Wednesday, November 16, 2016

जनसांस्कृतिक महासंघको राष्ट्रिय सम्मेलन सुरु


काठमाडौं : कात्तिक ३०, २०७३  अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलन उद्घाटन मंगलबार नेकपा (माओवादी)का महासचिव विप्लवले एक समारोहका बिच राजधानीको प्रज्ञाभवन कमलादीमा गर्नुभयो । विप्लवले मैनबत्ती बाल्दै गर्दा कवि शोभा दुलालले कविता वाचन र ललितकलाकर्मीले चित्रकलाको प्रदर्शन गरेका थिए ।

शुभकामना मन्तव्य दिँदै विप्लवले दलालीकरणका विरुद्ध प्रगतिशिल स्रष्टाहरुले सशक्त रुपमा निरन्तर बोल्नुपर्ने बताउनु भएको थियो । क्रान्ति अलमल परेको बेला बाटो पहिल्याउने र क्रान्ति अगाडि बढेको बेला क्रान्तिको सेवा गर्ने प्रगतिवादी साहित्यकर्मीहरुको मुख्य अभिभारा भएको बताउनुभयो ।

जनवादी साहित्य र संस्कृतिको अवमूल्यन भएको भन्दै जनकलाकारहरुले सशक्त आवाज उठाउनु पर्ने बताउनुभयो ।जनकलाकार साहित्यकारहरु कुण्ठित र निराश नहुन आग्रह गर्दै अग्रजहरुको उचित सम्मान गर्दै व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सरल सहयात्री, मात्रिका पोखरेल, जीवन शर्मा, बन्धु चन्द, पूर्ण बहादुर सिंह, मणि थापा, खुशीराम पाख्रिनलगायत अतिथिहरुले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी)का स्थायी समिति सदस्य धमेन्द्र बास्तोला, सन्तोष बुढा, पोलिटब्युरो सदस्य ओम पुनलगायत नेताहरुको उस्थिति रहेको थियो ।

महासंघका संयोजक टेकबहादुर बलम्पाकीको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन खेम थपलिया र स्वागत मन्तव्य कुशल बोगटीले राख्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादी निकटका जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य रमेश बिक नेकपा (माओवादी)मा प्रवेश गरेका थिए ।

http://janaganatantrik.com बाट साभार 

================================




No comments: