Saturday, January 18, 2014

बधाई एवम् शुभकामना कार्यक्रम सम्पन्न


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय  समितिले  यही २०७० साल माघ २ गते बिहिबार वरिस्ठ संस्कृतिकर्मी जे. वि. टुहुरेलाई बधाई एवम्  शुभकामना कार्यक्रमको आयोजना गर्यो।  वरिस्ठ संस्कृतिकर्मी जे. वि. टुहुरेलाई  एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले समानुपातिकको कोटामा संबिधान सभाको सदस्यमा मनोनयन गरेको सन्दर्भमा उक्त कार्यक्रमको  आयोजना गरिएको हो। एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय  समितिका संयोजक मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कार्यालय सदस्य बलराम तिमिल्सिनाले गर्नु भएको थियो।  आफ्नो मन्तव्यको क्रममा   वरिस्ठ संस्कृतिकर्मी जे. वि. टुहुरेले आफूले एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको सहयोगमा संबिधान सभाको बैठकमा सांस्कृतिक आन्दोलनका बारेमा कुराहरू उठाउने धारणा राख्नु भयो । 
उक्त  कार्यक्रममा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका   केन्द्रिय     कार्यालय सदस्य गणेश भण्डारी,  रमेश रंजन झा,  एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ नेवा राज्य समितिका संयोजक राजु श्यानतान, अखिल नेपाल चलचित्र कर्मी संघका त र्फबाट माधव ढुङ्गेल,  अखिल नेपाल लेखक संघको तर्फबाट बिष्णु भण्डारी , अखिल नेपाल ललितकला संघका तर्फबाट पाल्सांमो लामा, अखिल नेपाल जनकलाकार संघको तर्फ बाट प्रदिप देवान, मजदूर कलाकारको तर्फबाट लक्ष्मी गुरुङ, सामना परिवारको तर्फ बाट सुबर्ण हमालले पनि बधाई एवम्  शुभकामना दिनु भएको थियो। 

 
 
 
 
 
 
 
 



 


 
 
 
 
 
 
 
 
 
 
 
 
 


 


 
 



 

Sunday, January 5, 2014

"वर्तमान सांस्कृतिक आन्दोलनको दिशा" विषयक विचारगोष्ठी सम्पन्न



एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समिति को आयोजनामा  यही २०७० साल पुस २० गते "वर्तमान सांस्कृतिक आन्दोलनको दिशा" विषयक विचारगोष्ठी सम्पन्न भएको छ ।काठमान्डूस्थित  बार एशोसिएसनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा वरिस्ठ साहित्यकार र चिन्तकहरू  निनु चापागाईं, श्याम श्रेष्ठ र अमर गिरीका तिनवटा कार्यपत्र प्रस्तुत भएका थिए।  उक्त कार्यपत्रहरु माथि प्रदीप ज्ञवाली, घनश्याम शर्मा पौडेल, र्इश्वरचन्द्र ज्ञवाली, हरिगोविन्द लुइँटेल, गोपाल ठाकुर र मणि थापाले टिप्पणी गर्नुभएको थियो ।  उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले राजनीति र राजनीतिज्ञमा देखिएको असांस्कृतिक चरित्रको बारेमा खरो कुरा राखेका थिए । आयोजक संस्था एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिका संयोजक मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको सञ्चालन कार्यालय सदस्यहरु   बलराम तिमिल्सिना, स्वागत मन्तव्य गणेश भण्डारी,   र धन्यवाद रमेशरन्जन झाले  गर्नुभएको थियो ।












































आयोजित कार्यक्रमका बारेमा कवि तथा अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य शैलज पौडेलले तयार पार्नु भएको एक रिपोर्ट :-
‘वर्तमान सांस्कृतिक आन्दोलनको दिशा’ विषयक एकदिने गोष्ठी सम्पन्न

 एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा ‘वर्तमान सांस्कृतिक आन्दोलनको दिशा’ विषयक एक दिने विचार गोष्ठी यही २०७० साल पुस २० गतेका दिन नेपाल बार एसोसिएसनको सभा हल काठमाडौंमा सम्पन्न भयो । उक्त कार्यक्रममा ३ जना विद्वान सांस्कृतिककर्मीले कार्यपत्र प्रस्तु गर्नु भएको थियो भने ६ जना विद्वान वक्ताहरूले उक्त  कार्यपत्रमाथि टिप्पणी राख्नु भएको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्का केन्द्रीय अध्यक्ष अमर गिरीले ‘वर्तमान सांस्कृतिक आन्दोलनको दिशा’, वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईले ‘सांस्कृतिक आन्दोलनको दिशा र समस्या’ र वाम विश्लेषक एवम् श्याम श्रेष्ठले ‘नेपाली सांस्कृतिक आन्दोलनको दिशा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने अमर गिरीको कार्यपत्र माथि घनश्याम शर्मा  पौड्याल र ईश्वरचन्द्र ज्ञावलीले, निनु चापागाईको कार्यपत्र माथि प्रदीप ज्ञवाली र मणि थापाले  र श्याम श्रेष्ठको कार्यपत्रमाथि हरिगोविन्द लुइँटेल र गोपाल ठाकुरले टिप्पणी गर्नु भएको थियो ।

कार्यपत्र प्रस्तोता सौन्दर्य चिन्तक निनु चापागाईंले ‘सांस्कृतिक आन्दोलनको दिशा र समस्या’ शीर्षकको कार्यपत्रमा संस्कृति श्रम र सिर्जनाको माध्यमबाट मानव जातिको निर्माण र विकासको प्रक्रिया हो भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा निकै लामो समयदेखि सांस्कृतिक समस्या र साधानका विषयमा पटकपटक छलफल र बहसहरू भए पनि त्यसले गति प्राप्त गर्न नसकेको कुरा कार्यक्रममा जोड दिनुभएको थियो । उहाँले यो एउटा औपचारिकता पूरा गर्ने माध्यममात्र भएको धारणा राख्नु भएको थियो । उहाँले आफ्नो कार्यपत्रमा संस्कृति के हो भन्नेदेखि लिएर सांस्कृतिक समस्याहरू के के हुन र तिनको रूपान्तरण वा समधान कसरी गर्न सकिन्छ भन्ने समग्र विषयलाई आफ्नो कार्यपत्रमा प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै टिप्पणीकार प्रदीप ज्ञावलीले निनुसँग आफ्ना केही वैचारिक मतभेद रहे पनि कार्यपत्रको धेरै जसो विषयमा सहमति रहेको र केही कुरा थपघट गर्नुपर्ने सुझाब राख्नु भएको थियो । उहाँले जातीयता र राष्ट्रलाई समान रूपमा प्रस्तुत गर्एिको उल्लेख गर्दे यो बुझाइको कमीले भएको छ भन्दै यही बुझाइका कारण पहिलो संविधानसभा विघटन भएको हुँदा यसलाई सच्याउन जरुरी छ भन्ने धारणा राख्नु भएको थियो । त्यस्तै सांस्कृतिक समस्या पनि के कस्ता रहेका छन ? हामीले के कस्ता संस्कृतिको अवलम्बन गर्नुपर्ने हो र के कस्ता संस्कृतिलाई सुधार गर्नु पर्ने वा त्याग्नु पर्ने हो भन्ने विषयमा कार्यपत्र मौन रहेको हुँदा त्यसको उल्लेख गर्नु पर्ने र संस्कृतिको निर्माण भनिएको ठाउँमा हस्तानन्तरण र रूपान्तरण हुनु पर्ने विचार राख्नु भएको थियो ।  ज्ञवालीले वर्तमान समयमा नेपाली वाम आन्दोलनमा दुईथरी बुझाइ र विचार रहेका भन्दै एकथरी वर्तमानका उपलब्धिलाई पूरै अस्वीकार गर्ने र केही पनि होइन भन्ने अतिवादी कोणबाट प्रस्तुत भएका र अर्को  यसलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्नुपर्छ भन्ने विचारका बीचमा टकराब रहेको भन्दै वर्तमानका उपलब्धिलाई संस्थागत गर्न दिशामा लाग्नु पर्ने धारणा  राख्नु भएको थियो । त्यस्तै अर्का टिप्पणीकार मणि थापाले बोल्ने बेला सबै कुरा बोल्ने तर त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसक्ने हाम्रो आम प्रवृत्ति नै अहिलेको समस्या हो भन्दै नेपालमा राजनीति ठीक भए सबै कुरा ठीक हुन्छ भन्ने सोचको हावी भएकाले पनि संस्कृतिक रूपान्तरणमा समस्या उत्पन्न भएको विचार व्यक्त गर्नु भयो । कार्यपत्रले पुँजीवादी संस्कृति हावी भने पनि नेपालमा अझैं सामन्तवादी संस्कृति हावी रहेको हुँदा त्यसलाई सुधार गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यपत्र प्रस्तोता अमर गिरीले आफ्नो कार्यपत्रमा नेपाल अझैं पनि अर्धसामन्ती र अर्ध औपनिवेशिक मुलुक रहेको, वर्तमान सङ्क्रमणकालीन राजनीतिक अवस्थामा वैदेशिक हस्तक्षेप इतिहासकै सबै भन्दा बढी टड्कारो रूपमा भएको र भूमण्डलीकरण, नवउद्दारवाद र उपभोक्तावादको सिकार नेपाल बनिरहेको कुरालाई उल्लेख गर्नु भएको थियो । करिव ९ पृष्ठको कार्यपत्रमा उहाँले नेपालको समग्र सांस्कृतिक परिस्थिति र भावी दिशाका बारेमा समेत उल्लेख गर्दै नेपालमा सामान्तवादी, पुँजीवादी आदिकालिन प्रकृतिपुजक र प्रगतिशील संस्कृति अस्तित्वमा रहेको कुरालाई उल्लेख गर्दै  यी सबै मध्ये सामान्तवादी संस्कृति नै संस्कृतिको मुख्यधारा बनेको निष्कर्ष निकाल्नु भएको छ । वर्तमान प्रगतिवादी सांस्कृतिक आन्दोलनको लक्ष्य सामन्तवादी, साम्राज्यवादी संस्कृतिका विरुद्ध संङ्घर्ष र एक नवीन संस्कृतिको निर्माण भएको उल्लेख गर्नुभएको छ भने सांस्कृतिक रूपान्तरणका लागि संयुक्त मोर्चाको आवश्यकता रहेको उल्लेख गर्नु भएको छ । गिरीको कार्यपत्रमाथि टिप्पणी गर्दै टिप्पणीकार ईश्वरचन्द्र ज्ञावलीले नेपालको वर्तमान संस्कृति पुँजीवाद उन्मुख संस्कृति भएको र सङ्क्रमणकालमा वैदेशिक हस्तक्षेप अत्याधिक बढेको र त्यो वैदेशिक हस्तक्षेप हाम्रै नेताहरूले बढाएको विचार व्यक्त गर्नु भयो । नेपाली राजनीतिमा आर्शीवाद लिने प्रथा हावी भएको र बिप्पा सम्झौतापछि आर्थिक औपनिवेशिकता सँगै सांस्कृतिक औपनिवेशिकता समेत बढेको कुरालाई कार्यपत्रमा उल्लेख गर्नुपर्ने धारणा राख्नु भयो । अर्का टिप्पणीकार घनश्याम शर्मा पौड्यालले सांस्कृतिक  रूपान्तरक मौलिक स्वसहित आफू बदलिने र समाजलाई बदल्ने प्रक्रिया हो भन्दै वर्तमान अवस्थामा नेपालमा अरुको मात्रै आलोचना गर्ने तर आफू नबदलिने प्रवृत्ति बढेको भन्दै त्यसका लागि रूपान्तरण आफैबाट सुरु गर्नु पर्ने धारण राख्नु भएको थियो ।

अर्का कार्यपत्र प्रस्तोता श्याम श्रेष्ठ कार्यक्रममा अनुपस्थित रहे पनि उहाँको कार्यपत्रको सार व्यक्त गर्दै टिप्पणीकार हरिगोविन्द लुइँटेल र गोपाल ठाकुराले टिप्पणी गर्नु भएको थियो । श्याम श्रेष्ठको कार्यपत्रमा नोपालको अर्थ राजनीति सांस्कृतिक दिशा एवं सांस्कृतिक रूपान्तरणका विषयहरूलाई समावेश गरिएको छ । श्रेष्ठले आफ्नो कार्यपत्रमा नेपालमा भएको संस्कृति व्यक्तिवादी, उपभोक्तावादी, साम्राज्यवादी पुँजीवादी संस्कृति हो भन्नु भएको छ । उहाँले सांस्कृतिक रूपमा संमृद्ध हुन आर्थिक रूपले पनि संमृद्ध हुनु पर्ने धारणा राख्नु भएको छ । वर्तमान संस्कृतिका समस्याहरू उल्लेख गर्दै उनले ६० को दशकमा आइपुग्दा नेपालका कम्युनिस्टहरूमा सामन्तवादविरोधी संस्कृतिक आन्दोलन निकै फितलो र कमजोर हुन थालेको, क्रान्तिकारी भूमिसुधार र सामन्तवादको सामुल अन्त्य हुन नसकेको र कम्युनिस्ट पार्टीभित्रै शोषक, सामन्त, जालि, फटाहा, प्रतिक्रियावादी पुँजीवादी वर्ग र अपराधिक तत्वहरूलाई व्यापक रूपमा प्रवेश गराउनाले यो झन भ्रष्टीकरणको दिशामा गएको कुरालाई जोड दिइएको छ । श्रेष्ठको कार्यपत्रमाथि टिप्पणी गर्दै टिप्पणीकार गोपाल ठाकुरले पहिचानको विषयलाई कम मात्रामा उठाएकोले त्यसलाई समेटनु पर्ने विचार राख्नु भएको थियो । त्यस्तै नेपालको कृषि प्रणालीलाई उत्पादन मुखी नभएर निर्वाहमुखी भन्नु पर्ने र कति प्रतिशत जनता कृषिमा निर्भर रहेका छन् खुलाउनु पर्ने धारणा राख्नुभएको थियो ।  त्यस्तै नेपाली सांस्कृतिक आन्दोलनको दिशामा मधेस छुटेकोले समेटनु पर्ने र नेपालको सांस्कृतिक रूपान्तरको मुख्य समस्या भनेको एक जाति, देश, भेष र धर्म भएको हुँदा यसको अन्त्यका लागि पहिचान साहितको संघीय राज्य व्यवस्थामा जोड दिनु पर्ने धारणा राख्नु भएको थियो । अर्का टिप्पणीकार हरिगोविन्द लुइँटेलले कार्यपत्रमा वर्तमान अवस्थामा पुँजीवाद हावी भएको छ भनिएको छ वर्तमान नेपालमा पुँजीवाद नभई सामन्तवाद नै हावी भएको हुँदा सामन्तवाद हावी छ भन्नु पर्ने र रूपान्तरण क्रमिक रूपमा हुने हुँदा यसलाई जवरजस्ती लादने काम गरिनु हुँदैन भन्ने धारणा राख्नु भएको थियो ।
करिव एक वर्ष आगाडि कार्यक्रम गर्न तयारीका साथ कार्यपत्र र टिप्पणीहरू तयार गरिए पनि पार्टी फुट, संविधान सभाको दोस्रो निर्वाचन आदिका कारण कार्यक्रमा गर्न नसकिएको भन्दै कार्यपत्रमा पछिल्लो प्रक्रिया, घटनाक्रम र विषयवस्तु समावेश गर्न नसकिएको जानकारी महासङ्घका संयोजक मातृका पोखरेलले दिनु भएको थियो । कार्यक्रममा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कार्यलय सदस्य गणेश भण्डारीले स्वागत मन्तव्य र अर्का कार्यलय सदस्य रमेश रञ्जन झाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । महासङ्घका संयोजक मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहजकार्ताको भूमिका कार्यलय सदस्य बलराम तिमिल्सिनाले निर्वाह गर्नु भएको थियो । कार्यक्रम करिव पाँच घण्टासम्म चलेको थियो ।   






























============================================================
============================================================
============================================================

‘वर्तमान सांस्कृतिक आन्दोलनको दिशा’
                                          विषयक विचार गोष्ठीका कार्यपत्र र टिप्पणिहरू 



कार्यपत्र

वर्तमान सांस्कृतिक आन्दोलनको दिशा
अमर गिरी

१. विषयप्रवेश 

सांस्कृतिक आन्दोलनको दिशा सांस्कृतिक रूपान्तरणको विषयसँग जोडिएको छ । सांस्कृतिक आन्दोलनको सुस्पष्ट दिशाले नै सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई ठीक एवं प्रभावकारी रूपमा अघि बढाउन सक्छ । परिस्थितिमा परिवर्तन आउँदा त्यसको प्रभाव कमवेशी सांस्कृतिक आन्दोलन र त्यसको दिशामा पनि पर्छ । राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका कारण परिस्थितिमा कयौँ परिवर्तनहरू आएका छन् । सांस्कृतिक आन्दोलनको दिशा निर्धारण गर्दा घटित परिवर्तनलाई चिन्हित गर्दै त्यसका विशेषतालाई निर्धारण गर्न आवश्यक छ । मुलुक परिवर्तनको प्रक्रियाबाट गुज्रदै गर्दा बाह्य हस्तक्षेप भने बढेको छ । बाह्य हस्तक्षेप आर्थिक, राजनीतिक क्षेत्रमा मात्र सीमित छैन, सांस्कृतिक क्षेत्र लगायत अन्य क्षेत्रहरूमा पनि छ । यो आजको भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादसँग गाँसिएको छ । आजको प्रगतिवादी सांस्कृतिक आन्दोलनको तात्पर्य सामन्तवाद, साम्राज्यवाद विरोधी सांस्कृतिक आन्दोलन अर्थात् जनवादी सांस्कृतिक आन्दोलन हुँदै समाजवादी सांस्कृतिक आन्दोलनतर्फ बढ्नु हो । एक नयाँ संस्कृति निर्माणको अभिप्राय सांस्कृतिक रूपमा कम्युनिष्ट आन्दोलनको रूपान्तरण पनि हो । कम्युनिष्ट आन्दोलनको सांस्कृतिक रूपान्तरणविना समग्र सांस्कृतिक रूपान्तरणको कुरा गफ र भ्रम हो । यो डर लाग्दो पाखण्ड र एक किसिमको व्यभिचार पनि हो । यस कार्यपत्रमा सङ्क्षेपमा नेपालको वर्तमान परिस्थिति र सांस्कृतिक अवस्थाको चर्चा गर्दै वर्तमान सांस्कृतिक आन्दोलनको दिशा र नयाँ संस्कृतिको निर्माणका बारेमा छलफल   गरिनेछ । 

२. वर्तमान परिस्थिति

आधारभूत रूपमा नेपाल अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक छ । नेपालको वामपन्थी आन्दोलनमा यससँग विमति राख्ने व्यक्ति र संस्था पनि छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले मुलुकको यस आधारभूत चरित्रमा अहिलेसम्म परिवर्तन ल्याएको छैन । सामन्तवादको राजनीतिक रूपमा प्रतिनिधित्व र नेतृत्व गर्ने राजतन्त्रको अन्त्य त भएको छ तर यसले सामन्ती आर्थिक आधारको रिढलाई अझैसम्म भाँचेको छैन । राजनीतिक रूपमा राजतन्त्रको अवशानले मात्र सामान्तवादको समूल उच्छेदको प्रतिनिधित्व गर्दैन । अधिरचनाका तहमा घटित परिघटना आधारका तहसम्म पुग्नुपर्छ । राजनीतिक परिघटना आधारका तहसम्म अझै पुगेको छैन । मुलुक सङ्क्रमणको अवस्थामा छ । घरेलु प्रतिक्रियावादी वर्ग र साम्राज्यवादी, विस्तारवादी शक्तिहरूसँग नोली जनताको आधारभूत अन्तर्विरोध छ । आन्तरिक र बाह्य प्रतिक्रियावादी शक्तिहरूबीच गहिरो साँठगाँठ छ । परिवर्तनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न सकिएको छैन । अग्रगामी र पश्चगामी शक्तिहरूबीच तीखो सङ्घर्ष छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले आधारभूत स्थितमा परिवर्तन नल्याए पनि कयौँ महत्वपूर्ण एवं ऐतिहासिक परिवर्तनहरू भने भएका छन् । राजतन्त्रको अन्त्य एक महत्वपूर्ण ऐतिहासिक परिघटना हो । यसबाट दुई सय वर्षभन्दा लामो र सुदृढ शाहवंशीय राजतन्त्रको अन्त्य भएको छ । यसले सामन्तवादको रिढ त भाँचेको छैन तर त्यसलाई निकै कमजोर भने बनाएको छ । राजनीतिक रूपमा समाप्त सामन्तवाद क्रमशः आर्थिक र सांस्कृतिक रूपमा पनि समाप्त हुँदै जानेछ । सङ्घीय राज्यको निर्माणको संवैधानिक प्रत्याभूति अर्काे महत्वपूर्ण परिघटना हो । यो नेपाली राजतन्त्र, त्यसले निर्माण गरेको एकात्मक राज्य र त्यसका चरित्रहरूको  विस्थापन हो । एकात्मक राज्यको निर्माण सामन्ती राजतन्त्रका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक उद्देश्यहरूसँग जोडिएका थिए । धर्मनिरपेक्षता ऐतिहासिक जनआन्दोलनको अर्काे महŒवपूर्ण उपलब्धि हो । यो सामन्तवाद विरूद्धको एक ऐतिहासिक विजय हो । नेपाली जनताले बोल्ने सम्पूर्ण मातृभाषालाई  राष्ट्रभाषाको संवैधानिक  मान्यता प्रदान गर्नु परिवर्तनको अर्काे महŒवपूर्ण प्राप्ति हो । ऐतिहासिक  परिवर्तनले नेपाली जनतालाई नयाँ नेपाल निर्माणतर्फ डो¥याएको छ । नयाँ नेपालको तात्पर्य सामन्तवादी, साम्राज्यवादी उत्पीडनबाट मुक्त र समृद्ध नेपाल हो । 
सङ्क्रमणको ऐतिहासिक क्षणबाट गुज्रदै गरेको बेला बाह्य उत्पीडन भने चुलिएको छ । अर्धऔपनिवेशिक नेपालको इतिहासमा यो सबैभन्दा बढी बाह्य हस्तक्षेप भएको बेला हो । भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादको डर लाग्दो सिकार भएको नेपालमाथि भएको बाह्य हस्तक्षेप राजनीतिक निर्णयको तहमा हस्तक्षेपसम्म पुगेको छ । यो सबैभन्दा डर लाग्दो पक्ष हो । सङ्क्रमणको अवधि लम्बिनुमा बाहिरी रणनीतिहरूले पनि पर्याप्त भूमिका निर्बाह गरेका छन् । अर्थ, राजनीति र संस्कृतिलाई आफ्ना अभीष्टहरू अनुरूप डो¥याउन गरिएका प्रयासहरू खुला छन् । हाम्रो अर्थतन्त्र, राजनीति र राज्यका अन्य महŒवपूर्ण पक्षहरू साम्राज्यवाद र एकाधिकारवादका लाचार छाँया जस्ता देखिन्छन् । विश्वव्यापार सङ्गठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व वैङ्क, बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू अर्थ, राजनीति लगायत राज्यका अन्य पक्षमा निर्णायक हुँदै जानु कम्ती दुःखद कुरा होइन । सामन्तवादको राजनीतिक नेतृत्वको अवशानपछि विश्वपूँजीवाद र भारतीय एकाधिरकावाद आफ्नो उपस्थितिलाई  अझ निर्णायक र उपलब्धिमूलक बनाउन उद्धत देखिन्छन् । सामन्तवादले खाली गरेको ठाउँ साम्राज्यवाद र एकाधिकारवादले पूरा गर्न चाहेका छन् । भूराजनीतिक महŒव र प्राकृतिक स्रोतसाधनले सम्पन्न यस देशलाई लिएर उनीहरूका आ–आफ्ना रणनीतिक अभीष्टहरू छन् । हिजोसम्म अलि प्रच्छन्न रहेका यस्ता अभीष्टहरू आज सतहमा प्रकट भएका छन् । आउँदा दिनहरूमा यी अझ खुला हुनेछन् र उनीहरूको आक्रमण अझ बढ्नेछ । यो संसारका विभिन्न मुलुकहरू माथि भएका हस्तक्षेपहरूबाट पुष्टि भएको यथार्थ हो । घरेलु र बाह्य प्रतिक्रियावादी शक्तिहरू परिवर्तनको प्रक्रियालाई अवरूद्ध गर्न सक्रिय छन् । नेपाली जनता यस्ता सबै प्रयत्न र षड्यन्त्रहरूलाई  तोड्दै अघि बढ्न सङ्घर्षरत छन् । यथास्थितिवादी शक्ति मुलुकलाई  यथास्थितिको बन्दी बनाउन चाहन्छन्, सुधारवादीहरू सामान्य सुधारभन्दा अघि बढ्न चाहन्नन् । परिवर्तन विरोधी, यथास्थितिवादी र सुधारवादी शक्रिहरूसँग सङ्घर्ष गर्दै नेपाली जनता परिवर्तनको प्रक्रियालाई आमूल परिवर्तनसम्म पुर्याउन चाहन्छन् । 

३. मुलुकको सांस्कृतिक अवस्था 

अहिले मुलुकमा सामन्तवादी र साम्राज्यवादी संस्कृतिको वर्चश्व छ । संस्कृतिको मुख्य धारा भने सामन्तवादी नै छ । आधार र अधिरचनाका अन्य पक्षहरूमा परिवर्तन आउँदैमा सांस्कृतिक  अधिरचनामा उही स्तर र गतिमा पविर्तन आउँदैन । संस्कृतिमा परिवर्तनको प्रक्रियाले अपेक्षाकृत लामो समय लिन्छ र त्यो निकै जटिल पनि हुन्छ । नेपालमा भएको परिवर्तन अहिलेसम्म अधिरचनाकै तहमा  सीमित छ । सामन्तवादी संस्कृतिका मुख्य अभिलक्षणहरू रहस्यवाद, भाग्यवाद, परलोकवाद, अवतारवाद, अभिजात्यवाद, जातिवाद, कर्मवाद, पितृसत्तावाद हुन् । यसै गरी अन्धविश्वास, रूढी, परम्परामोह, धार्मिक मतान्धता, अवैज्ञानिकता, चाकरी–चाप्लुसी, ठालुपन, शक्तिपूजा, सम्प्रदायवाद, सांस्कृतिक पुनरूत्थान, धर्मनरपेक्षता र धर्मनिरपेक्ष संस्कृतिको विरोध, सामाजिक विविधताको अस्वीकार, एक खास भाषा, संस्कृतिको वर्चश्वको आकाङ्क्षा, सत्ता र शक्तिमा निरन्तर रहिरहन चाहने प्रवृत्ति, समष्टि र बहुजन हितायको विरोध, दोहोरो मापदण्ड, पाखण्ड आदि पनि सामन्तवादी संस्कृतिका मुख्य अभिलक्षण्हरू भित्रै पर्छन् । नेपाली जनताको ठूलो हिस्सा अहिले पनि यिनै कुराहरूको बन्दी छ । सामन्तवादी संस्कृति धर्मसँग गहिरो गरी जोडिएको छ । जीवनका प्रतिमानहरू, व्यवहारका तरिकाहरू, भौतिक र अभोतिक प्रतीकहरू, परम्परा, विचार, सामाजिक मूल्य र मानवीय क्रियाकलापहरूमा धर्मको स्पष्ट र प्रगाढ छाँयालाई देख्न सकिन्छ । प्रथा, प्रचलन, चालचलन, विश्वास, मूल्य, संस्कार, धारणा, कर्मकाण्ड, अनुष्ठान, परिपाटी, चाडपर्व आदिमा धर्मको प्रभावलाई सहजै अनुभव गर्न सकिन्छ । धर्मसँग एकीकृत हुनु र त्यसबाट निर्देशित रहनु सामन्तवादी संस्कृतिको एक मुख्य विशेषता हो । 

पूँजीवादी वा साम्राज्यवादी संस्कृतिको वर्चश्व पनि दिनानुदिन बढ्दै छ । पश्चिमीकरण, समरूपीकरण, उपभोक्तवाद, व्यक्तिवाद, अभेदीकरण र प्रभेदीकरण, जातिवाद, वर्णवाद, क्षेत्रवाद, सांस्कृतिक सापेक्षतावाद, वर्णशङ्करीकरण, रहस्यवाद, प्रविधिको देवत्वकरण, प्राविधिक निर्धारणवाद, प्रत्यक्षवाद, देहवाद, सुखवाद, यान्त्रिकतावाद आदि यसका सांस्कृतिक अभिलक्षण्हरू हुन् । यो पनि अन्धविश्वास, धर्म, पुनर्जन्म, स्वर्ग–नर्क, पराशक्तिमाथि विश्वास आदि जस्ता कुराहरूसँग जोडिएको छ । पूँजीवादी संस्कृतिसँग आज त्यो प्रगतिशील चरित्र छैन जो पुनर्जागरण र ज्ञानोदयको अवधिमा थियो । पूँजीवादी संस्कृति भूमण्डलीकरण र नवउदारवादका आर्थिक, राजनीतिक अभिष्ट र हितहरू अनरूप निर्मित र निर्देशित छ । जीवनका समग्र मूल्यहरूलाई बजारको मातहत राखिएको छ । सुन्दर र कुरूपको  निर्धारण बजारका प्रतिमानहरूले गर्छन् । देह, उपभोग र सुख केन्द्रमा छन् । मनुष्यले निर्बन्ध उपयोगमा आफूलाई स्वतन्त्र र गौरवान्वित अनुभव गर्छ । विश्वव्यापार सङ्घठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व वैङ्क, बहुराष्ट्रिय कम्पनी, वैश्विकीकृत सुपरमार्केट, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू यस्तो संस्कृतिको संवाहक रहेका छन् । हामी कहाँ केही वर्ष यता उपभोक्तावाद हलक्क बढेको छ, कामनाको दर्शन हुर्किएको छ, देहवाद र सुखवाद जीवनको सर्वाेपरी मूल्यका रूपमा विकसित भएका छन् । नेपाली संस्कृतिको पश्चिमीकरण, वर्णशङ्करीकरण र समरूपीकरण गरिदै छ । सांस्कृतिक सापेक्षतावादलाई मलजल गरिएको छ । सांस्कृतिक द्वन्द्वको आगो फुक्ने प्रयाससमेत भएका छन् । भाषिक आक्रमण तीब्र छ । यस सन्दर्भमा भारतीय सांस्कृतिक अतिक्रमणलाई गम्भीर रूपमा लिन आवश्यक छ । 

नेपालमा प्रकृतिपूजक जातीय समुदायहरू पनि छन् । तिनका आफ्ना संस्कृतिहरू छन् । एकातिर तिनका संस्कृतिमा कयौँ रूढी, अन्धविश्वास र पराशक्तिमाथि विश्वास पाइन्छ भने अर्कातिर ती सामन्तवादी एवं साम्राज्यवादी संस्कृतिवाट दंशित पनि हुँदै छन् । तिनका संस्कृतिमा विद्यमान कयौँ उज्याला र उदात्त पक्षहरूलाई समाप्त गरिँदै छ । जातीय संस्कृतिको संरक्षणका निम्ति जातीय संस्कृतिको पुनरुत्थानको जुन प्रवृत्ति आज देखिन्छ, यसले सांस्कृतिक आक्रमण र त्यसको परिणामलाई रोक्न सक्ने देखिन्न । सांस्कृतिक आक्रमणको प्रतिवादको यो कुनै बलियो वैज्ञानिक आधार पनि होइन । आदिवासी, जनजाति सांस्कृतिक मान्यता र मूल्यहरूमाथि भएको आक्रमणले सामन्तवादी, साम्राज्यवादी संस्कृतिको प्रतिवाद र प्रगतिशील सांस्कृतिक रूपान्तरणको महत्व तथा आवश्यकतालाई  अझ बढी ओल्याउँछन् ।

सामन्तवादी संस्कृति र साम्राज्यवादी संस्कृतिका बीच आज खासै अन्तरविरोध देखिन्न । बरू यी दुवैका बीचमा गहिरो सम्बन्ध छ र वर्णशङ्कर संस्कृतिको निर्माण हुँदै छ । संस्कृतिको यो ‘हाइब्रिडाइजेशन’ नेपालमा विद्यमान  भिन्न भिन्न  संस्कृतिको मिश्रणबाट होइन, यहाँको सामन्तवादी संस्कृति र साम्राज्यवादी संस्कृतिको मिश्रणबाट हुँदै छ । यो साम्राज्यवादको कुनै पनि मुलुकको मौलिक संस्कृतिलाई  नष्ट गर्ने र त्यसलाई आफू अनुकूलको संस्कृतिमा रूपान्तरित गर्ने रणनीतिकै एक अङ्ग हो । संस्कृतिको वर्णशङ्करीकरण मौलिक स्व र त्यसको सकारात्मक परिवर्तनको अन्त्य हो । उपभोक्तावाद, व्यक्तिवाद, समरूपीकरण आदि सबैले साम्राज्यवादी संस्कृतिलाई हाम्रो देशमा बलियो बनाउँदै छन् । यसमा सबैभन्दा प्रभावकारी भूमिका सञ्चार माध्यमहरूले निभाएका छन् । यी सबैका विरूद्ध सामन्तवादी संस्कृतिले प्रतिरोध गरेको पाइन्न । कहीँ कतै त्यसको सामन्य प्रतिरोध गरिएको छ  नै भने पनि त्यसको वैचारिक आधार उपयुक्त देखिँदैन । सामन्तवादी, साम्राज्यवादी संस्कृतिबीचको सम्बन्ध मूलतः सांस्कृतिक रूपान्तरण र उदात्त संस्कृतिको विकासमा गतिरोध उत्पन्न गर्ने दृष्टिले भएको देखिन्छ । सांस्कृतिक वर्चश्वले आर्थिक, राजनीतिक वर्चश्वलाई बलियो बनाउँछ । साम्राज्यवादी उत्पीडनको एक महŒवपूर्ण पक्ष सांस्कृतिक उत्पीडन पनि हो । साम्राज्यवादी संस्कृतिको विस्तारले साम्राज्यवादका आर्थिक, राजनीतिक उद्देश्यहरूलाई संघाउँछ । यो पूँजीवादका दीर्घकालीन उद्देश्यहरूबाट निर्धारित र निर्देशित छ । यसलाई अर्काेढङ्गले पश्चिमीकरण पनि भन्न सकिन्छ । आजको विश्वमा पश्चिमीकरणको तात्पर्य अमेरिकीकरण हो । अमेरिकीकरणको तात्पर्य मौलिक स्वको अमेरिकी रूपान्तरण त हुँदै हो , साम्राज्यवादी सांस्कृतिक मूल्यहरूको आत्मसात पनि हो । यसरी आजको अवस्थामा सामन्तवादी र पूँजीवादी संस्कृतिलाई एक अर्काबाट अलग गरेर हेर्ने दृष्टिकोण त्रुटिपूर्ण देखिन्छ । दुवै जनविरोधी संस्कृति हुन् र दुवै विरूद्ध सङ्घर्ष आवश्यक छ । 

सांस्कृतिक रूपान्तरणका सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनका उज्याला अँध्यारा दुवै पक्षहरू छन् । यसले सांस्कृतिक रूपान्तरणलाई महŒव दिएर सास्कृतिक आन्दोलनलाई सङगठित रूपमा धेरै पहिलेदेखि सञ्चालन गर्दै आएको छ । यसले सांस्कृतिक रूपान्तरणमा कमवेसी योगदान पनि दिएको छ । यो नेपालको कम्युनिष्ट आन्दोलनले सञ्चालन गरेको सांस्कृतिक आन्दोलनको सकारात्मक पक्ष हो । सांस्कृतिक आन्दोलनलाई सङ्गठित रूपमा सञ्चालन गर्दा केही हात लागे पनि सोचे जति उपलब्धि प्राप्त हुन सकेको देखिन्न । सांस्कृतिक आन्दोलन र रूपान्तरणका सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भीर कमजोरीहरू छन् । यी कमजोरीहरू दृष्टिकोण, नीति र कार्यक्रमकै तहमा छन् । अर्काे गम्भीर कमजोरी स्वयं कम्युनिष्ट आन्दोलनको सांस्कृतिक रूपान्तरणमा रहेको छ । सबैभन्दा ठूलो समस्या नेतृत्व तहमै देखिन्छ । सांस्कृतिक रूपमा फेरिन नसकेको नेतृत्वको अनुहारमा माक्र्सवादका साथसाथै सामन्तवाद र पूँजीवादको छाँया पनि छ । माक्र्सवाद, सामन्तवाद र पूँजीवादलाई सांस्कृतिक रूपमा एकसाथ बोकेर हिँड्न नेपालको कम्युनिष्ट आन्दोलन अभिशप्त जस्तो देखिन्छ । सामन्तवाद र पूँजीवाद जीवनपद्दति, संस्कार र जीवन मूल्यहरूमै विद्यमान छन् । तिनले आन्दोलनका सांस्कृतिक नीतिहरूलाई मात्र प्रभावित गरेका छैनन्, अन्य दृष्टिकोण र नीतिहरूलाई पनि प्रभावित गरेका छन् । ‘हाइव्रिडाइजेसन’ स्वयं माथिल्लो नेतृत्वको हुँदै छ । कम्युनिष्ट आदर्श, नैतिकता र उदात्त मूल्यहरू विजातीय जस्ता अनुभूत हुँदै छन् । माथि समस्या भए तल समस्या हुने नै भयो । कम्युनिष्ट आन्दोलनको सांस्कृतिक अनुहारमा छ्यापिएको यो हिलो देखेर स्वयं यसका आलोचकहरू पनि  आश्चर्य चकित छन् । कम्युनिष्टहरूको धर्म प्रेम, पुराण प्रेम, परम्परा प्रेम, चाडवाड प्रेम, जातगोत्र प्रेम, रिसोर्ट र मार्ट प्रेम, डिजाइन र फेसन प्रेम, सौन्दर्यप्रसाधन र आभूषण प्रेम, घुमघाम र मस्ती प्रेम देख्दा आश्चर्य लाग्नु पनि स्वभाविक छ । उपभोक्तावादको जादूगरी बरू यसका बाहकमा त्यति छैन जति कयौँ कम्युनिष्टहरूमा पाइन्छ । वर्ग सङ्घर्षको सशक्त यात्रा झापावाट सुरू भएको होस् वा रोल्पाबाट सांस्कृतिक अनुहार त्यति धेरै बद्लिएको छैन । 

सांस्कृतिक आन्दोलनको दिशाले प्रहारको निशानालाई बुझाउँछ । आन्दोलनको दिशा आन्दोलनको लक्ष्यवाट निर्धारित हुन्छ । आजको प्रगतिवादी सांस्कृतिक आन्दोलनको लक्ष्य सामन्तवादी, साम्राज्यवादी संस्कृतिका विरूद्ध सङ्घर्ष र एक नवीन संस्कृतिको निर्माण हो । नवीनको संस्कृति अर्थ सामन्तवाद, साम्राज्यवाद विरोधी जनपक्षीय संस्कृति हो । यस्तो संस्कृति प्रगतिशील, वैज्ञानिक, जीवनमुखी उदात्त मूल्यहरूले सरोवर हुन्छ । स्वतन्त्रता, समानता, सामाजिक न्याय, सामूहिकता, राष्ट्रियता, ऊध्र्वगामीता लगायत सबैप्रकारका उत्पीडन विरोधी भाव यसप्रकारको संस्कृतिमा पाइन्छ । धर्मनिरपेक्षता पनि यसभित्रै पर्छ । यही संस्कृतिको डोबबाट समाजवादी संस्कृतिको निर्माणतर्फको यात्रा आरम्भ हुन्छ । कम्युनिष्ट आन्दोलनको सांस्कृतिक गन्तव्य समाजवादी संस्कृति हो । यसका निम्ति कम्युनिष्ट आन्दोलनसँग सही दृष्टिकोण, नीति र कार्यक्रम त आवश्यक छ नै साथसाथै आफैबाट सांस्कृतिक क्रान्तिको आरम्भ गर्न पनि जरूरी छ । यो आफू फेरिएर अरूलाई फेर्ने प्रक्रिया हो । यो आग्रहभन्दा आचरणको विषय हो । आम मानिसले व्यवहारमा अनुभूत गर्न पाउनुपर्ने कुरा हो । आफू नफेरिएर अरूलाई फेर्ने कुरा गर्नु पाखण्ड हो ।

सामन्तवादी, साम्राज्यवादी संस्कृति विरूद्ध सङ्घर्ष गर्नु भनेको तिनका सबै किसिमका अभिलक्षणहरू र आर्थिक, राजनीतिक आधारहरूका विरूद्ध सङ्घर्ष गर्नु हो । ग्राम्सीको भाषामा संस्कृतिले ‘हेजेमोनी’को तहमा कार्य गर्ने भएकोले यससँगको सङ्घर्ष जटिल हुन्छ । आम मानिसलाई उसैलाई बन्धनमा बाँध्ने र उत्पीडन गर्ने संस्कृति आफ्नो सर्वश्व हो जस्तो लाग्छ र ऊ त्यसको बचाउका निम्ति हतियार उठाउनसम्म तयार हुन्छ । सांस्कृतिक सापेक्षतावाद र बहुसंस्कृतिवादले यसलाई अझ बढी हावा दिने गरेका छन् । आफूले अपनाएको संस्कृतिको नाममा जतिसुकै जीवन विरोधी भए पनि त्यसलाई पछ्याइरहने, सामान्य सुधारसम्म गर्न नचाहने प्रवृत्ति वद्दो छ । उदाहरणका निम्ति तथ्य र तर्क विराधी निकै विश्वासहरू हाम्रो समाजमा छन्, जसलाई अन्धविश्वास भनिन्छ । त्यस्ता विश्वासहरू पनि संस्कृतिकै भित्रै पर्छन् तर मानिसहरू त्यसलाई  हटाउन तयार छैनन् । बरू यो हाम्रो विश्वास हो भनेर त्यसको बचाउ गर्नका लागिपर्छन् । सामन्तवादी, पूँजीवादी संस्कृतिका सचेत बाहकहरूले यसप्रकारको दृष्टिकोणको सचेतन रूपमा बचाउ गर्न भूमिका निर्वाह गर्छन् । सांस्कृतिक रूपान्तरणको प्रक्रिया जटिल हुने भएकाले यसमा धैर्यता त चाहिन्छ नै साथसाथै यसमाथि हस्तक्षेपको उपयुक्त नीति पनि चाहिन्छ । यही विन्दुमा आइपुग्दा यो कार्य अझ जटिल हुन्छ । प्रायः दाहिने र देव्रे अतिहरू यही विन्दुबाट घट्न सुरू गर्छन । खास सन्दर्भ र विषयदेखि बाहेक सांस्कृतिक रूपान्तरणमा शक्तिको प्रयोग अनुचित मात्र हुन्न प्रत्युत्पादक पनि हुन्छ । सांस्कृतिक  रूपान्तरण शक्तिको प्रयोगबाट सम्भव छैन । यो एकातिर व्यक्तिलाई, समाजलाई शिक्षित गर्ने कुरा हो भने अर्कातिर यसका आधारहरूसँग सङ्घर्ष गर्ने कुरा पनि हो । उत्पादन पद्दतिको परिवर्तनले यसप्रकारको रूपान्तरणमा अनुकूलतालाई जन्म दिन्छ । खास गरेर राज्यका निकायहरूलाई यस दिशातर्फ प्रभावकारी ढङ्गले अघि बढाउन सकिन्छ । शैक्षिक संस्था र सञ्चार माध्यमहरू यसका प्रभावकारी आधारहरू हुन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको छ । धर्म निरपेक्षताको अर्थ सबै धर्मप्रति समान दृष्टि र व्यबहार, त्यसबाट राज्यको निरपेक्षता त हो नै त्यो भन्दा बढीे वैज्ञानिक दृष्टिकोणको निर्माण हो । धर्मनिरपेक्षताको अन्तर्यलाई राज्यले ठीकढङ्गले स्रम्प्रेषण गर्ने हो भने त्यसले आम मानिसलाई आफ्ना यससम्बन्धी कयौँ गलत धारणा एवं विश्वासहरूलाई सच्याउन प्रेरित गर्छ । सांस्कृतिक रूपान्तरणमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । राज्यका शैक्षिक निकायहरूले यसका लागि भूमिका सम्पादन गर्छन् । सांस्कृतिक रूपान्तरणका निम्ति  यससँग सम्बन्धित राज्यका निकायहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्दा सांस्कृति रूपान्तरणमा ठोस योगदान पुग्न जान्छ । सामन्तवादी एवं साम्राज्यवादी संस्कृतिको विरोध र जनवादी संस्कृतिको निर्माणका निम्ति अल्पकालीन र दीर्घकालीन नीति तथा कार्यक्रमहरू तयार गरेर संङ्घर्ष गर्नु अहिलेको आवश्यकता हो । कम्युनिष्ट आन्दोलनले मात्र होइन स्वयं राज्यले पनि प्रगतिशील संस्कृतिको निर्माणका निम्ति अल्पकालीन र दीर्घकालीन नीति तथा कार्यक्रमहरू बनाएर अघि   बढ्नुपर्छ । 

सांस्कृतिक आन्दोलनलाई बलियो र परिणाममुखी बनाउन सांस्कृतिक संयुक्तमोर्चाको निर्माण गर्नुका साथसाथै त्यसलाई बलियो बनाउन आवश्यक छ । संयुक्तमोर्चाको आधार सामन्तवाद एवं साम्राज्यवाद विरोधी दृष्टिकोण र व्यवहार हुनुपर्छ । संयुक्तमोर्चालाई समुचित महत्व  नदिने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा पाइन्छ । नेपालको कम्युनिष्ट आनदोलनमा व्याप्त सङ्कीर्णता यसको एउटा कारक देखिन्छ । संयुक्तमोर्चा नै सबै कुरा हो र संयुक्तमोर्चा केही पनि होइन भन्ने दुवै दृष्टिकोणहरू गलत छन् । यी दुवै दृष्टिकोण  नेपालको क्म्युनिष्ट आन्दोलनमा पाइन्छन् । प्रगतिशील लेखक सङ्घ जस्तो साझा संस्थालाई कम्युनिष्टहरूले बलियो एवं प्रभावकारी बनाउन सकेका छैनन् । ६० वर्ष लामो इतिहास भएको यस संस्थालाई नेपालको सांस्कृतिक रूपान्तरणका निम्ति प्रभावकारी बनाउन सकिन्थ्यो तर संयुक्तमोर्चाको महत्वलाई बुझ्ने कुरामा रहेको समस्याकै कारण यसको भूमिकालाई भने जस्तो बनाउन सकिएको छैन । सामन्तवादी एवं साम्राज्यवादी संस्कृतिले आज जसरी कार्य गर्दै छन् यसलाई दृष्टिगत गर्दा नेपालको जनवादी सांस्कृतिक आन्दोलनले संयुक्त मोर्चालाई महत्व दिन आवश्यक छ । 

नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो सांस्कृतिक रूपान्तरणका निम्ति पनि आवश्यक नीति तथा कार्यक्रमहरू बनाएर लागू गर्न आवश्यक छ । दुनियाँ फेर्ने सङ्घर्षकै क्रममा मनुष्य आफू पनि रूपान्तरित हुन्छ र अरूलाई पनि रूपान्तरित  गर्छ भन्ने भनाइ मात्र पर्याप्त छैन । सैद्धान्तिक रूपमा यो भनाइ ठीक भए पनि यसले रूपान्तरणको आवश्यक नीति, कार्यक्रम र त्यसको कार्यान्वयनको माग गर्छ । ६० वर्ष भन्दा लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा आन्दोलनको सांस्कृतिक रूपान्तरणको प्रश्न झण्डै झण्डै जहाँको तहीँ छ । सांस्कृतिक आचरण र मूल्यका दृष्टिले कम्युनिष्ट आन्दोलन कम्युनिष्ट आन्दोलन जस्तो अनुभूत हुन्न । यो एक विडम्बनात्मक परिदृश्य हो र यसले कम्युनिष्ट आन्दोलनको सफलतामा व्यवधान उत्पन्न गर्छ । कम्युनिष्ट भनेपछि नयाँ मनुष्य हुनुपर्ने हो तर पुरानै मनुष्य अनुभव हुन्छ । कम्युनिष्ट आन्दोलनले प्राथमिकताका साथ आफैबाट रूपान्तरणको स्वाभाविक प्रक्रियालाई अघि बढाउनुपर्छ । 
५. निष्कर्ष 
माथिको चर्चाले जनवादी सांस्कृतिक आन्दोलनको महत्वलाई मात्र स्पष्ट गर्दिन सुस्पष्ट नीति, कार्यक्रम र कार्यान्वयनको आवश्यकतालाई पनि औँल्याउँछ । सांस्कृतिक रूपान्तरण कम्युनिष्ट आन्दोलनको एक महत्वपूर्ण पक्ष हो । सिङ्गो राष्ट्र एवं कम्युनिष्ट आनदोलनमाथि सांस्कृतिक आक्रमण तीब्र भएको बेला यसको अझ बढी सशक्त प्रतिरोधको आवश्यकता छ । सांस्कृतिक आन्दोलनलाई बलियो र प्रभावकारी बनाउनु राजनीतिक आन्दोलनलाई पनि बलियो र प्रभावकारी बनाउनु हो । राजनीतिक आन्दोलनको सफलता र स्थायित्व सांस्कृतिक आन्दोलनको सफलतामा पनि भर पर्छ । सांस्कृतिक आन्दोलनको गूढार्थ मनुष्यलाई भित्रबाटै रूपान्तरित गर्नु हो । फेरिएको मानिसले राजनीतिक परिवर्तनलाई थेग्न सक्छ, त्यसको  मर्मलाई आत्मसात् गर्न सक्छ । यसैकारण सांस्कृतिक क्रान्तिको निरन्तरतामा जोड दिइएको हो । सांस्कृतिक परिवर्तन परिवर्तनको प्रक्रियाबाट अघि बढ्दै गरेको नेपालको एउटा महत्वपूर्ण  पक्ष हो । जनवादी सांस्कृतिक आन्दोलनले आफूलाई यससँग जोडेर अघि बढाउनुपर्छ । जनवादी सांस्कृतिक आन्दोलनको लक्ष्य मुलुकको सांस्कृतिक रूपान्तरणका साथसाथै कम्युनिष्ट आन्दोलनको रूपान्तरण पनि हुनुपर्छ । 

00

 टिप्पणी

अमर गिरीद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी

                                                                —घनश्याम शर्मा पौड्याल  
            
         ‘वर्तमान सांस्कृतिक आन्दोलनको दिशा’ बारेको यस कार्यपत्रमा अमर गिरीजीले संस्कृतिसँग जोडिएका धेरै पहलुहरूलाई केलाउनुभएको छ । उहाँले यहाँ हाम्रो समाजमा विद्यमान सांस्कृतिक अवस्था, अर्थ–राजनीतिसँग संस्कृतिको सम्बन्ध, कम्युनिष्ट आन्दोलन र त्यसको सांस्कृतिक पक्ष, सांस्कृतिक रूपान्तरण तथा सांस्कृतिक आन्दोलनको दिशा र गन्तव्यबारे रामो विश्लेषण गर्नुभएको छ । सांस्कृतिक छलफलमा सहभागी तथा पाठकहरूका लागि सामग्री महत्वपूर्ण बनेको छ । कार्यपत्रको सारसंक्षेप यस्तो देखिन्छ :— 

      आज नेपालमा सामन्तवादी राजनीतिक संस्था राजतन्त्र र त्यसका नायकलाई ढालिसकिएको छ । गणतन्त्र, संघीयता, धर्मनिरेपक्षताको प्राप्ति तथा मुलुकमा बोलिने सबै भाषालाई राष्ट्रभाषा मान्ने घोषणा जनताको संघर्षद्वारा प्राप्त महत्वपूर्ण उपलब्धिहरू भएका छन् । तर अझै पनि यहाँ सामन्तवादी अर्थराजनीति र त्यसको जगमा हुर्किएको संस्कृतिको ढाड भाँचिसकिएको छैन । साम्राज्यवादी हस्तक्षेप हिजोभन्दा पनि तीव्र भएर गएको छ । संस्कृतिको क्षेत्रमा अतीतमुखी सामन्तवादी संस्कृति र उपभोक्तवादी संस्कृतिको मिश्रणबाट एउटा ‘हाइब्रीड संस्कृति’ निर्माण भएको छ र जनअपेक्षाको विपरीत क्रान्तिनायकहरू समेत यसैमा अभ्यस्त हुँदै गएका छन् । यसबारे गम्भीर चिन्ता व्यक्त गर्दै र कडा रूपमा प्रस्तुत हुँदै कार्यपत्रमा भनिएको छ ः “सांकृतिक रूपान्तरणको गफ गर्ने तर आफु भने बदलिन नपर्ने यो प्रवृत्ति डरलाग्दो पाखण्ड र व्यभिचार हो ।” यस सांस्कृतिक दुरावस्थप्रति दुःख र आश्चर्य मान्दै उल्लेख गरिएको छ,—“कम्युनिष्टहरूको धर्मप्रेम, पुराणप्रेम, डिजाइन र फेसनप्रेम, सौन्दर्यप्रसाधन र आभूषणप्रेम, घुमघाम र मस्तीपे्रम देख्दा आश्चर्य लाग्छ ।” आजका कम्युनिष्ट समूहहरूको लागि सांस्कृतिक क्षेत्रबाटा व्यक्त गरिएकोमा यस अभिमतप्रति असहमत हुनुपर्ने केही देखिँदैन ।

       कार्यपत्रले सांस्कृतिक रूपान्तरणको गुदी कुरामा जोड दिँदै भनेको छ— “सांस्कृतिक रूपान्तरणको गूढार्थ मनुष्यलाई भित्रैबाट रूपान्तरित गर्नु हो ।” वास्तमा यो मौलिक स्वसहित आफू बदलिने र साथै समाजलाई बदल्ने प्रक्रिया हो । समाजको आर्थिक ढाँचा र त्यसको मुख्य उपरि संरचना वा राजनीतिक तहमा परिवर्तन हुँदैमा त्यत्तिकै स्थूल र तीव्रतापूर्वक सांस्कृतिक परिवर्तन हँदैन । सांस्कृतिक आन्दोलनका पहलुहरू ज्यादै सूक्ष्म र जटिल हुन्छन् र तिनले समाजको मनमष्तिष्क तथा भावनाको गहिराइसम्म पनि जरा गाडेका हुन्छन् । त्यसैले “जनतामा ठाडो हस्तक्षेपद्वारा सांस्कृतिक परिवर्तन हुन्न” भन्ने कुरामा पनि विषय प्रस्तोताले यहाँ ध्यानाकर्षण गराउनुभएको छ । साथै राजनीतक परिवर्तनलाई स्थायित्व प्रदान गर्न त्यहीअनुसारको सांस्कृतिक परिवर्तन अत्यावश्यक छ भन्ने कुरामा पनि त्यत्तिकै जोड दिइएको छ । 

      सांस्कृतिक रूपान्तरणको दिशाबारे कार्यपत्रले स्पष्टसँग औँल्याएको छ— हामीले निर्माण गर्न खोजेको “संस्कृति प्रगतिशील, वैज्ञानिक, जनमुखी, तथा उदात्त मूल्यहरूको सरोबर हो ।” यसको  गन्तव्य समाजवाद भएको कुरा उल्लेख गर्दै यस्तो संस्कृति सामन्तवाद एवं साम्राज्यवादविरोधी हुनुपर्ने र नयाँजनवादी हुँदै समाजवादी संस्कृतिनिर्माणको दिशामा अघि बढ्नुपर्ने कुरा पनि स्पष्टक उल्लेख गरिएको छ । आज कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वबारे भारी असन्तुष्टि र निराशा व्यक्त गर्दा गर्दै पनि अन्ततः फेरि कम्युनिष्ट आन्दोलनले नै सांस्कृतिक आन्दोलनको पनि नेतृत्व लिनुको विकल्प नभएको निष्कर्ष पनि कार्यपत्र प्रस्तोताको रहेको छ । विशेष मेहनतसाथ तयार गरिएको यो कार्यपत्र सांस्कृतिक अध्येता र सांस्कृतिक रूपान्तरणका अभियन्ताहरूको निम्ति महत्वपूर्ण सामग्री हुनेछ भन्ने लाग्दछ । ध्वन्यात्मक उतारचढाव र आवेगसहितको भाषाशैलीको प्रयोग भएकाले पनि सामग्री अझ बढी सम्प्रेषणीय बनेको छ ।

थप केही कुराहरूः

१) कम्युनिष्ट आन्दोलनको अन्तिम गन्तव्य साम्यवादी समाज हो र सांस्कृतिक रूपान्तरणको अन्तिम बिन्दु पनि त्यही नै हो । अथवा कम्युनिष्ट भनेको एक भिन्दै खालको मान्छे हो । ऊ समाजविकासको क्रममा उदाएका सबै प्रकारका सामाजिक विभेद तथा वर्गीय असमानतालाई अस्वीकार गर्दै एउटा नयाँ समानताको संसार निर्माणको मिसनमा  हिँडेको मान्छे हो । उसको यात्रा एउटा यस्तो समाजनिर्माणको  लागि हो, जुन समाजिक विभेदरहित, वर्गविहीन, शासनविहीन, शोषणविहीन एवम् नोकरमालिक विहीन पूर्ण स्वअनुशासित समतापूर्ण समाज हुनेछ । उससँग यसबारे ध्वंस र निर्माणसम्बन्धी स्पष्ट दृष्टिकोण हुनुपर्दछ । यस्तो आदर्श समाजकको विश्वास लिएर हिँड्न खोज्नेहरूको सांस्कृतिक रूपान्तरणको दिशालाई समाजवादी तहसम्म मात्र होइन, साम्यवादीे संस्कृतिनिर्माणको आदर्शले डो¥याउने कुराको दिशानिर्देश हुनु उपयुक्त होला । त्यस्तै नेपाली भाषा–साहित्यमाथिको बाह्य हस्तक्षेपको उल्लेख गर्दै कार्यपत्रमा भारतीय (हिन्दी ?) हस्तक्षेपको कुरा गरिएको छ, जो नितान्त आवश्यक छ । तर साथै के पनि ध्यान दिनु आवश्यक छ भने पश्चिममुखी विविध विकृतिका साथै अंग्र्रेजी भाषाको सस्तो व्यापारीकरणले गर्दा नयाँ पुस्तामा देखापरेको भाषिक तथा सांस्कृति विसङ्गतितिर पनि ध्यान दिनु आवश्यक हुनगएको छ । हाम्रो नयाँ पुस्तामा विजातीय संस्कृति र हदभन्दा बढी विभाषीय मोह पनि छलफलको विषय बन्नुपर्दछ । नेपाली भाषामा समयको गतिसँगै प्रचलित (रूढिवादी होइन) मानक व्याकरण तथा ध्वनितत्वमाथि भइरहेको अतिक्रमणतिर पनि हाम्रो उचित ध्यान पुगेन भने भोलि स्वभाषा पहिचान र मानकै के हुने हो भन्न सकिन्न । यो टिप्पणिकर्तालाई अहिलेको ‘प्लस टु पुस्ता‘को ठूलो हिस्साले प्रयेग गर्ने नेपाली भाषको ध्वनितत्व र अर्थसङ्गति बुझ्न हम्मे पर्न थालेको छ । यो समुदाय एकातिर शैक्षण्कि दृष्टिले तथा विज्ञानप्रविधि र आधुनिकतम सूचनाजगत्बाट सुसूचित बन्ने हकमा हामीभन्दा निकै सम्पन्न हुँदै छ, जो खुसीको कुरा हो । अर्कोतिर यो फेसन र खानपानमा मात्र होइन, भाषिक सांस्कृतिक तथा धार्मिक मामिलामा समेत, नरामो्रसँग उपभोक्ता संस्कृतिको पन्जामामा गाँजिदै छ । यसरी देशको ठूलो संख्या ओगटेको कौमार्यजगत् सांस्कृतिक दृष्टिले दिशाविहीन विद्रोही पुस्स्ताको रूपमा विकसित भइरहेको छ । ‘हाम्रो जति सबै काम नलाग्न,े उसको जति सबै राम्रो’ को गलत सोचाइमा छ । यसलाई कतिपयले ‘प्लस टु कल्चर’ पनि भन्न्दा रहेछन् । आज समाजबाट हजुरबा, हजुरआमा सासु, ससुरा, बाबा, आमा, सानाबा, ठुलाबा, सानीआमा, ठुलीआमा, साला, जेठान, मामा, माइजू, फुपू, फुफाजु आदि पारिवारिक नातासूचक शब्दहरू लोप हुँदैछन् । बा आमा भन्नेहरूलाई रूढिवादी, पुरातनपन्थी, गँवार वा असभ्य ठान्न थालिएको छ । यस्तै आज भारतबाहेक पनि शेष विश्वका भण्डै सबै जसो शिक्षणसंस्था तथा श्रमबजारमा वैध अवैध बाटोबाट समेत जाने युवा श्रमशक्ति करिब चालिस लाख नाघेको अनुमान गरिन्छ । यिनले देशमा फकिँदा ज्ञानसिपका विविध उपलब्धिका साथै बहुरङ्गी सामाजिक सांस्कृतिक अभ्यास लिएर फर्कनेछन् । जो कतिपय कुरा ग्राह्य हुनेछन् र कतिपय हाम्रो लागि चुनौतीका विषय बन्ने छन्, वा बनिरहेका छन् । यस प्रवासी पुस्ताको बारेमा पनि हाम्रो ध्यान कम जाने गरेको छ । हामीले समाजको गतिशील तथा उन्नत सांस्कृतिक धरोहर सुम्पेर छोड्नुपर्ने यस समग्र पुस्ताप्रति विशेषै ध्यान जानु आवश्यक छ ।

२) कुनै बेला थियो कम्युनिष्ट आन्दोलनमा विजातीय विचारहरू प्रवेश नगरून् भनेर त्यस्ता सामग्रीहरू हेर्न पढ्न दुरुत्साहित गरिन्थ्यो । तर आजको युग सञ्चारयुद्ध (मेडियावार)को युग हो । आज सञ्चारसाधन नवसाम्राज्यवादको शक्तिशाली हतियार बनेको छ, धार्मिक च्यानल समेत पूरै बजारले चलाइरहेको छ । हाम्रो जस्तो देशमा पनि आबालवृद्ध सबै नागरिक रेडियो, टिभी, मोवायल, इन्टरनेट तथा छापासामग्रीमध्ये सबैसँग वा कम्तीमा पनि कुनै एकसँगको  सम्पर्कमा अवश्य पुगेका छन् । आज हामीले आम जनतालाई मात्र होइन, आफ्नै परिवारका सदस्यहरूलाई पनि यस प्रकारको सामग्री नसुन्नू, नहेर्नू र नपढनू आदि भनेर निर्देशित र नियन्त्रित गरिराख्नु सम्भव छैन । कोठा र ओछ्यानमै आक्रमण गर्न आउने सञ्चार साम्रज्यमाथि सेन्सरसिप लगाउन नसक्ने रहेछौँ । अनि नियन्त्रण गरेर पनि यस्ता कुराको समाधान नहुनेरहेछ ।  त्यसको विरुद्ध जुझ्ने हतियार भनेको उन्नत विचार–संस्कृतिको जबर्दस्त प्रचारप्रसार तथा प्रभावविस्तार हो । हामी संस्कृतिकर्मीहरूले हाम्रा राजनीतिक संस्थाहरूलाई यस्ता विषयमा पनि संगठित र योजनाबद्ध काम गर्नको लागि बल पु¥यानु आवश्यक भएको छ । 

३) कम्युनिष्ट आन्दोलनसंँग जोडेर हेर्दा आज नेपाली कम्युनिष्ट संस्कृति पाँचवटा ‘प’को घेराबामा कैद हुँदै जान थालेको छ । त्यो हो परिवार ( आफ्ना र आफन्तसमेत), पद, प्रतिष्ठा, पैसा र पावर (सत्तालिप्सा) फेरि पनि यसको गुदी कुरा हो ‘म’ र ‘मेरो’ स्वार्थमा केन्द्रित मपाईँवाद । यो हो आत्मसुखवादी तथा आत्मसुरक्षावादी चिन्तन–चरित्र । जुन कुरा कम्युनिष्ट आन्दोलनको लागि सबभन्दा खतरनाक दुस्मन हो । आज आन्दोलनमा सर्वहाराकरणको अर्थ स्वउत्पादनविना नै जनतामाथि कैयन्गुणा महगो जीवनशैली थोपर्नु हो । त्यस्तै पूर्णकालीन कार्यकर्ता हुनुको नाममा सबै प्रकारको शारीरिक श्रमबाट कट्दै जाने र एउटा विचित्रको श्रमचोर परजीवी उपभोक्ता बन्ने प्रवृत्तिको विकासत हुँदै गएको पनि देखिएको छ । कम्युनिष्ट आन्दोलनभित्रका यी खतरनाक प्रवृत्तिबारे पनि साहित्यिक सांस्कृतिक क्षेत्रबाट स्पष्ट र निर्भीक रूपमा छलफल चलाउनु जरुरी भएको छ । 

४) आन्दोलनभित्रै सामन्तवादी स्वामीसेवकभाव पन्पिरहेको छ । पार्टीभित्र आज कामरेड शब्दको भारी अबमूल्यन हुँदै छ र त्यसको प्रयोग समेत ज्यादै पातलो हुँदै गएको छ । कामरेडको स्थानमा ‘सर’ शब्द, र अझ बढी आदररार्थी सम्बोधनमा ‘श्रद्धेय’ शब्दको प्रयोग आम बन्न गएको छ । आफुलाई ज्ञान भएसम्म यस बेलायती उपाधिले शुद्ध समन्ती चरित्रलाई र श्रद्धेय शब्दले शुद्ध आध्यात्मिक भक्तिभावलाई व्यक्त गर्दछ । कम्युनिष्ट आन्दोलनमा यी स्वामीसेवक बोधक शब्दहरूको प्रयोग जुन भाषाविज्ञ वा सिद्धान्तनिष्ठ क्रान्तिकारीले जहाँबाट र जसरी सुरु गरेको भए पनि यस्ता प्रयोगहरूले व्यवहार आचरणमा समेत प्रभाव पारिरहेका छन् । राजतन्त्र ढालियो, तर ‘बक्सियोस्, सवारी होस्, राज होस्’ आदिको दरबारिया प्रयोग हिजोको राजा, कुलीन वर्ग, साहुमहाजन र हाकिम हुँदै कम्युनिष्ट आन्दोलनभित्र समेत बिस्तारै छिर्दै छ । उपभोक्तवादी फेसनभित्र पन्पिँदै गएको राजावादी भाषिक प्रयोगले मनोवैज्ञानिक रूपमा सामन्ती दासतालाई व्यक्त गर्दछ । यी प्रवृतिहरू हुर्किँदै जानु भनेको नारायणहिटीको राजतन्त्रको अन्त्य भए पनि अड्डा अदालत, राजनीतिक दल, सार्वजनिक जीवन तथा घर परिवारमा समेत राजतन्त्रको संस्कृति कायम राख्ने अभ्यास हो । यस्ता कुराहरूलाई पनि सांस्कृतिक आन्दोलनले कसरी चिर्ने ? सबैले महसुस गरेकै कुरा हो, भौतिक युद्ध लड्नुभन्दा कता हो सांस्कृतिक युद्ध लड्नु कठिन हुँदो रहेछ । हामी सचेत संस्कृतिकर्मीले यस्ता चुनौतीपूर्ण कार्यमा पनि कमजोरी प्रदर्शन गर्नु हुन्न भन्ने लाग्दछ ।

५) हामी सांस्कृतिक आन्दोलनका अगुवाहरूको आफ्नै आचरण वा जीवनशैलीबारे पनि प्रश्न उठाउनु जनताको अधिकार हो । यसैले सांस्कृतिक रूपान्तरणको व्याख्या गर्ने हामी आफै्र पनि कति ठिक बाटो हिँडिरहेका छौँ ? प्रश्न आफुमाथि पनि उठाउनु जरुरी छ । चाडपर्व, पूजाआजा, बिहेबटुलो लगायत जन्मदेखि मृत्युसम्मका पर्व तथा संस्कारहरूमा हामी क्रान्तिकारी सांस्कृतिक चिन्तकहरूको स्थिति पनि खासै अनुकरणीय बन्न सकिरहेको छैन ? के हामी यस्ता विषयमा पनि कम्तीमा एउटा सहमतिमा पुग्न सक्छौँ ? खास गरी मृत्युसंस्कार आम जनसरोकारको र अत्यन्त संवेदनशील विषय पनि हो । आजसम्म त हामीले आ–आफै निर्णय गर्ने र स्वविवेकले जे देख्छ र जे सम्भव हुन्छ, त्यही गर्ने गरेका छौँ । यसो गर्दा हामीले मृतककको दाह कर्मसँगै सामान्य घटना जस्तै देखाएर हिँड्ने र यसरी एक्लो बहादुर क्रान्तिकारी बनेर देखाउने पनि गरेका छौँ, या त थोरै तलमाथि गरी सम्झौता गरेर चल्ने गरेका छौँ, या पूरै अरुसँगै ‘गतानुगतिको लोकः’को अनुसरण गर्ने गरेका छौँ, । जनतासंँगको छलफल बहसद्वारा परिवार र छिमेकीलाई पनि सहमत गराउँदै सामाजिक आन्दोलनको विकास गर्ने कुरामा हाम्रो पनि ठोस योगदान पुग्न सकेको छ वा छैन त ? महिला, दलित, श्रमिक आदिप्रतिको हाम्रो दृष्टिकोण तथा व्यवहार कस्तो हुुपर्नेे हो ? परिवारमा हामी कसरी पेस हुने गरेका छौँ र छिमेकीहरू हामीलाई कसरी चिन्छन् ? समग्रतामा हामी परिवार, छिमेक र समाजमा पनि अरुभन्दा केकति कुराले उन्नत संस्कृतिका मान्छेको रूपमा चिनिएका छौँ होला ? आफैमाथि सबाल उठाउनु कठिन कुरा हो, तर यसो पनि नगरी नहुने भएको छ । कम्तीमा आफु र आफ्नो परिवारबारे के हो र कसरी चलिरहेको छ,त, यस्ता निजी भनिने तर सामाजिक प्रभाव पार्ने विषयमा पनि पारदर्शी ढंगले प्रस्तुत हुनु आवश्यक हुन गएको छ । दृष्टिकोण निर्माणको लागि सैद्धान्तिक तथा नीतिगत कुराहरूको छलफल बहस त जरुरी छ, साथै यस्ता ठोस र व्यावहारिक कुरामा पनि सांस्कृतिक आन्दोलनका अगुवाहरूले केही आधारभूत मापदण्डहरू बनाएर चल्न सके त्यसले समाजलाई पनि प्रभाव पार्न सक्छ । हामी जहाँ छौँ, जे छौँ र जस्ता छौँ, समाजले हामीलाई त्यही रूपमा चिन्न र मूल्याङ्गन गर्न पाउनु पर्दछ । हामी अलि उन्नत मान्छे हौँ भने हामीबाट समाजले पनि केही अवश्य सिकेको हुन्छ । त्यसैले यस्ता छलफलहरूलाई हामी आफैले पनि जति बढी व्यावहारमा ढाल्न सकिन्छ, सामाजिक आन्दोलनमा त्यसकोे प्रभाव त्यत्तिकै बढी पर्ने कुरा सुनिश्चित छ ।

६) अन्तमा :
  जतिसुकै कुरा गरे पनि देशका शक्तिकेन्द भनेका राजनीतिक दलहरू हुन् । त्यसमा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू त वैज्ञानिक संस्कृतिक प्रतिमान् नै बन्नुपर्ने हो । तर यतिबेला नेपालका क्रान्तिकारी राजनीतिक दलहरूमा भने अरु धेरै विसङ्गतिका साथै सभासद पद जस्तो सामान्य कुराको लागि जो रडाको मच्चिरहेको छ, सांस्कृतिक दृष्टिले गम्भीर र लाजामान्नुपर्ने कुरा भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा विशेषतः २०३६, ३७ देखि आजसम्म जहिले जहिले जे जस्ता मतभेद र फुटसम्मका शृङ्खला चल्दै आएका छन्, त्यसको अन्तर्यमा नेतृत्वको व्यक्ति केन्द्रित कार्यशैली र पदप्रतिष्ठाको सबाल नै मुख्य कारकतत्व बन्ने गरेको देखिन्छ । यस्ता विषयमा पनि कसरी विमर्श गर्दै जाने होला ?

                                                                                00

 टिप्पणी

अमर गिरीद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी

— ईश्वरचन्द्र ज्ञवाली


I . प्रगतिशील सांस्कृतिक आन्दोलनको अबको दिशा कता हो भन्नेबारे आज गम्भीर प्रश्न उँभिएका छन् । मुलुकबाट राजतन्त्रको पतन र गणतन्त्रको उदय भएको छ । तर सामन्ती अर्थव्यवस्था र संस्कृतिमा तात्विक परिवर्तन आएको छैन र गणतन्त्रले पनि फरक अर्थमा सामन्तवादकै चरित्र बोकेर अघि बढ्ने आशङ्का पैदा भएका छन् । हिंजोजस्तै देशमा विदेशी शक्ति, खास गरेर भारतीय विस्तारवादको आदेश–निर्देश र हाइहुकुम चलिरहने स्थिति छ । उसले नवउपनिवेशी नीतिका आधारमा नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र प्रभुत्व विस्तार गर्दै लगेको छ । इतिहासमा वर्तमानमा जस्तो राष्ट्रिय स्वाधीनतामा सङ्कट यसअघि कहिल्यै आएन भने पनि फरक पर्दैन । आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक सबै दृष्टिले नेपाली राष्ट्रियता नवउपनिवेशीकरणको अवस्थामा छ । विदेशीहरूको चलखेल मात्र होइन, देशभित्रकै राजनैतिक शक्तिहरूमा देखिएको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र, दलाली र दास मानसिकताले राष्ट्रियता खतरामा परेको हो । वर्तमानमा नेपाली संस्कृतिले यसरी वैदेशिक प्रकोप भोगिरहेको छ । अमर गिरीले साँस्कृतिक आन्दोलनको अबको दिशाबारे प्रस्तुत गर्नु भएको कार्यपत्रमा यसकुरालाई आंशिक रुपमा स्वीकार गर्नु भएको छ । तर मुलुकको नवऔवनिवेशिक र पूँजीवादोन्मुख सामन्ती संस्कृतिको यथार्थलाई आत्मसात् गर्दै त्यसलाई बदल्ने र एउटा राष्ट्रिय, स्वाधीन, मौलिक, जनवादी संस्कृति स्थापना गर्ने दिशातर्फ अघि बढ्नु र सङ्घर्ष गर्नु नै प्रगतिशील साँस्कृतिक आन्दोलनको आजको आवश्यकता हो । प्रगतिशील साँस्कृतिक आन्दोलनले यो यथास्थिति विरुद्ध अग्रगामी दिशा अवलम्बन गर्नै पर्छ ।

II . सँस्कृति :  संस्कृतिको अर्थ र विषय व्यापक छ । कला–साहित्य, गीत–सङ्गीत, आस्था–धर्म, चित्र–मूर्ति आदिलाई मात्र संस्कृति मान्ने प्रवृत्ति हामीकहाँ हुर्केको छ । तर संस्कृति आत्मिक र भौतिक दुबै किसिमले मानवीय श्रमद्वारा निर्मित÷स्थापित एउटा खास समुदायमा रहेको समाजिक नीति, नियम, पद्धति र व्यवस्थाको मानक एवम् संश्लेषित वैचारिक रुप हो । त्यसकारण यसमा आर्थिक व्यवस्था, राजनीतिक–वैचारिक पक्ष, कला–साहित्य, धर्म–दर्शन, भौतिक–संरचना, आविष्कार, विकास–निर्माण, आदि गतिविधिका स्वरुप र विषयहरु अन्तर्निहित रहेका छन् । चित्र, मूर्ति, काष्ठकला, पाककला, आवासकला, पहिरन र पोशाक–कला जस्ता जीवनशैली वा तत्वहरू सबै संस्कृतिका रुप नै हुन् । समाज व्यवस्थालाई समुन्नत, सुदृढ र सुव्यवस्थित गर्न, मानव जीवनलाई नियम, पद्धति र सङ्गतिमा राख्न, आर्थिक जीवन र व्यवस्थालाई समृद्ध र समुन्नत बनाउन मान्छेले गरेका यावत् कर्म र व्यवहार सबै संस्कृतिका रुप हुन् । त्यसैले संस्कृति मानवश्रमद्वारा निर्माण गरिएको ‘दोस्रो प्रकृति’ हो । प्राकृतिक रुपमा बनेका विधि, नियम, तत्व, सृष्टि, वस्तुहरू संस्कृति होइनन् कारण ती मानव निर्मित होइनन् । प्रकृति र संस्कृति फरक फरक कुरा हुन् । प्रकृति भनेको निःसर्ग विधि र निहित नियमबाट स्वतःस्फूर्त सञ्चालित हुने विषय हो भने संस्कृति मानवनिर्मित नियम, विधि, व्यवहार, कार्य तथा पद्धतिबाट सञ्चालित हुने विषय हो । मान्छेका यस्ता कार्य फरक भौगोलिक–सामाजिक, आर्थिक–राजनैतिक परिवेशका कारण फरक–फरक हुन्छन् । फरक–फरक मानव समुदायले निर्माण गरेको विधि, नियम, व्यवहार, पद्धति, जीवन शैली, विचार, दर्शन, चिन्तनको संश्लेषित र मानक रुप पनि विविधतापूर्ण हुन्छ । यसैकारण संस्कृति विविधतापूर्ण छ । फरक समुदायको जीवन, व्यवहार फरक हुने हुनाले संस्कृतिमा विविधता आउने गर्छ । फेरि संस्कृति निरन्तर परिवर्तनशील छ । युगैपिच्छे संस्कृतिमा परिवर्तन आइरहन्छ । जङ्गली युग, वर्वर युग, कृषि युग, दास युग, सामन्त युग, पूँजीवादी युग, समाजवादी युगहरूमा संस्कृति निरन्तर परिवर्तन भई विकसित हुँदै आएको छ । धनी र गरिबको संस्कृतिमा पनि भिन्नता छ । एउटा परजीवी, शोषणमूलक, उत्पीडनमा आधारित, व्यक्तिवादी, विभेदपूर्ण छ भने अर्को आत्मजीवी, समानता र न्यायमा आधारित, विभेद र थिचोमिचो विरोधी सामूहिक र न्यायपूर्ण छ । त्यसैले नै संस्कृति वगीय हुन्छ र यसको अर्थ र विषय व्यापक छ । सांस्कृतिक परिवर्तन भनेको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक परिवर्तनको समग्र स्वरुप हो । यस्तो संस्कृति परिवर्तनको दिशा निर्धारण गर्न यी चारै विषयको विद्यमान अवस्थाको ठोस विश्लेषण हुन जरुरी छ । तर गिरीजीको यो कार्यपत्रले यी सबै विषयको विश्लेषण मूर्तरुपमा विशद् ढङ्गले गर्नसकेको छैन । 

 नेपाली सँस्कृतिको सन्दर्भमा कुरा गर्दा विस्तारवादी संस्कृतिको व्यापक चक्रव्यूहमा फँसेको आजको नेपाली संस्कृतिका बारेमा बृहत् चिन्तन र विमर्श गर्नुपर्ने आवश्यकता महसुस हुन्छ । त्यसका लागि देशभक्ति र राष्ट्रिय  स्वाभिमानको संस्कृति स्थापनाको बाटो कस्तो हुने भन्नेबारे पनि विचार गर्नु जरुरी छ । पुराना सडेगलेका रुढिवादी, अन्धविश्वास, कुसंस्कार र अवैज्ञानिक मान्यता तथा विकृत परम्पराहरूका विरुद्ध मात्र होइन, नेपाली राष्ट्रिय मौलिक संस्कृति स्थापनार्थ दाससंस्कृति र राष्ट्रिय आत्मसमर्पणवादी दलालीकरणको संस्कृतिका विरुद्ध पनि सङ्घर्ष गर्नु आवश्यक छ । यसको लागि दास मानसिकतासित पहिले लड्नै पर्छ । नेपाली स्वाधीनता, स्वाभिमान र स्वतन्त्रताको संस्कृति नेपाललाई सिक्किमीकरण गर्ने दास मानसिकता र दलालीकरणको प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्ने संस्कृति हो । अहिलेको सांस्कृतिक आन्दोलनको दिशा यही सामन्ती–पूँजीवादोन्मुख संस्कृति र राष्ट्रिय आत्मसमर्पणवादी नवउपनिवेशीकरणको संस्कृति विरुद्धको आन्दोलन हो । 

III . साँस्कृतिक परिवर्तनमा आन्दोलनका विषय :

१.सांस्कृतिक परिवर्तनको मूल आधार आर्थिक व्यवस्थामा परिवर्तन हो । नेपालको विद्यमान अर्थव्यवस्था दलाल, नोकरशाह, राष्ट्रिय आत्मसमर्पणवादी पूजीपतिवर्गको नियन्त्रणमा छ । यो दलाल पूँजीवादोन्मुख अर्थव्यवस्था हो । जसमा पुरानो सामन्ती अर्थव्यवस्थाको आधार त विद्यमान छ तर यसले कृषितन्त्र, भूस्वामित्व, औद्योगिकीकरणका समस्यालाई झन् जटिल बनाएको छ । हिंजो राजतन्त्रको आडभरोसा र संरक्षणमा रहेको सामन्तवादी अर्थव्यवस्थामा सामन्ती–जमिन्दारी तथा मुखिया तन्त्र, ठूलाठालू–भूमिपति र सम्भ्रान्तवर्गको तानाशाही एकाधिकारी अर्थतन्त्र विद्यमान थियो र आज त्यसले आफ्नो अस्तित्व कायम गर्न दलालीकरण अपनाउन लागेको छ । त्यसैले दरबारकेन्द्री सोंच अहिले दिल्लीकेन्द्री सोंचमा फेरिएको छ । यसैकारण अहिलेको नेपाली अर्थतन्त्र पूँजीवादोन्मुख दलाल अर्थव्यवस्थाका रुपमा रहेको छ । यो अर्थव्यवस्था पराधीन र नवऔपनिवेशिक छ । राष्ट्रिय, स्वाधीन, आत्मनिर्भर अर्थव्यवस्थाविना नेपालको आर्थिक परिवर्तन सम्भव छैन । देश समृद्ध, समुन्नत, विकसित हुन दलाली र दासत्वबाट मुक्त हुन जरुरी हुन्छ । 

तर आज यो हरेक कुरामा परनिर्भर बन्दै बिप्पा सम्झौतापछि पूर्णतः आर्थिक उपनिवेश बन्दै गएको छ । जसले सबै कुरामा विदेशी पूजीपतिको निर्भरता पक्रेको छ र दलाल पूजीपतिहरूको स्वच्छन्द–स्वेच्छाचारी नीतिको नियन्त्रणमा छ । नेपालको अर्थव्यवस्था, अर्थप्रणाली र अर्थनीतिमा तिनै दलाल र दास नोकरशाह पूँजीपति, सामन्तवर्गको एकाधिकार कायम भएकोले यस्तो अर्थव्यवस्थामा परिवर्तन आवश्यक छ र सांस्कृतिक परिवर्तन पनि त्यसैमा आधारित हुन्छ । यसैकारण आर्थिक परिवर्तन सांस्कृतिक परिवर्तनको आधार हो । भेदभाव, असमानता, अन्यायपूर्ण वितरण र असमान विकास प्रणालीले गर्दा सामाजिक विकास पनि असमान र अन्यायपूर्ण छ तसर्थ साँस्कृतिक परिवर्तन पनि । फलतः धनी र गरिब, महिला र पुरुष, उच्चजाति र जनजाति तथा सुगम र दुर्गमको आर्थिक विकास, जीवनस्तर अत्यन्त विभेदीकृत र असमान छ । यिनकाबीच ठूलो खाडल पनि छ । यसले कस्तो संस्कृति निर्माण गर्छ, स्वतः अनुमान गर्न सकिन्छ । यसर्थ अर्थव्यवस्थामा परिवर्तन ल्याउनु पहिलो सांस्कृतिक परिवर्तनको काम हो । 

२ .दोस्रो कुरा कम्युनिष्टहरूको सत्तामा पहुँचपछि देखिएको जीवनशैली, व्यवहार, आचरण र प्रवृत्तिमा आउने परिवर्तनले साँस्कृतिक आन्दोलनको दिशा निर्धारित गर्छ । आज कम्युनिष्ट आन्दोलनमा संशोधनवादी÷नवसंशोधनवादी संस्कृति देखिनु, सर्वहारावर्गीय संस्कृति त्याग्नु, पूजीवादी जीवनशैली अपनाउनु, प्रतिवर्गीय कित्ताको पक्षधर बन्नु सँस्कृतिमा देखिएको विचलन हो । हिजो वर्ग, जाति, क्षेत्र, लिङ्गको मुक्तिको कुरा गर्ने, समानता र न्यायपूर्ण पद्धतिको कुरा गर्ने, भेदभाव, शोषण, उत्पीडनविरोधी कुरा गर्ने, सामूहिकता र समावेशिताको कुरा गर्ने, राष्ट्रिय स्वार्थ र हितको पक्षका कुरा गर्ने, स्वाधीनता र स्वाभिमानको कुरा गर्ने, साधारण जीवनशैलीमा र जनताकाबीच रहने धारणा राख्ने, गरिब र सर्वहाराको पक्षधरताको कुरा गर्ने, शोषण–भेदभाव र अन्यायको विरोध गर्ने जस्ता आदर्श फलाक्ने कम्युनिष्टहरू जब सत्तामा पुगे उनीहरूको जीवनशैली ठीक त्यसको विपरीत भयो । डुँडेझारीमा सुकुम्वासीमाथि गोली बर्साउने, गरिबबाट जमिन्दारका जग्गा खोसेर फिर्ता गर्नेे, भूमिहीन वाग्मतीकिनारका जनतामाथि डोजर लाउने, दलाल पूँजीपतिका लागि असमान सन्धीसम्झौता गर्ने, राष्ट्रिय सम्पदा विदेशीलाई रिझाउनका लागि सुम्पिदिन असमान सन्धी गर्ने, दिल्लीधाममा दर्शन गर्न लहरो लाग्ने, राष्ट्रिय हितविरुद्ध सहमति गर्ने, हिंजोका असमान सन्धीसम्झौताको समर्थन गर्ने, विस्तारवादी प्रभुहरूसामु लम्पसार पर्ने जस्ता अनेक प्रवृत्ति र चरित्रहरू उनीहरूले देखाए । त्यतिमात्र होइन गरिब, मजदुर, किसान, श्रमजीवीवर्गका विरुद्ध उभिएर प्रतिक्रियावादीवर्गको हित गर्न थाले । वर्गविहीनताका कुरा, सबैको प्रजातन्त्र र सर्वपक्षीय हितका कुरा गर्न थाले । राष्ट्रियतालाई सौदाबाजीमा फेर्दै सत्ताका लागि राष्ट्रघात गर्न थाले । दलाली, गद्दारी, दासताको जीवनशैली अपनाउन थाले । सामान्य जीवनभन्दा विशिष्ट जीवन अँगाल्न थाले । जनताबाट टाढा मालिकहरूमा बदलित थाले । पाँचतारे होटल र रिसोर्ट संस्कृतिको विकास गर्न थाले । प्राडो र पजेरो–संस्कृति अवलम्बन गर्न थाले । सामान्य जनताका छोराछोरीबाट सम्भ्रान्त मालिकमा परिवर्तन भई त्यस्तै संस्कृति अवलम्बन गर्दै भैँसीपूजाको रुढिवादी संस्कृति समेत अवलम्बन गर्न थाले । भ्रष्टाचारी, दलाल र दासहरूमा फेरिन थाले । यसले उनको जीवनशैली उपभोक्तावादी बन्यो र ‘लूट, चुस, ठग र आफ्नो बन्दोबस्त गर’को प्रवृत्तिमा बदलिन थाल्यो । यस्तो जीवनशैली र आचरणको प्रभावले उनको विचारमा पनि परिवर्तन ल्यायो । वस्तुले विचार निर्माण गर्ने कुरा उनमा लागु भयो र सर्वहारावर्ग÷श्रमिकवर्गको सट्टा धनी, पूजीपति, दलाल, नोकरशाहहरूको हितचिन्तक र पक्षधर वर्ग बन्न पुग्यो । व्यवहारबाट विचार बदलिन्छ । उनीहरूको व्यवहार, जीवनशैली, चरित्र, प्रवृत्तिले क्रमशः बुर्जुवा, प्रतिक्रियावादी विचार र वर्ग अवलम्बन गर्न थाल्यो र राष्ट्रहित, स्वार्थ र स्वाभिमानलाई सत्ताको सौदावाजीमा फेर्न थाल्यो । सांस्कृतिक परिवर्तनको मुख्य पाटो जीवनशैली र व्यवहार थियो । सर्वहारा संस्कृति निर्माणका लागि प्रतिबद्ध कम्युनिष्टहरू बुर्जुवा संस्कृति निर्माणार्थ प्रतिबद्ध भए ।

३.  अर्को पाटो देशपे्रम र राष्ट्रियताको थियो । देशप्रेम र राष्ट्रियताको भाव त्यागेर कम्युनिष्टहरु दलाली र दासत्वमा लागे । फलतः हिजो आफैँ राष्ट्रघाती सन्धी भनेका सन्धीहरू आज आफैँ अनुमोदन र कार्यान्वयन गर्न थाले भने नयाँ राष्ट्रघाती सन्धीसम्झौता गर्न र विदेशी प्रभुसामु आत्मसमर्पण गर्दै उनले दिएको सत्ताको आशीर्वादमा कृतज्ञ बन्न थाले । संस्कृति आदर्श मात्र होइन, जीवन–व्यवहार पनि हो । संस्कृति मनोगत विचार/चिन्तनमात्र होइन, त्यो वस्तुमा रुपान्तरणको विधि पनि हो । कम्युनिष्टहरू सत्तामा पुगेपछि उनीहरूले अपनाएको जीवनशैली र व्यवहार, चरित्र र प्रवृत्ति वुर्जुवाजस्तो हुनु नै उनीहरूमा आएको वर्गविचलन र संस्कृति विचलनको प्रवृत्ति थियो । आदर्शविरुद्ध आचरणले नै सांस्कृतिक विचलन ल्याउँछ । सांस्कृतिक परिवर्तन जीवनशैलीमा परिवर्तन पनि हो । त्यो केवल अरुमा मात्र खोज्ने वा आफूमा (एक व्यक्तिमा)मात्र चाहने प्रवृत्ति दुवै गलत हुन् । वस्तुतः आफू स्वयम्मा परिवर्तनसँगै सिङ्गो समाजमा परिवर्तन ल्याउन अपनाइने जीवनशैली, चरित्र र प्रवृत्तिले मात्र सही प्रगतिशील सांस्कृतिक परिवर्तन आउँछ तर त्यसो भएन । व्यक्तिगत संस्कृति र सामूहिक संस्कृतिको समन्वित परिवर्तनले मात्र सांस्कृतिक परिवर्तन आउने हुनाले अहिले त्यो आन्दोलनको अपेक्षा गरिएको छ । कम्युनिष्टहरुले फलाकेका कोरा आदर्शले व्यवहारिकता पाएन र विचलन आयो । तसर्थ आजको सांस्कृतिक परिवर्तनको समस्या सामन्ती–पूँजीवादी दासता–दलालीको संस्कृति परिवर्तनको समस्या हो । अमर गिरीको यस कार्यपत्रले यी यावत् कुरामा केही विमर्श त गरेको छ तर त्यो गोलमटोल ढङ्गले, सारसङ्ग्रहवादी रुपमा मात्र । केही सकारात्मक विश्लेषणलाई निष्कर्षमा नपुराएर यथास्थितिमा नै रहिरहने उहाँको सोँचले सांस्कृतिक रुपान्तरणलाई गति दिन सक्दैन । 

४ .नयाँ जनवादी संस्कृति–स्वाधीन, राष्ट्रिय, देशभक्तिपूर्ण, मौलिक संस्कृति पनि हो । यो सामूहिकताको संस्कृति हो । नेपाली जनता दास मानसिकता, दलालीकरण, आत्मसमर्पण, राष्ट्रघाती चरित्रबाट मुक्ति चाहन्छन् । उनीहरू सिक्किमीकरणको सांस्कृतिक चेतनाविरुद्ध छन् । यसर्थ देशीय संस्कृतिमाथि भइरहेको विदेशी हस्तक्षेप, अतिक्रमण, प्रभुत्व र दादागिरीको संस्कृतिविरुद्ध उनीहरू सङ्घर्षरत छन् । यही देशभक्तिपूर्ण संस्कृति हो । देशको सीमामिच्दा, प्राकृत सम्पदा लुटिँदा, विदेशीले अत्याचार र अपराध, हत्या र फिरौतीमा सङ्गठित र संस्थागत रुप प्रयोग गर्दा, मिर्जा दिलसादवेग, जमिम शाह, फैजान अहमद, महमूद आलमहरुलाई मुस्लिम भएकै कारण मार्दा र सीमाक्षेत्रमा नेपाली नागरिक यादवहरू, जोशीहरू र महतोहरूको विदेशीबाट संस्थागत हत्या गरिँदा राष्ट्रिय स्वाभिमानमा चोट लाग्नु स्वाभाविक हो । सधैँ असमान सन्धीसम्झौताबाट थिंचिएको र ती बलपूर्वक लादिएको नेपाली संस्कृतिको वर्तमान रुपसँग नेपाली जनता सन्तुष्ट छैनन् । यसलाई फेर्न चाहन्छन् र राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्वतन्त्रताको संस्कृति चाहन्छन् । जसविरुद्ध सशक्तरुपमा आवाज उठाउनु आजको सांस्कृतिक आन्दोलनको मुख्य कार्यभार हो । लेखकले कार्यपत्रमा त्यो आवाज सशक्त ढङ्गले होइन, मधुरो र शिथिल ढङ्गले उठाएका छन् । सशक्त रुपमा उठाउने कुराप्रति उहाँले उतिसारो रहर वा आवश्यकता महसुस गरिएको देखिएन । अहिलेको सांस्कृतिक परिवर्तनको बाटो देशभक्तिपूर्ण सांस्कृतिक परिवर्तनको बाटो हो । तर त्यो जनवादी अधिकारसम्पन्न हुनु जरुरी छ अर्थात् देशभक्तिपूर्ण जनतान्त्रिक सँस्कृति निर्माण आजको साँस्कृतिक आन्दोलनको दिशा हो । 

५.अहिले आन्तरिक र बाह्य राष्ट्रियताका कुरा उठाएर कुन पहिले भन्ने कुतर्क गर्न थालिएको छ । आन्तरिक र बाह्य राष्ट्रियताका कुरा र प्राथमिकताको बहस दलालीकरणको उद्देश्यले उठाइएको हो । यहाँ जनताको लोकतान्त्रिक अधिकार प्राथमिक भन्दै राष्ट्रियतालाई छायाँमा पार्ने काम गरिँदै छ । राष्ट्रियतालाई किनारा लाउँदै आर्थिक समृद्धि र समुन्नति पहिलो प्राथमिकता पनि भनिँदै छ । तर यो तर्क तथ्य र वस्तुगतताबाट धेरै टाढा छ । कुनै पनि राष्ट्र जबसम्म स्वाधीन र स्वतन्त्र हुँदैन, विदेशी हस्तक्षेप र अतिक्रमणबाट मुक्त हुँदैन, विस्तारवाद वा साम्राज्यवादको प्रभुत्व र आदेशनिर्देशमुनिको थिंचाइबाट मुक्त हुँदैन त्यो देश ठूलो रुखमुनि ओसेपमा परेको विरुवा जस्तो वा ठूलो ढुङ्गा मुनि थिंचिएको बेर्ना जस्तो हुन्छ । त्यसे देश कहिल्यै समृद्ध र सम्पन्न हुन सक्दैन । कुनै पनि देश स्वाधीनता र स्वतन्त्रतापछि मात्र समृद्ध, सम्पन्न, आत्मनिर्भर, विकसित भएका छन्, पराधीन औपनिवेशिक अवस्थामा होइन । विस्तारवादबाट चुसिएको, ठगिएको, हेपिएको, दबाइएको, आदेश–निर्देशमा चलिरहेको नेपालले आत्मनिर्भर अर्थतन्त्र र आन्तरिक समृद्धि तथा सम्पन्नता सहितको विकास र प्रगति कसरी हासिल गर्न सक्छ ? यसर्थ पहिले स्वाधीनता र पछि मात्र समृद्धि सम्भव हुन्छ । स्वतन्त्रता नै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जग हो । त्यसले मात्र आन्तरिक राष्ट्रियता समृद्ध बन्न सक्छ, आन्तरिक लोकतन्त्र कायम हुन सक्छ तर यतिखेर त्यही आन्तरिक र बाह्य राष्ट्रियताको बेमौसमी बहसद्वारा राष्ट्रियता नै ओझेलमा पार्ने गलत संस्कृतितर्फ देशलाई धकेल्न खोजिएको छ । प्रगतिशील सांस्कृतिक परिवर्तन देशभक्तिपूर्ण, राष्ट्रिय, स्वाधीन, आत्मनिर्भर अर्थतन्त्रको जगमा मात्र सम्भव भएकोले देशभक्तिपूर्ण संस्कृतिको विकास पहिलो आवश्यकता हो । यसले मात्र राष्ट्रिय मौलिक जनवादी संस्कृति प्राप्त हुन सक्छ । 

६ .यस्तो संस्कृतिका लागि नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने क्रान्ति महत्वपूर्ण र अनिवार्य शर्त हो । यस्तो क्रान्तिबिना हामी पुरानो संस्कृतिबाट मुक्त हुन सक्दैनौँ । तर यस कार्यपत्रमा उही पूँजीवादी लोकतन्त्र, उही सडेगलेको संसारभरि असफल प्रायः (नेपालमा २०४८ देखि २०५८ सम्म असफल सिद्ध) संसदीय व्यवस्था र नवउदार पूँजीवादी पद्धतिलाई सारमा स्वीकार गर्दै बासी तर्क नै उभ्याइएको छ । 

७ .जुन राज्यव्यवस्था नेपालमा एकदशकमै असफल भई सक्यो र संसारभरि आज असफल र अफापसिद्ध भइसकेको छ र संसार आज नयाँ व्यवस्थाको खोजीमा छ, त्यही व्यवस्थाको वकालत गरेर, त्यसैमा रमाउँदै, त्यसैमा डुबेर सांस्कृतिक परिवर्तन सम्भव देखिदैन । राज्यव्यवस्था संस्कृति परिवर्तनको लागि अनिवार्य एक आधार हो । त्यसमा परिवर्तनबिना संस्कृतिमा परिवर्तनको चाहना हवाइ कल्पनामात्र हुन्छ किनकि हरेक संस्कृतिको जीवन आधार राज्यसत्ता नै हुन्छ । पुरानै संसदीय पूँजीवादी प्रतिक्रियादी राज्यव्यवस्थामा बसेर, त्यसलाई सकारेर, त्यसैको पक्षधरतामा रहेर, सर्वहारावर्गीय संस्कृति वा नयाँ जनवादी संस्कृति स्थापनाको कुरा गर्नु काशी जानु कुतीको बाटो जस्तै हो । अमर गिरीको कार्यपत्रले सामन्तवाद र साम्राज्यवादको विरोध त गरेको छ तर विस्तारवादको हैन । अझ सामन्तवाद–साम्राज्यवाद–विरोधी संस्कृतिको वकालत जहाँ बसेर, जुन विचार मानेर, जुन राज्यव्यवस्था स्वीकारेर जुन वर्गको पक्षपोषण गरेर, जुन पार्टीमा प्रतिबद्ध भएर गरेको छ, त्यो एउटा आडम्बर मात्र हो जुन कृत्रिम र देखावटी छ । आदर्शअनुरुप व्यवहार संस्कृतिको मूलाधार हो भने उहाँको कार्यपत्रको विचार र व्यवहारबीच सङ्गति देखिन्न । भलै व्यक्तिगत रुपमा उहाँ फरक हुन सक्नुहुन्छ । उहाँ सैद्धान्तिक रुपमा सामन्तवाद र साम्राज्यवाद विराधी संस्कृतिको पक्षधर भए पनि उहाँको साङ्गठनिक प्रतिबद्धता गैरसर्वहारावर्गीय पार्टीसँग छ । जसले बुर्जुवावर्गकै हित र स्वार्थको निम्ति काम गर्छ । त्यो विपरीत वर्गीय पक्षधरता पनि हो । यसले यस कार्यपत्रमा रहेको सांस्कृतिक परिवर्तनको कुरा देखावा मात्र सिद्ध गर्छ ।

IV .आन्दोलनको तारो : यतिखेर सांस्कृतिक आन्दोलनको मूल तारो गैरसर्वहारा संस्कृति नै हो । अर्थात् नेपालको पूजीवादोन्मुख सामन्ती संस्कृति र साम्राज्यवादी विस्तारवादी संस्कृति अर्थात् नवऔपनिवेशिक संस्कृति तथा दलालपूँजीवादी संस्कृति नै अहिलेको आन्दोलनको मुख्य तारो हो । सीमित सामन्त वर्ग, दलाल पूजीपति वर्ग, नोकरशाह पूजीपति वर्गले निरन्तरता दिइरहेको त्यो संस्कृति नेपाल र नेपाली जनताको हितमा छैन । त्यहाँ राष्ट्रिय चिन्तन छैन, स्वाभिमान छैन, समग राष्ट्रबारेको सोंच छैन । त्यहाँ नितान्त व्यक्तिस्वार्थ र आफूवादी (स्ववादी) चिन्तन विद्यमान छ । त्यहाँ बसेर नेताहरू सिङ्गो राष्ट्रको हित चिताउन सक्दैनन् । सिङ्गो समाज र जनताको हित गर्न सक्दैनन् । राष्ट्र र जनताको भविष्यप्रति भन्दा आफ्नो र परिवारको भविष्यप्रति चिन्तित तिनमा राष्ट्रियताको भावना भन्दा दलाली र दासताको लघुतावोधी भावना प्रबल छ । त्यसकारण राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानसँग सरोकार छैन । कुनै पनि दलाल र दास चिन्तन तथा प्रवृत्तिको राष्ट्रियता हुँदैन । त्यसैकारण उनीहरू आफ्नो स्वार्थका लागि राष्ट्रियता बन्धक राख्न तयार हुन्छन् र राष्ट्रको स्वाभिमान आफ्नो स्वार्थका लागि सौदाबाजीमा बेचिदिन्छन् । अरुको शोषण, दोहन गरेर नितान्त आफ्नो पारिवारिक, व्यक्तिगत स्वार्थलम्पटतामा रमाउनु त्यस्ता व्यक्तिहरूको सांस्कृतिक विशेषता हो । जनताका लागि, सामूहिक हित र समाजका लागि भन्ने उनीहरुका कुरा आफ्नो स्वार्थको थैलो भर्ने पाखण्डबाहेक केही हुन सक्दैन । अतः वर्तमान सांस्कृतिक आन्दोलनको तारो सामन्ती, दलाल, दास र नोकरशाही प्रवृत्ति नै हो । यसविरुद्ध सङ्घर्ष गरेर मात्र साँस्कृतिक परिवर्तनको लक्ष्य प्राप्त गर्न सकिन्छ । यसको अर्थ नवउपनिवेशवादी संस्कृति र सामन्तवादी संस्कृति विरुद्ध क्रान्ति भन्ने नै हुन्छ । 

V . साँस्कृतिक परिवर्तनको बाटो: सांस्कृतिक परिवर्तनको अबको बाटो जनसङ्घर्षको उठानद्वारा जनविद्रोह सम्पन्न गरी नयाँ जनवादी संस्कृति स्थापना गर्ने हो । जनविद्रोह अबको सामाजिक क्रान्तिको मूलबाटो हो । स्वाधीन, आत्मनिर्भर र राष्ट्रियताबोधसहितको सामाजिक–आर्थिक व्यवस्थाले मात्र नयाँ सांस्कृतिक परिवर्तन ल्याउन सक्छ । देशमा जुन किसिमको आर्थिक परनिर्भरता, औपनिवेशिक अर्थतन्त्र र सामन्ती व्यक्तिवादी आर्थिक एकाधिकार कायम भएको छ त्यसले न त राष्ट्रिय समृद्धि न स्वाभिमान नै स्थापना गर्न सक्छ बरु निरन्तर विदेशी निर्भरता, विदेशी हस्तक्षेप र विदेशी सांस्कृतिक प्रभुत्वलाई स्थापित गर्छ । जसले मुलुकको वर्तमान समस्या समाधान गर्न सक्दैन । यसले मुलुक समस्यै समस्याको भुमरीका बीच चक्कर काटिरहनेछ । जनजीविकाका समस्या यथावत् रहनेछन् । अव्यवस्था, अराजकता र अस्थिरताले देश सिक्किमीकरणतर्फ ओरालो लाग्नेछ । दलाली, दासता, हीनता र दीनताको मनोविज्ञान बोकेका शक्तिहरूले सामन्तवाद र साम्राज्यवाद–विस्तारवादसामु लम्पसार परेर आत्मसमर्पण गरिरहनेछन् । यसले कसैगरी देशका समस्याहरूको हल गर्ने छैन । आर्थिक समृद्धिका नाममा, लोकतन्त्रका नाममा, खुला प्रतिस्पर्धाका नाममा राष्ट्रिय सार्वभौमिक अस्तित्वको समाप्ति नेपाली जनतालाई कदापि स्वीकार्य हुने छैन । राष्ट्रियता, जनतन्त्र, आर्थिक समृद्धि एउटै सिक्काका त्रिआयामिक अस्तित्व हुन् । तिनलाई अलगअलग गरेर हेर्नु असैद्धान्तिक र अवैज्ञानिक हुन्छ । राष्ट्रियताको समृद्ध वातावरणभित्र मात्र आर्थिक समृद्धि सम्भव छ र स्वाधीन राष्ट्रमा मात्र जनतान्त्रिक हकअधिकार सुरक्षित हुन सक्छन् । तसर्थ जनताले राष्ट्रियता, जनअधिकार र राष्ट्रिय आर्थिक समृद्धिका लागि फेरि एकपटक अन्तिम उच्चतम सङ्घर्ष गर्न आवश्यक छ । यसरी मात्र वास्तविक रुपमा सांस्कृतिक परिवर्तन सम्भव हुन सक्छ ।

                                                                                       00 

====================================================================
====================================================================
कार्यपत्र

सांस्कृतिक आन्दोलनको दिशा र समस्या

निनु चापागाईं
    
    वर्तमान सन्दर्भमा सांस्कृतिक आन्दोलनको दिशा के हो ? भन्ने सवाल निकै गम्भीर र महत्वपूर्ण छ । यस किसिमका विषयमा निरन्तर बहस र छलफलको आवश्यकता रहन्छ । यो महत्वपूर्ण विषयको छलफललाई निरन्तरता दिएकोमा म आयोजक मित्रहरूलाई धन्यवाद दिन चाहन्छु । 

    तर आजको हाम्रो प्रगतिवादी सांस्कृतिक आन्दोलनमा दिशाको सवाल भन्दा बढी अरू सवाल अझ गम्भीर र संवेदनशील बन्न पुगेका छन् । तिनका बारेमा चर्चा नगर्ने र तिनलाई समाधान गर्ने दिशामा अघि नबढ्ने हो भने दिशाका सम्बन्धमा सही दृष्टिकोण हु“दाहु“दै पनि यिनले आन्दोलनलाई राम्ररी अघि बढ्न दिने सम्भावना देखि“दैन । यसकारण मैले यस पत्रमा सांस्कृतिक आन्दोलनको दिशा के हो भन्ने सवालमा मात्र सीमित नरही हामीले सामना गर्दै गरेका समस्याका बारेमा पनि चर्चा गर्ने प्रयास गरेको छु । विषयान्तर जस्तो लागे पनि यी हामीले समाधान नगरी नहुने विषय हुन् । दिशालाई सही तरिकाले लागु गर्नका लागि  यी समस्याको समाधानमा हाम्रो ध्यान अनिवार्य जानुपर्ने हुन्छ । 

     संस्कृति श्रम र सृजनको माध्यमबाट मानवजातिको निर्माण र विकासको प्रक्रिया हो । संस्कृति प्रकृति र प्रकृतिका जीवहरूबाट आफुलाई अलग्याउने मानिसको त्यस्तो सामूहिक क्रियाकलाप हो जसले मानिसलाई प्राकृतिक व्यवस्थामाथि सोद्देश्य नियन्त्रण स्थापित गर्ने क्षमता प्रदान गर्दछ । संस्कृति सामाजिक–आर्थिक संरचनाको प्रतिबिम्ब हो र यसको परिधि एकदमै व्यापक हुन्छ । मानवजातिले भौतिक र मानसिक श्रमबाट सृजना गरेका सबै मूल्यवान् वस्तुहरू यसभित्र पर्दछन् । संस्कृतिको अवधारणाको उत्पत्ति शुद्ध प्रकृतिभन्दा फरक मानव क्रियाकलापको उत्पादनलाई छुट्ट्याउनका लागि भएको हो । प्राकृतिक सङ्घटनाहरूका विपरीत सृजनात्मक मानव क्रियाकलापको समग्र परिणामलाई बुझाउन संस्कृति शब्दको प्रयोग गरिन्छ । प्राकृतिक वस्तुहरू र परिष्कृत वस्तुहरूका बीचको भिन्नता भनेको स्वतःस्फूर्त प्रक्रिया र चेतन, सृजनात्मक र उद्देश्यपूर्ण क्रियाकलापका बीचको भिन्नता हो । सारमा संस्कृतिको अर्थ आफूलाई र चारैतिरको प्रकृतिलाई सपार्नु, मानिसको पर्यावरणलाई मानवीय आवश्यकता अनुकूल बनाउनु हो । यसको अर्थ मनुष्य हुनु र सांस्कृतिक हुनु एउटै हो । 

     संस्कृति मानिसमा हुन सक्ने सबै असल गुणहरूलाई प्रस्फुटन गराउने र मानिसको सर्वतोमुखी विकासमा योगदान पु¥याउने महत्वपूर्ण कारक तत्व  हो । प्रत्येक व्यक्ति सृजनशील व्यक्तिका रूपमा रूपान्तरित हुनु सर्वतोमुखी विकास हुनु हो । ज्ञान विज्ञानमा पारङ्गत, भौतिक तथा आत्मिक सम्पदा सृजन गर्न सक्षम, उच्च नैतिक सिद्धान्त र उत्कृष्ट शारीरिक विकासले सम्पन्न व्यक्तिलाई सामान्यतः सर्वतोमुखी विकास भएको व्यक्ति मानिन्छ । सौन्दर्यबोध, कलात्मक रुचि, उत्कृष्ट कलात्मक कृतिहरूलाई बुझ्ने र तिनको रचना गर्ने सामथ्र्य, समुन्नत जीवन निर्माण गर्ने योग्यता सर्वतोमुखी विकास भएको व्यक्तिको पहिचान हो ।

    मानिसमा अनन्त क्षमता र प्रतिभाको सम्भावना छ  । तर आर्थिक लगायत विभिन्न कारणले गर्दा सम्भावित ती सृजनात्मक क्षमता तथा योग्यताहरूले स्वाभाविक रूपमा प्रस्फुटित हुने अवसर पाउ“दैनन् । वर्गीय समाजमा श्रमजीवी जनताको सृजनात्मक क्षमता एवम् योग्यताहरू कुण्ठित भएका हुन्छन् । कारण सर्वप्रथम उनीहरू आर्थिक सुविधाबाट वञ्चित हुन्छन्, जीविकाका निम्ति हर्दम काममा जोतिनुपर्ने बाध्यता हुन्छ र काममा पराधीन हुनुपर्ने अवस्था हुन्छ । त्यसैले उनीहरूले सृजनात्मक कार्य र विकासका निम्ति आवश्यक अवसर पाउ“दैनन् । शिक्षा र संस्कृतिको अवसर हु“दैन । यस किसिमका विभिन्न बाध्यताले गर्दा स्वाभाविक रूपमा उनीहरू आफ्नो  चौतर्फी विकास गर्ने मौकाबाट वञ्चित हुन्छन् । उनीहरू लगायत सम्पूर्ण मानवलाई पूर्ण र मुक्त बनाउनु संस्कृतिको काम हो । संसारका प्रत्येक व्यक्तिको सृजनात्मक क्षमताहरूको सर्वतोमुखी, सामञ्जस्यतापूर्ण र मुक्त विकास नै सांस्कृतिक तथा राजनीतिक आन्दोलनको अन्तिम लक्ष्य हो । मानवजातिको उच्च सांस्कृतिक, नैतिक र सौन्दर्यपरक मूल्यहरूलाई पूर्ण र मूर्त रूप दिनका लागि वास्तवमै आर्थिक, सामाजिक–राजनीतिक र आत्मिक स्वतन्त्रताको परिस्थिति अपरिहार्य हुन्छ । आजको विश्वपरिस्थितिमा मानवजातिको उच्च नैतिक र सौन्दर्यपरक मूल्यहरूलाई पूर्णतः मूर्त रूप दिनका लागि आवश्यक पर्ने अवस्थाहरूको निर्माण गर्न सक्षम, अर्थव्यवस्था एवम् राजनीतिक क्षेत्रमा मात्र होइन संस्कृतिको क्षेत्रमा पनि यस खालको प्रगतिलाई सुनिश्चित गर्न सक्ने र विश्वलाई पूर्णतया क्रान्तिकारी परिवर्तनले सुसम्पन्न बनाउन सक्ने सामाजिक शक्ति सर्वहारा वर्ग मात्र हो । त्यसैले सर्वहारावर्गको विश्वदृष्टिकोण र विश्वलाई साम्यवादी समाजमा ढाल्ने त्यसको महान् ऐतिहासिक ध्येय–उद्देश्यलाई आत्मसात् गर्न सकेको खण्डमा मात्र हामी यस दिशामा अघि बढ्न सक्तछौं । सामाजिक उत्पीडनबाट सम्पूर्ण श्रमजीवी जनताको मुक्ति र साम्यवादको निर्माण विश्वका प्रत्येक व्यक्तिको सर्वतोमुखी र सामञ्जस्यतापूर्ण विकास र व्यक्तिको वास्तविक मुक्तिको आवश्यक पूर्वाधार हो ।

    वास्तवमा समाजबाद र साम्यवाद नै त्यस्तो सामाजिक व्यवस्था हो जसले आप्mनो उद्देश्य नै मानव व्यक्तित्वको सर्वतोमुखी विकास, समुन्नति र समृद्धिलाई बनाएको हुन्छ । साम्यवादी समाजमा समाज र व्यक्तिको सम्बन्धलाई निम्नानुसार सैद्धान्तिक रूपले समाधान गर्ने प्रयास गरिन्छ : पहिलो कुरो, प्रत्येक व्यक्तिले समुदायमा अरूसित मिलेर मात्र आप्mना क्षमताहरूको चौतर्फी रूपमा विकास गर्न सक्तछ । दोस्रो कुरो, समाजवादी समाजमा वर्गहरू र वर्ग विचारधाराबाट सञ्चालित पुरानो समाजको ठाउमा एउटा त्यस्तो सङ्घको स्थापना हुनेछ, जहा प्रत्येक व्यक्तिको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको लागि सर्त हुन जानेछ । ‘हरेकबाट उसको सामथ्र्य अनुसार र हरेकलाई उसको आवश्यकता अनुसार’ भन्ने सिद्धान्तले साम्यवादी समाजमा सबभन्दा पहिले समाजका सबै सदस्यहरूको विकास भएको हुनै पर्दछ र तिनको क्षमताबाट काम लिइनुपर्छ भन्ने विचारलाई अभिव्यक्त गरेको छ । यसले मानिसको उन्नतिका लागि अत्यन्त शक्तिशाली सामाजिक प्रोत्साहन दिन्छ । साम्यवादी समाजले आप्mना सबै सदस्यहरूको पूर्ण र सामञ्जस्यतापूर्ण विकासलाई सम्भव बनाउने मात्र होइन त्यसलाई सा“च्चै नै आवश्यक तŒव समेत बनाउ“छ । साम्यवादको भौतिक र प्राविधिक आधारले यसका लागि सबै आवश्यक स्थितिहरू तयार पार्ने काम गर्दछ । यी स्थितिहरूको निर्माणको कारणले गर्दा काम गर्ने समयमा कमी आउनेछ, प्रत्येक व्यक्तिले फुर्सदको समय बढी प्राप्त गर्नेछ, काम पनि सुविधाजनक बन्नेछ, दक्षताहीन कामको आवश्यकता नै रहने छैन, उपयोगका सामानहरू समाजमा प्रचुर हुनेछन् । यस्तो परिस्थिति निर्माण भएपछि हरेक व्यक्तित्वको विकास सामाजिक समृद्धिको मापक हुन पुग्नेछ । त्यतिखेर श्रमविभाजनका सामु व्यक्तिको दासत्वको स्थिति रहने छैन, शारीरिक र मानसिक श्रमका बीचको भेदका साथै गाउ“ र सहरका बीचको विभेद पनि बा“की रहने छैन । श्रम जीवनको साधन मात्र होइन प्राथमिक खा“चोमा परिणत हुनेछ । यसरी व्यक्तिको सर्वतोमुखी विकास सम्भव हुनेछ । 

    पुजीवादमा श्रमविभाजनका सम्पूर्ण रूपहरू विकासको उच्च स्तरमा पुगेका हुन्छन् तापनि ती विकारग्रस्त समेत हुन्छन् । कारखानाभित्र र उत्पादनका शाखाहरूबीच विशेष प्राविधिक विभाजन हुन्छ । पु“जीवादमा सहर र गाउ“का बीचमा मात्र होइन शारीरिक र मानसिक श्रममा समेत विभाजन हुन्छ । श्रमको यस्तो विभाजनले व्यक्तिलाई गतिविधि वा क्रियाकलापको खास क्षेत्रमा, एउटा विशिष्ट पेसामा सीमित पारिदिन्छ । फलस्वरूप व्यक्तित्वको विकास एकाङ्गी रूपमा मात्र हुन्छ । उदाहरणका निम्ति मजदुर एक आंशिक ‘श्रमिक’ भएर बा“च्न बाध्य हुन्छ, उसका सम्भावित सबै किसिमका क्षमताहरू र शक्तिहरूले विकास हुने अवसर पाउ“दैनन् । यस अतिरिक्त पु“जीवादले मानिसलाई वस्तुहरूको दास बनाउ“छ । पु“जीवादको विशेषता नै के हो भने यसले मानिसमा एक किसिमको निम्न स्तरको उपभोक्ता प्रवृत्ति जन्माउने काम गर्दछ । यसको परिणामस्वरूप वस्तु आर्जन गर्नु मानिसको मुख्य उद्देश्य बन्ने गर्दछ । व्यक्तिको मूल्याड्ढन समेत उससित कति वस्तुहरू छन् भन्ने कुराका आधारमा गर्ने गरिन्छ । कामबाट अवकाश भएको समयमा मानिसको चिन्तन गर्ने बानीबेहोरालाई भुत्ते बनाउन निम्नस्तरको आम संस्कृति फैलाएर मानिसलाई मन्दबुद्धि बनाउने प्रयास समेत गर्ने गरिन्छ । यस किसिमका क्रियाकलापबाट मानिसको बौद्धिकता र आत्मलाई नष्ट पार्ने प्रयत्न गरिन्छ । यसलाई समाजशास्त्री सी.राइट मिल्सले मानिसलाई ‘हा“सखेल गर्ने रोबोट’ मा रूपान्तरित गर्नु हो भनेका छन् । अनि यसबाट नै डरलाग्दो रोग अलगाउ वा विसम्बन्धन उत्पन्न हुन्छ ।  श्रमका उत्पादनहरू, सामाजिक एवम् राजकीय सम्बन्धहरू, नैतिकतासम्बन्धी नियमहरू, वैज्ञानिक सिद्धान्तहरू, सामाजिक चेतनाका रूपहरू आदि मानिसका क्रियाकलाप र परिणामहरूका साथै मानवीय गुणहरू र योग्यताहरू मनुष्यबाट स्वाधीन, परकीय र मानिसमाथि नै शासन गर्ने विरोधी वस्तुमा फेरिनुलाई सामान्यतया विसम्बन्धन भनिन्छ । मानिसबाट नियन्त्रित हुने, हुनुपर्ने कुराहरू मानिसलाई नै शासित गर्ने वस्तुमा रूपान्तरण हुने प्रक्रियाले ‘विकृत संसार’को निर्माण गर्दछ । आर्थिक क्षेत्रमा विसम्बन्धनको यो रूप निजी स्वामित्वको प्रभुत्वमा (श्रमका उत्पादनहरू उत्पादकका रहदैनन्) श्रम बलपूर्वक गरिने क्रियाकलापमा फेरिन्छ.. । परिणामस्वरूप यसले व्यक्तिको सृजनात्मक विकासमा बाधा हाल्दछ ।

    यसका विपरीत समाजवादी व्यवस्थाले व्यक्तिगत स्वामित्व र शोषणको अन्त्य गरेर श्रमलाई भोकको अनुशासनबाट मुक्त पार्दछ । त्यसलाई स्वतन्त्र र रचनात्मक रूप दिन्छ । साम्यवादले त्यसलाई अझ विस्तारित गर्दछ र प्रत्येक व्यक्तिको पूर्ण एवम् मुक्त विकासलाई आप्mनो आधारभूत सिद्धान्त बनाउने काम गर्दछ । साम्यवादी समाजमा व्यक्तिको बहुमुखी वा सर्वतोमुखी विकासको आधार भनेकै साम्यवादी श्रमको विकास हो । कारण सबभन्दा पहिले, साम्यवादी श्रम उन्नत वैज्ञानिक तथा प्राविधिक जगमा उभिएको हुन्छ । यसले सबै व्यक्तिबाट कामप्रति रचनात्मक दृष्टिकोण, बहुमुखी ज्ञान, उच्च सांस्कृतिक–प्राविधिक स्तरको माग गर्दछ । त्यतिखेर विज्ञान र प्रविधिको विकास असीमित हुन्छ र मानिसका बौद्धिक गुणहरूको विकास र मानिसको विशेषीकृत पेसागत सामान्य शैक्षिक प्रशिक्षणको सम्भावना पनि असीमित हुन पुग्छ । दोस्रो कुरो, साम्यवादी समाजमा कुनै एउटा पेसामा मात्र लगातार संलग्न रहनुपर्ने बाध्यता वा आवश्यकता हु“दैन । यसकारण व्यक्तिका सामु आप्mना क्रियाकलापमा हेरफेर गर्ने, रुचिअनुसार काम चयन गर्ने प्रबल सम्भवना र अवसरहरू प्राप्त हुन्छन् । व्यक्तिले आप्mनो विशेषीकृत पेसागत र सामान्य शैक्षिक ज्ञान बढाउने ठूलो प्रेरणा प्राप्त गर्दछ । तेस्रो कुरो, साम्यवादी श्रमको उच्चस्तरीय सङ्गठन, श्रमिक सम्बन्धहरूको सामूहिक चरित्र, व्यक्ति र समाजका हितहरूमा अटुट एकताले व्यक्तित्वको उच्चतम नैतिक गुणहरूको निर्माण, सामाजिक दायित्वबोध, सामाजिक सम्पत्तिको बृद्धि, श्रमप्रेम र इमानदारितालाई प्रश्रय दिने काम गर्दछ । चौथो कुरो, श्रमको प्रक्रिया, अवस्था र परिणामहरूको सौन्दर्यानुभूतिले मानिसमा सौन्दर्यबोध, सौन्दर्यभावना र सौन्दर्यका क्रियाकलाप उत्पन्न गर्न सहयोग पु¥याउ“छ । साम्यवादी समाजको उच्चस्तरीय उत्पादक श्रमले यसका सम्पूर्ण सदस्यहरूलाई बढीभन्दा बढी फुर्सदको समय उपलब्ध गराउ“छ । आफ्ना  सम्पूर्ण शारीरिक एवम् बौद्धिक योग्यताहरूको विकासका लागि यो नभई नहुने आवश्यकता हो । फुर्सदको समयले वैज्ञानिक, कलात्मक, प्राविधिक सृजनामा संलग्न हुने, शारीरिक व्यायाम र खेलकुदमा सहभागी हुने, सक्रिय आराम–विश्राम गर्ने आदि आदि अवसरहरू प्रदान गर्दछ । उत्पादनको कार्यमा मात्र होइन, अन्य क्षेत्रमा पनि परिवर्तन गर्ने राम्रो अवसर फुर्सदको समयले प्रदान गर्दछ र यसरी सृजनात्मक विकासका लागि बाटो फराकिलो बनाउछ । 

   पूर्ण र मुक्त व्यक्तिको निर्माण वास्तवमा त्यतिखेर मात्र सम्भव हुन्छ जतिखेर वर्गभन्दा माथिको वर्गहीन, राष्ट्र–राज्यविहीन र निजी सम्पत्तिको मानसिकताबाट सर्वथा मुक्त संस्कृतिको निर्माण हुनेछ । यो धेरै परको कुरो हो र यसका लागि धेरै ठूल्ठूला खुड्किलाहरू पार गर्नुपर्ने हुन्छ । नेपाली समाजको वर्तमान सामाजिक–आर्थिक परिस्थितिलाई उपेक्षा गरेर एकैचोटि हामी यस किसिमको संस्कृति निर्माण गर्न सक्तैनौं । समाजवाद हु“दै साम्यवादको दिशामा अघि बढ्नका लागि हामीले अहिलेको नेपाली समाजको पु“जिवाद उन्मुख तथा नव औपनिवेशिक सामाजिक–आर्थिक अवस्थालाई बदल्नैपर्छ र यहा समाजवादका लागि आवश्यक पर्ने परिस्थिति निर्माण गर्न औद्योगिक पु“जीको विकास गर्नैपर्ने हुन्छ । 

    वर्तमान प्रतिक्रियावादी जनविरोधी संस्कृतिको स्थानमा प्रगतिवादी, जनपक्षीय संस्कृतिको स्थापना गर्ने सांस्कृतिक आन्दोलनको लक्ष्य पूरा गर्नका निम्ति सही बाटोको आवश्यकता पर्दछ । सही बाटाको निर्धारणको अर्थ सही दिशाको निर्धारण गर्नु हो । सही दिशाको निर्धारणले जनविरोधी, प्रतिक्रियावादी संस्कृतिको प्रकृति के कस्तो छ निक्र्योल गर्नुका साथै के कस्ता सांस्कृतिक मूल्य–मान्यतालाई हटाउने, कुन कुन सांस्कृतिक मूल्यहरूको स्थापना गर्ने र सांस्कृतिक आक्रमणको मुख्य धार कहा“ केन्द्रित गर्ने भन्ने सम्बन्धमा स्पष्ट समझदारी दिने काम गर्दछ । कुनै पनि आन्दोलनको दिशाको निर्धारण व्यक्तिका मनोगत इच्छा, आकाङ्क्षाका आधारमा होइन समाजको वस्तुगत यथार्थ अर्थात् आर्थिक–सामाजिक व्यवस्थाका आधारमा मात्र गर्न सकिन्छ । 

    नेपालको अहिलेको सामाजिक संरचनाको स्वरूपका बारेमा नेपालका आमूल परिवर्तनकारी शक्तिहरूका बीचमा चर्काे विवाद पाइन्छ  । नेपालका एकाध वामपन्थी पार्टी लगायत केही बुद्धिजीवीहरूले वर्तमानमा श्रम र पु“जीका बीचको अन्तर्विरोध प्रमुख अन्तर्विरोध हुन पुगेको कारण नेपालमा अब समाजवादी क्रान्ति हुनुपर्छ भन्ने दृष्टिकोण राख्तै आएका छन् । उनीहरूका दृष्टिमा समाजवादी संस्कृतिको अर्थात् सर्वहारा संस्कृतिको दिशा नै नेपालको सांस्कृतिक आन्दोलनको तात्कालिक दिशा हो । यस दृष्टिकोणका विपरीत नेपालका अन्य अधिकांश परिवर्तनकारी शक्तिहरूले भने सामन्तवाद र साम्राज्यवादस“ग नेपाली जनताको आधारभूत अन्तर्विरोध एवम् नेपालको घरेलु प्रतिक्रियावादस“ग ( सामन्तवर्ग, दलाल पू“जीपतिवर्ग र नोकरशाही पू“जीपतिवर्गस“ग ) नेपाली जनताको अन्तर्विरोध प्रमुख रहेको दृष्टिकोणलाई मान्यता दि“दै आएका थिए । हालका वर्षहरूमा नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न अरू गम्भीर भएको र राजतन्त्रको अन्तपछिको अहिलेको अवस्थामा घरेलु प्रतिक्रियावादसित भारतीय एकाधिकारवादसित रहेको अन्तर्विरोध समेत घुलमिल भएको निष्कर्ष क्रान्तिकारी शक्तिहरूले निकालेका छन् । उनीहरूका दृष्टिमा आर्थिक, राजनैतिक र सांस्कृतिक विकासका दृष्टिले नेपाल सामन्तवाद र साम्राज्यवाद विरोधी पू“जीवादी जनवादी क्रान्तिको चरणमै भए तापनि अब यो समाजवादतिर लम्कनुपर्ने अवस्थामा पुगेको छ । यसका लागि नया“ जनवादी क्रान्तिका बा“की कार्यभारलाई पुरा गर्दै समाजवादतिर उन्मुख हुनु आवश्यक हुन्छ । नया“ जनवादी क्रान्तिलाई पूर्णता दि“दै समाजवादतिर पाइला चाल्नु पर्दछ । त्यसैले नेपालको वर्तमान सांस्कृतिक आन्दोलनको दिशा समाजवादी संस्कृतितिर उन्मुख राष्ट्रिय जनवादी संस्कृतिको दिशा हो । यसले संस्कृतिका क्षेत्रमा नया“ जनवादी संस्कृतिको निर्माणलाई पूर्णता दिने काम गर्दछ र समाजवादी संस्कृतिको मार्गनिर्देशमा पु“जिवाद जनवादी संस्कृतिको निर्माण गर्दछ । तथापि राजनीतिक आन्दोलनमा देखा परेका ज्वलन्त बु“दाहरू सरह संस्कृतिको क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू प्राप्त हुन सकेका छैनन् । त्यस कारण संस्कृतिको क्षेत्रमा नया“ जनवादी संस्कृतिको निर्माणको दिशाले केही अवधिसम्म विशेष स्थान प्राप्त गर्ने कुरा अपरिहार्य जस्तै छ । तर राजनीतिक वृत्तमा भने अहिले प्राप्त गरेका उपलब्धिहरूलाई जन संविधानबाट संस्थागत गर्न सकिने सम्भावना पुरा हुन सकेमा नया“ जनवादी क्रान्ति बारे गरिने परम्परागत सोचलाई नवीन सन्दर्भसहित व्याख्या–विश्लेषण गर्नुपर्ने स्थितिमा हामी आइपुगेका छौं । यस स्थितिले सांस्कृतिक पक्षलाई पनि अपरिहार्यतः प्रभाव पार्ने नै छ ।  

     २०६२ र २०६३ को जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तन सांस्कृतिक आन्दोलनको दिशाका सम्बन्धमा चर्चा गर्नुपर्ने कारक तत्व  रहेको छ । दश वर्षको महान् जन–युद्धको पृष्ठभूमि र जगमा भएको ऐतिहासिक जन–आन्दोलनको परिणामस्वरूप गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेसी समानुपातिक प्रतिनिधित्व जस्ता राजनैतिक परिवर्तनहरू हासिल भएको सन्दर्भमा सांस्कृतिक आन्दोलनको अबको सही दिशा के हुन सक्छ भन्ने छलफल हामी गरिरहेका छौं । निश्चय नै, यी राजनैतिक परिवर्तनहरू ‘दूरगामी महŒवका ऐतिहासिक उपलब्धि’ हुन् र हामीले यिनको ‘उच्च मुल्याङ्कन र सम्मान’ गर्नै पर्दछ । यी परिवर्तनले पुरानो राज्यसत्तामा आंशिक सुधारको मात्र होइन आंशिक ध्वंस सहितको नया“ राज्यसंरचनाको विकासको प्रतिनिधित्व गरेका छन् । सामन्तवादको राजनैतिक प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य वस्तुतः सामन्तवाद विरोधी नेपाली जनसङ्घर्षको गुणँत्मक उपलब्धि वा विजय हो । यसरी नै आत्मनिर्णयको अधिकारको सैद्धान्तिक मान्यता र स्वायत्त प्रदेश सहितको सङ्घीयताको घोषणा पनि उत्पीडित आदिबासी जनजाति, मधेसी र उत्पीडित क्षेत्रका जनताको राष्ट्रिय मुक्तिको सङ्घर्षमा अर्को गुणात्मक विजयको अभिव्यक्ति हो । धर्म निरपेक्षताको स्थापना लगायत महिला, दलित र मुस्लिमका लागि विशेषाधिकार र मजदूर–किसानको प्रतिनिधित्वको स्वीकृतिले पनि गुणात्मक परिवर्तनलाई नै इङ्गित गर्दछन् । यी उपलब्धिहरूले नेपाली जनवादी क्रान्तिका आधारभूत कार्यभारहरूको आंशिक तर महत्वपूर्ण दायित्वलाई पूरा गरेका छन् भन्न सकिन्छ । नेपाली समाज आज यी उपलब्धिहरूलाई संस्थागत गर्न चाहने र गर्न नदिने शक्तिहरूका बीचको चर्काे वर्गसङ्घर्षको चपेटामा छ । एकातिर देशका प्रतिगामी, प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरूले जनताका यी ऐतिहासिक उपलब्धिहरूलाई नया“ संविधानमा संस्थागत हुन नदिन निरन्तर, ठूलो चालबाजी र षड्यन्त्र गरिरहेका छन् भने अर्कातिर देशका सम्पूर्ण रूपान्तरणकारी शक्तिहरू, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जन–समुदाय तिनलाई रक्षा एवम् संस्थातग गर्न पहल र मोर्चाबन्दी गरिरहेका छन् । यस सङ्घर्षले उक्त उपलब्धिहरूको औचित्य, महत्व  र चरित्रलाई स्पष्ट पार्दछन् । अतः यतिबेला यी ऐतिहासिक उपलब्धिहरूलाई रक्षा र संस्थागत गर्दै यिनको जगमा टेकेर जनवादी क्रान्तिका बा“की कार्यभार पूरा गर्न अगाडि बढ्नु आवश्यक छ । जनवादी क्रान्तिका बाकी कार्यभार पूरा गर्ने नया“ रणनीति स्वतः समाजवादी क्रान्तिको तयारी गर्ने नया“ रणनीतिसग जोडिन पुग्दछ ।

    हामीले ख्याल गर्नुपर्ने विषय के हो भने राजनीतिक क्षेत्रमा राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना भैसकेपछि पनि  नेपालको आर्थिक–सामाजिक अवस्थामा आधारभूत परिवर्तन भइसकेको छैन । सामन्ती आर्थिक, सामाजिक सम्बन्धहरू अहिले पनि बा“की रहेकै छन् । नेपालमा अहिले पनि संस्कृतिको क्षेत्रमा सामन्तवादी संस्कृति नै केन्द्रमा र प्रभुत्वमा रहेको छ । सामन्तवादले शताब्दीयौंदेखि जनताको आर्थिक एवम् सांस्कृतिक शोषणका निम्ति धर्मलाई उपयोग गर्दै आएको छ । अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको घोषणा त गरेको छ तर राष्ट्रका शीर्षस्थ राजनेतादेखि लिएर राज्यसित सम्बद्ध प्रमुख व्यक्तिहरूले आफुलाई धर्मनिरपेक्ष मान्यताअनुरूप ढालेको कही“ कतै देखि“दैन । धर्मले यहा“का अधिकांश आम जनताका क्रियाकलापलाई गाजेकै छ । आफूलाई द्वन्दात्मक भौतिकवादी भनेर दाबी गर्दै हि“ड्नेहरू समेत यसबाट मुक्त देखि“दैनन् । धर्मसगै गा“सिएको सामन्ती अवधारणा पुनर्जन्म एवम् कर्मवादबाट नेपाली जनमानस अहिले पनि पूर्णतया प्रभावित छ । धर्मको उप उत्पाद वणर्व्यवस्था वा जातिप्रथा नेपालको संस्कृतिको अझै पनि मेरुदण्डका रूपमा विद्यमान छ । नारीलाई दोस्रो दर्जाको नागरिक ठान्ने पितृसत्तात्मक हैकममा पनि परिवर्तन आइसकेको छैन । खास खास काम गर्ने समाजका लागि नभई नहुने शिल्पीहरूलाई दलित र अछुत भनेर छिःछिः र दूरदूर गर्ने घृणित चलन अहिले पनि व्यवहारमा हाबी नै छ ।

        नेपाललाई पु“जिवाद उन्मुख र नव औपनिवेशिक देश मान्नुको अर्थ संस्कृतिको क्षेत्रमा सामन्तवादी संस्कृति र साम्राज्यवादी संस्कृतिको गठजोड छ भनेर स्वीकार गर्नु हो । सामन्तवादी संस्कृतिका साथै साम्राज्यवादी संस्कृतिका विरुद्ध सर्वहारा वर्गको नेतृत्वमा आम श्रमजीवी नेपालीको आप्mनै राष्ट्रिय र लोकतान्त्रिक स्वरूपको संस्कृतिको निर्माण गर्नुपर्छ भन्ने मान्यता राख्नु पनि हो । नेपालको प्रभुत्वशाली संस्कृतिमा सामन्तवादी र साम्राज्यवादी–पु“जीवादी मूल्य–मान्यता र संस्कृति एकै साथ क्रियाशील रहेका छन् र तिनका बीचमा दरिलो साठगाठ छ । वर्तमान अवस्थामा पु““जीवादी र साम्राज्यवादी संस्कृतिका बीचमा विभाजक–रेखा खोज्ने र मूल्यका स्तरमा तिनका बीच परस्पर विरोध छ भनेर व्याख्या, विश्लेषण गर्ने स्थिति छैन । सामन्तवादी मूल्यहरू, पु“जीवादी मूल्यहरू एवम् सामन्तवादी मूल्यहरू र साम्राज्यवादी मूल्यहरूमा वर्तमान अवस्थामा खास विरोध र भिन्नता पाइ“दैन । किनभने यी आज न एकअर्काका विरुद्ध सङ्घर्षरत छन् न त तिनमा आपसमा मतविरोध नै छ । पुजीवादी क्रान्तिको युगमा आफूलाई सुदृढ बनाउन समर्थ हुनासाथ जुधारु भौतिकवादको झन्डा उठाउने, ईश्वरको सत्तालाई पूर्णतया अस्वीकार गर्ने र राजतन्त्रसित भीषण सङ्घर्ष गरेर त्यसलाई पराजित गर्ने पु“जीपति वर्गले विश्व इतिहासको एउटा खास अवधिमा सामन्ती प्रतिगामी मूल्यहरूस“ग सम्झौता गरेर तिनलाई अवलम्बन गरेको, साम्राज्यवादको युगमा तिनलाई पूर्णतः स्वीकार गरेको र आवश्यक पर्दा जेजस्ता मूल्य–मान्यताहरू पनि बाहिरबाट आयात गरेको हामीले देखिसकेका छौं । निश्चय नै, पु“जीवादी संस्कृति ऐतिहासिक सन्दर्भमा विकासमान पु“जीपति वर्गको देन थियो, ऐतिहासिक चरणमा प्रगतिशील समेत थियो । हाम्रा लागि त्यो कतिपय सन्दर्भमा उपयोगी समेत छ । तर आज पु““जीवादी, साम्राज्यवादी तथा सामन्ती संस्कृतिका बीचमा कही“ कतै मूल्यको स्तरमा सङ्घर्ष र विरोध देखिंदैन । आज नेपालमा विश्व–पूजीवाद वा साम्रज्यवादले सामन्ती मूल्य–मान्यता र संस्कृतिसित गठजोड गरेर आम नेपाली जनता र प्रगतिशील तत्व का विरुद्ध अमानवीयता एवम् पशुतामा आधारित अपसंस्कृतिको धुवादार प्रचारप्रसार आप्mना दलालहरूको माध्यमबाट गरिरहेको छ । नेपालमा  साम्रज्यवादी शक्तिले सामन्ती मूल्य–मान्यता र संस्कृतिका विरोधमा क्रियाशील हुनुपर्ने अवस्था र आवश्यकता किन छैन भने नेपालको घरेलु प्रतिक्रियावादी शक्तिसित त्यसको स्वार्थ एक आपसमा अन्तर्घुलित हुन पुगेको छ । मूल्यका स्तरमा अन्तर्विरोध नभएकै कारणले यहा“का शासकहरू धमाधम साम्राज्यवादी संस्कृतिको अन्धानुकरण गरिरहेका छन् । सञ्चारमाध्यमबाट तीव्र रूपले प्रचारप्रसार गर्नुका साथै त्यस्तो संस्कृतिलाई प्रश्रय दिने पत्रपत्रिकाको आयात गर्न खुला छुट दिइरहेछन् । त्यस किसिमको संस्कृति फैलाउने स्याटालाइट र च्यानलहरू स्थापना गर्न उत्प्रेरित गरिरहेछन् । तथापि नेपालमा अझै सामन्ती संस्कृति यसको केन्द्रमा रहेको छ । नेपालमा साम्राज्यवादी संस्कृतिको प्रवेश मूलतः सामन्ती दृष्टिकोण र संस्कृति भएका शासकवर्गकै आडभरोसामा हु“दै आएको तथ्यलाई हामीले बिर्सन मिल्दैन । त्यसैले सामन्तवादी संस्कृतिमाथि प्रहार केन्द्रित गर्दै साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष विकसित गर्नु नै पु“जिवादी जनवादी संस्कृतिको अहिलेको कार्यभार हो । यसकारण जनवादी संस्कृतिको प्रहारको निसाना मूलतः सामन्ती संस्कृति र त्यसको सहायक अ¨ साम्राज्यवादी संस्कृतिलाई बनाइनु पर्दछ । 

    आधार र अधिरचनाका बीचको सम्बन्ध, पारस्परिक प्रभाव र अधिरचनाको स्वायत्त भूमिका बारेमा रहेको अस्पष्टताले पनि राजनीतिक परिवर्तन हुनासाथ दिशामा परिवर्तन भैहाल्छ कि भन्ने खालको भ्रम सृजना हुन सक्तछ । अर्थतन्त्र समाजव्यवस्थाको आधार हो भने यस अनुरूप बनेको माथिल्लो बनोट अधिरचना हो । प्रत्येक सामाजिक–आर्थिक संरचनाको निश्चित संस्कृति हुन्छ भन्नुको अर्थ जुन किसिमको सामाजिक व्यवस्था हुन्छ संस्कृति पनि तदनुरूपको हुन्छ भनेर स्वीकार गर्नु हो । किनभने त्यस सामाजिक संरचनालाई सञ्चालन गर्ने आधार मूलतः अर्थतन्त्र नै हुन्छ ।  कुनै पनि सामाजिक–आर्थिक संरचनाको आधारमा उत्पादनपद्धति निहित हुन्छ र भौतिक उत्पादनको सिलसिलामा मानिसहरूका बीचमा रहेको सम्बन्ध अर्थात् उत्पादनसम्बन्ध यो सामाजिक–आर्थिक संरचनाको सारतŒव हुन्छ । सामाजिक–आर्थिक संरचनामा उत्पादन सम्बन्धहरूद्वारा निर्धारित अधिरचना पनि समावेश भएको हुन्छ । वैचारिक सम्बन्धहरू र दृष्टिकोणहरूको समष्टिलाई नै हामी अधिरचना भन्ने गर्दछौं । अधिरचनाभित्र राजनीति, कानून, नीति–नैतिकता, दर्शन, कला–साहित्य र तत्सम्बन्धी सङ्गठन र प्रतिष्ठानहरू पर्दछन् । यसका साथै अधिरचनाभित्र परिवारको किसिम, रहन–सहन आदि पनि समावेश हुन्छन् । आदिम साम्यवादी समाज, दास समाज, सामन्ती समाज, प“ूजीवादी समाज र समाजवादी समाज जस्ता सामाजिक–आर्थिक संरचनाहरू ऐतिहासिक रूपमा र क्रममा विभिन्न चरणहरूमा विकसित ह“ुदै आएका हुन् । यी समाजहरूको आप्mनै खालको निश्चित संस्कृति छ र यसो हुनमा समाजमा विद्यमान सामाजिक उत्पादन सम्बन्धले प्रमुख भूमिका निर्वाह गरेको छ  । जसरी यी समाजमा उत्पादन सम्बन्धले विकास गर्दै उन्नत हुने प्रक्रियालाई अघि बढाएको छ त्यसरी नै संस्कृति पनि निरन्तर विकसित हु“दै आएको छ । यही तथ्यलाई हृदय¨म गर्दै संस्कृतिको परिभाषा गर्दा संस्कृति मानिसका सृजनात्मक शक्तिहरू र योग्यताहरूको त्यो स्तर हो, जुन स्तर समाज विकासको ऐतिहासिकताबाट अर्थात् इतिहासबाट निर्धारित हुन्छ र यो स्तर मानिसहरूले निर्माण गरेका भौतिक र आत्मिक गुणात्मक उपलब्धिहरू वा मूल्यहरूमा व्यक्त हुन्छ भन्ने गरिएको हो । 

    तर विचारणीय विषय के हो भने संस्कृति आर्थिक, सामाजिक व्यवस्थाको हुबहु प्रतिच्छाया होइन । त्यसैले आधार अर्थात् अर्थतन्त्र र अधिरचना– अर्थात् अर्थतन्त्रको जगमा टिकेको भवन वा संस्कृतिका विभिन्न पक्ष–का बीचको सम्बन्धको लेखाजोखा गर्दा यान्त्रिक सोचबाट सर्वथा मुक्त हुन आवश्यक हुन्छ । सबै किसिमका अधिरचनाहरू मूलतः आधारबाट निःसृत भए तापनि तिनको आप्mनै स्वायत्तता हुन्छ, छुट्टै अस्मिता हुन्छ । आधार र अधिरचनाका बीचमा द्वन्दात्मक सम्बन्ध हुने गर्दछ । आर्थिक सम्बन्धमा हुने परिवर्तनहरूमाथि अधिरचनाको विकास निर्भर हु“दाह“ुदै पनि अधिरचनाले आर्थिक विकासलाई समेत प्रभावित गर्दछन्, विकासको गतिलाई छिटो पार्ने वा ढिलो बनाउने काम गर्दछन् । कहिलेकाही“ समाज विकासको खास खास अवधिमा अधिरचनात्मक अन्तत्र्रिmयाले केन्द्रीय भूमिका समेत खेल्दछ, तापनि अन्ततः आधारकै निर्णायक भूमिका रहने गर्दछ । कारण के भने वर्गहरूले आर्थिक सम्बन्धहरूलाई आप्mना स्वार्थहरू अनुसार ढाल्नका लागि र ती सम्बन्धहरूलाई यथावत् कायम गर्नकै निम्ति सङ्घर्ष गर्ने गर्दछन् । आधार र संस्कृतिका बीचको द्वन्दात्मक सम्बन्धमा आधारको प्रमुख भूमिकाको अर्थ अधिरचना सम्पूर्ण रूपले आधारबाट मात्र निगमित हुन्छ भन्ने होइन । आर्थिक सम्बन्धमा परिवर्तन हुने बित्तिकै त्यस अनुरूप नया“ संस्कृतिको जन्म एकाएक र रातारात हु“दैन । संस्कृतिको परिवर्तन भौतिक वस्तुमा गरिने परिवर्तन जस्तै मात्र हु“दैन । नया“ संस्कृतिको विकास–प्रक्रिया आधारमा परिवर्तन हुनु भन्दा पहिलेदेखि भैरहेको हुन्छ र यो प्रक्रिया लामो अवधिसम्म चलिरहन्छ । पुरानो संस्कृति पनि रातारात नष्ट हुने होइन, त्यसको आधार पहिलेदेखि कमजोर बन्दै गएको हुन्छ र आधारमा गुणात्मक परिवर्तन भैसकेपछि पनि लामो अवधिसम्म त्यसको ह्रासको प्रक्रिया चलिरहन्छ । इतिहासका कतिपय अवस्थामा त क्रान्तिपछि स्थापित शासक वर्गहरूले उदीयमान वर्गका विरुद्ध पराजित वर्गका प्रतिगामी मूल्य–मान्यतास“ग सम्झौता गरेको, तिनका धेरै वा थोरै मूल्य–मान्यतालाई यथावत् रहन दिएको वा तिनलाई परिष्कार गरी अवलम्बन गरेको समेत देखिएको छ । यो नै संस्कृतिको सापेक्ष स्वायत्त भूमिका हो । संस्कृतिको सापेक्ष स्वाधीनताको सिद्धान्तअनुसार संस्कृति अर्थतन्त्रबाट केही अधि र केही पछि पनि पर्न सक्तछ । तर यो अन्तिममा चाहि“ अर्थतन्त्रबाट नै निर्धारित हुन्छ । यसको उल्टो आर्थिक भौतिकवादी सोचले संस्कृतिको यस किसिमको सापेक्ष स्वाधीनताको विरोध गर्दछ र संस्कृतिलाई अर्थतन्त्रको हुबहु प्रतिच्छाया मात्र ठान्दछ । संस्कृतिसम्बन्धी यो गलत चिन्तन हो । संस्कृतिको स्वायत्त भूमिकाकै कारणले अर्थतन्त्र एउटा हु“दाहु“दै पनि त्यस समाजमा भिन्न किसिमको संस्कृतिको निर्माण समेत हुने हो । नेपालमा पचासौं वर्षअघिदेखि विकसित हु“दै आएको नया“ जनवादी संस्कृति यसैको परिणाम हो । 

     पु“जिवादी जनवादी संस्कृति सर्वहारावर्गको नेतृत्वमा सञ्चालित हुने जनसमुदायको प्रतिक्रियावाद विरोधी (सामन्तवाद, दलाल–नोकरशाही पु“जिवाद विरोधी) –साम्राज्यवादविरोधी संस्कृति हो । यसको उद्देश्य मजदुर एवम् आम श्रमजीवी जनतालाई सामन्त, दलाल–नोकरशाही पु“जिवाद–साम्रज्यवादविरोधी राजनीतिक र सांस्कृतिक क्रान्तिको मार्गमा अघि बढाउन प्रयत्न गर्नुका साथसाथै तिनका माझ समाजवाद र साम्यवादका विचारहरू पि“mजाउनु पनि हो । यो सर्वहारा संस्कृति र विचारधाराबाट निर्देशित हुन्छ । पु“जिवादी जनवादी संस्कृति विश्व सर्वहारावर्गको समाजवादी संस्कृतिको एउटा अभिन्न अ¨ हो । यसले समाजवादलाई नै सहयोग पु¥याउने हो । यही कारण समाजवादी अर्थव्यवस्था र राजनीति व्यवहारमा लागू नभएको नेपालको आजको सन्दर्भमा पनि समाजवादी संस्कृतिका प्रमुख लक्षणहरू यसमा विद्यमान रहन्छन् । ती लक्षणहरू मूलतः जीवनसत्यप्रति अगाध निष्ठा, वैज्ञानिक एवम् द्वन्दात्मक भौतिकवादको दृढ अवलम्बन, पार्टी–प्रतिबद्धता, जनसेवाको भावना, समाजवादी मानवतावाद र ऐतिहासिक आशावादको अनुसरण, पु“जीवादी विचारधारा र मानिसको चेतना र व्यवहारका विगतका अवशेषस“ग झुक्दै नझुक्ने सङ्घर्षशीलता, देशभक्ति, अन्तर्राष्ट्रियतावाद एवम् कम्युनिस्ट आकाङ्क्षाहरूलाई आत्मसात् गर्दै व्यवहारमा तिनलाई लागू गर्ने प्रयत्न, जीवनप्रति सकारात्मक अभिवृत्ति र इमानदारी आदि हुन् । व्यक्तिगत जीवनमा इमानदारी, सत्यनिष्ठा, नैतिक शुद्धता, सामाजिक तथा व्यक्तिगत जीवनमा सरलता, विनयशीलता र आडम्बरहीनताका अतिरिक्त अन्याय, आलस्य, छलकपट, निजी स्वार्थ र पदलोलुपताप्रति असहिष्णुता नया“ जनवादका पक्षधर एवम् समाजवादीहरूले अपनाउनु पर्ने गुणहरू हुन् । नया“ जनवादी संस्कृति स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानमाथि जोड दिने संस्कृति भएको हुनाले यसले कहिल्यै पनि कुनै पनि राष्ट्रको प्रतिक्रियावादी, साम्राज्यवादी संस्कृतिस“ग एकता र सा“ठगा“ठ गर्दैन । यो वैज्ञानिक संस्कृति पनि हो । यसले अन्धविश्वास, रूढिबुढी, अवैज्ञानिक चिन्तनमा टिकेको सारा सामन्ती संस्कृतिको विरोध गर्नुका साथै वस्तुगत सत्यलाई प्राथमिकता दिने, तथ्यहरूका आधारमा सत्य पत्ता लगाउने, विज्ञानलाई सर्वाेपरि महŒव दिने काम गर्दछ । यसले सिद्धान्त र व्यवहार, शब्द र कर्मका बीचको एकतामा जोड दिन्छ । नया“ जनवादी संस्कृतिले भौतिक चिन्तन र विचारलाई आप्mनो आधार बनाउ“छ र आध्यात्मिक चिन्तन एवम् आदर्शवादको विरोधमा सक्रिय रहन्छ । धर्म, ईश्वर, स्वर्ग–नरक, पाप–पुण्यजस्ता कुनै पनि किसिमका अलौकिक एवम् अदृश्य तŒवहरूमाथि विश्वास नराख्नु, त्यसको विरोधमा क्रियाशील रहनु र निरीश्वरवादको प्रचार–प्रसार गर्नु यस खालको संस्कृतिको अपरिहार्य काम हो । साम्राज्यवादी–विस्तारवादी उत्पीडनको विरोध गर्ने र देशभित्रका विभिन्न उत्पीडित जातिहरूको मर्यादा र स्वतन्त्रताको समर्थन गर्ने हुनाले नया“ जनवादी संस्कृतिको स्वरूप राष्ट्रिय हुन्छ । देशका अधिकांश श्रमिक, किसान–मजदुर, प्रगतिशील बुद्धिजीवी आदि व्यापक जनसमुदायको सेवा गर्नु आप्mनो कर्तव्य ठान्ने हुनाले यस पु“जिवादी जनवादी संस्कृतिको प्रकृति जनवादी हुन्छ । यही कारण यसले वर्गीय, लि¨ीय, जातीय, वर्णगत उत्पीडनको विरोध गर्दै तिनको मुक्तिको पक्षमा सङ्घर्षलाई सङ्गठित गर्दछ । तिनलाई वाणी प्रदान गर्दछ । किसान, मजदुर, दलित, जनजाति र नारीहरूको मुक्तिको पक्षमा उभ्याउ“छ र ती सबले बराबरको हक अधिकार र अवसर पाउनु पर्छ भनेर सङ्घर्ष गर्दछ । स्वतन्त्रता, समानता र भ्रातृत्व नया“ जनवादी संस्कृतिका अनिवार्य अङ्ग हुन् । नया“ जनवादी वा लोकतान्त्रिक संस्कृतिको एउटा महŒवपूर्ण पाटो यसको जनवादी चरित्र हो । यसले समाजका मजदूर र किसान, महिला, दलित लगायतका विभिन्न तप्काका जनताका अधिकारहरू र आवश्यकताका निम्ति आवाज उठाउने र उनीहरूको आवश्यकतालाई प्राथमिकताका साथ पूर्ति गर्ने प्रयत्न गर्दछ । दलित र महिला, विभिन्न जातजातिलाई गरिने भेदभावपूर्ण व्यवहार र चिन्तनको विपक्षमा नया“ जनवादी संस्कृतिले आफुलाई क्रियाशील बनाउ“छ । यस किसिमको संस्कृतिले नेपालका सबै भाषा, जाति, समुदाय, वर्ण, लिङ्ग, पिछडिएका क्षेत्र आदिलाई विभेद गर्ने चिन्तन र परिपाटीबाट मुक्त हुन पहलकदमी लिन्छ । भाषा, जाति, लिङ्ग, वर्णका आधारमा गरिने शोषण–उत्पीडनको विरोध जनवादी संस्कृतिको अविभाज्य पहलु हो । श्रमसंस्कृतिलाई उच्च सम्मान दिने, श्रमलाई सिर्जनाको मुहान मान्ने र श्रमजीवी जनतालाई सिर्जनकर्मीका रूपमा सम्मान दिने सोचाइ यसको महŒवपूर्ण पाटो हो । सामन्तवादी संस्कृतिले शारीरिक कामलाई हेय मान्ने र यस्तो काम गर्नेलाई तल्लो श्रेणीमा राख्ने काम गर्दै आएको छ । शारीरिक काम गर्नु तुच्छ र हेय हो भन्ने खालको सामन्तवादकोे नकारात्मक पाटोबाट नया“ जनवादी संस्कृतिकर्मीहरू मुक्त हुन आवश्यक छ । जनवाद र राष्ट्रियता एकअर्काका पूरक हुन् । देशभक्ति र राष्ट्रप्रेम जनवादी संस्कृतिको बिर्सनै नसकिने पक्ष हो । देशका विभिन्न राष्ट्रहरू (जातिहरू) लाई समानताको व्यवहार गर्नु, उनीहरूलाई स्वतन्त्र हुने र आफ्नो आर्थिक, सामाजिक एवं सांस्कृतिक सवालमा आफैं उत्तरदायी भएर काम गर्ने अधिकार दिनु पनि यसभित्र नै पर्दछ । विदेशी थिचोमिचो, हैकम, सीमा अतिक्रमण लगायत राजनीतिक, आर्थिक अतिक्रमणका विरुद्ध राष्ट्रको आवाजलाई मुखरित गर्नु यसको अभिन्न पक्ष हो । सारमा पु“जिवादी जनवादी संस्कृतिले दलाल–नोकरशाही पु“जिवाद, सामन्तवाद र साम्राज्यवादको विरोधमा वर्गसङ्घर्ष विकसित गर्ने कामलाई प्राथमिकता दिन्छ र त्यसअनुरूपका विषयहरू चयन गरेर नया“ जनवादी क्रान्तिलाई पूर्णता दिने काम गर्दछ । श्रम र जनताप्रति आस्था एवम् विश्वास जगाउने, शोषण, व्यक्तिगत पू“जी, निजी स्वार्थ र व्यक्तिवादको विरोध गर्दै सामूहिकतामाथि विशेष जोड दिने, कामचोर प्रवृत्तिको विरोध गर्ने तथा कर्तव्यपरयणताको समर्थन गर्ने, सामाजिक न्याय, समानता र स्वतन्त्रताको पक्षपोषण गर्ने, समाजमा देखापर्ने सबै किसिमका अमानवीय पक्षको विरोध गर्ने र मानवीय मूल्य–मान्यताको समर्थन जनाउने, सत्को समर्थन र असत्को विरोध गर्ने, मानिसलाई चरम व्यक्तिवादी र उपभोक्तावादी बनाउने, विकृत यौन–वासना, कामुकता एवम् अश्लीलता र पशुवृत्ति बढाउने, भयावह हिंसा, हत्यालाई प्रश्रय दिने र आतङ्क सृजना गर्ने, जीवनको उद्देश्यहीनता, सामाजिक समस्याप्रति उदासीनता र चरम आत्मकेन्द्रितता फैलाउने, जीवनका हरेक पक्ष, मानिस, उसको शरीर, मानवतासहित संस्कृति, साहित्य, सङ्गीत र सबै कुराहरूलाई उपभोग्य वस्तु वा माल ठान्ने उपभोक्तावादी संस्कृति निर्माण गर्ने र संसारभर आप्mनो विचार र संस्कृति अरूमाथि थोपर्ने साम्राज्यवादी संस्कृतिको दृढताका साथ विरोध अभियान सञ्चालन गर्ने काम नया“ जनवादी संस्कृतिले गर्दछ । वस्तुगतता, तार्किकता, प्रगति, मानवता, स्वतन्त्रता, समानता, सार्वभौम मूल्य, सत्य, विचारधारा, कार्य–कारणता, पूर्णता, एकता आदिको विरोध र निराशा, अनिश्चितता, विषमता, अनियमितता, विशृङ्खलता, अराजकता, अनिरन्तरता, आकस्मिकता, संयोग, नियमहीनता, खण्डितताको पक्षपोषण गर्ने उत्तरवादी विचारहरूका विरुद्ध यो उभिन्छ । साम्राज्यवादी संस्कृतिको निर्माण पू“जीवादी देशहरूका एकाधिकारवादी पू“जीपतिवर्गको हितलाई प्राथमिकता दिएर निर्माण गरिएको हुन्छ । यसका राजनीतिक विचारकहरू कम्युनिज्मको अन्त भएको बहानामा यसको विरोध गर्दछन् र नव–उपनिवेशवाद, राष्ट्रवाद, अन्धराष्ट्रवादमाथि अतिशय जोड दिएर प्रचार गर्दछन् । दार्शनिकहरू किसिम किसिमका प्रत्ययवादी सिद्धान्तहरू र रहस्यवादको उपदेश दिने गर्दछन् । लेखकगण बुर्जुवाव्यवस्थाको प्रशंसामा गीत गाउ“छन्, व्यक्तिवादको र मानिसको “शाश्वत नीचता”को विचार फैलाउ“छन् । पहिले पु“जीवादको प्रारम्भिक चरणमा मानवतावादअन्तर्गत मानवको महिमा गाइन्थ्यो । अब मानिस सधैं नीच थियो र रहनेछ भन्ने कथित शाश्वत नीचताको कुरो गरिन्छ । मानिस पशुजस्तै निकृष्ट र तुच्छ हो भनेर मानिसलाई पशुका रूपमा चित्रण गर्ने खुल्ला प्रयत्न गरिन्छ । सबै विषयमा आप्mना निजी विषयहरूमा मात्र केन्द्रित रहने, सामाजिक चरित्रविरोधी व्यक्तिवादमाथि जोड दिइन्छ । लेखकहरू पहिलेजस्तो यथार्थको चित्रणमा होइन यथार्थबाट भागेर भ्रमात्मक स्वप्नलोक र मानिसको वा आप्mनै अन्तर्जगत्मा रमाउन थाल्दछन् । कलाकारहरू यथार्थको चित्रणको सट्टा रूपलाई मात्र महŒव दिने रूपवादी जालझेल, अमूर्त लिपापोती र घिनलाग्दा व्यवहार–वैचिœयलाई आप्mनो कलामा उतार्नु राम्रो ठान्दछन् । यसरी साम्राज्यवादी संस्कृतिमा मानवतावादी अन्तर्वस्तु हराएर जान्छ । अमानवीयपन यसको विशेषता बन्न पुग्छ । साम्राज्यवादी संस्कृतिले सबैभन्दा बढी मानिसले आप्mना आदिम वृत्तिमाथि पाएको विजयलाई उल्ट्याएर तिनै आदिम प्रवृत्ति र पशुतातिर फर्काउने काम गर्दछ । यसभन्दा अघि संस्कृतिले मानिसलाई परिष्कृत गर्ने, उन्नत अवस्थातिर लैजाने र नया“ मान्छेको निर्माणलाई प्रमुख चासोको विषय बनाएको थियो । तर अब यसले मानिस पशुभन्दा माथि उठ्न सक्तैन भन्ने धारणालाई अधिकतम प्रश्रय दिने काम गर्दछ । हिजोआज कामोत्तेजना एवम् क्षुधातृप्तिमा मात्र मानिसलाई सीमित बनाउने र क्रूरता, हिंसा, हत्यालगायतका जड्डली व्यवहारलाई प्रश्रय दिने अपसंस्कृतिको निर्माणमा नै यसको विशेष ध्यान केन्द्रित भएको पाइन्छ । यस अतिरिक्त साम्राज्यवादी संस्कृतिले चरम व्यक्तिवादी र उपभोक्तावादी चिन्तन तथा व्यवहारलाई फैलाउने, मानिसलाई नितान्त निजी समस्यामा केन्द्रित, समाज, सामाजिक जीवन एवम् समस्याबाट विमुख र तिनप्रति अनुत्तरदायी बनाउने काम गर्दछ । उपभोगलाई जीवनको उद्देश्य बनाउनु, मानिसलगायत सबै वस्तुलाई बिक्रीको सामान ठान्नु उपभोक्तावादको खास विशेषता वा अर्थ हो । मानिसलाई समेत माल ठान्ने र मालका निम्ति मरिमेट्ने प्रवृत्ति उपभोक्तावादको विशेषता हो । यसरी यो मानवतावादी संस्कृतिकै विरुद्ध रहेको हुन्छ । नया“ संस्कृति यी सबैका विरुद्ध लक्ष्यित हुन्छ ।

    नेपालको आजको प्रगतिवादी सांस्कृतिक आन्दोलनका अघि केही चुनौतीहरू पनि विद्यमान छन् । तिनलाई सही रूपले हल गर्न सकियो भने मात्र आन्दोलनले सही दिशा लिन सक्नेछ । चुनौती बाह्य र आन्तरिक दुवै प्रकृतिका छन् । बाह्य चुनौतीका रूपमा यसले आज सामना गर्नु परेको ठूलो र गम्भीर चुनौती वायुतरङ्गको माध्यमबाट प्रसारित साम्राज्यवादी सांस्कृतिक आक्रमण हो । नेपालको आजको सांस्कृतिक आन्दोलनको कार्यभारका बारेमा गहन रूपबाट वैचारिक तहमा स्पष्ट र दृढ हुने र आम जनताका बीच वैचारिक कामलाई घनीभूत पार्ने काम गर्न सके मात्र यस चुनौतीको सामना गर्न सकिन्छ । यस अतिरिक्त वैकल्पिक सांस्कृतिक अभियानको जालोको निर्माण स्थानीय तहसम्म पु¥याउन सचेत प्रयत्न गर्नुपर्ने आवश्यकतालाई समेत यसले औंल्याएको छ । अहिलेको स्थितिमा हामीस“ग यसका विरुद्ध जुध्ने यो बाहेक अर्काे प्रभावकारी हतियार छैन । साम्राज्यवादी शक्तिहरूले किन यस्तो साधनलाई उपयोग गरिरहेका छन्, यसबाट उनीहरू के उद्देश्य हासिल गर्न चाहन्छन् र यसो गरेर उनीहरूले कुन किसिमको संस्कृतिलाई वा अपसंस्कृतिलाई सहयोग पु¥याइरहेका हुन् भन्ने विषयमा घर, परिवार र समाजलाई सचेत र स्पष्ट पार्न सकेको खण्डमा मात्र हामी साम्राज्यवादले फैलाउन खोजेको मानवद्वेषी अपसंस्कृतिबाट उनीहरूलाई एक हदसम्म जोगाउन सक्तछौं, अन्यथा होइन । 
    आन्तरिक चुनौतीमध्ये पहिलो सांस्कृतिक रूपान्तरणको विषय पर्दछ । नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनले नेपालको अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक शोषण–उत्पीडन र सामन्ती संस्कृति तथा पतनोन्मुख पु“जीवादी संस्कृतिका विरुद्ध सङ्गठित सङ्घर्ष गर्दै आएको छ दशकभन्दा बढी समय बितिसकेको छ । यस समयावधिमा आन्दोलनले जनचेतनाको विकास, राष्ट्रिय भावनाको प्रबद्र्धन र प्रगतिवादी चिन्तनको प्रचारजस्ता विषयहरूमा महŒवपूर्ण उपलब्धि हासिल गरे तापनि आन्दोलनमा सहभागी सबैको सांस्कृतिक रूपान्तरणको सवालमा भने आवश्यक मात्रामा ध्यान पु¥याउन सकेको छैन । दश वर्षको जनयुद्धको जगमा विकसित जनआन्दोलनका कारण करीब दुइ हजार वर्ष अघिदेखिको राजतन्त्र ढलेको छ र गणतन्त्रको स्थापना भएको छ । तर सांस्कृतिक रूपान्तरणको सवालमा भने यतिखेर धेरै ठूलो प्रश्न समेत खडा भएको छ । वैचारिक क्षेत्रमा भएको कामको स्तरमा सांस्कृतिक रूपान्तरण नभएको कटु अनुभव हामी सबैको साजा अनुभव बन्न पुगेको छ । 
   दश वर्षको महान् जनयुद्धको अवधि त्याग, तपस्या, बलिदान, शौर्य र वीरताको काल थियो । सांस्कृतिक पक्षमा त्यसले नया“ ऊर्जा दिएको थियो । तर शान्तिकालमा सबैतिर त्याग र बलिदानको भावना क्षीण हु“दै गएको छ । आन्दोलनमा आत्मकेन्द्रिता, व्यक्तिवाद, मनोगतवादी चिन्तन र व्यवहार, मूल्य र निष्ठाको विघटन, नैतिकता र आदर्शलाई विस्मरण गर्ने प्रवृत्ति, अवसरवाद, आर्थिक प्रलोभन, पद र प्रतिष्ठाप्रति मोह, चाटुकारिता, फोस्रो रोबरवाफ, घमण्ड र भु“इफुट्टापन, अध्ययनहीनता सर्वत्र व्याप्त छ । सांस्कृतिक क्षेत्रमा पनि यसको प्रभाव डरलाग्दो रूपमा परेको छ । यस चुनौतीलाई हल गर्न आन्दोलनले निकै ठूलो मिहिनेत गर्न आवश्यक छ ।
    नया“ मानिसको निर्माण र त्यस्ता मानिस भएको समाजको निर्माण विना राजनीतिक सत्तामाथिको विजय धेरै दिन सुरक्षित रहन नसक्ने रहेछ भन्ने तथ्य विभिन्न देशका घटनाक्रमले पुष्टि गरिसकेका छन् । यही कारण हिजोआज कुनै पनि राजनीतिक आन्दोलन सांस्कृतिक आन्दोलनको अनिवार्य र अविभाज्य अ¨ बन्नै पर्दछ भन्ने सोच विकसित हुन थालेको छ । वस्तुतः सांस्कृतिक रूपान्तरणको जगमा खडा नभएको राजनीतिक रूपान्तरण दिगो हुन सक्तैन भन्ने कमरेड प्रचण्डको भनाइ यस सम्बन्धमा मननीय छ । आम जनता सचेत र जागरुक भएपछि मात्र सांस्कृतिक रूपान्तरण हुन्छ भनेर स्वतस्फूर्तताको पछि दगुर्ने र समय पर्खेर बस्ने प्रवृत्ति सही होइन । सचेतन प्रयत्न विना पुराना विचार, चालचलन, संस्कार र प्रवृत्तिहरू फेरि“दैनन् । यसका निम्ति लगातार मिहिनेत शुरुदेखि नै आवश्यक हुन्छ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अपरिहार्यता यही अर्थमा महत्वपूर्ण छ । 

    सांस्कृतिक रूपान्तरण वा नया“ संस्कृतिको निर्माणमा अप्रत्यक्ष रूपले भा“जो हाल्न हामीकहा“ दुइटा कुरामा जोड दिने गरिएको छ । पहिलो, संस्कृति अधिरचना भएकाले आधार परिवर्तन भएपछि मात्र यसमा  परिवर्तन आउ“छ । यो संस्कृतिको स्वायत्त भूमिकालाई उपेक्षा गर्ने र संस्कृतिलाई आर्थिक क्रियाका रूपमा मात्र हेर्ने बर्नस्टिनजस्ता आर्थिक भौतिकवादीहरूको दृष्टिकोण हो । यसले संस्कृतिको सापेक्ष स्वायत्ततालाई अस्वीकार गर्ने, संस्कृतिलाई अर्थतन्त्रद्वारा प्रत्यक्ष रूपमा र पूर्ण रूपमा निर्धारित मान्ने र सचेतन प्रयत्नको भूमिकालाई नकार्ने गर्दछ । यो पूर्णतया गलत प्रवृत्ति र चिन्तन हो । 

    दोस्रो, धर्मका विषयमा गरिने तर्कसित सम्बन्धित छ । यस्तो तर्क गर्नेहरूका दृष्टिमा नेपाली समाजको संस्कृतिका धेरै पक्षहरू धर्मस“ग गासिएका छन् र धर्म मान्नु वा नमान्नु व्यक्तिको निजी मामिला हो, यसमा कसैले पनि हस्तक्षेप गर्नु हु“दैन । धर्म मान्ने कि नमान्ने स्वतन्त्रता नागरिकलाई समाजवादको एउटा चरणसम्म दिने गरिन्छ भने अहिले धर्मको विरोध गर्नु उचित होइन । यो तर्क धर्मको आडमा पुरानो संस्कृतिलाई जोगाउन खोज्ने प्रयास मात्र हो । भौतिकवादीहरूलाई धर्म मान्ने छुट दिन सकिन्न । धर्म मान्नेहरू भौतिकवादी हुन सक्तैनन् । तर विडम्बना के छ भने नेपालका द्वन्द्वात्मक भौतिकवादी दर्शनका आफुलाई अनुयायी मान्ने कतिपय नेताहरू बेला बेलामा धर्मको पक्षमा वकालत गर्दै हि“डेको देखिन्छ । यो भन्दा लाजमर्दाे कुरो अरू के हुन्छ ? इमानदार र प्रतिबद्ध भौतिकवादीले त्यसमाथि पनि कम्युनिस्टले धर्मलाई तिरस्कार गर्नैपर्दछ र धर्म र ईश्वरको मान्यतालाई बल पु¥याउने सबै किसिमका चाडबाड, संस्कार र रीतिरिवाजबाट मुक्त हुने र तिनको पुर्पक्षका विरुद्ध उभिने काम गर्नै पर्दछ । 

    अर्काे महत्वपूर्ण चुनौती संस्कृतिको वर्गीय स्वरूपको सवालस“ग सम्बन्धित छ । वर्गीय समाजमा संस्कृति वर्गीय हुन्छ र समाजमा शासक वर्गको संस्कृति हाबी हुने गर्दछ । सत्तारूढ वर्गले आप्mनो जनविरोधी सत्तालाई दरिलो बनाउन आप्mनै खालको संस्कृति निर्माण गर्ने र त्यसलाई आप्mनो स्वार्थका लागि समाजमाथि लाद्ने काम गर्दछ । शासक वर्गका विरुद्ध सङ्घर्षरत शक्तिहरूले आफ्नो वर्गको विचारधारालाई विकसित गर्न, सम्बद्र्धन गर्न र दरिलो बनाउन आफ्नै वर्गको संस्कृतिको निर्माण गर्नु आवश्यक हुन्छ । अन्यथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले शासक वर्गलाई सहयोग पु¥याउने काम हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनले यस आधारभूत प्रस्तावनालाई गम्भीरताका साथ आत्मसात् गर्न नसक्ता पुरानै संस्कार, आनीबानी तथा आचारव्यवहारमा यो एक हदसम्म रुमलिइरहेको छ र व्यवहारमा शोषक वर्गलाई बल पु¥याइरहेको छ । यस्तो परिपाटीलाई समाप्त पार्न ढिलाइ गर्नु घातक हुनेछ । एकातिर सर्वहारा वर्गको अग्रदस्ताका रूपमा उसको स्वार्थ अनुरूप काम गरेको दाबी गर्ने अर्कातिर विरोधी वर्गलाई फाइदा पु¥याइरहेको संस्कृतिलाई ध्वंश गर्ने प्रक्रियामा लाग्न र सर्वहारा वर्गको वर्गीय हितलाई प्रश्रय दिने संस्कृतिको निर्माण गर्न चाहि“दो तत्परता र रुचि नलिने प्रवृत्तिलाई समाप्त पार्नै पर्दछ । यो राजनीतिक आन्दोलनको भयानक विस¨ति हो । भनाइ र गराइमा एकरूपताको यस्तो अभावलाई एक किसिमले पाखण्ड भन्न सकिन्छ । भन्ने एउटा र गर्ने अर्कै । शब्द र कर्मका बीचको अन्तराल पूंजिवादी नैतिकताको विशेषता हो । त्यसैलाई निरन्तरता दिने हो भने बुर्जुआहरू र हामीमा भिन्नता रह“दैन ।
   
        प्रगतिवादी सांस्कृतिक आन्दोलन वा कम्युनिस्ट आन्दोलन वर्गीय आन्दोलन हो र यसले सर्वहारा वर्गको नेतृत्वमा नेपालका सम्पूर्ण शोषित–उत्पीडित वर्गको स्वार्थको प्रतिनिधित्व गर्दै तिनको हितस“ग एकाकार हुनु अनिवार्य हुन्छ । आन्दोलनमा समाजमा विद्यमान विभिन्न वर्गका व्यक्तिहरूले प्रवेश पाउन सक्ने र अझ हाम्रो जस्तो निम्न पु“जीपति वर्गको बाहुल्य रहेको समाजमा यस वर्गका मानिसहरू अत्यधिक मात्रामा यसभित्र आउनु एउटा सहज र स्वाभाविक क्रिया बन्न पुगेको छ । वर्गसङ्घर्षको व्यावहारिक क्रममा खारिन नपाउ“दै व्यक्तिहरू आन्दोलनमा प्रवेश गर्ने हुनाले उनीहरूस“गै विजातीय विचार, भावना, संस्कार र संस्कृति आन्दोलनभित्र प्रवेश गर्दछ । यसका विरुद्ध निरन्तर र सचेत वैचारिक प्रशिक्षण र सङ्घर्ष सञ्चालन गर्नु अनिवार्य हुन्छ । आन्दोलनमा सहभागी बन्न पुगेका यस्ता व्यक्तिहरूको दृष्टिकोण र सम्पूर्ण जीवनआचरण सर्वहारावर्ग र तमाम शोषित वर्गअनुरूप बनाउन नेतृत्वदायी तहबाट नै लगातार अभियान चलाइनु आवश्यक हुन्छ । अर्काे अर्थमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाहरूलाई आजैदेखि आन्दोलनमा क्रियान्वय गर्नु अपरिहार्य हुन्छ । यस्तो नभएको खण्डमा आन्दोलनमा खराबी र विकृतिहरू आउनु अचम्मको विषय होइन । नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा मात्र होइन कम्युनिस्ट आन्दोलनमा नै आज सर्वत्र यस्ता खराबी र विकृतिहरू मौलाइरहेका छन् । अहिले चारैतिर र आन्दोलनभित्र पनि यो चर्काे आलोचनाको विषय बन्न पुगेको छ । आन्दोलनमा आबद्ध व्यक्तिहरूको यस खालको पुरानो विचारधारा, दृष्टिकोण तथा जीवन आचरणको श्रृङ्खलालाई सचेतन ढ¨ले नभत्काई यो समस्याबाट पार पाउन सकिन्न । विचारधारामा रूपान्तरण अर्थात् द्वन्दात्मक भौतिकवादी विश्वदृष्टि अनुरूप दृष्टिकोणको निर्माण, सर्वहारावर्ग र आम शोषित–उत्पीडित जनतास“ग एकाकार हुने र वर्गसङ्घर्षमा प्रत्यक्ष भाग लिने र विचारधारा अनुरूप जीवनशैली, जीवनपद्धति र आचार व्यवहारलाई नया“ ढ¨ले पुनर्गठित गर्ने सवाल आज अत्यन्त गम्भीरताका साथ उठाइनुपर्ने विषय भएको छ । ठीक ढ¨ले विचारधारालाई समात्ने, त्यसलाई समुन्नत बनाउ“दै लैजाने र सांस्कृतिक रूपान्तरणको कार्यलाई महŒवका साथ अघि बढाउने सम्बन्धमा धेरथोर चर्चा परिचर्चा हुने गरे पनि यस समस्यालाई समाधान गर्न न योजनाबद्ध सङ्घर्ष थालिएको छ न त यस विषयलाई गम्भीरताका साथ लिएकै देखिन्छ । यस्तो अवस्थाबाट हामीले मुक्त हुने गम्भीर प्रयत्नको थालनी तत्कालै गर्न आवश्यक छ । यस कमजोरीमाथि आक्रमण गर्दै यसलाई सच्याउनु हाम्रो आजको सबभन्दा ठूलो चुनौती भएको छ । निश्चय नै, सांस्कृतिक रूपान्तरणको सवाललाई व्यावहारिक प्रक्रियाका क्रममा वर्गसङ्घर्षमा सहभागी भएर मात्र हल गर्न सकिन्छ । वौद्धिक बहसले मात्र सांस्कृतिक परिवर्त हुन सक्तैन । नेपालको आर्थिक–राजनीतिक अवस्थालाई परिवर्तन गर्ने सङ्घर्षमा क्रियाशील भएर मात्र सांस्कृतिक रूपान्तरणको समस्यालाई सही किसिमले अघि बढाउन सकिन्छ । हिजो जनयुद्ध प्रबल भएका ग्रामीण क्षेत्रहरूमा अन्धविश्वास, रूढिवाद, जातपात, धार्मिक कट्टरता, पितृसत्ता जस्ता सामन्ती संस्कृतिमाथि तीव्र प्रहार भएको थियो । राजनीतिक क्रान्तिको क्रममा निश्चित भावावेशले सांस्कृतिक रूपान्तरणलाई तीव्रता दिने गर्दछ । तर शान्तिकालमा फेरि पुरानो आनीबानी, आचरण, व्यवहार र संस्कृति पुनस्र्थापना हुन थाल्दछ । अहिले ती ठाउ“मा समेत यही क्रम दोहोरिएको छ । यही कारण सांस्कृतिक क्षेत्रमा निरन्तर क्रान्तिको आवश्यकता परिरहन्छ । आज यसैको अभाव हाम्रो आन्दोलनमा टडकारोसित देखिएको छ । सांस्कृतिक रूपान्तरणको समस्या भनेको आजको सन्दर्भमा शासक वर्गका विचार, भावना र संस्कृतिको उत्पीडित वर्गका विचार, भावना र संस्कृतिमा रूपान्तरणको समस्या हो । 
    अर्काे ठूलो चुनौती विचारधारात्मक समस्या हल गर्नु रहेको छ । संस्कृति के हो, सांस्कृतिक आन्दोलनको आवश्यकता किन छ र संस्कृति र सांस्कृतिक आन्दोलनको महŒव कति र किन हो भन्ने विषयमा हाम्रो आन्दोलनमा अझै सही दृष्टिकोण निर्माण हुन सकेको छैन । यसले आन्दोलनमा विद्यमान विचारधारात्मक स्पष्टताको अभावलाई सङ्केत गर्दछ । हाम्रा अधिकांश राजनेतादेखि आम कार्यकर्तासम्म संस्कृति भनेको नाचगान र अभिनय बाहेक अरू केही ठान्दैनन् र तिनका दृष्टिमा यो मनोरञ्जनको साधन बाहेक अरू केही पनि होइन । कतिले यसलाई चाडबाड, रीतिथितिसम्म विस्तार गरिहालेकै खण्डमा पनि उनीहरू राजनीति स्वयम् संस्कृतिको एउटा सानो अ¨ हो, राजनीतिक आन्दोलनले झैं सांस्कृतिक आन्दोलनले पनि वस्तुगत यथार्थलाई बोध गराउने हो, यथार्थलाई परिवर्तन गर्न उत्प्रेरित गर्ने हो र यो राजनीतिभन्दा कता हो कता बढी सामथ्र्यशाली साधन हो भन्ने तथ्यलाई आत्मसात् गर्न पछि परेका देखिन्छन् । वास्तवमा सांस्कृतिक आन्दोलन वैचारिक आन्दोलन नै हो, यो राजनीतिक आन्दोलनभन्दा शक्तिशाली एवम् प्रभावकारी वैचारिक आन्दोलन हो भन्ने बोध गर्न नसक्ता नै संस्कृतिक पाटोलाई उपेक्षा गर्ने वा कम महŒव दिने गरिन्छ । एकीकृत ने.क.पा.(माओवादी) का अध्यक्ष क. प्रचण्डको निम्न भनाइ यस सम्बन्धमा मननीय छ– ‘सांस्कृतिक रूपान्तरणको केन्द्रीकृत अभिव्यक्ति नै राजनीतिक रूपान्तरण हो । अतः यी दुइका बीचमा छुट्ट्याउनै नसकिने सम्बन्ध रहेको हुन्छ । यति हु“दाहु“दै पनि सांस्कृतिक रूपान्तरणको प्रश्न यति व्यापक, गहन र जटिल छ कि त्यसलाई राजनीतिक रूपान्तरणको जस्तो सीमा, तीव्रता र निश्चित मापद्वारा सजिलै नाप्न सकिन्न ।’ 

    सांस्कृतिक आन्दोलन र राजनीतिक आन्दोलनका बीचमा रहेको सम्बन्ध र भिन्नतालाई प्रस्ट पार्नु पनि आजको हाम्रो अर्काे महŒवपूर्ण चुनौती हो । सबै कुराहरू राजनीतिको अधीनमा रहनुपर्दछ हामीले भन्दै आएका छौं । वर्गीय समाजमा यो स्वाभाविक पनि हो । तर राजनीति बाहेकका अन्य क्षेत्रसित सम्बन्धित कामहरूलाई महŒव नै नदिने, राजनीति ठीक भएपछि सबै ठीक भइहाल्छ भन्ने खालको यान्त्रिक सोच राख्ने, सांस्कृतिक क्षेत्रको कामलाई उपेक्षा गर्ने  र सांस्कृतिक कर्मीहरूलाई बेवास्ता वा अवहेलना गर्ने प्रवृत्ति भने कदापि राम्रो प्रवृत्ति होइन । राजनीतिक प्रभावलाई दरिलो बनाउन, राजनीतिक आन्दोलन विस्तार गर्न र त्यसलाई स्थायित्व दिन संस्कृतिको अतुलनीय योगदान र भूमिका रहेको हुन्छ । राजनीतिलाई दीर्घजीवी बनाउने काम सधै“ नै संस्कृति र सांस्कृतिक आन्दोलनले गर्दछ । राजनीतिलाई मात्र एका¨ी रूपमा महŒव दिनु र पुरानो राज्ययन्त्रमाथि कब्जा गर्नु मात्र पर्याप्त नहु“दो रहेछ, नया“ मानिस र समाजको निर्माण बिनाको राजनीतिक सत्तामाथिको विजय धेरै दिन सुरक्षित रहन नसक्ने रहेछ भन्ने कुरो सोभियत सङ्घ लगायत अन्य देशका समाजवादी मुलुकको पतनले पुष्टि गरिसकेकै छन् । यही कारण हिजोआज कुनै पनि राजनीतिक सङ्घर्ष र आन्दोलन सांस्कृतिक आन्दोलनको अनिवार्य र अविभाज्य अ¨ बन्नैपर्दछ भन्ने आवाज उठ्न थालेको छ । राजनीतिक तयारीको सङ्घर्षको थालनीदेखि नै सांस्कृतिक सङ्घर्षमाथि विशेष जोड दिनु त्यसैले आवश्यक छ । यो एक किसिमले राजनीतिक सङ्घर्षको सफलताको पूर्वशर्त हो । यस्तो सङ्घर्ष सांस्कृतिक रूपान्तरण बिना सफल र दिगो हुन नसक्ने तथ्य स्वतःसिद्ध छ । 
    महान् सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाहरूलाई आत्मसात् गर्ने सवाल पनि महŒवपूर्ण चुनौतीका रूपमा उभिएको छ । वर्गसङ्घर्षका क्रममा आफूभित्र रहेका पुराना विचार, आनीबानी, संस्कार र संस्कृतिलाई रूपान्तर गर्नु आवश्यक छ भन्ने सार कुरो नै सांस्कृतिक क्रान्तिको सन्देश हो । सर्वहारा सांस्कृतिक क्रान्तिका पाठहरू भनेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभवहरूको सार र संश्लेषण हो । समाजवादी क्रान्तिकालको वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको ऐतिहासिक अनुभव भएको कारणले यसलाई समाजवादी कालमा मात्र क्रियान्वयन गर्ने हो भन्ने किसिमको गलत चिन्तनबाट सर्वथा बच्नु पर्दछ । सांस्कृतिक रूपान्तरणको अभियान सारमा समग्र समाजको भौतिक र आत्मिक मूल्यहरूको रूपान्तरण गर्ने अभियान हो । हामीले यस यस अभियानलाई सही ढ¨ले अघि बढाउन अहिलेदेखि नै एकातिर प्रतिक्रियावादी तथा संशोधनवादी चिन्तनमाथि सशक्त रूपले आक्रमण र प्रहार गर्ने र अर्काेतिर आफैंमा विद्यमान तमाम वैचारिक तथा सांस्कृतिक पछौटेपन र प्रदूषणका विरुद्ध सङ्घर्ष चलाउनुपर्ने हुन्छ । यसलाई भोलिका कामका रूपमा छाड्न सकिन्न । निश्चय नै, सांस्कृतिक क्रान्ति समाजवाद तथा कम्युनिज्मको निर्माणको प्रक्रियामा समाजको आत्मिक जीवनमा मूलभूत परिवर्तनको एक मात्र माध्यम हो । समाजवादी क्रान्तिले मात्र सांस्कृतिक क्रान्तिका निम्ति सम्पूर्ण आवश्यक पूर्वाधारहरूको निर्माण गर्दछ । सांस्कृतिक क्रान्ति समाजवादी क्रान्तिको प्रक्रियामा नै राजनीतिक तथा आर्थिक रूपान्तरणहरूको आधारमा, श्रमजीवी जनताले सत्तामा नियन्त्रण कायम गरेपछि र सम्पूर्ण भौतिक तथा आत्मिक मूल्यहरू जनताका हातमा स्थानान्तरण भएपछि मात्र सम्पन्न गर्न सम्भव हुन्छ । सचेत प्रयत्न बिना पुरानो विचार, चालचलन, संस्कार र प्रवृत्तिहरू सहजै फेरिने होइनन् । त्यसका निम्ति लगातार मिहिनेत गर्नु जरुरी हुन्छ र शुरुदेखि नै यस्तो प्रयत्न हुनु आवश्यक छ । सर्वहारा सांस्कृतिक क्रान्तिको प्रश्नलाई माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले र पछि  लेनिनले यही तथ्यलाई ध्यान दिएर अघि बढाउनु भएको थियो र चिनको सन्दर्भमा माओत्सेतु¨ले यसलाई अझ उच्च रूप दिने काम गर्नु भएको थियो । आप्mनो टाउकोमा आपैंm आगो झोस्ने यसको सार कुरो हो । आत्म रूपान्तरण यसको महŒवपूर्ण पाटो हो । आफुलाई रूपान्तरण नगरी अरूलाई परिवर्तन हुन प्रेरित गर्न सकिन्न । एकातिर सांस्कृतिक क्रान्तिको विरोध गर्ने घातक र गलत प्रवृत्ति आन्दोलनमा छ भने अर्कातिर यसको समर्थन गर्नेले पनि ओठे भक्ति मात्र जनाउने गरेको हो कि भन्ने आशड्ढा उठ्न दिनु राम्रो होइन, अहिले भैरहेको त्यस्तै छ । 
    नेपालका दक्षिणपन्थी संशोधनवादी पार्टीका तुलनामा एकीकृत ने.क.पा. (माओवादी) ले नया“ संस्कृतिको निर्माण र सांस्कृतिक रूपांन्तरणको पक्षपोषण वैचारिक तहमा बढी गरेजस्तो लाग्दछ । तर यो विचारका तहमा सीमित छ र पर्याप्त छैन । अहिले त जुनसुकै पार्टीका नेता र कार्यकर्ताका बीच सांस्कृतिक पक्षमा भिन्नताको रेखा कोर्न सकिने स्थिति देखि“दैन । भनाइ र गराइका बीचको अन्तराल अहिले सबैतिर व्याप्त छ । उदाहरणार्थ पंूजिवादी नैतिकताको सार व्यक्तिवाद, निजी स्वार्थ, शोषणको लालचा, बैरभाव र प्रतिस्पर्धाको भावना हो । तर आज हाम्रो आन्दोलनमा सबैतिर देखिने विषय यही नै भएको छ । कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता भनिन्छ । तर श्रमजीवी वर्गका सुखदुःखमा सहभागी भएका र तिनको भावनालाई आत्मसात् गर्न सक्षम आन्दोलनकर्मी हाम्रो आन्दोलनमा अहिले निकै कम छन् । आफुलाई जनताका सेवक भन्नेहरूको व्यवहार आज झन्डै शासकको भन्दा धेरै फरक खालको भेटि“दैन । आफुलाई जनताको सेवकका रूपमा आत्मसात् गर्नुपर्नेहरूले जनतालाई होच्याउने, गाली गर्ने, तर्साउने, जबर्जस्ती गर्ने र जनतालाई मुक्ति दिने मुक्तिदाता चाहिं आफैंलाई सम्झिरहने ठूलो विडम्बना सृजना भएको छ । 
    समाजवादी संस्कृतिको मार्गनिर्देशमा पु“जिवाद जनवादी संस्कृतिको निर्माणलाई सांस्कृतिक आन्दोलनको दिशाका रूपमा मान्यता दिए पनि दक्षिणपन्थी सोच राख्ने राजनीतिक एवम् सांस्कृतिक शक्ति र व्यक्तिहरूले यसलाई सत्तारूढ वर्ग र त्यसको संस्कृतिका विरुद्ध निर्माण गरिने संस्कृतिको रूपमा लिएको देखि“दैन । पु“जिवादी जनवादी संस्कृति सामन्तवाद र साम्राज्यवाद विरोधी संस्कृति हो, यसकारण यसले सामन्तवादी–साम्राज्यवादी संस्कृतिस“ग कुनै पक्षमा पनि सम्झौता गर्दैन । यसले उत्पीडित जनताको वर्गीय पक्षधरतामा जोड दिन्छ र विरोधी शक्तिस“ग जीवन–मरणको सङ्घर्ष चलाउ“छ । दक्षिणपन्थी, संशोधनवादी तŒवहरूले यस विशेषतालाई गम्भीरतापूर्वक आत्मसात् गरेको देखि“दैन । विद्यमान प्रतिक्रियावादी राजनीतिक पद्धतिलाई नै सुदृढीकरण गर्ने विजातीय चिन्तनको फलस्वरूप विचारहीनता, वर्ग–सम्झौता, वर्गीय दृष्टिहीनताबाट यस्ता तŒवहरू पूर्णतया ग्रस्त छन् । वर्गसङ्घर्षको उच्च रूप क्रान्ति हो र त्यो बलप्रयोगबिना सम्पन्न हुन सक्तैन भन्ने इतिहाससम्मत तथ्यलाई सर्वथा उपेक्षा गर्ने र शान्तिपूर्ण प्रक्रियामाथि अतिशय जोड दिने गरेको कारण यथास्थितिको चौघेराबाट यो उम्कन सकेको छैन । भनाइ र गराइका बीच एकदमै ठूलो अन्तर यसमा पाइन्छ र भौतिक चिन्तनको साटो आध्यात्मिक चिन्तनलाई समय समयमा आधार बनाउने प्रवृत्तिबाट समेत यो सर्वथा आक्रान्त छ । बहुदलीय जनवादी संस्कृतिको नाउ“मा देखापर्ने यो प्रवृत्ति वास्तवमा नया“ जनवादी सांस्कृतिक चिन्तनकै विरुद्ध गतिशील छ । यसका विरुद्ध आवश्यक मात्रामा वैचारिक सङ्घर्ष जति हुनुपर्ने थियो, त्यो हाल नभए सरह छ । 
    कम्युनिस्टहरूले आप्mनो प्रस्थानबिन्दु तनमनले जनताको सेवा गर्नुलाई बनाउन सक्नुपर्दछ । कुनै पनि स्थितिमा जनसमूहबाट आफुलाई अलग्ग्याउने, व्यापक जनताको स्वार्थलाई महŒव दिएर होइन आप्mनो निजी स्वार्थ वा सानो दलको हितबाट अघि बढ्ने कार्यले जनताको सेवा हुन सक्तैन । का. माओका शब्दमा कम्युनिस्टको कर्तव्य उनीहरू आफैं जनताप्रति जिम्मेवार हुनु हो । उनका दृष्टिमा प्रत्येक शब्द, प्रत्येक काम र प्रत्येक नीति जनताका हितहरूसित सम्बन्धित हुनैपर्छ र यस सम्बन्धमा गल्ती भएको भए सच्याउनु पर्छ । कुनै पनि समय र कुनै पनि अवस्थामा, कम्युनिस्टले आप्mनो व्यक्तिगत हितलाई पहिलो स्थानमा राख्नु हु“दैन, उसले आप्mना हितलाई राष्ट्र र जनताका हितहरूको अधीन राख्न सक्नुपर्छ । अतः स्वार्थीपना, आफु प्रकाशमा आउन खोज्ने, भ्रष्टाचार, र शिथिलता आदि कुरा अति घृणित हुन् । निःस्वार्थ तत्परकताका साथ काम गर्ने, जनताप्रतिको कर्तव्यमा सम्पूर्ण हृदयबाट समर्पित हुने र साह्रै कठिन परिश्रम गर्ने भावना हामीमा आवश्यक हुन्छ । कट्टरता, अनुभववाद, हुकुमवाद, पुच्छरवाद, गुटवाद, कर्मचारीतन्त्र र काममा घमण्डी दृष्टिकोणजस्ता दुर्गुणहरू पनि जनसमूहको स्वार्थ र भावनालाई उपेक्षा गर्ने प्रवृत्तिबाट जन्मन्छन् । यी हानिकारक रोगहरूलाई आन्दोलनप्रति इमानदार र प्रतिबद्ध सबैले पन्छाउन निर्मम सङ्घर्ष गर्नु आवश्यक छ । त्यसो गर्न सकिएको खण्डमा मात्र क्षुद्रता, निष्कृष्ट ईष्र्या, क्रोध, प्रतिशोधको भावना, अहड्ढार, आडम्बर, दुराचार, दासवृत्ति, चाकरी, नोकरशाही, आलोका“चोपन, गफबाजी, समयको दुरुपयोग, कुटिलता, अवसरवादीपन जस्ता दुर्गुणबाट बच्न सकिन्छ ।
    आफु उदाहरणयोग्य हुन सकेको खण्डमा मात्र यसका विरुद्ध हुने सङ्घर्षमा प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ । उदाहरणयोग्य बन्नका लागि हामीले आप्mनो आचरण वा नैतिकतालाई उच्च बनाउनु आवश्यक हुन्छ । एकजना क्रान्तिकारीका लागि आचरण मानव समाजलाई माथि उठाउने र श्रमको शोषणबाट मुक्ति पाउने साधन हो । कम्युनिस्ट ध्येय–उद्देश्यप्रति निष्ठावान् बन्नु, मातृभूमिप्रति प्रेम गर्नु, समाजको भलाइका लागि कर्तव्यनिष्ठ श्रम गर्नु, जसले काम गर्दैन उसले खान पाउ“दैन भन्ने धारणालाई क्रियान्वयन गराउन भूमिका खेल्नु, सामाजिक सम्पत्तिको रक्षाको ख्याल राख्नु, सार्वजनिक हितहरूमा क्षति पु¥याउने कुनै पनि कामको विरोध गर्नु, क्रान्तिकारीहरूका बीच सामूहिकता र भ्रातृत्वपूर्ण भावले पारस्परिक सहायता गर्नु, हरेकले सबैका लागि र सबैले हरेकका लागि काम गर्ने परिपाटी बसाउनु, व्यक्तिहरूका बीच वर्गीय दृष्टिका आधारमा मानवीय सम्बन्ध स्थापित गर्नु, एकअर्कालाई आदर गर्नु, सबले सबलाई मित्र ठान्ने स्थिति सृजना गर्नु, वर्गशत्रुलाई घृणा गर्नु, वैयक्तिक र सार्वजनिक जीवनमा इमानदारी, सच्चाइ, नैतिक शुद्धता, विनम्रता र आडम्बरहीनता अवलम्बन गर्नु, अन्याय, परनिर्भरता, बेइमानी, कुर्ची–मोह र धन–लोलुपतालाई अलिकति पनि मान्यता नदिनु, जाति, वर्ग, लिड्ड र वर्णका आधारमा गरिने विभेदलाई नमान्नु, स्वतन्त्रता, कम्युनिज्म र शान्तिका विरोधीहरूप्रति विरोधभाव राख्नु, अन्तर्राष्ट्रिय सर्वहारावादको समर्थन गर्नुलाई क्रान्तिकारीहरूले आप्mनो आचरणको अभिन्न अ¨ बनाउनुपर्ने हुन्छ । यसअतिरिक्त पार्टी र क्रान्तिका लागि हुने सङ्घर्षमा जीवन समर्पण गर्नु, पार्टीका लागि जस्तोसुकै कठिन काम गर्न पनि तम्तयार रहनु, पार्टीको अनुशासन मान्नु, पार्टीको कार्यदिशा र नीतिलाई कार्यान्वयन गर्नु, पार्टी र श्रमजीवी जनताको हितलाई आप्mनो हितभन्दा पहिले र माथि राख्नु, अन्तरहृदयदेखि नै जनताको सेवा गर्नु, जनता र पार्टीका लागि निस्वार्थ भावले सङ्घर्ष गर्नु र यस्ता सङ्घर्षमा दृष्टान्त बन्नु, सैद्धान्तिक स्तर उठाउन, आप्mनो काममा ल्याउन, कामरेडस“गस“गै प्रगति गर्न, विचारधारात्मक, सैद्धान्तिक अध्ययन गर्न र आत्मालोचना र आलोचनालाई निरन्तर उपयोग गर्न प्रयासरत हुनु पनि क्रान्तिकारीहरूको कर्तव्य हो । यी कामहरूमा उदाहरणयोग्य बन्न सकिएको खण्डमा नै सांस्कृतिक रूपले हामीले आफुलाई उन्नत र समृद्ध बनाउन सक्नेछौं । 
   वर्तमान स्थितिमा सांस्कृतिक आन्दोलनको दिशाको चर्चालाई हाम्रा आप्mना कमी कमजोरी र त्रुटिबाट बच्ने सन्दर्भसित गा“स्न सकेको खण्डमा नै यसले सार्थक रूप लिन सक्नेछ भन्ने विश्वासका साथ मैले आन्दोलनमा देखिएका केही आधारभूत चुनौती र हामी कतिपयमा देखा पर्न थालेका केही कमजोरी र त्रुटिको समेत उल्लेख गर्ने प्रयास गरेको हुँ  । 

धन्यवाद ।

    
                                                                                        00 

टिप्पणी
निनु चापागाईंको कार्यपत्रमाथिको टिप्पणी

–मणि थापा

वैचारिक बहसमा अरुचि बढिरहेको यो समयमा, सांस्कृतिक आन्दोलनका बारेमा बहस गर्नु फलामको चिउरा चपाएजस्तै हो । चारैतर्फ आत्मकेन्द्रित व्यक्तिवाद, उपयोगितावाद, मूल्यहीनताले बजार पाइरहेको समयमा सांस्कृतिक आन्दोलनको दिशाको बारेमा निनुदाइले कलम चलाउने जुन प्रयत्न गर्नुभयो, सर्वप्रथम यो प्रयत्नलाई म समर्थन दिन चाहन्छु । साथै यो कार्यपत्रमा उठाएका कुराहरू आधारभूत रूपमा सही छन्, त्यसको पनि म समर्थन गर्न चाहन्छु । तर पनि यो कार्यपत्रले कैयौं कुराहरू स्पष्ट पार्न सकेको छैन । जीवन व्यवहारको कसीमा यो कार्यपत्र ठोस रूपमा प्रस्तुत हुन सकेको छैन । अहिलेको मूल प्रवृत्ति नकारात्मक र सकारात्मक प्रवृत्तिलार्य चिन्न सकेको छैन । चिन्ने प्रयास गरे पनि त्यो प्रवृत्तिप्रति प्रहार केन्द्रित गर्न सकेको छैन । जहाँ सम्झौताहीन संघर्ष गर्नुपर्ने हो, त्यहाँ सम्झौता गर्ने अनि जहाँ सहकार्य गर्नुपर्ने हो, त्यहाँ संघर्ष गर्ने प्रवृत्तिले पनि सही दिशा दिन सक्दैन । माक्र्सवादले ठोस वस्तुको ठोस विश्लेषण द्वन्द्ववादको सार हो भन्नेबाट हामी चिप्लियौं भने हाम्रो विश्लेषण विश्लेषणका लागि मात्र हुन्छ । हाम्रो बहस बहसका लागि मात्रै हुन्छ । हामी चाहन्छौं, समस्या पत्ता लगाउनु पहिलो काम हो । त्यस पछि त्यसलाई निदान गर्ने दोस्रो कार्य हो । 

कार्यपत्रमा दिशा निर्धारण गर्दा जनविरोधी संस्कृतिको प्रकृति कस्तो छ, त्यसको निक्र्यौल गर्नुपर्छ भन्ने कुरा उठाइएको छ । साथै कस्तो सांस्कृतिक मूल्य हटाउने र कस्तो सांस्कृतिक मूल्य स्थापित गर्ने भन्ने कुरा पनि उठाइएको छ । साथै सांस्कृतिक आक्रमणको मुख्य धार कुन बनाउने भन्ने कुरा पनि सुस्पष्ट छ । हामीले सांस्कृतिक आन्दोलनको कुरा गरिरहँदा राजनीतिको बारेमा पनि कुरा गर्नै पर्छ । राजनीतिक आन्दोलनमा आएका अस्पष्टताले सांस्कृतिक आन्दोलनमा पनि अस्पष्टता ल्याउँछ अनि हामीले भन्ने सांस्कृतिक आन्दोलन सामाजिक सम्बन्ध र वर्गसंघर्षबाट अलगथलग हुन्छ । अनि त्यो बौद्धिक बहस मात्र हुन्छ, जीवन व्यवहारमा अनुवाद हुँदैन । हाम्रो विचारमा अहिलेको मुख्य चुनौती अथवा समस्या नेपाली समाजको अर्थ राजनीतिक विश्लेषणमा नयाँ जनवादी क्रान्तिका कार्यभार करीब करीब सिद्धियो, अबको बाटो समाजवादी क्रान्ति हो भन्ने दृष्टिकोण हो । यो दृष्टिकोणले एकैचोटि सामन्तवाद र साम्राज्यवादसँग सम्झौता गरेको छ । साथै यी दुवैलाई उपयोग गर्ने यसको मनासाय छ । यो दृष्टिकोण न सामन्तवादको विरोधमा छ, न साम्राज्यवादको विरुद्धमा छ । बरु सामन्तवाद र साम्राज्यवादलाई घालमेल पारेर समाजवादमा जान सकिन्छ भन्ने मान्यता राख्दछ । यसले एकैचोटि किसानका कुरा पनि गर्दछ र जमिन्दारको कुरा पनि गर्छ । किसानकहाँ जाँदा हलो समाउँछ, जमिन्दारकहाँ जाँदा तमसुक समाउँछ । यो सँग न सामन्तवादी संस्कृतिको मोह छ, न पुँजीवादी संस्कृति नै अपनाउन सक्छ । यो दौरा सुरुवालमा टाई लगाउन पनि तयार हुन्छ । यो न राष्ट्रवादमा टिकेको छ, न जनवादमा टिकेको छ । न अन्तर्राष्ट्रियतावादमा टिकेको छ । यो अगाडि जे देख्छ, त्यही गर्छ । मानौं, यो झाँक्री हो । अतः अहिले मुख्य निशाना राजनीतिक रूपले नेपाली समाजको चरित्रलाई पुँजीवाद देख्ने र त्यही पुँजीवादलाई सांस्कृतिक आन्दोलनमा अनुवाद गर्ने प्रवृत्ति नै मुख्य हो । साथै यति ठूलो जनयुद्ध र जनआन्दोलनलाई साम्राज्यवादको अंग बनाई साम्राज्यवादलाई सिधै प्रवेश गराउने, समान्तवादलाई पनि निषेध नगर्ने, त्यसको अस्तित्व रक्षा पनि गरिदिने गर्छ । यस प्रवृत्तिमाथि कार्यपत्रमा जति भण्डाफोर गरिनुपथ्र्यो, त्यति भएको छैन । यस प्रवृत्तिको वैचारिक रक्षा गर्ने व्यवहारको भण्डाफोर गर्ने तहसम्म मात्र यो कार्यपत्र सीमित छ । अतः यो कार्यपत्रले वैचारिक पक्षलाई समात्न सकेको छैन । साथै प्रस्तुत कार्यपत्र राजनीतिक आन्दोलन सँगसँगै सांस्कृतिक आन्दोलन नचलाउँदा समस्याहरू आएका छन् भन्ने सही दृष्टिकोण पनि प्रस्तुत गरेको छ । तर एकातिर राजनीतिक परिवर्तनहरू छिटोछिटो हुन्छ तर सांस्कृतिक आन्दोलनले एउटा लामो प्रक्रिया गुजार्नुपर्छ, सांस्कृतिक रूपान्तरण रातारात हुन सक्दैन भन्ने कुरा पनि ठीकसँग उठाएको छ । तर, अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्था रहेको मुलुकलाई पुँजीवादी भइसक्यो, अब समाजवादी कार्यभारमा जानुपर्छ भनेर रातारात भनिएको छ, बिना आधार । त्यही विचारलाई यो कार्यपत्रले बचाउने कोशिस ग¥यो भने हामीले सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई आफ्नै मापदण्ड र स्वायत्तताको अर्थ कति बुझ्यौं भन्ने प्रश्न पनि सँगसँगै उठ्दछ । 

नेपालको वाम आन्दोलनमा राजनीति र संस्कृतिको अन्तरसम्बन्ध अनि संस्कृति अधिरचना भएकाले राजनीति (आधार) परिवर्तन नभई संस्कृतिमा पनि परिवर्तन आउँदैन भन्ने मान्यताहरू छन् । राजनीतिको पनि आधार अर्थनीति हो । अतः यी एकअर्काका पुरक हुन् । पुरक हुन् भनिरहँदा राजनीति नै संस्कृति, साहित्य, कला हो वा संस्कृति, साहित्य, कला नै राजनीति हो भन्ने यान्त्रिकतावाद र जडवादी धारणा पनि हाम्रो आन्दोलनमा छ । त्यो समस्या पनि हाम्रो आन्दोलनको एउटा समस्या हो । यसले स्वतन्त्रता र आवश्यकता बुझ्दैन । प्रकृतिका सबै नक्षत्र र ग्रहहरू एकअर्काका कक्षमा घुमिरहन्छन्, उनीहरू पुरक त हुन् तर उनीहरू स्वतन्त्र पनि छन् । त्यसैले संस्कृतिको अधिरचना हो । यो अर्थ–राजनीतिसँग जोडिएको छ । तर यसले समाजमा पार्ने प्रभाव, भावना, मनोवैज्ञानिक रुचि, अभिरुचिमा भिन्नता पनि छ । अतः हाम्रो दृष्टिकोणमा पुरै स्वायत्ततामा बुझ्ने र पूरै एउटै अवयवका रूपमा बुझ्ने दुवै दृष्टिकोण गलत हुन् । यिनीहरूको बीचमा द्वन्द्वात्मक सम्बन्ध छ, निषेधात्मक द्वन्द्वात्मक होइन ।

अर्को हाम्रो आन्दोलनमा राजनीतिक ठीक भएपछि सबै ठीक भइहाल्छ भन्ने सोच जबर्जस्त छ । यो सोच पनि हाम्रो सांस्कृतिक आन्दोलनको समस्या हो र समाधान नगरी नहुने विषय हो । निश्चित रूपमा ‘पोलिटिक्स इन कमान्ड’ भनिन्छ । पहिले त राजनीति ठीक हुनुप¥यो, यो सही छ । तर, राजनीति वास्तविक राजनीति बन्न अथवा राज्यको नीति बन्न र राजनीतिलाई दीर्घजीवी बनाउन, राजनीतिलाई स्थायित्व दिन, त्यसको साथ अर्थनीति, संस्कृति, संगठननीति हुनुपर्दछ । राजनीतिलाई स्थायित्व दिने सांस्कृति रूपान्तरण हो । त्यो भएन भने राजनीतिले स्थायित्व पाउँदैन । राजनीति सँगै सांस्कृतिक रूपान्तरणको आन्दोलन पनि चलाउनु पर्दछ भन्ने सोच नेपालका राजनीतिक आन्दोलनको प्रतिफल उल्टो रूपान्तरणको दिशा समातेको कारणले पनि बहसमा आएको छ । अतः राजनीति सबथोक हो, राजनीतिलाई बलियो गरी विचारले पक्रनुपर्दछ, त्यो संस्कृति, आचार, विचार, नैतिकतामा बदलिनुपर्छ भन्ने कुरा बुझ्न नसक्नु अहिलेको हाम्रो सांस्कृतिक आन्दोलनको समस्या हो । जनयुद्ध र जनआन्दोलन त सही थियो, त्यो ठूलो राजनीतिक आन्दोलन थियो । तर, त्यो आन्दोलन वैचारिक आन्दोलन र सांस्कृतिक रूपान्तरण हुन नसक्दा त्यसका नकारात्मकता समाजमा कस्तो परेको छ भन्ने हामीलाई थाहा छ । जनताको र कार्यकर्ताको त्याग–तपस्यामाथि नै प्रश्नचिन्ह खडा भएका छन् । एक प्रकारले आन्दोलनका नायक खलनायकमा रूपान्तरण भएका छन् । अतः राजनीति ठीक भएपछि सबै ठीक भइहाल्छ भन्ने स्वस्फूर्ततावाद पनि हाम्रो समस्या हो । राजनीतिलाई सही ट्रयाकमा ल्याउन, त्यसलाई जननीति, संस्कृतिलाई अभिन्न अंग बनाउने सचेतन प्रयास गर्नुपर्दछ । स्वस्फूर्ततावादमा फस्नु हुँदैन । रातारात जन्मने र हुर्कने चमत्कारी सिद्धान्तबाट पनि हामी बच्नुपर्दछ । समाजमा जति पनि घटना, परिघटना हुन्छन् । त्यो वर्गसंघर्षको नियमअनुसार हुन्छ । हामी मान्छेहरूको भूमिका, नेताहरूको भूमिका, त्यसलाई सचेतन प्रयास र योजनाबद्धतामा ढाल्नु हो । सांस्कृतिक रूपान्तरण पनि योजनाबछ हुन्छ, स्वस्फूर्ततामा होइन । स्वतस्फूर्तता जन्मने संस्कृति संस्कृति नै होइन । जनयुद्ध र जनआन्दोलन ठूला आन्दोलन थिए तर त्यसले सांस्कृतिक रूपान्तरण गर्न सकेन किन ? 

नेपालमा अझै सामन्तवादी संस्कृति नै केन्द्रमा छ । हामी पुँजीवादी भइसकेका छैनौं । तर सामन्तवादको रक्षा सामन्तवादले गर्न सक्दैन, त्यसको सहयोगमा साम्राज्यवाद आउँछ । त्यो साम्राज्यवाद सामन्तवादलाई भरथेग गर्न आउँछ । हाम्रो लडाइँ विघटन हुँदै गएको सामन्तवाद र त्यो संस्कृतिलाई खत्तम गर्दै साम्राज्यवादी हस्तक्षेपलाई विरोध गर्दै स्वतन्त्र सर्वहारावर्गको धार निर्माण गर्दै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्नु हो । हामीले एकचोटि सामन्तवाद र साम्राज्यवादका विरुद्ध लड्दा मात्र स्वतन्त्र राष्ट्रिय चरित्रको जनतन्त्र स्थापना गर्न सक्दछौं । अहिले हामीले सांस्कृतिक आन्दोलनको दिशाको कुरा गरिरहँदा ‘नयाँ प्रजातन्त्र’ कै दिशा लिनुपर्छ, जसले सामन्तवाद र साम्राज्यवादी संस्कृतिको प्रतिरोध गर्दै नेपालका मौलिक संस्कृतिलाई राष्ट्रिय संस्कृतिमा बदल्दै पुँजीवाद हुँदै सामाजवादको बाटो अगाडि बढ्न सकोस् । सर्वहारावर्गीय मानवतावाद, स्वस्थ प्रतिस्पर्धा, समाजवादी मूल्य, राष्ट्रिय चरित्र रक्षा गर्न सकोस् । व्यक्तिवाद, छाडावाद, उपयोगितावाद, द्वैध चरित्र, छलछामको विरोध गर्दै, सिंगो देशलाई एकताबद्ध पार्ने संस्कृतिको आवश्यक छ । त्यसको निम्ति राजनीतिक आन्दोलनलाई सांस्कृतिक आन्दोलनमा रूपान्तरण गर्न आवश्यक छ । सांस्कृतिक आन्दोलनलाई राजनीतिक आन्दोलनको फोटोकपी होइन, त्यसको समालोचकीय भूमिका पनि रहन्छ । कहिलेकाहीँ राजनीतिक आन्दोलनभन्दा सांस्कृतिक आन्दोलन वैचारिक रूपमा अगाडि पनि आउन सक्दछ । यसलाई पनि हामीहरूले आत्मसात गर्नुपर्छ । 


                                                                            00 


टिप्पणी

निनु चापागाईंको कार्यपत्रमाथिको टिप्पणी

प्रदीप ज्ञवाली

स्थापित प्रगतिवादी सांस्कृतिक चिन्तक निनु चापागाइँले आफ्नो लामो कार्यपत्र ‘सांस्कृतिक आन्दोलनको दिशा र समस्या’ मा आजको सांस्कृतिक आन्दोलनको दिशा र चुनौतीका सम्बन्धमा केही महत्वपूर्ण मुद्दाहरूलाई बहसमा ल्याउनु भएको छ । प्रस्तुत आलेखमा म कार्यपत्रले अगाडि सारेका केही प्र्रश्नहरूमाथि आफ्ना सङ्क्षिप्त टिप्पणीहरू प्रस्तुत गर्न चाहन्छु ।

१. कार्यपत्रले अगाडि सारेका मुद्दाहरू र विशेष गरेर यसले चिह्नित गरेका सांस्कृतिक आन्दोलनका चुनौतीहरू आधारभूत रूपमा सही छन् । सांस्कृतिक रूपान्तरणको गम्भीर महत्व र  वामपन्थी÷समाजवादी आन्दोलनमा आज यो तपसिलको बिषय बन्दै गएको कुराप्रति व्यक्त गरिएको चिन्ता पनि एकदमै उपयुक्त छ । सांस्कृतिक रूपान्तरण लगायत सांस्कृतिक आन्दोलनको आजको दिशा सम्बन्धमा कार्यपत्रमा अगाडि सारिएका कतिपय बिषयहरूमा असहमत हुनु पर्ने कुनै ठाउँ छैन । यति हुँदाहुँदै पनि, कतिपय प्रश्नहरूले पाउनु पर्ने जोड पाउन सकेका छैनन्, कतिपय प्र्रश्नहरू छुटेका छन् र उल्लेखित गरिएका केही बिषयहरूले थप बहस, अध्ययन र विश्लेषणको माग गर्छन् । यिनै सेरोफेरोमा रहेर मैले केही भनाईहरू अगाडि सार्ने अनुमति चाहन्छु ।

२. कार्यपत्रले संस्कृतिको परिभाषा सही ढङ्गले गरेको छ र यसका सामाजिक आधारहरूको पहिचान पनि वैज्ञानिक ढङ्गले अगाडि सारेको छ । ‘संस्कृति सामाजिक आर्थिक संरचनाको प्रतिबिम्ब हो र......मानवजातिले भौतिक र मानसिक श्रमबाट सिर्जना गरेका सबै मूल्यवान वस्तुहरू यसभित्र पर्दछन्’ भन्ने विश्लेषण सही छ । यसले संस्कृतिलाई नाचगान र मनोरञ्जनको सामान्य साधनको रूपमा अवमूल्यन गरेर बुझ्ने सङ्कीर्ण मान्यतालाई खण्डित गर्छ । प्राकृतिक वस्तुहरूभन्दा बाहिरका ‘परिष्कृत वस्तु’का रूपमा संस्कृतिको वृहत्तर परिभाषा अर्थपूर्ण छ ।

३. त्यसरी नै, कार्यपत्रमा प्रत्येक मानिसमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन या सङ्कुचन, विकास या विनास, प्राप्ति या बञ्चितीमा कसरी तात्कालीन सामाजिक संरचनाले प्रभाव पार्छ भन्ने कुराको निकै राम्रो व्याख्या गरिएको छ । दासत्वपूर्ण श्रम, शिक्षा र सांस्कृतिक अवसरबाट बञ्चितीकरण, चरम आर्थिक शोषण आदिले कसरी वर्गीय समाजमा श्रमिकहरूको सांस्कृतिक सामथ्र्य उद्घाटित हुन पाइरहेको हुँदैन भन्ने विश्लेषण सही छ । उत्पादनका साधनमाथिको सामूहिक स्वामित्व, राज्यशक्तिमाथि श्रमजीवी वर्गको वर्चस्व र अतिरिक्त मूल्यमाथिको दोहनको अन्त्य हुने समाजवादी प्रणालीले मात्रै श्रमजीवी वर्गमा अन्तरनिहित प्रतिभा र सांस्कृतिक सामथ्र्यले प्रस्फुटित हुन पाउँछन् भन्ने निष्कर्षमा असहमति जनाउनु पर्ने कारण छैन ।

यहाँनिर एउटा बिषय समेटिनु जरुरी देखिन्छ । त्यो हो, यस्तो प्रतिकूल अवस्थामा पनि श्रमजीवी वर्गभित्रका प्रतिभाहरूले निरन्तर सांस्कृतिक मूल्य, आविष्कार र ज्ञान निर्माण गरिनैरहेका हुन्छन् । तर सबै भौतिक र सांस्कृतिक उत्पादन सम्बन्धमा अभिजात वर्गको वर्चस्वको कारण त्यसको लाभ पाउनबाट त्यो वर्ग बञ्चित भइरहेको हुन्छ । प्रभावकारी हस्तक्षेप र जनमुखी कानुनी प्रबन्ध निर्माण गर्न सकियो भने समाजवाद पूर्व पनि त्यस्ता प्रतिभाहरूको विकास र उनीहरूको वौद्धिक सम्पदालाई जनताको हितमा लगाउन सकिन्छ ।
४. कार्यपत्रमा नेपाली समाजको वर्तमान सामाजिक–आर्थिक संरचनाको विश्लेषण गरिएको छ । कार्यपत्र श्रम र पुँजीबीचको अन्तरविरोध प्रधान भएको विश्लेषणसँग असहमत छ र सामन्तवाद र साम्राज्यवादसँग नेपाली जनताको (यहाँनिर नेपाल राष्ट्रको पनि भनिनु आवश्यक हुन्छ)  आधारभूत अन्तरविरोध र घरेलु प्रतिक्रियावादसँग नेपाली जनताको अन्तरविरोध प्रधान रहेको विश्लेषण गर्दै राष्ट्रिय जनवादी संस्कृतिको दिशा नै सही दिशा हो भन्ने निष्कर्ष निकालेको छ । आधारभूतरूपमा यो विश्लेषण सही छ । तर यत्तिमात्र भन्नु पर्याप्त हुँदैन ।

५. २०६२/६३ को ऐतिहासिक जनआन्दोलन ( कार्यपत्र प्रस्तोताले आफ्नो वैचारिक आवद्धताको कारण दस बर्षको ‘जनयुद्ध’ लाई जसको मुख्य स्रोत मान्नुभएको छ  । यसका बारेमा रहेका मेरा ‘रिजर्भेसन’ का बारेमा अरु नै बेला बहस गरौंला) ले नेपाली समाजमा ठूलो परिवर्तन ल्याएको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको थालनी,  अधिनायकवादको समाप्ति र लोकतन्त्रको स्थापना, एकात्मकताको अन्त्य र सङ्घीयताको घोषणा, महिला–दलित–मधेसी–जनजाति–मुस्लिम–दुर्गम क्षेत्र आदि पाखा पारिएका समुदायको राज्य–संयन्त्रमा समावेशीकरण र सामाजिक न्यायसहितको लोकतान्त्रिक प्रणालीको विधिवत् आरम्भ– नेपाली समाजले गएको ७ बर्ष यता साक्षी भएका उल्लेखनीय उपलव्धिहरू हुन् । तर यिनलाई कसरी हेर्ने ? कसरी बुझ्ने ? यिनको वर्ग– चरित्र, सीमा र सामथ्र्य के हो ? यसले निर्माण गर्न खोजेको सामाजिक–आर्थिक संरचना र राजनीतिक प्रणाली कस्तो हो रे जनताको बहुदलीय जनवाद या नयाँ जनवादसँगका यसको अन्तरसम्बन्ध के हो ? यसबाट समाजवादमा सङ्क्रमणको बाटो कुन हो ?

६. यी प्र्रश्नहरूमा नेपाली वामपन्थी आन्दोलन, समाजवादी वौद्धिक वृत्त र क्रान्तिकारी पङ्क्ति विभाजित छ र एकहदसम्म अन्यौलग्रस्त पनि । उग्रवामपन्थी अतिवाद र रुमानी क्रान्तिकारीताले ग्रस्त केही साथीहरूलाई लागेको छ– यो सबै धोखा हो र यसका विरुद्ध अर्को क्रान्तिको खाँचो छ । त्यसैकारण उनीहरू अर्को विद्रोहको ‘तयारी’ मा व्यस्त छन् । यो उग्रवामपन्थी वालरोग हो र यसले मूल्यवान उपलव्धिहरूलाई धरापमा पार्दै प्रकारान्तरले आन्दोलनलाई विनास गर्ने मात्रै काम गर्छ । तर अर्काथरि साथीहरूलाई लागेको छ– क्रान्ति सम्पन्न भएको छ, नेपाली समाजको वर्ग चरित्र (सामन्ती या अद्र्धसामन्ती) बदलिएको छ, क्रान्तिको कार्यक्रम बदल्ने बेला आएको छ र र अब समाजवादी क्रान्तिको तयारीमा जुट्नु पर्ने भएको छ । सामान्यतयाः माक्र्सवादीहरू तीनवटा अर्थमा ‘क्रान्ति’ पदावलिको प्रयोग गर्छन्– एक वर्गको हातबाट अर्को वर्गको हातमा सत्ता हस्तान्तरणको अर्थमा, एउटा सामाजिक–आर्थिक संरचनाको ठाउँमा अर्को संरचना निर्माणको अर्थमा र एक युगको अन्त्य एवम् अर्को युगको आरम्भको अर्थमा । यो अन्तरवस्तु बिना ‘क्रान्ति’ शव्दको जथाभावी प्रयोगले आन्दोलनमा भ्रान्ति मात्रै सिर्जना गर्छ । निश्चयनै, माथि उल्लेख गरिएका उपलव्धिहरू क्रान्तिकारी महत्वका छन् र यदि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकियो भने, सामाजिक–आर्थिक–सांस्कृतिक अधिकारको प्रत्याभूतिसहितको लोकतान्त्रिक प्रणाली स्थापित गर्न सकियो भने र यसलाई संस्थागत गर्ने कानुनी–राजनीतिक दस्ताबेजका रूपमा संविधान निर्माण गर्न सकियो भने यसले एउटा यस्तो सङ्क्रमणकालीन लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नेछ,  जो परम्परागत वुर्जुवा गणतन्त्रभन्दा एक खुड्किला माथिको र जनवादी गणतन्त्रभन्दा एक खुड्किला तलको हुनेछ । संवैधानिक व्यवस्थामा टेकेरै, अर्थात् जनताको अभिमतबाटै जनवादी गणतन्त्रमा जाने ढोका यसले खोल्नेछ । तर सङ्क्रमणकालीन गणतन्त्रको यो सीमालाई वेवास्ता गरेर ‘क्रान्ति पूरा भइसकेको’ र ‘समाजवादमा सङ्क्रमण गर्ने बेला आएको’ निष्कर्ष निकाल्नु विचलन हुनेछ । अझ त्यसमाथि, संविधानसभा विघटन भइसकेको  र नयाँ संविधानसभा कहिले बन्ने, त्यसको बनौट कस्तो हुने र त्यसले जनपक्षीय संविधान बनाउन सक्ने कि नसक्ने टुङ्गो नै नभइसकेको वर्तमान सन्दर्भमा ‘क्रान्ति पूरा भएको’ निष्कर्ष हावादारी मात्रै होइन, गम्भीर भड्काउ पनि हुन जान्छ ।

नेपाली समाजमा तातो बहसको रूपमा रहेका यस प्र्रश्नमा कार्यपत्र अलमलिएको देखिन्छ ।

७. गतः बर्ष जेठमा आइपुग्दा आन्दोलनमा उपलव्धिलाई संस्थागत गर्ने र सामाजिक न्यायसहितको लोकतान्त्रिक राज्य निर्माण गर्ने गरी संविधानको अन्तरवस्तुमा मोटामोटी सहमति भएको थियो । ‘नवउदारवाद’ बाट दिशानिर्देशित शक्तिलाई समेत सामाजिक न्याय र समाजवाद उन्मुख अर्थतन्त्रसम्म ल्याइपु¥याउनु चानेचुने उपलव्धि थिएन । तर यसलाई संविधानका रूपमा संस्थागत गर्न सकिएन । केही साथीहरूले ‘चिसो भनेकै कोकाकोला’ भने झैं गरी संविधानलाई सङ्घीयतामा, सङ्घीयतालाई पहिचानमा र पहिचानलाई एकल जातीय पहिचानमा कैद गरिदिए । राज्यपुनर्संरचनाको समग्र अन्तरवस्तुमा सङ्घीयता एउटा मात्रै सङ्घटक बिषय हो र यदि राज्यको समग्र चरित्र बदलिएन भने एकात्मकताबाट सङ्घीयतामा सङ्क्रमणमात्रै अर्थपूर्ण बिषय बन्न सक्दैन । सङ्घीयता आफैले कुनै राज्यको वर्ग चरित्र निर्धारण गर्ने पनि होइन, किनभने हामीले राजतन्त्र भएका मुलुक (स्पेन, मलेसिया आदिमा), सैनिक तानाशाही भएका मुलुक (पाकिस्तान) र सामन्तवाद एवं कबिला समाज (इथोपिया र सोमालिया) पनि सङ्घीयता देखेका छौं । सङ्घीयता महत्वपूर्ण हो, हाम्रो साझा प्रतिवद्धता हो, तर यो नै सबथोक होइन । तर यससम्बन्धी त्रुटिपूर्ण बुझाइले हामीलाई बहकायो । धेरैपछि, साथीहरू यी उपलव्धिलाई, कार्यपत्रको भाषामा ‘दूरगामी महत्वका ऐतिहासिक उपलव्धि’ भन्ने निष्कर्षमा पुगे, तर त्यतिबेला ढिला भइसकेको थियो । यसले त ‘उम्केको माछो तीन धार्नी, मरेकी छोरी जम्दार्नी’ भन्ने  उखान पो चरितार्थ भयो !

यसले राजनीतिक आन्दोलन र वृहत्तर अर्थमा सांस्कृतिक आन्दोलनमा पारेका प्रभाव र चुनौतीको चर्चा कार्यपत्रमा हुन सकेको भए राम्रो हुन्थ्यो ।

८.  कार्यपत्रले जाति र राष्ट्रकोबीचमा रहेको आधारभूत भिन्नतालाई बिर्संदै तिनलाई समानार्थी (पृष्ठ ५) रूपमा प्रस्तुत गरेर त्रुटि गरेको छ । नेपाल राज्यको निर्माण विशिष्ट ढङ्गले भयो– पहिले यो साम्राज्यवादबाट आत्मरक्षाको ऐतिहासिक आवश्यता र ससाना राज्यहरूको अन्त्यहीन झगडाबाट आजित जनताको मनोविज्ञान, नयाँ व्यापारी वर्गको चाहना आदिका कारण एकीकृत राज्य बन्यो । युरोपका कतिपय मुलुकमा जस्तो पहिले एकल जातीयतामाथि आधारित राष्ट्र र त्यस्ता राष्ट्र(हरू) माथि आधारित राज्य निर्माणको प्रक्रियाबाट गुज्रिएन । यो राज्य–राष्ट्रको रूपमा विकास भयो या हुँदैछ । जसरी लामो भौगर्भिक, रासायनिक र वातावरणीय प्रभावका कारण स्वतन्त्र अस्तित्वमा रहेका शीला–कणहरू ‘कम्प्याक्ट’ हुँदै रङ्गीन मार्बल बन्छन्, नेपाली समाज पनि आज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतासहितको एउटै स्ल्याबको मार्बल बन्न पुगेको छ । त्यो रङ्गीन मार्बलभित्रका फरक–फरक रङ्ग या विविधतालाई उपेक्षा गर्नु जति हानीकारक छ, त्यति नै हानीकारक छ नेपाली समाजका प्रत्येक जातिहरूलाई ‘राष्ट्र’को  दर्जा दिनु र नेपाललाई ‘बहुराष्ट्रिय राष्ट्र’ भन्दै आत्मनिर्णयको अधिकारको अतिरञ्जित व्याख्या गर्नु ।

यहाँनिर कार्यपत्र चुकेको छ ।

९. कार्यपत्रले आज सामन्ती संस्कृति नै मुख्य चुनौती रहेको कुरालाई सही ढङ्गले निक्र्यौल गरेको छ र यसमाथि प्रहार केन्द्रित गर्नु पर्ने सही निष्कर्ष निकालेको छ । त्यसरी नै, नेपालको सन्दर्भमा पुँजिवादी संस्कृति पनि भ्रष्ट, उपभोक्तावादी र साम्राज्यवाद पक्षधर भएकाले यी दुईबीच ‘विभाजक रेखा’ खोज्ने स्थिति छैन भनेर राम्रो विश्लेषण गरेको छ । कुनै बेला मानवको महिमागान गाउने पुँजिवादी संस्कृति आज कसरी मानवको ‘नीचता’, ‘तुच्छता’ र ‘पशुता’ को गीत गाउँछ भन्ने विश्लेषण घतलाग्दो छ ।

१०. कार्यपत्रले निकै मिहिन ढङ्गले संस्कृति र अधिसंरचनाको सापेक्ष स्वायत्तताको स्थितिलाई स्पष्ट पारेको छ । संस्कृति आर्थिक आधारको निष्क्रिय प्रतिबिम्ब पनि होइन र राजनीतिक या आर्थिक परिवर्तनहरूले स्वतः सांस्कृतिक परिवर्तनलाई सुनिश्चित गर्दैनन् । बरु पुराना सांस्कृतिक मूल्यहरूको विद्यमानता या वर्चस्वले कहिलेकाँही परिवर्तनलाई नै उल्ट्याइदिने हैसियत राख्छन् । संस्कृतिमा धेरै अग्रगामी पक्ष हुन्छन्, किनभने त्यसले दशकौं टाढाको समाजवादको सुन्दर  सपना प्रस्तुत गरेर मान्छेलाई त्यसका निम्ति उद्वेलित गर्छ भने यसमा पश्चगामी पक्ष पनि जोडिएका हुन्छन्, किनभने सामाजिक–आर्थिक परिवर्तनपश्चात् पनि पुृरानो संस्कृतिका छायाँले सितिमिति छाडिहाल्दैन । त्यसैले जसरी आन्दोलन या क्रान्तिको सफलताका लागि बलियो सांस्कृतिक अभियानको खाँचो पर्छ, त्यसरी नै आन्दोलनका उपलव्धिको रक्षाका लागि पनि निरन्तर सांस्कृतिक रूपान्तरणको आवश्यकता छ । सांस्कृतिक रूपान्तरणको यो आन्दोलन जटिल, घुमाउरो, लामो र आफै विरुद्धको आन्दोलन समेत हो । कार्यपत्रले यो बिषयलाई सही ढङ्गले विश्लेषण गरेको छ ।

११. कार्यपत्रले एउटा महत्वपूर्ण प्र्रश्नमा मौनता साधेको छ । कार्यपत्रको सुरुमै (पृष्ठ २ को चौथो अनुच्छेदमा) के कस्ता सांस्कृतिक मूल्यमान्यतालाई हटाउने, कुनकुन सांस्कृतिक मूल्यहरूको स्थापना गर्ने र सांस्कृतिक आक्रमणको मुख्य धार कहाँ केन्द्रित गर्ने भन्ने प्र्रश्नको उठान गरिएको छ । तर नेपाली संस्कृतिका मौलिकताहरू के हुन् र तीमध्ये कुन त्याज्य र कुन चाहिँ ग्राह्य भन्ने बिषयमा बहस अगाडि बढाइएको छैन ।
भ्mण्डै पाँच हजार बर्ष लामो ज्ञात इतिहासमा नेपाली समाजले मानवीय ज्ञान र संस्कृतिका मूल्यवान सम्पदाहरू निर्माण गरेको छ । वेदका कतिपय ऋचा यहाँ निर्माण भएका छन्, केही उपनिषद्हरू यहाँ लेखिएका छन् । चार्वाकको आदिम भौतिकवाद, कणादको साङ्ख्य दर्शन र वुद्धको सङ्घवद्धता  एवं जीवनको निरन्तर प्रवाहको दर्शनले नेपाली समाजलाई गहिरो गरी प्रभाव पारेको छ । विदेह र शाक्य सभ्यता, वागमती र किरात संस्कृति लगायत इतिहासमा निर्मित अनेकौं संरचनाका राम्रा÷नराम्रा दुबै प्रभावले नेपाली समाज प्रभावित छ । हजारौं बर्षको यो इतिहासमा दास–सामन्ती–पुँजिवादी संस्कृतिले विभिन्न समयमा वर्चस्व कायम गरेको भए पनि श्रमजीवी वर्गको वैचारिक प्रतिबिम्बका रूपमा वैकल्पिक सांस्कृतिक धाराहरू पनि समानान्तर ढङ्गले चल्दै आएका छन् । झण्डै दुई सय बर्ष अगाडिको ‘जोसमनी सन्त सम्प्रदाय’मा तपाइँ जातीय विभेद विरुद्धको चेतना पाउनुहुन्छ भने जयपृथ्वीबहादुर सिंहका साहित्यमा मानवतावाद । सात सालको आन्दोलनले नागरिक राज्यको चेतना दिए जस्तै छयालीस सालको आन्दोलनले राजनीतिक स्वतन्त्रता र बहुलता÷बहुदलीयताको चेतना निर्माण गरेको छ । पछिल्लो आन्दोलनले विकास गरेको गणतान्त्रिक मूल्यहरू त महत्वपूर्ण छन् नै । हजारौं बर्षदेखि विकसित यी मूल्यहरूभित्र सकारात्मक पक्ष पनि छन् र नकारात्मक पनि । विख्यात् भारतीय दार्शनिक देवीप्रसाद चट्टोपाध्यायले भने झैं संस्कृतिका ‘जीवन्त र मरणशील पक्ष’ लाई हामीले मसिनो गरी केलाउनैपपर्छ । आज एककिसिमले इतिहासको, अतीतको र पूर्खाहरूको भ्रत्र्सनाको प्रतिष्पर्धा जस्तै चलेको छ । तर इतिहासका सकारात्मक मूल्यहरूको जगमै वर्तमान निर्मित हुने हो र त्यसैमा टेकेर भविष्यको संरचना तयार हुने हो ।

कार्यपत्र प्रस्तोताले यस बिषयमा केही प्रकाश पार्नुभएको भए राम्रो हुनेथियो ।

१२. कार्यपत्रमा आज कम्युनिष्ट आन्दोलनभित्र सांस्कृतिक रूपान्तरणको प्र्रश्न ओझेलमा परेको कुराप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ, जुन सही छ । तर कम्युनिष्ट आन्दोलनको एउटा धार, जो हिजो हिंसात्मक बाटोमा थियो, त्यसको बारेमा उल्लेख गरिएको एउटा विश्लेषण भने वस्तुगत देखिंदैन । ‘दस बर्षको महान जनयुद्धको अवधि त्याग, तपस्या, बलिदान, शौर्य र वीरताको काल थियो ।....तर शान्तिकालमा सबैतिर त्याग र बलिदानको भावना क्षीण हुँदै गएको छ ।’ यो विश्लेषणले भ्रम सिर्जना गर्न सक्छ । आज देखा परेका विकृतिका स्रोतहरू कहिँनकहिँ हिजोसँग जोडिएका छन् । हिजोको कालखण्डलाई सकारात्मक मात्रै देख्ने र आज समस्यामात्रै देख्ने कुराले कतै शान्तिप्रक्रियामा आउनु, निर्वाचनमा भाग लिनु या सत्तामा सहभागी हुनु नै पो गल्ती भएछ कि निष्कर्षमा पु¥याउँछ र यसले पुनः हिंसातिर फर्कन चाहने साथीहरूको तर्कलाई बल पु¥याउँछ । हिजो पनि हिंसाबाट आर्जित शक्तिलाई निजी स्वार्थसिद्धिका लागि, असहमतहरूलाई तर्साउन या नियन्त्रणमा लिनका लागि प्रयोग गरिएका थिए । सम्बन्धित पार्टीले भन्ने गरेको ‘आलोक प्रवृत्ति’, ‘युद्ध सरदारहरू जन्मिएको’ स्वीकारोक्ति र पार्टी दृष्टिकोण विपरीतका कार्बाही भनेर गरिएका आत्मालोचना यसैसँग सम्बन्धित छन् । खासमा, सांस्कृतिक रूपान्तरणको कार्यसूची हिजो पनि धेरै सशक्त देखिंदैन, एउटा आवेग, एउटा रोमान्टिकतामा धेरै कुुराहरू भएका देखिन्छन् । हिजो गरिएका अन्तरजातीय विवाहहरू आज भत्किनु, हिजो बनाइएका कम्युनहरूको आज भग्नावशेष मात्र रहनु, हिजोका ‘आधार क्षेत्र’मा आज चुलो छोएको निहुँमा दलितहरू कुटिनु÷मारिनु र हिजोका कतिपय ‘नायकहरू’को आज तीव्र क्षयीकरण देखिनु यसैको परिणाम हो भन्ने लाग्छ ।

सांस्कृतिक आन्दोलनका एकजना अग्रणी व्यक्तित्व निनुजीले यस बिषयमा अझ गहिरो विश्लेषण गर्नु आवश्यक छ ।

१३. आज सांस्कृतिक आन्दोलनमा एउटा नयाँ चुनौती थपिएका छन्– राजनीतिक स्पेशका लागि हिंसाको जथाभावी प्रयोग, आयआर्जनका लागि ‘सट्कट’ बाटोको अवलम्वन र जातीय, क्षेत्रीय,सांस्कृतिक र भाषिक पहिचानमा एकतर्फी जोड तर  वर्ग दृष्टिकोणमा तीव्र गिरावट । राजनीतिक परिवर्तनका लागि माओवादीले अगाडि बढाएको हिंसाको औचित्य आज पनि इतिहासको इजलासमा विचाराधीन छ, तर त्यसको देखासिकी गर्नेहरू धेरै निस्किसके । शान्तिपूर्ण आन्दोलन र जनताको शक्तिको यत्ति विशाल सामथ्र्य सिद्ध भइसक्दा पनि अझ गरिंदै गरेको हिंसाको महिमामण्डनले जनताको परिवर्तनकारी क्षमतालाई चुनौती दिइरहेको छ । सङ्घर्षका कुनै पनि रूप त्याज्य या अपरिहार्य हुँदैनन् । ती परिस्थिति, वर्गवैरीहरू र राज्यसत्ताले अवलम्वन गर्ने व्यवहारमाथि निर्भर रहने कुरा हुन् । यतिबेला नेपालमा हिंसाको औचित्य समाप्त भएको छ । तर यो कुरालाई स्थापित नगरिंदा हिंसातिर फर्कन चाहनेहरूलाई बल पुगिरहेको छ भन्ने तथ्यलाई हामीले हेक्का राख्नैपर्छ । त्यसरी नै, माओवादी आन्दोलनको ‘सहउत्पादन’ को रूपमा आज एउटा  यस्तो वर्ग जन्मिएको छ, जो श्रममा विश्वास गर्दैन, जसलाई छिटो धनी हुनु परेको छ,  जसले हरेक ‘सुकिलामुकिला’ लाई शत्रु देख्छ र त्यसैको सम्पत्ति कब्जा या पुनर्वितरण गरेर मात्रै गरिबी समाप्त हुन्छ भन्ठान्छ । लेनिनको भाषामा ‘लम्पट सर्वहारा’ को यो जन्म चुनौतीपूर्ण बनेको छ । त्यसरी नै वर्गीय दृष्टिकोणमा निरन्तर गिरावट पनि आजको सांस्कृतिक आन्दोलनको चुनौती हो भन्ने म ठान्छु ।

१४. सर्वहारा– श्रमजीवी वर्गले प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्नुपर्छ, जनताको मन जितेर सत्ता चलाउनु पर्छ र त्यसले गल्ती गर्दा जनताले विरोध गर्ने स्वतन्त्रता पाउनुपर्छ, समाजवादी सत्ता पुँजिवादी व्यवस्थाभन्दा लोकतन्त्रको दृष्टिले अब्बल हुनुपर्छ भन्ने राजनीतिक मान्यतामाथि आधारित बहुदलीय जनवाद र त्यसको संस्कृतिलाई ‘नयाँ जनवादी सांस्कृतिक चिन्तनको विरुद्ध गतिशील’ देख्नुलाई भने कार्यपत्रमा प्रतिबिम्बित भएको आग्रह भन्न सकिन्छ ।

१५. सारमा, कार्यपत्रले आफ्ना केही सीमा, त्रुटि र केही कुरामा भएको अनदेखिका बाबजुद आजका केही महत्वपूर्ण सांस्कृतिक मुद्दाहरूलाई गम्भीरतापूर्वक उठान गरेको छ । यसले सांस्कृतिक रूपान्तरणको चुनौतीपूर्ण अभिभारा पूरा गर्न सबै प्रगतिशील र वाम सांस्कृतिक अभियन्ताहरूलाई नयाँ ढङ्गले सोंच्न पनि घच्घच्याएको छ । म कार्यपत्र प्रस्तोतालाई वधाई दिन चाहन्छु र आयोजकहरूलाई धन्यवाद ।

                                                                          00 
=====================================================================
=====================================================================
कार्यपत्र

नेपाली सांस्कृतिक आन्दोलनको दिशा

श्याम श्रेष्ठ 

अर्थ राजनीतिक र सांस्कृतिक धरातल

कुनै पनि मुलुकको सांस्कृतिक आन्दोलन त्यो मुलुकको त्यो समयको आर्थिक धरातल र राजनीतिक आन्दोलनभन्दा पृथक हुँदैन । आर्थिक धरातलमा र राजनीतिमा जुन जुन बर्गको हालीमुहाली कायम भएको हुन्छ र संस्कृतिमा पनि त्यही बर्गको प्रभुत्व कायम भएको हुन्छ ।

संस्कृति कुनै अलगथलग र स्थिर कुरो होइन । अर्थतन्त्र, राजनीति र संस्कृति आपसमा अभिन्न रुपले गाँसिएका अन्तरसम्वन्धित कुराहरु हुन् । जुन जुन गुण÷दोष आर्थिक र राजनीतिक धरातलमा हुन्छ सांस्कृतिक आन्दोलन पनि ती गुण÷दोषबाट मुक्त  र अलग हुँदैन । जग र निर्णायक अर्थतन्त्र भए पनि अर्थतन्त्र, राजनीति र संस्कृतिमध्ये हरेकले एक अर्कालाई प्रभावित पारिरहेको हुन्छ, एकले अर्कोमा अन्तरप्रवेश गरिरहेको हुन्छ । एकले अर्कोलाई परिवर्तित गर्न भूमिका पनि खेलिरहेको हुन्छ । यो लगातार बदलिरहेको हुन्छ । अर्थतन्त्रले मात्र राजनीति र संस्कृतिलाई बदलिरहेको हुन्छ  भन्ने कुरो सही होइन, संस्कृतिले पनि एकहदसम्म दुबैलाई बदल्न भूमिका खेल्न सक्छ र खेलिरहेको हुन्छ ।

नेपालको आर्थिक सामाजिक धरातललाई लामो समयदेखि अध्र्दसामन्ती भन्ने गरिएको छ । परन्तु तथ्य र तथ्याङ्कले के साबित गर्छन् भने नेपालको आर्थिक÷सामाजिक जग आधारभूत रुपमा पुँजीवादी भइसकेको छ र राजनीतिक प्रणाली पनि । ठीक त्यस्तै नेपालमा अहिले सबैभन्दा ज्यादा फस्टाइरहेको र हाबी भइरहेको संस्कृति पनि ब्यक्तिवादी र उपभोक्तावादी साम्राज्यवादी÷पुँजीवादी संस्कृति हो ।

आर्थिक जगमा नै राजनीति र संस्कृतिको भवन उभिएको हुन्छ । नेपाली आर्थिक जग पुँजीवादी नभएको भए नेपाली राजनीतिको उपरि तहमा पुँजीवादी लोकतन्त्रिक गणतन्त्र कदापि खडा हुनसक्ने थिएन र यसको लागि जनआन्दोलन सफल पार्न लाखौँ नागरिकहरु, सबैजसो बर्ग र समुदायहरु सडकमा आउने थिएनन् । राजतन्त्रविरोधी जनआन्दोलन सफल पार्न सडकमा ओर्लेका लाखौँ नागरिकहरु बर्गीय रुपमा अरु कोही थिएनन् नेपालका मध्यम निम्नमध्यम पुँजीपति बर्गहरु, गाउँकै स्वतन्त्र धनी, मध्यम र गरिब किसानहरु, गाउँबाट श्रमशक्ति बेच्न शहर ओर्लेका मजदूरहरु, बेरोजगार युवाहरु, आफूलाई भरेको योग्य श्रमिक अर्थात जागिरे बनाउन शहरमा पढ्न झरेका युवा विद्यार्थीहरु, बौध्दिक श्रमशक्ति बेच्ने काम गरिरहेका शिक्षक, कर्मचारीहरु र बौध्दिकहरु थिए । सांस्कृतिक समुदायका रुपमा आन्दोलनमा उत्रेका मानिसहरु राज्यबाट यतिञ्जेल बहिष्करणमा परेका दलित, जनजाति, महिला, मधेशी, मुस्लिम थिए, लेखक कलाकार थिए । यि जम्मैलाई आआफ्ना बर्गीय र समुदायगत समस्या हल गर्न सर्वप्रथम देशमा सशस्त्र द्वन्द्वको अन्त र शान्ति चाहिएको थियो, पुँजीवादी स्वतन्त्रता र समानता चाहिएको थियो र समाजवादी समता, सामाजिक न्याय र समावेशीता चाहिएको थियो । ती सबै कुराको प्राप्तिको ढोका सामन्ती राजतन्त्रको अन्त्यबाट मात्र खुल्थ्यो । यही कारणले सामन्ती राजतन्त्रको अन्तको एजेण्डामा कम्युनिष्ट र कांग्रेस, बुर्जुवा र मजदूर, शारीरिक श्रमजीवि र  मानसिक श्रमजीवि, शहर र गाउँ सबै एकजुट हुन सम्भव भएको थियो । गुदीमा हेर्ने हो भने नेपालको आजको संघीय लोकतान्त्रिक गणतन्त्र भनेको अरु केही होइन, यो पुँजीवादी लोकतन्त्रकै एउटा रुप हो । नेपालको राजनीति यस कारणले पुँजीवादी हुन सम्भव भएको हो किनकि नेपालको आर्थिक जग पुँजीवादी भइसकेको थियो । नेपालको २०६३ सालको क्रान्ति सारमा नेपाली मोडेलको पुँजीवादी लोकतान्त्रिक क्रान्ति थियो ।

नेपालकोे बर्तमान आर्थिक धरातलको मुख्य बिशेषता यो देखिन्छ कि यतिखेर नेपालमा अधिकांश किसानहरु र उत्पादकहरु मूलतः ब्यक्तिगत उपभोगका लागि होइन, बजार र नाफाका लागि उत्पादन गर्छन् । नेपालमा उत्पादित अथवा उपभोग हुने माल र कृषि उपज राष्ट्रिय र अन्तर्राष्ट्रिय पुँजीवादी बजारसित घनिष्ठ रुपले जोडिएको छ । नेपालको माल बजार र वित्तीय पुँजी अत्यन्त केन्द्रिकृत भएको छ । नेपालका करिब दुई दर्जन जति ठूला पुँजीपति बर्गले नेपालको सबैजसो खाद्य वस्तु , लत्ताकपडा र अन्य उपभोग्य वस्तुको ब्यापार र वितरणमाथि एकाधिकार जमाएका छन् । यही स्थिति वित्त बजारमा पनि कायम हुनपुगेको छ । यतिखेर सिंगो राज्यको वित्तिय अर्थतन्त्रको मेरुदण्ड नै अन्तराष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकको श्रमशक्तिको विक्री अर्थात रेमिटेन्सबाट हुने आयमा टिकेको छ । नेपाल राष्ट्र बैँकका अनुसार आर्थिक बर्ष २०६८÷६९ मा मात्र कुल ३९१ अर्ब रुपैयाँ रेमिटेन्सबाट प्राप्त भएको थियो । नेपालको चालु खाताको बचत र शोधनान्तर बचत नेपाली वस्तुको निर्यातबाट कम र रेमिटेन्सबाट ज्यादा टिकेको छ । नेपालमा अहिले भ्याट (३०प्रतिशत), आयकर (२१ प्रतिशत), भन्सार महशुल (१८ प्रतिशत) र अन्तशुल्क (१२ प्रतिशत ) जस्ता विशुध्द पुँजीवादी स्रोतबाट हुने आयले राज्यको राजस्वको ८१ प्रतिशत हिस्सा बनेको छ । यि सबै वस्तुगत तथ्यको आधारमा केलाउँदा नेपालको अर्थतन्त्रलाई कुनै पनि मापदण्डबाट अध्र्दसामन्ती अर्थतन्त्र भन्न मिल्दैन, यो पुँजीवादी अर्थतन्त्र हो ।

तर नेपालमा फस्टाएको पुँजीवाद राष्ट्रिय औद्योगिक पुँजीवाद होइन, त्यो ब्यापारिक र नवऔपनिवेशिक पुँजीवादका रुपमा विकसित भएको देखिँदैछ । औद्योगिक पुँजीवादमा राष्ट्रिय उद्योगधन्दाको ज्यादा विकास हुन्छ, ब्यापारिक र नवऔपनिवेशिक पुँजीवादमा चाहिँ राष्ट्रिय उद्योगधन्दाको होइन, अन्तराष्ट्रिय ब्यापार र सेवा क्षेत्र ज्यादा फस्टाउँछ । मुलुकले कच्चा पदार्थ र श्रमिकहरु ज्यादा निर्यात गर्ने र विदेशमा बनेका तैयारी माल ज्यादा आयात गर्ने स्थिति बन्छ । परिणामस्वरुप, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न नसकेर भएका राष्ट्रिय उद्योगधन्दा र ब्यवसाय एकपछि अर्को गरेर धराशायी हुन्छन् । राष्ट्रिय उद्योग ब्यवसायबाट उत्पादित मालको निर्यातभन्दा अन्तर्राष्ट्रिय उद्योग ब्यवसायबाट उत्पादित मालको आयात ज्यादा हुनथाल्छ र देश उपभोग्य वस्तुको लागि ज्यादाभन्दा ज्यादा विदेशनिर्भर हुन्छ र मुलुकको ब्यापार घाटा बढ्दै जाने हुन्छ ।
औद्योगिक पुँजीवादमा औद्योगिक मजदुर बर्ग र सर्वहारा बर्गको संख्यात्मक विकास तीब्र हुन्छ तर ब्यापारिक र नवऔपनिवेशिक पुँजीवादमा ब्यापार र सेवा क्षेत्रमा काम गर्ने श्रमिक र कर्मचारीहरु ज्यादा हुन्छन् । राष्ट्रिय औद्योगिक पुँजीवादको विकास हुँदा अर्थतन्त्रमा उद्योगधन्दाको योगदानको हिस्सा ज्यादा हुने हुन्थ्यो भने ब्यापारिक र नवऔपनिवेशिक पुँजीवादमा ब्यापार वा सेवाको हिस्सा ज्यादा हुन्छ । देशको राजस्व संरचनामा पनि राजस्वको स्रोतमा औद्योगिक उत्पादनको नाफाबाट हुने आयकर र अन्तशुल्कको हिस्सा भन्दा भन्सार महशुल, ब्यापार र सेवा क्षेत्रको नाफाबाट हुने आयकर र भ्याटको हिस्सा बढी हुन्छ । गाउँको शहरप्रतिको निर्भरता मात्र बढ्ने होइन, राष्ट्रिय बित्तीय पुँजी र बजारको अन्तरराष्ट्रिय बित्तीय पुँजी र बजारप्रतिको निर्भरता अत्यधिक हुन्छ । राष्ट्रिय बजेटमा बिदेशी सहायता र ऋणमाथिको निर्भरता धेरै बढ्छ । नेपालमा अहिले त्यही भइरहेको छ ।

नेपालको अर्थतन्त्रमा अहिले उद्योगधन्दाको योगदान १४ प्रतिशत मात्र छ जबकि सेवा क्षेत्रको योगदान ५० प्रतिशत छ र कृषिको योगदान घटेर ३६ प्रतिशत पुगेको छ ।  आजभन्दा पच्चीस बर्षअघि सन् १९८८ मा नेपालमा कृषिको योगदान ५६ प्रतिशत थियो, उद्योगको योगदान १७ प्रतिशत र सेवाको योगदान २७ प्रतिशत थियो ।  यसको तात्पर्य नेपालको अर्थतन्त्रमा उद्योगधन्दा र कृषि दुबैको योगदान झन् झन् घट्दैछ र सेवाको योगदान भने यसबीच झण्डै दोब्बरले बढेको छ र झन् झन् बढ्दैछ ।

अहिले नेपालले गर्ने कुल वस्तु निर्यातभन्दा आयात छ गुणाले बढी छ । नेपालले अहिले एक रुपियाँ बरोबरको वस्तु निर्यात गर्दा ६ रुपियाँ बरोबरको आयात गर्ने गर्छ । उदाहरणका  लागि सन् २०१०÷११मा नेपालले ३९७ अर्ब रुपैयाँ बरोबरको वस्तु आयात ग¥यो भने ६४ अर्ब बरोबरको बस्तु निर्यात ग¥यो । आजभन्दा १५ बर्षअघि हाम्रो आयात र निर्यातको अनुपातको खाडल यति फराकिलो थिएन । हामी रु १ बरोबरको निर्यात गर्दा ४ भन्दा पनि कमको वस्तु आयात गथ्र्यौ । हामी त्यतिबेला २० अर्ब रुपैयाँ बरोबरको निर्यात गथ्र्यौँ भने ७६ अर्ब रुपैयाँ बरोबरको आयात गथ्र्यौ ।  यसले के देखाउँछ भने हाम्रो निर्यात भन्दा आयात कैयन् गुणाले बढ्दै गइरहेको छ । यसको मतलब हाम्रो ब्यापार घाटा र उपभोग्य वस्तुको लागि विदेशप्रतिको निर्भरता पनि तीब्र गतिले बढ्दै गइरहेको छ ।

नेपालको राजस्वमा अहिले औद्योगिक उत्पादनमा लाग्ने अन्तशुल्कबाट १२ प्रतिशत राजस्व मात्र प्राप्त हुन्छ जब कि भ्याटबाट ३० प्रतिशत र भन्सार महशुलबाट १८ प्रतिशतलाजस्व प्राप्त हुन्छ । मालपोतबाट त नेपालमा १ प्रतिशत राजस्व पनि प्राप्त हुँदैन ।  नेपालको विकास बजेटमा विदेशी सहायतामाथिको निर्भरता अत्यधिक छ । नेपालको गतः बर्षको कुल बजेटमा एक चौथाइ हिस्सा विदेशी सहायतामा आधारित थियो । नेपालको तिर्न बाँकी विदेशी ऋण २०६८ फागुन मसान्तमा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।

नेपालमा अहिले उद्योगधन्दाहरु एकपछि अर्को गर्दै धराशायी हुने क्रममा छन् । चाहे हेटौँडा कपडा उद्योग भनौँ या बीरगञ्ज चिनी कार्खाना, भृकुटी कागज कार्खाना भनौँ या बाँसवारी छालाजुत्ता कार्खाना र चोभार सिमेण्ट कार्खाना सबैका सबै र यतिसम्म कि नाफामा चलेका उद्योगहरु समेत या त बन्द भएका छन् या कौडीको भाउमा तिनलाई बिक्री गर्ने कार्य भएको छ । बिक्रम २०३०को दशकको प्रारम्भसम्म नेपालले खाद्यान्न निर्यात गर्ने क्षमता राख्थ्यो तर अहिले हामी खाद्यान्न पनि आयात गरेर खाने स्थितिमा पुगेका छौँ ।

नेपालमा अहिले किसानहरुको आत्मनिर्भर र स्वउपभोगमुखी कृषि उत्पादन नाश हुँदैछ, त्यसको ठाउँ बजार र नाफाको लागि उत्पादन गर्ने कृषि प्रणालीले लिँदैछ । हामी अहिले आफ्नै करेसाबारीमा स्वनिर्भर ढंगले उत्पादन गरिने सागसब्जी र तरकारीभन्दा पालुङ, धादिङ र मदनपोखरा, पाँचखालका सागसब्जी र तरकारीले हाम्रो भान्सा चलाउन थालेका छौँ । जुम्ला र जोमसोमका मानिसले समेत त्यहीँ उब्जिने फापर आलु र कोदो खान छोडेर नेपालको तराइ र अरु देशका चामलमा भर पर्न थालेको स्थिति छ । खाद्यान्न र तरकारीको राष्ट्रिय÷अन्तराष्ट्रिय बजार पैदा हुन गएको छ र त्यसमा एक दुई दर्जन ठूला पुँजीपतिहरुको एकाधिकार कायम हुन गएको छ । उनीहरुले कार्टेलिङ्ग गरेर यसको मूल्य जति पनि बढाउनसक्ने स्थिति पैदा भएको छ ।

हामीले अब गाउँमै तान बुनेर उत्पादन हुने कोरा र खाँदीका लुगा लाउन र सार्कीले बनाउने कानेजुत्ता लाउन पुरापुर छोडिदिएका छौँ । हामी भारतमा बनेको कट्टु, भित्रीगंजी र स्वेटर लाएर, चीनमा बनेको सर्ट, पायण्ट, जुत्ता, र मोजा लगाएर, थाइलैण्ड वा इटालीमा बनेका लुगाको कोट भिरेर अमेरिकाको आइफोन, कोरियाको सामसुङ वा फिनलैण्डको नोकिया मोबाइल चलाउँद,ै चीनमा निर्मित ल्याप्टोप ब्यागमा राखेर नेपाली शहर बजारमा ठाँटिएर हिँडिरहेछौँ । नेपाली जनजीवन र रहन सहनको संस्कृति अब स्थानीय रुपमा आत्मनिर्भर हुन छोडेर राष्ट्रिय र अन्तराष्ट्रिय बजारसित घनिष्ठ रुपले अन्तरनिर्भर भएको छ । गाउँमा थोरै आत्मनिर्भरता अझै बाँकी छ तर शहरबजारमा त यस्तो निर्भरताको स्थिति पैदा भएको छ कि मध्यपूर्वमा उत्पादित ग्याँस र तेल नभए, भारतबाट झिकाइएका स्टोभ÷ग्यास स्टोभ र सिलिण्डर नभए न त चुल्होमा आगो बल्छ, न सडकमा गाडी नै गुड्छ । चीनमा र भारतमा बनेका सस्ता लुगा फाटो कपडा जुत्ता नभए अधिकांश गरिब नेपालीको जिउ ढाकिँदैन ।

अर्थतन्त्रमा, उत्पादन सम्वन्ध र उत्पादन प्रणालीमा आएको हेरफेरको असर सिधै संस्कृतिमा पर्छ । सामन्ती अर्थतन्त्रको ध्वंशसँगै नेपालमा सामन्ती संस्कृति तीब्र गतिमा ध्वंश हुँदैछ, यत्रतत्र साम्राज्यवादी÷पुँजीवादी उपभोक्तावादी संस्कृति मौलाउँदैछ । बीसौ तथा एक्काइसौँ शताब्दीमा अन्तराष्ट्रिय ब्यापार र श्रमसम्वन्धमा भएको अभूतपूर्व विकास, अन्तर्राष्ट्रिय हवाइ यातायात सञ्जालमा भएको अतुलनीय परिवर्तन, टिभी, रेडियो, पत्रपत्रिका, कम्प्युटर, तथा इन्टरनेटको सञ्जालमा भएको अकल्पनीय क्रान्ति, टेलिफोन र मोबाइल फोनको प्रयोगमा भएको अपार विस्तारले विश्वलाई पहिलेभन्दा धेरै सानो बनाएको छ र पुँजीवादी उपभोक्तावादी संस्कृतिलाई सरुवा रोग झैँ मान्छेका दिलदिमागमा सारिदिएको छ । बिशेषतः टिभी कार्यक्रम, इन्टरनेट, मोबाइल र कंप्युटरको प्रयोगमा भएको ब्यापक बृध्दिले मानिस—मानिस बीचको, देश—देश बीचको र वस्तु निर्माता र उपभोक्ताबीचको सम्वन्धलाई र उपभोक्तावादलाई राज्यको नियन्त्रणभन्दा बाहिर बनाइदिएको छ । बच्चैदेखि मानिस चरम ब्यक्तिवादी र उपभोक्तावादी भएर निक्लन थालेका छन् ।

ग्रामीण आत्मनिर्भर कृषिको ध्वंशले गाउँमा बेरोजगारहरुको संख्यालाई ब्यापक रुपमा बढाएको छ  र ग्रामीण बेरोजगार र सर्वहाराहरु तीब्र गतिमा बढ्दैछन् ।  लाखौँको संख्यामा बेरोजगार युवाहरु हरेक बर्ष श्रमशक्ति बेच्न शहर बजारमा वा विदेशमा ओइरिँदैछन् । यसले शहर बजारमा आन्दोलनको स्थिति बनाएको छ । नेपालका बेरोजगार युवाहरु नै राजनीतिक दलको आन्दोलनका लागि र संगठन निर्माणका लागि जनशक्तिको सदावहार स्रोत हुन गएका छन् । पछिल्लो सरकारी आँकडा अनुसार हरेक बर्ष चार लाख नेपाली युवाहरु श्रम बजारमा आउँछन् र त्यसमध्ये पौने चार लाख नेपाली युवाहरु विदेशी श्रम बजारमा प्रवेश गर्छन् । अन्तराष्ट्रिय बजारमा उनीहरुको प्रवेशबाट विदेशी मुद्रा मात्र ठूलो मात्रामा भित्रिँदै छैन विदेशी पुँजीवादी संस्कृति र जीवन शैली पनि ब्यापक मात्रामा नेपालमा पस्दैछ ।

पुँजीवादी संस्कृतिमा खालि खराब कुरा मात्र हुन्छ भन्ने कुरा सही होइन । यसले मानिसहरुको सोच, जीवनशैली र मनस्थितिमा बैज्ञानिक क्रान्ति पनि ल्याउँछ । सामन्ती संस्कृति हाबी भएको समयमा ठूला मान्छेल,े शास्त्रले, आमाबाबु र गुरुले भनेको कुरा आँखा चिम्लेर विश्वास गर्ने गरिन्थ्यो, गर्न सिकाइन्थ्यो । पुँजीवादी संस्कृतिमा शास्त्र, ठूला मान्छे, आमाबाबु र गुरुको कुरामा अन्धविश्वास गर्ने स्थिति बाँकी रहँदैन । पटकपटकको बैज्ञानिक प्रयोग, अध्ययन÷अनुसन्धान, तर्क र तथ्यले जे भन्छ त्यो कुरा मात्र पत्याउने स्थिति रहन्छ । यतिखेर नेपाली जनमानसमा पनि तर्क, तथ्य, अध्ययन÷अनुसन्धान र बैज्ञानिक प्रयोगबाट आएका कुराहरु मात्र स्विकार्ने बैज्ञानिक संस्कृति ब्यापक मात्रामा बढ्दैछ । ठूला मान्छे, बाबुआमा र गुरुका कुरालाई साना मान्छे, छोराछोरी र चेलाचेलीले तर्कहरुसहित आलोचनात्मक प्रश्न गर्ने प्रवृत्ति बढेको छ ।

सामन्ती संस्कृतिमा ब्यक्तिगत योग्यता, क्षमता, ज्ञान र योगदानभन्दा, ठूला जात, कुल र वंशको शान र अहंकार, वंश परम्पराको धेरै महत्वपुर्ण हुन्छ । तर पुँजीवादी संस्कृतिमा मान्छे वंश, कुल र जातले ठूलो हुँदैन, आर्जन गरेको पुँजीको साइज, ब्यक्तिगत योग्यता, क्षमता,, ज्ञान र योगदानको उँचाइले मात्र कुनै पनि मान्छे ठूलो हुन्छ । नेपालमा अहिले यही संस्कृति ज्यादा हाबी हुन थालेको छ । राजतन्त्रको अन्तले कुल र वंशको शान र सर्वोच्चताको महललाई जगैमा ध्वस्त पारिदिएको छ । पूर्वेली सामन्तवादको अवशेषका रुपमा विद्यमान हज्जारौँ बर्ष पुरानो जातीय छुवाछुत पुरै समाप्त नभए पनि छुवाछुतलाई संविधानतः प्रतिवन्धित गर्ने र त्यो अब लामो समय यथावत् टिक्न नसक्ने स्थिति सिर्जना भएको छ । जातीय छुवाछुत र भेदभाव गिर्दो क्रममा छ भने समानता र समावेशीता बढ्दो प्रवृत्तिका रुपमा देखिएको छ ।

मुफ्त श्रमलाई प्रश्रेय दिनु, शारीरिक श्रम र श्रम गर्ने मानिसलाई हेलाहोचोको दृष्टिकोणले हेर्नु, श्रम नगरी बस्ने मानिसलाई सम्मानका आँखाले हेर्नु, महिलाहरुले पुरुषको सेवा बाहेक अन्य श्रम गर्नु हुँदैन भन्नु सामन्ती संस्कृतिको बिशेषता हो । पुँजीवादले मजदुरको श्रम शोषण त चर्को रुपमा गर्छ तर पुँजीवादी संस्कुृतिको प्रगतिशील पक्ष के हो भने यसले श्रम र श्रमिकलाई घृणाको दुृष्टिकोणले हेर्दैन । श्रमिकको श्रमशक्तिको खरीद विक्री र श्रमशक्तिको अतिरिक्त मूल्यको शोषणमै पुँजीवाद टिक्ने र फस्टाउने हुनाले पुँजीवादको सकारात्मक कुरो यो हुुन्छ कि यसमा कुनै पनि खालको काम वा श्रम गर्न लाजघिन मान्ने र श्रमलाई हेलाको आँखाले हेर्ने स्थिति रहँदैन । पुँजीवादमा पुगेर श्रम र काम आदरणीय र मूल्यवान कुरो बन्छ र काम नगरी खाने प्रवृत्तिलाई निरुत्साहित गरिन्छ, घृणाको दृष्टिले हेरिन्छ । नेपालमा यतिबेला श्रमलाई र श्रमिकलाई हेलाको दृुष्टिले हेर्ने प्रवृत्ति क्रमशः नाश हुँदैछ र जुनसुकै खालको श्रम गर्न पनि लाजघिन नमान्ने पुँजीवादी संस्कृति विस्तारै फस्टाउँदैछ ।

महिलाहरुले पुरुषको सेवा सुश्रुषाको घेरो तथा चुल्हाचुकाबाट बाहिर निस्केर डक्का पैसा आउने श्रम गर्नु हुँदैन भन्ने सोच र संस्कृति तीब्र गतिमा नाश हुँदैछ । उनीहरु पनि बढ्दो संख्यामा पुरुषसरह श्रम वा पारिश्रमिक आउने काम गर्ने हैसियतमा निक्लन थालेका छन् । सामन्ती युगकालीन महिला पुरुष असमानता घट्दो क्रममा छ र समानता र समानताको लागि संघर्ष बढ्दो क्रममा छ ।

विश्वका अनेकौँ मुलुकमा औद्योगिक पुँजीवादले पैदा गरेको धनी गरिबबीचको, शहर र गाउँको बीचको अनि मानसिक श्रम र शारीरिक श्रमबीचको गहिरो खाडल तथा औद्योगिक मजदुर र श्रममाथि पँुजीको शोषण, अत्याचार, अन्यायको अचाक्लीले श्रमिक बर्गमा समाजवादी चेतता र आन्दोलन पैदा गरेको इतिहास छ । नेपालमा चाहिँ औद्योगिक पुँजीवादको प्रारम्भ भए पनि यो त्यति राम्ररी फस्टाउन र विकसित हुन सकेन । तापनि भिन्न परिस्थितिमा समाजवादी चेतना, समाजवादी आन्दोलन र समाजवादी संस्कृति सिर्जना भएकोे छ । नेपालमा सामन्तवादको अचाक्ली शोषण÷अन्याय÷अत्याचार तथा साम्राज्यवादी मुलुकहरुको नेपालमाथिको प्रभुत्व, उत्पीडन र आन्तरिक मामिलामा उदांगो हस्तक्षेपको अर्थराजनीतिक धरातलमा समाजवादी आन्दोलनको प्रादुर्भाव भएको छ । नेपालमा समाजवादी चेतना र आन्दोलनको वैचारिक स्रोत मूलतः रुस र चीनमा भएको समाजवादी क्रान्ति र भारतमा भएको कम्युनिष्ट आन्दोलनको विकासको राजनीतिक प्रभाव भएकोे देखिएको छ । बिक्रम सम्वत २०००को दशकसम्ममा भर्खरै–भर्खरै विकसित भएका आधुनिक औद्योगिक कारखानाहरुमा केही मात्रामा मजदुर आन्दोलन, सबैभन्दा ज्यादा सामन्तवादी शोषणका बिरुध्दमा किसान आन्दोलन र विदेशी थिचोमिचो, हस्तक्षेप र असमान सन्धिहरुको विरुध्दमा साम्राज्यवादविरोधी आन्दोलन–यिनै तीनथरि आन्दोलनको पृष्ठभूमिमा नेपालमा समाजवादी आन्दोलन र बैज्ञानिक समाजवादी संस्कृतिको प्रारम्भ, प्रचार प्रसार र विकास भएको हो ।

समाजवादी संस्कृति भनेको अरु केही होइन, तत्कालीन मानव समुदायले विकास गरेको ज्ञान, विज्ञान, उत्पादन र सामाजिक आन्दोलनको विकासको बौध्दिक सार हो र यो मानव समाजको हित, प्रगति र स्वामित्व नै सर्वोपरि हुने संस्कृति हो । पुँजीवादी र समाजवादी संस्कृति दुबै बैज्ञानिक जगमा नै उभिएका हुन्छन् परन्तु दुईबीच मुख्य भिन्नता के हुन्छ भने पुँजीवादी संस्कृतिले ब्यक्तिगत स्वतन्त्रता, ब्यक्तिगत हित, ब्यक्तिगत स्वामित्व र ब्यक्तिगत नाफालाई नै सर्वप्रमुख बनाउँछ भने समाजवादी संस्कृतिले समुदायको हित, सामुदायिक स्वामित्व र सामुदायिक लाभ र यि सबैलाई प्रवध्र्दन गर्ने खालको स्वतन्त्रतालाई लाई मुख्य जोड दिन्छ । कार्ल माक्र्सले एकपटक भन्नु भएको थियो : समाजवाद भनेको अरु केही होइन, यो पनि मानवतावाद नै हो तर ब्यक्तिगत सम्पतिलाई माइनस् गरेपछिको ।

जुन गर्भबाट समाजवादी संस्कृति जन्म्यो र जुन पृष्ठभूमिमा यो संस्कृति हुर्कियो त्यसको गर्भचिन्ह र प्रभाव नेपाली समाजवादी संस्कृतिमा यत्रतत्र भेटिन्छ । युरोपमा जस्तो औद्योगिक पुँजीवादको ज्यादा विकास भएर औद्योगिक मजदुर बर्ग र सर्वहारा बर्गको मनग्ये विकास नेपालमा हुन नसकेको हुनाले र नेपालको आर्थिक जगमा मजदुर बर्गभन्दा ज्यादा निम्नपुँजीपति बर्गको अत्यधिक बहुसंख्या रहेको हुनाले नेपालको समाजवादी सांस्कृतिक आन्दोलनभित्र मजदुर बर्गीय संस्कृति भन्दा बढी निम्नपुँजीपति बर्गीय संस्कृतिको ज्यादा प्रभुत्व र प्रभाव छाइरहेको देखिन्छ । नेपालका कम्युनिष्ट पार्टीभित्र रहेका समाजवादीहरु ज्यादा संकीर्ण, ईष्र्यालु, असहिष्णु र अधैर्य हुनु, उनीहरुमा सामुदायिक भावना भन्दा ब्यक्तिवादी भावना ज्यादा हुनु, उनीहरुमा उन्नत बैज्ञानिक र आलोचनात्मक चेत र संस्कृति कम हुनु तर भक्तिभाव, अन्धअनुशरण र अन्धनक्कल ज्यादा हुनु यसैको परिणाम हो ।

परन्तु यथार्थको अर्को पाटो पनि छ । नेपालमा बिभिन्न मानव गोत्र समुदायहरुको आगमन, समागम र मिश्रणबाट प्रारम्भ र विकसित भएको बिशेषतः मंगोल जातिका तामाङ, राई, लिम्वू समुदायमा किपट प्रथाका रुपमा विद्यमान भूमिमा सामुहिक स्वामित्व र सामुदायिक उत्पादन प्रणाली र थारु समुदायको ख्याल, मगरहरुको भेजा, नेवारहरुको गुठी, पहरी समुदायको सामुदायिक जीवनशैली र उत्पादन प्रणाली र थकालीहरुको ढिकुरी प्रथामा विद्यमान सामुदायिक गणतन्त्रमा आदिम प्रकारको समाजवादी संस्कृतिको भ्रुण पनि लामो समयदेखि अभ्यासमा रहेको इतिहास छ । यस्ता अरु पनि समुदाय होलान् जसबारे गहन खोज अनुसन्धान हुन बाँकी छ । खस आर्य समुदायमा रहेको खेतीपातीमा एक आपसमा श्रमसहयोगको साटासाट गर्ने पर्म प्रथा पनि सहकारी वा सामुदायिक खेतीको एउटा प्रारम्भिक रुप हो । यस हिसाबले बाहिरबाट मात्र समाजवादी चेतना हाम्रो देशमा भित्रिएको कुरो यथार्थ होइन, नेपालभित्रै पनि अविकसित र आदिम रैथाने संस्कृतिका रुपमा समतामूलक र सामुदायिक समाजवादी संस्कृति बिभिन्न रुप र रंगमा अस्तित्वमा रहेको छ ।

लामो समयसम्म सामन्तवादको दबदबा तथा पुँजीवादको प्रवेश र हस्तक्षेपबाट त्यो आदिम समाजवादी संस्कृति अहिले धेरै ध्वंश भइसकेको छ । तामाङ्ग र राईलिम्वूको किपट प्रथालाई राजा महेन्द्रको भूमिसुधार र गाउँ पंचायत प्रणालीले सर्वंनाश गरिसकेको छ । तर अहिले पनि पहिलेको अवशेषको रुपमा थारु, मगर, पहरी, नेवारहरुको ज्यापु समुदायमा, मंगोलहरुमध्ये तामाङ, थकाली समुदायमा र किरात राई लिम्वूहरुमा खस आर्यको तुलनामा महिलाहरु घरेलु सम्पत्तिमा, पारिवारिक मामिलामा र निर्णय प्रणालीमा ज्यादा समान र शक्तिशाली स्थितिमा देखिन्छन् । त्यहाँ छुवाछुत र श्रम गर्नेहरुप्रतिको घृणा र अपहेलना प्रखर रुपमा देखिँदैन । समता र सामूहिकता त्यहाँ अहिले पनि ज्यादा देखिन्छ ।

नेपाली सांस्कृतिक आन्दोलनको दिशा

नेपालको आर्थिक धरातल र राजनीति जुन जुन मोड र स्थिति भएर गुज्रेको छ त्यसको प्रभाव र प्रतिविम्व नेपाली साहित्य र समग्र सांस्कृतिक आन्दोलनमा परेको देखिन्छ । तर के कुरा पहिल्यै स्पष्ट पार्नु बेस हुनेछ भने नेपाली साहित्यका संक्षिप्त इतिहास प्रस्तुत गर्नु यो लेखको उद्देश्य होइन । समाज विकासको सापेक्षतामा नेपालको तत्कालीन साहित्यिक वा सांस्कृतिक प्रवृत्ति कसरी बदलिँदै गयो त्यसको उदाहरण स्वरुप अति संक्षिप्तमा नेपालका तत्कालीन साहित्यिक प्रवृत्तिको खाका मात्र यहाँ दिन लागिएको हो ।

नेपालमा जतिखेर  जंगबहादुर राणाकालीन सामन्ती निरंकुतन्त्र चर्को मात्रामा प्रभावी थियो त्यतिखेर नेपालमा भक्ति साहित्य, स्तुति साहित्य, बीरगाथा साहित्यको विकास भएको देखिन्छ । भानुभक्तको रामायण यसको ज्वलन्त उदाहरण हो ।

नेपालको सामन्ती निरंकुशतन्त्र र बेलायती साम्राज्यवादी पुँजीवादको संसर्गबाट नेपालमा जब निरंकुश सामन्ती शासन कालमा बिशेषतः देव शमसेर, चन्द्र शममेर र जुध्द शमसेरको पालामा फाटफुट पुँजीवादी उद्योगधन्दा र निजी पुँजीवादी स्वामित्वमा आधारित कृषि उत्पादन सम्वन्धको शुरुआत भयो, सती प्रथा र दास प्रथा उन्मुलन गर्ने कार्य भयो, अनि आधुनिक पुँजीवादी शिक्षा र उच्च शिक्षाको समेत बीजारोपण भयो त्यतिबेला लेखनाथ पौडेलको कविता पिँजराको सुगा (१९७४साल) र सुब्बा कृष्णलालको मकैको खेती (१९७७साल) नेपाली साहित्यमा देखा परेको छ । नेपालको तत्कालीन सामाजिक यथार्थलाई स्वच्छन्दतावादी र अध्यात्मिक मानवतावादी कोणबाट परिष्कृत ढंगले साहित्यमा उतार्ने प्रयास पनि नेपाली साहित्यकारहरुबाट यतिखेर नै भएको देखिन्छ । लेखनाथको पौडेलको बुध्दि विनोद (१९७३साल )र ऋतुविचार(१९७३), महानन्द सापकोटाका मनलहरी (१९८०) र  लक्ष्मीप्रसाद देबकोटाको मुना मदन (१९९२ साल) यसका उदाहरण हुन् ।

यो समयावधिमा जुध्द शमसेरको शासन कालमा १९९१ सालदेखि सरकारी अनुदानमा नेपालभित्रबाट प्रकाशित शारदा पत्रिकाले त्यो बेलाको स्वतन्त्रताप्रेमी र अधिकारसचेत बौध्दिक समुदायको चेतना र असन्तोषलाई अनेकौँ कलात्मक विम्वमार्फत अभिब्यक्त गर्न महत्वपूर्ण भूमिका खेलेको जगजाहेर छ । यसले आधुनिक पुँजीवादी र प्रगतिशील साहित्यकारहरुको एउटा पुस्ता नै सिर्जना  गरेको थियो । नेपालमा लेखनमाथिको सेन्सरशीप चर्को भएको हुनाले नेपाल बाहिर मुख्यगरी बनारस र दार्जलिङबाट प्रकाशित माधवी (१९६५ साल), गोर्खाली (१९७३ साल ) र नेपाली साहित्य सम्मेलन पत्रिका (१९८९ साल ) जस्ता पत्रिकाले तत्कालीन पुँजीवादी मानवतावादी, स्वच्छन्दतावादी र जागरणमुखी साहित्य सिर्जनामा उल्लेख्य भूमिका खेलेको थियो ।

जब नेपालमा पहिलो समाजवादी दल रक्तपात कमिटी र पहिलो पुँजीवादी प्रजातान्त्रिक राजनीतिक दल प्रजापरिषद १९९३ सालमा उदय भयो र त्यसपछि २००३ सालदेखि २००६ सालका बीचमा नेपाली कांग्रेस पार्टी, नेपाल प्रजा पञ्चायत र नेपाल कम्युनिष्ट पार्टी जन्म्यो, त्यसले राणा सामन्तवादका विरुध्दमा राजनीतिक आन्दोलनको प्रारम्भ ग¥यो, चार जना नागरिक त्यस क्रममा शहीद पनि बने त्यतिबेला र त्यसयता नेपालमा राणा सामन्तवादका विरुध्द लेखिएका सचेतनामुखी साहित्य, विद्रोह साहित्य वा क्रान्तिकारी साहित्य पैदा भएको देखिन्छ । २००४ साल यता त नेपालमा क्रान्तिकारी वा जागरणमुखी साहित्यको ओइरो नै लागेको देखिन्छ । पहिलेका स्वच्छन्दतावादी कबि सिध्दिचरण श्रेष्ठका क्रान्ति बिना थन वइमखु स्वच्छ शान्ति जस्ता जागरणमुखी कविताहरु (१९९७) लक्ष्मी प्रसाद देबकोटाको पहाडी पुकार (२००५), र गोपालप्रसाद रिमालको आमाको सपना (२००२साल) यसका उदाहरण हुन् । त्यतिखेर देशबाहिरबाट लक्ष्मीप्रसाद देबकोटाले सम्पादन गरेको नेपाली कांग्रेसको मुखपत्र युगवाणिमा प्रकाशित साहित्यिक रचनाहरुमा यसको प्रभाव देख्न सकिन्छ । देशभित्र १९९३ सालयता शारदा पत्रिकामा मात्र लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देबकोटा, बालकृष्ण सम, सिध्दिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, केदारमान ब्यथितका मात्रै करिब २०० वटा यस्ता आधुनिक कबिता प्रकाशित भएको देखिन्छ ।

२००७ सालको पुँजीवादी प्रजातान्त्रिक राजनीतिक परिवर्तनयता नेपालमा एकातिर पुँजीवादी मानवतावादी, स्वछन्दतावादी आधुनिक साहित्यको ओइरो नै लागेको छ भने अर्कोतिर प्रगतिवादी यथार्थवादी साहित्य संस्कृृतिको बेग्लै धार पनि सशक्त ढंगले देखाप¥यो । पहिलेका स्वच्छन्दतावादी र बुर्जुवा मानवतावादी कबि र साहित्यकारहरुमध्ये केही अब प्रगतिशील साहित्यकारका रुपमा रुपान्तरित भए । सिध्दिचरण, लक्ष्मीप्रसाद र गोपाल प्रसाद रिमाल आफै यसका उदाहरण हुन् ।

अहिले आइपुग्दा नेपालको आर्थिक र राजनीतिक धरातल पुँजीवादी भइसकेको हुनाले हाम्रो देशको यतिखेरको सांस्कृतिक आन्दोलनको दिशा पनि आधारभूत रुपमा पुँजीवादी देखिएको छ र यसको बिपरीत पाटोमा यतिखेरको सांस्कृतिक आन्दोलनको दिशा कतै कतै समाजवादी पनि हुनखोजेको भेटिन्छ । नेपाल यतिबेला जुन अन्तराष्ट्रिय र राष्ट्रिय समय र परिस्थिति भएर गुज्रिरहेछ त्यसको गहिरो छाप र प्रभाव नेपालको सांस्कृतिक आन्दोलनमा देखिन्छ ।

हवाइ र सडक यातायातको ब्यापक विस्तार, रेडियो, टिभी र इन्टरनेट र मोबाइल फोन सेवाको विस्तारले स्थानीय रैथाने सामन्ती÷अर्धसामन्ती सांस्कृतिक विविधता निकै छिटो स्वाहा हुँदैछ र त्यसको ठाउँ एकल राष्ट्रिय वा अन्तराष्ट्रिय संस्कृतिले लिँदैछ जुन बढी मात्रामा साम्राज्यवादी÷पुँजीवादी छ र केही मात्रामा समाजवादी पनि ।

मनोरञ्जन संस्कृतिको राष्ट्रियकरण वा अन्तर्राष्ट्रियकरण पुँजीवादको बिशेषता हो । समकालीन नेपालमा सबैभन्दा ज्यादा भारतीय वा केही राष्ट्रिय र अन्तराष्ट्रिय टिभी च्यानेल नै हाम्रा दैनिक मनोरञ्जन र समाचारका प्रमुख साधन हुन गएका छन् । २०६८ सालको फागुन सम्ममा देशभित्र पनि नौ दश वटा टिभी च्यानेल, ३४१ वटा एफ.एम स्टेशनहरु र ६१८१ वटा पत्रपत्रिकाहरु खुलेका छन् ।  यसको वितरणको सञ्जाल नेपालका गाउँगाउँसम्म पुग्न थालेको छ । यि सबैले पस्कने साम्रगी, बिज्ञापन, फिल्म वा समाचारले नै आम नागरिकको रुचि, स्वभाव, विचार र धारणा बन्न थालेको छ । मनोरञ्जन उद्योग नेपालमा यस्तो उद्योग ब्यवसायमा परिणत भएको छ जसले आम नागरिकमा नयाँ नयाँ माल र सेवा ज्यादाभन्दा ज्यादा उपभोग गर्ने भोक र रुचि पैदा गर्छ र बच्चैदेखि मानिसमा उपभोक्तावादी ब्यक्तिवादी संस्कृति निर्माण गर्छ । यि संचार माध्यमहरुलाई समाजवादी मान्छे र समाजवादी संस्कृतिको निर्माणमा पनि प्रभावकारी ढंगले प्रयोग गर्न सकिन्छ, गर्नु पनि पर्ने हो तर नेपालमा त्यस्तो हुन सकेको छैन । नेपालमा संचारमाध्यमको अत्यधिक प्रयोग र उपयोग पुँजीवादी मान्छे र पुँजीवादी संस्कृति निर्माण गर्नका लागि भएको छ ।

यसैको फेरोमा यातायात सञ्जाल र संचार सञ्जालको ब्यापक विस्तारकोे फलस्वरुप स्थानीय गीतहरु, नाचगान र खाने बस्ने शैलीहरु, स्थानीय सांस्कृतिक भाषिक विविधता लोप हुने दिशामा रहेको छ । यसबाहेक पृथ्वी नारायण शाहको बिजयपछि लामो समयसम्म राज्यले लिएको एकल सांस्कृतिक नीति तथा नेपाली भाषा÷संस्कृतिको गोर्खालीकरणको नीतिले गर्दा बिभिन्न मातृभाषा र भाषिकाहरु लोप हुँदैछन् । देश अहिले भाषिक हिसाबले मुख्य रुपमा दुईवटा भाषाको एकछत्रतातिर उन्मुख हुँदैछ ः देशभित्रको मध्ये नेपाली र विदेशीमध्ये अंग्रेजी । टिभी कार्यक्रमका कारण हिन्दी बुझ्नेको संख्या र अनुपात दुबैमा काफी धेरै बृध्दि भइरहेछ । टिभी, फिल्म र शिक्षाको प्रभाव तथा अस्तित्व र आर्थिक लेनदेनको आवश्यकताका कारण एकातिर बढीभन्दा बढी मानिस यि भाषा बुझ्ने दिशातिर उन्मुख देखिन्छन् भने स्थानीय मातृभाषा बोल्ने र बुझ्नेको संख्या खुम्चिँदैछ । उदाहरणका लागि जनगणना २०६८ अनुसार नेपालमा मगरहरु ७ प्रतिशत छन् तर मगर भाषीहरु ३ प्रतिशत मात्र छन् । नेपालमा थारुहरु साँढे ६ प्रतिशत छन् तर थारु भाषीहरु ५.८ प्रतिशत मात्र छन् । नेपालमा नेवारहरु ५ प्रतिशत छन् तर त्यो भाषा बोल्नेहरु ३.२ प्रतिशत मात्र छन् ।   यि सबै मातृभाषाको नोक्सानीमा नेपाली भाषाले राष्ट्रिय रुप लिँदैछ र अंग्रेजीले अन्तरराष्ट्रिय भाषाको । मौद्रिक हिसाबले त नेपाल एउटा राष्ट्र भइसकेको छ तर अब भाषिक÷सांस्कृतिक हिसाबले पनि नेपाल एउटा राष्ट्र बन्ने दिशातिर अघि बढिरहेको छ ।

लामो समयसम्म राज्यको प्रश्रेय पाएर नेपालमा धार्मिक रुपमा हिन्दुकरणको प्रक्रिया तीब्र रुपले बढेको छ । नेपालमा यतिबेला ८१ प्रतिशत जनसंख्याको मुख्य धर्म हिन्दु भएको स्थिति छ । पछिल्लो समयमा अन्तरराष्ट्रिय पुँजीवादी भरथेग पाएर नेपालमा इसाइकरणको प्रक्रिया पनि तीब्र भएको छ । केन्द्रिय तथ्याङ्क बिभागका अनुसार दश बर्षअघि २०५८ सालमा नेपालमा इसाइ धर्म मान्ने जनसंख्या आधा प्रतिशत मात्र थियो तर अहिले २०६८ सालमा त्यो जनसंख्यामा तीन गुणा बृध्दि भएर १.४ प्रतिशत हुन पुगेको छ ।  जनसंख्याको साइज अनुसार यो कुनै ठूलो जनसंख्या त होइन तर जनसंख्या बृध्दि दरका हिसाबले यो उल्लेख्य बृध्दि दर हो ।

सामन्ती युगमा विकसित भएका परम्परागत भोजखाने शैली र खानपानको शैली शहर बजारमा नाशिँदै गएर पार्टी प्यालेसमा ब्याबसायिक क्याटरिंग सेवामार्फत गरिने भोजहरु चर्को गतिमा बढेका छन् । चिनीयाँ,भारतीय वा युरोपेली खानपान वा नेवार र थकालीका ब्यवसायिक खानपानको शैलीले स्थानीय खानपानको सांस्कृतिक विविधतालाई विस्थापित गर्दैैछ । पेशा वा कामको बाध्यताले परम्परागत रुपमा घरमै खाने संस्कृति घटेर होटेल, रेष्टुराँमा खाने संस्कृति जोडतोडले बढ्दैछ । घरघरमै तानबाट उत्पादन गरेका लुगाबाट निर्मित रैथाने पहिरन तीब्र गतिले मासिँदैछ र त्यसको स्थान अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा बिकाउ मालका रुपमा उपलब्ध कोट–सर्ट र पाइण्ट, कुर्ता–सलवार, ब्लाउज–साडी जस्ता अन्तराष्ट्रिय पहिरनले लिँदैछ ।

मागी विवाह गर्ने हिजोको परम्परागत सामन्ती संस्कृति सर्बत्र मासिँदैछ र त्यसको ठाउँमा प्रेमविवाह तीब्र गतिमा फस्टाउँदैछ । अदालती विवाह र विवाह दर्ताको पुँजीवादी संस्कृति यत्रतत्र फैलँदैछ । महिलाको र पुरुषको आर्थिक र शैक्षिक स्थितिमा आएको हेरफेरले र परिवार नियोजनका उपायको प्रचुरताले गर्दा विवाह नगरीकन नै  पुरुष÷नारी संगै बस्ने नयाँ संस्कृति समेत नेपालका शहरी क्षेत्रमा शुरु भएको छ ।

आयमूलक रोजगारीमा र शिक्षामा महिलाको पहुँचमा भएको ब्यापक बृध्दिसँगै घरपरिवारमा महिलालाई हेला गर्ने र दोश्रो दर्जाको परिवार सदस्यका रुपमा ब्यवहार गर्ने पुरुषप्रधान सामन्ती संस्कृति नाश हुँदैछ र महिला र पुरुषबीच समताको समाजवादी संस्कृति तीब्र गतिमा बढ्दैछ । नेपालको अन्तरीम संविधान २०६३ ले महिलालाई पैतृक सम्पत्तिमा र सामान्य कानुनको प्रयोगमा समान हक र हैसियत प्रदान गरेको छ । त्यो संविधानले राज्यको सबै संरचनामा महिलाको समानुपातिक समावेशीताको हकलाई मौलिक नागरिक हकका रुपमा स्थापित गरेको छ । पुनस्र्थापित संसदको घोषणा २०६३ ले राज्यका सबै संयन्त्रमा महिलाको लागि ३३ प्रतिशत कोटा सुनिश्चित गरेको छ । बिघटित संविधानसभामा महिलाहरु ३३ प्रतिशतको अनुपातमा पुग्नसकेका थिए जुन महिलाको राजनीतिक÷सांस्कृतिक हैसियतमा आएको ऐतिहासिक परिवर्तनको ज्वलन्त उदाहरण हो । विश्वका अति विकसित पुँजीवादी मुलुकमा समेत महिलाको प्रतिनिधित्व नेपालको जति माथि देखिँदैन । विश्वको सबैभन्दा विकसित मुलुक संयुक्त राज्य अमेरिकामा महिला सभासद १७ प्रतिशत मात्र छन् जुन नेपालको भन्दा लगभग आधा हो ।  लोकतन्त्रको जननी भनिने बेलायतमा पनि महिला सभासद २२ प्रतिशत मात्र छन् जुन नेपालको भन्दा एकतिहाइ कम हो । एसियामा आर्थिक महाशक्तिका रुपमा प्रकट भइरहेको चीनमा २१ प्रतिशत सभासद महिला छन् जुन नेपालको भन्दा धेरै कम हो र अर्को महाशक्ति जापान र भारतमा महिला सभासद ११–११ प्रतिशत मात्र छन् जुन नेपालकोभन्दा तीनगुणा थोरै हो ।  महिलाको हकमा यो उपलब्धि समाजवादी सांस्कृतिक दिशामा नेपालले मारेको गतिलो फड्को हो । नेपालमा कम्युनिष्टहरुको दरो उपस्थितिका कारण यो राजनीतिक÷सांस्कृतिक परिवर्तन सम्भव भएको हो ।
हिजोको सामन्ती युगका ठूल्ठूला कृषक परिवारहरु फुट्दैछन् र पुँजीवादी युगको सानो न्युक्लियस परिवार तीब्र गतिमा बढ्दैछ । पुँजीवादले सुखसुविधासम्पन्न जीवनलाई सहज तर ज्यादै महँगो बनाइ दिएको छ । नतिजामा ब्यक्तिगत आर्थिक समृध्दिका लागि मरिहत्ते गर्ने सुखसुविधाकामी ब्यक्तिहरु सांस्कृतिक रुपमा पहिलेभन्दा धेरै ब्यक्तिकेन्द्री, विवेकहीन र क्रुर बन्दैछन् । बृध्द निसहाय बाबुआमालाई छोराछोरीले आफ्नो एकल न्युक्लियस परिवारको समृध्दि र आर्थिक विकासका लागि बाधक र घाँडो ठान्ने प्रवृत्तिको विकास हुँदैछ । आफ्नै बृध्द निसहाय बाबुआमालाई छोराछोरीले बेवारीस अबस्थामा सडकमा छोड्ने खण्ड समेत ठाउँठाउँमा सिर्जना भएको देखिँदैछ ।

नाफामुखी प्रवृत्ति, चरम ब्यक्तिवाद, र उपभोक्तावाद साम्राज्यवादी÷पुँजीवादी संस्कृतिको अभिन्न बिशेषता हो । पुँजीवादी ब्यक्तिवादी उपभोक्तावादी संस्कृतिको ब्यापक विस्तारको क्रममा सामन्ती र अध्र्दसामन्ती युगमा नेपाली नागरिकहरुमा विद्यमान आपसी सहयोग, पर्म र सामुदायिक भावना, स्वयम्सेवा तथा धार्मिक परोपकार भाव, धर्म र पापको हेक्का राख्ने चेत तीब्र गतिले ध्वंश हुँदै जाँदै छ । अब शहरबजार गाउँबस्तीमा समेत मानिसहरुले स्वयम्सेवी भावले सामाजिक काम गर्ने, पाटीपौवा, स्कूल, चौतारा, धारा बनाउने रीतिथिति धेरै कम भएर गएको छ ।सबै कुरा पैसाका लागि गर्ने र पैसा नपाइ केही पनि नगर्ने संस्कृति चर्को रुपमा बढेको छ । पंैसा नै अब सब थोक हुन थालेको छ । गाउँगाउँसम्म विस्तारित गैरसरकारी संस्थाहरुले पंैसाकै सर्वोच्चताको पुँजीवादी संस्कृतिलाई बढावा दिइरहेछन् । अब बजारमा मात्र होइन, गाउँगाउँमा समेत पैसा पाउने नभइकन मानिसहरु बैठकमा समेत नआउने स्थिति सिर्जना भएको छ । हालसालै मात्र पशुपतिका भट्ट र पुजारीले समेत लाखौँको मासिक तलबभत्ता सुनिश्चित नभइकन त्यहाँ भक्तजनबाट हुने दानदक्षिणा मन्दिरको गुठीलाई बुझाउन नमान्ने खण्ड आउनु सामान्य आर्थिक परिघटना होइन । यो एउटा पैसाप्रधान पुँजीवादी सांस्कृतिक लक्षण हो । यत्रतत्र पैसाको यो सर्वोच्चता नेपालमा साम्राज्यवादी÷पुँजीवादी संस्कृतिको नांगो जग्जगी सिबाय केही होइन ।

आफ्नै स्रोत साधनमा टिकेको र फेरि प्रयोगमा ल्याउन सकिने स्थानीय बीउबिजन, मल र कृषि प्रविधि प्रयोग गरेर गरिने परम्परागत ग्रामीण कृषि उत्पादनको संस्कृति ध्वस्त हुँदैछ । विदेशमा बनेका र अन्तराष्ट्रिय बजार केन्द्रले नियन्त्रण गर्ने बीउ बिजन, रासायनिक मल र कृषि उत्पादन प्रविधिमा आम नेपाली किसानहरुको निर्भरता चर्को गतिमा बढ्दैछ । गाउँघरमा बाहेक अन्यत्र घरमै गाईभैँसी पालेर दूध÷दही खाने संस्कृति अब धेरै हदसम्म नाश भइसकेको छ, शहर बजारमा दूधदहीका लागि राष्ट्रिय डेरीप्रतिको निर्भरता स्थापित भइसकेको छ । आफ्नै करेसाबारीमा उत्पादन गरेका तरकारी र फलफूलले, आफ्नै घरमा पालेका कुखुरा खसीबोकाका आधारमा वा स्थानीय जिन्सीवस्तुको सट्टापट्टाका आधारमा आत्मनिर्भर ढंगले भातभान्सा चलाउने सांस्कृतिक स्थिति अब शहरबजारमा बाँकी रहेन । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारका तरकारी र फलफूल, माछा÷मासु÷अण्डा प्रतिको ब्यक्तिगत निर्भरता यत्रतत्र बढ्दैछ । यसले मानिसको स्वभाव र रहनसहनको संस्कृतिमा ब्यापक हेरफेर र सांस्कृतिक एकरुपताको स्थिति पैदा गरेको छ । अब माछा÷मासु खान दशैँ वा चाडबाड पर्खनु परेन, पैसा भए जुनसुकै समयमा त्यो मालका रुपमा किन्न सकिने बिषय भएको छ ।

गाउँले साहुकारहरुसंग चर्को दरको आने र ढ्याके ब्याजमा र अपारदर्शी तमसुकमा ऋण लिने सामन्ती रीतिथिति मासिँदै गएका छन् । त्यसको ठाउँ यत्रतत्र बैँक, बित्तीय कम्पनी र सहकारीले लिँदैछ । नेपाल राष्ट्र बैँकका अनुसार २०६९ सालमा नेपालमा २६ हजार ५०१ पुँजीवादी सहकारीहरु छन् र तिनीहरु देशभरि र गाउँमा समेत फैलिएका छन् ।  पुँजीवादी बाणिज्य बैँक र बित्तीय संस्थाहरु ४१८ वटा र तिनमा शाखाहरु २,२६५ वटा पुगेका छन् । बैँकहरु र बित्तीय कम्पनीहरुको पहुँच र पकड शहर बजार र गाउँहरुसम्म विस्तारित हुँदैछ । नेपालमा बित्तीय पुँजीमा एकाधिकार अब राष्ट्रिय वा अन्तराष्ट्रिय बैँकहरुले तथा सहकारीहरुले जमाएका छन् ।
पुँजीवादको विशेषता यो हुन्छ कि यसमा हरेक कुराको मालकरण हुन्छ । अर्थात पुँजीवादमा हरेक वस्तु र सेवा नाफा वा अतिनाफाका लागि विकाउ मालमा बदलिन्छन् । २०३० को दशकअघिसम्म नेपालमा शिक्षा र स्वास्थ्यमा त्यति धेरै मालकरण भएको थिएन र यसमा चर्को बर्गबिभेद थिएन । त्यति बेला  धनी र गरिब दुबैथरिले एकै थलोबाट शिक्षा वा स्वास्थ्यसेवा प्राप्त गर्थे । तर नेपालमा शिक्षा र स्वास्थ्यमा बिक्रम सम्वत २०४० को दशकमा भएको निजीकरणले अब ती पनि अत्यन्त बिकाउ मालमा बदलिएका छन् । शिक्षा र स्वास्थ्यभित्र पृथक–पृथक बर्ग र फराकिलो बर्गीय खाडल पैदा भएको छ । सम्पन्न, मध्यम र उच्च मध्यम बर्गले पाउने शिक्षा र स्वास्थ्य सेवा एक स्तरको हुन गएको छ भने गरिब र गरिखाने बर्गले पाउने शिक्षा र स्वास्थ्य सेवा अर्को स्तरको । पैसा भएकाहरुको लागि जस्तोसुकै गुणस्तरको स्वास्थ्य र शिक्षा किन्न सकिने स्थिति देशभित्रै सिर्जना भएको छ भने गाउँमा गरिब र गरिखाने बर्गका मानिसहरु जीवनजल समेत नपाएर मर्ने स्थिति पैदा भएको छ । नर्सिंग होमहरु सम्पन्न र मध्यम बर्गका लागि गुणस्तरीय स्वास्थ्यसेवा बेच्ने बजार भएका छन् भने सरकारी अस्पतालहरु गरिब र गरिखाने बर्गका लागि काम चलाउ स्वास्थ्यसेवा दिने थलो भएका छन् ।

त्यस्तै बोर्डिंङ्ग स्कूलहरु, निजी क्याम्पस÷कलेज र विश्वविद्यालयहरु सम्भ्रान्त बर्गका लागि अति महँगोमा गुणस्तरीय शिक्षा बेच्ने थलो भएका छन् भने सरकारी स्कूल, क्याम्पस र विश्वविद्यालयहरु बिपन्न बर्गको लागि । शिक्षा र स्वास्थ्यको यति धेरै मालकरण भएको छ कि अब नेपालमा बिपन्न बर्गले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउनु र गरिबका छोराछोरीहरु डाक्ट इंजीनियर बन्नु धेरै मुश्किल कुरो भएको छ । शिक्षा र स्वास्थ्य अब सेवा नभएर अति नाफादायक माल वा उद्योग÷ब्यवसायमा रुपान्तरित भएका छन् ।

यसैबीच नेपालका कम्युनिष्टहरुको संघर्ष र पहलबाट शिक्षा र स्वास्थ्यलाई मालकरण गर्ने पुँजीवादी दिशाबाट नागरिकको मौलिक अधिकार र राज्यको दायित्व बनाउने समाजवादी सांस्कृतिक दिशातिर डो¥याउने प्रयास एक हदसम्म नेपालको अन्तरीम संविधान २०६३ ले गरेको छ । बृध्द–असहाय––बालबालिका–अपांगको भरणपोषण, खानेकुरा र रोजगारीलाई समेत अन्तरीम संविधानले नागरिकको मौलिक हक र राज्यको दायित्व बनाउने काम गरेको छ । संविधानसभाका दशवटा बिषयगत समितिले बनाएको नयाँ संविधानको मस्यौदामा माथिका सबै कुराको अलावा आवासलाई पनि नागरिकको मौलिक अधिकार र राज्यको कर्तब्य बनाउन खोजिएको छ । नेपाली राज्यमा लोकतान्त्रिक समाजवादी बिशेषता पैदा गर्न प्रयास गरिएको छ । यदि नयाँ बन्ने संविधानमा समेत आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी, खानेकुरा, आवास, बृध्द–असहाय–बालबालिका–अपांग–एकलमहिलाको सामाजिक सुरक्षा र भरणपोषणलाई हामीले राज्यको दायित्व र नागरिकको अधिकार बनाउनमा सफलता मिल्यो भने यो नेपाललाई समाजवादी सांस्कृतिक÷राजनीतिक दिशामा डो¥याउने मामिलामा एउटा महत्वपूर्ण फड्को हुनेछ ।

नेपालमा अहिले कम्युनिष्टहरुको पहलबाट, बिशेषतः माओवादीले थालेको सशस्त्र द्वन्द्वको  दबाबबाट, राज्यलाई समावेशी बनाउने दिशामा महत्वपूर्ण सफलता मिलेको छ । समावेशीता अब नेपालका सबै राजनीतिक दलको र नेपाली राज्यको एउटा सर्वस्वीकार्य एजेण्डा अथवा संस्कृति बनेको छ । बिघटित संविधानसभा जातीय, क्षेत्रीय र लैंगिक हिसाबले अत्यन्त समावेशी चरित्रको बनेको थियो । नेपालको विधायिका यसअघि यति समावेशी कहिल्यै थिएन । परन्तु समावेशीताका यो  पक्षमा क्षेत्रीय, जातीय, धार्मिक र लैंगिक समावेशीताको एजेण्डा धेरै अगाडि बढेको छ भने बर्गीय समावेशीताको एजेण्डा र संस्कृति भने राष्ट्रिय राजनीतिक ब्यवहारमा जताततै छुटेको छ । शासन गर्ने ठाउँमा, निर्णय गर्ने थलोमा र समग्र राज्य संरचनामा मजदुर बर्ग र किसानलाई, बिपन्न र उत्पीडित बर्गलाई कसरी ज्यादा भन्दा ज्यादा अनुपातमा पु¥याउने र त्यसलाई सर्वस्विकार्य संस्कृति कसरी बनाउने भन्ने कुरा अर्थात बर्गीय समावेशीताको एजेण्डा बैज्ञानिक समाजवादीहरुको मुख्य एजेण्डा र सरोकार हुनुपर्ने हो । त्यो छुट्नु भनेको वैचारिक र सांस्कृतिक रुपमा ठूलो पथ विचलन हो, यो क्षम्य भूल होइन । बिडम्वना के छ भने नेपालका पुँजीवादी शक्तिहरुमा पुँजीपति बर्गलाई शासन सत्ताको धुरीमा पु¥याउन जुन खालको बर्ग पक्षधरताको हुट्हुटी र संस्कृति देखिन्छ त्यो नेपालका बर्तमान समाजवादी शक्तिहरुमा मजदुर बर्गलाई शासनसत्तामा पु¥याउनका लागि देखिँदैन । यो नेपालको समाजवादी राजनीतिक आन्दोलनको त्यस्तो कमजोरी हो जुन अविलम्व सच्याइनु पर्छ ।
नेपालको आम सांस्कृतिक आन्दोलनको दिशा के हो भने नेपालमा यतिखेर सामन्तवादी संस्कृतिको अवशेष बाँकी छ तर त्यो मरणशील दिशामा रहेको छ । पुँजीवादी सांस्कृतिक आन्दोलन अहिले देशमा सबैभन्दा धेरै हाबी छ तर यसका दोष र अन्तरविरोधहरु पनि उदांगै देखा परिहेछन् । पुँजीवादी राजनीतिमा र उदार पुँजीवादी अर्थब्यवस्थामा स्वतन्त्र बजार, ब्यक्तिगत सम्पत्ति र नाफामा अत्यधिक जोड दिने, नेताहरुले राजनीतिलाई स्थायी पेशा बनाउने र आम जनता र गरिखाने बर्गको सहभागिता, नियन्त्रण र पहुँचको अत्यन्त अभावका कारण भ्रष्टाचार आम रुपमा मौलाएको छ र यो पुँजीवादी राज्य ब्यवस्थाको अभिन्न अंग जस्तै भएको छ । नेपालको अपार प्राकृतिक स्रोत साधनको समुचित ब्यवस्थापन गर्दै देशको कृषि तथा औद्योगिक  क्षेत्रमा आमूल परिवर्तन तथा विकास गर्न नेपालको पुँजीवादी संसदीय राजनीति बिफल भएको छ । अहिले हरेक दिन १७०० को संख्यामा नेपाली युवाहरु विदेश जानु त्यसैको स्वभाविक परिणाम हो । नेपालका गाउँहरु युवाहरु र उत्पादनशील जनशक्तिको हिसाबले रित्तो हुँदैछ । देशमा रोजगारी र ब्यक्तिगत विकासको अवसर प्रशस्त मात्रामा भएको भए नेपालीहरु यसरी यो अनुपातमा विदेशमा ओइरो  लाग्ने थिएनन् ।

योे बेलामा पुँजीवादी राजनीति र संस्कृतिलाई चुनौति दिने काम नेपालमा समाजवादी राजनीति  संस्कृतिले गरिरहेछ तर त्यो आवश्यक मात्रामा सशक्त र प्रभावकारी हुन सकेको छैन । यति हुँदाहुँदै पनि नेपालमा यतिबेला मुख्य वैचारिक÷राजनीतिक तथा सांस्कृतिक भीडन्त पुँजीवादी र समाजवादी शक्तिबीच नै परिरहेछ । पुँजीवादी साम्राज्यवादी संस्कृति र समाजवादी संस्कृतिबीचको टकराव नै यतिखेरको नेपालको मुख्य टकराव हो ।

प्रगतिशील सांस्कृतिक आन्दोलनको दिशा

पुँजीवादी÷साम्राज्यवादीहरु जसरी पनि नेपाललाई पुँजीवादी दिशातिरै मोड्ने प्रयासमा छन् भने समाजवादीहरु समाजवादी दिशामा मोड्ने प्रयासमा ।२००६ सालदेखि नै अर्थात नेपालमा कम्युनिष्ट आन्दोलनको प्रारम्भदेखि नै यसले देशभक्तिपूर्ण आन्दोलन, मजदुर आन्दोलन र किसान आन्दोलनको उठान नगरेको होइन । यसले जन्मकालबाटै काठमाण्डौ उपत्यकामा, सुदूर पश्चिम नेपालका डडेलधुरा, बैतडी, कैलाली, कंचनपुरमा, पूर्वी तराइका सिराहा, महोत्तरी, धनुषा, सर्लाहीमा र मध्य तराइका रौतहट बारा पर्सामा, झापामा सामन्तवादविरोधी ठूलठूला किसान आन्दोलन सशक्त ढंगले प्रारम्भ गरेको हो । अनि असमान र अन्यायपूर्ण अन्तर्वस्तु भएको १९५०को भारतसितको शान्ति तथा मैत्री सन्धि, कोशी तथा गण्डक सम्झौता बिरुध्दमा साम्राज्यवादी विरोधी आन्दोलन पनि यसैले प्रारम्भ गरेको हो । यि आन्दोलनको प्रभाव तत्कालीन साहित्य र संंस्कृतिमा टड्कारै देखिन्छ । पहिले ईश्वरवादमा आधारित स्वच्छन्दतावादी मानवतावादी साहित्य सिर्जना गर्ने लक्ष्मीप्रसाद देबकोटा पछि गएर समाजवादी स्वच्छन्दतावादी साहित्य सिर्जना गर्ने ब्यक्तिमा रुपमान्तरित हुनु यसको टड्कारो उदाहरण हो । गोपालप्रसाद रिमाल, सिध्दिचरण श्रेष्ठ, हृदयचन्द्रसिंह प्रधान, भूपि शेरचन, युध्द प्रसाद मिश्र, श्यामप्रसाद, गोकुल जोशीका साहित्यमा यसको छाप उदांगै देखिन्छ । २००७ यता सिर्जित यि मूर्धन्य साहित्यकारका साहित्यमा प्रगतिशील यथार्थवादका गुदीहरु पउन सकिन्छ ।

नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भए यता विदेशबाट हुने कुनै पनि हस्तक्षेप वा अन्यायपूर्ण ब्यवहारको विरोध गर्ने, अन्याय र उत्पीडनमा परेका श्रमिक, किसान बर्गहरु र नारीको मुक्तिको पक्षपोषण गर्ने, समता र सामाजिक न्यायमा जोड दिने, धार्मिक अन्धविश्वासको विरोध गर्ने तथा बैज्ञानिक सोच र चिन्तन प्रणालीको प्रचारप्रसार गर्ने, घरघरमा पुरुषले पनि भातभान्सा र काममा भाग लिने कुरा नेपालको समाजवादी खेमाको आम संस्कृति हुन गएको छ ।

खासगरी २०१० को दशकमा काठमाण्डौ उपत्यकाको किसान आन्दोलन (२००८¬–१०साल), रौतहट किसान विद्रोह २००९, भीमदत्त पन्तको किसान विद्रोह २०१०, सिराहा र धनुषाको किसान आन्दोलन २०११–१२, झापा विद्रोह (२०२८ साल), जुगेडी संघर्ष, सर्लाहीमा भएको सामन्तको भकारी लुट्ने आन्दोलन(२०३५) जस्ता नेपालमा सामन्तवाद विरोधी किसान आन्दोलन जेजति भएका छन् ती नेपालका कम्युनिष्टहरुबाटै भएका छन् । यस्ता किसान आन्दोलनमाथि राज्यबाट पनि हिंस्रक दमन भएको नेपाली इतिहास रहेको छ । रौतहट किसान विद्रोहमाथि र भीमदत्त पन्तको किसान आन्दोलनमाथि भारतीय सेनाको सहायता लिएर दमन, झापा विद्रोहमाथि सैनिक दमन, सिन्धुली–महोत्तरी–सर्लाहीमा सैनिक दमन, छिन्ताङ र पिस्कर दमन यसका ज्वलन्त उदाहरण हुन् । तर यसबाटै नेपालमा जनस्तरमा सामन्तवादविरोधी आम चेतना र संस्कृतिको निर्माण भएको छ । दमन गरे पनि किसानहरुको सामन्तवाद विरोधी जागरण, संस्कृति र आन्दोलनलाई उपेक्षा गर्नसक्ने स्थिति बुर्जुवा शासकहरु र नेपालको सामन्ती राजतन्त्रको रहेन । प्रधानमन्त्री भएको बेला कांग्रेस नेता बिपी कोइरालाले नेपालमा विर्ता उन्मूलन र राजा रजौटा उन्मुलन गर्ने कार्य यही कारणले गरे ।  राजा महेन्द्रले पनि यही कारणले नेपालमा भूमिसुधार गर्नुपरेकोे इतिहास साक्षीे छ ।

पछिल्लो समयमा नेकपा माओवादीले २०५२ सालदेखि चलाएको सशस्त्र द्वन्द्वको समयमा आफ्नै सेना निर्माण गरेर देशका अधिकांश गाउँबाट शोषक सामन्त लखेट्ने र गाउँलाई सामन्त÷जाली÷फटाहा÷प्रहरी शून्य पार्ने, गाउँमा कतै पनि श्रीमती पिट्न नदिने, जाली तमसुक जलाउने, रक्सी–जुवा–तास बन्द गर्ने कार्य पनि सामन्तवादविरोधी राजनीति र अर्थनीति मात्र होइन, र सामन्तवादविरोधी लोकतान्त्रिक संस्कृति निर्माणका दिशामा चालिएका उदाहरणीय कदम हुन् ।

यसको प्रभाव नेपाली पुँजीवादी साहित्यमा पनि परेको छ, प्रगतिवादी साहित्यमा पनि । पछिल्लो समयमा पैदा भएका आधुनिक स्वच्छन्दतावादी पुँजीवादी साहित्यमा गाउँको शोषण दमन, अन्याय र बिसंगतिको यथार्थवादी चित्रण यत्रतत्र देख्न सकिन्छ । पछिल्लो समयमा माओवादीले थालेको सशस्त्र द्वन्द्वलाई सकारात्मक वा नकारात्मक बिषयवस्तु बनाएर लेखिएका साहित्यको ओइरो नै लागेको छ ।

सामन्तवादविरोधी संघर्ष केवल नेपालका कम्युनिष्टहरुले मात्र गरेको कुरो सत्य होइन । नेपालका पुँजीपति बर्गले पनि यस्तो संघर्ष गरेको नेपालको इतिहास रहेको छ । राणा शासनले स्थापित गरेको सामन्ती निरंकुशतन्त्र विरुध्द नेपालका बुर्जुवाहरुले पनि हतियार उठाएका हुन् । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले नै २०१६ सालमा बिर्ता उन्मुलन गरेको हो । तर आम रुपमा नेपालको राजनीतिक विकास क्रमलाई केलाएर हेर्दा नेपालमा बुर्जुवाहरुले सामन्तवाद विरुध्द संघर्ष त गर्ने तर संघर्ष चुलिएको बेला हमेशा सामन्तवादसित अधकल्चो सम्झौता मात्र गरेको इतिहास रहेको छ ः २००७ सालमा पनि, २०१५ सालमा पनि, २०३६ सालमा पनि र २०४६ सालमा पनि । विपी कोइरालाले हमेशा सामन्तवादसित गरेको सम्झौताको परिणामस्वरुप २०१७ सालमा उनी आफै सामन्ती राजतन्न्त्रको धोकाधडीको शिकार भए । तर यही समयमा बैज्ञानिक समाजवादका पक्षधर पुष्पलालले राजतन्त्रसित सम्झौताको पक्षपोषण कहिल्यै गरेनन् बरु पुँजीवादी र समाजवादी मिलेर सामन्ती राजतन्त्र जरैमा ढाल्ने कुरामा उनले जोड दिए । २०४६ सालमा पुष्पलालकै बाटो पक्रेर नेपालका कम्युनिष्टहरुले पुँजीपति बर्गसित मिलेर पंचायती सामन्तवाद ढाल्न संघर्ष गरे र यो सफल पनि भयो । तर राजासित गरिएको अधकल्चो सम्झौताको फलस्वरुप एक दशकपछि नै राजाले पुनः धोका दिए  । २०६५ सालमा सामन्ती राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापना यथार्थमा राजाबाट बारम्वार धेरै धोखा खाएका बुर्जुवाहरुले पनि नेपालका कम्युनिष्टहरुको सम्झौताविहीन संघर्षको संस्कृति र गणतन्त्रको एजेण्डालाई साथ दिनाले सम्भव भएको हो । यसरी आम रुपमा नेपालमा सम्झौताविहीन ढंगले सामन्तवाद विरोधी राजनीति र संस्कृति पैदा गर्नमा नेपालका बैज्ञानिक समाजवादीहरुको अग्रणी भूमिका छ भन्न हिच्किचाउनु पर्दैन ।

तर २०६० को दशकमा आइपुग्दा नेपालका कम्युनिष्टहरुमा सामन्तवादविरोधी सांस्कृतिक आन्दोलन निकै फितलो र कमजोर हुन थालेको छ । नेपालका कम्युनिष्टहरु सत्तारुढ हुँदा पनि उनीहरुले बिस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार भूमिसुधार गर्न र गाउँगाउँबाट सामन्तवाद उन्मुलन गर्न जरुरी ठानेनन् । बरु उल्टो, गाउँबाट लखेटिइसकेका शोषकसामन्त र गयल जमीन्दार बर्गलाई सम्पत्ति सहित ससम्मान गाउँ फर्कन दिन उनीहरु सहमत भए । सबैभन्दा दुखान्त त यसमा भयो कि सामन्तवादको अन्तको लागि अग्रणी भूमिका खेल्नुपर्ने कम्युनिष्ट पार्टीभित्रै गाउँका शोषक–सामन्त–जमीन्दार–जालीफटाहा, प्रतिक्रियावादी पुँजीपति बर्ग र अपराधिक तत्वहरुलाई ब्यापक मात्रामा प्रवेश गराउनमा नेपालको समाजवादी नेतृत्वलाई कुनै आपत्ति भएको देखिएन । जसरी भए पनि संसदीय चुनाव जित्नका लागि ठूलो पार्टी बनाउन उनीहरुले यो कुरा गरे । यो समाजवादी राजनीति र संस्कृतिमा आएको भयावह विचलन हो । यो राजनीतिक÷सांस्कृतिक हिसाबले उल्टो दिशातिरको यात्रा हो । नेपालका कम्युनिष्ट पार्टीहरुले अप्नाएको यो जसरी भए पनि चुनाव जित्नका लागि जस्तोसुकै गलत मानिसलाई पनि पार्टीमा हुल्ने सांगठनिक सिध्दान्त उनीहरुले परित्याग गर्नु आवश्यक छ । उनीहरुले यसो गरेनन् भने नेपालका कम्युनिष्टहरुले समाजवादी राजनीतिक र सांस्कृतिक आन्दोलनको संचालन र अगुवाइ गर्नु असम्भव हुनेछ ।

त्यस्तै नेपालमा विदेशी प्रभुत्व र हस्तक्षेपविरोधी र साम्राज्यवाद विरोधी राजनीति र संस्कृति पनि नेपालका कम्युनिष्टहरुको आम प्रवत्ति रहिआएको छ । १९५० को असमान सन्धि, दिल्ली सम्झौता, गण्डक सम्झौता, कोशी सम्झौता, महाकाली सम्झौता जस्ता असमान र अन्यायपुर्ण सम्झौता विरुध्द नेपालका समाजवादीहरुले लगातार विरोध गरि आएका छन् । नेपालको राष्ट्रिय स्वाधीनताको पहरेदार नेपालका समाजवादीहरु नै हुन् भन्ने जनमत नेपालमा प्रबल हुनुको कारण पनि यही थियो । परन्तु पछिल्ला केही दशकमा नेपालका समाजवादी दलहरुमा पनि सत्ताका लागि साम्राज्यवादसित घुँडा टेक्ने र सम्झौता गर्ने प्रवृत्ति हुर्केर आएको छ । साम्राज्यवादको विरोध सत्तामा नजाउञ्जेल मात्र गर्ने र सत्तामा गएपछि सत्ताको निरन्तरताका लागि देशको प्रभुसत्ताको लेनदेन गर्ने प्रवृत्ति सबैभन्दा क्रान्तिकारी भनिएको समाजवादी दलको समेत आम प्रवृत्ति हुन थालेको छ । गरिखाने बर्ग र उत्पीडित जनसमुदायको ब्यापक समर्थनका बलमा सत्तामा जाने र टिक्ने होइन, विदेशी साम्राज्यवादी शक्तिका समर्थनका बलमा सत्तामा जाने र टिक्ने प्रवृत्ति नेपालका सबैजसो समाजवादी दलहरुमा ब्याप्त भएको छ । यही कारणले नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा साम्राज्यवादविरोधी स्वर मत्थर हुन थालेको छ ।

यतिखेर नेपालको समाजवादी आन्दोलनको अन्तरविरोध के हो भने नेपालका कम्युनिष्टहरु राजनीतिमा अति शक्तिशाली भएर पनि समाजवादी वैचारिक÷सांस्कृतिक आन्दोलनमा धेरै कमजोर देखिन्छन् । उनीहरुले नेपालमा सशक्त समाजवादी सांस्कृतिक आन्दोलन चलाउन मूर्त पहल र मिहेनत गरेको देखिँदैन । उनीहरुले समाजवादी दर्शन, संस्कृति र विचारधारा धेरैभन्दा धेरै मानिसले ग्रहण गरुन् भन्ने उद्देश्यका साथ योजनावध्द काम गरिरहेको भेटिन्न, न उनीहरुले समाजवादी सिध्दान्त र संस्कृतिलाई बदलिँदो ज्ञानविज्ञान र विश्व परिस्थितिमा, केही मुलुकमा समाजवादी ब्यवस्थाको अवसानको परिप्रेक्ष्यमा पहिले भन्दा परिमार्जित र विकसित बनाउन नै कुनै प्रयास गरिरहेका छन् । अधिकांश समाजवादी भनिएका नेताहरु दिनानुदिनको पुँजीवादी संसदीय राजनीतिमै यति धेरै ब्यस्त छन् कि उनीहरुलाई समाजवाद बारे, समाजवादी सांस्कृतिक आन्दोलन बारे सोच्न समेत फुर्सद देखिँदैन ।

 बिभिन्न कम्युनिष्ट पार्टीहरुले वा प्रगतिशील संचारकर्मीहरुले चलाएका एफ्. एम हरु र पत्रपत्रिकाहरु प्रशस्त नभएका होइनन् तर थोरै अपवादलाई छोडेर अधिकांशले पस्कने वैचारिक÷सांस्कृृतिक सामग्री र बुर्जुवाहरुले चलाएका सञ्चार माध्यमहरुले प्रस्तुत गर्ने सामग्रीमा कुनै तात्विक भिन्नता देखिँदैन । अन्तर्वस्तुका हिसाबले उनीहरु पनि मूलतः पुँजीवादी वैचारिक÷सांस्कृतिक सामग्रीकै उत्पादन र प्रचारमा लीन देखिन्छन् । न त उनीहरु द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रचार गरि रहेछन् न समाजवादी विचारधाराको । यो उदेकलाग्दो विरोधाभास हो । यो महाभूललाई नेपालका कम्युनिष्टहरुले र प्रगतिशील सांस्कृतिक कर्मीहरुले हटाउन जरुरी छ । अन्यथा समाजवादी सांस्कृतिक आन्दोलन कुनै अर्को ग्रहबाट स्वतः धर्तीमा खस्ने कुरा होइन, यो पुँजीवाद अति धेरै विकसित भएपछि आफै पैदा हुने कुरा पनि होइन । यो सचेत प्रयासबाट योजनावध्द रुपमा निर्माण गर्दा मात्र विकसित हुँदै जाने कुरा हो ।

सांस्कृतिक आन्दोलन चलाउनका लागि मेडियाको भूमिका ज्यादै ठूलो र प्रभावकारी हुन्छ । तर नेपालको यथार्थ के हो भने बुर्जुवाहरुले पुँजीवादी विचार÷संस्कृतिको प्रचार र विस्तारका लागि मेडियामा र प्रचारसामग्रीमा जुन सूक्ष्मता र उँचाइमा ध्यान दिएका छन् समाजवादीहरुले यसका लागि खास ध्यान दिएनन् । वैचारिक र सांस्कृतिक सामग्रीको प्रस्तुतिको हिसाबले नेपालमा समाजवादी सांस्कृतिक मेडियाको अस्तित्व ज्यादै कमजोर र नाम मात्रको स्थितिमा छ । टिभी, रेडियो र फिल्म क्षेत्रमा पुँजीवादी सामग्रीको बाढी नै लागेको छ भने समाजवादी सांस्कृतिक सामग्री नगण्य बरोबर छ । यो कमजोरी नेपालका समाजवादी सांस्कृतिक आन्दोलनले हटाउन जरुरी छ ।

नेपालको समाजवादी यथार्थवादी साहित्यिक क्षेत्र भने यसको अपवादको रुपमा छ । यो अवधिमा नेपालका प्रगतिवादी लेखकहरुले प्रशस्तै समाजवादी सांस्कृतिक सामग्री पस्कन समर्थ भएका छन् । पछिल्लो आधुनिक कविता साहित्यमा त नेपालका समाजवादी यथार्थवादी साहित्यकारहरुले संख्या र गुण दुबैमा समग्र साहित्य संस्कृतिमा अग्रणी भूमिका निभाएका छन् । कथा, उपन्यास, समालोचना, यात्रा साहित्यमा पनि समाजवादी यथार्थवादी लेखक÷लेखिका सांस्कृतिक कर्मीहरुको स्थिति धेरै कमजोर छैन ।

 गीत संगीत क्षेत्रमा भने उनीहरु शून्य नभए पनि धेरै कमजोर स्थितिमा देखिएका छन् । यो नेपालको दुखद यथार्थ भएको छ कि अधिकांश नेपाली जनताले सुन्ने मनपराउने गीत यतिखेर पुँजीवादी स्वच्छन्दतावादी खेमाका रोमाण्टिक गीतहरु, पप र रक गीतहरु, र लोकलयमा आधारित गीतहरु नै भएका छन् । एक समयमा प्रगतिशील गीत संगीतको क्षेत्रमा नेपाल हल्लाएका रामेश, रायन, जेबी टुहुरेहरु, जीवन शर्मा, मधु गुरुङहरु, इन्द्रेणी सांस्कृतिक समाज, जनसांस्कृतिक संघ र रक्तिम समुहहरु  समाजवादी भनिएका दलहरु र उनीहरुको नेतृत्वको सरकारबाट कुनै आड भरोसा र प्रोत्साहन नपाएर अहिले सांस्कृतिक आन्दोलनको परिदृश्यबाट ओझेलमा परेका छन् । नेकपा माओवादीसित प्रगतिवादी सांस्कृतिक कलाकारहरुका बिभिन्न जमातहरु सेना सरह तैयार भएको थियो । तर शान्ति प्रक्रियामा आएपछि माउ राजनीतिक दलले नै उनीहरुलाई संरक्षण गर्न ध्यान नदिनाले उनीहरु छ्यान्ब्यान्न भएका छन् । जीविकाको लागि कतिपयले रेष्टुराँहरुमा दोहोरी गीत समेत गाउनुपरेको स्थिति छ । नेपाली प्रगतिवादी सांगीतिक खेमाभित्र केही गम्भीर कमजोरीहरु देखिन्छन् । पहिलो कमजोरी यो देखिन्छ कि निकै प्रतिभावान कलाकारहरु उनीहरुसित हुँदाहुँदै पनि उनीहरुले पैदा गरेको गीत संगीत कलात्मक तवरले उच्च कोटिको र सर्वसाधारण जनताले बिभिन्न जीवन परिस्थितिमा सहजै गुनगुनाउन सक्ने खालका हुनसकेका छैनन् । दोश्रो कमजोरी के भएको छ भने जसरी बुर्जुवा खेमाका कलाकारले संगीतकै लागि जीवन समर्पित गरे, उच्च स्तरको साधना गरे, त्यसैलाई पेशा बनाए प्रगतिवादी खेमाका कलाकारले त्यस्तो गरेनन्, गर्नेहरुले पनि लामो समय र जीवनभर त्यसमा टिकेनन् । अधिकांशले पेशा अरु नै बनाए र संगीतलाई रुचिको बिषय मात्र बनाए । तेश्रो, सरकारमा नेतृत्वमा पुग्दा पनि नेपाली प्रगतिशील सांगितिक फाँटले आफूलाई रेडियो, टिभी र अन्य सबै संचारमाध्यममा मूल धारको रुपमा स्थापित गर्नमा प्राथमिकता दिएनन् । यि कमजोरीहरु प्रगतिशील सांस्कृतिक आन्दोलनले हटाउन जरुरी छ ।
त्यो भन्दा पनि ज्यादा कमजोर स्थिति फिल्म क्षेत्रमा भएको छ । फिल्ममा समाजवादी यथार्थवादीहरुको पकड ज्यादै कमजोर देखिन्छ ।

अहिलेको समस्या के हो भने मेडिया आधारभूत रुपमा पुँजीवादी पकडमा देखिन्छ तर राजनीतिमा समाजवादीहरु गणितीय हिसाबले ज्यादा शक्तिशाली स्थितिमा देखिन्छन् । नेपालमा कम्युनिष्ट पार्टीहरुको जुन अत्यन्त बलवान उपस्थिति छ र निर्वाचनमा एकअर्काविरुध्द लड्दा पनि बिघटित संविधानसभामा कम्युनिष्ट पार्टीहरुको ६२ प्रतिशत प्रतिनिधित्वले के देखाउँछ भने नेपाली जनताको अत्यधिक हिस्साको लागि पुँजीवादी संसदीय राजनीति भन्दा समाजवाद ज्यादा प्रिय छ । यसको तात्पर्य समाजवादी अर्थराजनीति र समाजवादी संस्कृतिको विकासको लागि नेपाली सामाजिक धरातल अनुकूल र उर्वर छ । परन्तु नेपालका कम्युनिष्टहरुले यो अनुकूलता र उर्वरताबाट मनग्ये लाभ लिन सकेको देखिँदैन ।

नेपालका कम्युनिष्टहरुको ब्यवहार र यहाँका अत्यधिक जनताको मत र आकांक्षाबीच गम्भीर अन्तरविरोध देखिन्छ । नेपालका बहुसंख्यक नागरिकहरु नेपालमा पुँजीवाद होइन, समाजवादको हालीमुहाली खोजिरहेछन् तर नेपाली कम्युनिष्ट नेताहरु राजनीतिक हिसाबले पुँजीवादी छन् र सांस्कृतिक हिसाबले सामन्ती र निम्नपुँजीवादी ब्यक्तिवादी ज्यादा देखिन्छन् । सबैभन्दा उन्नत र विकसित संस्कृति भएका कारण बैज्ञानिक समाजवादी संस्कृति र चेतना समुदायमा, खासगरी औद्योगिक पुँजीवाद ज्यादा नफस्टाएको समुदायमा, सजिलै र स्वतः पैदा हुने कुरो होइन ।  यसको लागि सचेत तथा मूर्त प्रयास र निरन्तर मिहेनतको आवश्यकता पर्दछ । नेपालको बिडम्वना यो हो कि समाजवादी सिध्दान्त, विचार, चेतना र संस्कृतिको विकासका लागि र बढ्दो संख्यामा समाजवादी संस्कृतियुक्त मान्छे र तिनको समुदाय देशभरि पैदा गर्नका लगि समकालीन नेपालका कम्युनिष्टहरुले कुनै सार्थक प्रयास र मिहेनत गरिरहेको भेटिन्न । उनीहरु कुरा समाजवादको गर्छन् तर अभ्यास् गर्छन् पुँजीवादी लोकतन्त्रको मात्र, जीवन जिउँछन् पुँजीवादी ढंगले । उनीहरु समाजवादलाई सुदूर भबिष्यमा लागु गर्ने बिषय ठानिरहेछन् तर बर्तमानमा चाहिँ पुँजीवादी राजनीति र संस्कृतिको अभ्यास गरिरहेछन् । बर्तमानमा लागु गर्नका लागि पुँजीवाद नै उचित र समाजवाद चाहिँ सुदूर भबिष्यको लागि मात्र उचित ठान्ने सोच नेपालका समाजवादीहरुमा ब्याप्त छ र यो नितान्त गलत छ । यही गलत सोचका कारण नेपालमा समाजवादी संस्कृति, अर्थनीति र राजनीति ओझेलमा पर्न लागेको छ र पुँजीवादी संस्कृति, अर्थनीति र राजनीति ज्यादा प्रभावी हुन थालेको छ । यो सोच र स्थिति पुरापुर उल्ट्याउन आवश्यक भएको छ । समाजवाद यहीँ र अहिले नै अभ्यास गर्न सकिने कुरो हो ।

संसदीय लोकतन्त्र र खुला बजार उदारवादी अर्थतन्त्रका रुपमा नवऔपनिवेशिक पुँजीवाद त नेपालमा अहिले नै विद्यमान छ तर त्यसको अभ्यास नेपालमा हरेक हिसाबले बिफल हुन लागेको छ । नेपाली समाजका अहिलेको आम नेपाली नागरिकका आकांक्षालाई सम्वोधन गर्ने र देशभित्रका मुख्य अन्तरविरोध र समस्यालाई हल गर्ने सक्षमता पुँजीवादी संसदीय लोकतन्त्रले देखाउने कुनै लक्षण छैन । नेपाली गरिखाने बर्गका जनता बर्तमान स्थितिमा आमूल परिवर्तन चाहन्छन् तर संसदवादी पुँजीवादीहरु यथास्थितिको निरन्तरता मात्र खोजिरहेछन् । नेपाली गरि खाने बर्गका जनता नेपालको समग्र ग्रामीण क्षेत्रमा भूमिमा, कृषिमा र उद्योग र विज्ञान÷प्रविधिमा क्रान्ति भएको हेर्न–भोग्न चाहन्छन् तर पुँजीवादी संसदवादी दलहरुसित यि क्षेत्रकोे रुपान्तरणका लागि कुनै मूर्त र प्रगतिशील कार्यक्रम देखिँदैन । नेपाली जनता यतिबेला स्वच्छ छबि भएको र देश र जनतालाई माया गर्ने नेतृत्वको खोजीमा छन् । तर संसदवादी खेमामा त्यस्तो कुनै एउटा सक्षम र स्वच्छ नेता विद्यमान देखिँदैन, सबैजसो पुँजीवादी शीर्ष नेता भ्रष्ट र आफूकेन्द्रि मात्र देखिएका छन् । सक्षम नेतृत्वको अनिकाल नेपालको संसदीय लोकतन्त्रको मुख्य अनिकाल भएको छ । यही कारणले आम नागरिकमा यसप्रतिको आम निराशा र बितृष्णा निकै धेरै बढेको छ ।

यो निराशा र बितृष्णाले शिखर छोएपछि र आम नागरिकको थप पर्खने धैर्य नभएपछि हुने अवश्यम्भावी कुरो या त क्रान्ति हो या प्रतिक्रान्ति । प्रतिक्रान्ति त यहाँ पुनः हिजोका राजाले पनि गर्नसक्छन् या सेनाले पनि र या राष्ट्रपतिलाई मुखौटा बनाएर स्वदेशी र विदेशी पुँजीवादी पुनरोत्थानवादी शक्तिले पनि, या यि सबै मिलेर पनि । तर यस्तो समयमा नेतृत्वको बिकल्प दिनुपर्ने र क्रान्ति गर्नुपर्ने समाजवादीहरुले हो । यो अवस्था उनीहरुको लागि अपूर्व अवसर पनि हो र चुनौति पनि । तर नेपालका समाजवादीहरुको बिडम्वना यो हो कि उनीहरु नेतृत्वको महाअनिकालको यो परिस्थितिमा आफुलाई सांस्कृतिक तवरले बुर्जुवा नेताभन्दा गुणात्मक रुपमा भिन्न र उन्नत साबित गर्न सकिरहेका छैनन् र उनीहरुले समाजवादी क्रान्तिको पनि कुनै तैयारी गरिरहेका छैनन् । यो समस्या उनीहरुले अविलम्व समाधान गर्न आवश्यक छ । उनीहरुले अहिले सांस्कृतिक रुपमा आफूलाई बुर्जुवा नेताभन्दा तात्विक रुपले भिन्न र उन्नत साबित गर्नसक्नुपर्छ । उनीहरुले क्रान्तिको दिशामा काम गर्न जरुरी छ अन्यथा बल प्रतिक्रान्तिको कोर्टमा जानेछ ।

नेपालको यतिखेरको अनुकूलता यो हो कि नेपालमा संविधानसभामार्फत अपरिवर्तनीय भनेको केही नभएको र नयाँ समाजवादी प्रगतिशील अन्तर्वस्तु भएको संविधान ल्याएर मात्र पनि राजनीतिक क्रान्तिलाई सफलतापूर्वक अघि बढाउन र देशलाई समाजवादी दिशामा डो¥याउन सम्भव छ । जनताको अहिले पनि अपेक्षा र आशा कम्युनिष्ट खेमाप्रति छ । तर प्रतिकुलता यो हो कि त्यस्तो संविधान ल्याउन सम्भव भएर पनि नेपालका समाजवादी दलहरु यो कार्यका लागि एकजुट हुन सकिरहेका छैनन् । नेपालका समाजवादी दलको बैचारिक सांस्कृतिक स्तर यस्तो छ कि उनीहरुको लागि बर्गीय रुपमा मित्र को हो र शत्रु को हो भन्ने कुराको समेत हेक्का रहेको देखिँदैन । नेपालका बैज्ञानिक समाजवादका पक्षधर दलहरु उन्नत संस्कृति र होशको राजनीति होइन, क्षणिक लाभ र प्रतिक्रियाको राजनीति मात्र गरिरहेछन् । उदाहरण लागि नेपालको दुइटा ठूला समाजवादी दल–नेकपा एमाले र नेकपा–माओवादीका निम्ति यतिबेला पुँजीवादी नेपाली कांग्रेस सबैभन्दा नजिकैको मित्रशक्ति भएको छ भने समाजवादी दल एनेकपा माओवादी सबैभन्दा ठूलो शत्रु । एनेकपा माओवादीले पनि एमालेका राष्ट्रपतिको उम्मेदवारलाई समर्थन नगरेर बुुर्जुवा राष्ट्रपतिको विजयको सुनिश्चितताको लागि ढोका खोलिदिएको उदाहरण पनि हाम्रो सामु छ ।

यो विरोधासपुर्ण स्थितिमा आमूल परिवर्तन अहिलेको नेपाली सांस्कृतिक आन्दोलनको आवश्यकता हो । यसका लागि नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनको बर्तमान दिशा बदल्न आवश्यक छ । समाजवादलाई सुदूर भबिष्यको बिषय होइन, यसलाई सबै समाजवादीहरुले अहिले र यहीँ लागु गर्ने बिषय बनाइनु पर्छ । यसो गर्न गर्नुपर्ने कुरा धेरै छैनन् तर यि कुरा गर्न सम्भव भए पनि सजिलो भने अवश्य छैन । यसको अभ्यास थाल्नका लागि निम्न कुराहरु गर्न आवश्यक छ :

ड्ड रुढी, अन्धविश्वास र धर्मान्धताको ठाउँमा बैज्ञानिक चिन्तन प्रक्रिया र जीवन शैलीको जनसमुदाय स्तरमा ब्यापक विस्तार, आदर्शवादी र अधिभूतवादी चिन्तन पध्दतिको ठाउँमा भौतिकवादी द्वन्द्ववादी चिन्तन पध्दतिको विस्तार

ड्ड सर्बप्रथम समाजवादी राजनीतिक र सांस्कृतिक आन्दोलनका अगुवाहरुबाट गल्ती गर्दै सिक्ने हिसाबले समता, सामाजिक न्याय र सामुदायिक स्वामित्वमा आधारित समाजवादी कम्युन जीवन शैलीको अभ्यासको प्रारम्भ, केन्द्र प्रदेश, र स्थानीय निकायसम्म यसको क्रमवध्द विस्तार

ड्ड हरेक क्षेत्रमा हाल कायम निजी स्वामित्वको ब्यापकताको ठाउँमा आम जनस्तरमा सहकारी खेती, सहकारी उद्यम÷ब्यवसाय, सहकारी स्कुल÷अस्पताल, र सहकारी ब्यापारको विस्तार र यसलाई अन्ततः सामुदायिक स्वामित्वमा रुपान्तरण

ड्ड समुदायको हित र विकासमा नै आफ्नो हित र विकास देख्ने समाजवादी संस्कृतियुक्त जागृत÷विवेकशील मान्छे बढी भन्दा बढी संख्यामा पैदा गर्ने कार्यलाई समाजवादी सांस्कृतिक आन्दोलनको मुख्य अभियान बनाउने र यसका लागि सबल र सक्षम समाजवादी मेडिया संयन्त्र र शिक्षा संयन्त्रको विकास गर्ने

ड्ड केन्द्रदेखि भूइँ तहसम्म हरेक तहको राजनीतिमा, शासनसत्ता चलाउने, कानुन बनाउने ठाउँमा, फैसला र निर्णय गर्ने र स्रोत साधन वितरण गर्ने ठाउँमा गरिखाने बर्ग, महिला, र पाखा परेका कुनै पनि उत्पीडित समुदायको पहुँच, प्रतिनिधित्व र पहिचान सुनिश्चित भएको स्वतन्त्रतायुक्त समतामूलक, समावेशी र अकेन्द्रित राजनीतिक प्रणालीको स्थापना र त्यसको माध्यमबाट समतामूलक  समावेशी आर्थिक विकास

ड्ड विश्वमा मानव जातिले गर्ने ज्ञान विज्ञानको विकास, उत्पादन प्रणाली, उत्पादनका साधन र वितरण प्रणालीको विकास, सामाजिक आन्दोलनको विकासलाई लगातार दहीमथनी गर्दै, विश्लेषण र संश्लेषण गर्दै त्यसबाट निरन्तर शिक्षा लिने कार्य

यि कुराहरु गर्ने हो भने नेपालमा समाजवादी सांस्कृतिक आन्दोलनको भबिष्य अन्धकार छैन । परिवर्तनकामी विश्वको आँखा अहिले नेपालतिर केन्द्रित छ ।

चिखु, कीर्तिपुर, नेपाल

                                                                             00

टिप्पणी

श्याम श्रेष्ठको कार्यपत्रमाथिको टिप्पणी

­ गोपाल ठाकुर

नेपाली सांस्कृतिक आन्दोलनको दिशामाथि प्रकाश पार्दै स्रष्टा एवं द्रष्टा विद्वान श्याम श्रेष्ठले धेरै सटिक र यथार्थ चित्रण प्रस्तुत गर्नु भएको छ । यस आलेखलाई मनन गर्दा नेपालको अर्थ राजनीति र संस्कृतिको बीचमा रहेको मेल र बेमेल दुबै स्पष्ट हुन पुग्छ । वास्तवमा उहाँले सैद्धान्तिक र व्यावहारिक दुबै किसिमले नेपालको सांस्कृतिक आन्दोलनको समीचीन चित्रण गर्नुको साथै यसको आगामी कदमको बारेमा पनि आफ्ना सुझावहरू प्रस्तुत गर्नु भएको छ । कार्यपत्र सन्तुलित र खँदिलो छ । सैद्धान्तिक रूपमा यसमा कुनै विमति जनाउनु पर्ने आवश्यकता म देख्दिन । तर नेपालको सन्दर्भमा संस्कृतिसँग गाँसिएको पहिचानको विषय अलि कम भएको जस्तो लागेको छ । साथै पहिचानको कुरा गरिरहँदा एउटा समुदायले आफ्नो व्यष्टी पहिचानलाई देशको समष्टी पहिचानको पर्यायवाची बनाउने कसरत मात्र गरेनन्, अपितु त्यसैलाई मात्र समष्टी पहिचानको रूपमा थोपर्ने गरेकोले नेपालको सांस्कृतिक आन्दोलन ठीकसँग अगाडि बढ्न नसकेको यथार्थ हो । यो विषय अझ बढी सटिक ढङ्गले उठ्नु पर्दछ । तसर्थ कार्यपत्रको पूरकको रूपमा म केही कुरा राख्न चाहन्छु ।

अर्थ राजनीति र सांस्कृतिक धरातल

लोकतन्त्र र गणतन्त्र निश्चय पनि पुँजीवादी अर्थतन्त्रमाथि टिकेका छन् । पुँजीवादी अर्थतन्त्रको लागि तगारो भएकै कारणले प्रजातन्त्रको ठाउँमा लोकतन्त्र र संवैधानिक राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापना भएका हुन् । तर तिनको साथ साथै विगतमा शक्ति विकेन्द्रीकरण र स्थानीय स्वशासनको अभ्यास राजतन्त्रको कारणले मात्र नभएर परम्परागत पुँजीवादी र साम्यवादी शक्तिहरूले पनि सत्ता अभ्यास गर्दा खसेतर समुदायको लागि अमिलो अङ्गुर सावित भएको पनि त्यतिकै यथार्थ हो । त्यसैले पहिचानको विषयलाई अन्य कुनै अभ्यासले व्यवस्थित गर्न नसकिने ठहरका साथ मधेश आन्दोलनले सङ्घीयता पनि थप्दा बल्ल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुन पुगेको हो । तसर्थ वर्गीय स्वार्थको सपना बाँडेर सङ्गठन गरे पनि पहिचानको सवालमा काँग्रेस र कम्युनिष्ट नेतृत्व व्यवहारमा एकजातीय, एकभाषी, एकधर्मी, एकलसांस्कृतिक र वर्गीय रूपमा निजी वर्गपरिवर्तनकामी हुँदै सांस्कृतिक रूपमा नवसामन्ती पुनरुत्थानवादमा पतन भएकोले जातीय, सामुदायिक र वर्णजनित विभेदबाट मुक्ति पाउनका लागि मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित तथा लैिङ्गक विभेदबाट मुक्ति पाउनको लागि महिला समेत एकजुट भएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र सैद्धान्तिक रूपमा स्थापित भएको हो । साथै नेपालमा व्यवस्थित गर्नु पर्ने सङ्घीयता भौगोलिक नभएर बहुसांस्कृतिक पहिचानसँग गाँसिने भएकोले कथित पुँजीवादी र साम्यवादी नेतृत्वले पचाउन नसक्दा त्यसै कारणले संविधान नै नबनाएर संविधानसभा तुहाइएको हो । तसर्थ सारमा यो पुँजीवादी लोकतन्त्र देखिए पनि व्यवहारमा अभैm नवसामन्ती कुलीनतन्त्रभन्दा अघि बढेको छैन । पहिला शाह, राणा, थापा, पाँडे परिवारमा देशको शासनसत्ता हिन्दू रूढीवादमा आधारित थियो भने अहिले यो यज्ञोपवित धारण गर्ने वा नगर्ने जस्तोसुकै भएपनि खस­ब्राह्मणवादमा सीमित हुन पुगेको छ । तसर्थ कुल, वंश, धर्मबाट अभैm नेपालको शासनसत्ता निरपेक्ष हुन नसकेकोले रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र तर व्यवहारमा नवसामन्ती पुनरुत्थानवादी कुलीनतन्त्रमा सीमित छ । यसलाई कार्यपत्रमा सीमित रहेरै पुष्टि गर्न सकिन्छ ।

कार्यपत्रमा कृषि अर्थतन्त्रलाई पुँजीवादी भनिएको छ । जहाँसम्म नेपालको कृषि अर्थतन्त्रको कुरो हो त्यो पुँजीवादोन्मुख मात्र छ । कार्यपत्र प्रस्तोता स्वयंले हाम्रो अर्थतन्त्रमा कृषिको योगदान ३६ प्रतिशत मात्र रहेको तथ्य उद्धृत गर्नु भएको छ । तर कृषिमा हाम्रो जनसङ्ख्याको कति प्रतिशत जनशक्ति सामेल छन्, स्पष्ट छैन । २०६८ को जनगणनाले पनि यो विषय छोएको प्रतिवेदन बाहिर ल्याएको छैन । यथार्थमा नेपाली जनसङ्ख्याको दुई तिहाइभन्दा बढी अझ कृषि क्षेत्रमै सामेल छ । दुई तिहाइ जनशक्ति कृषिमा सम्मिलित भएर अर्थतन्त्रमा एक तिहाइ मात्र योगदान गरेको प्रस्ट हुन्छ । यसले नेपालका अधिकांश किसानहरू र उत्पादकहरू मूलतः व्यक्तिगत उपभोगका लागि नभएर बजार र नाफाका लागि उत्पादन गर्छन् भत्रे कार्यपत्र प्रस्तोताको कथनलाई आफैँ खण्डित गर्छ । यसको कारण कार्यपत्रले थोरै खोतल्दा राम्रो हुन्थ्यो । यसको पनि मुख्य कारण खस­ब्राह्मणवादी राजनीतिक नेतृत्व नै देखिन्छ । यस क्षेत्रका प्राविधिज्ञहरू खसेतर त देखिन्छन् तर तिनका लागि नीति बनाउने र प्राविधिज्ञहरूको सिफारिसलाई लागू गर्ने राजनीतिक र प्रशासनिक नेतृत्व खसब्राह्मणवादी अल्पज्ञहरूको हातमा भएकोले हाम्रो कृषिको अवस्था यस्तो छ । सारमा कम जनशक्ति लगाएर अर्थतन्त्रमा बढी योगदान नगरेसम्म हाम्रो कृषि क्षेत्रलाई उत्पादनमुखी भत्र सकिँदैन ।

त्यसको एउटा कारणको रूपमा राज्यले कृषिलाई दिने सहुलियत पनि हो । सामन्ती पञ्चायती तानाशाहीले कृषि क्षेत्रमा दिने गरेको सहुलियत सबसिडी पनि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा समाप्त गरियो । त्यसको परिणामको रूपमा एउटा उदाहरण नै प्रशस्त हुन्छ । भारतको आन्ध्रप्रदेशबाट काठमाडौँ आइपुगेको एक किलोभन्दा बढीको साइजको रोहु माछाको खुद्रा मुल्य २०० रुपैयाँ केजी हुन्छ भने नेपालका माछा उत्पादक किसानले आफ्नो लागतको कारणले मुश्किलले ५०० ग्रामको साइज मात्र बनाउन पाउँछन् र त्यसको थोक मुल्य उत्पादन स्थलमै २०० रुपैया केजी हुन्छ । अर्थात अझ पनि नेपालको कृषि प्रणाली उत्पादनमुखी नभएर निर्वाहमुखी नै रहेको छ । लेखक स्वयंले २०३० को दशकसम्म नेपाल खाद्यात्र निर्यात गथ्र्यो र अब आयात गर्न थालेको यथार्थप्रति चिन्ता व्यक्त गरिसक्नु भएको छ । यति हुँदाहुँदै पनि किसानहरूको एकल प्रयासमा यो क्षेत्र व्रmमशः पुँजीवादतिर उन्मुख हुने कसरत त गर्दैछ तर विश्व साम्राज्यवादी र विदेशी एकाधिकारवादी पुँजीवादले यसलाई उठ्न नदिएको सारसँग विमति राख्न सकिँदैन ।

जहाँसम्म प्रस्तोताले नेपालमा पुँजीवादी संस्कृति ज्यादा हावी हुन थालेको उल्लेख गर्नु भएको छ, त्यो उपभोगमा मात्र सीमित छ । उत्पादनमा हावी हुन राजनीतिक रूपले खस­ब्राह्मणवाद परास्त नभएसम्म यो सम्भव देखिँदैन । तर बिडम्बनाको कुरो के हो भने वैज्ञानिक समाजवादीहरू नै बढी खस­ब्राह्मणवादी भएर नवसामन्ती पुनरुत्थानवादी हुन पुगेका छन् । उदाहरणको लागि विघटित संविधान सभामा वैज्ञानिक समाजवादीहरू नै करीब दुई तिहाइ थिए । तर संविधानसभा विघटन भयो । त्यसको मूलकारण तिनको नेतृत्व पाखण्डी खस­ब्राह्मणहरूको हातमै हुनु हो । खसेतर जनताको आन्दोलनको अगाडि घुँडा टेकेर सङ्घीयतालाई स्वीकरे पनि औँलामा गत्रसकने ती पाखण्डी खस­ब्राह्मण वैज्ञानिक समाजवादी नेताहरूको हिन्दू पुनरूत्थानवादी चरित्रको कारणले संविधान बत्र सकेन । तर सारमा पुँजीवादी र वैज्ञानिक समाजवादी दुबै खेमाको नेतृत्व खस­ब्राह्मणवादको हातमा छ । यसले गर्दा यो समुदायका पट्टमुर्ख पनि विद्वान, आन्दोलनमा लुते कुकुर भएर पुच्छर लुकाउँदै भाग्ने मात्र नभएर आन्दोलनको विरोधमै लाग्नेहरू आन्दोलनको कमाण्डर, जीवनमै खेत नदेख्नेहरू किसान नेता, ज्यावल नदेख्नेहरू मजदूर नेता, कुनै विद्यालय नै नटेकी विद्यावारिधि र विद्यावाचस्पति हुने गर्दछन् । ब्राह्मणवादको पराकाष्ठामा रचित यो श्लोक नै यी कथित वैज्ञानिक समाजवादी नेतृत्वको मूल आधार बनेको छ:

पतीतोपि द्विजः श्रेष्ठ न च शूद्र जीतेन्द्रीय ।
पूजीतोपि बन्ध्या गाई खर दुग्धा नपूज्यते ।।
(पतीत भए पनि ब्राह्मण श्रेष्ठ हो, जीतेन्द्रीय शूद्र होइन । किनभने बाँझो भए पनि पूजा त गाईकै हुन्छ, न कि दूधालू गदहीको ।)

परिणाममा पनि देखिएको छ । यिनीहरूले योजना आयोगमा आफ्ना कुल वंशका खेलाडीलाई बरू पठाउँछन्, कुलबाहिरका अर्थशास्त्रीलाई पठाउँदैनन् । भूगोलवेत्ता, भूगर्भवेत्ताहरू बाहिर बस्छन्, निरक्षरहरूले प्राकृतिक श्रोत­साधन उपभोग नीति बनाउँछन् ।

तसर्थ तुलसी दासको यो चौपाई ‘पूजिए विप्र कुल गुण हीना । शूद्र न पूजिए वेद प्रवीणा ।।’ लाई मूलमन्त्रको रूपमा जाप गर्ने यी पाखण्डीहरूको नेतृत्वमा वैज्ञानिक समाजवाद त के, पुँजीवाद पनि स्थापना हुन नसकेको यथार्थबाट पञ्छिन मिल्दैन । त्यसैले राजतन्त्रको अन्त्य कहीँ गलती त थिएन भत्रे पापको प्रायश्चित गर्न अब यिनीहरू पृथ्वीनारायणको मूर्तीपूजा गर्दै उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रूपमा पुनः स्थापित गर्ने कसरतमा पनि लागेका छन् । तर अब कुल र वंशको शान र सर्वोच्चता रहँदैन भत्रे प्रस्तोताको निष्कर्षसँग सहमत हुन सकिन्छ तर अझ पनि निर्मम सङ्घर्षको आवश्यकता छ भत्रे सर्तमा ।

नेपालमा समाजवादी चेतना र आन्दोलनको वैचारिक श्रोत यथार्थमा मूलतः सोभियत सङ्घ र चीनका समाजवादी क्रान्ति र भारतीय कम्युनिस्ट आन्दोलन रहेका छन् । तर ती क्रान्ति  र आन्दोलनका सकारात्मकभन्दा नकारात्मक पक्षहरू नेपाली समाजवादी आन्दोलनका अगुवाहरूले बढी पछ्याएको देखिएको छ । उदाहरणको लागि लेनिन र स्टालिनको शेषपछि रुसलाई मात्रै सोभियत सङ्घको पर्याय बनाउने दुस्प्रयासलाई नै नेपालको वैज्ञानिक समाजवादी नेतृत्वले अन्धानुकरण गर्दै अघि बढेको छ । राष्ट्रिय सवालमा लेनिनको विचारबाट विमुख हुँदा सोभियत सङ्घ ढलेको कुरा स्वीकार गर्न पनि उनीहरूलाई गाह्रो  परेको देखिन्छ । उल्टै एक राजा एक देश एक भाषा एक भेषको एकाङ्गी केन्द्रीकृत संरचनाको निरन्तरतामा नेपालको समृद्धि खोज्ने प्रयासमा उनीहरू लागेका छन् । चीनको स्वायत्तता पनि नेपालका वैज्ञानिक समाजवादीहरूको मगजमा छिर्दैन । भारतको कम्युनिस्ट आन्दोलन जसरी उच्च जातीय हिन्दू ब्राह्मणवादमा सीमित छ नेपाली वैज्ञानिक समाजवादी नेतृत्व पनि खस­ब्राह्मणवादमा सीमित हुन पुगेको छ । साम्राज्यवाद र एकाधिकार पुँजीवाद विरोधी चरित्र सङ्घर्षको बेला मुखर हुन्छ तर सत्तामा जाँदा तिनीहरूकै ताबेदारी गरेका छन् नेपालका वैज्ञानिक समाजवादीहरूले । समाजवादको माक्र्सले गरेको परिभाषाको ठाउँमा नेपालको सन्दर्भमा यसरी भन्दा सजिलो होला ः समाजवाद भनेको अरू केही पनि होइन, यो पनि मानवतावाद नै हो तर नेतृत्वको वर्ग परिवर्तन पछि । यस परिभाषातिर प्रस्तोताले राम्रै सङ्केत गर्न खोज्नु भएकोमा मेरो समर्थन छ ।

प्रस्तोताले आदिम साम्यवादको अवशेषको कुरा गर्दा मधेश छुटेको छ । मधेशमा पनि भाँज प्रथा छ जस अन्तर्गत अद्यपि समूहमै खेती किसानीको साथै दूध­दही उत्पादन गर्ने गरिन्छ । त्यसै गरी साझा खेती गर्ने परम्परा पनि जीवितै छ । अचेल त सहकारी खेतीको रूपमा माछा पालन, कुखुरा पालन जस्ता व्यवसायहरू पुनः सुरू भएका पनि छन् ।

नेपाली सांस्कृतिक आन्दोलनको दिशा

नेपाली सांस्कृतिक आन्दोलनको दिशालाई चित्रण गर्ने व्रmममा पनि मधेश छुटेको छ । रामदेव प्रसाद द्विवेदी ’अलमस्त’, हरिहर यादव, नन्दन अर्याल, पुलकित ठाकुर जस्ता जनकवि कलाकार किसान नेताहरूले प्रगतिशील साहित्यलाई दिएको योगदान आजसम्म गुमनाम छ । त्यो पनि प्रकाशमा आउनु पर्दछ ।

भाषाको सवालमा अन्य मातृभाषाहरूको नोक्सानीमा नेपाली भाषाले राष्ट्रिय रूप लिने गरेको र अंग्रेजीले अन्तरराष्ट्रिय भाषाको रूप लिएको कुरा त प्रस्तोताले गर्नु भएको छ तर प्रस्तुतिले यसलाई सकारात्मक बताएको भान हुन्छ । जुन वास्तविकता छैन । भाषा अधिकारको लागि स्वयं लड्ने श्याम श्रेष्ठज्यूले यसको नकारात्मक कडीलाई पनि उजागर गर्नु पर्ने हुन्छ । वास्तवमा नेपाली भाषा आज पनि सबै नेपालीको हुन सकेको छैन । कारण के छ भने सामन्तीदेखि साम्यवादी शासकहरूले राज्यसत्ताको चरम दुरुपयोग गरी नेपाली सिक्नै पर्ने बाध्यता त सृजना ग¥यो तर खस समुदाय बाहेक अरूको दक्षतालाई कहिल्यै स्वीकार गरेनन् । नेपालीको शब्दावली र वर्णविन्यासलाई खस­बाहुनबाहेकले समाउनै नसक्ने गरी जटिल बनाइएको छ । बरू अंग्रेजीले अन्य भाषाहरूका शब्दावलीलाई समेत आत्मसात गरेको छ भने वर्णविन्यासमा पनि विविधतालाई स्वीकारेको छ । त्यसै गरी भौगोलिक र मौद्रिक हिसाबले नेपाललाई राष्ट्रको रूपमा प्रस्तुत गर्ने कोसिस त गरिएको छ तर भाषिक–सांस्कृतिक हिसाबले सम्मिलन प्रव्रिmयाले नेपाल एउटा राष्ट्र हुने सम्भावना अब झिनो हुँदै गएको छ । यसको लागि सामुदायिक सङ्गतिको प्रयास जरूरी छ ।

वित्तीय क्षेत्रमा सहजताको लागि बैंक, वित्तीय कम्पनी र सहकारीहरू त खुलेका छन् तर तीमध्ये धेरैजसो प्रत्यक्ष–अप्रत्यक्ष ठगी गरेका छन् भने तिनीहरूको प्रव्रिmयाको झञ्झटले आने र ढ्याके ब्याज तथा दृष्टिबन्धक र भोगबन्धकको ठाउँमा अब गाउँले साहुमहाजनहरूले मनलाग्दो ब्याजमा धर–खेत राजीनामा पास गराएर मात्र ऋण दिइरहेका छन् ।

समावेशिताको सवालमा माओवादी सशस्त्र द्वन्द्वले केही सफलता हासिल गरेको देखिए पनि समावेशीकरणको मुद्दालाई सङ्घीयतासम्म पुर्याउने मधेश आन्दोलन नै हो । यति हुँदाहुँदै पनि संविधानसभाको स्वरूप जति समावेशी देखिए त्यत्तिकै समावेशी खास गरी नेपालका कम्युनिस्ट पार्टीहरूका निर्णायक निकाय भइदिएको भए संविधानसभाको अकाल मृत्यु हुँदैनथ्यो । उदाहरणको लागि संविधानसभाका अन्य सबै विषयगत समितिहरू जति समावेशी थिए समानुपातिक थिए, संवैधानिक समिति थिएन । त्यसै गरी अहिले पनि नेकपा एमालेको स्थायी समिति एकजातीय, एकभाषी, एकलिङ्गीय, एकलधर्मी र एकल सांस्कृतिक अनुहारहरूको मात्रै छ । एकीकृत माओवादी र ड्यास माओवादीहरूका सातौँ महाधिवेशनहरूले पनि आफ्ना केन्द्रीय समितिहरूलाई समावेशी बनाउन सकेका छैनन् । खासगरी मधेशको सवालमा नेपालका कम्युनिस्ट नेतृत्व साम्प्रदायिक, पाखण्डी, दुराचारी र मिथ्याभाषी नै छ । आदिवासी जनजाति, दलित र महिलाको सवालमा पनि यिनीहरू फरक छैनन् । साथै धेरै समावेशी चरित्रको भएकोले नै संविधानसभामा संविधान लेख्न सकिएन भत्रे पनि नेपालको कम्युनिस्ट नेतृत्वको ठहर छ । त्यसैले आगामी संविधानसभाको लागि अनेक बहाना बनाएर प्रत्यक्ष निर्वाचित स्थानमा कुनै फेरबदल नगरी समानुपातिक र मनोनीन स्थानलाई यिनीहरूले ११० ले घटाउने कुकृत्य गर्दैछन् । यसको प्रत्यक्ष असर जातीय, क्षेत्रीय, सामुदायिक र लैंगिक समावेशीकरणमा पर्नेछ । साथै मधेशको सवालमा एमालेको नेतृत्व त यति व्रmूर छ कि विगतको संविधानसभामा तीनजना गैरमधेशीहरूलाई समेत मधेशी कोटामा पठाउन पनि यिनीहरूलाई लाज र घिनले छोएन । जहाँसम्म वर्गीय पक्षधरताको वैज्ञानिक समाजवादी खेमामा कमी भएको प्रति प्रस्तोताको जुन चिन्ता छ त्यो जायज छ । तर त्यो विकृति कहाँबाट सुरू भयो त्यसको निर्मम समीक्षा हुनु पर्छ । यस्तै भूल भएकोले सोभियत सङ्घ, युगोस्लाभिया र चेकोस्लोभाकिया ढलेका हुन् । मानिसको अन्तरराष्ट्रिय जाति बनाउने नारासँग नेपालका भाषिक, सांस्कृतिक, धार्मिक, जातीय, सामुदायिक, भौगोलिक तथा जैविक विविधतालाई सामन्ती सम्मिलनकारी नीतिले समाप्त पार्दै गोर्खालीकरणको नाममा जारी खसकरणको प्रव्रिmया अघि बढिरहँदा नेपाल पनि खास गरी कम्युनिस्ट नेतृत्वको कारणले असफल राष्ट्र नबन्ला भत्र सकिँदैन । यसको मुख्य चूरो कुरो नेपालको वैज्ञानिक समाजवादी नेतृत्व सांस्कृतिक रूपले एकलकाँटे हुन खोज्दा यिनीहरूको वर्गीय पक्षधरता चकनाचूर भएर यिनीहरू स्वयं निजी वर्ग परिवर्तनको बाटोमा हिँडेकोले नै अरू विकृतिहरू देखिएका हुन् ।

त्यति हुँदाहुँदै पनि समाजवादी धारले नै चुनौती दिइरहेको सत्य हो तर त्यो अब नेपालको सन्दर्भमा वैज्ञानिक समाजवाद मात्र भएर पुग्दैन अब त्यो सङ्घीय समाजवादको रूपमा अगाडि बढ्दा मात्र उपलब्धि हुन सक्छ ।

प्रगतिशील सांसकृतिक आन्दोलनको दिशा

यस खण्डमा सबैभन्दा पहिले रौतहट किसान विद्रोह २००९ लेखिएकोमा त्यो बारा­रौतहट किसान विद्रोह २००९­१३ हो र यसरी नै सच्चिनु पर्दछ । त्यसै गरी यहाँ बुर्जुवाहरूको सामन्तवाद विरोधी सङ्घर्षलाई सम्झौतापरस्त बताइएको छ । त्यति मात्र सही छैन । यहाँको समाजवादी सङ्घर्ष पनि सम्झौतापरस्त नै छ । किनभने साकार हुन नसके पनि सिङ्गै सङ्गठनलाई नै दरबारमा बुझाउने काम रायमाझीहरूले बुर्जुवाको रूपमा नभएर साम्यवादी भएरै गरेका थिए । पञ्चायती व्यवस्थालाई जीवित सत्य भत्रे मनमोहन अधिकारी साम्यवादी नै थिए । मदन भण्डारीको चिहानमा उभिएर आफ्नो वर्चस्व कायम गर्ने तर उनको मृत्युको कारणलाई अझसम्म रहस्य नै रहनदिने एमालेको नेतृत्व पंक्ति साम्यावादीहरू नै हुन् । त्यसै गरी टनकपुर र विप्पाको उपहार दिने पनि साम्यवादीहरू नै हुन् । सूर्य र कुन्तिले कर्णको मृत्युको साक्षी बने भैmँ आफ्नै एजेण्डामा ल्याएको संविधानसभालाई मार्ने अरू कोही नभएर नेपालका कम्युनिस्टहरू नै हुन् ।

तसर्थ नेपालका वैज्ञानिक समाजवादी नेतृत्वको आम चरित्र दुइजिब्रे देखिएको छ । सङ्घर्षको लागि जनतालाई युद्धमैदानमा ओराल्न यिनीहरूले १९५० को सन्धिलाई असमान बताउने, दिल्ली सम्झौताको विरोध गर्ने, गण्डक, कोसी, महाकाली सम्झौताहरूको विरोध गर्ने तर सत्ता सम्हालेपछि लुत्ते कुकुर भई विगत भन्दा पनि वर्तमानमा एकाधिकार पुँजीवाद र साम्राज्यवादको अगाडि लम्पसार पर्ने यिनीहरूको आम चरित्र छ । खास गरी भारत विरोधलाई यिनीहरूले अहिलेसम्म सत्ताप्राप्तिको अनुपम खुड्िकलो बनाउँदै अगाडि बढेका छन् तर आजसम्म भारतसँगको सीमा फस्र्यौट पनि गर्न नसक्ने लाछी भएर बस्नु सिवाय अरू के पो गरेका छन् यिनीहरूले ।

जहाँसम्म सङ्गीत, नाट्य आदिको प्रसङ्ग छ, वैज्ञानिक समाजवादी नेतृत्वले त्यस क्षेत्रलाई कलात्मक हुनै दिएको छैन । दलीय प्रचारको लागि अधिवेशन, आमसभा, महाधिवेशन, निर्वाचनमा नेताहरूको भाषण सुत्रलाई मान्छे जम्मा गरिदिने काम मात्रै प्रगतिशील कलाकर्मीहरूको थाप्लोमा पर्न आउँछ । त्यसैले राष्ट्रिय अन्तरराष्ट्रिय स्तरका प्रतिस्पर्धात्मक मञ्चहरूमा ती नेतृत्वले समेत आफ्नो खेमाका कलाकर्मीहरूलाई विश्वास नगर्ने अनेकौँ घटनाहरू आफू पनि एकजना कलाकर्मी भएकोले बेहोरेको छु । मुख्य कारण यही नै हो जसले गर्दा यस खेमाका कलाकर्मीहरू व्यावसायिक हुन सकेका छैनन् । सारमा कलाले पहिला सामन्तहरूको विलासिताको लागि कोठी र दरबारमा मोजरा गथ्र्यो भने अहिले यी नेताहरूको व्यक्तित्व उकास्न भीड जम्मा गर्नको लागि सुधारिएको मोजरामा नै सीमित छ अहिलेको प्रगतिशील मञ्चीय कला क्षेत्र ।

यति हुँदाहुँदै नेपालको अग्रमनको लागि अर्थ­राजनीतिक र सांस्कृतिक रूपले प्रस्तोताले गर्नुभएको छ बुँदे सिफारिससँग विमति राख्ने ठाउँ छैन । तर भन्छन्, ढाँटको निम्तो खाई पत्याउनु । बहुपहिचानको नेपालमा एकल पहिचानमा रमाउने चरित्र प्रदर्शनमा अग्र्र पंक्तिमा देखिएको नेपालको वैज्ञानिक समाजवादी नेतृत्व पंक्तिको बदनामी उनीहरूको मित्रवत आलोचनाबाट धुन पखाल्न सकिँदैन । संवैधानिक र कानूनी रूपले स्वीकार गरिएको बहुभाषिक अभ्यासको न्यायिक निकायबाट घाँटी रेटिँदा दीपावली मनाउने, पुँजीवादको सकारात्मक विकासले जीपर र फस्नरयुक्त पहिरन अगाडि सारे पनि तुनाबाँध्ने लुगालगाउने एकलजातीय पहिचानलाई पञ्चहरूलाई पनि मात गर्ने गरी अगाडि बढाउने चरम सांस्कृतिक तानाशाही लाद्ने, आफ्नै नेताहरूमध्ये पनि गैरखसलाई गद्दार र खस­ब्राह्मणलाई ईमान्दार भत्रे, जनै फ्याँके पनि हनुमान चालिसा पढ्न नछोड्ने, धर्म परिवर्तनलाई धर्म निरपेक्षता मात्रेहरूसँग आशा त गर्न सकिँदैन तर निराश भएर पनि समस्या समाधान नहुने भएकोले यी पाखण्डी संस्कृतिको ध्वंसमा नै नेपालको अग्रगमनको मार्गचित्र कोर्न सकिन्छ ।

महादेवस्थान­७, वाणस्थली, काठमाडौँ ।

                                                                 00


टिप्पणी

श्याम श्रेष्ठको कार्यपत्रमाथिको टिप्पणी

–हरिगोविन्द लुँइटेल

नेपाली समाज संक्रमणको तीव्र प्रकृयामा रहेको वर्तमान समयमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले ‘नेपाली सांस्कृतिक आन्दोलनको दिशा’ विषयमा छलफल चलाउनका लागि गरेको यो खाले अन्तक्र्रिया महत्वपूर्ण छ । १० वर्षे जनयुद्ध र यसको जगमा अघि बढेको २०६२, ६३ को जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन र दलित आन्दोनपछि संघीय लोकतान्त्रिक गणतन्त्रसहित समावेशिता र धर्मनिरपेक्षता लगायत महत्वपूर्ण राजनैतिक उपलव्धीहरु हासिल भएको पछिल्लो स्थितिमा जनताले थप आर्थिक र सांस्कृतिक तहसम्म यो संघीय लोकतान्त्रिक गणतन्त्रको विस्तार चाहिरहेको छ । ठूलै त्याग एवं वलिदानपूर्ण लगानीबाट प्राप्त यो परिवर्तनले धरै कुराहरुदेओस्, चौतर्फी रुपान्तरणको तहमा समाज अघि बढोस् भन्ने स्वाभाविक तीव्र जनचाहनाको चाप यसमा रहेको छ । समयमै यस्तो चौतर्फी रुपान्तरणको प्राप्ती हुन नसकेमा जनतामा आम निरासाले ढाक्नसक्ने  प्रवल संभावना पनि रहेको छ । यस्तो मौकालाई प्रयोग गर्दै प्रतिगामी, प्रतिक्रन्तिकारीहरुले टाउको उठाउने अवसर पाउने संभावना पनि रहेको छ । २०७० को संविधानसभा– २ को चुनावमा राजावादी र धार्मिक एकतन्त्रवादीहरुको बढोत्तरी यसको एक मूर्त संकेत हो । यस कारण मूलतः जागरुक जन–तव्कार सारतः लोकतान्त्रिक आन्दोलनको नेतृत्वले अगुवाइ गरेर यस सन्दर्भमा काम अगाडि बढाउनु जरुरी छ ।

पछिल्लो लोकतान्त्रिक आन्दोलनका मूलभूत उपलव्धीहरु नेपालमा सक्रिय सुधारवादी, यथास्थितिवादीहरुले रोक्न खोजेर पनि रोक्न नसकेपछि उनीहरु पनि लतारिँदै पक्षमा अगाडि आएको कारण यसको अगुवाई गर्ने नेतृत्व भनेको बस्तुतः क्रान्तिकारी कम्यूनिष्टहरुकै नेतृत्व हो भन्नेमा पनि कुनै व्दिविधा रहनु हुन्न ।

नेपालको उपरोक्त ठूलो राजनीतिक परिवर्तनपछि थप आर्थिक परिवर्तनको चासो र चिन्तनअपेक्षाकृत हदसम्म निर्माण नभएतापनि नेपालमा तुलनात्मक रुपले केही हदसम्म भइआएको छ । तर सांस्कृतिक परिवर्तनको मामलामा भने चासो र चिन्तन अत्यन्त कम मात्र भएको पाइन्छ । कम काम भएकोले यसमा धेरै अस्पष्टताहरु पनि रहनु स्वाभाविक छ ।
यस्तो अस्पष्टता चिर्नका लागि थुपै्र अध्ययन, खोज, अनुसन्धान, प्रचारप्रसार र प्रयोगहरु हुनु जरुरी छ ।  “नयाँ संस्कृति”को यो अन्तक्र्रियाले यस दिशामा सानै भए पनि एउटा ठोस प्रयत्न गरेको छ ।
श्याम श्रेष्ठले तयार गर्नु भएको यो आलेखले सन्दर्भ र विषयवस्तु दुवै पक्षमा राम्रो र गहन प्रस्तुति दिएको छ । राजनीतिक र आर्थिक संवन्धको जगमा संस्कृति हुर्कने बस्तुगत सत्यलाई प्रकाश पार्दै संस्कृति स्वयंको पनि आपसी अन्तक्र्रियात्मक असरदार भूमिकालाई उहाँले स्वीकारेर पछिल्लो समयको नेपाली संस्कृतिको मूलभूत विशेषताहरुको चिरफार गर्नु भएको छ । यसमा विगतदेखिको हाम्रो संस्कृतिको निर्माणको झाँकी पनि उहाँले प्रस्तुत गर्नु भई विषयलाई प्रष्ट पार्न राम्रो मिहेनत गर्नु भएको छ । विगतलाई यसको सामन्ती राजनीतिक र आर्थिक आधारमा विश्लेषण गरी संस्कृतिमा त्यसको स्वाभाविक प्रभावको निरुपण गर्ने प्रयत्न पनि उहाँले गर्नु भएको छ ।

साथै समाज विकासको पछिल्लो चरणको रुपमा नेपाली समाज अर्धसामन्ती नभै पूँजीवादी भैसकेको श्यामजीको अलि अगाडिदेखिकै विश्लेषणलाई उहाँले यस आलेखमा पनि तथ्य, तथ्यांकहरुसहित पुनस्थार्पित गर्नु भएको छ । नेपालको एउटा महत्वपूर्ण र प्रभावशाली कम्यूनिष्ट पार्टी एनेकपा माओवादीले गत वर्ष हेटोैंडा महाधिवेशनमार्फत नयाँ कुरा अगाडि ल्याएको छ । मुलुकले पछिल्लो समयमा राजतन्त्र फालेर गणतान्त्रिक व्यवस्था प्राप्त गरेपछि जगको आर्थिक आधारबाट पूँजीवाद राजनीतिक उपरी संरचनासम्मै प्रवेश भएको सार यस महाधिवेशनले निकालेको घटनाले श्यामजीको विश्लेषणलाई अरु बलियो बनाएको छ । यस आधारमा उहाँले नेपालको वर्तमान पुँजीवाद, जो राष्ट्रिय औद्योगिक पुँजीवाद होइन, ब्यापारिक र नवऔपनिवेशिक पुँजीवादका रुपमा विकसित भैरहेको छ, यसको संस्कृति पनि कसरी दलाल चरित्रको र साम्राज्यवादी प्रभावको पूँजीवादी बन्दै गैरहेका छ भन्नेबारेमा प्रकाश पार्नु भएको छ । यसमा बाँकी बसेका सामन्तवादका अवशेषहरुको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

संस्कृतिबारे समग्रतामुखी बुझाइ :

श्याम श्रेष्ठजीले आफ्नो आलेखमा ‘संस्कृति’बारे आधारभूत बुझाइ समग्रतामुखी अँगाल्नु भएको छ । यो एकदमै राम्रो काम उहाँले गर्नु भएको छ । अन्यथा नेपालमा संस्कृति भनेर संकीर्ण खाले दृष्टिकोणहरु पनिप्रचलनमा रहेका छन् । एकथरि प्राज्ञिक व्यक्तिहरु संस्कृति भनेर मुलकमा विद्यमान पुराना परंपरागत जात्रा, मेला, पर्व, कलाकारिता र जन्मदेखि मृत्युसम्मका संस्कार आदिलाई मात्र बुझ्ने र व्याख्या गर्ने अनि तिनमा मात्र ज्यादा जोड दिने गर्छन् । अर्काथरि (मूलतः केही राजनीतिककर्मीहरु) संस्कृति भनेर मंचमा वा अन्य कुनै सार्वजनिक थलोमा प्रस्तुत हुने गीत, नृत्य, नाटक आदि कलाकर्मलाई मात्र बुझ्नेहरू  छन् । त्यसैले उनीहरुको सास्कृतिक मोर्चाहरुले यिनै कलाकर्महरुलाई मात्रै आफ्नो सरोकार मान्ने गर्छन् । नेपालको सरकारी संस्थान सांस्कृतिक संस्थानले पनि आफ्ना व्यवहारिक गतिविधिहरुमार्फत  यही अवधारणालाई बोकेको देखिन्छ । कतिपय विभिन्न व्यावसायिक कलासमूहहरुले पनि आफूलाई सांस्कृतिक समूह भन्ने नाम दिएर यही बुझाइलाई अँगालिरहेका पाइन्छन् ।

यी दुवैथरि साँघुरा बुझाइहरुले औंल्याएका कुराहरुसंस्कृतिभित्रका केही पक्षहरु मात्र हुन् । “संस्कृति” भन्नाले यसमा मानव समाजका सवै मानवीय सिर्जनाहरु पर्दछन्, जसमा मानवको शारीरिक वा मानसिक श्रम र शिप परेको हुन्छ । प्रकृतिसंग जुध्ने र आफ्नो अनुकूल हुनेगरी प्रकृतिलाई प्रयोग गर्ने क्रममा मानवले प्राप्त गरेका सिर्जनात्मक उपलव्धीहरु सवैलाई संस्कृतिको रुपमा बुझ्ने यस्तो वृहद् दृष्टिकोणयुक्त अवधारणा पछ््याउने मत पनि विव्दत वर्गमा विद्यमान छ । वास्तवमा यो मत नै उपयुक्त मत हो । यो अवधारणा अँगाल्नेहरुले समग्र मानव जीवनपद्धतिको अर्थमा संस्कृतिलाई बुझ्ने गर्दछन् । यसरी बुझ्दा संस्कृतिभित्र व्यक्ति वा समूदायका भाषा, शिक्षा, धर्म, रहनसहन, बोलीचाली, बसाइ–लवाइ–खवाइ र आपसी अन्तरसंवन्धको शैली, मान्छेका रुची, बानी, आदत, लत, मिजास लगायतका सवै मानवीय जीवन पद्यति, कार्यशैलीहरु र क्रियाकलापहरु पर्दछन् । व्यक्ति कुनै पनि विषयमा कसरी धारणा बनाउँछ ? ऊ कसरी सोच्छ, उसको विश्वदृष्टिकोण कस्तो छ ? उसको राम्रो वा नराम्रो भनेर छुट्याउने सौन्दर्यशास्त्र कस्तो छ ? यी सवै संस्कृतिभित्र पर्छन् । जात्रा, मेला, पर्व, जन्मदेखि मृत्युसम्मका संस्कार आदि र पुराना–नयाँ कलाकर्महरु त पर्ने नै भए ।सारा बनाउने, बिगार्ने, राम्रो वा नराम्रो मान्ने, रमाइलो वा शोक मनाउनेदेखि निर्माण, विकासका संरचनादेखि चिन्तन र विचार, विचारधारादेखि लिएर हामी जेलाई सभ्यता वा असभ्यता भन्छौं यी सवै कुरा यसमा संगेटिन्छन् ।

‘संस्कृति’ शव्दको संस्कृत भाषाको शाव्दिक अर्थ परिमार्जित हुनु वा माझिनु र अंग्रेजी शव्द ‘कल्चर’को शव्दिक अर्थ ‘टु कल्टिभेट’ अर्थात् रोपण गर्नुले मात्रै पनि धेरै मूर्त रुपमा नभए पनि संकेत चाहिँ वृहद् अवधारणातिरै गरेका पाइन्छन् । आजसम्म अध्येताहरुले विकसित गरेका संस्कृतिका सयौं परिभाषाहरुलाई छिचोलेर वृहद् परिभाषालाई नै अंगीकार गरी समग्र समाजविज्ञानसंग यसलाई जोडेर अध्ययन गर्ने दृष्टिकोणबाट प्रस्तुत भएकोले श्यामजीले आफ्नो आलेखमा नेपाली समाजको जीवन–पद्यति समग्रलाई प्रकाश पार्ने राम्रो कोशिस गर्नु भएको छ ।

यसरी समग्रमा हेरेर अघि बढ्दा नेपालका कतिपय राजनीतिक दलहरुले सांस्कृतिक मोर्चालाई ‘संस्कृति’को जिम्मा दिएर संस्कृतिप्रतिको आफ्नो दायित्व निर्वाह भएको ठान्ने साघुँरो सोचको पनि खण्डन हुन जान्छ । समाजको लोकतान्त्रिक वा वामपन्थी रुपान्तरणको प्रसंगमा ‘संस्कृति’ कुनै एक अंश वा खण्ड होइन । यो त आन्दोलनको समग्रमा एउटा पक्ष हो । पार्टीमा जसरी किसान मोर्चा, मजदूर, विद्यार्थी वा कर्मचारी मोर्चा हुन्छ, त्यसै गरी कलाकर्मी मोर्चा हुन सक्छ तर सांस्कृतिक मोर्चा हुन सक्दैन, जो यहाँ हुने गरेको छ । संस्कृति कुनै मोर्चा मात्रको काम हैन। यो त समग्र आन्दोलनको काम हो, राजनीतिक आन्दोलनको अभिन्न पाटो वा पक्ष हो । यो कुनैसीमित दायराको मोर्चा हैन, समग्र आन्दोलनको एउटा महत्वपूर्ण पक्ष हो । यस सन्दर्भमा भारतका कम्यूनिष्ट चिन्तक क. शिवदास घोषले यो खाले ‘सामग्रिक दृष्टिकोण’ ले कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक आन्दोलनको अभिन्नताका बारेमा गर्नु भएको व्याख्या र चलाउनु भएको अभियान महत्वपूर्ण र सान्दर्भिक रहेको छ ।

विद्यमान साँस्कृतिक स्थितिको उल्लेख्य पक्ष के ?
आजको अवस्थासम्म आइपुगेको नेपाली आर्थिक–सामाजिक र राजनीतिक स्थितिले पैदा गरेको र मूलतः नेपाली कम्युनिष्ट आन्दोलनले थप प्रयत्न गरेर केही योगदान गरेको आजसम्मको संस्कृतिको सन्दर्भमा श्यामजीले प्रकाश पार्नु भएको मूल स्पिरिटमा सहमत हुँदै केही थप व्याख्या र केही उल्लेख्य पक्षहरुको विवेचना गर्ने काम म गर्न चाहन्छु ।

हो, नेपालमा अहिले सबैभन्दा ज्यादा फस्टाउन थालेको संस्कृति  ब्यक्तिवादी र उपभोक्तावादी साम्राज्यवादी÷पुँजीवादी संस्कृति हो । तर सांस्कृतिक रुपान्तरणको प्रकृया मूलतः आर्थिक, राजनीतिक रुपान्तरणसंगै अघि बढ्ने भएतापनि संस्कृतिमा मान्छेको मनोविज्ञान पनि जोडिने हुनाले र मान्छेले अनुशरण गर्दै आएको प्रचलन, प्रयोग गर्दै आएको चिन्तनको ढर्रा र जमेर बस्न पुगेको लत, बानी वा अभ्यस्तता आदिको पनि यसमा ठूलै भूमिका हुने भएकोले सांस्कृतिक संक्रमणकाल आर्थिक, राजनीतिक संक्रमण कालभन्दा लामो हुने र यो थप जटिल हुनेहुन्छ । सांस्कृतिक रुपान्तरणलाई बल दिन चाहनेहरुले अतिरिक्त प्रयत्न गर्नु पर्ने हुन्छ, उपयुक्त प्रकृया अप्नाउनु पर्ने हुन्छ र धैर्य पनि अलि ज्यादा नै गर्नुपर्ने हुन्छ । धर्मनिरपेक्षताको नीतिअनुकुल राज्यले धार्मिक काममा हात हाल्न छाड्नखोज्दा धर्मनिरपेक्षतासमर्थक क्षेत्रबाटै “हाम्रो गुठीले पाइआएको सरकारी अनुदान रोक्न पाइन्न” भन्ने खालको प्रतिक्रिया जनस्तरबाट आएको नेपालको ताजा उदाहरणले यस कुराको पुष्टी गर्दछ । शैक्षिक र आर्थिक रुपले सक्षम पुरुष वा नारीहरुले पनि जीवन व्यवहारका प्रचलित रुढीवादहरुलाई त्याग्न नसकेका धेरै उदाहरणहरु पनि यसमा थप्न सकिन्छ । राजनीतिक अर्थमा र सिद्धान्तको तहमा सहमत भएर पनि सांस्कृतिक तहमा सहमत हुन अनि त्यो सहमतिलाई व्यवहारमा उतार्नखास समय र अतिरिक्त प्रयत्नजरुरी हुन्छ ।

यस अर्थमा नेपालमा सामन्तवादी संस्कृतिको प्रभाव ज्यादा नै विद्यमान रहेको कुरातर्फ हाम्रो ध्यान जानु पर्दछ ।आम परिस्थिति सामन्तवादीबाट पूँजीवादी हुँदै गएको, यो रुपान्तरण प्रकृयामा पूजीवादी शक्तिहरुको भन्दा ज्यादा समाजवादी राजनीतिक शक्तिहरुको  निर्णायक भूमिका रहेको तर समग्रतामा भने समाजले सामन्तवादी सांस्कृतिक वाहुल्यता त्याग्न गा¥हो परिरहेको आवस्था आजको नेपालको सांस्कृतिक अवस्था हो । आर्थिक, सामाजिक परिस्थिति नयाँ हुँदै गएको तर सांस्कृतिक मूल्य, मान्यता र आचरण तदनुकूल हुन कठीन भैरहेको यो संक्रमणको स्थितिमा पूँजीवादका प्रगतिशील पक्षहरुलाई यसको दलाल चरित्र र साम्राज्यवादी प्रभावले विकृत बनाइरहेको पनि हाम्रो आजको स्थितिहो । राजनीतिमा समाजवादी राजनीतिक शक्तिहरुको निर्णायक भूमिका रहेको कारण समाजवादी संस्कृतिको चिन्तनको पक्षमा अपर्याप्त नै भए पनि केही प्रगति हुन सकेको तर व्यवहारमा निकै नै प्रारंभिक अवस्था रहेको पनि आजको हाम्रो यथार्थ हो । समाजवादी राजनीतिक, आर्थिक रुपान्तरणले साथ नदिइकन समाजवादी संस्कृति एक्लैमा फस्टाउने माग वस्तुवादी हुनसक्दैन तर समाजवादीहरुको समाजवादउन्मुखता भने जनताले अपेक्षा गर्नु स्वाभाविक छ । नेतृत्वले आफ्नो जीवनसंस्कृतिमा यो समाजवादउन्मुखता देखाउन सकेन भनेर आम जनतामा निरासा पनि छाउने गरेको यसै कुराको उदाहरण हो ।

श्यामप्रसाद शर्माहरुले भन्ने गर्नु भएको “जनतामा नौलो जनवादी संस्कृति र कम्युनिष्ट पार्टी र नेतृत्वभित्र भने समाजवादी संस्कृतिको अभ्यास थालिनु पर्छ” भन्ने सूत्रको सारको यतिखेर थप सान्दर्भिकता रहेको देखिन्छ । यस अर्थमा जीवनसंस्कृतिमा यो समाजवादउन्मुखता अँगाल्न नसक्नेहरु नेतृत्वभन्दा तल रहने परिपाटी उपयुक्त हुन्छ । यसरी सोच्दा आदर्शवादमा फस्ने खतरा पनि रहन्छ । सवै कुरा उच्चस्तरको भएपछि कामथाल्ने खालको अवस्तुवादमा पुग्ने संभावना पनि रहन्छ । तर यसो भन्दैमा समाजवादउन्मुखताको माग भने नाजायज हैन । जनताको तहमा समाजवाद ल्याउन आन्दोलनको अगुवाइ गरिरहेको नेतृत्वले समाजवादी जीवनशैलीमा आजै आफैले चाहिँ सुख वा सौन्दर्यबोध अनुभव गर्दै छ कि छैन?नेतृत्व स्वयं समाजवादी जीवनशैली हैन, विकृत सामन्तवादी वा पुँजीवादी, व्यक्तिवादी जीवनशैलीमा लिप्त हुने, आनन्दित हुने हो भने त्यस्तो नेतृत्वले जनतालाई चाहिँ “समाजवाद ल्याइदिन” किन हिड्ने ?नेतृत्व तहमै आजै नटिकेको समाजवाद जनताको तहमा भोलि कसरी टिक्छ भनेर विश्वास गर्ने ? व्यक्तिगत संपत्तिको उन्मूलनको समग्र लक्ष बोकेको नेतृत्वले खुलेर वा लुकेर व्यक्तिगत संपत्तिमै, व्यक्तिगत लाभ–हानीमै र व्यक्तिगत जस–अपजसमै आनन्द मानिरहेको व्यवहारमा देखिन्छ भने त्यस्तो आन्दोलन पाखण्डी हुँदैन भनेर जनताले कसरी विश्वास गर्ने ? त्यसैले यो एउटा नैतिक प्रश्न पनि हो ।
लोकतान्त्रिक आन्दोलनको आजसम्मको यात्रामा आइपुग्दा नेपालले सांस्कृतिक क्षेत्रमा भोग्नु परिरहेको एउटा ठूलो समस्या भनेको सामन्तवादी पछौटे सांस्कृतिक अवस्थाबाट मुक्त हुन नसक्नु नै हो । सारमा श्यामजीले उल्लेख गर्नु भएझै.औद्योगिक हैन, व्यापारिक र साम्राज्यवादी प्रभावको पुँजीवाद संस्कृतिमा हावी हुन थालेको हो । तर यो नै यहाँको मुख्य प्रवृत्ति भने भैसकेको छैन। यहाँ यतिखेर संस्कृतिमा हावी मुख्य प्रवृत्ति सामन्तवाद नै हो । माथि उल्लेख भएझैं अर्थतन्त्र र राजनीतिमा भएको परिवर्तनको तदनुकल परिवर्तित भैसकेको छैन संस्कतिक क्षेत्र । त्यसैले सामन्तवादी प्रतिक्रान्तिको खतरा यसतर्फबाट मौजुद रहेको छ ।हिन्दूराज्यको मागमार्पmत् धर्मलाई आड बनाएर राजतन्त्रको पुनस्र्थापनाको प्रयत्नमा प्रतिगामीहरु चुनावी मोर्चामा पनि सक्रिय हुनु र उनीहरुले संविधानसभा २ बाट केही थप सिट जित्नु भनेको यसै कुराको प्रमाण हो । सामन्तवाद आर्थिक जगमा अलि अगाडिदेखि नै हल्लिन थाल्यो र राजनीतिक जगमा भने राजतन्त्रको उन्मूलनपछि यसले ठूलै धक्का खायो । अव यो संस्कृतिमा बाँकी छ । यो खस्कँदो छ, तर अझै जवरजस्त नै छ । देशमा जनस्तरमा अझै व्यापक रुपमा विद्यमान जातीय, लैंगिक, क्षेत्रीय विभेदजन्य व्यवहारहरु, रुढी र अन्धविश्वासहरु, पारिवारिक संवन्धको शैली, क्ष्क्तिगत र गुटगत अहंकारको प्रकृति, जात्रा–मेला र सस्कारादि कर्महरु, कर्मकाण्डहरु मूलतः सामन्तवादी ढर्राकै बाँकी रहनु यसको प्रत्यक्ष प्रमाण हो ।
यसकारण श्यामजीले हाल नेपालमा सामन्ती अर्थतन्त्रको ध्वंससँगै सामन्ती संस्कृति तीब्र गतिमा ध्वंश हुँदैछ, यत्रतत्र साम्राज्यवादी÷पुँजीवादी उपभोक्तावादी संस्कृति मौलाउँदैछ भनी गर्नु भएको व्याख्या सत्यको एउटा पाटो अवश्यै हो तर अर्को पाटो केहो भने, यहाँ जगमा आएको हेरफेरका कारण साम्राज्यवादी÷पुँजीवादी उपभोक्तावादी संस्कृति मौलाउँदै त छ तरबाहुल्य नै हुने गरी, मूल प्रवृत्ति नै हुने गरी भने यस्तो भैसकेको छैन । समान्तवादले सहज मृत्यु स्वीकार्न नमानेर यस्तो भएको हो । समयक्रममा यो मृत्यु अवश्यंभावी छ तर यो मरिसकेको छैन । दरवारको राजतन्त्र हट्यो तर त्यो घरघरमा भने अझै बाँकी छ । ०६३ पछिको राजनीतिक परिवर्तनले वैधानिक तहमा समेत प्रवेश गरी समावेशिता, समतामूलकता र न्यायको पक्षमा केही नीतिगत थालनी गरेतापनि अझै धेरै कामहरु गर्न बाँकी छ, व्यवहारमा लागु हुन झन धेरै बाँकी छ । मूलतः वर्णाश्रम व्यवस्थामा आधारित हिन्दू धर्मको प्रभावको बाहुल्यताको द¥हो प्रभावसहित भाग्यवाद, रुढीवाद, जातीय छुवाछुत, श्रम र श्रमिकप्रतिको पुरानो दृष्टिकोण, भाषिक अधिकारमा असमानता, क्षेत्रीय उत्पीडन, लैंगिक उत्पीडन आधारभूत रुपमा बाँकी छन् । आम जनतामा अझै बैज्ञानिक विश्वदृष्टिकोणको साटो पुरानै आदर्शवाद वा मनगढन्तवाद जीवन दर्शनको रुपमा जीवित छ । आलोचनात्मक चेतको पक्ष अझै कमजोर रहेकोले कवि भूपिले भनेझैं हल्लैहल्लाको देशको परिस्थति अझै हावी छ ।अव अझै एक चरण सांस्कृतिक रुपमा सामन्तवादी प्रशिक्षणमा हुर्केको, सामन्त्वादी प्वृत्रि हावी रहेको निम्नपुँजीवादी पछ्यौटे मानसिकता नेपाली मानसिकताको मुख्य पक्ष बन्ने दिशामा अघि बढेको पाइन्छ  ।

 साम्राज्यवाद,विस्तारवादले हिजोदेखि नै घरेलु सामन्तवादसंग साँठगाँठ गरेर बढाउने प्रयत्न गरेको साम्राज्यवादी सांस्कृतिक प्रभाव विस्तारको गति तीव्र भएको छ । राजतन्त्रीय शासकहरुले आफ्नो मोजमस्तीका लागि देशलाई लामो समय अशिक्षा, अविकास र पिछडा भाग्यवादी कर्मकाण्डमा रुमल्ल्याएर राखेको कारण देशभित्र व्याप्त हुनपुगेको चरम बेरोजगारीलाई साम्राज्यवादको सेवामा प्रयोग गर्दै थालेको विदेशको सेनामा स्वदेशी युवाहरुलाई छानीछानी पढाउने कार्यले पैदा गरेको लाहुरे संस्कृतिको जगमा आधुनिक साम्राज्यवादी संस्कृतिले हुर्कने अवसर पाएको देखिन्छ । यसले समग्र रुपमा  रुपान्तरणविरोधी उपभोक्तावादी अनि राष्ट्रिय रुपमा हीनतावादउन्मुख, परालम्वी, पराधीन तथा व्यक्तिगत तहमा अहंकारी, पाखण्डी र अगंभीर, अधैर्यतामुखी सतही जीवनप्रवृत्तिहरुलाई बढावा दिँदै गएको छ । उत्पीडनका विकृत पुँजीवादी रुपहरु धमाधम थपिन थालेका छन् । सामन्तवादको तुलनामा पूजीवादको जुन प्रगतिशील पक्ष उजागर भएर आउनुपथ्र्यो, त्यसलाई विकृतीकरणको दिशामा लैजाने काम भैरहेको छ । सामन्तवादसंग निर्मम संघर्ष हैन, साँठगाँठ गरी अघि बढ्ने साम्राज्यवादपोषित दलाल पूजीवादको बोलबाला बढ्दै जानुले गर्दा यसो भएको हो ।
हिजो जातीय रुपमा राज्यले विभेदमा पारेका जातीय संस्कृतिहरुले आज तुलनात्मक रुपले केही स्वतन्त्रता र सम्मान पाएका छन् । मूलतः संघीयताको अवधारणाले संविधानमा समेत स्थान पाएका कारण पछिल्लो समयमा हिजोका जातीय, भाषिक लगायत सांस्कृतिक विभेदलाई राज्यले केही घटाउन थालेको पाइन्छ । राज्ययन्त्रहरुमा समावेशी सहभागिता, नियुक्ति, सुविधा, धेरै भाषाहरुमा संचार माध्यमहरुको प्रयोग, सवैका चाडपर्वहरुलाई मान्यता, सार्वजनिक विदा, छुवाछुतविरुद्ध कानूनमा कडाइ, संपत्तिमा महिला हकको वैधानिक व्यवस्था, तेस्रोलिंगीप्रति व्यवहारिक मान्यतामा नरमीपन, लोपोन्मुख जातिहरुप्रति राज्यको बढ्दो चनाखोपन, बोक्सीप्रथाजस्ता रुढीवादविरुद्धको कारवाहीमा तुलनात्मक रुपले बढ्दो कडाइ सकारात्मक पक्षहरु हुन् ।तर मातृभाषामा शिक्षाको अवसरको हक, निःशुल्क तर अनिवार्य शिक्षाको प्रावधान, वैज्ञानिक शिक्षामा जोड, अन्धविश्वासविरुद्ध अभियानमूलक सक्रियतामा राज्यको भूमिका अझै सकारात्मक देखिएको छैन । सवै जाति र क्षेत्रका संस्कृतिलाई एकअर्काको प्रभूत्वादबाट मुक्ति, आपसी सद्भावयुक्त सहभागितामा बृद्धि, सवैका मौलिकताको रक्षा, साम्राज्यवादबाट तिनको सुरक्षाआदिमा जोड दिँदै तिनमा प्रगतिशील दृष्टिकोणले सुधार गर्ने, मौलिकताका नाममा कुरीतिहरुबाट मुक्ति र वैज्ञानिकताको रक्षा एवं संवर्धन गर्दैजाने प्रवृत्तिलाई बढावा दिनु आजको आवश्यकता हो । तर कतिपय सन्दर्भहरुमा भने “हाम्रो जति राम्रो” भन्ने पुरानो सामन्ती मानसिकता र तिनलाई झनझन उपभोक्तावादी र साम्राज्यवादका सामु हीनतावादमुखी बनाउँदै लैजाने नयाँ तर दलाल पुँजीवादी मानसिकताको अन्तरघुलन हुँदै गएको नयाँ स्थिति पैदा भएको पनि पाइन्छ ।

कला, साहित्यमा पहिचानको खोजी, लादिएका केन्द्रिय प्रभुत्वहरुको विरोध र विद्रोहको स्वरमा तीव्रताका पाटाहरु प्रवल भएर आएका छन् । तर “घरघरमा बाँकी बसेको सामन्तवाद”विरोधी कला, साहित्य सिर्जनामा विशेष पहल भएको देखिन्न । अव अगाडि आउन थालेको पुँजीवादका शोषणहरु, त्यसले दिने पीडा र ल्याउने विकृतिका बारेमा सजगताको पाटो त साहित्य, कलामा अत्यन्त न्यूनमात्रामा मात्र देखा परेको छ ।प्रगतिशील साहित्य, कलाको क्षेत्रले प्रोत्साहन नपाइरहेको र यो आफैले पनि आकर्षक प्रस्तुति दिन नसकिरहेको हुँदाहुँदै पनि आम जनतामा पठनसंस्कृतिमा भने उल्लेख्य सुधार हुँदै आएको छ । फिल्म, टेलिफिल्ममा पनि यही प्रवृत्ति कायम छ । फिल्म, टेलिफिल्म क्षेत्रले त साम्राज्यवादी, विस्तारवादी ताकतहरुका उत्पादनहरुसंग प्रतिष्पर्धा गर्न नसकेर ती विदेशी प्रभावको विस्तारको तमासा हेरेर बस्न बाध्य भएका छन् । राज्य र राजनीतिक पार्टीहरुले साहित्य, कलालाई अनुत्पादक कुरा मान्दै कम महत्व दिने गरेको समेत कारण मात्रा र गुण दुवैमा यिनमा बृद्धि हुन सकेको छैन, जसले गर्दा साम्राज्यवादी, विस्तारवादीहरुको कला, साहित्यको बजार देशमा विस्तार हुँदै गैरहेको छ ।

पछिल्लो समयसम्म आइपुग्दा संचार क्षेत्रले निकै ठूलो विस्तार गरेको छ । यसले जनजागरण पैदा गर्न राम्रै भूमिका खेलिरहेको पाइन्छ । तर सतही, पूर्वाग्रही र स्तरहीन प्रस्तुति आजको हाम्रो संचारको उल्लेखनीय रोग रहेको छ । नाफाका लागि अवैज्ञानिक विचारहरुको समेत प्रचारप्रसार गर्ने मामलामा उनीहरुबिच प्रतिष्पर्धा नै हुने गरेको पनि पाइन्छ । साम्राज्यवादको स्रोतसाधनमा बिकेर उसको दलाली गर्दै स्वदेशको समतामुखी, समाजवादी आन्दोलनलाई दार्शनिक, वैचारिक र राजनीतिक रुपले कुप्रचारको बाढी लगाउने प्रवृत्तिमा पनि संचार क्षेत्रमा उल्लेख्य विकास भएर गएको छ । घुमाउरो पारा र नयाँ भाषामा यो प्रवृत्तिले नेपलामा प्रकारान्तरले राजतन्त्र र हिन्दू अधिराज्य स्थापना गर्ने, संघीयतालाई बद्नाम गर्ने र असफल पार्ने, साम्प्रदायिक सद्भाव बिथोल्नेनियतका साथ आफूलाई उभ्याइरहेको छ ।

नेपालको पछिल्लो राजनीतिक परिवर्तनले ल्याएको समतामूलकता प्रथमसंविधानसभामा जे जसरी अभिव्यक्त भएको थियो, दोस्रो संविधानसभामा आइपुग्दा त्यो त्यस्तो नरहेको, त्यसमा क्षय आएको अनि मुलुकमा यथास्थितिवादीहरुले टाउको उठाउँदै जानथालेको परिदृश्यले हाम्रो सांस्कृतिक स्तरको एक ठोस झलक पेश गरेको छ ।नेपाली मानसिकतामा रहेको अस्थिरता र अधैर्यता यसमा प्रष्ट रुपमा परिलक्षित हुन्छ । राजनीतिक पार्टीहरु सांस्कृतिक रुपमा “सवै उस्तै देखिनु”को प्रतिकृयामा पनि जनता उत्रेको देखिन्छ । नेतृत्वको सांस्कृतिक स्तरका बारेमा धेरै नै अस्पष्टता र अन्यौल विद्यमान हुनु, नेतृत्व सांस्कृतिक रुपले जनप्रिय र आकर्षक बन्न नसक्नु पनि आजको हाम्रो ज्वलन्त सांस्कृतिक समस्या हो ।श्याम श्रेष्ठजीले मूलतः समाजवादी खेमाको नेतृत्वबाट जनताले धेरै आशा गरेको आशयसाथ यसका कमजोरीहरुको जुन चित्र उतार्नु भएको छ, त्यो मननीय छ ।

स्वतन्त्रता, समानता, एकता र सुधारको पक्षमा

नेपाली जनता कसैले पनि आपूmले चाहेको रीतिरिवाज, परंपरा, धर्म आदि मान्न वा नमान्न पाउने सास्कृतिक हक उनीलाई हुनुपर्छ । जनताले आफूले चाहेजस्तो जीवनशैली वा पद्धति बाँच्न उनीहरुलाई स्वतन्त्रता दिनुपर्छ । निषेध वा बन्देज हुनु हुन्न । अमूक धर्म मान्ने वा नमान्ने जनताको नैसर्गिक हक हो । कुनै पनि धर्म नमान्ने र नास्तिकता अँगाल्ने हक पनि जनताको हक हो । यो खाले हकको रक्षा गर्नु र यसको संवर्धन गर्नु आजको लोकतान्त्रिक नेपालको आवश्यकता हो । नेपालको आन्तरिम संविधानले अँगालेको धर्मरिपेक्षताको नीतिले मूलतः यसै हकको जगेर्ना गर्ने उद्देश्य राखेको हो । तर यसका सामु दुई खाले चुनौतिहरु देखिएका छन् ।
पहिलो चुनौति धर्मनिरपेक्षतामै प्रहार हुनसक्ने संभावनाको चूनौति हो । संविधानसभाको दोस्रो चुनावमा हिन्दूअधिराज्यको पक्षधर राजावादीहरुले टाउको उठाएको र अरु यथास्थितिवादी दलहरु पनि यो नीतिबाट पछि हट्ने संकेत उनीहरुको चुनावी अभियानको कार्यशैलीले देखाएको छ । उनीहरु सोझै हैन, घुमाउरो पाराले र संभवतः जनमतसंग्रहमा जाने निहुँबाट हिन्दूअधिराज्य खडा गर्नेतिर लाग्ने प्रवल संभावना रहेको छ । यसबारे अग्रगामी तह र तव्काहरु चानाखो र सक्रिय रहनु जरुरी छ ।
दोसा्रे चुनौति भनेको धर्मनिरपेक्षतालाई व्यवहारमा लागु गर्ने सन्दर्भमा बाँकी रहेका भ्रम र गलत प्रवृत्ति कसरी हटाउने भन्ने चुनौति हो । हिजो हिन्दू विधिअनुसारको कानून र ऐनहरु बन्दै आएको देश हो नेपाल । यहाँ हिन्दू राजा र हिन्दू राज्यलाई बचाउने र जोगाउने एकधर्म प्रभुत्ववादी नीतिले पैदा गरेका थुप्रै वैधानिक प्रावधान र व्यवहार बदल्न बाँकी छन् । राज्यले हिन्दू पीठ र पर्वमा पूजा र बली चढाउने, एक धर्ममा आधारित पर्वलाई विशेष सहलियत दिने, राष्ट्रपति समेतले हिजो हिन्दू राजालेझैं धार्मिक पीठहरुको दर्शन गर्दै हिँड्ने,  गुठी संस्थानले मात्र हैन, राष्ट्रिय सेनाले समेत अमुक पर्वका विधि पालना गर्दै जाने व्यवहारहरु चालु छन् । तिनको अन्त गरिनु पर्छ ।जनस्तरमा राज्यको समेत आडमा चलेका पर्वहरुलाई समुदायमा हस्तान्तरण गर्ने बाटो अख्तियार गरेर यो समस्या हल गरिनुपर्छ ।

सवै मातृभाषाहरुलाई समान हक र सम्मान, सवै जाति, भाषा, क्षेत्र, लिंगको आधारमा  समान वा विशेष न्यायपूर्ण हक, जातजातिको आधारमा भेदभाव नगरिने, कसैलाई काखा र कसैलाई पाखा नगरिने प्रावधानको कार्यान्वयनको धेयले नेपालमा संघीयताको अवधारणा आएको हो । मूलतः संघीयताविरोधीहरुको पछिल्लो चुनावी वहुमतले अव नेपालमा संघीयता सही अर्थमा हैन, १४ अंचलको साटो ७ अंचल बनाउने औपचापरिकतामा मात्रै सीमित हुने संभावना बढेर गएको छ । यसबारे सचेत नेपालीहरु थप चनाखो हुनु जरुरी छ । राज्यले एक भाषालाई विशेष अधिकार दिएर अरु भाषाहरुमाथि गरिहेको असमान व्यवहारको अन्त, मातृभाषामा पठनपाठनको निम्ति राज्यको प्रत्यक्ष योगदान, लोप हुन लागेका भाषाहरुको संरक्षण, सवै भाषा र तिनको साहित्य, कला, चलचित्र लगायत संचारमाध्यमको विकासमा  राज्यस्तरबाटै ठोस टेवा आजको आवश्यकता हो ।

आमाको नाममा नागरिकता लिन मिल्ने व्यवस्था र महिलालाई ३३ प्रतिशत आरक्षण दिइने घोषणा भएपनि धेरै ठाउँमा गंभीर व्यवहारिक चुनौति खडा भएका छन् । नारीहरुले समाजिक रुपमा खप्नु परिरहेका उपेक्षा, अपमान र पीडाहरुघटाउने र हटाउने चौतर्फी अभियान चालिनु जरुरी छ । बोक्सीको आरोपमा यातना, घरेलु हिंसा, मनोरंजन क्षेत्रमा पृशागत रुपमा लागेका महिलाहरुमाथि दुव्र्यवहार, दाइजो प्रथा, छाउपडी प्रथा आदिले पैदा गरेका पीडाहरु कायम छन् । जातीय आधारका अपमान र छुवाछुतप्रथाका सन्दर्भमा कानूनमा केही सुधार भएपनि कार्यान्वयनमा र व्यवहारमा समस्या यथावत रहेको छ । सार्वजनिक  धारा, पँधेरा, रेष्टुराँ आदिमा दलितमाथि गरिने भेदभाव बाँकी नै छ । अन्तरजातीय विवाहमाथि हुने प्रहारहरुअझै बाँकी नै छन् । तराइ र मधेसी मूलका जनताले दैनिक सामाजिक व्यवहार र सरकारी व्यवहारमा, उपेक्षा र अपमानपूर्ण एवं असमान व्यहारहारको पीडा भोग्नु परिरहेछ । तराइको असल परंपराले सम्मान नपाउने र खरावले मात्रै चर्चा पाउने प्रकारको मनोवैज्ञानिक व्यवहार पनि खप्नु परिरहेको छ । सुदूर पहाडी दुर्गम गाउँहरुले उपेक्षाको असैह्य पीडा भोगिरहनु परेको छ । यी सन्दर्भहरुले पनि चौतर्फी अभियान पर्खिरहेका छन् ।

समाजको आत्मिक विकासको एउटा महत्वपूर्ण मानकको रुपमा रहेको साहित्य–कलाको विकासमा, त्यसमाथि पनि जनजातीय भाषाहरुमा साहित्य–कलालाई संरक्षण र प्रवर्धन गर्ने,खस भाषाबाहेकका अरु भाषा–साहित्यको एकेडमी, पुस्तकालय अािदको व्यवस्थाप्रति राज्यले जिम्मेवारी नै महशूस नगरेको स्थितिको अन्त गर्ने, माथि उल्लेख भएझैं चाड–पर्व, जात्रा–मेलाहरु मध्ये पनि एक धर्म, एक जातिका लागि ज्यादा सुविधा र प्रचार दिने गरिएको व्यवहारको अन्त गर्ने, चलचित्र, बृत्तचित्र निर्माण लगायत कलाका विविध विधाहरुमा अन्य भाषाहरुलाई गर्ने गरिएको उपेक्षाको अन्त गर्ने काम आजका जरुरी कामहरु हुन् ।
गंभीर तर समाजोपयोगी कला विधाहरुलाई वेवास्ता गर्ने सतही प्रवृत्तिले समाजलाई खोक्रो र सतही पार्दै लैजाने तीव्र संभावना रहेकोतर्फ सचेत हुँदै सार्थक, प्रगतिशील, अग्रगामी विचारयुक्त कला, साहित्यलाई राज्यले पक्षपातपूर्ण व्यवहार गर्ने प्रचलनअन्त गरिनु पर्छ । औपचारिक पाठ्यक्रममै पनि अग्रगामी विचारहरुलाई सकेसम्म समावेश गर्ने परिपाटी एवं गीत, संगीत, चलचित्र, टेलिचलचित्र, बृत्तचित्रमा सार्थकता, कलात्मकता र यथार्थवादितालाई महत्व दिने पहलको पक्षमा काम हुनु जरुरी छ । खेलकूद क्षेत्रमाखेलाडीहरुलाई प्रोत्साहन र राहत, प्रतिभा प्रस्पूmटनर राष्ट्रिय पहिचानको माध्यम निर्माणमा लगाउने गरी संरचना र व्यवहार निर्माणमा तीव्रता दिनु जरुरी छ ।क्
शिक्षा र संचारमा उत्पीडितहरुका आवाजहरुलाई प्राथमिकता दिने, उत्पीडितहरुले उत्पीडनकै अवस्थामा पनि विकास गरेका विशिष्ठ कला, शीप र प्रविधिहरुलाई सम्मान दिने, अपांगहरुलाई उपेक्षा र हेला गर्ने प्रचलन तोड्दै उनीहरुको लागि सडक, यातायात साधन, भ¥यांग, चोक र बसाइका थलोहरुमा जरुरी न्यूनतम् पूर्वाधार खडा गर्ने पहल लिने,उनीहरुको शिक्षाको लागि जरुरी विशेष सुविधा, पाठ्यसमग्री र शिक्षालयहरुको व्यवस्था आजका जरुरत हुन् ।
समग्र शिक्षामै विपन्नहरुको पहुँच बढाउने, कोही पनि नागरिक शिक्षाविहिन रहन नपाइने व्यवस्थाका लागि पहल गर्ने, सार्वजनिक शिक्षालयहरुलाई स्तरीय बनाउने काम पनि आजका कार्यसूचीहरु हुन् । अवैज्ञानिक, अवस्तुवादी, अराष्ट्रिय, रुढीवादी पाठ्यसामग्रीहरुमा सुधार पनि आजका विशेष मुद्दा हुन् ।

राष्ट्रिय एकता र जातीय सद्भाव

आफ्नो परंपरा र संस्कृति मान्दा वा निर्माण गर्दा वा त्यसको अनुशरण गर्दा आपसी एकता र सद्भाव जोगाइनु पर्छ । भातृत्व वा मानवीयताको जगेर्ना हुनुपर्छ । अपसी वैमनस्यको स्थिति सिर्जना गरिनु हुन्न । अग्रगामी नेपालले चाहेको सांस्कृतिक रुपान्तरण यस्तो स्थिति हो, जहाँ एकअर्कोलाई निषेध गर्ने हाम्रा धर्म, कमकाण्ड वा परंपरामा रहेका फोहरहरुलाई आपैंmले मिल्काउन हामी तयार रहन्छौं । धार्मिक सहिष्णुता नेपालको एक उल्लेखनीय सकारात्मक पाटो हो । यसलाई जगेर्ना गर्नु लोकतन्त्रलाई बलियो बनाउनु हो । एक नेपालीको पर्वमा अर्को नेपालीले पनि आफ्नोपनको अनुभूति हुने नेपालीहरुवीचको मैत्रीपूण व्यवहार नयाँ नेपालको अभिन्न अंग हुनेछ भनेर हामी आशावादी हुनुपर्छ र यसनिम्ति सक्रिय हुनुपर्छ । मूलतः संघीयतावादीहरुले यसका विरोधीहरुले लगाउने गरेको देश टुक्रने, जनताका बीचमा आपसमा बैमनस्यता बढ्ने जस्ता आरोपहरुलाई व्यवहारबाटै खण्डन गर्नु आजको निकै ठूलो चुनौति हो । जनतालाई सम्मान  र अधिकार दिँदा कसरी राष्ट्रिय एकता र जनसद्भाव बढेर जान्छ, कसरी भाइचारामा अभिवृद्धि हुन्छ भन्ने कुराको राम्रो उदाहरण पेश गर्ने तयारी र पहल हुन जरुरी छ । एकले अर्काको पर्व, भाषा, कला, पहल र अभियानहरुमा अर्कोले साथ दिने प्रवृत्तिमा हाल जुन अभिवृद्धि देखापर्दै गएको छ, त्यसलाई बढावा दिनु जरुरी छ । अर्काको धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने, धार्मिक कट्टरताको सट्टा उदारवादी बन्ने, अरुप्रति सहिष्णु व्यवहार गर्ने आचरणको विकास हुनु जरुरी छ । बहुमतका हिन्दू धार्मिकहरुले धार्मिक कामको लागि सार्वजनिक जमीनहरु सजिलै प्राप्त गर्ने तर अल्पमतका धार्मिक इशाइहरुले चाहिँ नीजी रुपमा किनिएको जग्गामा चिहान बनाउन पनि नपाउने खालका विद्यमान अमिल्दा व्यवहारहरु अन्त गरिनुपर्छ ।

जनएकता अभिवृद्धिको लागि सचेत अगुवाहरुको पहलमा हाम्रा धेरै मौलिक खाद्य संस्कृति, बाद्य संस्कृति, नाट्य संस्कृति लगायतको आपसी आदानप्रदान, आपसी मान्यताको पहल पनि आजको खाँचो हो ।

सुधार : खरावलाईत्याग

आजको सन्दर्भमा नेपालीहरुमा जसरी आफ्नो धार्मिक, संस्कृतिक हकको पक्षमा बढेको जागरुकताझैं आफ्ना धर्म, परंपरा, चाडपर्व, मेला, जात्रा, रीतिरिवाज, कला–सहित्य र समग्र जीवन पद्धतिलाई प्रगतिमुखी र वैज्ञानिकतामुखी बनाउनेतर्फ पनि जागरुकता बढ्दै गएको पक्ष निकै सकारात्मक पक्ष हो ।हाम्रो भन्न नपाई ती सवै राम्रो हुन्नन् । राम्रो जत्ति सवै हाम्रो मान्ने लोकतान्त्रिक प्रवृत्ति स्थापना गर्न हरेकले व्यवहारिक जीवनमा प्रयोग हुने आफ्ना सवै जीवन संस्कृतिहरुका अन्तरवस्तुलाई वैज्ञानिक ढंगले केलाउने र तिनमा रहेका  रुढीवादी, अवैज्ञानिक र अन्यायपूर्ण खराव पक्षहरुलाई निषेध गर्ने अनि अग्रगामी सुधार र रुपान्तरण गर्ने पद्धति नै सही जीवन पद्धति हो ।

हरेक जाति र भेकमा परंपरा र रीतिथितिका रुपमा समन्ती, अझ केही त दासयुगकालीन अवशेषहरु बाँकी नै छन् । तिनलाई “हाम्रो भएकोले राम्रो”को नाममा कायम राख्ने हैन, निर्ममतापूर्वक फाल्नु जरुरी छ । छुवाछुत, जाति र भेकको आधारमा हियाएर बोल्ने–व्यवहार गर्ने, गाली गर्ने परिपाटी, कतिपय स्थानमा भेक–भेकका जनताको वार्षिक झगडाको प्रचलन, बिहावारीमा आफन्तलाई आर्थिक संकटमा पार्ने दाइजो र तिलक प्रथा, नारीपीडक बोक्सी, डायनआदि विश्वास एवं प्रथाको नाममा कुटपीट र अपमान गर्ने प्रचलनहरु हाम्रो परंपरादेखि चलेर आएका थिए भनेर हामीले काखी च्याप्न कुनै पनि हालतमा मिल्दैन । श्रमको कदर नगर्ने, श्रमिकको कदर नगर्ने, हेप्न,े काम गर्न नपर्नुलाई सुख र ठूलो अवसर मान्ने विद्यमान सामन्ती प्रवृत्तिहरु त्याज्य प्रवृत्ति हुन् । फजुलखर्ची र आडम्वरको संस्कृतिमा गर्व गर्ने, धर्मको नाममा अन्न डढाएर, लाखबत्ती बालेर वा दूधको खोलो बगाएर, बली दिएर, नांगो खुट्टाले कोसौंकोस हिँडेर–हिँडाएर, ब्रतको नाममा दिनरात भोको बसेर–बसाएर साधन–स्रोत र समयको बर्बादी गर्ने प्रचलन झनझन बढ्दो छ । आफ्नो बढप्पन देखाएर अरुलाई हियाउने, आफ्नो पर्व मनाउँदा अरुलाई ध्वनि प्रदूषणको आतंक र जवर्जस्ती चन्दा–आतंकको मारमा पारेर पीडा दिने प्रचलन पनि झनझन बढ्दो छ । दैनिक जीवनमा पनि दरवारिया संवोधन र आइस्योस् गइस्योस् जस्ता समन्ती भाषाशैलीहरुको प्रयोग गरी आपूmलाई ठूलो देखाउने प्रचलन पनि बढ्दो छ । घरव्यवहारमा बालश्रमको शोषण र दुरुपयोग गर्ने प्रवृत्ति पनि उल्लेखनीय समस्याको रुपमा रहेको छ ।
बालविवाह, बहुविवाह, विधवाप्रथा, छाउपडी प्रथा, तिलक–जारी प्रथा, लोग्नेलाई देउता मान्ने प्रथा, खुट्टाको पानी खाने प्रथा, जुवा खेल्ने–खेलाउने, अति–भोज, अति मदिरापानजस्ता हरेक संस्कृतिमा रहेका थोत्रिएका, मक्किएका परपीडक र आडंवरी प्रथाहरु सवैमाथि जवर्जस्त लोकतान्त्रिक प्रहार र हस्तक्षेप हुनु जरुरी छ । नारीमाथि गरिने संपूर्ण भेदभावजन्य व्यवहार, बोली–बचन, उखान–टुक्का, बाल–बृद्धहरुप्रतिको दुव्र्यवहारको अन्त्यका निम्ति आजैदेखि पहल शुरु हुनसक्छ र हुन जरुरी छ । जनावरहरुलाई जात्रा र धर्मको नाममा अति पीडा दिई मार्ने, टोकीटोकी लुछाचुँडी गर्ने जस्ता अमानवीय परंपराहरुको अन्त भएको घोषणा गर्न पनि हिच्किचाउनु हुँदैन । खुला दिशामुक्त क्षेत्र घोषणजस्तो सार्वजनिक फोहरी प्रवृत्ति त्यागको अभियानले तीव्रता पाउनुपर्छ ।

समाजिक चाड पर्वमा सरलपनालाई लत्याएर अत्यन्त ठूलो प्रतिष्पर्धा हुने परिपाटी बढेर गएको छ । फलस्वरुल जसरी पनि पैसा कमाउने भ्रष्टाचारी प्रवृत्तिले संस्थागतजस्तै रुप लिएको छ । चाकडी, स्तुतीगान र घूस समाजका अभिन्न अंग बन्न पुगेका छन् । आदर्शको हत्या गरी जसरी पनि संपत्ति जोड्ने, गलत मानिसहरुलाई संगठनमा हुल्ने, दण्डहीनतालाई प्रश्रय दिने, नातावाद, गणेशवाद र पदलोलुपता अँगाल्ने प्रवृत्तिले संगठनहरुमा नेतृत्व तहदेखि नै बढावा पाउँदै गएको छ । आजको नेपालले यो संस्कृतिलाई फाल्नुपछर्, बाल्नुपर्छ ।

विज्ञानको विकाससंगै समाज बैज्ञानिक संस्कृतिको दिशामा अघि बढ्नु पर्नेमा त्यस्तो हुन नसक्नु नेपाली समाजको लागि चिन्ताजनक कुरा हो ।स्वस्थ्य उपचारको सन्दर्भमा र भाग्योदयको आशामा हुने रुढीवादी प्रचलनहरु गाउँहरुमा मात्र हैन, शहर–वजारमै पनि अभैm बग्रेल्ती पाइन्छन् । धामी, झाक्री , माता, देउता भनेर उनीहरुसंग उपचार गराइमाग्ने शहरियाहरु, नानाथरि स्वामीजी र वावाजीका चेला नेताहरु, आधुनिक पढालिखा भनिने छोरा–ज्वाईँहरु पुरानो पुस्ताका बाबु, ससुराभन्दा पनि ज्यादा परंपरावादी बन्ने, छोरी–बुहारीहरु पुराना आमा, सासूभन्दा पनि रुढीवादी बन्ने परिदृश्य पनि शहरबजारमा देखापर्ने गरेका छन् । आधुनिक पुस्ताको नयाँ मोडेलको कम्प्यूटर किनेर ल्याएर त्यसलाई कुखुरा काटेर बलिदिने खालका पढा–लेखा नयाँ युवाहरुको संख्या पनि निकै नै छ । विज्ञान विषय बढी अंक ल्याउन मात्र पढ्ने, विज्ञानलाई जीवनमा ढाल्न जरुरी नदेख्ने विद्यार्थी र नदेखाउने शिक्षा प्रणाली यहाँ सहअस्तित्वमै सक्रिय रहेका छन् ।

सुधार : पुरानालाई सच्याऊ

आजको हाम्रो जरुरी दृष्टिकोणको रुपमा हामीले लिनु पर्ने सुधारको दृटिकोण हो । मानवीय समाजले लामो समयदेखि जाँचपरख गरेर र व्यवहारबाट सही सिद्ध गरेर आएका राम्रा सांस्कृतिक परिपाटी र प्रवृत्तिहरुलाई नेपालका जुनसुकै जाति वा क्षेत्रहरुले पनि जोगाउनु पर्छ । तिनमा रहेका अमानवीय पक्षहरु घटाई, हटाई, मानवीय पक्षहरुलाई जोगाउनेर विकसित गर्ने, एकले अर्कोबाट सिक्ने कार्यनीति उपयुक्त कार्यनीति हो ।
सवै जाति र भेकका असल पक्ष र खराव दुवै थरि पक्षहरु मिसिएर रहेका प्रथाहरु धेरै छन ् । तिनीहरुबाट खराव पक्ष हटाई सुधार गर्ने अभियान नै थालिनुपर्छ । यसमा धेरै परंपरा र प्रथाहरु पर्नसक्छन्, ती प्रथाहरुमा अन्तर्निहित आफन्तहरुको भेला, भेटघाट, शुभेक्षा, सहानुभूति, सहयोग, मनोरंजनजस्ता जरुरी मानवीय कुराहरुलाई बाँकी राख्ने तर तिनमा मिसिएर रहेका तडकभडकयुक्त, बोझिला, रुढीवादी र अवैज्ञानिक चलनहरु हटाउने यो कार्यविधि नेपालका सवै जातिको संस्कृतिमा रहेका जन्मदेखि मृत्युसम्मका संस्कारादि कर्महरुमा लागु गर्न सकिन्छ ।

हाम्रो समाजमा चालू बूढो पास्नी गर्ने, आमा–वावुको मुख हेर्ने, गुरुको आदर गर्ने, दिदीबहिनी, दाजुभाइको संझना र भेटघाट गर्ने जस्ता परंपराहरुलाई तडकभडक र औपचारिकतामा जकडिन नदिने हो र तिनमा निरन्तर सुधार गर्ने हो भने ती अति उपयोगी छन्, ती पछि पनि बोझ बन्ने छैनन् । यसैगरी मर्दापर्दा आपसमा सघाउने खालका कतिपय सामाजिक–पारिवारिक गुठीहरुका चलनहरुलाई पनि थोत्रिन नदिने हो भने ती उपयोगी नै रहनेछन् । मृतकका नाममा सार्वजनिक चौतारो, फलैचा, विश्रामस्थल, अस्पताल, स्वास्थ्यचौकी आदि बनाइदिने राम्रा चलनहरुका बारेमा पनि यही कुरा लागु हुन्छ ।

सरल ढंगमा मंचमा वा मन्दिरमा हुने विवाहहरु, सामूहिक ब्रतवन्ध, छोटो र सरल अन्तेष्टीक्रिया, मृतकको नाममा भोज र दानको सट्टा सामाजिक कामको निम्ति कोष खडा गर्ने काम जस्ता सुधारहरु सजिलै हुन संभव छ । नगरे पनि हुने तर आफन्तहरुलाई देखाउनका लागि मात्रै पनि गरिदिनुपर्ने खालका झन्झटयुक्त प्रथाहरुलाई पनि पूरै फाल्न नसकुन्जेल छाँटकाँट गरेर नाम मात्रको बनाउने व्यवस्था गर्न सकिन्छ । प्रथम पटक रजश्वला हुने बेलामा वा हुँदा छोरीहरुलाई कष्टप्रद गुफा रखाइ वा कुनापसाइमा पार्नुृको साटो उनीहरुलाई आराम गराउने र उनीहरुको स्वास्थ्यमा आएको परिवर्तन र ख्याल राख्नुपर्ने कुराहरुबारे प्रशिक्षण दिने छोटो र बैज्ञानिक विधि लागु गर्ने जस्ता सुधारहरुको खोजी गर्नु सकिन्छ । समग्र धार्मिक कर्मकाण्डमा सुधार, मेला–पर्व–जात्रामा सुधार, चाडवाडमा सुधार, रीतिथितिमा सुधार सवै पक्षमा सुधार । यसका लागि परंपरागत व्यवहारहरुका बारेमा बैज्ञानिक ढंगले विश्लेषण गर्ने, चर्चापरिचर्चा गर्ने र सुधारका खाकाहरु प्रस्तुत गर्ने प्रयत्न जिम्मेवार संगठन, संचार माध्यमहरु वा व्यक्तिहरुले पनि गर्नु जरुरी छ ।

धर्म नेपालमा धर्मभन्दा ज्यादा कर्मकाण्ड मात्र भैरहेको छ । अझै  धर्म यहाँ सामन्ती राजतन्त्र फर्काउन कोशीस गर्ने मण्डले कार्यनीतिको हतियार समेत बनेको छ । धर्मको उदारवादी हिस्सा हैन, अनुदरवादी, ढोंगी र “आफ्नो परंपरा”को नाममा अत्यन्त अवैज्ञानिक र अमानवीय चलनलाई पनि काखी च्याप्ने प्रवृत्ति उल्लेख्य रुपमा कायम छ ।

कुनै पनि धार्मिक सुधारवादी अभियान वा नेता नजन्मिनु नेपालको विशेषता नै बनेको छ ।भारतमा अर्यसमाज वा ब्रम्हसमाज जस्ता धर्मभित्रैबाट आएका सुधारवादी धाराहरुले समाजलाई जेजति अगाडि बढाउने कोशीस गरे, नेपालमा त्यस्तो हुन सकेन । यस स्थितिमा धार्मिक तहमा भएका उत्पीडन, छुवाछुत र पानी बाराबारको स्थितिप्रतिको विद्रोहका रुपमा कतिपय मानिसहरु विदेशबाट आएका वा स्वदेशमै बनेका नयाँ धार्मिक मतवादहरुतिर आकर्षित हुँदै वा धकेलिँदै पनि गैरहेका छन् । हिन्दू वर्णाश्रम व्यवस्थाको जगमा मनस्मृतिले तय गरेको अन्यायपूर्ण संरचनामा आपूm पटक्कै सुधार गर्न नचाहने, अनि अरु धर्मले मान्छे किन्यो भनेर कोकोहोलो गर्ने हिन्दू कर्मकाण्डवादीहरु यहाँ थुप्रै छन् । पछल्लो चरणमा पुराण भनेर सामाजिक कामका लागि पैसा जम्मा गर्ने प्रवृत्ति बढेको छ तर त्यसमा लाखदान दिनेलाई हात्ती चढाउने र हजार दान दिनेलाई फूल पर्साद दिनेजस्ता धार्मिक रुपले नै पनि अन्तरविरोधी र पैसामुखी व्यवहारलाई बढावा दिएको छ ।

सुधार : राम्रा नयाँ थप

सचेत जनतव्काले आज संसारको र समयको गतिसंगै बदिलिएको सन्दर्भलाई संवोधन गर्न कतिपय नयाँ चलनहरु पनि चलाउनु वा थाल्नु आवश्यक छ । जस्तो : गाउँ–टोलहरुमा पनि हरेक वर्ष शहीद दिवस मनाउने, वातावरण दिवस मनाउने, पुस्तक मेला, रक्तदान–नेत्रदान आदि कार्यक्रमहरु आदि शुरु गर्ने र तिनलाई नियमितता दिने गर्न सकिन्छ । हरेक वर्ष सवैले वृक्षरोपण गनर्,े असहायहरुको निम्ति र सामाजिक सेवाको निम्ति घरेलु दानकोष खडा गर्ने, आयको निश्चित अनुपात सार्वजनिक निर्माण र कल्याणमा लगाउने जस्ता चलनहरु चलाउन सकिन्छ । पितृहरुको संझनामा हरेक वर्ष कुनै न कुनै सामाजिक काममा आर्थिक टेवा दिने प्रणाली बसाल्ने, असहायहरुको निम्ति छात्रवृत्ति–कोष खडा गर्ने जस्ता पहलहरु केही स्थानमा देखिएका छन्, तिनलाई विस्तारित गर्न संभव छन् । स्थानीय स्तरमा उच्चकोटीको रुचीलाई विस्तार गर्ने खालका चित्रकला, साहित्य, नाटक तथा संगीतका कार्यक्रमहरु नियमित रुपमा गर्ने, राम्रा र चर्चित वृत्तचित्र तथा चलचित्रहरु सामूहिक रुपमा हेर्ने र त्यसबारे अन्तक्र्रिया गर्ने, पुस्तकालय वा स्रोतकेन्द्रहरु स्थापना र संचालन गर्ने कामलाई पनि नियमित कार्यतालिकाभित्र राख्न संभव छ । कृषि, उद्योग र विज्ञान–प्रविधि मेलाहरु, नियमित ट्राफिक व्यवस्थापन स्वयंसेवा सप्ताह, नियमित साक्षरता स्वयंसेवक अभियान आदिको आयोजनाले पनि महत्व पाउनु राम्रो हुनेछ । गाउँ–टोलमा शारीरिक अभ्यास, स्वास्थ्यवर्धक खेल, योगासन, ध्यान आदिको नियमित व्यवस्था गर्न सकिन्छ ।

पुँजीवादी र साम्राज्यवादी संसî