Sunday, June 4, 2017

को हो प्रतिक्रियावादी ? - एस. के. त्रिपाठी

Janamel – ‘Khem Thapaliya ”हामीले बराल सरको यसखालको खबरदारीको उच्च कदर गर्नुपर्छ ।”
कम्तीमा पनि जनमेलको खबरदारीलाई खेम थपलियाजीले स्वीकार गर्नुभयो, धन्यवाद l लड्ने को सित हो ? कुन प्रवृत्ति विरुद्ध हो ? यतिबेर पुराना प्रतिक्रियावादीहरू भन्दा खतरनाक किसिमले नयाँ प्रतिक्रियावादीहरू आएका छन् , साँस्कृतिक कर्मीहरूसमेत हिरासतमा छन्, घोषित प्रतिक्रियावाद त प्रस्ट देखिन्छ, लड्न सजिलो हुन्छ l माओवादका नाममा प्रतिकृयावादको अभ्यास गरिरहेको शक्ति झन् खतरनाक छ l यसलाई नचिन्ने हो भने, नचिनिने भयो भनेर हस्सी- ठट्टा गर्ने हो भने क्रान्तिकारी संस्कृतिक कर्मी , सौन्दर्यशास्त्री हुनुको के अर्थ ! अगुवाहरू नै अल्मलिएपछि अरूहरू कुन बाटो हिंड्ने ? एउटा शक्ति माओवादका नाममा प्रतिक्रियावादको अभ्यास गरिरहेको छ र त्यो हो प्रचण्डको नेत्रित्त्वामा रहेको माओवादीकेन्द्र भनेर ठोकेर भन्छ एउटा मार्क्सवादीले , संध्या भाषामा बोल्दैन l सामान्य मान्छेले चिन्ने मार्क्सवादीले नचिन्ने हुन्छ ? दुस्मन निर्मम बन्ने अनि उसका कार्यालय सदस्यहरूलाई ‘खादा’ ओढाउने र अनि भन्ने हामी क्रान्तिकारी, हामी इच्छुकका उत्तराधिकारी ? हावादारी गफ गर्ने ! दुनियाँलाई मूर्ख बनाउने ! आत्मसमीक्षा गर्ने बेला आयो l 
सम्सोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्ने बेला आयो l खेमजी, सक्नुहुन्छ मार्क्सवादी स्पिरिट देखाउन ? नव-प्रतिकियावादीहरू, खुलेर भन्दा प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने , संशोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्न नसक्ने अनि बलिदानका ठूलाठूला कुरा गर्ने ? माओले भन्नुभएको छ ”उदारवादको विरोध गरौं” l १३ गते सम्बाद डबलीमा भएका कार्यक्रमहरू सारमा समान प्रवृत्तिका उपज हुन् l आगे तपाईंहरूको मर्जी l
-संसोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्ने बेला आयो । खेमजी, सक्नुहुन्छ माक्र्सवादी स्पिरिट देखाउन ? नव–प्रतिकियावादीहरू, खुलेर भन्दा प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने, संशोधनवादीहरूसित निर्णायक सम्बन्ध विच्छेद गर्न नसक्ने अनि बलिदानका ठूलाठूला कुरा गर्ने ? माओले भन्नुभएको छ ‘उदारवादको विरोध गरौं ।’ १३ गते संवाद डबलीमा भएका कार्यक्रमहरू सारमा समान प्रवृत्तिका उपज हुन् । आगे तपाईंहरूको मर्जी ।’
प्रस्तुत स्टाटसहरू डा.ऋषिराज बराल सल्लाहकार रहेको जनमेल डटकमको फेसबुक पेजमा बरालले नेकपा (क्रान्तिकारी माओवादी) को भण्डाफोर गर्दै लेखेका हुन् । उनले पहिलो स्टाटस इच्छुक सांस्कृतिक प्रतिष्ठानले वितरण गरेको यसवर्षको पुरस्कारका बारेमा आफ्नो विमती जनाउँदै लेखेका छन् । यस सन्दर्भमा के भन्न सकिन्छ भने प्रतिष्ठान महान् जनयुद्धका एकजना अग्रज र साँस्कृतिक क्षेत्रका शीर्ष नेता कमरेड कृष्ण सेन ‘इच्छुक’ को नाममा स्थापित भएको समग्र जनयुद्धको प्रगतिवादी धाराको एउटा सांस्कृतिक प्रतिष्ठान हो । यो नेपालको एकमात्र प्रतिष्ठान हो, जसको उद्देश्य, लक्ष्य भनेकोे मालेमावादी संस्कृति, साहित्य र कलाको विकास र संरक्षण गर्नु हो । यो सबैलाई ज्ञात भएको कुरा हो । प्रतिष्ठान स्थापनामा बरालजीको भूमिका महत्वपूर्ण नै छ । यो नकार्ने विषय पनि होइन र गरिएको पनि छैन ।
परन्तु प्रतिष्ठानको नेतृत्व गर्दा र त्यसबाट बाहिरिएपछि बरालजी जसरी प्रतिष्ठानका विरुद्ध विष बमन गर्दै आएका छन् कि उनी प्रतिष्ठानको समाप्ति भएको देख्न चाहन्छन् भन्नु पर्ने हुन्छ । यसबारेमा उनले खेलेको भूमिका पनि यहाँ स्पष्ट गर्नु आवश्यक देखिएको छ । पहिलो कुरा त इच्छुकप्रति उनको जुन प्रकारको निष्ठा र प्रतिवद्धता देखिन्छ त्यो सबै ढोँग र पाखण्ड मात्रै हो । किनकी जिवित रहँदासम्म इच्छुकलाई सबैभन्दा बढि घृणा गर्ने र उहाँले जनसांस्कृतिक संघको नेतृत्व गर्दा त्यसका विरुद्ध सदैव उछित्तो काडेर हिँड्ने बराल नै हुन् ।
‘छ महिनामा एउटा कविता लेख्नेले सांस्कृतिक संघको नेतृत्व गर्ने ?’ भनेर सदैब आलोचना गर्ने र सेनजीलाई हैरान÷परेसान पार्ने व्यक्ति बराल नै हुन् । दोस्रो कुरा आपूmले प्रोफेसरको पेन्सन खाने, श्रीमतीले जागिर खाने, छोराहरू अमेरिका बसेर डलर कमाउँदा त नपुगेर महिनामा २० हजार तलव नभई प्रतिष्ठानमा काम गर्न सकिन्न भनेर प्रतिष्ठानकै अरू कार्यसमिति सदस्यहरूलाई गुम्राहमा पारेर थाहै नदिई खुरुखुरु तलव थाप्नेलाई कति डिग्रीको क्रान्तिकारी भन्ने होला ?
जहाँसम्म पुरस्कार वितरणको कुरा छ, प्रतिष्ठान गठन भएदेखि ज–जसलाई पुरस्कार दिइयो उनकै पालामा दिइएका पुरस्कृत पात्रहरू र यतिखेर दिइएका पात्रहरूको तुलना गर्दा के कुरामा अहिलेका पात्र उनले जस्तै घृणा गर्नुपर्ने र इच्छुकको आदर्श भन्दा बाहिरका भए ? उनले लगाए जस्तै आरोप लगाउने हो भने त्यो उनले प्रमाणित गरेर देखाउन सक्नु पर्छ । बरू पञ्चायतकालमा कम्युनिस्ट र काङ्ग्रेसको सुराकी गर्ने र पकड्न सूचना दिने राष्ट्रिय गुप्तचर विभागको इन्स्पेक्टर जागिर खाएका त बराल स्वयम् हुन् ।
प्रतिष्ठानले उनको विगत कोट्याएको भए उनलाई न त पुरस्कार दिन मिल्थ्यो न त प्रतिष्ठानमा बस्ने अधिकार राख्थे । यो त झनै अपराध हुन्थ्यो । अझ उनीजस्तो व्यक्ति कसरी कम्युनिस्ट भए र जनयुद्धमा हिँड्ने माओवादी नेतासम्म कसरी बन्न पुग्थे ? उनैले पढेको र सिकाएको माक्र्सवाद होइन र हरेक व्यक्ति पहिला राम्रो भएको पछि नराम्रो र पहिला नराम्रो भएको पछि राम्रोमा बदलिन्छ भन्ने मान्यता ? उनले जस्तै शुद्धता खोज्दै जाने हो भने नेपालमा कम्युनिस्ट पार्टी विघटन गरेर घरमा बस्नु पर्ने हुन्छ र बुर्जुवाहरूलाई जे गर्छौ गर भनेर सुम्पनु पर्ने हुन्छ । यो कहाँको माक्र्सवाद होला ?
अर्को कुरा कसलाई पुरस्कृत गर्ने र कसलाई नगर्ने भन्ने कुरा सडकमा बसेर बहस र विवाद गर्ने विषय नै होइन । यो प्रतिष्ठान स्वयम्को अधिकारको कुरा हो । फेरि प्रतिष्ठानले विना लक्ष्य, उद्देश्य, मूल्य मापदण्ड केही नबनाइकन दिएकै छैन । बराल स्वयमले सहमति जनाएर बनाएको विनियम अनुसार दिने हो । दिइएकै छ ।
दोस्रो बुँदामा उनले कार्यक्रममा सहभागिताको विषयमा पनि कडा र छुद्र टिप्पणी गर्न भ्याएका छन् । कार्यक्रममा त सबैलाई खुला आमन्त्रण गरिएको हुन्छ । कतिपयलाई अतिथि वक्ताकै रूपमा पनि बोलाइन्छ । बोल्न पनि लगाइन्छ । सामाजिक संस्थामा यसो गर्नु कुनै गलत र अपराधको कुरा होइन । हाम्रा विचार बाहिरसम्म पु¥याउन र बाहिरका कुरामा खण्डन गर्न पनि बहसहरू चलाइन्छन् । मूल कुरा प्रतिष्ठान आफ्नो लक्ष्यमा दृढ छ कि छैन भन्ने कुरा हो । त्यसमा कुनै कमी छैन ।
आफ्नो शुद्धता भित्र बराल आफैले के कति समर्थक बढाएका छन् र उनले के कति संगठनको विस्तार गरेका छन् भन्ने प्रश्न पनि त गर्न सकिन्छ । आफ्नी श्रीमती त वाध्यताले उनको पछि लागेको अवस्था छ । त्यो हामी सबैलाई जाहेर नै छ । आफ्ना २ जना छोराहरूलाई त आफ्नै देशमा राखेर तिनीहरूको ज्ञान, सिप र क्षमता राष्ट्रमा प्रयोग गराउन नचाहेर साम्राज्यवादी मुलुकमा पलायन गराउने र आपूm एक्लै घरको कोठाबाट इन्टरनेट र फेसबुकबाट कस्तो क्रान्ति गर्लान् र उनले दिने विचारले कति मान्छे सङ्गठित होलान् ? यो पनि त उनका विरुद्ध तेर्सिने प्रश्नहरू हुन् ।
तेस्रो बुँदामा उनले क्रान्तिकारी माओवादीलाई प्रतिक्रियावादी भन्दै यसका नेतृत्व कमरेड किरणजीलाई प्रचण्डप्रतिको मोह त्याग्न नसक्ने भनेर आरोपित गरेका छन् । प्रचण्डप्रतिको मोह भइदिएको भए किरणजीले पहिला पार्टी नै किन अलग गर्नुहुन्थ्यो र पछि बादलहरूको पलायनताका बेला फर्कन किन सक्नुहुन्नथ्यो ? मोहनविक्रम, निर्मल लामा, प्रचण्डहरूसँग वैचारिक लडाइँ लड्ने किरणजी हुनुहुन्छ कि बराल ? जतिवेला बराल कम्युनिस्टहरूको सुराकी गर्दै राजाको सत्ताको जागिर खान्थे त्यतिवेला (२०३५÷०३६) तिर किरणजीले जनयुद्धको फौजी कार्यदिशा लेखेर मोहनविक्रम र लामाहरूसँग वैचारिक वहस गर्दै हुनुहुन्थ्यो ।
यो देशमा क्रान्तिको बिउ बचाउने, रोप्ने र उमार्ने किरणजी कि बरालजी ? यतिवेला प्रतिक्रियावादका विरुद्ध आफ्नो पार्टीको जेजति ताकत छ त्यसको भरपुर प्रयोग गरेर आन्दोलन गर्ने क्रान्तिकारी माओवादीलाई प्रतिक्रियावाद उन्मुख देख्ने बराल कुन दुनियाँका क्रान्तिकारी हुन् ? उनले सङ्गठन बनाएको, क्रान्ति गरेको र त्यसको नेतृत्व गरेको हेर्न पाए सायद ‘जिउँदै स्वर्ग’ पो गइन्थ्यो कि ?!

http://moolbato.com बाट साभार 

No comments: