संस्कृति भन्नाले के बुझिन्छ ?
संस्कृति मानिसको सर्वतोमुखी विकास अर्थात् मानिसमा अन्तर्निहित सबै असल गुणहरूलाई प्रस्फुटन गराउने प्रयत्न, प्रयास र उपलब्धिस“ग सम्बन्धित छ । सर्वतोमुखी विकास हुनु भनेको प्रत्येक व्यक्ति सृजनशील व्यक्तिका रूपमा रूपान्तरित हुनु हो । ज्ञानविज्ञानमा पारङ्गत, भौतिक तथा आत्मिक सम्पदा सृजन गर्न सक्षम, उच्च नैतिक सिद्धान्त र उत्कृष्ट शारीरिक विकासले सम्पन्न व्यक्तिलाई सामान्यतः हामी सर्वतोमुखी विकास भएको व्यक्ति मान्दछौं । सौन्दर्यबोध, कलात्मक रुचि, उत्कृष्ट कलात्मक कृतिहरूलाई बुझ्ने र तिनको रचना गर्ने सामथ्र्य, उत्कृष्ट जीवनको निर्माण गर्ने योग्यता सर्वतोमुखी विकास भएको व्यक्तिको पहिचान हो । यही कारण संस्कृतिलाई सृजनात्मक गतिविधिको, यथार्थ र वास्तविकताप्रतिको सक्रिय र सृजनात्मक दृष्टिकोणको मूर्त रूप मानिन्छ ।
वास्तवमा संस्कृति प्रकृतिको अचेतन व्यवस्थामाथि मानवलाई सोद्देश्य नियन्त्रण स्थापित गर्न क्षमता प्रदान गर्ने मानिसको सामूहिक क्रियाकलाप हो । प्रकृति र त्यसमा पाइने अन्य जीवहरूबाट मानिसलाई अलग्याउने काम यही क्रियाकलापले गर्दछ । अर्काे अर्थमा संस्कृति श्रम र सृजनको माध्यमबाट मानवजातिको निर्माण र विकासको प्रक्रिया हो । त्यसैले मनुष्य हुनु र सांस्कृतिक हुनुलाई एकअर्काको पर्याय मान्ने गरिएको छ । छोटोमा भन्दा जीवबाट विकसित हु“दै आएको मानिसमा विद्यमान पाशविक र जङ्गली आदिम प्रवृत्तिबाट उसलाई रूपान्तरित गरेर पूर्णतया मानव बनाउने, आत्मिक गुणहरूबाट समृद्ध पार्ने, निजी सम्पत्ति र स्वार्थको मानसिकताबाट मुक्त पारेर सामाजिक बनाउने कार्यभार नै संस्कृतिको कार्यभार हो ।
संस्कृतिको अन्तिम लक्ष्य
मानवलाई पूर्ण र मुक्त बनाउनु नै संस्कृति र समुन्नत राजनीतिक विचारधाराको काम हो । संसारका प्रत्येक व्यक्तिको सृजनात्मक क्षमताहरूको सर्वतोमुखी, सामञ्जस्यतापूर्ण र मुक्त विकास नै सांस्कृतिक तथा राजनीतिक आन्दोलनको अन्तिम लक्ष्य हो । मानवजातिको उच्च सांस्कृतिक, नैतिक र सौन्दर्यपरक मूल्यहरूलाई पूर्ण र मूर्त रूप दिनका लागि वास्तवमै आर्थिक, सामाजिक–राजनीतिक र आत्मिक स्वतन्त्रताको परिस्थिति नभई हु“दैन । आजको विश्वपरिस्थितिमा मानवजातिको उच्च नैतिक र सौन्दर्यपरक मूल्यहरूलाई पूर्णतः मूर्त रूप दिनका लागि आवश्यक पर्ने अवस्थाहरूको निर्माण गर्न सक्षम, अर्थव्यवस्था एवम् राजनीतिक क्षेत्रमा मात्र होइन संस्कृतिको क्षेत्रमा पनि यस खालको प्रगतिलाई सुनिश्चित गर्न सक्ने र विश्वलाई पूर्णतया क्रान्तिकारी परिवर्तनले सुसम्पन्न बनाउन सक्ने सामाजिक शक्ति सर्वहारा वर्ग मात्र हो । त्यसैले सर्वहारावर्गको विश्वदृष्टिकोण र विश्वलाई साम्यवादी समाजमा ढाल्ने त्यसको महान् ऐतिहासिक ध्येय–उद्देश्यलाई आत्मसात् गर्न सकेको खण्डमा मात्र हामी यस दिशामा अघि बढ्न सक्तछौं । सामाजिक उत्पीडनबाट सम्पूर्ण श्रमजीवी जनताको मुक्ति र साम्यवादको निर्माण विश्वका प्रत्येक व्यक्तिको सर्वतोमुखी र सामञ्जस्यतापूर्ण विकास र व्यक्तिको वास्तविक मुक्तिको आवश्यक पूर्वाधार हो ।
वास्तवमा समाजबाद र साम्यवाद नै त्यस्तो सामाजिक व्यवस्था हो जसले आप्mनो उद्देश्य नै मानव व्यक्तित्वको सर्वतोमुखी विकास, समुन्नति र समृद्धिलाई बनाएको हुन्छ । साम्यवादी समाजमा समाज र व्यक्तिको सम्बन्धलाई निम्नानुसार सैद्धान्तिक रूपले समाधान गर्ने प्रयास गरिन्छ ः पहिलो कुरो, प्रत्येक व्यक्तिले समुदायमा अरूसित मिलेर मात्र आप्mना क्षमताहरूको चौतर्फी रूपमा विकास गर्न सक्तछ । दोस्रो कुरो, समाजवादी समाजमा वर्गहरू र वर्गविचारधाराबाट उनिएको पुरानो समाजको ठाउ“मा एउटा त्यस्तो सङ्घको स्थापना हुनेछ, जहा“ प्रत्येक व्यक्तिको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको लागि शर्त हुन जानेछ । ‘हरेकबाट उसको सामथ्र्यअनुसार र हरेकलाई उसको आवश्यकताहरू अनुसार’ भन्ने सिद्धान्तले साम्यवादी समाजमा सबभन्दा पहिले समाजका सबै सदस्यहरूको विकास भएको हुनै पर्दछ र तिनको क्षमताबाट काम लिइनुपर्छ भन्ने विचारलाई अभिव्यक्त गरेको छ । यसले मानिसको उन्नतिका लागि अत्यन्त शक्तिशाली सामाजिक प्रोत्साहन दिन्छ । साम्यवादी समाजले आप्mना सबै सदस्यहरूको पूर्ण र सामञ्जस्यतापूर्ण विकासलाई सम्भव बनाउने मात्र होइन त्यसलाई सा“च्चै नै आवश्यक तŒव समेत बनाउ“छ । साम्यवादको भौतिक र प्राविधिक आधारले यसका लागि सबै आवश्यक स्थितिहरू तयार पार्ने काम गर्दछ । यी स्थितिहरूको निर्माणको कारणले गर्दा सम्बन्धित कार्यको समयमा कमी आउनेछ, प्रत्येक व्यक्तिले फुर्सदको समय बढी प्राप्त गर्नेछ, काम पनि सुविधाजनक बन्नेछ, दक्षताहीन कामको आवश्यकता नै रहने छैन, उपयोगका सामानहरू समाजमा प्रचुर हुनेछन् । यस्तो परिस्थिति निर्माण भएपछि हरेक व्यक्तित्वको विकास सामाजिक समृद्धिको मापक हुन पुग्नेछ । त्यतिखेर श्रमविभाजनका सामु व्यक्तिको दासत्वको स्थिति रहने छैन, शारीरिक र मानसिक श्रमका बीचको भेद मात्र होइन गाउ“ र सहरका बीचको विभेद पनि बा“की रहने छैन । श्रम जीवनको साधन मात्र होइन प्राथमिक खा“चोमा परिणत हुनेछ । यसरी व्यक्तिको सर्वतोमुखी विकास सम्भव हुनेछ ।
पु“जीवादमा श्रमविभाजनका सम्पूर्ण रूपहरू विकासको उच्च स्तरमा पुगेका हुन्छन् तापनि ती विकृतिबाट ग्रस्त हुने गर्दछन् । कारखानाभित्र र उत्पादनका शाखाहरूबीच विशेष प्राविधिक विभाजन हुने गर्दछ । पु“जीवादमा सहर र गाउ“का बीचमा मात्र होइन शारीरिक र मानसिक श्रममा समेत विभाजन हुन्छ । श्रमको यस्तो विभाजनले व्यक्तिलाई गतिविधि वा क्रियाकलापको खास क्षेत्रमा, एउटा विशिष्ट पेसामा सीमित पारिदिन्छ । फलस्वरूप व्यक्तित्वको विकास एकाङ्गी रूपमा मात्र हुन्छ । उदाहरणका निम्ति मजदुर एक आंशिक ‘श्रमिक’ भएर बा“च्न बाध्य हुन्छ, उसमा विद्यमान सबै किसिमका क्षमताहरू र शक्तिहरूले विकास हुने कुनै अवसर नै पाउ“दैनन् । यसका अतिरिक्त पु“जीवादले मानिसलाई वस्तुहरूको दास समेत बनाउ“छ । पु“जीवादको विशेषता नै के हो भने यसले मानिसहरूमा एक किसिमको निम्न स्तरको उपभोक्ता प्रवृत्ति जन्माउने काम गर्दछ । यसको परिणामस्वरूप वस्तुहरू आर्जन गर्नु मानिसको आफैंमा एउटा उद्देश्य बन्ने गर्दछ र व्यक्तिको मूल्याड्ढन नै उससित कति वस्तुहरू छन् भन्ने कुराका आधारमा गर्ने गरिन्छ । कामबाट अवकाश भएको समयमा मानिसको चिन्तन गर्ने बानीबेहोरालाई भुत्ते बनाउन निम्नस्तरको आमसंस्कृति प्रवाहित गरिन्छ र मानिसलाई मन्दबुद्धिको बनाउने प्रयास गर्ने गरिन्छ । यस किसिमका क्रियाकलापबाट मानिसको बौद्धिकता र आत्मालाई नष्ट पार्ने प्रयत्न गरिन्छ । समाजशास्त्री सी.राइट मिल्सले यसलाई मानिसलाई ‘हा“सखेल गर्ने रोबोट’ मा रूपान्तरित गर्नु भनेका छन् । अनि यसबाट नै डरलाग्दो रोग अलगाउ वा विसम्बन्धन (बष्भिलबतष्यल) उत्पन्न हुन्छ । विसम्बन्धन भनेको श्रमका उत्पादनहरू, सामाजिक एवम् राजकीय सम्बन्धहरू, नैतिकतासम्बन्धी नियमहरू, वैज्ञानिक सिद्धान्तहरू, सामाजिक चेतनाका रूपहरू आदि मानिसका क्रियाकलाप र परिणामहरूका साथै मानवीय गुणहरू र योग्यताहरू मनुष्यबाट स्वाधीन, परकीय र मानिसमाथि नै शासन गर्ने विरोधी वस्तुमा फेरिनु हो । मानिसबाट नियन्त्रित हुने, हुनुपर्ने कुराहरू मानिसलाई नै शासित गर्ने यस्तो विसम्बन्धनको प्रक्रियाले स्वाभाविक रूपले ‘विकृत संसार’को निर्माण गर्दछ । आर्थिक क्षेत्रमा विसम्बन्धनको यो रूप निजी स्वामित्वको प्रभुत्वमा (श्रमका उत्पादनहरू उत्पादकका रह“दैनन्) श्रम बलपूर्वक गरिने क्रियाकलापमा फेरिन्छ, विभिन्न वर्गहरूको हितका विरुद्धमा प्रकट हुन्छ । परिणामस्वरूप यसले व्यक्तिको सृजनात्मक विकासमा बाधा उत्पन्न गर्दछ ।
यसका विपरीत समाजवादी व्यवस्थाले व्यक्तिगत स्वामित्व शोषणको अन्त्य गरेर श्रमलाई भोकको अनुशासनबाट मुक्त पार्दछ । त्यसलाई स्वतन्त्र र रचनात्मक रूप दिन्छ । साम्यवादले चाहि“ त्यसलाई अझ विस्तारित गरेर प्रत्येक व्यक्तिको पूर्ण र मुक्त विकासलाई आप्mनो आधारभूत सिद्धान्त बनाउने काम गर्दछ । साम्यवादी समाजमा व्यक्तिको बहुमुखी वा सर्वतोमुखी विकासको आधार भनेकै साम्यवादी श्रमको विकास हो । कारण सबभन्दा पहिले, साम्यवादी श्रम उन्नत वैज्ञानिक तथा प्राविधिक जगमा उभिएको हुन्छ । यसले सबै व्यक्तिबाट कामप्रति रचनात्मक दृष्टिकोण, बहुमुखी ज्ञान, उच्च सांस्कृतिक–प्राविधिक स्तरको माग गर्दछ । त्यतिखेर विज्ञान र प्रविधिको विकास असीमित हुन्छ र मानिसका बौद्धिक गुणहरूको विकास र मानिसको विशेषीकृत पेसागत सामान्य शैक्षिक प्रशिक्षणको सम्भावना पनि असीमित हुन पुग्छ । दोस्रो कुरो, साम्यवादी समाजमा कुनै एउटा पेसामा मात्र लगातार संलग्न रहनुपर्ने बाध्यता वा आवश्यकता हु“दैन । यसकारण व्यक्तिका सामु आप्mना क्रियाकलापमा हेरफेर गर्ने, रुचिअनुसार काम चयन गर्ने प्रबल सम्भवाना र अवसरहरू रहन्छन् । व्यक्तिले आप्mनो विशेषीकृत पेसागत र सामान्य शैक्षिक ज्ञान बढाउने ठूलो प्रेरणा प्राप्त गर्दछ । तेस्रो कुरो, साम्यवादी श्रमको उच्चस्तरीय सङ्गठन, श्रमिक सम्बन्धहरूको सामूहिक चरित्र, व्यक्ति र समाजका हितहरूमा अटुट एकताले व्यक्तित्वको उच्चतम नैतिक गुणहरूको निर्माण, सामाजिक दायित्वबोध, सामाजिक सम्पत्तिको बृद्धि, श्रमप्रेम र इमानदारितालाई प्रश्रय दिने काम गर्दछ । चौथो कुरो, श्रमको प्रक्रिया, अवस्था र परिणामहरूको सौन्दर्यानुभूतिले मानिसमा सौन्दर्यबोध, सौन्दर्यभावना र सौन्दर्यका क्रियाकलाप उत्पन्न गर्न सहयोग पुर्याउ“छ । साम्यवादी समाजको उच्चस्तरीय उत्पादक श्रमले यसका सम्पूर्ण सदस्यहरूलाई बढीभन्दा बढी फुर्सदको समय उपलब्ध गराउ“छ । आप्mना सम्पूर्ण शारीरिक एवम् बौद्धिक योग्यताहरूको विकासका लागि यो नभई नहुने आवश्यकता हो । फुर्सदको समयले वैज्ञानिक, कलात्मक, प्राविधिक सृजनामा संलग्न हुने, शारीरिक व्यायाम र खेलकुदमा सहभागी हुने, सक्रिय आराम–विश्रा मगर्ने आदि आदि अवसरहरू प्रदान गर्दछ । उत्पादनको कार्यमा मात्र होइन, अन्य क्षेत्रमा पनि परिवतृन गर्ने राम्रो अवसर फुर्सदको समयले प्रदान गर्दछ र यसरी सृजनात्मक विकासका लागि बाटो प्रशस्त पार्दछ ।
पूर्ण र मुक्त व्यक्तिको निर्माण वास्तवमा त्यतिखेर मात्र सम्भव हुन्छ जतिखेर वर्गभन्दा माथिको वर्गहीन, राष्ट्र–राज्यविहीन र निजी सम्पत्तिको मानसिकताबाट सर्वथा मुक्त संस्कृतिको निर्माण हुनेछ । यो धेरै परको कुरो हो र यसका लागि धेरै ठूल्ठूला खुड्किलाहरू पार गर्नुपर्ने हुन्छ । नेपाली समाजको वर्तमान सामाजिक–आर्थिक परिस्थितिलाई उपेक्षा गरेर एकैचोटि हामी यस किसिमको संस्कृति निर्माण गर्न सक्तैनौं । समाजवाद हु“दै साम्यवादको दिशामा अघि बढ्नका लागि हामीले अहिलेको नेपाली समाजको अद्र्धसामन्ती र अद्र्धऔपनिवेशिक सामाजिक–आर्थिक अवस्थालाई बदल्नैपर्छ र यहा“ समाजवादका लागि आवश्यक पर्ने परिस्थिति निर्माण गर्न औद्योगिक पु“जीको विकास गर्नुपर्ने हुन्छ । तर त्यो पु“जीवाद पुरानो पु“जीवादभन्दा फरक नया“ किसिमको राज्यव्यवस्थाका आधारमा निर्माण गरिन्छ । त्यो पुरानो लोकतन्त्रभन्दा भिन्न नया“ किसिमको हुनेछ, त्यो परम्परागत पु“जीवादी क्रान्तिको अड्ड होइन, समाजवादी क्रान्तिको अड्ड र पु“जीपतिको नेतृत्वमा होइन सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा हुनेछ । यही कारण यसलाई नया“ लोकतन्त्र वा नया“ जनवाद भनिन्छ । यही नया“ जनवादलाई स्थापित गर्ने, सुदृढ पार्ने र विस्तार गर्दै समाजवादी संस्कृतिमा विकास गर्ने नया“ जनवादी संस्कृतिको निर्माण मात्र हामी अहिलेको विशिष्ट अवस्थामा गर्न सक्तछौं । यही प्रक्रियाबाट अघि बढेर मात्र समाजवादी संस्कृति हु“दै माथि उल्लेख गरिएको संस्कृतिको निर्माणको स्थितिमा हामी पुग्दछौं ।
आधार र अधिरचनाबीचको सम्बन्ध
समाजव्यवस्था र संस्कृतिका बीचको सम्बन्धलाई बुभ्mन आधार र अधिरचनाका बीचको सम्बन्धलाई राम्ररी बुभ्mनु आवश्यक हुन्छ । कुनै पनि समाजको आर्थिक संरचना र आधार अर्थात् जग त्यस समाजमा रहेका भौतिक उत्पादन सम्बन्धहरूको समष्टि हो र यो त्यस्तो वास्तविक जग हो जसमाथि अधिरचनाहरू अर्थात् सम्बन्धित समाजका राजनैतिक, न्यायिक, दार्शनिक, नैतिक, कलात्मक एवम् धार्मिक दृष्टिकोणहरू, तीअनुरूपका सम्बन्धहरू, संस्थाहरू र सङ्गठनहरू खडा हुन्छन् अर्काे अर्थमा संस्कृतिको घर खडा हुन्छ । जगले नै वास्तवमा समाजको स्वरूप, त्यसको विचार र संस्थाहरूलाई एक हदसम्म निर्धारित गर्दछ । अर्काे अर्थमा जस्तो आधार हुन्छ अधिरचना पनि त्यस्तै हुन्छ । अर्थव्यवस्था कुनै पनि समाजको जग (आधार) हो भने राजनीति त्यस अर्थव्यवस्थाको केन्द्रीभूत रूप हो । हामी कुन कुरामा प्रस्ट हुनुपर्छ भने विचारधाराका रूपमा कुनै पनि संस्कृतिले सम्बन्धित समाजको आर्थिक–सामाजिक एवम् राजनीतिक व्यवस्थालाई नै प्रतिबिम्बित गर्दछ । सामाजिक व्यवहारमा विद्यमान अर्थव्यवस्था र राजनीतिले नै मूलतः सम्बन्धित समाजको संस्कृतिको रूपलाई निर्धारित गर्दछ । यसको अर्थ संस्कृति अर्थव्यवस्थाको हुबहु प्रतिच्छाया मात्र हुन्छ भन्ने होइन । आधारबाट उत्पन्न हुने अधिरचनाको सापेक्षित आत्मनिर्भरताका साथै क्रियाशील भूमिका समेत हुन्छ । यसको अर्थ जगको बलमा निर्माण हुने संस्कृति अर्थव्यवस्था र राजनीतिमाथि पनि प्रभाव पार्न सक्षम हुन्छ । यसलाई नै हामी संस्कृतिको सापेक्षित स्वायत्तता भन्ने गर्दछौं ।
आजको नेपाललाई हेर्दा हामी के पाउ“छौं भने सामन्तवादको प्रतिनिधिसंस्था वा गढ राजतन्त्र समाप्त भएको छ र गणतन्त्रको स्थापना पनि भैसकेको छ । तर हिजोको सामन्तवादी आर्थिक–सामाजिक सम्बन्धमा भने आधारभूत रूपमा परिवर्तन आइसकेको छैन । यसको अर्थ नेपाल अहिले पनि अद्र्धसामन्ती र अद्र्धऔपनिवेशिक स्थितिबाट मुक्त भैसकेको छैन । यसको अर्थ नेपालको अर्थतन्त्र पूर्णतया सामन्तवादी चरित्रको छैन तापनि यो सामन्ती पकड वा सामाजिक–आर्थिक सम्बन्धहरूबाट मुक्त पनि भैसकेको छैन । अर्थतन्त्रमा प्रवेश गरेको एकाधिकारवादी पु“जीवादी तŒवले त्यस सम्बन्ध वा पकडलाई उछिनिसकेको छैन । यसरी हेर्दा आजको नेपालको अर्थव्यवस्था आधा सामन्ती र आधा पु“जीवादी छ र यसमा सामन्त वर्गको शोषण मात्र होइन विश्वसाम्राज्यवादी विशेषतः भारतीय विस्तारवादी शोषण–उत्पीडन समेत विद्यमान छ । एकातिर घरेलु र अर्कातिर विदेशी शोषण–उत्पीडन । यही घरेलु र विदेशी शोषण–उत्पीडन नै त्यस्तो मूल कारण हो जुन कारणले गर्दा नेपाली जनताले अभाव, गरिबी, बेरोजगारी, अशिक्षा, भ्रष्टाचार, मह“गी, कालाबजारी, विदेशी शोषण–उत्पीडन, विभिन्न किसिमका हस्तक्षेप, सीमाअतिक्रमण, असमान सन्धिसम्झौता, सांस्कृतिक अतिक्रमण आदि आदि भोग्नुपरिरहेको छ । नेपाली जनता र नेपाल राष्ट्रको हित र स्वार्थ त्यसैले यस्तो सामाजिक व्यवस्थालाई परिवर्तन गर्नुमा र यस्तो शोषण–उत्पीडनबाट मुक्त अर्थव्यवस्था, राजनीति र संस्कृतिको निर्माणमा सक्रिय भूमिका खेल्नु नै आजका प्रगतिशील र क्रान्तिकारी संस्कृतिकर्मीहरूको तात्कालिक दायित्व हो । अनि त्यस्तो संस्कृतिको निर्माण भनेको समाजवादी संस्कृतिको अड्डका रूपमा रहेको नया“ जनवादी संस्कृतिको निर्माण हो ।
नया“ जनवादी संस्कृति भनेको के हो ?
नया“ जनवादी संस्कृति सर्वहारावर्गको नेतृत्वमा सञ्चालित हुने जनसमुदायको सामन्तवाद–साम्राज्यवादविरोधी संस्कृति हो । नया“ जनवादी संस्कृतिको जग मूलतः नया“ जनवादी अर्थव्यवस्था र राजनीति हो । सापेक्ष आत्मनिर्भरताका कारण त्यस्तो अर्थव्यवस्थाको स्थापना हुनुअघि पनि यसले त्यस्तो अर्थतन्त्र र राजनीतिको निर्माणका निम्ति भूमिका खेल्ने काम गर्दछ । नेपालको वर्तमान अवस्थामा प्रगतिशील तथा प्रगतिवादी संस्कृतिकर्मीहरूले यही काम गर्दै आएका छन् र गर्नुपर्दछ पनि । नया“ अर्थव्यवस्थासित हुर्केर आएका नया“ आर्थिक तथा राजनीतिक शक्तिहरू सर्वहारावर्ग, निम्नपु“जीपतिवर्ग र राष्ट्रिय पु“जीपतिवर्गको आवश्यकता र आकाङ्क्षालाई नया“ जनवादी संस्कृतिले प्रतिबिम्बित गर्दछ । यी सबैको हितलाई यसले समेटेको हुन्छ । यसको उद्देश्य मजदुर एवम् आम श्रमजीवी जनतालाई सामन्तवाद–साम्रज्यवादविरोधी राजनीतिक र सांस्कृतिक क्रान्तिको मार्गमा अघि बढाउन प्रयत्न गर्नुका साथसाथै तिनका माझ समाजवाद र साम्यवादका विचारहरू पि“mजाउनु पनि हो । नया“ जनवादी संस्कृति विश्वसर्वहारावर्गको समाजवादी संस्कृतिको एउटा अभिन्न अड्ड र त्यसको ठूलो सहयोगी पनि हो । यो सर्वहारा संस्कृति र विचारधाराबाट निर्देशित हुन्छ । यही कारण समाजवादी अर्थव्यवस्था र राजनीति व्यवहारमा लागू नभएको नेपालको आजको सन्दर्भमा पनि समाजवादी संस्कृतिका प्रमुख लक्षणहरू यसमा विद्यमान रहन्छन् । ती लक्षणहरू मूलतः जीवनसत्यप्रति अगाध निष्ठा, वैज्ञानिक एवम् द्वन्दात्मक भौतिकवादको दृढ अवलम्बन, पार्टी–प्रतिबद्धता, जनसेवाको भावना, समाजवादी मानवतावाद र ऐतिहासिक आशावादको अनुसरण, प“ूजीवादी विचारधारा र मानिसको चेतना र व्यवहारका विगतका अवशेषस“ग झुक्दै नझुक्ने सङ्घर्षशीलता, देशभक्ति, अन्तर्राष्ट्रियतावाद एवम् कम्युनिस्ट आकाङ्क्षाहरूलाई आत्मसात् गर्दै व्यवहारमा तिनलाई लागू गर्ने प्रयत्न, जीवनप्रति सकारात्मक अभिवृत्ति र इमानदारी आदि हुन् । नया“ जनवादी संस्कृति स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानमाथि जोड दिने संस्कृति भएको हुनाले यसले कहिल्यै पनि प्रतिक्रियावादी, साम्राज्यवादी संस्कृतिस“ग एकता र सा“ठगा“ठ गर्दैन । यो वैज्ञानिक संस्कृति पनि हो । यसले अन्धविश्वास, रूढिबुढीमा टिकेको सारा सामन्ती संस्कृतिको विरोध गर्नुका साथै वस्तुगत सत्यलाई प्राथमिकता दिने, तथ्यहरूका आधारमा सत्य पत्ता लगाउने काम गर्दछ र सिद्धान्त र व्यवहार, शब्द र कर्मका बीचको एकतामा जोड दिन्छ । नया“ जनवादी संस्कृतिले भौतिक चिन्तन र विचारलाई आÇनो आधार बनाउ“छ र आध्यात्मिक चिन्तन एवम् आदर्शवादको विरोधमा सक्रिय रहन्छ । धर्म, ईश्वर, स्वर्ग–नरक, पाप–पुण्यजस्ता कुनै पनि किसिमका अदृश्य तŒवहरूमाथि विश्वास नराख्नु, त्यसको विरोधमा क्रियाशील रहनु र निरीश्वरवादको प्रचार–प्रसार गर्नु नया“ जनवादी संस्कृतिको अपरिहार्य काम हो । साम्राज्यवादी–विस्तारवादी उत्पीडनको विरोध गर्ने र देशभित्रका विभिन्न उत्पीडित जातिहरूको मर्यादा र स्वतन्त्रताको समर्थन गर्ने हुनाले नया“ जनवादी संस्कृतिको स्वरूप राष्ट्रिय हुन्छ । देशका अधिकांश श्रमिक, किसान–मजदुर, प्रगतिशील बुद्धिजीवी आदि व्यापक जनसमुदायको सेवा गर्नु आÇनो कर्तव्य ठान्ने हुनाले नया“ जनवादी संस्कृतिको प्रकृति जनवादी हुन्छ । यही कारण यसले वर्गीय, लिड्डीय, जातीय, वर्णगत उत्पीडनको विरोध गर्दै तिनको मुक्तिको पक्षमा सङ्घर्षलाई सङ्गठित गर्दछ र त्यसलाई वाणी प्रदान गर्दछ, किसान, मजदुर, दलित, जनजाति र नारीहरूको मुक्तिको पक्षमा आफूलाई उभ्याउ“छ । सारमा नया“ जनवादी संस्कृतिले सामन्तवाद र साम्राज्यवादको विरोधमा वर्गसङ्घर्ष विकसित गर्ने कामलाई प्राथमिकता प्रदान गर्दछ र त्यसअनुरूपका विषयहरू चयन गरेर नया“ जनवादी क्रान्तिलाई सरसहयोग पु¥याउने काम गर्दछ । श्रम र जनताप्रति आस्था एवम् विश्वास जगाउने, शोषण, व्यक्तिगत पू“जी, निजी स्वार्थ र व्यक्तिवादको विरोध गर्दै सामूहिकतावादमाथि विशेष जोड दिने, कामचोर प्रवृत्तिको विरोध गर्ने तथा कर्तव्यपरयणताको समर्थन गर्ने, सामाजिक न्याय, समानता र स्वतन्त्रताको पक्षपोषण गर्ने, समाजमा देखापर्ने सबै किसिमका अमानवीय पक्षको विरोध गर्ने र मानवीय मूल्य–मान्यताको समर्थन जनाउने, सत्को समर्थन र असत्को विरोध गर्ने, मानिसलाई चरम व्यक्तिवादी र उपभोक्तावादी बनाउने, विकृत यौन–वासना, कामुकता एवम् अश्लीलता र पशुवृत्ति बढाउने, भयावह हिंसा, हत्यालाई प्रश्रय दिने र आतङ्क सृजना गर्ने, जीवनको उद्देश्यहीनता, सामाजिक समस्याप्रति उदासीनता र चरम आत्मकेन्द्रितता फैलाउने, जीवनका हरेक पक्ष, मानिस, उसको शरीर, मानवतासहित संस्कृति, साहित्य, सङ्गीत र सबै कुराहरूलाई उपभोग्य वस्तु वा माल ठान्ने उपभोक्तावादी संस्कृति निर्माण गर्ने र संसारभर आÇनो विचार र संस्कृति अरूमाथि थोपर्ने साम्राज्यवादी संस्कृतिको दृढताका साथ विरोध अभियान सञ्चालन गर्ने काम नया“ जनवादी संस्कृतिले गर्दछ । वस्तुगतता, तार्किकता, प्रगति, मानवता, स्वतन्त्रता, समानता, सार्वभौम मूल्य, सत्य, विचारधारा, कार्य–कारणता, पूर्णता, एकता आदिको विरोध र निराशा, अनिश्चितता, विषमता, अनियमितता, विशृङ्खलता, अराजकता, अनिरन्तरता, आकस्मिकता, संयोग, नियमहीनता, खण्डितताको पक्षपोषण गर्ने उत्तरवादी विचारहरूका विरुद्ध यो उभिन्छ । साम्राज्यवादी संस्कृतिको निर्माण पू“जीवादी देशहरूका एकाधिकारवादी पू“जीपतिवर्गको हितलाई प्राथमिकता दिएर निर्माण गरिएको हुन्छ । यसका राजनीतिक विचारकहरू कम्युनिज्मको अन्त भएको बहानामा यसको विरोध गर्दछन् र नव–उपनिवेशवाद, राष्ट्रवाद, अन्धराष्ट्रवादमाथि अतिशय जोड दिएर प्रचार गर्दछन् । दार्शनिकहरू किसिम किसिमका प्रत्ययवादी सिद्धान्तहरू र रहस्यवादको उपदेश दिने गर्दछन् । लेखकगण बुर्जुवाव्यवस्थाको प्रशंसामा गीत गाउ“छन्, व्यक्तिवादको र मानिसको “शाश्वत नीचता”को विचार फैलाउ“छन् । पहिले पु“जीवादको प्रारम्भिक चरणमा मानवतावादअन्तर्गत मानवको महिमा गाइन्थ्यो । अब मानिस सधैं नीच थियो र रहनेछ भन्ने कथित शाश्वत नीचताको कुरो गरिन्छ । मानिस पशुजस्तै निकृष्ट र तुच्छ हो भनेर मानिसलाई पशुका रूपमा चित्रण गर्ने खुल्ला प्रयत्न गरिन्छ । सबै विषयमा आÇना निजी विषयहरूमा मात्र केन्द्रित रहने, सामाजिक चरित्रविरोधी व्यक्तिवादमाथि जोड दिइन्छ । लेखकहरू पहिलेजस्तो यथार्थको चित्रणमा होइन यथार्थबाट भागेर भ्रमात्मक स्वप्नलोक र मानिसको वा आÇनै अन्तर्जगत्मा रमाउन थाल्दछन् । कलाकारहरू यथार्थको चित्रणको सट्टा रूपलाई मात्र महŒव दिने रूपवादी जालझेल, अमूर्त लिपापोती र घिनलाग्दा व्यवहार–वैचिœयलाई आÇनो कलामा उतार्नु राम्रो ठान्दछन् । यसरी साम्राज्यवादी संस्कृतिमा मानवतावादी अन्तर्वस्तु हराएर जान्छ । अमानवीयपन यसको विशेषता बन्न पुग्छ । साम्राज्यवादी संस्कृतिले सबैभन्दा बढी मानिसले आÇना आदिम वृत्तिमाथि पाएको विजयलाई उल्ट्याएर तिनै आदिम प्रवृत्ति र पशुतातिर फर्काउने काम गर्दछ । यसभन्दा अघि संस्कृतिले मानिसलाई परिष्कृत गर्ने, उन्नत अवस्थातिर लैजाने र नया“ मान्छेको निर्माणलाई प्रमुख चासोको विषय बनाएको थियो । तर अब यसले मानिस पशुभन्दा माथि उठ्न सक्तैन भन्ने धारणालाई अधिकतम प्रश्रय दिने काम गर्दछ । हिजोआज कामोत्तेजना एवम् क्षुधातृप्तिमा मात्र मानिसलाई सीमित बनाउने र क्रूरता, हिंसा, हत्यालगायतका जड्डली व्यवहारलाई प्रश्रय दिने अपसंस्कृतिको निर्माणमा नै यसको विशेष ध्यान केन्द्रित भएको पाइन्छ । यस अतिरिक्त साम्राज्यवादी संस्कृतिले चरम व्यक्तिवादी र उपभोक्तावादी चिन्तन तथा व्यवहारलाई फैलाउने, मानिसलाई नितान्त निजी समस्यामा केन्द्रित, समाज, सामाजिक जीवन एवम् समस्याबाट विमुख र तिनप्रति अनुत्तरदायी बनाउने काम गर्दछ । उपभोगलाई जीवनको उद्देश्य बनाउनु, मानिसलगायत सबै वस्तुलाई बिक्रीको सामान ठान्नु उपभोक्तावादको खास विशेषता वा अर्थ हो । मानिसलाई समेत माल ठान्ने र मालका निम्ति मरिमेट्ने प्रवृत्ति उपभोक्तावादको विशेषता हो । यसरी यो मानवतावादी संस्कृतिकै विरुद्ध रहेको हुन्छ । नया“ जनवादी संस्कृति यी सबैका विरुद्ध लक्ष्यित हुन्छ ।
हाम्रो आन्दोलनका देखा परेका केही विकृतिहरू
नेपालको आजको सन्दर्भमा प्रगतिवादी संस्कृतिकर्मीहरूले निर्माण गर्नुपर्ने संस्कृतिको यो सामान्य विवेचना हो । जहिलेसम्म यस सिद्धान्तलाई व्यावहारिक रूपमा उतार्ने काम हु“दैन वा सिद्धान्तमाथि चाहि“ जोड दिने तर व्यावहारिक पक्षमा चाहि“ उपेक्षा गर्ने गरिन्छ त्यतिखेरसम्म सिद्धान्त स्वयम्लाई मानिसहरूले गलत रूपमा लिने प्रयास गर्दछन् । सिद्धान्तको कुरो धेरै बखान्ने तर व्यवहारमा तिनलाई लागू गर्ने विषयमा खरा साबित हुन नसक्ने रोगले हामी आज निकै ग्रस्त छौं । माक्र्सवादले नैतिकता र व्यक्तिका चारित्रिक गुणदोषका बारेमा पर्याप्त शिक्षा हामीलाई दिने गरेको छ र हामीले तिनलाई आप्mनो जीवनको आदर्शका रूपमा लि“दै पनि आएका छौं । तर हाम्रो आन्दोलनले ती आदर्शहरूलाई राम्ररी आत्मसात् र लागू गर्न नसकेको कुरो आन्दोलनभित्र प्रकट हुने नानाविध घटना र दृश्यावलीहरूले छरपस्टै देखाइरहेका छन् ।
यस सन्दर्भमा व्यक्तिवाद सर्वाेपरि रूपमा हामी धेरैमा प्रकट हुने गरेको छ । व्यक्तिवाद समाजवादको घातक शत्रु हो । यसले आन्दोलनमा अनगिन्ती रोगहरू भित्र्याउ“छ । विश्वकम्युनिस्ट आन्दोलनका सर्वाधिक नैतिकवान् व्यक्तिका रूपमा सम्मान गर्ने गरिएका भियतनामी नेता होचिमिन्हका शब्दमा व्यक्तिवादले नोकरशाहीपन, हुकुमवाद, सङ्कीर्णतावाद, मनोगतता, भ्रष्टाचार र फजुल खर्चजस्ता सयौं रोगहरू जन्माउ“छ । विश्वसर्वहारावर्गका महान् नेता क. माओ त्से तुड्डले बदला लिने मनोवृत्ति, ‘सानो डप्mफा मनोवृत्ति, ‘कर्मचारी’ मनोवृत्ति, ऐसआरामको लालसा, निष्क्रियता, आन्दोलन परित्याग गर्ने आकाङ्क्षालाई व्यक्तिवादका केही विशेषताका रूपमा व्याख्या गरेर त्यसका विरुद्ध लड्न क्रान्तिकारीहरूलाई आह्वान गरेका छन् । व्यक्तिवाद निम्नपु“जीवादी मनोवृत्ति हो । यो आन्दोलनमा संलग्न प्रत्येक व्यक्तिभित्र लामो समयसम्म लुकेर बसेको हुन्छ । निजी अर्थात् व्यक्तिको वा सानो डप्mफाको हितलाई आन्दोलन, वर्ग र समाजको हितभन्दा माथि राख्ने कामलाई नै खासमा व्यक्तिवाद भन्ने गरिन्छ । आन्दोलनमा संलग्न व्यक्तिका लागि जुनसुकै अवस्थामा पनि आन्दोलनको हितलाई माथि राख्नु नै सामूहिकतावाद वा क्रान्तिकारी नैतिकता हो । आन्दोलन वा समूहको हितसित व्यक्तिको हित बाझिएको खण्डमा आन्दोलनको हितमा व्यक्तिको हितलाई परित्याग गर्नु नै क्रान्तिकारी नैतिकता हो र क्रान्तिकारीहरूको दायित्व हो । तर हामीकहा“ सरासर आन्दोलनको हितमा आघात पुग्नेगरी निजी हितको वकालत गर्ने परम्पराजस्तै बस्न थालेको छ । आन्दोलनले दिएको जिम्मेवारी पूरा गर्नुको साटो आप्mनो स्वार्थमा केही हुन नसकेको खण्डमा आन्दोलनकै विरोध गर्ने प्रवृत्तिले हिजोआज शिर उठाउन थालेको देखिन्छ । ‘कम्युनिस्ट नैतिकता’ भन्ने आप्mनो लेखमा क. होचिमिन्हले भनेका छन्–आफुलाई व्यक्तिवादबाट मुक्त नगरेको हुनाले नै कुनै कुनै पार्टी सदस्यहरू (आन्दोलनमा लागेका व्यक्तिहरू–ले.) अझ पनि पार्टीप्रति आप्mना सेवाहरूको घमण्ड गर्दछन् र सो सेवाको लागि पार्टीको कृतज्ञताको दाबी गर्दछन् । तिनीहरू कृपा, सम्मान, पद र विशेषाधिकार पाउन चाहन्छन् । आप्mनो इच्छा पूरा नभएमा तिनीहरू पार्टीदेखि रिसाएर के गुनासो गर्छन् भने तिनीहरूको ‘भविष्य’ छैन र तिनीहरूलाई ‘बलि चढाइएको’ छ । तिनीहरू पार्टीबाट बिस्तार बिस्तार हटेर जान्छन्, अझ खराब त के भने तिनीहरू यसका नीतिहरू र अनुशासनलाई भित्रैबाट ध्वस्त पार्छन् ।’ यस्ता मानिसहरू हाम्रो आन्दोलनमा अहिले जताततै देखा पर्न थालेका छन्, तर ती आफुलाई क्रान्तिकारी देखाउन भगीरथ प्रयास पनि गरिरहेकै छन् । यस्ता मानिसले माक्र्सवादका प्रणेता कार्ल माक्र्सको यदि कुनै व्यक्तिले आप्mनो लागि मात्र काम गर्दछ भने त्यस्तो मानिस वास्तवमा पूर्ण र महान् मानव कदापि बन्न सक्तैन भन्ने भनाइलाई अलिकति पनि बुभ्mन सक्तैनन् । व्यक्तिवादबाट ग्रस्त मानिसहरूले आप्mनो मनमाफिक काम गर्नु र सङ्गठन र अनुशासनका विपरीत जानु स्वाभाविक छ । यसरी तिनका क्रियाकलापले सङ्गठनको प्रतिष्ठालाई ध्वस्त पार्छ, सङ्गठनको काममा बाधा पुर्याउ“छ र क्रान्तिको गतिलाई रोक्ने काम गर्दछ । व्यक्तिवादबाट ग्रस्त मानिसहरू हठी र घमण्डी हुने गर्दछन् । उनीहरू अर्कातिर आप्mना विशेषता र खुबीहरूको तारिक गरेर थाक्तैनन् । उनीहरू अरूको खिसीट्युरी र आलोचना गर्ने गर्दछन् र अरूले आप्mनो आलोचना गरेको मन पराउ“दैनन् । उनीहरू आत्मसमीक्षा गर्ने कामबाट सधैं नै विमुख हुन्छन् । कतिसम्मभने उनीहरू बिनाइमानदारी र कुनै गम्भीरताविना नै आलोचना वा आत्मसमीक्षालाई व्यवहारमा उपयोग गर्ने गर्दछन् । वास्तवमा यो सबै आन्दोलनका लागि हानिकारक हुन पुग्दछ । व्यक्तिवादबाट ग्रस्त मानिसहरू हरेक कुरामा आफुलाई चलाख देखाउ“छन् र आम जनताबाट अलग हुने गर्दछन् । त्यस्ता मानिसहरू जनताबाट सिक्न अनिच्छुक मात्र होइन अस्वीकार समेत गर्दछन् र आफु जनताको शिक्षक बन्न मात्र चाहन्छन् । स्वभावतः यस्ता मानिसहरू नोकरशाही र हुकुमवादबाट आक्रान्त हुन्छन् । यसले गर्दा जनताले उनीहरूलाई विश्वास मात्र नगर्ने होइन सम्मान समेत गर्दैनन् । व्यक्तिवादी मानिसहरू मोजमज्जा र आरामको माग गर्दछन्, सङ्गठनले सुम्पेको काम गर्नुको साटो आप्mनै काम गर्न चाहन्छन् । तिनीहरू उच्च पद हासिल गर्न चाहन्छन् र आप्mनो जिम्मेवारी पन्छाउ“दै जान्छन् । यसो गर्नु भनेको जुधारुपन, क्रान्तिकारी साहस र उच्च गुणहरूलाई गुमाउनु हो । पुरानो समाजमा जन्मेर हुर्केको कारणले हामी सबैले आप्mना विचार र बानीबेहोरामा सम्बन्धित समाजका विकृतिहरू कमबेसी लिएरै आएका हुन्छौं । पुरानो समाजको सबभन्दा खतरनाक र खराब बानी व्यक्तिवाद हो । यसले क्रान्तिकारी गुणहरूलाई ध्वस्त पार्छ र क्रान्तिकारी लक्ष्यमा बाधा पुर्याउ“छ । त्यसैले यसका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नु सबै क्रान्तिकारीहरूको अहम् दायित्व हो ।
बनमारा झारझैं आन्दोलनमा अहिले मौलाउन थालेको अर्काे रोग हो उदारतावाद । उदारतावाद पनि निम्नपु“जीवादी स्वार्थकै परिणाम हो । यसले पनि आन्दोलन र क्रान्तिको स्वार्थलाई दोस्रो स्थानमा र व्यक्तिगत स्वार्थलाई पहिलो स्थानमा राख्ने काम गर्दछ । यही निजी स्वार्थका कारणले आन्दोलनभित्र विचारधारात्मक, राजनीतिक र सङ्गठनात्मक उदारतावादले जन्म लिन्छ । उदारतावादीहरू माक्र्सवादको कुरो गरे तापनि व्यवहारमा उदारतावाद लागू गर्दछन् । अरूका लागि माक्र्सवाद, आप्mना लागि भने उदारतावाद यो उनीहरूको सिद्धान्त हो । उदारतावाद माक्र्सवाद होइन, यो अवसरवादको एउटा रूप हो । एकजना माक्र्सवादीको हृदय विशाल हुन्छ, ऊ निष्ठावान् र सक्रिय हुन्छ, उसले क्रान्ति, आन्दोलन र पार्टीका हितहरूलाई सर्वाेपरि मान्दछ, आप्mनो आत्मालाई भन्दा बढी मूल्यवान् ठान्दछ र आप्mना निजी स्वार्थहरूलाई आन्दोलन र क्रान्तिका स्वार्थमुनि राख्तछ । हरेक ठाउ“मा र स्थितिमा सिद्धान्तका लागि अडिग हुन्छ, गलत विचार एवम् कार्यका विरुद्ध निरन्तर सङ्घर्ष गर्छ । उसले आन्दोलनको सामूहिक जीवन र आन्दोलन जनसमूहका बीचको सम्बन्धलाई सुदृढ बनाउन सम्भवभएसम्म प्रयास गरिरहन्छ । कुनै व्यक्तिलाई भन्दा सङ्गठन र समूहलाई बढी ध्यान दिन्छ । तर उदारतावादी यसको ठीक विपरीत हुन्छ । त्यसैले यो क्रान्तिकारी आन्दोलन र सङ्गठनका निम्ति एकदमै हानिकारक हुन्छ । यसले आन्दोलनको एकता र भ्रातृत्वभावलाई ध्वस्त पार्छ । निष्क्रियता र झैझगडालाई प्रश्रय दिन्छ, सङ्गठन र अनुशासनमा शिथिलता ल्याउ“छ, तिनबाट क्रान्तिकारीहरूलाई विमुख बनाउ“छ र सङ्गठन र नेतृत्वलाई जनसमूहबाट अलग्ग्याउने काम गर्दछ ।
सिद्धान्तहीन शान्तिको पक्ष लिएर विचारधारात्मक सङ्घर्षलाई अस्वीकार गर्नु उदारतावादको विशेषता हो । विश्वसर्वहारावर्गका नेता क.माओका शब्दमा यसले एउटा पतनशील, असभ्य प्रवृत्तिलाई जन्माउ“छ र पार्टी र क्रान्तिकारी सङ्गठनहरू कतिपय एकाइ र व्यक्तिलाई राजनीतिक पतनतिर लैजान्छ । उनले उदारतावादका अनेकौं रूपमध्ये एघारवटा रूपको चर्चा गरेका छन् र तिनको विशेषतालाई आप्mनो लेख ‘उदारतावादको विरोध गर’मा प्रस्टसित इङ्गित गरेका छन् । मरमोलाहिजा राखेर गलत बाटोमा गएको भन्ने जान्दाजान्दै पनि त्यस्तो व्यक्तिसितको आप्mनो सम्बन्धलाई राम्रो राख्न सिद्धान्तका आधारमा वादविवाद नगर्नु, सैद्धान्तिक छलफल नगर्नु, समस्याबाट पार पाउने उद्देश्य नराखी समस्याका बारेमा छोएजस्तो मात्र गर्नु पहिलो खालको उदारतावाद हो । सङ्गठन र व्यक्ति दुवैलाई यस प्रवृत्तिले हानि पुर्याउ“छ । सङ्गठनका सामु आप्mना सुझाउहरू प्रस्टसित र सक्रियताका साथ राख्नुको सट्टा सङ्गठनभन्दा बाहिर उत्तरदायित्वहीन रूपले आलोचना गर्नु दोस्रो खालको उदारतावाद हो । यस प्रवृत्तिले सम्बन्धित व्यक्तिका सामु चाहि“ मौन बस्ने तर उसको गैरहाजिरीमा कुरा काट्ने, खिसीट्युरी गर्ने, टिकाटिप्पणी गर्ने काम गर्दछ । यसले सामूहिक जीवनका सिद्धान्तहरूलाई सर्वथा उपेक्षा गर्दछ र आप्mनो निजी लहडअनुसार क्रियाकलाप सञ्चालित गर्दछ । तेस्रो किसिमको उदारतावादले आफुमाथि सोझो प्रभाव नपार्ने कुनै पनि कुराको विरोध गलत छ भन्ने जानेर पनि गर्दैन । त्यसबारेमा मौन बस्छ, बोल्नै परेको खण्डमा थोरै मात्र बोल्छ, आप्mनो स्वार्थ सिद्ध गर्न जे जस्ता कुरा पनि गर्छ र दोष जति अरूमाथि पन्छाउन खोज्दछ । निर्देशनको पालना नगरी आप्mनै मतलाई प्राथमिकतामा राख्नु, सङ्गठनबाट विशेष सरसुविधा र सहुलियतको माग गर्नु तर अनुशासनको पालना भने नगर्नु चौथो किसिमको उदारतावादभित्र पर्दछ । पा“चौं किसिमको उदारतावाद त्यस्तो उदारतावाद हो जसले एकता गर्ने, प्रगति हासिल गर्ने वा सही तरिकाले कार्य सम्पादन गर्ने उद्देश्य लिएर गलत विचारका विरुद्ध सङ्घर्ष गर्ने, छलफल कार्य नगरी व्यक्तिगत गालीगलौच, आरोप, आक्षेप आदि लगाउने गर्दछ । त्यतिमात्र होइन यसले झैझडा गर्ने, व्यक्तिगत रीसइबी सा“ध्ने काम पनि गर्दछ । छैटौं किसिमको उदारतावादले चाहि“ गलत विचारहरू सुनेर पनि त्यसको खण्डन गर्दैन, क्रान्तिविरोधी कुराहरू सुन्दा पनि सङ्गठनमा जानकारी गराउ“दैन, केही नभएझैं शान्तसित कुरा सुनेर बसिरहन्छ । अनि जनसमूहका बीचमा प्रचार एवम् आन्दोलनको कार्य सञ्चालन नगर्नु, बैठकहरूमा मौन बस्नु, जा“चबुझ वा सोधखोज नगर्नु उल्टो जनसमूहलाई उपेक्षा गर्नु, तिनका सुखसुविधाबारे ध्यान नदिनु, कम्युनिस्ट हु“ भन्ने जानेर पनि गैरकम्युनिस्ट, साधारण मानिसको व्यवहार गर्नु आदि सातौं किसिमको उदारतावादभित्र पर्दछ । जनसमूहको स्वार्थका कसैले नोक्सान गरेको थाहा पाएर पनि त्यसप्रति रीस व्यक्त नगर्नु, त्यस्तो कार्य गर्नमा रोक नलगाउनु, त्यसलाई हतोत्साहित नगर्नु उल्टो त्यस्तो काम हुन दिइरहनु आठौं किसिमको उदारतावाद हो । राजाको काम कहिले जान्छ घाम भनेजस्तो मन नलागी नलागी बिनायोजना लापरबाहीपूर्वक काम गरेजस्तो गर्नु नवौं किसिमको उदारतावाद हो । दशौं किसिमको उदारतावाद त्यस्तो मानिसमा प्रकट हुन्छ जसले क्रान्तिमा आफुले धेरै ठूलो योगदान गरेको ठान्दछ, आफुलाई धुरन्धर विद्वान् मानेर फुइ“ हा“क्छ, सानातिना कामलाई हेय दृष्टिले हेर्छ तर ठूल्ठूला काम गर्ने क्षमता भने अलिकति पनि हु“दैन । यस्तो मान्छे एकातिर काममा लापर्बाह हुन्छ भने अर्कातिर अध्ययनमा अल्छे समेत हुन्छ । एघारौं किसिमको उदारतावाद आफुप्रति उदार दृष्टिकोण लिएर जान्दाजान्दै पनि आप्mना गल्तीहरूलाई सच्याउन प्रयास नगर्नु हो । यस्ता उदारवतावादी प्रवृत्तिहरू अहिले हाम्रो आन्दोलनमा झन्डै छ्यास्छ्यास्ती पाइन्छन् । इमानदार, सक्रिय र वास्तविक कम्युनिस्टहरूले केही व्यक्तिहरूमा प्रकट हुने गरेका यस्ता प्रवृत्तिका विरुद्ध दृढतापूर्वक एकजुट हुनु आवश्यक छ । अन्यथा यस्ता मानिसहरूले सही दिशा समात्नु कठिन हुन्छ । यस्ता प्रवृत्तिको विरोध गर्नु वास्तवमा विचारधारात्मक कार्यमध्येको महŒवपूर्ण काम हो ।
सर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनले एकताका सोभियत रूसको तात्कालिक सन्दर्भमा मानिसका तीन मुख्य शत्रु भनेर निरक्षरता र घुसखोरीभन्दा अघि पहिलो शत्रुका रूपमा कम्युनिस्ट दम्भको उल्लेख गरेका थिए । हाम्रो आन्दोलनमा पनि यस खालको दम्भ हिजोआज कहिले पद–प्रतिष्ठाका बहानामा, कहिले सहिद परिवारको सदस्य भएको बहानामा र कहिले आन्दोलनको सबभन्दा ठूलो शक्ति भएको मातमा, कहिले जनयुद्धमा सहभागी भएको बहानामा नराम्ररी देखा पर्न थालेको छ । यस किसिमका थुप्रै थुप्रै बहानामा आफु र अरूमा र आन्दोलन र सङ्गठनमा विभाजन ल्याउने प्रयास यस्ता मान्छेहरू गरिरहेका पाइन्छन् । सांस्कृतिक रूपले कुनै पनि अर्थमा यो असल लक्षणको परिचायक होइन । हाम्रा गुरुहरूले पटक पटक विवेकी तथा विनम्र हुन, घमण्डी नहुन र सधैं आफुलाई जनताको सेवकका रूपमा लिन सिकाएको शिक्षालाई उनीहरूले अलिकति पनि मनन गरेको पाइ“दैन । ‘हामीले आप्mनो काममा ठूल्ठूला सफलताहरू हासिल गर्यौं भने पनि घमण्डी र अभिमानी हुने त्यस्तो कुनै कारण छैन । नम्रताले मानिसलाई अघि लम्कन मद्दत गर्छ भने घमण्डले उसलाई पछि पार्छ । यो हामीले सधैं मनमा राख्नुपर्ने सत्य हो’, ‘हामीले नम्र र विवेकी हुनुपर्छ, घमण्ड र अधीरताका विरुद्ध सजग हुनुपर्छ र ..जनताको तनमनले सेवा गर्नुपर्छ’, ‘गाह्रोभन्दा सजिलो काम मन पराउने, गाह्रो काम अरूलाई पन्छाउने र आप्mना निम्ति सजिलो रोज्ने यसरी आप्mनो कामप्रति अनुत्तरदायी मानिसहरू थोरै छैनन् । हरेक काममा उनीहरू अरूको भन्दा आप्mनो बढ्ता विचार गर्छन् । केही सानो देन दि“दा घमण्डले फुल्छन् र अरूलाई थाहा नहोला कि भन्ने डरले धाक लगाएर हि“ड्छन् । उनीहरू कामरेडहरू र जनताको स्नेह गर्दैनन् बरु तीप्रति रूखो, वास्ता नगर्ने र उदासीन हुन्छन् । वास्तवमा यस्ता मानिसहरू कम्युनिस्ट होइनन् अथवा कमभन्दा कम उनीहरूलाई सच्चा कम्युनिस्ट भन्न सकि“दैन’,‘तपाईंहरूमा असल गुणहरू धेरै छन् र तपाईंहरूले ठूलो सेवा गर्नुभएको छ, तर तपाईंहरूले घमण्डी हुनुहु“दैन भनी सधैं सम्झिरहनुपर्छ । तपाईंहरूको सबैले आदर गरेका छन् र ती बिल्कुलै मनासिब हो, तर यसले सजिलैसित अभिमानतिर डोर्याउ“छ । तपाईंहरू घमण्डी हुनुभयो भने, तपाईंहरू विनम्र हुनु भएन भने र आफुले मिहिनेत गर्न छाड्नुभयो भने, अरू मान्छेहरू, कार्यकर्ताहरू र जनसमूहलाई आदर गर्नुभएन भने, तपाईंहरू वीर र अरूको निम्ति नमुना बन्न पनि छाड्नुहुनेछ । यस्ता मान्छेहरू अघि केही देखा परिसके, तपाईंहरूले उनीहरूको अनुसरण गर्नुहुने छैन भन्ने मेरो आशा छ’,‘अभिमानका विरुद्ध खबरदारी गर । नेतृत्वगर्ने स्थितिमा भएका कसैको निम्ति पनि यो सिद्धान्तको विषय हो र एकता कायम गर्न महŒवपूर्ण शर्त हो । गम्भीर गल्तीहरू नगरेका र आप्mनो काममा निकै सफलता पाएकाहरूले पनि घमण्डी हुनु हु“दैन । पार्टी नेताहरूको जन्मोत्सव मनाउन मनाही गरिएको छ । त्यसैगरी पार्टी नेताहरूको नामबाट ठाउ“हरू, सडकहरू र उद्योगहरूको नाम राख्न पनि मनाही गरिएको छ । हामी सादा जीवन बिताउने र कठोर परिश्रम गर्ने आप्mनो कार्यशैलीमा डटिरहनुपर्छ र चाप्लुसी र अतिरञ्जित तारिफ बन्द गर्नुपर्छ’, ‘उनीहरूले नम्र र विवेकी हुनुपर्छ र घमण्ड तथा अधीरताको विरुद्ध सजग हुनुपर्छ । उनीहरूमा आत्मालोचनाको भावना भरिएको हुनुपर्छ र आप्mना काममा रहेका कमी र गल्तीहरू सच्याउने आ“ट हुनुपर्छ । उनीहरूले ख्रुश्चेभले झैं आप्mना गल्तीहरूलाई ढाकछोप गर्ने, जश जति जम्मै आफैं लिने र दोष जति अरूमाथि थोपर्ने कहिल्यै गर्नु हु“दैन’,‘..कामरेडहरूलाई विनम्र, विवेकी तथा अभिमानरहित र अधीरतादेखि मुक्त रहन अवश्य सघाउनुपर्छ । उनीहरूलाई सरल जीवन र कठिन सङ्घर्षको शैलीलाई कायम राख्न अवश्य सघाउनुपर्छ ।’ यी केही उक्तिहरू क. माओले आप्mना लेख ‘चिनिया“ कम्युनिस्ट पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा उद्घाटन–भाषण’‘चीनका दुई सम्भावित भवितव्यता’‘नर्मन बेथ्युनको सम्झनामा’’हामीले आर्थिक काम गर्न अवश्य जान्नुपर्छ’‘पार्टी समितिहरूको काम गर्ने काइदा’,’ख्रुश्चेभको नक्कली साम्यवाद र संसारलाई यसका ऐतिहासिक पाठहरू’ र ‘चिनिया“ कम्युनिस्ट पार्टीको सातौं केन्द्रीय समितिको दोस्रो प्लेनममा रिपोर्ट’मा अभिव्यक्त गर्नुभएको हो । घमण्डका विरुद्ध र विनम्रता र विवेकको पक्षमा माक्र्सवादका प्रवर्तक र नेताहरूले यस किसिमका असङ्ख्य भनाइहरू व्यक्त गरेका छन् र घमण्डका विरुद्ध तीव्र सङ्घर्ष चलाएका छन् । नमुनाका लागि होचिमिन्हको भनाइलाई नै पनि अघि सार्न सकिन्छ । उनको अभिव्यक्ति छ ःअनुकूल अवस्था र सफलता प्राप्त भए पनि क्रान्तिकारी गुणहरू भएका मानिसहरू साधारण, विनम्र र दुःखकष्ट सामना गर्न तयार रहन्छन् । ‘अरूलेभन्दा कामको चिन्ता गर्नु, अरूले भन्दा पछि आनन्दको विचार गर्नु ।’ हामीले आप्mनो अभिभारा खुब राम्ररी कसरी पूरा गर्न सकिन्छ भन्ने विचार गर्नुपर्छ, तर कसरी ठूलो पुरस्कार पाउन सकिन्छ भन्ने विचार गर्नु हु“दैन । हामीले पहिलेका उपलब्धिहरूबारे घमण्ड गर्नुहुन्न र विशेषाधिकारको दाबी गर्नु अथवा नोकरशाही, घमण्ड र दुष्ट्याइ“मा लाग्नुहुन्न । यो पनि क्रान्तिकारी नैतिकताको एक अभिव्यक्ति हो ।’ घमण्ड लगायत हामीमा पनपिन थालेका गलत प्रवृत्तिहरूलाई सङ्केत गर्न यी भनाइहरू पर्याप्त छन् भन्ने मैले ठानेको छु । यस किसिमका प्रवृत्तिका विरुद्ध सङ्घर्ष गरेर मात्रै नया“ जनवादी संस्कृतिको निर्माण हामी गर्न सक्तछौं ।
आन्दोलनमा वा सङ्गठनमा आफु र आप्mनो सोचसित मिल्ने मानिसहरूसित मात्र मिलेर काम गर्ने र भिन्न मत भएकाहरूलाई लाखापाखा लगाउने, उपेक्षा गर्ने, मित्रवत् व्यवहार नगरी झन्डैजसो शत्रुवत् व्यवहार गर्ने, कतिपय सूचना जानकारीहरू थाहा नदिने मात्र होइन लुकाउने, भिन्न मत भएका कामरेडहरूको खिसीट्युरी गर्नेजस्ता एक किसिमको सङ्कीर्णतावादी र एकलका“टेपन, सोच एवम् व्यवहार पनि हिजोआज विकसित भैरहेको पाइन्छ । क्रान्ति र पार्टीका लागि यस्तो सोच र व्यवहार आफैंमा एकदमै हानिकारक छ । यस सम्बन्धमा का. माओले आप्mनो भन्दा फरक मत भएका कामरेडहरूसित मिलेर काम गर्न ध्यान दिन आप्mना मातहतका समितिहरूलाई निर्देशन दिएका थिए । त्यतिमात्र होइन सङ्गठनदेखि बाहिरका मानिससितको सम्बन्धमा पनि यसलाई लागू गर्नुपर्छ भन्ने उनको धारणा थियो । उनले भनेका छन् ः हाम्रो काममा हामीले हाम्रो जस्तै दृष्टिकोण भएका कामरेडहरूसित मात्र होइन हाम्रोभन्दा फरक दृष्टिकोण भएका कामरेडहरूसित पनि एकता स्थापित गर्न सिपालु हुनुपर्छ ।’ क.माओको भनाइ छः ‘हामीले शत्रु र आफुहरूमा फरक छुट्ट्याउनैपर्दछ र कामरेडहरूप्रति विरोधयुक्त अडान लिने र उनीहरूलाई शत्रुप्रति गर्ने किसिमको व्यवहार कदापि गर्नु हु“दैन ।’ कार्यकर्ताले ‘अति बहुसङ्ख्यक जनतासित एकगठ हुन र स“गै काम गर्न सक्ने सर्वहारावादी राजनीतिक हुनुपर्ने हुन्छ । उनीहरूले आफुसित सहमत हुनेहरूसित मात्र होइन, आफुसित असहमत हुनेहरूस“ग अझ अघि आप्mनो विरोध गरेका र पछि व्यवहारमा गलत सिद्ध भइसकेकाहरूसित पनि एकगठ हुनसक्नुपर्छ ।’‘हाम्रो ध्यान पार्टी–कार्यकर्ताहरूका साथै पार्टीका सदस्य नभएका कार्यकर्ताहरूमा पनि जानुपर्छ । पार्टीदेखि बाहिर पनि सुयोग्य मानिसहरू धेरै छन् । कम्युनिस्ट पार्टीले कहिल्यै तिनको बेवास्ता गर्नु हु“दैन । प्रत्येक कम्युनिस्टको कर्तव्य एकलका“टेपना र घमण्डबाट आफुलाई मुक्त पार्नु र पार्टीका सदस्य नभएका कार्यकर्ताहरूसित राम्ररी काम गर्नु, उनीहरूलाई हृदयदेखि मद्दत दिनु, उनीहरूसित घनिष्ठ, बन्धुत्वपूर्ण दृष्टिकोण लिनु..हो ।’ हाम्रा कतिपय कामरेडहरू पार्टी बाहिर सुयोग्य मानिसहरू छन् भन्ने कुरा त कता हो आप्mनै पार्टीभित्र आफु बाहेक अरू कोही सुयोग्य मानिस छैनन् जस्तो व्यवहार गर्न पछि पर्दैनन् । वास्तवमा यो आपैंmमा रमाउने, तर क्रान्तिका लागि अपरिहार्य र अनिवार्य एकताको आवश्यकतालाई पन्छाउने घातक प्रवृत्ति हो । यस किसिमको प्रवृत्तिलाई पराजित गर्न नसकेको खण्डमा क्रान्ति र आन्दोलनले धेरै ठूलो हानि बेहोर्नुपर्ने हुन्छ । त्यसैले यस खालका दुर्गुणका विरुद्ध सांस्कृतिककर्मी मात्र होइन क्रान्तिप्रति इमानदार सबै सदस्यहरू दृढताका साथ उभिनुपर्दछ ।
वास्तवमा यस खालका सोच र प्रवृत्तिहरू कम्युनिस्टहरूको प्रस्थानबिन्दु तनमनले जनताको सेवा गर्नु हो, आफुलाई जनसमूहबाट एकछिनका लागि पनि नअलग्ग्याउनु हो, आप्mनो निजी स्वार्थ वा सानो दलको हितबाट होइन व्यापक जनताको स्वार्थबाट अघि बढ्नु हो, जनता र पार्टीका जिम्मेवारीलाई एकाकार गर्नु हो भन्ने तथ्यलाई आत्मसात् गर्न नसक्नुको परिणाम हो । का. माओका शब्दमा कम्युनिस्टको कर्तव्य उनीहरू जनताप्रति आफैं जिम्मेवार हुनु हो । प्रत्येक शब्द, प्रत्येक काम र प्रत्येक नीति जनताका हितहरूसित सम्बन्धित हुनैपर्छ र गल्ती भएका सच्याउनैपर्छ’, कुनै पनि समय र कुनै पनि अवस्थामा, कम्युनिस्टले आप्mनो व्यक्तिगत हितलाई पहिलो स्थान दिनुहु“दैन, उसले आप्mना हितलाई राष्ट्र र जनताका हितहरूको अधीन राख्नुपर्छ । अतः स्वार्थीपना, शिथिलता, भ्रष्टाचार, आफु प्रकाशमा आउन खोज्नु र यस्तै कुरा अति घृणित छन् । निःस्वार्थ तत्परकताका साथ काम गर्ने, जनताप्रतिको कर्तव्यमा सम्पूर्ण हृदयबाट भक्ति हुने र साह्रै कठिन परिश्रम गर्ने भावनाले मात्र सम्मान पाउनेछ ।’ कट्टरता, अनुभववाद, हुकुमवाद, पुच्छरवाद, गुटवाद, कर्मचारीतन्त्र र काममा घमण्डी दृष्टिकोणजस्ता दुर्गुणहरू पनि जनसमूहको स्वार्थ र भावनालाई उपेक्षा गर्ने प्रवृत्तिबाट जन्मन्छन् । यी हानिकारक रोगहरूलाई आन्दोलनप्रति इमानदार र प्रतिबद्ध सबैले पन्छाउन निर्मम सङ्घर्ष गर्नु आवश्यक छ ।
क्षुद्रता, निष्कृष्ट ईष्र्या, क्रोध, प्रतिशोधको भावना, अहड्ढार, आडम्बर, दुराचार, दासवृत्ति, चाकरी, नोकरशाही, आलोका“चोपन, गफबाजी, समयको दुरुपयोग, कुटिलता, अवसरवादीपन जस्ता दुर्गुणका विरुद्ध पनि हामीले सङ्घर्ष गर्नु अनिवार्य छ ।
क्रान्तिकारीले अपनाउनुपर्ने केही गुणहरू
आफ्नो दिमागमा आफैं आगो लगाउने कुरो हामी बेला बखत गर्ने गर्दछौं । महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट शिक्षा लिने कुरो पनि हामी गरिनै रहेका छौं । तर हामीमा रहेका पुराना आनीबानी, बानीबेहोरा, सोच, संस्कार, धारणा र विचारबाट मुक्त हुनका लागि जे जति आन्दोलन र प्रयास गरिनुपथ्र्याे त्यति नभएको कुरो प्रस्ट नै छ । क्रान्तिकारी आन्दोलनमा हामी आआप्mना वर्गका कमी–कमजोरीसितै प्रवेश गर्ने गरेका छौं । ती कमी–कमजोरीलाई हटाउने सामूहिक र साङ्गठनिक प्रयास झन्डैजसो नभएसरह छ । अर्कातिर यो प्रयास सांस्कृतिक क्षेत्रमा मात्र भएर पनि किन अपर्याप्त हुन्छ भने आन्दोलनको कमान्डमा रहेको राजनीतिक आन्दोलनबाटै यिनलाई हटाउने प्रयास भएको खण्डमा मात्र यो प्रभावकारी हुन सक्तछ । राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलन एकअर्काका पूरक भए तापनि निर्णायक भने राजनीतिक आन्दोलन नै हो । त्यसकारण उल्लेखित कमीकमजोरीलाई हटाउने प्रयास त्यही“बाट थालिनु बढी प्रभावकारी हुनु स्वाभाविक छ । तर सांस्कृतिक आन्दोलनमा लागेकाहरूको यो आप्mनै विशिष्ट दायित्व पनि हो । क्रियाशीलताको क्षेत्र संस्कृति हुने तर सांस्कृतिक कमी–कमजोरी र दुर्गुणहरूलाई निमिट्यान्न पार्ने प्रयास अर्कैले गर्ने हो भनियो भने त्यो अर्थहीन भनाइ मात्र हुन पुग्दछ । त्यसैले यस आन्दोलनमा संलग्न हामी सबैले यस किसिमका कमी–कमजोरीका बारेमा छलफल गर्ने र तिनलाई परास्त गर्ने प्रयास सामूहिक रूपले र व्यक्तिगत तबरले पनि अनिवार्यता गर्नैपर्ने हुन्छ । आफु उदाहरणयोग्य हुन सकेको खण्डमा मात्र यसका विरुद्ध हुने सङ्घर्षमा प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ । उदाहरणयोग्य बन्नका लागि हामीले आप्mनो आचरण वा नैतिकतालाई उच्च बनाउनु आवश्यक हुन्छ । एकजना क्रान्तिकारीका लागि आचरण मानवसमाजलाई माथि उठाउने र श्रमको शोषणबाट मुक्ति पाउने साधन हो । कम्युनिस्ट ध्येय–उद्देश्यप्रति निष्ठावान् बन्नु, मातृभूमिप्रति प्रेम गर्नु, समाजको भलाइका लागि कर्तव्यनिष्ठ श्रम गर्नु, जसले काम गर्दैन उसले खान पाउ“दैन भन्ने धारणालाई क्रियान्वयन गराउन भूमिका खेल्नु, सामाजिक सम्पत्तिको रक्षाको ख्याल राख्नु, सार्वजनिक हितहरूमा क्षति पुर्याउने कामको विरोध गर्नु, क्रान्तिकारीहरूका बीच सामूहिकता र भ्रातृत्वपूर्ण भावले पारस्परिक सहायता गर्नु, हरेकले सबैका लागि र सबैले हरेकका लागि काम गर्ने परिपाटी बसाउनु, व्यक्तिहरूका बीच वर्गीय दृष्टिका आधारमा मानवीय सम्बन्ध स्थापित गर्नु, एकअर्कालाई आदर गर्नु, सबले सबलाई मित्र ठान्ने स्थिति सृजना गर्नु, वर्गशत्रुलाई घृणा गर्नु, वैयक्तिक र सार्वजनिक जीवनमा इमानदारी, सच्चाइ, नैतिक शुद्धता, विनम्रता र आडम्बरहीनता अवलम्बन गर्नु, अन्याय, परनिर्भरता, बेइमानी, कुर्ची–मोह र धन–लोलुपतालाई अलिकति पनि मान्यता नदिनु, जाति, वर्ग, लिड्ड र वर्णका आधारमा गरिने विभेदलाई नमान्नु, स्वतन्त्रता, कम्युनिज्म र शान्तिका विरोधीहरूप्रति विरोधभाव राख्नु, अन्तर्राष्ट्रिय सर्वहारावादको समर्थन गर्नुलाई क्रान्तिकारीहरूले आप्mनो आचरणको अभिन्न अंग बनाउनुपर्ने हुन्छ । यसअतिरिक्त पार्टी र क्रान्तिका लागि हुने सङ्घर्षमा जीवन समर्पण गर्नु, पार्टीका लागि जस्तोसुकै कठिन काम गर्न पनि तम्तयार रहनु, पार्टीको अनुशासन मान्नु, पार्टीको कार्यदिशा र नीतिलाई कार्यान्वयन गर्नु, पार्टी र श्रमजीवी जनताको हितलाई आप्mनो हितभन्दा पहिले र माथि राख्नु, अन्तरहृदयदेखि नै जनताको सेवा गर्नु, जनता र पार्टीका लागि निस्वार्थ भावले सङ्घर्ष गर्नु र यस्ता सङ्घर्षमा दृष्टान्त बन्नु, सैद्धान्तिक स्तर उठाउन, आप्mनो काममा ल्याउन, कामरेडस“गस“गै प्रगति गर्न, विचारधारात्मक, सैद्धान्तिक अध्ययन गर्न र आत्मालोचना र आलोचनालाई निरन्तर उपयोग गर्न प्रयासरत हुनु पनि क्रान्तिकारीहरूको कर्तव्य हुन्छ । यी कामहरूमा उदाहरणयोग्य बन्न सकिएको खण्डमा नै सांस्कृतिक रूपले हामीले आफुलाई उन्नत र समृद्ध बनाउन सक्नेछौं ।
No comments:
Post a Comment