा १२           
निर्वाचन व्यवस्था
सामान्यतः ऐन नियमले तोके बमोजिम सबै समितिहरूको निर्वाचन हुनेछ ।
परिच्छेद १०
धारा १३           
विधान संशोधन
राष्ट्रिय सम्मेलनले दुइतिहाइ बहुमतको आधारमा आवश्यक परेमा विधान संशोधन गर्न सक्नेछ । तर प्रस्तावना र उद्देश्यको मूल आशयमा फरक पर्ने गरी कुनै पनि काम गरिनेछैन ।
परिच्छेद ११
धारा १४          
आर्थिक व्यवस्था
क) मातहातका समितिले सदस्यता शुल्क, लेवी, प्रकाशन तथा कला प्रदर्शनी शुल्क, विशेष आर्थिक कोटा माथिल्लो समितिलाई बुझाउनु पर्नेछ ।
ख) सदस्यता शुल्क, नवीकरण शुल्क, लेवी, सांगठानिक श्रोत परिचालन गरी भएको आय, सहकारी संचालनबाट भएको आय, आर्थिक÷भौतिक सहयोग, प्रकाशन बिक्रीको मूल्य, कला प्रदर्शनीबाट भएको आय नै यसको आर्थिक श्रोत मानिने छ ।
ग) सबै समितिहरूले बर्षको एक पटक अनिवार्य लेखा परीक्षण गराउनुपर्नेछ ।
परिच्छेद १२
धारा १५          
नियम विनियम
केन्द्रीय समितिलाई नै आवश्यक नियम विनियम बनाउने अधिकार रहनेछ । तर मूल विचार नीति र आदर्श स्खलित हुने गरी कुनै पनि नियम विनियम बनाइने छैन ।
परिच्छेद १३
धारा १६       
अधिकार प्रत्यायोजन
आवश्यकता अनुरूप मुख्य पदाधिकारीहरूको अधिकार अन्य व्यक्तिमा प्रत्यायोजन हुन सक्नेछ ।
परिच्छेद १४
धारा १७       
विशेष व्यवस्था
यस विधानले हल नगरेका समस्याहरू समाधानका लागि विशेष सम्मेलनको आयोजना गर्न सक्ने विशेष व्यवस्था रहनेछ । तर यो प्रक्रिया जनवादी केन्द्रीयता अनुसार हुनेछ ।

परिच्छेद १५
धारा १८         
विविध
समान विचारमा आधारित अन्य मुलुकका ललितकलासँग सम्बन्धित सङ्घ, सङ्गठनहरू, कलाकारस“ग भाइचारा सम्बन्ध रहनेछ ।
अनुसूचि १
झण्डाको नमूना       अनुसूचि २

          छापको नमूना
         



अनुसूचि ३
साधारण सदस्यताको नमूना


अनुसूचि ४
सपथग्रहणको नमूना

म...............................................माक्र्सवाद—लेनिनवाद–माओवाद/ माओविचारको पथप्रदर्शक सिद्धान्त र परिवर्तनप्रति प्रतिवद्ध भई महान् सहिदहरुको सपना साकार पार्न जस्तो सुकै त्याग र वलिदान गर्न पनि पछि नहट्ने प्रतिवद्धता जाहेर गर्दै गौरवशाली संगठन अखिल नेपाल ललितकला सङ्घको मूल प्रस्तावना र उद्देश्यप्रति दृढ रहनेछु ।
मालेमावाद÷माओ विचारधारा ! जिन्दावाद !
वीर सहिदः– लालसलाम !!
अखिल नेपाल ललितकला सङ्घः– जिन्दावाद !!

समाप्त

(मंसीर, २०६६) 



 

Sunday, January 3, 2010

अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ र प्रंगतिशील साँस्कृतिक संगठनको एकता अधिबेसनमा मातृका पोखरेल द्वारा प्रस्तावित र पारीत अन्तरिम विधान

एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घको अन्तरिम विधान
प्रस्तावना

मानिसलाई सभ्य र सुसंस्कृत बनाउने प्रकृयालाई प्रचलित अर्थमा संस्कृति भन्ने गरिएको छ । मानव समाजको विकास क्रममा वर्ग विभाजन सुरु भएपछि आत्मिक संस्कृतिको अर्न्तर्वस्तु पनि वर्गीय हुनु स्वभाविक थियो । परम्परागत सामन्ती सांस्कृतिक पृष्ठभूमि भएको हाम्रो समाज एकातिर धार्मिक रुढिबाद र अन्धविश्वासपूर्ण सोचाइहरुले ग्रस्त छ भने अर्कोतिर विकृत पुँजीवादी साम्राज्यवादी सँस्कृतिको समेत बोलवाला बढदै गइरहेको छ । प्रतिकृयावादी एवं साम्राज्यवादीहरु मानिसहरुलाई भ्रष्ट र अनैतिक बनाउने, साँस्कृतिक योजनाहरु क्रमसः अघि सारिरहेका छन् । यो अवस्थामा त्यो आक्रमणबाट सम्पूर्ण शोषित पीडित जनताहरुलाई बचाउन पनि उत्तिकै जरुरी छ । त्यसका लागि वैज्ञानिक चिन्तनले युक्त मार्क्सवादी शिक्षाको प्रचार प्रसार प्रगतिवादी कला साहित्यमा देखा परेको संकीर्णता र दक्षिणपन्थी चिन्तनको विरुद्धमा महान र्सवहारा साँस्कृतिक क्रान्तिका शिक्षाहरुले सुसज्जित अभियानको खाँचो पनि टड्कारो बन्दै गइरहेको छ । आन्दोलनभित्र देखा परेका निरासा, अन्यौल, ढुलमुले र अवसरवादी प्रवृतीहरुसँग संर्घष्ा गर्दै कला, साहित्यमा समाजवादी यर्थाथवादी सौर्न्दर्य चिन्तनको प्रयोग र विस्तारमा जोड दिन पनि उत्तिकै जरुरी छ ।
विगतको दस वषर्ीय जनयुद्धले सामन्तवादी र साम्राज्यवादी संस्कृतिका जराहरुलाई राम्रैसँग मक्काइदियो र शहरदेखि ग्रामिण इलाकासम्म बसोवास गरेका जनताहरु समक्ष जनवादी संस्कृतिको प्रचार र प्रसारमा मनग्ये योगदान पुर्‍यायो । त्यसैगरी सामन्तवादको विरुद्धमा ०६२।६३ को जनआन्दोलनले कडा बज्र मुक्का प्रहार गर्‍यो । सामन्तवाद र साम्राज्यवादका विरुद्धमा युगौदेखि लड्दै आएका नेपाली जनताहरुको साँस्कृतिक चेतनामा यी घटनाहरुले नयाँ आयाम थपेका छन् ।
स्वभाविकै रुपमा वर्गीय समाजमा संस्कृति पनि वर्गीय हुन्छ । श्रमिकहरुको श्रमशक्तिको शोषण गरेर शोषकहरु आफ्नो स्वार्थ अनुकुलको संस्कृतिको निर्माण गर्न चाहन्छन् भने शोषितहरु पनि शोषक वर्गको विरुद्धमा आफ्नै संस्कृतिको निर्माण गर्न चाहन्छन् । आफ्नो शोषणलाई दीर्घकालसम्म टिकाइ राख्न शोषक वर्गले धर्म, दर्शन, गीत संगीत र साहित्यको निर्माण गरेका छन् । त्यसै मार्फ उनीहरुले आफ्नो अनुकूलको संस्कृति निर्माण गर्छन् । तर शोषित वर्गले पनि आफ्नो अनुकुलको संस्कृति निर्माण गर्न मार्क्सवादी दर्शन प्रगतिवादी साहित्य एवं गीत संगीतको प्रचार तथा प्रसार गर्नु एउटै मात्र उपाय हो । सही विचारधाराले युक्त संगठनले मात्र हाम्रो आवश्यकतालाई पुरा गर्न सक्नेछ ।
यही कुरालाई ध्यानमा राखी जनवादी सांस्कृतिक आन्दोलनमा क्रियाशील दुइवटा संगठनहरु अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ र प्रंगतिशील साँस्कृतिक संगठनको एकता गरी एकीकृत आखिल नेपाल जनसाँस्कृतिक महासङ्घको गठन गरिएको छ ।
यस संगठनको नीति तथा कार्यदिशा अनुरुप साँस्कृतिक गतिविधि सञ्चालन गर्न यो अन्तरिम विधान जारी गरिएको छ ।

परिच्छेद - १

धारा-१
क) संगठनको नाम र प्रारम्भ
यस संगठनको नाम एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रहनेछ र छोटकरीमा एकीकृत अनेजसामहासङ्घ हुनेछ । अंगे्रजीमा Unified All Nepal Peoples Cultural Federation र संक्षिप्तमा UANPCF हुनेछ । यो विधान आगामी एकता राष्ट्रिय सम्मेलनसम्मका लागि संयुक्त अधिवेशन सम्पन्न भएको मिति देखि अन्तरीम विधानका रुपमा लागु हुनेछ ।
ख) संगठनको छाप
माथि नेपालीमा र तल अङग्रेजीमा संगठनको नाम उल्लेख भएको, बीच भागमा स्थापना मिति र समितिको नाम रहेको, अण्डाकारको छाप यसको आधिकारिक छाप हुनेछ ।
ग) झण्डा
संगठनको झण्डा रातो पृष्ठभूमि सहितको २ः३ अनुपातमा आयताकार हुनेछ । जसको बीचमा मादलमाथि खुलेको कलम दाहिनेतर्फर कुची बायाँ तर्फक्रसपारी कलमको टुप्पामा वायाँ कुनामा पाँचकुने तारा आङ्िकत सङ्केत चिन्ह भएको झण्डा संगठनको झण्डा हुनेछ ।

धारा - २
व्याख्या
क) संगठन भन्नाले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घलाई बुझ्नुपर्छ ।
ख) विधान भन्नाले यसै विधानलाई बुझिनेछ ।
ग) नियम भन्नाले यसै विधान अर्न्तर्गत बनेका नीति, कार्यक्रम, योजना, आचारसंहिता र नियमलाई बुझिनेछ ।
घ) सदस्यता भन्नाले यसै सङ्गठनको साधारण सदस्यता बुझिनेछ ।
ङ) संस्था, कार्यसमिति समन्वय समिति राष्ट्रिय सम्मेलन, केन्द्रीय समिति भन्ने शब्दले यसै संगठनसँग सम्बद्ध निकायलाई बुझिनेछ ।

परिच्छेद - २
धारा - ३
नीति तथा उद्देश्यहरु
क) साम्राज्यवादी, विस्तारवादी र प्रभुत्ववादी संस्कृतिको विरोध गर्दै सामन्ती तथा पुँजीवादी संस्कृतिलाई समूल नष्ट गरी मौलिक, वैज्ञानिक, राष्ट्रिय र जनवादी संस्कृतिको स्थापना गर्नु ।
ख) सबै खाले शोषण, दमन, थिचोमिचो, उपनिवेश र तानाशाही व्यवस्थाका विरुद्ध उठेका वर्गसंर्घष, जनविद्रोह र राष्ट्रियमुक्ति आन्दोलनहरुको र्समर्थन गर्ने तथा संशोधनवाद र नवसंशोधनवादको विरोध गर्ने साहित्य कलाको सिर्जना गर्नु ।
ग) मार्क्सवाद-लेनिनवाद-माओवाद र माओ विचारलाई अङ्गीकार गर्दै महान् र्सवहारा सांस्कृतिक क्रान्तिप्रति अटल आस्था राख्नु र जगाउनु ।
घ) जनवादी साहित्य, क्रान्तिकारी गीत-सङ्गीत, कला, नृत्य, चित्र र मुर्तिकलाको सिर्जना, संरक्षण, सर्म्बर्द्धन र पथप्रदर्शन गर्नु ।
ङ) विविध जातीय, वर्गीय, क्षेत्रीय सांस्कृतिक विशेषतालाई समाजवादी यर्थाथवादी मार्गदर्शनका आधारमा केन्द्रीकृत र एकीकृत गर्नु ।
च) सम्पुर्ण देशभक्त, जनवादी, प्रगतिशील, वामपन्थी साहित्य, सङ्गीत, ललितकला, र संस्कृतिलाई गोलबन्द गर्दै आमूल परिवर्तनकारी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्नु ।
छ) श्रमप्रति सम्मान, गहन जीवनवोध र आशावादिता, नैतिकता र इमानप्रतिको निष्ठा, क्रान्तिकारी चेतनाप्रति विश्वास गर्दै समाजवादी-यर्थाथवादी कलासिर्जनाको विकास गर्नु ।
ज) न्याय, समानता र मुक्तिका लागि गरिएका सङ्र्घष्ालाई, बौद्धिक, भौतिक र आत्मिक जागरणको माध्यमबाट सहयोग गर्नु ।
झ) सबैखाले पुराना, कुरुप, विकृत र विसङ्गत, धार्मिक अन्धविश्वासी, रुढिवादी रीति-परम्परा र मूल्य मान्यताको विरोध गर्दै छाडा , अश्लील, उपभोक्तावादी विलासी, ठग संस्कृतिको अन्त्य गर्दै मार्क्सवादी सौर्न्दर्य चिन्तनको प्रचार-प्रसार र विकास गर्दै जानु ।
ञ) राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षाको लागि देशक्तिपर्ूण्ा क्रान्तिकारी राष्ट्रिय भावनाले ओतप्रोत साहित्यकला र संस्कृतिको सिर्जना गर्दै अर्न्तराष्ट्रियतावादी वर्गीय संस्कृतिको जर्गेना र विकास गर्नु ।
ट) सबै जाति, जनजातिका भाषा, कला, संस्कृति र साहित्यको संरक्षण र विकास गर्नु, तिनमाथि हुने भेदभाव, हस्तक्षेप र उत्पीडिन विरोध गर्नु ।
ठ) जातीय, क्षेत्रीय, धार्मिक विभेदको विरोध गर्दै दलित, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गगत समानताको अधिकारका लागि साहित्य-कलाको माध्यमबाट बैचारिक सङ्घर्ष गर्नु ।
ड) श्रमचोर, लुटेरा, भाग्यवादी, उपभोक्तावादी, संस्कृतिका साथै एनजीओ संस्कृतिको तीव्र विरोध गर्नु ।
ढ) महान् र्सवहारा सांस्कृतिक क्रान्तिलाई समाजको क्रान्तिकारी सांस्कृतिक रुपान्तरणको आधार मान्दै त्यसको गतिलाई तेज पार्नु ।
त) समाजको क्रान्तिकारी रुपान्तरणका लागि आर्थिक, सामाजिक, राजनैतिक परिवर्तन गर्न बौद्धिक र सचेतनामूलक अभियान जागृत गर्नु ।

परिच्छेद - ३
धारा - ४
संगठनको परिचालनका मान्यताहरु
क) मार्क्सवाद-लेनिनवाद-माओवाद/माओ विचार र चिन्तनशैलीसँग सहमत सबै जात, वर्ग, लिङ्ग, क्षेत्र र जातिय कला-संस्कृत्रि्रति समर्पित व्यक्तिहरु यसका सदस्य बन्न सक्नेछन् । धर्म, लिङ्ग, सम्प्रदाय, जाति र क्षेत्रका आधारमा संगठनमा कुनै भेदभाव हुने छैन ।
ख) संगठनको परिचालन जनवादी केन्द्रीयताका आधारमा हुनेछ । जसअनुसार व्यक्ति संगठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्ला समितिहरु माथिल्ला समितिहरुको मातहतमा चल्नेछन् । सिंगो संगठन केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहतमा रहनेछ ।
ग) संगठन सामूहिक निर्णय व्यक्तिगत उत्तरदायित्वको नीति अनुसार चल्नेछ ।
घ) संगठनको कुनै पनि समितिको मातहतको समिति र सदस्यलाई कार्यक्रम, योजनाबारे जानकारीका लागि परिपत्र गर्नु आवश्यक रहनेछ । साथै नियमित अनुगमन मूल्याङ्कन समेत गर्नुपर्नेछ ।
ङ) संगठनत्मक पद्धति अनुसार कुनै पनि सदस्यले आफ्ना मतहरु कमिटीमा दर्ज गर्न पाउनेछन् ।
च) संगठनको कुनै निकाय वा तहको सङख्या निर्धारण सम्बन्धित समितिको भेला वा सम्मेलनलेे गर्नेछ ।
छ) पदाधिकारीहरुको निर्वाचन र सचिवालयको गठन सम्बन्धित समितिले नै गर्नेछ र सम्बन्धित समितिको बढीमा एकतिहाइ सङ्ख्या हुने गरी सचिवालय गठन गर्न सकिनेछ ।
ज) राष्ट्रिय सम्मलेनपर्ूव केन्द्रीय समिति नै सङ्गठनको सर्वोच्च अङ्ग मानिनेछ ।
झ) राष्ट्रिय सम्मेलन संगठनको सर्वोच्च नेतृत्वदायी अंग हुनेछ । यसले संगठनको नीति तथा कार्यक्रम, कार्यदिशा तथा विधान तय गर्नुका साथै केन्द्रीय समितिको निर्वाचन गर्ने र निर्वाचितहरुको कार्यविभाजन समेत गर्नेछ ।

परिच्छेद - ४
धारा-५
सदस्यता
क) संगठनको प्रस्तावना, नीति र विधानलाई निर्ःशर्त स्वीकार गर्ने, कुनै पनि साहित्य, कला, संस्कृतिको विषयमा सिर्जनारत व्यक्ति यस संगठनको सदस्य बन्न सक्नेछ ।
ख) यस सङ्घको प्रस्तावना र उद्देश्यप्रति निष्ठावान् स्वतन्त्र रुपमा सिर्जनारत व्यक्ति पनि महासंघका कुनै पदाधिकारीको सिफारिसमा सदस्य बन्न सक्नेछ ।
ग) सदस्यले नियमित रुपमा वाषिर्क सदस्यता शुल्क अनिवार्य बुझाउनुपर्नेछ । सदस्यताको शुल्क रु. ५।- रहनेछ ।
घ) गीत-सङ्गीत, साहित्य-कलाका अतिरिक्त -अभिनयकला, ललितकला, मुर्तिकला, बास्तुकला, चित्रकला) जस्ता कलाक्षेत्रमा क्रियाशील व्यक्तिलाई सदस्यता दिन सकिनेछ ।
ङ) साधारण सदस्यको समयावधि साधारणतया दुई वर्षो हुनेछ । त्यसपछि तोकिएको शुल्क तिरी सदस्यता नवीकरण गर्नु पर्नेछ ।
च) आवश्यकता अनुसार केन्द्रीय समिति, क्षेत्रीय समिति, राज्य समितिका सदस्यहरुले सदस्यता वितरण गर्न सक्नेछन् । तर सो जानकारी केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ ।
परिच्छेछ -५
धारा - ६
सदस्यको काम, कर्तव्य र अधिकार
क) संगठनको नीति, विचार, कार्यक्रम र उद्देश्यहरु आम संस्कृतिकर्मीहरुबीचमा प्रचारप्रसार गर्नु, संगठित गर्नु, परिचालित र आन्दोलित गर्नु ।
ख) देश, जनता र स्वतन्त्रताको पक्षमा निरन्तर सङ्र्घष्ा गर्नु ।
ग) संगठनको निर्ण्र्ाा आदेश र अनुशासनको पालना गर्नु र अरुलाई गर्न लगाउनु ।
घ) आफ्ना गल्ती-कमजोरीबारे आत्मालोचित हुदै अरुको गल्ती-कमजोरीलाई संगठनात्मक पद्धति अनुरुप आलोचना गर्नु ।
ङ) संगठनले तर्जुमा गरेको कार्यक्रममा कुनै न कुनै रुपमा सहभागी बन्नु ।
चं) संगठनभित्र देखा पर्ने गलत विचार र प्रवृत्तिविरुद्ध सही विचार र कार्यक्रमको पक्षमा दृढ भएर उभिनु ।
छ) र् र्सवहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तको दर्शन, विचार र आदर्शको आत्मसातीकरण गर्दै आमजनतामा सम्प्रेषित गर्नु ।
ज) जनसमुदायको अग्रगामी विचार र संर्घषको नेतृत्व गर्दै प्रतिक्रियावादी सत्ताविरुद्ध संर्घष गर्नु ।

धारा - ७
सदस्यका अधिकार
क) कुनै पनि तहको नेतृत्वदायी पदमा चुन्ने र चुनिने अधिकार,
ख) संगठनको सम्मेलन, भेला, बैठकमा भाग लिने र निर्णयमा सहभागी बन्ने अधिकार,,
ग) निर्णयप्रक्रियामा चित्त नबुझेमा आफ्नो वा माथिल्लो कमिटीमा मत दर्ज गर्ने अधिकार,
घ) राष्ट्रिय सम्मेलनमा आफ्ना मतहरु राख्न पाउने अधिकार ।

धारा - ८
सदस्यताको खारेजी
क) साधारण सदस्य सम्बन्धी नियमपालना नगरेमा ।
ख) नैतिकपतन, आचरणहीन, भ्रष्ट र मर्यादाहीन भएमा ।
ग) मस्तिष्क विकृत भएमा ।
घ) मृत्यु भएमा ।
ङ) संगठनका विरुद्ध गतिविधी गरेमा, संगठनप्रति नै अनास्था फैलाएमा, गुटबन्दी गरेमा ।
च) गोपनीयता भङ्ग गरेमा र संगठनको निर्णयलाई अवज्ञा गरेमा ।
छ) राजीनामा स्वीकृत भएमा ।
ज) संगठननात्मक रुपले अयोग्य ठहरिएमा ।
झ) वैचारिक आदर्श र मूल्यबाट पतन भएमा ।
सदस्यता खारेज हुनेछ ।



परिच्छेद - ६
धारा - ९
संगठनात्मक स्वरुप
नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक अवस्थालाई सम्बोधन गर्न संगठनको महासंघीय स्वरुप रहनेछ । महासंघ अन्तरगत निम्न आङ्गिक संगठनहरु रहनेछन् ।
क) गीत-सङ्गीत र कलाको एक संगठन रहनेछ । जसको नाम अखिल नेपाल जनकलाकार संघ रहनेछ ।
ख) साहित्य, संस्कृति र लेखकीय क्षेत्रको एउटा संगठन रहनेछ । जसको नाम, अखिल नेपाल लेखक संघ रहनेछ ।
ग) चित्र, मुर्ति, वास्तु, मिथिलाकला र थाङ्का सम्बन्धी एउटा ललितकला संगठन रहनेछ । जसको नाम अखिल नेपाल ललितकला संघ रहनेछ ।
घ) श्रव्य दृष्य, अभिनय, नाट्यकला एवम् चलचित्रसँग सम्बन्धित एउटा संगठन रहनेछ । जसको नाम अखिल नेपाल चलचित्र कर्मी संघ रहनेछ ।
ङ) लोक कला, गीत संगीतसँग सम्बन्धित एउटा संगठन रहनेछ । जसको नाम अखिल नेपाल लोककला कर्मी सङ्घ रहनेछ ।
च) भाषाशास्त्र, समाजशास्त्र, संस्कृति लाई समेटने गरी एउटा सगठन निर्माण गरिनेछ । जसको नाम, सो संगठनको राष्ट्रिय सम्मेलनले टुंगो लगाउनेछ ।
छ) उपर्युक्त सबै आङ्गिक संगठनहरुलाई केन्द्रीयरुपमा एकिकृत अनेजसांमहासंघको केन्द्रीय समितिले परिचालन गर्नेछ ।
ज) महासंघको समग्र कार्य सञ्चालनका लागि हालको समिति अन्तरिम रहने भएकाले संयोजक र सह-संयोजक मात्र रहने गरी १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ । साथै उक्त समितिको एकतिहाई संख्या रहेको सचिवालय र सचिवालयको एकतिहाई संख्या रहेको कार्यालय गठन गरिनेछ ।
झ) संगठनको र्सवाेच्च रुप राष्ट्रिय सम्मेलन हुनेछ । सामान्यतया प्रत्येक ३/३ वर्षा राष्ट्रिय सम्मेलन गरिनेछ । तर अन्तरीम अवस्थामा एक वर्षभित्र राष्ट्रिय सम्मेलन गरीसक्नु पर्नेछ ।
ञ) केन्द्रीय समिति मातहत आवश्यकता अनुरुप क्षेत्रीय समन्वय समिति, राज्य समिति, जिल्ला समिति, एरिया र इकाइ सिमितिहरु निर्माण गर्न सकिनेछ ।
ट) केन्द्रीय समितिको नेतृत्व र सञ्चालनमा एक केन्द्रीय सांगीतिक टोली सामना परिवार रहनेछ ।
ठ) राज्य, समिति तथा जिल्ला समितिहरु अर्न्तर्गत विभिन्न परिवारहरु क्रियाशील रहन सक्नेछन् ।
ङ) साहित्यकला क्षेत्रका वरिष्ठ व्यक्तिहरु सम्मिलित महासंघले एक सल्लाहकार समिति निर्माण गर्न सक्नेछ ।
ढ) प्रत्येक समितिले ४/४ महिनामा नियमित बैठक बसी कार्ययोजनाको प्रगति समीक्षा गर्नेछन् । तर विशेष अवस्थामा बैठकलाई अघि वा पछि र्सार्न सकिनेछ ।
ण) सबै निकायहरुले केन्द्रीय समितिसित नियमित रुपमा समस्या, प्रगति र योजनाका बारेमा रिपोर्टिङ गर्नेछन् तथा आवश्यक प्रशिक्षणको माग गर्न सक्नेछन् ।
त) तल्ला निकायहरुको गठन कुनै माथिल्ला तहका सदस्यको उपस्थितीमा भेला या सम्मेलनद्वारा हुनेछ ।
थ) केन्द्रीय समितिले मातहतका सबै निकायहरुलाई वैचारिक, संगठनात्मक र नीतिगत नेतृत्व प्रदान गर्नेछ ।,
द) केन्द्रीय समितिले महासंघको आचारसंहिता, नियम-विनियम, अनुसूचि र परिशिष्टहरु निर्धारण गरी सम्मलेनद्वारा पारित गर्राई लागू गर्नेछ ।
ध) राष्ट्रिय सम्मेलनमा महासंघको सबै तहका निकायहरुबाट उचित प्रतिनिधित्व गराउन केन्द्रीय समितिले वैज्ञानिक मापदण्डका आधारमा प्रतिनिधिहरु छनौट गर्नेछ ।
न) सबै पदाधिकारी, समिति, परिवाहरुले तोकेबमोजिम काम, कर्तव्य र अधिकारको निर्वाह गर्नेछन् । प्रत्येक तल्ला समितिहरु माथिल्लो निकायप्रति उत्तरदायी हुनेछन् । केन्द्रीय समिति सम्मेलनप्रति उत्तरदायी हुनेछ ।
प) तल्ला निकायहरुको सदस्य संख्या सम्बन्धित तहको भेला वा सम्मेलनले तोके बमोजिम हुनेछ ।
फ) लोकसंस्कृतिलाई जनवादीकरण गर्दै समाज रुपान्तरणको अभियानमा लामबद्ध गर्न विविध जातीय, भाषीय, सांस्कृतिक समूहरु गाउँ, टोल वा एरियास्तरसम्म बनाउन सकिनेछ ।

परिच्छेद - ७
धारा - १०
राष्ट्रिय सम्मेलन
क) सामान्यतः प्रत्येक ३ वर्षा राष्ट्रिय सम्मेलन गरिनेछ । तर यो समिति दर्ुइ अलग अस्तित्व रहेका संगठनहरुको बीच एकता अधिवेशनबाट निर्माण भएकाले आगामी एक वर्षभित्र एकता राष्ट्रिय सम्मेलन गरी सक्नु पर्नेछ ।
ख) राष्ट्रिय सम्मेलनले कार्यप्रगति, प्रतिवेदन, आर्थिक प्रतिवेदन, राजनैतिक प्रतिवेदन छलफलद्वारा परिमार्जन, संशोधन गरी पारित गर्ने, केन्द्रीय समितिको निर्वाचन गर्ने, संघको नीति कार्यक्रम निर्धारण गर्ने, भावी कार्यक्रम तर्जुमा गर्ने, भावी कार्यक्रमको लागि अनुमानित आय-व्ययको लेखाजोखा गर्ने काम गर्नेछ ।
ग) राष्ट्रिय सम्मेलनले राष्ट्रिय-अन्तरराष्ट्रिय महत्वको प्रस्ताव पारित गर्न, कार्यसमितिलाई नीतिगत दिशाबोध गराउने र आवश्यकता अनुसार लेखापरीक्षकको नियुक्ती गर्ने कार्य गर्नेछ ।
घ) राष्ट्रिय सम्मलेनले राष्ट्रिय महत्वका निर्णयहरु गर्ने, केन्द्रीय समितिका कामकाजको मूल्यांकन तथा जाचबुझ गर्ने कार्य गर्नेछ ।
ङ) संगठनका सबै तल्ला निकायहरुले पनि यसै मापदण्डको अनुकरण गर्नेछन् ।
च) समितिहरुमा कुनै पनि विषयमा विवाद परेमा बहुमतद्वारा त्यसको टुंगो लगाइनेछ । नीति र कार्यक्रम बारेको विवाद राष्ट्रिय सम्मेलनले टुंगो लगाउनेछ ।

परिच्छेद -८
धारा - ११
पदाधिकारीको काम, कर्तव्य र अधिकार
संयोजक
क) बैठकको अध्यक्षता गर्ने, बैठकमा राजनैतिक प्रस्ताव पेश गर्ने,
ख) सबै सदस्यहरुको कामबारे रेखदेख, निरीक्षण तथा अनुगमन गर्ने,
ग) बैठक बोलाउने, संस्थाको तर्फाट अध्यक्षता गर्ने, संस्था प्रमुखको रुपमा भूमिका निर्वाह गर्ने,
घ) सम्मेलनले निर्धारण गरेका योजना कार्यान्वयन गर्ने र गराउने, मातहतका समितिलाई निर्देशन दिने, आफ्नो जिम्मेवारी वहन गर्ने र मत बराबरीको स्थितीमा निर्णायक मतको प्रयोग गर्ने कार्य संयोजकले गर्नेछ ।
ङ) संगठनको संगठनात्मक कार्ययोजना र प्रतिवेदन पेश गर्ने,
च) विभागीय कामको संयोजन, अनुगमन तथा संगठनात्मक नेतृत्व गर्ने,
छ) कार्यसमितिका सम्पुर्ण निर्णयहरु सम्प्रेषण गर्ने, सूचना-सञ्चार, अभिलेख, कार्यालयीय काम गर्ने,
ज) महासंघको समिति र परिवारहरुबीच संयोजन गर्ने, संगठनको हितअनुरुपको काम गर्ने गराउने, सबै गतिविधिको लेखाजोखा राख्ने कार्य गर्ने,
झ) महासंघको आम्दानी र खर्चको अभिलेख राख्ने,
ञ) संगठनको आर्थिक योजना तयार गर्ने,
ट) तल्ला निकायहरुको आर्थिक पर्यवेक्षण र लेखापरिक्षण गर्ने,
ठ) संगठनको कार्य सञ्चालन गर्ने, आर्थिक प्रतिवेदन तयार गर्ने, संगठनका हित र स्वार्थका लागि निरन्तर काम गर्ने,

सह-संयोजक
क) संयोजकलाई सहयोग गर्ने,
ख) संयोजकको अनुपस्थितिमा निजको काम गर्ने,
ग) संयोजकबाट प्रत्यायोजन भएका कामकारवाही गर्ने,
घ) संस्थाको कार्यप्रगतिलाई निरीक्षण, लेखाजोखा र निर्देशन गर्ने,

केन्द्रीय सदस्य
केन्द्रीय सदस्यहरुले कार्यसमितिले निर्णय गरी दिएको जिम्मा, काम, कर्तव्य, संगठनको हित र स्वार्थअनुकूल हुने गरी पूरा गर्नेछन् ।

परिच्छेद - ९
धारा - १२
आर्थिक व्यवस्था
क) मातहतमा समितिले सदस्यता शुल्क, लेबी, प्रकाशन शुल्क, विशेष आर्थिक कोटा, माथिल्लो समितिलाई बुझाउनुपर्नेछ ।
ख) सदस्यता शुल्क, नवीकरण शुल्क, सांगठनिक स्रोत परिचालन गरी भएको आय, अन्य आर्थिक, सहयोग, प्रकाशन व्रि्रीको मूल्य, सांस्कृतिक कार्यक्रमबाट भएको आय नै यसको आर्थिक स्रोत मानिनेछ ।
ग) सबै समितिहरुले वर्षो एकपटक अनिवार्य लेखापरिक्षण गराउनु पर्नेछ ।

परिच्छेद- १०
धारा - १३
नियम विनियम
केन्द्रीय समितिलाई नै आवश्यक नियम विनियम बनाउने अधिकार रहनेछ । तर मूल, विचार, नीति, योजना र आर्दश स्खलित हुने गरी कुनै नियम-विनियम बनाउने छैन ।

परिच्छेद-११
धारा - १४
अधिकार प्रत्योजन
आवश्यकता अनुरुप मुख्य पदाधिकारीहरुले आफ्नो अधिकार अन्य सदस्यहरुमा प्रत्यायोजन गर्न सक्नेछन् ।

परिच्छेद - १२
धारा - १५
विविध
समान विचारमा आधारित अन्य मुलुकका सांस्कृतिक संघ, संगठनहरुसँग भाइचारा सम्बन्ध रहनेछ ।



================================================================
================================================================

प्रगतिशील  सांस्कृतिक  संगठन,नेपाल का केही परिपत्रहरू



============================================================






प्रगतिशील सांस्कृतिक संगठन, नेपालको 

प्रथम राष्ट्रिय भेला (२०६३, मंसिर ७) मा महासचिब मातृका पोखरेलद्वारा प्रस्तुत र पारित विधान


प्रस्तावना
 वर्गीय समाजमा आत्मिक संस्कृतिको अन्तर्वस्तु वर्गीय हुनु स्वाभाविक हो । त्यसकारण, हाम्रो जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजमा एकातिर धार्मिक रूढिवाद, अन्धविश्वासपूर्ण सोचाइ, स्वर्ग–नर्क, भाग्यवाद, पुनर्जन्मवाद, अवतारवाद, जातिभेद, लिङ्गभेद, छुवाछूत, स्तुतिवाद, श्रमचोरी, हैकमवाद जस्ता सामन्ती उत्पीडनलाई सघोट गर्ने संस्कृतिको उपस्थिति छ भने अर्कोतर्फ छाडा र विकृत पूँजीवादी–साम्राज्यवादी संस्कृतिको समेत जोडतोडले प्रचार–प्रसार भैरहेको छ । वास्तवमा यी दुवैखाले संस्कृतिले जनमानसलाई भ्रष्ट र पङ्गु बनाउन खोजिरहेको आजको वास्तविकता हो । यस स्थितिमा प्रतिक्रियावादको यस आक्रमणबाट सारा शोषित–पीडित जनतालाई आफनो रक्षा स्वयं गर्न जागरुक बनाउनु अति जरुरी छ भने, प्रगतिशील संस्कृतिको निर्माण गरी आम जनतालाई स्वस्थ र वैज्ञानिक प्रगतिवादी सांस्कृतिक धरातलमा छिटोभन्दा छिटो र बढीभन्दा बढी पु¥याई तिनमा दृढ मनोबल समेतको जर्गेना गर्नु अत्यन्त जरुरी भैसकेको छ ।
 प्रगतिवादी कला–साहित्यको नाममा देखापर्ने संकीर्णतावादी, उग्र वामपन्थी र कलाको वर्गचरित्रलाई नै नकार्ने घु“डाटेकुवा दक्षिणपन्थी दुवैखाले अतिवादी सोच एवं प्रवृत्तिहरूबाट मुक्त र महान् सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाहरूले सुसज्जित सांस्कृतिक अभियान आजको टड्कारो खा“चो हो । यसर्थ, क्रियाशीलता र विस्तारमा जोड दिनका लागि वर्तमानमा प्रगतिवादी संस्कृतिकर्मीहरूले आफू संगठित र एकीकृत हुनु सर्वप्रथम आवश्यक हुन्छ । यही एकीकरण अनि क्रियाशीलता र विस्तारद्वारा नेपाली प्रगतिवादी सांस्कृतिक क्षेत्रलाई आजको खा“चोअनुरूप वैचारिक र क्रियात्मक नेतृत्व प्रदान गर्नसक्ने क्षमताको विकास समेत गरी कला–साहित्यमा समाजवादी यथार्थवादी सौन्दर्यचिन्तन एवं रचनाविधिको प्रयोग र विस्तारमा जोड दिन जरुरी छ ।
 वर्तमानमा प्रगतिवादी सांस्कृतिक क्षेत्रमा निराशा, अन्योल र हीनताभाव बढ्दै गैरहेको छ भने अर्कातिर विभिन्न अवसरवादी प्रवृत्तिहरू पनि देखापर्दै गएका छन् । एकातिर निराशा, अन्योल र हीनताभाव र अर्कातिर अवसरवादजनित ढुलमुले प्रवृत्तिहरूबाट नेपाली प्रगतिवादी संस्कृतिलाई जोगाउनु जरुरी छ ।
 ०४६ सालपछिको राजनीतिक परिवर्तनलाई उपयोग गर्दै अघि बढ्न र मुलुकमा विस्तारित भैरहेको साम्राज्यवादी संस्कृतिको प्रतिकार गर्नका लागि विभिन्न जनपक्षीय संस्कृतिकर्मीहरूका बीच व्यावहारिक एकता कायम गर्नु, देशभक्तिपूर्ण एवं आत्मगौरवको भावना विकसित गर्नु पनि अत्यन्त जरुरी भएको छ ।
 यही परिप्रेक्ष्यमा यिनै कुराहरूलाई ध्यानमा राखी प्रगतिशील सांस्कृतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका इन्द्रेणी सांस्कृतिक समाज नेपाल र रक्तिम सांस्कृतिक अभियानलाई एकीकरण गरी प्रगतिशील सांस्कृतिक संगठन, नेपालको गठन गरिएको छ र निरन्तरताको खा“चो अनुभव गरिएको छ ।
 यस संगठनको नीति, कार्यदिशाअनुरूप सांस्कृतिक गतिविधि सञ्चालन गर्न यो अन्तरिम विधान जारी गरिएको छ ।

धारा १
नाम
 यस संगठनको नाम प्रगतिशील सांस्कृतिक संगठन, नेपाल हुनेछ । छोटकरीमा यसलाई प्रसास भनिनेछ । अंग्रेजीमा यसलाई एचयनचभककष्खभ ऋगतिगचब िब्ककयअष्बतष्यल, ल्भउब िभनिनेछ । छोटकरीमा यसलाई एऋब्ल् भन्न सकिनेछ ।
धारा २
झन्डा
 रातो आयताकार पृष्ठभूमिमा माथिल्लो देब्रे कुनामा बा“सुरीलाई आधार बनाई कलम र कुचीले त्रिकोण बनाएको झण्डा प्रसासको झण्डा हुनेछ ।
धारा ३
छाप
 माथि प्रगतिशील सांस्कृतिक संगठन, नेपाल लेखिएको अण्डाकार छापको बीचमा झण्डाको लोगो र २०५९ तथा तलपट्टि समितिको नाम लेखिनेछ ।
धारा ४
उद्देश्यहरू
(क)  वर्तमान अवस्थामा समाजमा नया“ जनवादी, राष्ट्रिय संस्कृतिको निर्माण गर्दै अन्ततोगत्वा समतामुखी संस्कृतिको उच्चतम आदर्श प्रत्येक व्यक्तिका सिर्जनात्मक क्षमताहरूको सर्वतोमुखी, सामञ्जस्यतापूर्ण र मुक्त विकास प्रसासको अन्तिम लक्ष्य हो । उक्त आदर्शप्राप्तिलाई आ�नो सांस्कृतिक अभियानको लक्ष्य बनाई क्रियाशील रहने क्रममा बाधाको रूपमा तेर्सिएका सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद एवं प्रभुत्ववादको विरोध र भण्डाफोर गर्ने, सामन्तवादी एवं छाडा, विकृत, हीनताभाव तथा अमानवीयतालाई बढाउने साम्राज्यवादी सांस्कृतिक आक्रमणबाट जनतालाई सजग बनाउने ।
(ख)  महान् सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाहरूलाई सिर्जनात्मक रूपमा लागू गर्दै प्रगतिवादी सांस्कृतिक चेतनालाई विस्तार गरी सांस्कृतिक आन्दोलन अघि बढाउने ।
(ग)  संस्कृतिकर्मीहरूलाई संगठित गरी तिनको वैैचारिक स्तर एवं कलात्मक स्तर उकास्न प्रयत्नशील रहने ।
(घ)  यस विधानमा उल्लेखित विचारस“ग विचार मिल्ने तर अलग–अलग सांस्कृतिक संगठन अथवा परिवार बनाई क्रियाशील रहेका वा व्यक्तिगत रूपमा छुट्टै रहेका संस्कृतिकर्मीहरूलाई एकै झण्डामुनि गोलबन्द गर्न प्रयत्न गर्ने ।
(ङ)  राष्ट्रियता र जनतन्त्रको अल्पकालीन उद्देश्यका पक्षमा उभिएका स्वतन्त्र सांस्कृतिक मोर्चाहरूस“ग समन्वय कायम गरी क्रियाशील रहने ।
(च)  भाषा, जाति र धर्मका क्षेत्रमा प्रतिक्रियावादीहरूले लादिरहेको कुनै भाषा, जाति वा धर्मलाई विशेषाधिकार दिई अरू भाषा, जाति वा धर्ममाथि लादिएको दमनपूर्ण र उपेक्षापूर्ण असमान नीतिको विरोध गर्दै भाषिक एवं जातीय समानता र धर्मनिरपेक्षताको संस्कृति निर्माण एवं विकास गर्न जोड दिने ।
(छ)  देशका मौलिक लोककलाहरूको र शास्त्रीयकलाहरूको परिष्कार, संरक्षण र सम्बद्र्धन गर्ने र तिनलाई जनहितअनुकूल बनाउने ।  
(ज)  राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रका जनवादी साहित्य र संस्कृतिको प्रचार–प्रसारका लागि रचनात्मक कार्यक्रमको आयोजना गर्ने ।
(झ)  देशभक्तिपूर्ण प्रगतिशील कला–साहित्यका क्षेत्रका संलग्न व्यक्ति वा संस्थाहरूको पेशागत हकहितका लागि संघर्ष गर्ने ।
(ञ) समाजमा विद्यमान छुवाछूत प्रथा, जातीय विभेद र उत्पीडनको विरोध गर्दै जातीय समानता विकसित गर्ने साहित्य, कला र संस्कृतिको विकासमा जोड दिने ।
(ट) समाजको पितृसत्तात्मक स्वरूप र लैड्डिक भेदभावको विरोध गर्दै लैड्डिक समानता कायम गर्ने कला, साहित्य र संस्कृतिको विकासमा जोड दिने ।
धारा ५
सदस्यता
 यस विधानलाई मान्ने कलाकार, साहित्यकार वा अन्य क्षेत्रमा काम गर्ने संस्कृतिकर्मीहरू यस संगठनका साधारण सदस्य हुन सक्नेछन् । साधारण सदस्यले प्रवेश शुल्क रु. ५।– तिर्नुपर्नेछ र प्रत्येक वर्ष रु. ५।– तिरी सदस्यता नवीकरण गर्नुपर्नेछ । सदस्यता केन्द्रीय समितिले वा केन्द्रीय समितिले तोकेको संस्था वा प्रतिनिधिले वितरण गर्न सक्नेछ ।
धारा ६
सदस्यता रद्द हुने स्थितिहरू
(क)  विधान विपरीत काम गरेमा त्यस्ता व्यक्तिहरूको साधारण सदस्यता रद्द गरिनेछ । यसको ठहर सम्बन्धित एकाई वा समिति वा विभागले गर्नेछ, तर यसको अनुमोदन माथिल्लो समितिबाट लिनुपर्नेछ ।
(ख)  विनासूचना तीन पटकसम्म आफू रहेको समिति, विभाग वा एकाईको बैठकमा अनुपस्थित भएमा, त्यस्ता व्यक्तिलाई सम्बन्धित समिति, विभाग वा एकाईबाट स्पष्टीकरण मागिनेछ । तर त्यसबाट समिति, विभाग वा एकाई सन्तुष्ट हुन नसकेमा निजलाई सम्बन्धित समितिको सदस्यबाट निलम्बन गर्न वा हटाउन सकिनेछ ।
धारा ७
परिवारहरू
 प्रसासमा आवश्यकताअनुसार विभिन्न परिवारहरू निर्माण हुन सक्नेछन् । यस्ता परिवारहरू सम्बन्धित समितिका मातहत रहनेछन् ।
धारा ८
(क) संगठनको सिद्धान्त र ढा“चा
१.  जनवादी केन्द्रीयताका आधारमा सबै समितिहरू सञ्चालित हुनेछन्, जसअनुसार सम्पूर्ण सदस्य सम्बन्धित समितिको मातहत, तल्लो समिति माथिल्लो समितिको मातहत, सबै समिति वा एकाईहरू केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति राष्ट्रिय सम्मेलनको मातहत रहनेछ ।
२.  तल्लो समितिले आफूभन्दा माथिको समितिमा तीन महिनामा नियमित रूपले आ�नो क्रियाकलापको विवरण पठाउनु पर्नेछ ।
३.  केन्द्रीय तदर्थ समितिले मूल विधानका अधीनमा रही नियमहरू र उपनियमहरू बनाउन सक्नेछ ।
(ख) संगठनात्मक स्वरूप
केन्द्रीय स्समिति
(क)  संगठनको सर्वोच्च अड्ड राष्ट्रिय सम्मेलन हुनेछ । राष्ट्रिय सम्मेलन तीन वर्षमा एकपटक हुनेछ । सम्मेलनभन्दा पहिले आवश्यकताअनुसार राष्ट्रिय भेलाहरू बोलाउन सकिनेछ ।
(ख)  राष्ट्रिय सम्मेलनले केन्द्रीय समितिको निर्माण गर्नेछ । राष्ट्रिय सम्मेलनले निर्धारण गरेको नीतिमा रही समितिले अर्को सम्मेलनसम्मको लागि काम गर्न सक्नेछ ।
(ग)  केन्द्रीय समितिबाट केन्द्रीय पदाधिकारी तथा सचिवालयको निर्माण हुनेछ ।
(घ)  केन्द्रीय समितिको सचिवालय ः केन्द्रीय समितिको कुल सदस्य संख्याका बढीमा एक तिहाई सदस्य संख्याको पदाधिकारी र सदस्यहरू भएको एक केन्द्रीय सचिवालय हुनेछ । केन्द्रीय तदर्थ समितिप्रति जवाफदेही भई सो समितिको बैठक नबसेको बेला यसले कार्य गर्नेछ ।
स्थानीय स्वरूप
राष्ट्रिय परिषद्
 राष्ट्रिय सम्मेलन वा भेलाले राष्ट्रिय परिषद्को पनि निर्माण गर्नेछ । राष्ट्रिय परिषद्को संख्या केन्द्रीय समिति र थप २५ जनासहित ४१ जनाको रहनेछ ।
क्षेत्रीय समन्वय समिति
 केन्द्रीय तदर्थ समितिले आवश्यकताअनुसार क्षेत्रीय समन्वय समिति बनाउन सक्नेछ । त्यसको सीमानिर्धारण केन्द्रले तोकेअनुसार हुनेछ । त्यसको काम, कर्तव्य, अधिकारबारे केन्द्रले तोकेअनुसार निर्धारण हुनेछ ।
जिल्ला समिति
१.  जिल्लामा कम्तीमा पा“च जनासम्मको समिति बनाउन सकिनेछ । सम्मेलन हुन नसकेका जिल्लाहरूमा जिल्ला संगठन वा सम्मेलन तयारी समिति बनाउन सकिनेछ । यसको अनुमोदन केन्द्रबाट लिनुपर्नेछ ।
२.  जिल्ला सम्मेलन दुई वर्षमा एक पटक हुनेछ ।
३.  जिल्ला सम्मेलन गर्नका लागि कम्तीमा पन्ध्र जना साधारण सदस्यहरू हुनुपर्नेछ ।
एरिया समिति
 जिल्लाले तोकेको सीमाभित्र एकाईका प्रतिनिधिहरूको भेलाबाट एरिया समिति गठन हुनेछ ।
एकाई समिति
 संगठनको प्रारम्भिक समिति एकाई समिति हुनेछ । कुल संख्याको एक तिहाई सदस्य संख्याले राष्ट्रिय सम्मेलनको माग गर्न सक्नेछन् र त्यसरी एक तिहार्ई सदस्यहरूले माग गरेको छ महिनासम्म पनि केन्द्रीय सम्मेलन गर्ने प्रक्रिया सुरु नगरेमा दुई तिहाई सदस्यहरू तथा प्रसासको संगठन भएका अधिकांश जिल्लाहरूले स्वयं पहल गरेर सम्मेलनको आव्हान गर्न सक्नेछन् । 
धारा ९
पदाधिकारीहरू
(क)  केन्द्रीय तदर्थ समितिमा ः केन्द्रीय समिति २१ जनाको रहनेछ र त्यसमा अध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १ र १६ जना सदस्यहरू रहनेछन् ।
(ख)  केन्द्रभन्दा तलका समितिमा ः (१) अध्यक्ष, (२) सचिव, (३) कोषाध्यक्ष र सदस्यहरू रहन सक्नेछन् ।
(ग)  आवश्यकता परेमा उपाध्यक्ष र सहसचिव पनि राख्न सकिनेछ ।
(घ)  केन्द्र र जिल्लामा आवश्यकताअनुसार सम्बन्धित समितिबाटै सचिवालयको गठन गर्न सकिनेछ ।
धारा १०
केन्द्रीय सल्लाहकार समिति
 प्रसासलाई क्रियाशील, वस्तुनिष्ठ र दृढ बनाइराख्नका निम्ति यसलाई निरन्तर आवश्यक परामर्श दिनका निम्ति केन्द्रीय समितिले आवश्यक संख्यामा केन्द्रीय सल्लाहकारहरूको मनोनयन गर्न सक्नेछ । केन्द्रीय सल्लाहकारको रूपमा प्रसासको साधारण सदस्य नरहेका विधानको मर्मस“ग सहमत जनपक्षीय सांस्कृतिक व्यक्ति लिन सकिनेछ । केन्द्रीय सल्लाहकार समितिको बैठक केन्द्रीय समितिले तोकेको समयमा वा केन्द्रीय सल्लाहकार समितिका कम्तीमा २५ प्रतिशत सदस्यहरूले चाहेको समयमा हुनेछ ।
धारा ११
काम, कर्तव्य र अधिकार
(क) अध्यक्ष
१. बैठकको अध्यक्षता गर्ने ।
२.  समितिका पदाधिकारी र सदस्यका कामको रेखदेख गर्ने, निरीक्षण र निर्देशन गर्ने ।
३.  समितिमा बराबर मत भएमा निर्णायक मत दिने ।
(ख) उपाध्यक्ष
१. अध्यक्षलाई आवश्यक सहयोग पु¥याउने ।
२. अध्यक्षको अनुपस्थितिमा अध्यक्षका सम्पूर्ण कामहरू गर्ने । 
(ग) महासचिव
१.  अध्यक्षको सल्लाह लिई बैठक बोलाउने ।
२.  समितिका कागजपत्रको संरक्षण, सम्बद्र्धन गर्दै दैनिक कार्य सञ्चालन गर्ने ।
३.  अध्यक्षलाई आवश्यक सल्लाह दिने ।
(घ) सचिव
१. महासचिवलाई आवश्यक सहयोग पु¥याउने ।
२. महासचिवको अनुपस्थितिमा महासचिवका सम्पूर्ण कामहरू गर्ने । 
(ङ) कोषाध्यक्ष
१.  आम्दानीको खर्चको लेखा राख्ने ।
२.  अध्यक्षको निर्देशनमा बजेट तयार गरी बैठकमा पेश गर्ने ।
३.  आर्थिक योजना र कार्यक्रमहरू बनाएर पेश गर्ने । 
(च) सदस्यहरू
१.  आ�नो क्षेत्रको नेतृत्व सम्हाल्ने ।
२. पदाधिकारीको काममा सहयोग गर्ने ।
(छ) कार्यालय इन्चार्ज
१.  अध्यक्ष र महासचिवको निर्देशनमा कार्यालयको तर्फबाट सम्पर्क, पत्राचार अन्य आवश्यक कार्य गर्ने ।
२.  कार्यालयका नाममा प्राप्त सूचना रिपोर्ट आदिको रेकर्ड फाइल तयार गरी बैठकमा प्रस्तुत गर्ने ।
३.  कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने ।

धारा १२
विभागहरू
 आवश्यकताअनुसार कला, साहित्य र नाट्यविधा निश्चित गरी त्यस प्रकारका विभागहरू खोल्न सकिनेछ ।
(क) प्रसास केन्द्रीय साहित्य विभाग
 केन्द्रीय तदर्थ समितिको कुनै एक सदस्यलाई संयोजक तोकी आवश्यक ठानेको संख्यामा साहित्यिक व्यक्तिहरू समावेश गरी एक केन्द्रीय साहित्य विभागको निर्माण गर्न सकिनेछ ।
(ख) प्रसास केन्द्रीय कला विभाग
 केन्द्रीय तदर्थ समितिले केन्द्रीय तदर्थ समितिको कुनै एक सदस्यलाई संयोजक तोकी कलाका विविध क्षेत्रस“ग सम्बन्धित आवश्यक ठानेका व्यक्तिहरू समावेश गरी केन्द्रीय कला विभागको निर्माण गर्न सक्नेछ ।
(ग) ललितकलाका अन्य विधाका विभागहरू पनि केन्द्रीय समितिले आवश्यकताअनुसार गठन गर्न सक्नेछ ।
धारा १३
अनुशानसन
 प्रसासको घोषित नीति र कार्यक्रमको विरुद्ध जाने वा त्यस्तै अन्य अनुशासनविहीन गतिविधिमा संलग्न सदस्य र अन्तर्गतका समिति वा परिवारका विरुद्ध समितिले निम्नअनुसार कार्बाही गर्न सक्नेछ ः
१.  आवश्यकता र औचित्य हेरी सम्झाउने, बुझाउने ।
२.  मित्रतापूर्ण आलोचना गर्ने ।
३.  स्पष्टीकरण माग्ने ।
४.  चेतावनी दिने ।
५.  निश्चित अवधिको लागि निलम्बन गर्ने ।
६.  पदबाट हटाउने ।
७.  सदस्यताबाट निष्काशित गर्ने ।
८.  अन्तर्गतका समिति, परिवार वा सदस्यलाई स्थिति हेरी निलम्बन वा विघटन गर्ने, तर यसको अनुमोदन माथिल्लो समितिबाट लिनुपर्नेछ ।
९. आर्थिक दुरुपयोग वा हिनामिना गरेमा, अनुशासनको पालना नगरेमा ।
९. यसरी निलम्बन वा विघटन गरिएका समिति वा परिवारहरूले केन्द्रमा उजुरी दिन सक्नेछन् । 
धारा १४
आर्थिक प्रणाली
(क)  प्रगतिशील सांस्कृतिक संगठनको मूल आर्थिक स्र्रोत– प्रवेश शुल्क, सदस्यता शुल्क, प्रशिक्षण शुल्क, समर्थक शुभचिन्तकबाट आएको सहयोग र विभिन्न कार्यक्रमबाट आउने रकम हुनेछ ।
(ख)  विशेष कार्यको लागि माथिल्लो समितिले तल्लो समितिलाई कोटा तोक्न सक्नेछ ।
(ग)  सबै तहको कोषको जिम्मा कोषाध्यक्षको हुनेछ ।
(घ)  यस विधानअन्तर्गत रहेर आर्थिक उपनियम बनाउने अधिकार केन्द्रीय समितिलाई हुनेछ ।
(ङ)  सम्मेलन वा भेला गरी नया“ समिति बनेमा पुरानो समितिले नया“ समितिलाई आ�नो समितिको आय–व्यय रिपोर्ट हस्तान्तरण गर्नुपर्नेछ ।
(छ) समितिको खाता सञ्चालन गर्नु अनिवार्य हुनेछ र त्यो खाता अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालित हुनेछ ।
(छ)  आय–व्ययको जा“च वर्षको एक पटक केन्द्रीय तदर्थ समितिले तोकेको लेखापरीक्षकद्वारा ‘लेखापरीक्षण’ गर्नुपर्नेछ ।
धारा १५
प्रवास
 प्रवासमा पनि प्रसासको शाखा खोल्न सकिनेछ । यसको व्यवस्थापन र सञ्चालनका लागि आवश्यक नियमहरू केन्द्रीय समितिले बनाउनेछ ।
धारा १६
कार्यालय
 केन्द्र, क्षेत्र, जिल्ला र प्रवासमा सम्बन्धित समितिले तोकेको ठाउ“मा कार्यालय राख्न सकिनेछ ।
धारा १७
 यो विधान पास भएको मितिदेखि लागू हुनेछ ।   
   

प्रगतिशील सांस्कृतिक सङ्गठन, नेपालको
प्रथम राष्ट्रिय भेला (२०६३ मङ्सिर ७) मा
 अध्यक्ष निनु चापागाईंद्वारा
 प्रस्तुत साङ्गठनिक प्रतिवेदन

प्रतिनिधि तथा आयोजक मित्रहरू  ⁄
हार्दिक अभिवादन ।
     हामी प्रगतिशील सांस्कृतिक सङ्गठनको इतिहासको विशिष्ट अवस्थामा अहिले यहा“ भेला भएका छौं । देशको वर्तमान स्थितिले एकातिर नेपालका सबै प्रगतिशील सांस्कृतिककर्मीहरूसामु एकजुट भएर मृत्युशय्यामा लम्पसार परेको सामन्तवादको गढ, शाही राजतन्त्रलाई कहिल्यै नब्यु“तिनेगरी परास्त गर्न लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानमा क्रियाशील हुनुपर्ने माग गरिरहेको छ भने अर्कातिर चार वर्षअघि मात्र एकीकृत भएका हामी आफैं भने विभाजनकारीहरूको षड्यन्त्रको परिणामस्वरूप छिन्नभिन्न अवस्थामा आइपुगेका छौं । विभाजनकारीहरूको षड्यन्त्रलाई चिरेर एकजुट हु“दै सङ्गठनलाई पुनर्संयोजित गर्दै दरिलो बनाउनु र आउ“दो वर्षको जेठ महिनामा हुने संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक गणतन्त्रलाई विजयी बनाउन सबै प्रगतिवादी संस्कृतिकर्मी र लोकतान्त्रिक गणतन्त्रमा विश्वास राख्ने अन्य संस्कृतिकर्मीको वृहद् गणतान्त्रिक मोर्चा गठन गरी देशव्यापी अभियानमा जुट्नु आजको हाम्रो पहिलो कर्तव्य हुन पुगेको छ । यस भेलामा उपस्थित सबै प्रतिनिधि साथीहरूले यसलाई आत्मसात् गर्नु हुनेछ र  यस कार्यभारलाई पूरा गर्न सही कदम चाल्नु हुनेछ भन्ने विश्वास मैले दिएको छु । 
     २९ भदौ २०५९ का दिन इन्द्रेणी सांस्कृतिक समाज, नेपाल र रक्तिम सांस्कृतिक अभियान एउटै सङ्गठनमा एकीकृत भएपछि प्रगतिशील सांस्कृतिक सङ्गठन, नेपालको निर्माण भएको थियो । त्यतिखेर नेपालमा छरिएर रहेका प्रगतिशील सांस्कृतिक सङगठनहरूलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने महान् उद्देश्य लिएर यसको गठन भएको थियो । तर विडम्बना भन्नुपर्छ एकीकरणको प्रारम्भदेखि नै यसमा आबद्ध विखण्डनवादी केही मानिस र नेतृत्वले सङ्गठनको उक्त उद्देश्यका विपरीत एकीकृत अभियानलाई दरिलो बन्न नदिन प्रयत्न गरे र सङ्गठनले व्यवस्थित रूपले आफ्नो सापेक्षित स्वायत्तताको उपयोग समेत गर्न पाएन । सङ्गठनको केन्द्रिय नेतृत्व निर्माण हुनासाथ प्रगतिशील सांस्कृतिक सङ्गठनले आफ्ना मातहत रहेका स्थानीय सङ्गठनहरूलाई एकीकृत पार्नका लागि केन्द्रिय तदर्थ समितिका पदाधिकारी एवम् सदस्यहरूलाई जिम्मेवारी दिएको थियो । तर यसरी सङगठनलाई एकीकृत पार्ने अभिभारा पाएका व्यक्तिहरूलाई वर्षाैंसम्म पनि सम्बन्धित क्षेत्रमा प्रवेश गर्ने अवसरसम्म दिइएन । कहिले परिस्थिति अनुकूल नभएको बहाना बनाएर, कहिले केही पछि वातावरण मिलाउ“ला भन्ने आश्वासन दिएर यस्तो गरियो भने कतै जिम्मेवारी लिएका सदस्यहरूलाई जानकारी समेत नदिई जिल्लामा तत्काल आवश्यकता भएको निहु“ बनाई सङगठन पुनर्निर्माण गर्ने कार्य गरियो । प्रायः यस्तो काम सङ्गठनको उपाध्यक्ष निकट रहेका जिम्मेवार व्यक्तिहरूबाट नै भयो । सङ्गठनलाई एकीकृत भावधारामा लैजान नदिने प्रयासको यो पहिलो अभिव्यक्ति थियो ।
    अन्तरिम विधानको धारा १२ ले केन्द्रिय रूपमा साहित्य विभाग र कला विभागको गठन गर्ने प्रावधान राखेको छ । तर कला विभागका प्रमुखले आफ्नो मातहतमा विभाग गठन मात्र नगरेका होइनन् कि साहित्य विभागको गठनमा पनि अनेकौं बखेडा झिकेर बाधा व्यवधान खडा गरिरहे । फलतः विभागहरू गठन हुन सकेनन् र संगठनका गतिविधिलाई राम्ररी परिचालित गर्न सकिएन ।
    यो क्रम त्यतिमा मात्र सीमित रहेको होइन । सङ्गठननिर्माण भएदेखि नै पटक पटक केन्द्रिय कार्यक्रम गर्ने निर्णय गर्नुका अतिरिक्त मिति किटान गर्ने काम पनि केन्द्रिय तदर्थ समितिले गरेको हो । यो कार्यक्रम सम्पादन गर्नका निम्ति गीतसङ्गीतको क्षेत्रका भएकाले उपाध्यक्ष र कलाविभागप्रमुखको भूमिका महŒवपूर्ण हुनु स्वाभाविक थियो । तर निर्धारित कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्नुको साटो उनले यसलाई असफल बनाउने विभिन्न बहानाबाजी गरिरहे र प्रगतिशील सांस्कृतिक सङ्गठनभन्दा अघि आफू प्रमुख रहेको इन्द्रेणी–रक्तिम परिवारबाट कार्यक्रम गर्ने योजनालाई क्रियान्वयन गर्ने भूमिका खेलिरहे । फलतः केन्द्रिय रूपमा कार्यक्रम गर्ने केन्द्रिय समितिको निर्णय कहिल्यै लागू हुन सकेन ।
     यहा“सम्म आइपुग्दा उपाध्यक्ष मिहिन पाराले भिन्न मतमा रहेका अध्यक्षलाई असफल बनाएर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रयत्नमा छन् भन्ने बोध हुन थालिसकेको थियो । यसभन्दा अघिका उनका अभिव्यक्ति महासचिव बनेका आफ्नै पक्षका साथीका विरुद्ध भएजस्तो देखिएको कारणले उनको असहयोग र बहानाबाजी भएको लागेको थियो । समूहगत भावनाबाट ग्रस्त उनको क्रियाकलापलाई समयमै चिन्न नसक्नुमा पनि हाम्रो कमजोरी व्यक्त भएको मलाई लाग्दछ । 
   यसबीच पहिले इन्द्रेणी सांस्कृतिक समाजमा आबद्ध रहेका केही जिम्मेवार व्यक्तिको भूमिका पनि सङ्गठनको क्रियाशीलतामाथि जोड दिनुको सट्टा त्यस्ता विघटनकारी तŒवहरूस“ग सा“ठगा“ठ गर्ने र आफ्नो अवसरवादी आकाङ्क्षापूर्ति गर्ने किसिमको हुन थाल्यो । अर्कातिर अन्य एकाध व्यक्तिले चाहि“ व्यक्तिगत किसिमले सङ्गठनका अध्यक्षको अनर्गल र असड्डत विरोध गर्ने क्रियाकलापलाई अघि बढाउन थाले । फलतः त्यस्ता विघटनकारी तŒवस“ग गर्न सकिने अन्तर्सङ्द्धर्षले पनि सही दिशा लिन सकेन । अझ भनौं निर्णयप्रक्रियामा अल्पमतमा पर्नुभन्दा बैठक नै नबस्नु बेस भन्ने गलत चिन्तनको प्रभावमा पनि परियो । यसका लागि म आफैं पनि कतिपय अवस्थामा दोषको भागी बन्नुपर्दछ भन्ने मेरो सोच रहेको छ ।
    यही परिप्रेक्ष्यमा इन्द्रेणी रक्तिम परिवारलाई सञ्चालन गर्ने अभिभारा पाएका मातृ सङ्गठनका प्रमुखले आफ्नो राजनीतिक स्वार्थअनुकूल त्यसलाई सञ्चालन गर्ने प्रक्रियाको थालनी गरे । ‘आवाज’ गीति नाटकको मञ्चनमा यो तीव्र रूपमा अभिव्यक्त भएको हामी सबैलाई थाहा नै छ ।   
    यो नाटक इन्द्रेणी रक्तिम सांस्कृतिक परिवारले काठमाडौंमा प्रदर्शन गर्न लागेको सांस्कृतिक कार्यक्रममा प्रदर्शन गर्ने उद्देश्यले नै तयार पार्न खोजिएको थियो । रिकर्डिड्ड हुनुुअगावै उक्त प्रदर्शनका लागि उपयुक्त सामग्रीहरूको चयन गर्न निर्माण गरिएको चयन समितिले यसको अन्तर्वस्तुमा परिमार्जन गरेपछि मात्र प्रदर्शनयोग्य हुने सुझाउ दिए तापनि यसका रचनाकारले त्यो सुझाउलाई मानेनन् । इन्द्रेणी रक्तिम सांस्कृतिक परिवारलाई प्रत्यक्ष संचालन एवम् नियन्त्रण गर्ने निकायसामु त्यसलाई प्रेषित गर्नका लागि उनले एकोहोरो आग्रह गरिरहे । उक्त निकायले समेत त्यसलाई प्रदर्शनयोग्य नमानेको कारणले त्यो काठमाडौंको प्रज्ञा भवनमा भएको  कार्यक्रममा सामेल गरिएन । तर प्रदर्शनयोग्य नमानिएको त्यस नाटकलाई हामीलाई थाहै नदिई लुकाएर रिकर्डिड्ड गर्ने, रिहर्सल गर्ने, काम गरियो र ‘हा“क’ साप्ताहिकको सहयोगको लागि भनेर लगत्तै बुटवल लगायत मोफसलका विभिन्न ठाउ“मा प्रदर्शन गरियो । सङ्गठनलाई फुटाउने प्रयत्नको यो ज्वलन्त उदाहरण थियो ।
   ‘जवाफ’ लघु गीति नाटकले शाही सेनाद्वारा देशमा भैरहेको जनतामाथिको बर्बर व्यवहार र ‘माओवादीहरू’बाट भएको ज्यादतीको चित्रण गर्ने प्रयत्न गर्नुका साथै ती दुवै पक्षका ‘बन्दुक’का विरुद्ध संयुक्त आवाज उठाउन आम जनतास“ग आह्वान गरेको थियो । नाटकले राज्यसत्ताद्वारा भैरहेको ज्यादतीलाई र ‘माओवादी’द्वारा गरिएका जनतामाथिका दुव्र्यवहारलाई समान स्तरमा मात्र राखेको छैन ‘माओवादी’बाट जनतामाथि भएको दुव्र्यवहारका कारणले नै गाउ“मा सेनाले प्रवेश गरेको हो र गाउ“लेहरूमाथिको सेनाको ज्यादती माओवादी दुव्र्यवहारको परिणाम मात्र हो भन्ने गलत दृष्टिकोण समेत प्रस्तुत गरेको थियो । नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक अवस्थाका लागि यहा“को राज्यसत्ता मूलतः जिम्मेवार छ र यही कारणले नै माओवादी सशस्त्र द्वन्द्वको जन्म भएको हो भन्ने तथ्यलाई स्वीकार गर्नेहरूका लागि ‘जवाफ’ नाटक यथार्थसंगत र तथ्यपूर्ण हुनै सक्तैन । यसको अर्काे कमजोरी के थियो भने जुन राजनीतिक शक्तिको राजनीति, नीति एवम् निर्णयहरूको प्रचारप्रसार गर्ने अभिप्रायले इन्द्रेणी–रक्तिम सांस्कृतिक टोलीको निर्माण भएको थियो, त्यस शक्तिको सशस्त्र द्वन्द सम्बन्धी दृष्टिकोणलाई,  द्वन्द्वको कारण  र  समाधानसम्बन्धी प्रस्ट अभिमतलाई पनि मूर्त रूपमा यस नाटकले अघि सारेको छैन । नाटकले द्वन्द्वका विरुद्ध आवाज उठाउन अमूर्त आह्वान गरेको थियो तापनि त्यसको निकासका बारेमा कुनै संकेत गरेको थिएन । मित्रशक्ति मानेको माओवादीको ज्यादतीलाई राज्यसत्ताको स्तरमा प्रस्तुत गर्ने चिन्तन इन्द्रेणी–रक्तिम सांस्कृतिक परिवारलाई निर्देशित गर्ने राजनीतिक शक्तिको विपक्षमा मात्र होइन स्वयम् त्यसका नेताले गर्ने गरेका व्याख्या–विश्लेषणकै विरोधमा समेत थियो । त्यसैले पनि काठमाडौंमा भएको सांस्कृतिक कार्यक्रममा प्रदर्शन अयोग्य मानिएको थियो यसलाई ।
     यही राजनीतिक अराजकता र अनुशासनहीनताले पहिलो पटक हाम्रो सङगठनलाई विभाजित गर्ने काम गरेको छ । त्यो शक्ति पहिलेकै आफ्नो पुरानो नाममा सञ्चालित हुन थालेको छ र यसले आफ्नो गुटगत अभिप्रायलाई प्रस्ट पारेको छ । अन्तरिम सरकार, संविधानसभाको निर्वाचन र गणतन्त्रको दिशामा नेपाललाई लिएर जानुपर्ने राजनीतिक अडानका विरुद्ध यथास्थितिको पक्षपोषण गर्ने राजनीतिको समर्थक भएकै कारणले यसले तात्कालिक संकटको समाधान संविधानसभा हो भन्ने कार्यनीतिको निरन्तर विरोध, पहिले संयुक्त आन्दोलनको पिछलग्गु बन्ने, आन्दोलनले संविधानसभाको नारामा गति लिन थालेपछि संयुक्त आन्दोलनको विरोध गर्ने, एकल आन्दोलन प्रधान हो भनेर संयुक्त आन्दोलनबाट बाहिरिन प्रयत्न गर्ने, राजाको निरङ्कुशतामाथि प्रहार केन्द्रित गर्दै विद्रोही शक्तिसहित प्रतिगमनविरोधी सबै शक्तिलाई गोलबन्द गर्दै आन्दोलनलाई अघि बढाउने नीतिका विपरीत विद्रोही र प्रतिगमनका दुवैका विरुद्ध आन्दोलन गर्ने र व्यवहारमा विद्रोहीका विरुद्ध प्रहार गर्ने नीति अपनाउने र सङ्गठनले यी सबै क्रियाकलापका विरुद्ध सही नीति अवलम्बन गर्न थालेपछि यो शक्तिले सङ्गठनबाट बहिर्गमन गर्ने काम गर्यो । यो यसको यथास्थितिवादी दक्षिणपन्थी अवसरवादी राजनीतिकै परिणाम थियो । माघ १९ गतेपछि आन्दोलन गर्ने कुराको विरोध गर्दै पर्ख र हेरको नीति अघिसार्ने, नेतृत्वको एउटा पंक्तिलाई समेत सङ्घर्षमा जान नदिने, र अप्रत्यक्ष रूपमा आन्दोलनको विरोधमा रहने, वैचारिक अस्पष्टतामा रुमलिएको अर्काे निम्नपू“जीवादी अवसरवादी गुटले पनि हाम्रो सङ्गठनलाई फुटाउने कार्य गरेको छ । केन्द्रिय समिति र स्थानीय सङ्गठनमा अति न्यून समर्थन प्राप्त यस गुटले दुस्साहस गरेर हाम्रो सङ्गठनको नाममा लिएर आफ्नो गतिविधि सञ्चालन गर्न थालेको छ । वैचारिक अस्पष्टता, राजनीतिक औचित्यहीनता र नेतृत्वविहीनता भएको यस गुटको परिणाम विसर्जन वा आत्मसमर्पण हुने कुरा प्रस्ट छ । यसरी हामीमाथि विभाजनकारी तŒवहरूले जबर्जस्ती फुट थोपरेका छन् र  आफूहरू यसबाट अलग्गिदै गएका छन् । व्यवहारले सङ्गठनको वास्तविक उत्तराधिकार हामीलाई सुम्पेको छ र यसको रक्षा गर्दै यसलाई अघि बढाउने जिम्मेवारी हामीले पूरा गर्नु परेको छ ।
प्रतिनिधि मित्रहरू ⁄
     माथि उल्लेख गरिएको प्रतिकूलताका बीचमा पनि हामीले केही उल्लेखनीय भूमिका निर्वाह भने नगरेका होइनौं । राजा ज्ञानेन्द्रले आफ्नो हातमा प्रत्यक्ष शासन लिएपछिको स्थितिमा प्रतिगमनका विरुद्ध संस्कृतिकर्मीहरूको संयुक्त सङघर्ष समितिको निर्माण गर्ने र संस्कृतिको क्षेत्रमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना गराउनमा हाम्रो विशिष्ट योगदान रहेको छ । त्यसैगरी ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’को निर्माणमा र त्यसको क्रियाकलापको नेतृत्वगर्नमा पनि हाम्रो उल्लेखनीय भूमिका रहेको छ । त्यसैगरी प्रगतिवादी शिविरको संयुक्त मोर्चाको रूपमा क्रियाशील रहेको ‘प्रगतिशील लेखक सङ्घ, नेपाल’को नेतृत्वदायी कार्यमा हाम्रो विशिष्ट योगदान रहेको छ । पूर्वाञ्चलमा क्षेत्रीय समन्वय समिति अन्तर्गत सांस्कृतिक रूपान्तरणसम्बन्धी जनचेतना विस्तार गर्न, राज्यको पुनर्संरचनासम्बन्धमा गोष्ठी आयोजना गर्न, गणतान्त्रिक सांस्कृतिक अभियान सञ्चालन गर्नमा, चितवनमा सबैलाई समेट्ने गरी घरदैलो कार्यक्रम सञ्चालन गर्नमा यसले उल्लेखनीय भूमिका निर्वाह गरेको छ । यसरी नै विभिन्न क्षेत्रका स्थानीय निकायले पनि आआफ्ना तहमा केही न केही क्रियाशीलता देखाएकै छन् । तथापि हामीले स्वीकार्नै पर्दछ कि केन्द्रीय तहबाट साङ्गठनिक गतिविधि सञ्चालन गर्न, सबै क्षेत्रका सङ्गठनस“ग जीवन्त सम्बन्ध स्थापित गर्न, तिनलाई समयमै निर्देशन दिन हामीले पर्याप्त काम गर्न सकेका छैनौं । यसका लागि अध्यक्षको हैसियतले म आफ्नो जिम्मेवारी स्वीकार्दछु र भित्री मनदेखि नै आत्मालोचना गर्दछु । यद्यपि विभाजनकारीहरूका गतिविधिबाट पुगेको र पुग्नसक्ने व्यवधानलाई कसरी हल गर्ने भन्ने सवालमा छलफल गर्नका लागि हामीले राष्ट्रिय तहमा नै भेला गर्ने र आफ्नै किसिमले अघि बढ्ने निर्णय यस बीचमा नगरेका होइनौं । तर कतिपय खास कारणहरूले त्यो कार्यलाई हामीले ठोस रूपमा क्रियान्वयन भने गर्न सकेनौं ।
    हामी अहिले नया“ रूपबाट केन्द्रीय सङ्गठन निर्माण गर्न र नया“ रूपबाट सङ्गठनलाई एकीकृत गर्न भेला भएका छौं । तत्काल राष्ट्रिय परिषद् गठन गर्ने, केन्द्रिय तदर्थ समिति निर्माण गर्ने र त्यसको पहलकदमीमा सकेसम्म चा“डो देशका सम्भव भएका ठाउ“मा तल्ला समितिहरू निर्माण गर्ने काम गर्नुका साथै आफ्नै पहलकदमीमा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गरी संविधानसभाको निर्वाचनको माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पहलकदमी गर्नु, त्यसलाई सहयोग पुर्याउने सामग्री निर्माण गरी जनताबीच पुर्याउने र सङ्घर्षकै रूपमा त्यसलाई विस्तार गर्नुलाई हामीले तत्कालको कार्य बनाउनु आवश्यक छ ।
मित्रहरू ⁄
    संस्कृति मानिसलाई सभ्य र सुसंस्कृत बनाउने महŒवपूर्ण साधन हो । मानिसका अवशेषका रूपमा रहेका पाशविक प्रवृत्तिलाई निमिट्यान्न पारी मानिसलाई सामाजिक, समुन्नत र चौतर्फी रूपबाट सृजनात्मक क्षमताहरूले सम्पन्न बनाउनु नै सांस्कृतिक आन्दोलनको अन्तिम उद्देश्य हो । यसलाई हामीले मुक्त र पूर्ण मानिसको निर्माण भन्ने गरेका छौं । यसका लागि आवश्यकता र बाध्यतामा बा“च्नुपर्ने स्थितिलाई अन्त्य गर्नु र स्वतन्त्रताको परिस्थिति निर्माण गर्नु आवश्यक हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक स्वतन्त्रताको परिस्थिति निर्माण गर्न मानवद्वारा मानवमाथि हुने शोषण–उत्पीडनको समाप्ति अपरिहार्य हुन्छ । यही कारण हामीले समाजवादी र साम्यवादी समाजको स्थापना र त्यस किसिमको संस्कृतिको निर्माणलाई नै अन्तिम लक्ष्य बनाउ“दै आएका छौं । तर अहिलेको नेपालको अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजव्यवस्थाको अन्तको माध्यमबाट मात्र हामी उक्त दिशामा अघि बढ्न सक्ने छौं । हाम्रो अहिलेको परिस्थितिमा नया“ जनवादी संस्कृतिनिर्माण गर्ने बाटोबाट अघि बढेर मात्र हामी त्यस ठाउ“मा पुग्न सक्तछौं । हामी सबैलाई अवगत भएकै विषय हो नया“ जनवादी संस्कृति सर्वहारा वर्गको नेतृत्वमा निर्माण हुने आम नेपाली जनसमुदायको सामन्तवाद–साम्राज्यवादविरोधी संस्कृति हो । धर्म, अन्धविश्वास, रूढिबुढीमा टिकेको, पितृसत्तालाई बढावा दिने, जातीयतावादी, छुवाछूतवादी, विभेदकारी, लोकतन्त्रविरोधी, आध्यात्मवादी सामन्ती संस्कृतिको विरोध नया“ जनवादी संस्कृतिको पहिलो काम हो । यसले देशप्रेम, राष्ट्रियता र भौतिकतालाई प्रश्रय दिंदै वैज्ञानिकता, जनपक्षीयता र वर्गीयतालाई सबैभन्दा बढी महŒव दिने गर्दछ । उपभोक्तावाद, पशुवृत्ति, यौन, हिंसा, अमानवीयता र अपराध वृत्तिलाई प्रश्रय दिने साम्राज्यवादी संस्कृति र शोषण–उत्पीडनको विरोध गर्नुका साथै समाजवादी चिन्तनलाई समर्थन गर्नु यसको अपरिहार्य काम हो । आजको लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा क्रियाशील हुने सन्दर्भमा पनि हामीले उक्त विचार र कार्यलाई निरन्तर प्राथमिकता दिइनै रहनुपर्दछ । स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको भावनामा लोकतान्त्रिक गणतन्त्रमा हामी एकसाथ अघि बढे पनि लोकतान्त्रिक गणतन्त्र स्वयम्मा वर्गीय रूपमा शोषक वर्गीय शासन हो र यसले पनि सामाजिक विभेदको कारण निजी स्वामित्व र सम्पत्तिलाई संरक्षण गर्ने हुनाले यसका विरुद्ध पनि हामीले लामो अवधिसम्म निरन्तर सङ्घर्ष गर्नुपर्ने आवश्यकतालाई हामीले बिर्सनु हु“दैन । सर्वहाराआन्दोलनलाई सङ्गठित गर्नका लागि अरू व्यवस्थाभन्दा यो केही खुकुलो र सहयोगी हुने भएकाले नै हामी यसको पक्षमा रहेका हौं । संविधानसभाको निर्वाचनबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने अभियानमा लाग्दा हामीले यसबारेमा जनताबीच सही सोच फैलाउन पनि पछि पर्नु हु“दैन ।
 धन्यवाद ⁄