Wednesday, November 16, 2016

जनसांस्कृतिक महासंघको राष्ट्रिय सम्मेलन सुरु


काठमाडौं : कात्तिक ३०, २०७३  अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलन उद्घाटन मंगलबार नेकपा (माओवादी)का महासचिव विप्लवले एक समारोहका बिच राजधानीको प्रज्ञाभवन कमलादीमा गर्नुभयो । विप्लवले मैनबत्ती बाल्दै गर्दा कवि शोभा दुलालले कविता वाचन र ललितकलाकर्मीले चित्रकलाको प्रदर्शन गरेका थिए ।

शुभकामना मन्तव्य दिँदै विप्लवले दलालीकरणका विरुद्ध प्रगतिशिल स्रष्टाहरुले सशक्त रुपमा निरन्तर बोल्नुपर्ने बताउनु भएको थियो । क्रान्ति अलमल परेको बेला बाटो पहिल्याउने र क्रान्ति अगाडि बढेको बेला क्रान्तिको सेवा गर्ने प्रगतिवादी साहित्यकर्मीहरुको मुख्य अभिभारा भएको बताउनुभयो ।

जनवादी साहित्य र संस्कृतिको अवमूल्यन भएको भन्दै जनकलाकारहरुले सशक्त आवाज उठाउनु पर्ने बताउनुभयो ।जनकलाकार साहित्यकारहरु कुण्ठित र निराश नहुन आग्रह गर्दै अग्रजहरुको उचित सम्मान गर्दै व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सरल सहयात्री, मात्रिका पोखरेल, जीवन शर्मा, बन्धु चन्द, पूर्ण बहादुर सिंह, मणि थापा, खुशीराम पाख्रिनलगायत अतिथिहरुले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी)का स्थायी समिति सदस्य धमेन्द्र बास्तोला, सन्तोष बुढा, पोलिटब्युरो सदस्य ओम पुनलगायत नेताहरुको उस्थिति रहेको थियो ।

महासंघका संयोजक टेकबहादुर बलम्पाकीको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन खेम थपलिया र स्वागत मन्तव्य कुशल बोगटीले राख्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादी निकटका जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य रमेश बिक नेकपा (माओवादी)मा प्रवेश गरेका थिए ।

http://janaganatantrik.com बाट साभार 

================================




Saturday, November 12, 2016

चारदिने केन्द्रीय स्कुल सम्पन्न

नेकपा (माओवादी केन्द्र ) का नेता नारायणकाजी श्रेष्ठले २०७३ साल कार्तिक २४ गते उद्घाटन गर्नुभएको  जनसांस्कृतिक महासङ्घ नेपाल द्वारा आयोजित चारदिने केन्द्रीय स्कुलको  २७ गते बर्षमान पुन' अनन्त' को प्रमुख आतिथ्यमा समापन भयो । जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष सरल सहयात्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन  महासङ्घका उप-महासचिव सङ्गीत स्रोताले गर्नुभएको थियो ।समापन कार्यक्रममा मातृका पोखरेल , बलाराम तिमीलसीना, खुसिरामले मन्तवय ब्यक्त गर्नुभएको थियो ।    कार्यक्रममा   समाजबादी कार्यदिशा, संस्कृति र सभ्यताको बिकाशक्रम तथा समाजबादी संस्कृतिबारे, सौन्दर्यशास्त्र र उत्तरआधुनिकता, दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र माओवादी आन्दोलनको संक्षिप्त समिक्षा समेत समावेश गरिएको यस स्कुलमा हरि रोक्का, रमेश भट्टराई, हरिगोविन्द लुईटेल, श्याम श्रेष्ठ, आहुति, बर्षमान पुन र नारायणकाजी श्रेष्ठले विविध विषयमा  प्रशिक्षण दिनुभएको थियो  ।