Monday, March 22, 2010

परिपत्र- २०६६ चैत्र ६ गते

विषयः परिपत्र

एकताको चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित हाम्रो गौरवशाली सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक अध्यक्ष कमरेड ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षता र सांस्कृतिक विभाग इन्चार्ज कमरेड निनु चापागाईंको प्रमुख आतिथ्य एवम् केन्द्रीय सल्लाहकारहरू कमरेड जेवी टुहुरे तथा कमरेड रामचन्द्र भट्टराईको विशिष्ट आतिथ्यमा बस्यो । बैठकले लिएका महत्वपूर्ण निर्णयहरूको दृढतापूर्वक कार्यान्वयन गर्न गराउन यो परिपत्र जारी गरिएको छ ।

१) बैठकको प्रारम्भमा मानवजातिको मुक्तिको निम्ति जीवन बलिदान गर्नुहुने महान् सांस्कृतिक सहिदहरू कृष्ण सेन ‘इच्छुक’, च्याङ्वा लामा, मस्त बिस्ट , चुनु गुरुङ्ग , शारदा श्रेष्ठ, हर्षबहादुर शाही, पुष्प चौधरीलगायत सम्पूर्ण सांस्कृतिक सहिदहरू, महान् जनयुद्ध, जनआन्दोलन र जनसङ्घर्षका सम्पूर्ण सहिदहरू एवम् सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय सहिदहरूको सम्मान र सम्झनामा एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जलीसहित सहिदहरूका अधुरा सपनाहरू पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरियो ।
२) केन्द्रीय समितिलाई आवश्यक सल्लाह सुझाव दिनको निम्ति सांस्कृतिक क्षेत्रका अभिभावकहरूको ११ सदस्यीय सल्लाहकार समिति गठन गरियो ।
३) केन्द्रीय पदाधिकारीहरू तथा घनश्याम ढकाल, रमेशप्रसाद भट्टराई, सुशीला थापा एवम् शिवजी लामिछाने समेत रहनुभएको १५ सदस्यीय केन्द्रीय कार्यालय गठन गरियो ।
४) वस्तुगत आवश्यकताका कारण केन्द्रीय समितिमा सदस्यहरु थप गर्नु पर्ने भएकोले वैधानिक प्रक्रिया पूरा गरी पछि थप गर्ने सहमति गरियो ।
५) केन्द्रीय पदाधिकारीहरूको भौगोलिक एवम् विभागीय कार्यविभाजन गरिएको छ । जसअनुसार अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली महासङ्घ, अन्तर्राष्ट्रिय विभाग एवम् प्रकाशन विभाग प्रमुख । उपाध्यक्ष मातृका पोख्रेल ताम्सालिङ्ग तथा किराँत राज्य इन्चार्ज तथा लेखक सङ्घ परिचालन विभाग प्रमुख । बलराम तिमल्सिना नेवाः राज्य तथा ललितकला सङ्घ परिचालन विभाग प्रमुख । गणेश भण्डारी कोचिला र लिम्बुवान राज्य इन्चार्ज तथा चलचित्रकर्मी सङ्घ परिचालन विभाग प्रमुख । रोशन जनकपुरी अवध, भोजपुरा र मिथिला राज्य इञ्चार्ज तथा स्कुलिङ्ग विभाग प्रमुख र अन्तर्राष्ट्रिय विभाग सदस्य । सीता आचार्य तमुवान राज्य इन्चार्ज तथा महिला विभाग प्रमुख ।
महासचिव माइला लामा महासङ्घ तथा प्रकाशन विभाग र अन्तर्राष्ट्रिय विभाग सदस्य । सचिव मोहलाल चन्द मगरा“त तथा थरुवान राज्य इन्चार्ज, जनकलाकार सङ्घ अध्यक्ष तथा लोक कलाकार परिचालन विभाग प्रमुख । सुमन देवकोटा कोचिला राज्य । मीनबहादुर सोंव भेक तथा सेम राज्य इन्चार्ज तथा चलचित्र परिचालन विभाग सदस्य । कोषाध्यक्ष विजय साङपाङ्ग राई , सामना परिवार संयोजक, आर्थिक विभाग प्रमुख तथा चलचित्रकर्मी सङ्घ परिचालन विभाग सदस्य । अन्य सबै केन्द्रीय सदस्यको पनि कार्य विभाजन गरिएको छ सोको जानकारी सम्बन्धित माध्यमबाट हुनेछ ः
६) महान् अग्रगामी सांस्कृतिक छलाङ्गको अभियान जिन्दावाद ! भन्ने मूल नाराका साथ तीन महिने सांस्कृतिक छलाङ्ग अभियान सञ्चालन गर्ने । यही अभियानअन्तरगत जिल्ला तथा राज्यका बा“की रहेका भेला तथा सम्मेलनहरू सम्पन्न गर्ने । आगामी चैत्रभरिमा राज्यसमितिका बैठक सम्पन्न गरिसक्ने र सोही प्रक्रियामा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने । योजनावद्ध र जुझारु ढङ्गले सङ्गठन विस्तार र सुदृढीकरण गर्ने । आगामी कार्यभारलाई सांस्कृतिक क्षेत्रबाट निर्वाह गर्नुपर्ने भूमिका सशक्त ढङ्गले पूरा गर्ने । जिल्लास्तरीय, राज्यस्तरीय र केन्द्रस्तरीय पार्टीका कार्यक्रमहरूमा आफ्नो पहिचानसहित सक्रिय, जुझारु, सुसंगठित र सिर्जनात्मक शैलीका साथ सहभागी हुने ।
६) आगामी ०६७ बैशाखसम्ममा बा“की रहेका जिल्ला तथा राज्यका भेला तथा सम्मेलन सम्पन्न गर्ने, लोक कलाकर्मी मञ्चको केन्द्रीय भेला सम्पन्न गर्ने एवम् विधान तथा प्रतिवेदन प्रकाशित गर्ने निर्णय भयो ।
७) चैत्रको दोश्रो हप्ता पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा अखिल नेपाल ललितकला सङ्घको पहलमा चित्रकलासम्बन्धी कार्यशाला गर्ने निर्णय भयो ।
८) मुखपत्रको प्रकाशन, साहित्यिक पत्रिकाहरूको प्रकाशन तथा अडियो भिडियो प्रकाशनबारे आवश्यक निर्णयहरू लिइएका छन् ।
९) जिल्ला, राज्य र केन्द्रस्तरमा सांस्कृतिक सहिदहरूको नाममा प्रतिष्ठान, क्लब, उद्यान, गेट आदि निर्माण तथा सञ्चालन गर्ने निर्णय भएको छ ।
१०) आर्थिकबारे निम्न निर्णयहरू भएका छन् ः
क. सबै राज्यहरूले राष्ट्रिय सम्मेलनको बा“की कोटा पूरा गर्ने र सबै सहयोग रसिदको अधकट्टी वा ठेलीको हिसाब किताब र सबै रसिद चैत्रभरिमा कार्यालयमा अनिवार्य रुपमा जम्मा गर्ने ।
ख) केन्द्रीय कार्यालय सञ्चालनको लागि सबै राज्य एवम् आङ्गिक सङ्गठनहरूले निश्चित मासिक आर्थिक कोटा बुझाउने ।
ग) राष्ट्रिय सम्मेलनको आम्दानी खर्च विवरण तथा अघिल्लो कार्यकालको सम्पूर्ण आयव्यय विवरण तयार गर्ने ।
घ) केन्द्रीय आर्थिक विभागले केन्द्रीय कोष सञ्चालनका लागि श्रोतहरूको पहिचान गर्ने तथा परिचालन गर्ने बारे ठोस नीति र योजना बनाई केन्द्रीय कार्यालयमा पेश गर्ने ।
बैठकको समापन गर्नुपूर्व सांस्कृतिक विभाग इन्चार्ज तथा पार्टीका पोलिट्व्यूरो सदस्य कमरेड निनु चापागाईंले वर्तमान नेतृत्वका सामु उभिएका सबै प्रश्नहरूको सकारात्मक जवाफ आगामी कार्यकालमा व्यवहारमा दिनुपर्ने सारगर्भित मन्तव्य राख्नुभयो
बैठकको अन्तमा महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले आगामी कार्ययोजनामा सम्पूर्ण कमरेडहरूलाई एकढिक्का भएर लाग्न अपील गर्दै बैठकको समापन गर्नुभयो । क्रान्तिकारी अभिवादनसहित !
२०६६ चैत्र ६ गते



महासचिव
माइला लामा

अध्यक्ष
ईश्वरचन्द्र ज्ञवाली

No comments: