Monday, March 22, 2010

सम्मेलनका निर्णय २०६६-१२-५

श्रीमान् सम्पादकज्यू
...................................।

विषयः– एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको चौथो राष्ट्रिय सम्मेलनका निर्णय सम्बन्धमा ।

नेपाली जनसांस्कृतिक आन्दोलनको मूलप्रवाह र शक्तिशली संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एकताको चौथो राष्ट्रिय सम्मेलन ऐतिहासिक तथा भव्य रुपमा यही चैत २ गतेदेखि ५ गतेसम्म काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सम्पन्न भएको सहर्ष जानकारी गराउँछौं ।
राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणका लागि हाम्रो आन्दोलन, जनताको न्यायपूर्ण विद्रोहका पक्षमा एकताको चौथो राष्ट्रिय सम्मेलन मूल नाराका साथ सम्पन्न ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनले ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
सम्मेलनको उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले गर्नुभएको थियो । सम्मेलनको उद्घाटनसत्रलाई एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा माक्र्सवादी सौन्दर्यचिन्तक क. मोहन वैद्य ‘किरण’ (चैतन्य), माओवादी सांस्कृतिक विभागका इन्चार्ज निनु चापागाईंलगायतले सम्बोधन गर्नुभएको थियो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव अमृता थापा, वाईसीएल नेपालका उपाध्यक्ष राजु खड्का, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष लेखनाथ न्यौपाने, प्रगतिशील लेखक संघ नेपालका महासचिव गोपाल ठाकुरलगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

महासङ्घको केन्द्रीय समितिमा निम्नलिखित सांस्कृतिककर्मीहरु रहनुभएको छ ः–
अध्यक्ष ः– १) ईश्वरचन्द्र ज्ञवाली

उपाध्यक्ष ः– २) मातृका पोखरेल
३) बलराम तिमिल्सिना
४) गणेश भण्डारी
५) रोशन जनकपुरी
६) सीता आचार्य

महासचिव ः– ७) माइला लामा

सचिव ः– ८) मोहलाल चन्द
९) सुमन देवकोटा
१०) मीनबहादुर सोब

कोषाध्यक्षः– ११) विजयसाम्पाङ राई

सदस्यहरु ः– १२) हीरामणि दुःखी
१३) घनश्याम ढकाल
१४) रमेशप्रसाद भट्टराई
१५) सुशीला थापा
१६) शिवजी लामिछाने
१७) आदर्श राई
१८) दानसिं विक
१९) सुशील क्षेत्री
२०) कर्णबहादुर परियार
२१) बालाराम बुढा
२२) विशाल तामाङ
२३) वसन्त बान्तवा
२४) देवेन्द्र थुम्केली
२५) ज्योति चौधरी
२६) किशोर विक
२७) खेम थपलिया
२८) प्रदीप देवान
२९) विष्णु भण्डारी
३०) मित्रलाल पंज्ञानी
३१) आरसी न्यौपाने
३२) भोगीराज चाम्लिङ
३३) उत्तरकुमार राई
३४) पूर्णजित पुन
३५) भीम कुमाखी
३६) टेकबहादुर बलम्पाकी
३७) शिरीष श्रेष्ठ
३८) छिरिङ लामा
३९) इन्द्र देवकोटा
४०) नारदमणि हार्तमछाली
४१) रामनाथ यादव
४२) इन्द्र रेग्मी
४३) भूपेन्द्र विक
४४) वीरप्रसाद भन्सारी
४५) हरिदेव ठाकुर
४६) नरेश पौडेल
४७) मोदनाथ मरहµा
४८) तुलराज गिरी
४९) अन्जु खालिङ
५०) केपी पाठक
५१) दलबहादुर घर्ती
५२) दशरथ चौधरी
५३) प्रकाश पन्थी
५४) पूजा किराँती
५५) उषा मगर
५६) देवेश्वरलाल मुन्ना
५७) आशा नेपाली
५८) लक्ष्मी गुरुङ
५९) पर्वत विक
६०) जयफुल्ला हसन
६१) नरेन्द्र श्रेष्ठ
६२) उत्तम डंगोल
६३) केशव महर्जन
६४) चन्द्रा थानी
६५) हरिश्चन्द्र विक
६६) राजु लामा
६७) कुशल बोगटीे
६८) पोषराज पौडेल
६९) चन्द्रिका विक
७०) शरद लिम्बू
७१) अन्जु खड्का
७२) अशोक सुवेदी
७३) लक्ष्मण शेष
७४) धर्मराज न्यौपाने
७५) दाउद इब्राहिम
सम्मेलनले वरिष्ठ सांस्कृतिककर्मीहरु सम्मिलित ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । त्यसमा खुसीराम पाख्रिन, रामचन्द्र भट्टराई, जेबी टुहुरे, शान्तदास मानन्धर, कुन्ता शर्मा, सुधा त्रिपाठी, नरेन्द्रजंग पिटर, हरिगोविन्द लुइँटेल, बिना शर्मा, कुलानन्द गिरी र भरत विक रहनुभएको छ ।

सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरेको छ । ती यसप्रकार छन् ः
१) राष्ट्रपतिको असंवैधानिक कदम खारेज गरी नागरिक सर्वोच्चता बहाल गरियोस् ।
२) राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सबै असमान सन्धिसम्झौता खारेज गरी अतिक्रमित भूमि फिर्ता गर्न पहल गरियोस् ।
३) कठपुतली सरकार विघटन गरी अविलम्ब संयुक्त राष्ट्रिय सरकार गठन गरियोस् ।
४) बढ्दो असुरक्षा, अशान्ति, मह“गी, भ्रष्टाचार, आर्थिक अनियमितता तुरुन्त बद गरी जनजीविकाको ग्यारेन्टी गरियोस् ।
५) सामन्त्वादी, साम्राज्यवादी तथा विस्तारवादी संस्कृतिका सबै स्वरुपहरुको अन्त्य गरी नया“ जनवादी संस्कृतिको निर्माण गरियोस् ।
६) रुढिवाद, अन्धविश्वास, सामाजिक विकृतिविसंगति अन्त्य गरी नया“ संस्कृतिको निर्माण गरियोस् ।
७) तोकिएकै समयमा जनताको अग्रगामी संविधान निर्माण गरी राज्यको पुनर्संरचनाको ग्यारेन्टी गरियोस् ।
८) महासंघका तत्कालीन केन्द्रीय समितिका सदस्य दाताराम शर्मालगायतका सबै बेपत्ता नागरिकहरुलाई अविलम्ब सार्वजनिक गरी दोषीमाथि कारबाही गरियोस् ।
९) दलित, महिला तथा जनजातिहरुमाथिका सबैखाले विभेद अन्त्य गरियोस् ।
१०) भाषा, जाति र धर्मका आधारमा भएका शोषण, उत्पीडन र विभेदको अन्त्य गरियोस् र सांस्कृतिक समानताको ग्यारेन्टी गरियोस् ।
११) सांस्कृतिक आत्मनिर्णयको अधिकारको ग्यारेन्टी गरियोस् ।
१२) हामी दक्षिणएसियामा भइरहेका सबै न्यायपूर्ण मुक्तिआन्दोलनमाथिको दमन र आतंकको भत्र्सना गदैछौं र अविलम्ब यो आतंक बन्द गर्न माग गर्दछौं ।
१३) हामी मध्यपूर्वमा भइरहेको साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको निन्दा गर्दछौं । त्यो बन्द गर्न माग गर्दछौं ।
१४) सांस्कृतिक साम्राज्यवाद, भूमण्डलीकृत उत्तरआधुनिकतावादको विस्तार र अस्तक्षेप बन्द गरियोस् ।
१५) इराक, अफगानिस्तानलगायतका मुलुकहरुमा भएको साम्राज्यवादीहरुको नांगो हस्तक्षेप बन्द गरियोस् ।

धन्यवाद

.....................
ईश्वरचन्द्र ज्ञवाली
अध्यक्ष
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समिति
२०६६-१२-५

No comments: