माओवादी जनयुद्धका समयमा खानसम्म फुर्सद नपाउने गायक एवं सभासद् खुसीराम पाखि्रन यतिखेर काठमाडौंमा करिब-करिब फुर्सदिला दिन बिताइरहेका छन् । सबैभन्दा ठूलो दलका सभासद् भए पनि उनलाई पहिलाको जस्तो चटारो छैन । उनी जनयुद्धका समयमा गाउँदै कहिले पश्चिमको रोल्पा पुग्थे त कहिले पूर्वको ताप्लेजुङ । त्यतिवेला उनको चिन्ता हुन्थ्यो- कसरी जनतालाई युद्धमा लाग्न उत्प्रेरित गर्ने संगीत निर्माण गर्ने र क्रान्तिप्रति प्रतिबद्ध कलाकार निर्माण गर्ने । तर, अहिले त्यो चिन्ता फेरिएको छ । जनयुद्धमा नाच्दै-गाउँदै हिँडेका सयौँ कलाकारको अनिश्चित भविष्य देखेर उनी चिन्तित छन् । ुहाम्रा कलाकारहरू के खाऊँ, के लाऊँ भन्ने अवस्थामा पुगेका छन्, उनले सुनाए, उनीहरूको अनिश्चित भविष्य देखेर चिन्ता लाग्न थालेको छ ।
पाखि्रनजस्तै फुर्सदिला छन् आन्दोलनका समय व्यस्त रहेका अन्य कलाकार । आन्दोलनका वेला सधैँ अगाडि देखिने गहु्रँगो स्वरका जनगायकहरू रामेश र रायन अनि खिरिलो स्वरका धनी जेबी टुहुरे, उपत्यकाका कैयौँ मञ्च रन्काउने रामकृष्ण दुवाल, महिला स्वर दिनेमध्येकी अग्रणी मधु गुरुङहरू अचेल त्यति देखिँदैनन् । अधिकांश गायक आ-आप\mनै धुनीखानीमा लागेका छन् । संगीत सिर्जनामा भन्दा अरू नै काममा उनीहरूको समय बितिरहेको छ ।
बीसको दशकमा चर्चित पुरानो राल्फा जोडी पछि मालेसम्बद्ध हुँदै छुट्टएिका रामेश र मञ्जुलमध्ये रामेश राजधानीको एउटा विद्यालयमा संगीत विषय पढाउने र विद्यालयको प्रशासन हेर्छन् भने मञ्जुल राजधानीको विश्वभाषा क्याम्पसमा नेपाली भाषा सिकाउँछन् । उनले जनवादी गायन छोडेर साहित्य र शिक्षणमा मात्रै ध्यानकेन्दि्रत गरेका छन् । उनीहरूका गीत सुन्दासुन्दै नेतृत्व पंक्तिमा पुगेका धेरैजना करोडपतिका मालिक भइसकेको ठानिन्छ । तर, उनीहरूको आर्थिक अवस्थामा अन्तर आएको छैन । रामेश भन्छन्, गरिब जनताको आर्थिक अवस्था जस्तो छ, मेरो पनि त्यस्तै छ । नेताले भुलेर केही हुँदैन हामीलाई जनताले माया गरेका छन् । हाम्रो सम्पत्ति यही हो ।
राल्फा कालदेखिकै अर्का गायक र सिम्मा गीति-नाटकका चर्चित कलाकार रायन काठमाडौं नक्सालस्थित बालमन्दिरमा काम गर्छन् । अर्का गायक रामकृष्ण दुवाल अहिले नाट्य तथा संगीत प्रतिष्ठानका पार्सद छन् । गाउँ-गाउँबाट उठु गीतका बहुचर्चित गीतकार तथा संगीतकार श्याम तमोट शिक्षणबाट अवकाश पाएपछि भोजपुरमै सामाजिक काममा सक्रिय छन् । माओवादी जनयुद्धका वेला दर्जनौँ चर्चित गीतहरूका सर्जक मणि थापाले प्रचण्ड नेतृत्वसँग अलग्गिएर आफैँ दल खोलेर राजनीतिमा सक्रिय छन् । आन्दोलन र चुनावको समयमा भ्याईनभ्याई हुने गायिका मधु गुरुङ कहिलेकाहीँ हुने सांस्कृतिक कार्यक्रममा मात्र सीमित देखिएकी छिन् ।
किशोर थुलुङ, चेतनारायण राई, दर्शन राई, राजन राई जनवादी संगीत मात्र होइन संगीत जगतबाटै बेखबर देखिन्छन् । यस्तै शम्भु राई, लोचन भट्टराईलगायतका कलाकार जनवादी संगीतबाट पलायन भएर मूलधार मानिएको रतिराग मिश्रति सुगम संगीतका क्यासेट उत्पादनतिर लागे । आस्था परिवारका ओम श्रेष्ठ र सौरभ श्रेष्ठहरू पनि गुमनाम देखिन्छन् भने रामेशसँगै स्कुलबाट यात्रा थालेका आभासले आस्था हुँदै अम्बर गुरुङको गुरुकुलमा आफूलाई बिसाएका छन् ।
किन यसरी जनवादी गायकहरूले गायनभन्दा अरू पेसा अँगालेका हुन् त रु बाँच्नका लागि, रामेश भन्छन्, अरू कलाकारहरू गाएर बाँच्न गाह्रो छ । हामी चेतनाको विस्तार गर्नेहरू कसरी बाँच्ने रु गाएर बाँच्न नसकिएपछि अन्य पेसातिर लाग्नैपर्छ । अधिकांश कलाकारको भनाइ रामेशको जस्तै छ । मसाल समर्थित अर्का जनसंगीतकर्मी जीवन शर्मा भने क्रियाशील नै देखिन्छन्, तर उनका बारेमा सोच्नेको पनि अनिकाल नै छ ।
माओवादी जनयुद्धमा सक्रिय माइला लामा, प्रदीप देवान पार्टीका कार्यक्रममा मात्रै सीमित देखिन्छन् र उनीहरूमा युद्धकालको झैँ क्रियाशीलता छैन । खुसीराम पाखि्रनको विचारमा जनवादी संगीत सिर्जना गर्न उत्साही वातावरण चाहिन्छ । संघर्षका मैदानमै राम्रा गीतहरू सिर्जना हुँदा रहेछन्, उनले भने, जति सिर्जना भए युद्ध मैदानमै भए । आन्दोलन संगीत निर्माणको उर्वर समय हो । अहिले त्यस्तो वातावरण नै छैन । त्यतिवेला मगर, नेवार, राई, लिम्बू, तामाङलगायत समुदायका भाषा तथा भाकामा धेरै जनवादी गीत बनेका थिए । तर, त्यो क्रम अहिले सुस्तायो भन्ने कलाकारहरूको अनुभव छ ।
ुत्यस वेला गाउँमा थियौँ । युद्ध सफल पार्न कसरी प्रभावशालीे गीत बनाउने भन्ने चिन्ता हुन्थ्यो, नाम दिन नचाहने माओवादीसम्बद्ध एक कलाकारले भने, अहिले सहरमा आएका छौँ, कसरी बाँच्ने भन्ने चिन्ता बढेको छ । पार्टीले बेवास्ता गर्दै गएको हो कि जस्तो लाग्छ । गीतको होइन आफ्नो भविष्यको चिन्ता बढेको छ ।
अहिले अधिकांश जनवादी कलाकार बिजनेसविहीन छन् । आन्दोलन र चुनावको वेला खानसम्म फुर्सद नहुने कलाकारहरू अचेल फुर्सदमा छन् । उनीहरूकै महत्त्वपूर्ण भूमिकामा स्थापित शासन व्यवस्था वा सरकार उनीहरूलाई नै कुनै हिस्सेदार सम्भmूदैन । सत्तामा पुगेपछि जहिल्यै पनि दलले बेवास्ता गरेको कलाकारहरूको गुनासो छ ।
जिनयुद्धका समयमा माइला लामा, खुसीराम पाखि्रनहरूको गीत सुन्दै-सुनाउँदै जनतालाई क्रान्तिमा लाग्न अनुरोध गर्ने एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले खुला राजनीतिमा आएपछि रेडियो नेपालको एउटा कार्यक्रममा कुन गीत मनपर्छ रु भन्ने प्रश्नको जवाफमा भने, ुएउटा मान्छेको मायाले।।।।।।।ु यस्तै कुनै वेला जेबी टुहुरे, मधु गुरुङको गीतमा छमछमी नाच्दै जनतालाई आन्दोलनमा हौस्याउने एमाले अध्यक्ष झलनाथ खनालले कुनै एक अन्तर्वार्ताकारले सबैभन्दा मनपर्ने गीत कुन हो रु भनेर सोध्दा ुनौ लाख ताराु भनेर गर्वका साथ सुनाएका थिए । कुनै वेला माक्र्स लेनिन, युजेन पोत्ते, लुसुन र गोर्कीका यी अब्बल चेलाहरू जनआन्दोलनले नेता बनाइदिएर सत्ताको आभाले चम्किएपछि करिश्मा मानन्धरको रूप, रंग दे वसन्तीको कन्टेन्ट र नीर शाहका शब्दतिर आकषिर्त भएका देखिन्छन् ।
सात सालवरपर जनकवि गोकुल जोशी, धर्मराज थापाहरूले सुरु गरेको नेपाली जनपक्षीय गीत-संगीतले पछिल्लो पुस्ताका माइला लामा, मधु गुरुङहरूसम्म आइपुग्दा निकै परिमार्जित हुने अवसर पाएकोे छ । बीस-तीसको दशकतिर युद्धप्रसाद मिश्र, रामप्रसाद प्रदीप, दर्शन राई, बम देवान, रामेश, मञ्जुल, रायन, जेबी टुहुरेजस्ता गीतकारले जनता जगाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
एमाले नेता घनश्याम भुसाल वामपन्थी पार्टीहरूले जनवादी सांस्कृतिककर्मीलाई प्रयोग मात्रै गरेको स्विकार्छन् । उनी भन्छन्, ुपार्टी सत्तामुखी हुँदै जाँदा संस्कृतिकर्मी पार्टीका लागि मूल्यवान हुन छाडे । फलतः सांस्कृतिक क्षेत्रमा सस्ता किसिमका गीत र सिर्जना हावी हुँदै गए । यसले थुप्रै जनवादी संस्कृतिकर्मीलाई पलायनको बाटोमा पुर्याइदियो । सत्तामा पुगेपछि पार्टीलाई त्यो स्थानसम्म पुर्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेका जनवादी संस्कृतिकर्मीलाई भुल्ने प्रवृत्ति कम्युनिस्ट पार्टीहरूमा छ ।
समाचोलक एवं माओवादी पोलिटब्युरो सदस्य निनु चापागाईं पनि जनवादी सांस्कृतिककर्मीलाई पार्टीले बेवास्ता गर्ने गरेको स्विकार्छन् । ुसांस्कृतिक आन्दोलनबारे सही दृष्टिकोण छैन, उनले भने, सांस्कृतिक आन्दोलनको विषयमा सही समझदारी नभएपछि यस्ता समस्या आइहाल्छन् । नेताहरूमा वर्गीय सांस्कृतिक चेतभन्दा पनि बढी अनुभववादी दृष्टिकोण भएकाले समस्या भएको उनी बताउँछन् ।
यस अवधिमा जनताका पक्षमा भएका परिवर्तनमा जनवादी कलकारले निर्वाह गरेको भूमिका निकै गर्व गर्नलायक भए । तर, अभावबाट सुरु भएको जनवादी कलाकारको अभाव-शृंखला कहिल्यै सकिएको छैन । कहिले समाप्त होला त यो अभाव-शृखला जहिले गरिब जनता अभावबाट मुक्त हुन्छन्, त्यही वेला, एमालेसँग चित्त दुखाएर माओवादीमा पसेका गायक जेबी टुहुर भन्छन् ।

No comments:
Post a Comment